कसले शुरु गर्‍यो पम्फाका खुट्टा तान्न ?

maoist-leader-pampha-bhusal.jpgपहिले नेकपा (माओवादी) का नेता मात्रीका यादवले मच्चाउँथे । अहिले माओवादी र नेकपा एकताकेन्द्र मसालको एकता भएलगत्तै नयाँ पार्टीका तर्फबाट प्रलय मच्चाउन थालेकि छन स्थानिय प्रशासन मन्त्री पम्फा भुसालले । उनले दुई वर्ष राजधानीमा बिताएका सबै कर्मचारी अनिवार्यरुपले राजधानी बाहिर जानुपर्ने र अन्य सुगममा बसेकाहरु दूर्गममा गएर खटिनु पर्ने नियम बनाईन । यो कार्यान्वयन होला कि नहोला ? भन्न सकिने अवस्था छैन किनकि अहिलेनै त्यसलाई असफल पार्ने प्रयाश शुरुभैसकेको छ । उनका खुट्टा तान्न थालिसकेका छन । उनले सधैं दुर्गममा बसेर सेवा गरेपनि काठमाडौं र अन्य सुगमको अनुहार समेत देख्न नपाएकाहरुलाई राजधानी र सुगममा आएर काम गर्ने मौका दिने भएकि छन । निर्णयका रुपमा यो एकदम प्रशंसनिय कदम हो । 

उनले अस्ति यो नियम सुनाईन आफ्नै मन्त्रालयमा । त्यसको भोलिपल्टैदेखि बिभिन्न बहानामा आफु बाहिर जान नसक्ने रोदन देखाउँदै उनको मन्त्रालय धाउन थालिसकेका रहेछन् । हिजो यसो च्याट खोलेर बसेको त एक माओवादी नेता फ्याट्ट आइपुगे । पम्फाले मच्चाईन त ठुलै प्रलय, के हुने हो भनेर जिज्ञासा राखें उनलाई । पम्फालाई असफल बनाउने खेल शुरु भैसकेको छ सर भने । जिज्ञासा राख्दै गएको त उनले मन्त्रालयमा बिभिन्न बहाना देखाउँदै सरुवा हुन नचाहनेको भिड हिजै देखि बढ्न थालेको बताए ।

समाचार त गज्जबै आयो । लौन कामरेड यसो को को हुन ति छनक दिनु पर्‍यो भनें । दुई चार दिनमै थाह पाइहाल्नुहुन्छ नी सर कुन कुन नेताकहाँ धाउन थालेका छन भने। ज्यान गए नाम दिएनन । उनले कोहि त माओवादीकै केहि नेताको भनसुन लिएर आउने गरेको उल्लेख गरे । त्यस्ता मानिसहरुमा कोहि श्रीमती गर्भवती भएको, कोहि बिश्वबिद्दालय भर्ना भएको, कोहि बिरामी भएको, कोहि तालिम लिइरहेको बिभिन्न बहाना बनाएर धाउने गरेका रहेछन । कोहिले भने फलानो ब्यक्ति राजधानीमै चाहिन्छ हाम्रो पार्टीका लागिपनि, हिजो पार्टीकालागि सहयोग गरेको भन्ने सिफारिस बनाउनपनि माओवादी उच्च नेताकहाँ धाउँदै रहेछन । सधैं राजधानी, मुख्य शहर र सुगममा बसेकाहरु चाहिँ मज्जाले अत्तालिएका रहेछन दूर्गममा जान पर्ने भो भनेर ।

हिजो सत्ता र शक्तिका नजिक हुनेहरु सधैं राजधानी बस्थे । नेताका आफन्त, सरकार चलाउने पार्टी निकटकाले भन्सार, बिमानस्थल, कर कार्यालय, यातायात बिभागजस्ता अनियमितता र भ्रष्टाचार गरेर महिनामै करोडौं कुम्ल्याउन पाइने कार्यालयमा बस्थे । बाँकि हुनेखाने, टाठाबाठा र सत्तानिकट आफन्त हुने सधैं सुगममा बस्थे । कोहि नहुने पिडितहरु सधैं बिकटको बिकट । पम्फाले यो तोड्न खोज्नु आफैंमा राम्रो हो । यसले कम्तिमा सधैं शहर बस्नेलाई आफ्नो देशको फरक भूगोल, समाज, संस्क्रिति र परिस्थितिमा गएर कामको अनुभव दिन्छ । बिकटकालाईपनि सुगम र राजधानीको अनुभव । केहि वर्ष भएपनि अलि आरामदायी ठाउँमा काम गर्ने अवसर । सबै कर्मचारी सरकारकालागि समान हुन भन्ने संदेश ।

  • yuvraj rijal

    its good news.
    we need to support pampha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • नेपालमा यस्ता नियम लागू हुन्नन् कहिल्यै पनि !! पहिला त जनतालाई दिएको यो अपार छुटलाई कटौति गरेर सरकारको मातहतमा कर्मचारी र जनतालाई ल्याउन सक्नुपर्छ अनि बल्ल निर्णय गर्नुपर्छ । निर्णय पशुपतिको पूजारी नियुक्तिजस्तो होइन फेरि । निर्णय गरिसकेपछि कुटेर भएपनि कार्यान्वयन गराउन सक्नुपर्छ नत्र भने सरकारकै विश्वसनीयतामाथि सङ्का उत्पन्न हुन थाल्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ok……….निर्णयका रुपमा यो एकदम प्रशंसनिय कदम हो, कार्यान्वयन होला कि नहोला ? सबै कर्मचारी सरकारकालागि समान हुन, कार्यान्वयन हुनै पछ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Bastavama Pampha bhusalko karya sahi ho. Katipaya bhansa ra chekpostma dalaiharule setting gareka hunchhan tyaha karmachari change huda pakkai pani sarkari dash guna dherai rajswa badhene chha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • पुष्पराज शर्मा.

    हामि सबैलाई थाहै छ की,भुक्ने कु……ले…टोक्न सकेदैन।त्यस्तै एकातिर गगन,र शेर ब. हरु भुकिरहेछन् भने यता पम्फ भुसालहरु।कतै बालुवामा पानि हाले जस्तै त होईन।किनकी श्रम संम्झैता गर्ने भनेको खाडी मुलुकसग यतिका वर्ष मा हुन सकेन भने,झन सरुवा का कुरा हा……………आट त दरै हो तर कार्यानयन भने सोच्नै पर्छ होला।कतै भुक्ने कु……ले……….झै हुने हो कि।हेरौ नयाँ नेपालमा यस्ता धेरै सब्द र कुराहरु धेरै सुनियो अव भने ब्यवहारमा भने हेर्न बाकि नै छ।तै पनि पंम्फा जी लाई साहासिक कार्यको लागि बधाई छ।फेरि पनि पशुपति को झै नहोस।साथै यस सुभ कार्यंमा नेपाल प्रेमि जनताहरुले पनि सीथ दिनुहुन अनुरोध छ।

    धन्यवाद
    पुष्प शर्मा(झापाली)
    हाल-साउदी अऱब.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepali

    I THINK PAMPHA BHUSAL HAS DONE REALLY A GREAT WORK.
    GOOD WORK. KEEP IT UP.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Narayanji Mulepati

    Yojanata ramro ho lagu garna paryoni. Ramro kura garda kohi risaunchhan, kohi dhamkyaunchhan bhane pani chhodnu hundaina. “BAHUJAN HITAYAM” ma jabarjasti bhayapani garnu parcha. Mao ke bhanchha ? “DO or DIE” hoina ra ?Yadi bhansun ra rajniti lagne ho bhane “NAYA NEPAL” kasari banchha ? Yo bhanda pahile kasailai tireai tir kasalai khireai khir bhairahechha hoina ra ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • realy pumfha is great leader ,. every where place people must be chenge very good wedon

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree