चिनियाँ प्रधानमन्त्रीको भ्रमण र हाम्रा नेताको दक्षिणी मानसिकता

चिनियाँ प्रधनमन्त्री मंसिरको अन्तिममै आउनुपर्ने थियो । अन्तिम अवस्थामा आएनन् । दुई देशका योजना र गोप्यता सार्वजनिक गरेकाले रद्द गरेको भनिएपनि यथार्थ के हो कसैलाई थाह छैन । किनभने चिनले आफ्नै आन्तरिक कारण देखाएको थियो । माओवदी र सरकारको खोट मात्रै देख्नेले जबर्जस्ति सरकारलाई दोष लगाए । त्यो रद्द हुनुमा चिनले आफ्नै कारण देखाएपछि त्यसलाई हुँदै होइन भन्नुमापनि कुनै तुक छैन । यद्दपी त्यसमा प्रधानमन्त्री  बाबुराम भटराईको कमजोरी रहेन भन्ने त छैन नै ।

कम्तिमा त्यसको सकारात्मक पक्ष के भने भारतीय शासकहरुले भएको भए आफ्नै कारणले रद्द हुँदापनि यस्सो छिद्र पाएसम्म नेपाललाईनै दोष लगाउने थिए । तर चिनले यस्तो असल छिमेकिको गुण देखायो कि छिमेकिको कमजोरीनै रहेछ भनेपनि आफूले लियो । त्यसैले यो सकारात्मक पाटो हो ।

• भारतीय मानसिकता, भारतीय दास मनोब्रित्ति छ हामी धेरैमा । मुख्य त नेतामा छ त्यो । ख्याल गर्नुस् त, भारतीय सहयोगमा एउटा पुस्तकालय वा धारो हालिदिनु पर्‍यो भने भारतीय राजदूतहरुले के गर्छन् ? वर्षभरि कोकोहोलो मच्चाउँछन् । पत्रिका र टिभी लगेर गाउँमा स्थानियलाई जम्मा पारेर भाषण ठोक्छन् । अबिर जात्रा गर्छन् । नेपालको आन्तरिक मामिला बारे चाहिने नचाहिने बोलेर बिबादमा आउँछन् । महिनौं अघिदेखि के के हो के शर्त तेसारेर हैरान पारेपछि बल्ल सहयोग हात पर्छ ।

• तर चिनको सहयोगको पारा हेर्नुस् त । कुनैपनि हाहा र हुहु, भाषण र गाली गलौज, धाक र धम्कि बीना चिनियाँ प्रधानमन्त्री नेपाल आए । अनेक शर्त तेसारेनन् । सौम्य तरिकाले आए । जम्मा पांच घण्टामा त्यत्रो सहयोग दिए । यद्दपी यसको ग्रिहकार्य पहिलेनै भएको थियो होला नै। तैपनि भारतीय नेता हुन्थ्यो भने दूतावासमा गोप्य मन्त्रणा गर्थे हरेक पार्टीका नेतालाई छुट्टा छुटै बोलाएर । अनि भरतीय नेताले भेटेपछि कोरेली गाइ झैं देशको शान्ति र संविधान लगायत सरकार बिरुद्द बुर्कुसी मारेर बिच्किन्थे नेता । भारतीय नेता आएपछि कि त सरकार नै बदलिन्थ्यो । कि केहि महिनासम्म पार्टी पार्टे बिच मारमुंग्री मच्चिन्थ्यो ।  हुन त त्यसको दोषी हाम्रा नेतापनि हुन् नै । जे भएपनि कोलहल मच्चिन्थ्यो सरकारमा, पार्टीहरुमा । चिनियाँ प्रधानमन्त्रीले त्यसो गरेनन् । यो अर्को असल छिमेकीको पाटो हो ।

• हाम्रा नेता दक्षिण तिरका कति चाप्लुसिकार, कति चाकरीबाज, भारतीयका कति बफादार र पाल्तु जनावर जस्ता रहेछन् भन्नेपनि देखायो यो भ्रमणले । यद्दपी बेनको भ्रमणबाट हाम्रा नेता सुधारिएकापनि हुन सक्छन् नै । भारतीय नेता आएको बेला नेपाली कांग्रेसका कुन कुन र कति नेताको लर्को लाग्थ्यो देखेकै हो नी हैन ? त्योपनि समान्य मन्त्री र विदेश सचिव आउँदापनि । प्रधानमन्त्री आएको भए त कांग्रेस, मधेशी मोर्चा र एमालेको त पार्टी कार्यालयमा फोन उठाउने ब्यक्तिसम्म हुँदैनथ्यो । ति सब लर्को लागेर विमानस्थल बाहिरबाटै आकाशमा हेर्न पुग्थे विमान कहिले आउला र दगुर्दै हें हें हँ जी भन्दै स्वागत गर्न । तर हिजो चिनियाँ प्रधानमन्त्री आउँदा ति विमानस्थल दगुरेनन् । यो त ठिकै हो । तर सिंहदरबारको भोजमापनि पार्टी सभापती सुशिल कोइराला मात्रै पुगे । मधेशी नेतामा विजय गच्छदार र तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर मात्रै पुगे । हुन त सरकार भिड जम्मा पार्न नचाहेर होला नै । तैपनि भारतीय आएको भए त मारमुंग्री मच्चाउँदैपनि पुग्थे नै । पुगेको देखेकै हो।

• मधेशी पार्टीका सबै जसो नेता पुग्थे भारतीय अधिकारी कोहि आएको भए । किन ? स्पष्ठ छ, यसैलेपनि थप प्रस्ट पार्छ कि भारतीयको चाकरी नगरे, पाउमा निधार नठोके सत्तामा पुगिन्न । नेपालको सत्तामा पुग्ने नपुग्ने नेपालको भर अभर होइन । नेपाली जनताको निर्णय होइन कि भारतीयलाइ कति मालिस लगाउन सकिन्छ त्यसले निर्धारण गर्छ । तर चिनले त्यस्तो यसलाइ तान्ने र अर्कोलाई पछि लतार्ने । एउटालाई उचाल्ने र अर्कोलाइ पछार्ने गर्दैन । त्यसैले चिनका प्रधानमन्त्रीलाई चाकरी गरेर के काम ? त्यहि भएर बेनको भ्रमणमा ति दलका नेता पातलिए । यो भ्रमणले थप बुझ्न सजिलो पार्‍यो, भारतीय चाकरीमा रमाउने कुन कुन पार्टी, कस्ता कस्ता नेता रहेछन् ।

• चिन अहिलेनै विश्वको चौथो शक्तिशाली देश । विश्वमा सबैभन्दा बढि आर्थिक विकासमा दौडिरहेको मुलुक । त्यस्तो मुलुकको प्रधानमन्त्रीलाई हाम्रालाई झैं कहाँ फूर्सद छ गाडा गोरुको उद्घाटन हेर्न जान ? कहाँ त्यस्तो देशका प्रधानमन्त्रीलाई हाम्रालाई झैं सैलुन कक्ष उद्घाटन गर्न जाने समय ? आफ्नो देशमा राजनितिक अन्यौलता हुँदा कहाँ अरुको देशका मठमन्दिर चहार्दै हिँड्छन् ? विश्वको आर्थिक, सामजिक र राजनितिक मञ्चमा चिनियाँ नेताको दुई घण्टे भ्रमणपनि धेरै हो, विशाल हो । प्रशस्त हो । आज चिनियाँ प्रधानमन्त्रीलाइ आफ्नो देशमा पाइला टेकाएर आर्थिक र सामाजिक क्षेत्रमा संलग्न गराउन विश्वका धेरै मुलुक लालायित छन् । तर सबैले यस्तो मौका पाउंदैनन्, पाएकापनि छैनन् । त्यसैले चिनियाँ प्रधानमन्त्री कति समयलाई आए भन्नु भन्दापनि किन आए ? के के छलफल भयो ? के निर्णय भयो ? नेपालको आर्थिक, सामाजिक, कूटनितिक क्षेत्रमा कस्तो प्रभाव पार्छ ? विश्व समूदय उनको भ्रमणले कस्तो छाप पार्छ ? कति महत्व राख्छ ? कस्ता संझौता गरिए भन्ने कुरोले मुख्य भूमिका खेल्छ । उनी आएर एक हप्ता बसुन् तर आर्थिक, समाजिक क्षेत्रमा, राजनितिक सांस्क्रितिक र लगानीका क्षेत्रमा केहि काम भएन भने त्यसले कुनै अर्थ राख्दैन । त्यसैले चिनियाँ प्रधानमन्त्रीको यो भ्रमणमा नेपाल र चिनबिच जुन संझौता भएका छन् त्यो नै महत्वपूर्ण हो । त्यसलेनै देखाउने हो चिनले नेपाललाई कति महत्व दिन्छ भन्ने ।

• नेपाली कंग्रेस र एमालेका नेता माओवादी जनयुद्दका बेला राजधानीमै हेलिकोप्टर लिएर उडेकोपनि हामीले देखेका हौं । आफ्नै देशमा भएको द्वन्दमा तिनलाई आफ्नै सुरक्षानीतिमा विश्वास र भरोसा थिएन । चिन त तिब्बती राजनितिक रडाकोले चिन्तित मुलुक । र एमाले र नेपाली कांग्रेसको सरकारका बेला सबैभन्दा बढि तिब्बत बिरोधी हर्कत, नारा जुलुस, घुसपैठ र चलखेल भएको थियो । हामी आफ्नो मुलुक कुनैपनि छिमेकि बिरुद्द प्रयोग हुन दिँदैनौ भनेर जतिसुकै ओंठ हल्लाएपनिआखिर राजाको शसनमा चिन यति बिघ्न सशंकित थिएन । त्यस्तो हर्कत थिएन पनि तिब्बतीहरुको चिनबिरुद्द । चिनलाई सशंकित पार्ने काम नै मुख्य त नेपाली कांग्रेसको सरकारले गरेको न हो । त्यसपछि एमालेको शासनमा । त्यसैले, बेनको अघिल्लो भ्रमण रद्द हुँदा छिमेकीलाइ विश्वासमा लिन सकेन भनेर कांग्रेसले जुन कोकोहोलो मच्चाउँछ त्यो उसैको कमजोर नीति, भारत परस्त काम र अविश्वासको परिणाम अहिले अन्य सरकारले भोग्नु परेको हो । बरु चिनियाँ प्रधानमन्त्रीलाई नेपाल ल्याएर नेपालको सुरक्षा दह्रो छ, नेपालका सुरक्षाकर्मी सक्षम छन् भन्ने सन्देश विश्वभरि फैलाउन सक्यो । यो नै यस सरकारको उपलब्धि हो ।

• नेपालमै अपराधिक घटना ब्रिद्दी र असुरक्षा देखेका चिनियाँ प्रधानमन्त्रीले यहाँको सुरक्षा स्थितिबारे सशंकित हुनु अस्वभाविक होइन । झन स्वतन्त्र तिब्बतका मुख्य प्रबर्धक दलाई लामाका दूतसित भेटेका ब्यक्ति ग्रिहमन्त्री छन् । यस्तो अवस्थामा पनि प्रधानमन्त्री बेन नेपाल आउनु ठूलो कुरो हो । सायद अहिले मधेशी वा नेपाली कांग्रेसको मात्रै वा तिनको छ्यासमिसे सरकार हुन्थ्यो भने बेन आउन मुस्किल थियो । यस्तो अवस्थामा नेपाल ल्याएर त्यत्रा आर्थिक विकासका काममा सहयोग जुटाउनु माओवादीको ठूलो क्षमता र प्रभाव नै हो भनेर हिच्किचाउनु पर्दैन ।

(फोटो साभार- पाल्म बिच पोस्ट)


  • माओबादीको जय जयकार

    मन परो वा परेन: Thumb up 13 Thumb down 11

    [Reply]


  • माओबादीको जय जयकार मात्र हो यो तर यो माओबादीले केही खुत्याउने वाला छैन | १९ हजार कार्य कर्तालाई लडाकुको नाम दिएर देश लुट्ने माओबादीलाई जो सुकैले जती सहयोग गरे पनि उसकै पाटीको अनि कार्य कर्ताको भुडी भर्दैमा पुग्दैन | तेस्मा मदेश बादी नामका दलाल संगको मिलेमतोको जम्बो सरकार |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 12 Thumb down 17

    [Reply]

    Himalaya Reply:

    हैन कांग्रेसीले जानेकै बुझ्दै नबुझि, तर्क नराखि बिरोध गर्न मात्रै हो कि के हो ?
    के गलत छ र के ठिक छ भनिदिए पो हुन्छ । त्यो त कांग्रेसले सिकेकै हुँदैन है ? कि अन्धभक्त समर्थन, कि सबैलाई गाली ।

    मन परो वा परेन: Thumb up 8 Thumb down 7

    [Reply]

    chandra Reply:

    हिमालय नामका तपाइँ लाइ मेरो सलाम छ है मेरो कमेन्टमा कमेन्ट गर्नु भएकोमा | जनता लाइ दिन सम्म दुखः दिएर सरकारमा गएर देश लुटीरहेका माओबादीको जय जयकार गर्दैमा मात्र तपाइँ खुशी हुने हो भने मैले तपाइँ लाइ खुशी पारीरहनु पर्ने आवस्यकता देखीन | जहा सम्म तपाइले मलाइ काग्रेसीको माला भिराइ दिनु भयो त्यो पनि सही हैन म एक स्वतन्त्र नेपाली हु | मलाइ कुनै पाटीको समर्थन गर्नु छैन | सही लाइ सही र गलत लाइ गलत भन्नु मेरो नेपाली पन हो | तपाइले शीरमा प्रचन्डलाई राख्दैमा मैले पनि उसकै धोतीको फुर्को समात्नु भन्ने छैन | अन्त्यमा एक पटक मेरा २ वटा कमेन्ट पढी दिने कस्ट गर्नु होला |(१) शिव पौडेल प्रकरणमा कांग्रेस किन जुर्मुरायो ? (२) जनता सताउने गुण्डालाई के को शहीद ? |

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]

    Chandra Reply:

    Birod garnu ma pani ta Tuk hunu paryo ni. Tapai le ta bina Karan birod ra Samarthan garnu hudo rahe chha ni ta.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

  • prabin dhakal

    je hos chin ko pradhan mantri lai dhanyabad tyo arthik sahayog sachchai nai pura hos

    मन परो वा परेन: Thumb up 9 Thumb down 0

    [Reply]

  • shiva

    चिन यस्तो राष्ट्र हो जसबाट आर्थिक संकटमा गुज्रिरहेका युरोपियन मुलुकहरुले सम्म सहयोग को अपेक्षा गरेका छन् | यस्तो बेलामा चिनिया प्रम नेपाल आउनु र सहयोग गरेर जानु शतप्रतिशत सकारात्मक कुरा हो | तर यो प्रसंगमा माओबादी लै काँध मा चढाउनु पर्ने र कांग्रेस लगायत अरु दलको खोइरो खन्नु पर्ने चाही केहि छैन |
    ०. चिनिया प्रम ले सबै भन्दा बढी समय कोइरालालाई दिएका थिए रे ; यसबाट नेकाले भारत संग मात्र नभई एउटा कम्युनिस्ट राष्ट्र चीन संग पनि उत्तिकै राम्रो सम्बन्ध राख्न सफल भएकोमा प्रसंसा गर्ने पर्छ |
    १. चिनिया दृष्टिकोण नेपाल प्रति पहिलेदेखिनै योटै छ , माओबादी सरकारमा आएपछि यो सकारात्मक भएको र सुध्रिएको होइन |
    २. माओबादीले जनयुद्द मच्चाइरहेर् निर्दोष नागरिक को हत्या गर्दा चीनले भनेको थियो : नेपाली माओबादीले माओत्सेतुंग को अपमान गरे र चीनले कहिले हिंसालाई समर्थन गर्दैन |
    ३. अरु पार्टी वा अरु सरकार हुँदा पनि चिनिया अधिकारीहरु नेपाल आउने गरेका छन् र बेला बेलामा सहयोग गरेका छन् | अहिलेको भ्रमण त्यसैको शिलशिला हो माओबादीको नया कुशलता होइन |
    ४. भरतीय नेताहरु आउदा काँग्रेस र एमाले मात्र होइन माओबादी नेताहरु पनि आशिर्वाद थाप्न कुदेको हिजो अस्ति मात्रै हाम्ले देखेकै हो | प्रचण्ड दिल्ली गएर मनमोहन सिंह लाइ ‘हम भी आपके हि आदमी है’ भनेर अँगालो हालेर आइसकेका छन् | भारत संग को सम्बन्ध सुध्रिएको र सकारात्मक नै भएको नेपालको हितमा हुन्छ | आज चिनिया नेता आउदैमा हिजो भारतीय नेताहरुलाई स्वागत गर्न हुने थिएन भन्ने तर्क गलत छ |
    ५. भारत र हाम्रो संस्कृति मिल्ने हुनाले होला ; काम भन्दा धेर तालि खोज्ने र अबिर र माला तिर टाउको तेर्स्याउने चलन चाही छ |
    ६. उतिबेला हेलिकप्टर चढेको कुरा यहाँ सान्धर्भिक थियो र ? अस्ति भर्खर हेलिकप्टर चढेर हिमाली दृश्य हेर्दै हेलिकप्टर मै थकाइ मेट्न भट्टराई उडेका थिए , पुन एउटा बिध्यलाको उद्घाटन गर्न हेलिकप्टर चढेर गएर बिबादमा परे , आज मात्र प्रचण्ड हेलिकप्टर बाटै रोल्पा महोत्सव हेर्न उडेका छन् | उनले केन्द्रीय कमिटि बैठक लत्याएर उडान भरेका हुन् |
    ७. छोटो समयमै सुरक्षा व्यवस्था चुस्त र दुरुस्त भएकोमा सुरक्षा निकाय प्रमुख ले पो स्याब्वासी पाउनु पर्ने, यसमा माओबादी को गुनगान गाउनुपर्ने हो र ? बरु माओबादी लाइ नेपालका सुरक्षा निकाय सबल र सक्षम छन् भन्ने अब बल्ल चेतना भयो होला | ति नै वास्तविक नेपाली सुरक्षा कर्मी हुन् |
    ८. नेपाली सुरक्षा कर्मीको मान मर्यादा र नैतिकतामा प्रहार गर्दै अझै कथीत जनसेना ( लडाकु ) को मात्र वकालत गर्न अब छाड्ने कि ?
    अन्तमा सबैलाई हेक्का रहोस चिनिया प्रम को यो भ्रमण र सहयोग सोर्है आना सकारात्मक छ नेपाली राजनीति वा अर्थतन्त्र को लागि पनि | अरु थुप्रै नराम्रो काम गरेर जनतालाई निराश पारेका भट्टराई को सरकारको यो एउटा सहि काम हो प्रसंसा गर्ने पर्छ खुला दिलले | यो सहयोग सहि सदुपयोग गर्ने बुद्दी माओबादी सरकारलाई आओस | जय नेपाल !!!!!!!!

    मन परो वा परेन: Thumb up 7 Thumb down 4

    [Reply]

    Himalaya Reply:

    चिनको नीति त ए उटै हो । कांग्रेसी नीति पो फरक भनेको त शिवजी हैन ? तपाई आफैं कांग्रेसी भएकोले सोच्नुस् त तपाइको ज्ञान्, कोइरालालाई बढि समय दिएकोले बढि रुचायो रे । हाहाहाहा कति गरिबी हुन्छ कांग्रेसी बुद्दीमा । कांग्रेस सबै भन्दा तिब्बाती शरणार्थी नेपालमा उत्पादन गर्ने मेशिन हो । दुनियाँले बुझेको । त्यसैले अलि बढि फकाउन, त्यसबारे बुझ्न र कांग्रेसीका नीति र अहिलेको अवस्था बुझ्न जे पनि हुन सक्छ ।
    हो माओवादीको माओवा नीति ठिक नलाग्न सक्छ । तर तपाईको काङ्रेसी नीतिले के बुझ्नु जरुरी छ भने अहिले माओवादी त्यसबाट संसदिय पद्दतीमा आ इसकेको छ । तिब्बती शरणार्थी बढि उत्पादन गर्ने कांग्रीसी नीति भारतसित अँगालो हाल्ने मात्रै रहे सम्म चिन झस्किरहने छ र त्य सको मार अरु पार्टीले खप्नुपर्छ भन्ने ददीजीको विश्लेषण सोह्रै आना सहि छ ।सहिलाई सहि छ भन्न सक्नुपर्छ हामी पाठकलेपनि ।

    मन परो वा परेन: Thumb up 7 Thumb down 4

    [Reply]

    Shiva raj panta Reply:

    हिमालय जी , मैले कांग्रेस कै नितिको कुरा गरेको हु यदि कांग्रेस ले कट्टर दक्षिण पंथी भएर कम्युनिस्ट राष्ट्र चीन्संग राम्रो सम्बन्ध राखेको थिएन भने आज मोबदिले जुंगा मुसार्दै चिनिया प्रम हात मिलाऊन पाउने थीएनान | माओबादी र तपैं जस्ता माओबादी का हनुमान हरुले के बुझ्न जरुरी छ भने संसदीय व्यबस्था र कांग्रेस ले सबै नराम्र काम मात्र देशम गरेका थिएनन | २ बर्ष मै माओबादी ले सर्कार चलाउदा यतिका भ्रष्टाचार र दुराचार संभव छ भने त्याती लामो समय सत्ता माँ बसेको कांग्रेसका एकाध गलती लाइ देखाएर माओबादी को चरम भ्रष्टाचार र काला करतूत हरु सही छन भन्ना खोज्नु हनुमान मानसिकता बाट ग्रस्त हुनु हो |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 5 Thumb down 8

    [Reply]

    सचिन्द्र Reply:

    लाज र श्रम भन्ने अलिकति पनि नहुने रहेछा कांग्रेस बिचार हुने सित /.एकाध कमजोरी देखाएर रे कांग्रेसका / हाहा कांग्रेसले त क्जोशी बेच्यो, टनकपुर बेच्यो, कर्णाली बेच्न खोज्यो / अब देशी बेचेपानी एकाध कमजोरी हुने होला है ? कांग्रेसका भ्रस्ट जोशी, वाग्ले, खुमे यी सबै के हुन् ? सुजाता ? कांग्रेसले त यो देश बिगारेको मुख्य गरि / जनयुद्द निम्त्यौनेपानी कांग्रेसी हुन् / जब सम्म यो देशमा कांग्रेस रहन्छा / कांग्रेसी नीति रहन्छा तबसम नेपाल अझ कंगाल बन्छ भने त कांग्रेसको सरकार बाटै देखियो नी / आफ्नै पार्टीको बहुमत सरकार ढाल्ने नितिहिना र भ्रस्ट कुर्सीप्रेमी कांग्रेस / यहि चाही मलाइपनि भन्न मन लाग्यो यो कमेन्ट देखेपछी

    मन परो वा परेन: Thumb up 6 Thumb down 4

    Chandra Reply:

    @ Shiva

    yes, Maobadi is not good, but Congress is also not good.

    You compared Congress with Maoist to show that congress is better. This is like comparing Chor to Mahachor. Chor and Mahachor both are bad.

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    जयदेव Reply:

    लेख, प्रतिक्रिया जेमापनि यो शिव भन्ने मान्छे यति धेरै कांग्रेसको लगौंटिया बन्नुको कारण के हो ? कांग्रेस सरकारले बिदेश पटाइदिएर जस्तो छ । हसै छ त गाँठे चाकरीपनि । यस्तै चाकरीबज जनतापनि निस्केपनि त कसरि सुधार्ने नेता र पार्टीलाई ?

    मन परो वा परेन: Thumb up 7 Thumb down 1

    [Reply]

    Shiva raj panta Reply:

    मेरो हरेक लेख वा प्रतिक्रिया कांग्रेसको समर्थन भन्दा पनी माओबादी को कुकर्म को श सक्त प्रतिरोध र आलोचना गरिएको हुन्छ | माओबादी का हनुमानहरुको निधारबाट यसले चिटचिट पसीना निकल्छ | अनि अतालिदै हनुमान हरु मलाई कांग्रेसको चाकरी गर्यो भन्छन | तपाईलाई पनी त्यस्तै भएको हो |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 2 Thumb down 8

    [Reply]

    सचिन्द्र Reply:

    त्यहि त शिवजी कांग्रेसीले देश् १४ वर्ष चलाउदा पनि बेथिति अग्रेको तपाइको आँखा मा मोतिया बिन्दु भएर नदेखाया कि दिमाखमा बिर्को लागेर कि कांग्रेसले केहि चाट्न दिएर ? माओवादे कुकर्म देख्ने आँखाले कांग्रेसी लोत को त सुकर्मा मात्रै देख्ने रैछा है ? कांग्रेसको केन्द्रीय कार्यालयबाट ल्याएको आँखा हो तपाइको ?

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    Prakash Tiwari , NYC Reply:

    शिवजी तपाइँ जस्तो माओबादीको गलत काम र प्रोपगंदाको पर्दाफास गर्ने मान्छे नेपाली मेडियामा खाचो छ / १०० % सहि कुरा गर्नु भो /

    मन परो वा परेन: Thumb up 3 Thumb down 4

    [Reply]


  • ” रजहाँस दृस्टी ”
    ——————–
    सत्य तथ्यको तलाउमा
    डुब्दै उत्रदै
    पौडी खेल्न सक्ने पौडीबाज जस्तो
    बन्न सक्नु पर्छ कलमबाज

    कालो र सेतो
    छर्लंग छुट्टयाई
    कालोलाई कालो
    सेतोलाई सेतो भनिदिन
    रजहाँस दृस्टी चाहिन्छ
    पानी र दुध
    छुट्याउन सक्ने
    रजहाँस दृस्टी हुनुपर्छ कलम बोक्नेहरुमा

    मेरो देशलाई
    रजहाँस दृस्टीका कलमवाजहरुको खाँचो छ
    हे कलमवाजहरु हो !
    तिमी रजहाँस बनिदेउ !

    ———————

    ददी जी !
    तपाईको लेखमा रजहाँस दृस्टी छ –
    धन्यबाद .

    मन परो वा परेन: Thumb up 10 Thumb down 1

    [Reply]

  • pawan raj phuyal

    यो लेखमा अति बस्तुपरक र यथार्ताको सही र अति सान्दर्भिक बिश्लेषण छ । सर्सर्ति हेर्दा र एन्टि माओइस्ट नजरले हेर्दा मात्र माओबादीको जयजयकार देखिन्छ तर त्यो नै कटुसत्य हो । जुन दुनियाके नजरमा छर्लङ्ग भएकै कुरा हो ।

    मन परो वा परेन: Thumb up 8 Thumb down 0

    [Reply]

  • न्याय प्रेमि

    यो नेपाल प्लस ब्लग मा पहिले सम्पुर्ण गलत सिस्टम को आलेचना हून्थ्यो यो काँहा बाट कांग्रेसि दलाल शिवराज आएर यो ब्लग लाइ कांग्रेस को मुख पत्र बानाउन लागिसक्यो यो जस्ता अरू 2,3 जाना अरू थपिए भने पक्कै यो ब्लग मुखपत्र बन्ला, सम्पुर्ण पार्टि खराब छन नेपाल को तर कांग्रेस पार्टि को तर्फ बाट अहिले सम्म बिपी 4,5 चोटि, शेर बहादुर 3 चोटि, कृष्णप्रसाद भट्टराई खै कति चोटि, गिरिजा 6 चोटि भएकै हो खै के खुत्याए? नेपाल लाइ लुट्न सम्म लुटे कन्चनपुर वर पर का देश का सिमाना बेचे नदिनाला को पानि नेपाल मा अभाव हुँदा हुँदै भारत मा पठाए, कुनै बेला जनता ले धेरै पत्याएको नेता मदन भण्डारि को हत्या गराए, अरू पनि के के हो के के कि कसो मित्रहरू

    मन परो वा परेन: Thumb up 8 Thumb down 2

    [Reply]

    Shiva raj panta Reply:

    अर्को माओबादी हनुमान को उदय भएछ यहाँ फेरी | भेडालाइ भेडा मन पर्छ बाख्रालाई बाख्रा | चोर, तस्कर , गुंडा , हत्यारा , भ्रष्ट माओबादी वकालत गर्ने गतिलो चाही हुन्न |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 5 Thumb down 6

    [Reply]

  • राम गुरुङ

    लेख मन पर्ने नपर्ने अंखा र हेराई, बुझाइ, आस्था ले फरक पार्छ । तर ददीजीको यो लेख छोटो मिठो र वस्तुपरक छ । काङ्रेस एमालेलाइ त किन मन् परोस् र अफ्नो सरकार नभएपछि ? बैध्यलाई त मन नपरेको उनीहरुलाइ कहाँ मन् पर्छ । सत्तामा आफू र आफ्नो पार्टी छ कि छैन भने आँखाले नहेर्ने हो भने यो सन्तुलित र चोटिलो छ । छोटो र मिठो छ विष्लेषण ।

    मन परो वा परेन: Thumb up 6 Thumb down 2

    [Reply]

  • ranjan

    यो शिव राज भन्ने मान्छे त सारै गतिछाडा शरम पाचकी पो रहेछ त !कांग्रेस को दुर्गन्धित र कालो बिगत लाइ एकाध कमजोरी भनेर पो छोप्न खोज्दो रहेछ /माओबादी मन पर्नु नपर्नु एउटा कुरा हो तर अस्ति भर्खर सारा जनता को अगाडी नांगै राज्य लुटेर हिड्ने कांग्रेसी हरु आफ्नो कालो अनुहार देखाएरै ठम थम्ती हिडी रहेको बेलामा यो पाचकी ले चाही दुधले पो पखाल्न खोज्यो त बा कांग्रेसी लाइ !यो पनि कनक मणि जस्तै प्रोपोगान्डा पत्रुकर नै रहेछ है!सुजाता दि जस्ती ´कन्चन` , खुमे ,वाग्ले, गोबिन्दे,जे. पी. गुप्ता, आदि इत्यादी जस्ता `निस्कलंक´ छबी क कांग्रेसी हरुकै उत्पादन होला यो शिव राज भन्ने मान्छे पनि!

    मन परो वा परेन: Thumb up 3 Thumb down 2

    [Reply]


  • तपाईहरुको गन्थन् सुन्दा मजा लाग्यो ! दलालि को काम भने बन्द गर्नुहोस् ।

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree