बेल्जियन नागरिक तिंबोको आँखामा नेपालको घाउ

[मनको खुल्दुली केही बेरको लागि हराउन पुग्यो जब उसको आँखा पहाडको टुप्पोबाट गुल्टिनै लागेको घामको डल्लो माथी पर्यो । हत्त पत्त फेरी उसले क्यामेरा सोझ्यायो अनि 'क्लिक क्लिक !!' दृश्यलाई कैद गर्न थाल्यो ।  उसले हेर्दा हेर्दै संसार उज्यालो बनाउने घामको डल्लो चिप्लिँदै पहाडको टुप्पोबाट गुल्टियो ।]

-लुना / बेल्जियम

    (तिप्लिङ गाउँ, फोटो गूगलबाट लिईएको हो)

बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ । यो उसको पहिलो नेपाल भ्रमण हो । यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धि । यहाँको अनुपम प्राकृतिक सौन्दर्य, फरक किसिमका आआफ्नै सांस्क्रितिक गरिमा आदिको बारेमा जे जति उसले सुनेको थियो त्यसलाई प्रत्यक्ष अनुभब गर्न पाउँदा उसको खुशीले हिमाल छोईरहेको थियो । ‘क्लिक ! क्लिक !क्लिक ! क्लिक ! ‘ देखे जति दृश्यलाई उ क्यामेरामा कैद गरिरहन्थ्यो ।  

काठमाडौं हुँदै गणेश हिमाल क्षेत्रमा आईपुगेको ७-८ दिन भएको छ । यहि क्रममा आज उ तिप्लिंग आईपुगेको छ । उ जसै तिप्लिंग आईपुग्यो त्यहाँ एउटै गाउँमा ५-६ बटा क्रस ठड्याईएको चर्च देख्दा उ आश्चर्य चकित बन्न पुगेको थियो । मनभरी प्रश्नहरु उमार्दै केहि बेर हिँड्दा ताल्चा लगाईएको पुरानो गुम्बाको ढोकामा पर्यो उसको आँखा ।  

बेलुकीपख हुन लागेकोले सायद गाउँका मान्छेहरु आआफ्ना घर काममा व्यस्त थिए । उसले गुम्बाको वरिपरी कोहि भेटेन । केही मिनेट सुस्ताउने बिचार गरि ब्याग गुम्बाको छेउमा राख्दै बन्द ढोकाको गुम्बालाई हेर्यो । केही सोच्दै गुम्बाको वरिपरी घुमिरह्यो केही बेर, जसरी उसले काठमाडौंमा रहँदा स्वयम्भू घुमेको थियो घडीको सुई झैँ  ।  

केहीबेर घुमेपछी फेरी गुम्बाको बन्द ढोका अगाडी टक्क अडियो । ढोकामा छिद्र छ कि नियाल्न खोजी उ ढोकाको नजिक पुग्यो । जसै उ ढोकाको एकदम नजिक थियो । भित्रबाट एक किसिमको गन्ध आएको महसुस गर्यो । गुम्बाबाट आएको त्यो धुप या तेल-घिउ बत्तिको सुगन्ध थिएन । स्वयम्भू, बौद्दनाथ घुमी हिँड्दा धुप बत्तिको सुगन्ध चिनिसकेको थियो उसले । तर यो अहिले गुम्बाबाट आएको गन्ध ? उसलाई कता कता यो गन्धसँग धेरै पटक परिचित भए झैँ लाग्यो । तर ठ्याक्कै ठम्याउन भने सकेन । उसको मनमा खुल्दुली मच्चियो ‘के छ होला यो गुम्बा भित्र ?’ 

मनको खुल्दुली केही बेरको लागि हराउन पुग्यो जब उसको आँखा पहाडको टुप्पोबाट गुल्टिनै लागेको घामको डल्लो माथी पर्यो । हत्त पत्त फेरी उसले क्यामेरा सोझ्यायो अनि ‘क्लिक क्लिक !!’ दृश्यलाई कैद गर्न थाल्यो ।  उसले हेर्दा हेर्दै संसार उज्यालो बनाउने घामको डल्लो चिप्लिँदै पहाडको टुप्पोबाट गुल्टियो ।

बिस्तारै वातावरण अन्धकारमय हुन खोज्दै थियो । उसको ध्यान पुन: गुम्बाको बन्द ढोकामा पुग्यो । ’यहाँका स्थानीय बासिन्दासँग सोध्नुपर्ला’ सोच्दै आजको रात यहिँ कतै बास बस्ने निचोडमा निकाल्यो र उ गुम्बाबाट अल्ली परको घर अगाडी पुग्यो  । 

ढुंगाको गाह्रो, टिनको छानो भएको घरभित्रबाट मान्छेहरु बोलेको आवाज बाहिरसम्म आईरहेको थियो । केही बेरमै ५-६ बर्षको बालक घर बाहिर देखापर्यो । छेउ छेउमा छेडेर गुड्ने बनाईएको कोकाकोलाको टिनको क्यानलाई खेल्ने गाडी बनाउदै “भूम ! भूम !’ खेल्नमा व्यस्त थियो ।  

एउटा फालिएको कोकको क्यानलाई खेलौनाको रुपमा प्रयोग गर्दै असिम सन्तुस्टताकासाथ खेलिरहेको बालक र खेलौनाको दृश्यले तिंबोको ह्रिदय छोयो । ’क्लिक ! क्लिक !’ उसले उक्त दृश्यलाई क्यामेरामा कैद गरिरहँदा फ्ल्यासको उज्यालो छरिएर बालक झस्कियो र तिंबो तिर हेर्न पुग्यो । बालक झस्किएको देखेपछी हठास ‘सरि !!!’  बोल्दै अकमक्क पर्यो तिंबो । तिंबोको बोलि सुनेपछी बालक उ नजिकै आयो र ‘नमाते ! चक्लेत !’ भन्दै मुसुक्क मुस्कुरायो । बल्ल तिंबोले सहज महसुस गर्यो र उ पनि हाँस्यो ‘हे ! हे ! नमस्ते बाबु ! ‘ भन्दै । 

यति बेलासम्म घरबाट २-३ जना बाहिर निस्कीसकेका थिए । साँझको बेला आँगनमा उभिएको विदेशीलाई देखेपछी उनीहरु नजिकै आए । तिबोंले नमस्ते अभिभादन गर्यो । आफू घुम्दै आएको र साँझ पर्न लागेकोले बस्ने ठाउँ खोजेको बताए पछी उनीहरुले तिंबोलाई आफ्नै घरमा निम्त्याए ।  

केहीबेरको कुराकानीपछी अघि आफूले देखेको गुम्बाको बन्द ढोका सम्झियो । अनि उसले  आफू बसेको घरका सदस्यसँग त्यस गुम्बाको बारेमा बुझ्न खोज्यो । गुम्बाको साँचो उनीहरुको छिमेकीसँग थियो । अनुरोध गरेपछी छिमेकी आईन् र गुम्बाको ढोका खोलिदिइन् । 

गुम्बाभित्र टन्न आलू थुपारिएको थियो । केहि बेर अघिको त्यो चिर परिचित गन्ध आलू भण्डारको गन्ध थियो । बेल्जियममा तिबोका आफन्ती किसानी थिए जसले हरेक बर्ष हजारौ किलो आलू बेचबिखन गर्थे । आलू भण्डारको गन्धसँग परिचित उसले गुम्बालाई आलू

भण्डारको रुपमा प्रयोग गरिएको कल्पना पनि गरेको थिएन । पुरातन महिमा बोकेको गुम्बाको त्यो अबस्था र स्थिति देख्दा तिंबोको मनभरि घाउ लाग्यो ।  

¨¨¨¨¨¨¨¨¨

आज बिहान आईतबार । तिंबो बसेको घरका सदस्यहरु चर्चमा प्राथना गर्न जान तयार हुँदै थिए । उनीहरुले तिंबोलाई पनि निमन्त्रणा गरे प्राथनामा जानलाई । तिंबो चकित भएको थियो नेपाली क्रिस्चियनहरुको यो बिघ्न तत्परता देखेर । क्याथोलिक परिबेशमै हुर्केको भए पनि क्रिसमसको बेलामा आफन्तिहरुसँग बसेर खानपिनमा रमाउने काम बाहेक यसरी हरेक आईतबार प्राथनामा जाने कुरामा उसको कुनै दिलचस्पी थिएन । तर अहिले भने उसलाई अनौठो लागिरहेको थियो, यी तिबेतन अनुहारका तामाङ परिवारहरु यसरी चर्चमा प्राथना गर्न जान लागेको देखेर । उसलाई केही बुझ्ने ईक्षा लाग्यो र हुन्छ भन्दै उनीहरुसँगै चर्चमा पुग्यो । 

