मारमुंग्री यूग ब्युँताउने माओवादी प्रयास

जनसत्ताले जनयुद्द ताका गरेका अबैध कारोबारलाइ मान्यता दिनु भनेको भोलि एक एक गर्दै जनअदालत, जनमुक्ति सेना, जनसरकार जस्ता मारमुंग्री युगलाइ फेरी ब्युँताउने कुत्सित कालो प्रयास हो

शिवराज पन्त

पुराणमा थुप्रै कथाहरु पढ्न पाइन्छ । दैत्यहरुले आफु शक्तिवान हुनको लागि घोर तपस्या गर्छन । जुन तपस्या साधारण मानिसले गर्न सक्दैन । पृथ्वी, पाताल र स्वर्ग  तिनै लोकमा हल्ला पुग्ने गरि घनघोर तपस्या गरेपछि  ब्रह्मा वा शिव खुशी भएर आशिर्वाद दिन्छन । आशिर्वाद पाएपछि दैत्यहरु आम मानिस भन्दा बलवान हुन्छन । तर त्यसको प्रयोग उनीहरुले आम मानिस कै विरोधमा गर्छन र साधारण मान्छेको जीवन नर्क सरि तुल्याउँछन । शक्तिको उन्मादमा एक पछी अर्को गर्दै नराम्रा काम गर्दै जान्छन । सुरा सुन्दरी, भोज, धनदौलत लुटेर जबर्जस्ति प्रयोग गर्छन । उन्माद अतिनै भएपछी उनीहरु पुरै लोक नै कब्जा गर्न भनेर सुरिन्छन । त्यसपछि तिनको दिनगन्ती सुरु हुन्छ । पापको घडा भरिएपछी कुनै दैवी शक्तिले  त्यसको अन्त्य गर्छ ।

यो कथाको सम्झना आज माओबादीको कारणले भैरहेको छ मलाई । माओबादीले सरकारमा आउन दशबर्षे जनयुद्द लड्यो भूमिगत भएर । निश्चय पनि यो सजिलो थिएन । तैपनि जनताको समर्थनको कारण यो उचाइमा पुग्दै गयो । अन्तमा जनआन्दोलनको साथ पाएर उ केहि हद सम्म सफल भयो, सत्तामा पुग्यो । सत्ताको सबै खाले सुविधाभोग गर्न पायो । विस्तारै विस्तारै माओबादीले आफ्नो पार्टीको उदय किन भएको थियो र पार्टीको नीति र विधि के थियो भन्ने नै बिर्सिन पुग्यो ।

आज सत्ता र शक्ति आफ्नो हातमा छ । यसको बलमा माओबादीले एक एक गर्दै आफ्ना मनोकांक्षाहरु पुरा गर्दै गयो तर जनतालाई गरेको बाचा र जनताको इच्छालाई भने लात हान्दै आज यहाँसम्म आइपुगेको छ । अपराध र अपराधीको चौतारी बनेको छ माओबादी पार्टी । व्यापक भ्रष्टाचार, बलप्रयोग र विधिको शासनलाइ नै चुनौती दिने जस्ता काम माओबादीबाट हुन् थालेको छ । कथामा उल्लेख भए झैँ माओबादीलाइ नेपाल राज्य पुरै कब्जा गर्ने सुर चढेको छ । यहाँबाट उसको दिनगन्ती सुरु हुन्छ । जनताले माओबादीलाइ खाल्डोमा लगेर खसाल्ने बेला आइसकेको छ ।

संबिधान सभा चुनाव नेपालमा एकलौटी शाशन गर भन्ने जनादेश होइन । त्यो चुनाव मार्फत जनताले दलहरुलाई शान्ति प्रक्रिया पुरा गरि संबिधान लेख्न खटाएका हुन् । तर दुर्भाग्यवश माओबादीले यो जनमतको गलत व्याख्या र दुरुपयोग गरेको छ । उसलाई लागेको छ, जनताले डाडु पन्यु हाम्लाई दिएका छन् । हामीले जे पनि गर्न सक्छौं । जसलाई जति पस्कन पनि सक्छौं । चाहे कसैको गाँस लुट्न पनि सक्छौं भन्ने भ्रम माओबादीलाई छ । यति छोटो समयमै माओबादीलाइ सत्ताको मात लागेको छ । आफनो चरित्र जनतासामु उदांगो भएपछी माओबादी अझ निर्लज्ज भएर प्रस्तुत हुन् थालेको छ । उपप्रम नारायण काजि श्रेष्ठको घाँटीको उपचार नेपालमै सजिलै संग हुने चिकित्सकहरु दावी गरिरहेका छन् । तर प्रम भट्टराईले उनलाई जापान पठाए । सरकारी सुबिधामा अन्य दुइ सहयोगी सहित । यसरि देशको ढुकुटी माओबादीले चरम दुरुपयोग गरिरहेको छ । युवा स्वरोजगार कोषको दुरुपयोग भयो । हुदै नभएका लडाकुको नामबाट अर्बौं ठगी गर्यो माओबादीले । यस्तो व्यापक र नाङ्गो भ्रष्टाचार आजसम्म कुनै सरकारले गर्न सकेको थिएन । भट्टराई र प्रचण्डका नातेदार र आसेपासे खाली ठाउँमा त जागिर पाए पाए, हिसिला यमीले हुँदै नभएको पद सिर्जना गरेर समेत नातागोता घुसाइन् ।

यी सब बेथिति र बेशर्मी क्रियाकलाप जारी राख्न र सत्तामा टाँसीइरहनको लागि माओबादीले शान्ति प्रक्रिया पुरा गर्न चाहेन । शान्ति प्रक्रिया र संबिधान निर्माणपछी सरकारको समाप्ति हुन्छ वा भनौ नयाँ निर्वाचन हुन्छ । त्यतिखेर आफुले जित्न नसक्ने माओबादीलाइ राम्रोसंग थाहा छ । अब सत्ता लम्ब्याउने कुनै निहुँ र आधार नभएपछी माओबादी सत्ता कब्जा गर्ने योजनामा विस्तारै अघि बढेको छ । यसको पहिलो खुड्किलो थियो; तथाकथित जनसत्ताले उतिबेला जनताको निजि सम्पत्ति जबर्जस्ति अपहरण गरि बेचबिखन गरेको अबैध कारोबारलाई मान्यता दिने भट्टराई सरकारको निर्णय । कुनै दलसंग पनि छलफल नै नगरी सुटुक्क यस्तो निर्णय पक्कै पनि राम्रो नियतले गरिएको होइन । यता यस्तो निर्णयको झटारो फाली उता भट्टराई जवाफ दिनु पर्छ भनेर धुलिखेल रिसोर्ट मै २\३ रात बिताउने गरि गाएब भए ।

जनसत्ताले जनयुद्द ताका गरेका अबैध कारोबारलाइ मान्यता दिनु भनेको भोलि एक एक गर्दै जनअदालत, जनमुक्ति सेना, जनसरकार जस्ता मारमुंग्री युगलाइ फेरी ब्युँताउने कुत्सित कालो प्रयास हो । उतिखेर माओबादीले गरेका हरेक मानवता बिरोधि अपराधलाइ बैधता दिने प्रयास हो यो । चितवनको माडीमा मारिएकाहरु मृत्युका हकदार थिए किनकि त्यो निर्णय तत्कालिन जनसरकारले गरेको थियो भन्ने दिनपनि अब टाढा छैन । माओबादी लड़ाकुनै राष्ट्रका सेना हुन् । नेपाली सेना त तत्कालिन राजाको चौकीदार हुन् । तिनलाई जनसेनामा मिसाउनु पर्छ भन्ने निर्णय पनि आउन सक्छ । यसकारण जुन बाटो भट्टराई सरकार हिंडेको छ त्यो विधिको शाशनको लागि ठुलो चुनौती हो ।

शान्ति र संबिधान त अब नबन्ने निश्चित नै भैसक्यो । माओबादीले यो चाहेकै छैन भन्ने त पुष्टि भैसक्यो । अब निकाश अरु दलले खोज्ने बेला भैसक्यो । माओबादीसंग कस्तो सम्बन्ध राख्ने ? कसरि प्रतिरोध गर्ने भन्ने कुरा गैर माओबादी सम्पूर्ण दलले योजना गर्ने बेला भैसक्यो । अब सबै दल मिलेर माओबादीको बिरुद्द सडक र संसद सबैतिरबाट आन्दोलन शुरु गर्नुपर्छ । शान्तिप्रक्रिया भाँडेर माओबादी गएपछि संबिधान सभा पनि भंग हुन्छ नै । त्यसपछि एउटा ताजा जनादेश लिनको लागि पुन निर्वाचन गर्नु जरुरि छ । त्यतिबेला माओबादी रहला नरहला वा कुन आकारमा रहला ? जे भएपनि उसलाई जनताको शक्तिको आभाष भैसकेको हुनेछ र विधिको शाशन र लोकतान्त्रिक मूल्य मान्यताको बाटो हिँड्न उ बाध्य हुन्छ ।


  • –अब निकाश अरु दलले खोज्ने बेला भैसक्यो –

    पन्त जी !
    कुन कुन दलहरुले अझै निकास खोजिरहने हो ? हाम्ले देखेन
    भोगेन र भन्या ???
    काग्रेसी दल ? के गर्यो तिनले ? अब के गर्ला ??? !!!
    एमाले दल ? के गर्यो तिनले ? अब के गर्ला ???!!!
    अब अरु दलको के कुरा गर्नु र ? — कि कुरा गर्नु ?!

    अब दल होईन पन्त जी ‘निर्दल ‘ भन्ने बेला आईसक्यो !!!
    दल हरुले आफ्नै दाल मात्रै गलाउने भए — आफ्नै दालमा
    घिउ पोखाउने भए —
    यसो नहुदो हो त संबिधान निर्माणमा यो बिघ्न बाधा किन ? यो
    बिघ्न अर्चन किन ?
    के के के के किन ???? भनेर कति साध्य –
    बरु निर्दल चै कुन रुपमा हुनु पर्ने हो ? कति समयको लागि
    हुनु पर्ने हो ? ( मतलब चुनाब कति कति समयमा हुनु पर्ने हो )
    त्यस सम्बन्धि गम्भीर बहस हुन जरुरि छ .
    यो दल दल ले त मुलुक भयानक दुर्घटना तिर पो धकेलिदै
    छ त ! —-

    मन परो वा परेन: Thumb up 10 Thumb down 1

    [Reply]


  • उबेलाका दैत्यहरु त सफल भएनन् आजका दैत्य (प्रचण्ड) के सफल होलान र नेपाल कब्जा गर्न ? मदेसी (दलालको जत्था) संगको मिलीजुली सरकारमा त एत्तीको हिम्मत गर्ने यी ब्वासाहरुको आफ्नै मात्र पाटीको सरकार भएको भए के के गर्थे होला ? अरु सरकारमा बसेर १ रुपया मूल्य बढ्दा सडक तताउने जनताका नोकर हरु सरकारमा भएको बेला गरीब जनताका सपना राम्ररी साकार पारेकोमा हालका दैत्य कमरेड प्रचण्ड सहीत सिंगो माओबादी पार्टी प्रती हार्दीक समबेदना प्रकट गर्दैछु | साथै उनका धुपौरेहरुमा उपरवालाले सद्बुद्धि दीउन किनकी उनीहरुका महाराजा नया घरमा सरी सके अनि त्यो घर भाडाको नभएर खुदको हो अनि आय स्रोत लुटेको पैसा | महाराजा त हिरो भै सके तीमी हरुले के पायौ ?सोच्ने की ? जय देश |||||||| जय रास्ट्र |||||||||| |

    मन परो वा परेन: Thumb up 11 Thumb down 5

    [Reply]


  • मेरो कमेन्ट हरायो किन हटाइयो जान्न मन लाइ रा छ |

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • madan bajracharya

    नेताहरू…..
    कायर बनि बिहार भागेका, बिहारीको जुठो खायर हुर्केका
    जनतालाई ठग्न र झुक्याउन मात्रै नेपाली भाखा बोल्ने
    अंश खोज्न मात्रै नेपाल र नेपाली सिट “नाता” देखाउने
    सिंहदरवार पस्न मात्रै “नेपाली रास्त्रिये पोशाक” लगाउने
    नेता माने मात्रै नेपाल बस्ने नमाने “बिहार प्रवास” जाने
    मनले आफु नेपाली हुँ भन्न पनि नसकेका नेपाल फर्के/

    टुंडिखेलमा चटक नाटक देखाउंदै सुत्तुक सिंहदरवार पसे
    राजनीतिको नाममा “राज” गर्न मात्रै जानेका गद्दीमा बसे
    नेपालको ढुकुटी लुट्नु लुते, गद्दीमा टिकि रहन झुठ बोले
    बिहारमा बस्दा उधारो खाएको चप्पल लगाएको सबै भुले
    मौका यहि हो भनेर लुटेको-थुतेको प्राडो पाजेरोमा सैरगरे
    कुन्दाले मुन्दाले बटुले उनीहरुकै जय जयकार सुन्दै सुते/

    बिहान उठे, हुक्के,बैठके खोजे, साँझ कसकोमा खाने सोचे
    ये १०बजे छ भन्दै उठे, उठना साथ नमस्कार गर्ने खोजे
    कोहि मन्त्रालय त् कोहि पार्टी-घर पुगे टेलिफो ताकेर बसे
    अरुको फोन आए “छैन” लैनचौरको भए “जि साहव” भने
    भाग कमिसन नपाउने फाईल हुर्र्यार फालेर “हुन्न” भने
    भेट्न आउनेमा दिन-दुखिलाई हकारे, दलाललाई अंगाले/

    यसरीनै ५बजाउँछ. ड्राईभरलाई गाडील्या भन्दै आँखा टर्छ
    ड्राईभरले मुन्टो हल्लायर “बन्दोबस्त” भएको संकेत गर्छ
    मुस्काउन्दै गाडी भित्र पस्छ, “हिजोकोमा होईन है” भन्छ
    बेलुकी धल्मलिन्दै निवास पुग्छ,प..पार्ति बात भन्दै सुत्छ
    सपनामा दिल्ली पुगेको मनमोहनले बरदान दिएको देख्छ
    बिहान उठ्ना साथ् मोबाईल उठाउँछ लैनचौरमा फोन गर्छ/

    मन परो वा परेन: Thumb up 7 Thumb down 0

    [Reply]

  • ranjan

    पन्ते भाई, तिम्रो स्मरण शक्ति ले आलु खाएछ/ नारायण काजी जापान जादा खर्च त पक्कै धेरै नै लाग्छ नेपाल मा भन्दा ,तर कम्तिमा पनि त उ त उपचार कै लागि गएको रहेछ ;तर तिम्रो अतुलनिय प्रजातान्त्रिक सरकारको पालामा ५-५ जना मन्त्रि हरु थाईल्याण्डको भालु कोठीमा के को उपचार गराउन गएका थिए? तिमी त तेति खेर भिजिलान्ते भत्ता खाएर मस्त थिएउ होला, अहिले आफ्नो दाना पनि टुट्यो भनेर किन बिगत को आफ्नो प्रभु हरुको कालो कर्तुत बिर्सन्छौ? कि कागज बनाउने चक्कर मा विभिन्न वेव साइट हरु मा वान्ता गर्दै त्यहाँ शरणार्थी प्रक्रिया मा डकुमेन्ट थप्ने धन्दा चलाएका हौ?

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 4 Thumb down 8

    [Reply]

  • bipul

    भतुवा र तलुवा चाट्नेहरुलाई मालिकहरुले मुखमा आची गरे पनि ठिक लाग्छ | रंजन भन्ने हनुमान जी लाई माओबादीले अहिले गरिरहेका यी अथाह काला कर्तुत हरु ठिक लाग्ने रहेछ | अरु दलले बिगतमा त्यस्ता काम गरे तिनको आलोचना पनि बिगतमा भयो | नराम्रो कामको जुन दल वा पार्टीले गरेपनि नराम्रो भन्न सक्नु पर्यो | उतिबेला फलानोले पनि यसो गरेको थियो भन्दै कुकर्मलाई जायज ठहराउनु सिधा दलाली हो | कि तपाईंलाइ माओबादीले कब्जा गरेको कुनै घर वा जग्गा मा बस्न दिएको छ कि क्या हो ? कुर्लेर बचाउ गर्नु भो त |

    मन परो वा परेन: Thumb up 9 Thumb down 2

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree