नयाँ वर्ष २०१२ को सबैलाई हार्दिक शुभकामना !
हाम्रो आफ्नै नयाँ वर्ष छ वैशाख १ गते । तर हामी भाग्यमानी छौं किनभने हामीले ईस्वी संवतको नयाँ वर्षपनि मनाउँन पाउँछौं। हुनत यसमा सबैका आ आफ्ना तर्क छन् । कसैले यसलाई विदेशीको नक्कल गरेको भन्छन् । तर यस्ता अरुका पर्व मनाउँदा तडक भडक मच्चाउनै पर्छ भन्ने छैन । आफ्नो भुलेर अरुको पर्वलाई महत्व दिनुपर्छ भन्नेपनि होइन । द्वन्द, झैझगडा, द्वेश, ईर्ष्या र कलह भन्दा बरु जसको होस् पर्वमा सौम्य तरिकाले रमाएकै जाती ! झन नेपालप्लसका त पाठकपनि विविध धर्म र संस्क्रिति मान्ने छन् । त्यसैले तपाइहरु सबैलाई नयाँ वर्ष २०१२ को शुभकामना । यो नयाँ वर्ष सबैकालागि उन्नती, प्रगती, शान्ति र सबैले भोको बस्नु नपर्ने, नांगो हुनु नपर्ने र कम्तिमा छहारीमा बस्न पाउने वर्षका रुपमा रहोस्। विश्व कम्तिमा त्यतातिर उन्मुख होस् । हामी नेपाली र हाम्रो देशको प्रगति देख्न पाउँ !!
(तस्विर भारतीय पत्रकार, वन्यजन्तुविद विजय काभालको हो । यो तस्विर मेरो पुस्तक पन्छी जगतको प्रकाशोन्मुख दोस्रो संस्करणबाट लिएको हुँ । तस्विर काभालसित अनुमति लिईएको हो पुस्तककालागि) ।



सम्पुर्ण देश बिदेशमा रहनु भएका नेपाली हरु प्रती नया साल २०१२ को शुभकामना | साथै हाम्रा देशका नेता हरुमा नेपाली जनता प्रतीको उत्तरदायीत्व स्मरण होस् अस्तु |||||||||||||
मन परो वा परेन:
6
0
[Reply]
Happy NEW Year 2012.
http://www.youtube.com/watch?v=6le8ivPa33g
मन परो वा परेन:
11
0
[Reply]
सर्बप्रथम त ददीजीलाई पनि नया बर्ष २०१२ को शुभकामना साथै सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी तथा मान्यजनहरु सबैलाई यसै नेपालप्लस मार्फत शुभकामना दिन चाहन्छु l यस २०१२ सालले सबै नेताको घास भरेको गिदीमा राम्रो दिमाग देओस र सबै भ्रस्ताचारिको दिमागमा किरा परोस भन्दै सबैलाई शुभकामना दिन चाहन्छु l धन्यवाद
मन परो वा परेन:
2
0
[Reply]
दलिए झैँ झगडामा मारिन मारिन लागेका हामि
आज सम्म त् धन्न बाचियो “बाची रहन पाउँ”
बितेको साल टरेको काल जस्तै जस्तै लागेकोछ
अबको साल त् हामि बाचेको अनुभूति गर्न पाउँ/
अस्ति रानाले हिजो शाहले फकायर पाता कस्यो
आज बहुदलले त् झनै तर्सायर बाच्नै गाह्रो पार्यो
अनेकौं दलका अनेकौं “उर्दी” कसको मात्रै मान्ने?
यो साल सुन्दैमा बित्यो, आउने साल भन्न पाउँ/
हामीले चुनेका हाम्रा नोकर आज मालिक बनेकोछ
नोकर महल र गाडीमा, मालिक जनता फुटपाथमा
यो साल त् यस्तै हेर्दै भोग्दै बिताउन बाध्य भईयो
आउने साल नेता जनताको नोकर बनेको हेर्न पाउँ/
मन परो वा परेन:
4
0
[Reply]
नेपालप्लस का पाठक, प्रकाशक अनि यो सुन्दर सारसको फोटो खिच्नुहुने विजय काभाल सबैकोलागि २०१२ साल सफलता र खुसीको बर्ष बनोस, मंगलमय शुभकामना ।
मन परो वा परेन:
2
0
[Reply]
धन्यबाद दधि जी र तपाइलाई लाइ पनि र सम्पूर्ण यस नेपाल प्लस क| पाठक साथीहरु साथै अन्य साथीहरुलाई यस नया वर्ष २०१२ को धेरै धेरै शुभकामना | यस ब्लगको कमेन्ट मार्फत नया बर्सको शुभकामना व्यक्त गर्ने सम्पूर्ण साथीहरुलाई धन्यबाद |
मन परो वा परेन:
2
0
[Reply]
Happy new year 2012 to all frm Nepal……
मन परो वा परेन:
3
0
[Reply]
ददी जी नमस्ते ढिलाई नै भए पनि २०१२ को० हार्दिक मंगलमय सुभकामना
मन परो वा परेन:
1
0
[Reply]