बेल्जियममा बढ्दै छ नेपालीको ब्यापार
-पुरुषोत्तम सुबेदी, बेल्जियम
(पिजा रेस्टुरेन्टको उद्घाटन गर्दै स्थानिय शहरका नगरप्रमुख। यहाँका नगर प्रमुखपनि फूर्सदिला हुने रहेछन नेपालका जस्तै हगि ? रेस्टुरेन्ट उद्घाटन गर्न भ्याउने ।)
बिगत केही बर्षयता बेल्जियममा नेपालीहरुको बसाइको स्थायित्वसँगै ब्यापारपनि ब्रिद्धी भएको छ । यहाँका नेपालीहरुले पछिल्लो समयमा नयाँ ठाउँ र ब्यवसायमा छिटो छिटो हात हालेको देखिएको छ । साइबर क्याफे, खुद्रा पसल र पिजासप देखि ठुलो लगानीमा विशाल रेस्टुरेन्टहरु सञ्चालन गर्ने नेपालीहरुपनि छन ।
(पिजा रेस्टुरेन्टका सञ्चालकहरु यि तिन पुरुष होलान । तर महिलाको भूमिका के हो र को हुन चाहिँ थाह भएन है !)
अस्ति मंगलबार बेल्जियमकै केन्द्र मानिने बेर्तेम शहरमा बासुदेब खड्का, महेन्द्रबिक्रम भट्टराई र बिजय भट्टराईले संयुक्त लगानीमा द पिज्जा क्लव स्क्वायर नाम राखिएको एउटा नयाँ पिजा रेस्टुरेन्ट शुरुगरेका छन । लुभेन सहरमा बस्ने यि तीन नेपालीहरुकै कोर्तेनबर्ग भनिने शहरमापनि ब्यवसाय छ । पिजा रेस्टुरेन्टको उद्घाटन स्थानिय नगर पालिका प्रमुख अल्बर्ट मेसले काटेर गरेका थिए । नेपाली दुतावासका दुर्गा भण्डारीले दीप गरेका थिए । नेपाली र बेल्जिग नागरिकगरी त्यहाँ करिब सय जनाको उपस्थिति थियो ।
(औपचारिक उद्घाटनपछि त्यहाँ पिजा खाने उद्घाटनपनि भएछ।)
(नेपाली हातले दालभात मात्रै पकाउनुपर्छ भन्ने छ र ? ईटालियाली खाना पिजा तयार गर्दै नेपालीहरु ।)






Nepalile Videshma kamayako paisa nepalko udyog jagatma invesment gare nepali udhoyge gagatko bhalo hune thiyo
मन परो वा परेन:
0
0
[Reply]
nepali le jaanekai tyehi ho, restaurent, grocery shop, indian movie c.d. pasal, kapaal kaatne syloon.
usd 50000 hunchha bhane aanya kaam garera bacheko part time maa gold ko kaam garna sakinchha(nepal bahek).
only 50000 usd investment garera 1-2 mahina maa 10000 usd profit garna sakinchha, din maa bihaana 5 min, diuso 5 min, ra sanjha maa 5minuit dine ho bhane.
ra yo nirantar garna sakinchha.
मन परो वा परेन:
0
0
[Reply]
जे होस नेपालीहरुले बिदेशमा भएपनि केहि गरिरहेका छन्।के गर्ने नेपालमा लगानिको
मन परो वा परेन:
0
0
[Reply]
लगानि को बातावरण नहुदा आज युवाशक्ति यसरी बिदेशीनु परेको छ।सरकारलाई रेमिट भए अरु के नै चाहियोस त।आज कहालि लाग्दो तरिकोले युवाहरु बाहिरिने अवस्थाले गाउनै सुन्नेछ।यो कहिले सम्म हो।यदि सरकारले स्वदेशमानै बातवरण बनाए हामि युवाहरुले स्वदेश मा नै केहि गर्ने थियै।
धन्यबाद
पुष्प शर्मा(झापाली)
हाल-साउदी अऱब
मन परो वा परेन:
0
0
[Reply]
जानी जानी भुङ्रो मा हात कसैले हाल्छ ? बिदेश मा कमाएको सम्पत्ती नेपाल मा इन्वेस्ट गर्ने ?
बरु नेपाल मा भएको श्री सम्पत्ती बेच्न पाये बिदेश तिरै राम्रै ब्यापार जमाएर बसिन्छ नि .
नेपाली ले हो बाताबरन बनाउने सरकार ले त डैरेक्सन दिने हो, मुर्ख नेपाली ले आफु पनि
काम गर्दैनन, आरुलाई पनि काम गर्न दिदैनन।
मन परो वा परेन:
0
0
[Reply]
दौंतरीमा (dautari.org) पनि यही लेख देखें। सुबेदीजी यो रेस्टुरेन्टको बजार प्रबर्धक हुनुहुन्छकी क्या हो?
मन परो वा परेन:
0
0
[Reply]
ho yo kura malai man paro nepali ko prgatei sunira !~
मन परो वा परेन:
0
0
[Reply]