त्यहाँ स्थानीय बासिन्दाहरु धेरै थिए । केहीभने काठमाडौंदेखि स्वयंसेबीको रुपमा आएका थिए । प्राथना शुरु हुँदै थियो । ‘ओम मणि पद्मे हूम’ भन्दै शान्त भावमा ओठ चाल्दै जप माला , माने घुमाउने हातहरु दुवै पन्जा फैलाएर आकाश छोउँला झैँ गरि ‘हले लुईया ! हले लुईया !’ गर्दै चिच्याई चिच्याई प्राथना गरिरहेका थिए । खिन्न मन लिएर हेरिरह्यो तिंबोले यी दृश्य । 

केही बेर पछी उसले अर्को दृश्य देख्यो :

काठमाडौंबाट आएका स्वयंसेबिहरुले टिभी / भिडियो देखाउने रहेछन् चर्चमा प्राथना गर्न आउने गाउँलेहरुलाई । जसमा देखाईएको थियो :-

प्रभु जिसस क्राइस्टलाई प्राथना गर्दा बिभिन्न किसिमका रोग ब्याधि हटेर जाने, रोग निको हुने आदि कुराहरु कलाकारमार्फत जिबन्त अभिनय गरेर देखाईएको थियो ।  

त्यसपछी तिंबोले अर्को अनौठो दृश्य पनि देख्यो :

गाउँका मान्छेहरु, महिला / बुढाबुढी / केटाकेटी उपचारको लागी चर्चमा आएका थिए  ।  उनीहरुसँगै पास्टर (पादरी) ले जिसस क्राइस्ट यशुको प्राथना गरिरहेका थिए रोग निवारणको लागि ।  

त्यो दृश्य सकिएपछी यताउता टहलिँदै तिंबो एक जना १७-१८ बर्षको युबक नजिक पुग्यो । तिंबोले ति युबक सँग केहि प्रश्न सोध्यो । तिमध्ये एक प्रश्नको उत्तर यसरी दिदै थिए युबक “हामी यहाँ प्राथना गर्न आउँदा पास्टरले पनि हामी संगै प्राथना गर्छ । प्राथनापछी ‘नि:शुल्क ‘औषधि दिन्छ । प्राथना गरेर दिएको औषधि खाएपछी रोग निको हुन्छ । यो धर्ममा लागे निशुल्क औषधि पाउँछ ‘। 

चर्चको रमिता हेरेर फर्कँदै थियो तिंबो । अघि भर्खर चर्चमा सक्रिय देखिएकी महिलालाई देख्यो उनैको घरमा । तिंबोले त्यहाँ पनि थुप्रै प्रश्न गर्यो । ति मध्येको एक प्रश्नको उत्तर थियो “म क्रिस्चियन बन्नुको कारण मलाई वहाँहरुले खोलेको स्कूलमा काम पाउनु थियो । यो धर्ममा लागेपछी वहाँहरुले विश्वास गर्ने र काम पाउन सजिलो हुने भएकोले ।’ 

गरिब बिपन्न देशका मान्छेहरुलाई सहयोग गर्ने नाममा धमाधम तिनका सनातन धर्म परिवर्तन गराउँदै क्रिस्चियन धर्मालम्बी बनाउने क्रिस्चियन मिसन प्रति खेद जनायो । मनभरि कुरा खेलाउँदै उ पुन : हिजो साँझ देखिएको त्यहि पुरानो गुम्बामा आईपुग्यो जुन गुम्बाआलू भण्डारको रुपमा प्रयोग गरिएको थियो । उसको मनको घाउ फेरी चर्कियो गुम्बा नजिक पुगेपछी ।

त्यो घाउलाई उसले गणेश हिमाल क्षेत्र वरिपरीका गाउँहरु घुम्दा देखेको दृश्यमा समाहित गरेर भिडियो बनायो यथार्थमा आधारित । कस्तो थियो त्यो यथार्थ घाउ ? बेल्जियम नागरिक तिबो सार्पँतिए (Thibault Charpentier) मार्फत बनाईएको यो भिडियो हेरेपछी तपाई आफैं अनुमान गर्न सक्नु हुन्छ नेपालमा धर्म परिवर्तनको भयावह स्थितिबारे ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् : 

http://vimeo.com/11464345 

कतै कतै यो भिडियो हेर्न समस्यपनि देखिएको छ । त्यस्तो समस्या भएमा तलको शब्द लगेर गुगलमा टाइप गर्नुहोस र त्यो शिर्षकको भिडियोमा क्लिक गर्नुहोला । 

  Little Jesus, la christianisation au Népal  

  • राम गुरुङ

    सारै महत्वपूर्ण कुरा उठाउनु भयो लूनाजी । यसमा कसले ध्यान दिने ? नेताजति शहरमा छन् । बिदेशीको पाउमा सुका आना माग्दै हिँड्छन् । सनातन धर्मलाई बदलेर क्रिस्चियन बनाउन पस्सिमेलीजति हाम्रो गाउँ गाउँमा । नेता बिदेशीको घर घरमा भिखा माग्ने गाउँ एक्लो छोडेर, टाठाबाठा विदेशमा, बाँकि जति शहरमा । गाउंजति बिदेशीलाई जिम्मा लगाएको जस्तै भयो । बिदेशीको पाउमा भिख माग्दै हिँड्ने नेता भएपछि तिनले के बोल्न सक्छन् क्रिस्चियन धर्म फैलाउनेलाई ?

    मन परो वा परेन: Thumb up 10 Thumb down 0

    [Reply]


  • कुनै पनि धर्ममा झुटो बोल्नु अरुलाई दुखः दिनु चोर्नु ढाट्नु आदि भन्दैन तर गरीबी लाइ आधार बनाइ नेपालीको आफ्नो पन लाइ भुल्नु नेपाली कै गल्ती हो अनि सम्पत्तीको लोभमा आफ्नो सस्कार भुल्नु हुदैन | घुमाउरो बाटो पक्रेर बिदेशी धर्म भीत्राउने यो षड्यन्त्र हो | आफ्नो पुरानो धर्म घर (गुम्बा) मा आलुको गोदाम बनाइ चर्चमा | यस्तै छ भाताभुंगे देशको लाथालींगे चाला |

    मन परो वा परेन: Thumb up 11 Thumb down 0

    [Reply]

  • Himalaya

    Very beautiful writing on serious topic. Lacks the suitable photos in this article. Thanks

    मन परो वा परेन: Thumb up 10 Thumb down 0

    [Reply]

  • madan bajracharya

    कोहि उहाँलाई जिजस भन्छ
    कोहि अल्लाह त् कोहि राम
    नदीमा बग्ने बर्षादमा झर्ने
    कसैको बोलीमा त्यो पानि हो
    कसैको वाटर त् कसैको जल
    सबै प्राणि बस्ने यो भूमिलाई
    कोहि पृथ्बी भन्छ कोहि अर्थ
    आमा भनुन, बा मदर बा माँ
    आफ्नो जननी त् एउतै हुन्छ

    मन परो वा परेन: Thumb up 8 Thumb down 0

    [Reply]

    Prakash Tiwari (Ekalavya) Reply:

    मदनजी,

    सनातनी हिन्दु र बुद्धिस्ट संस्कारमा हुर्कनु भएको तपाई यस्तो राम्रो कुरा गर्नु हुन्छु / यी मिसिननरी चै हाम्रा मसिहा नमाने पापी होउ र नर्कमा जान्छौ भन्छन / सेकुलर राज्य बनाएर आफ्नो संस्कृति र धर्मको उपनेबेश बनाउन खोज्दये छन् / येस्मा माओबादीको यी मिसिननरीसित राम्रो साठगाठ छ / युधकालमा भएको हत्या र आतंकको कुरामा तिमीहरुको international फोरममा हामी बचाऊ गर्छौ र हामीलाइ तिमि नेपालमा धर्म बिस्तारमा सहगोय गर भनेका छन् / नत्र किन इस्ट देउता कार्ल माक्सले अफिम भनेका किर्सितियन जातका अफिमका पुरियाको लतमा लगौथे / म क्रिस्टियन बिरोदी होइन / मैले पनि पढेको छु बाइबल २ पल्ट दोरयेरा / बाइबलका plsam र proverbs राम्रो लाग्चन / मार्क, Matthew , Luke र John का gospels बारेमा त college मा essay लेखेको थिय / तर येसरी पैसासंग धर्म साट्न लगाउने सेकुलर स्टेटको परिभासा होइन

    धन्यवाद लुनाजी एकदम समयसामहिक जानकारीको लागि /

    मन परो वा परेन: Thumb up 8 Thumb down 1

    [Reply]

    madan bajracharya Reply:

    प्रकाश ज्यु
    “बुद्ध ईश्वर नभएको र बुद्धको उपदेसहरु र सिद्धान्तहरु कुनै धर्म शास्त्र पनि होईन/ बुद्धको बिचारलाई एउटा सामाजिक ब्यबहार मान्नु बढी उपयुक्त हुन्छ/ बुद्ध आफै पनि इस्वरबादी होईन,कुनै भगवानको अबतार पनि होईन बुद्ध मात्र मानव हुन् र हामीलाई मानव बन्न प्रेरणा दिएर गए/ यसै कारण बुद्धलाई बिस्वले महामानव मानेको हो/

    प्रकाशजीले भन्नु भए झैँ म बुद्धिस्ट नै हो र मेरो प्रतिक्रियामा एउटा बुद्धिस्टको जस्तो बिचार हुनु पर्ने हो तेही व्यक्त गरे/ यसै संदर्व्मा म एउटा सानो मुक्तक सुनाउँछ:

    बाईबल पुराण र कुरान रंगी बिरंगी चस्माहरु हुन्
    फुकाल्नुस त्, भगवानलाई “निराकार” देख्नु हुनेछ/
    भगवान मान्नु हुन्छ भने उ सबै प्राणिको बाउ हो
    बाउलाई जिजस,भगवान,अल्लाह भन्ने अल्लारे हो/

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

  • prabin dhakal

    sarai ramro lagyo, padhera

    मन परो वा परेन: Thumb up 9 Thumb down 0

    [Reply]

  • सहदेव

    एकदमै राम्रो लेख / जनता र आखा भए त सरकारलाईपनि जगाउने लेख / पस्सिमाहरु के स्वार्थ लिएर हास्दै अजाने रहेछन नेपाल बुझ्न सकिन्छा / के के न दियो बह्न्ने नेपालीले बुझ्नु पर्छा के के लिन जाने रैछन /

    मन परो वा परेन: Thumb up 8 Thumb down 0

    [Reply]

  • सागरमनी

    ददीजीले हिजै राखेको यो लेख आज माइसन्सारले हालेछ / आर्काको लेख किन स्रोत नखुलाइ हालेको होला ? जे होस् लेख राम्रो छ लूनाजी

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

    Luna Reply:

    सागरमणि जी !
    यो कथा ( ब्यथा ) अत्यन्तै सम्बेदनशील बिषय हो — यस्ता बिषय मा छलफल हुनु , यस्ता बिषयलाई धेरै आँखाले पढिदिनु आबश्यक हुने ठानी मैले नै अनुरोध स्वरूप माईसंसारमा पनि
    पठाएकी थिए . दौतरी ब्लगमा पनि पठाएकी थिए , सायद नेपालियन जी ले अहिले सम्म मेल हेर्नु भएको छैन , नत्र पोस्ट
    हुन्थियो कि .
    धन्यबाद .

    मन परो वा परेन: Thumb up 10 Thumb down 0

    [Reply]

  • Manchhiring Tamang

    यो लेख अति मन प¥यो । साथै ज्यादै मार्मीक र गहन विषय हो । यस विषयमा त्यस क्षोत्रका शिक्षित युवा जमातले केही गर्नेबेला आएको छ । तर यो फोटो तिप्लिङ गार्उको नभई सेर्तुङ गाउँको भएको सहर्ष जानकारी गराउँदछु ।

    मानछिरिङ तामाङ
    सेर्तुङ–८, धादिङ हाल काठमाडौ
    एभरेष्ट टाइम्स मासिक
    मैतीदेवी

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree