तराईमा फेरि आगो झोसिँदै छ, के हेर्दैछन मुख्य तिन दल ?
राजतन्त्र समाप्त भयो । तर नेपालका समस्या समाप्त भएनन । झन बल्झिए । जनताका दैनिक समस्या त यथावत छन नै । झन गम्भिर समस्या थपिएका छन । त्यो भन्दापनि ठुलो समस्या झन देश नै टुक्रिने हो कि भन्ने खडा भएको छ । नेपालको दूर्भाग्य भन्नु पर्छ-राजनितिक दलहरु सरकारमा नहुँदा अनेक रस बाँड्छन । लोभ देखाउँछन । सपना छर्छन जनतालाई यसो गर्छु र उसो गर्छु भन्दै । कुनै समस्याको दिर्घकालिन समाधान खोज्दैनन । सरकारमा बसेर टालटुले पाराले जे पनि हुन्छ र सकिन्छ भन्दै सहि गर्छन् । सहमती जनाउँछन । सरकार बाहिर हुनासाथ सारा समस्या देखाएर बिरोध गर्छन । जनता उचाल्छन । अहिले त्यहि भैरहेको छ । सरकारमा भएको सद्भावना पार्टी र फोरम समेत सडकमा गएर तराईमा फेरि आन्दोलन गर्ने मनशायमा पुगेका छन । आगो झोस्न तम्तयार परेका छन । तर माओवादी, एमाले र कांग्रेस खासै गम्भिर बनेका छैनन ।
बिगतमा नेपाली कांग्रेसमा दशकौं बसे तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर । उनलाई कहिल्यै मधेश मुक्ति चाहिएन । आफु नेपली कांग्रेसमा रहेर मन्त्री पड्काउँदा कहिल्यै उनले मधेश हेपिएको, दबिएको, चुसिएको, पहाडेले दमन गरेको देखेनन । जन अधिकार फोरमका जय प्रकाश गुप्ता र बिजय गच्छदारले वर्षौं सत्ताको रस चाखे। त्यतिबेला मधेशी जनताको हित तिनलाई चाहिएन । बरु रज्य ठगेर कुम्ल्याउँदै ठिक्क भयो । अहिले मधेश आन्दोलका नाममा तिनले सारा समस्या देखेका छन । नेपाल सद्भावना पार्टी आनन्दी देवीका राजेन्द्र महतो, ह्रिदयेश त्रिपाठी लगायत अहिले मधेशका नाममा कुर्लिएका नेता सबैको हालत त्यहि हो । एकाएक रंग फेरेर एक मधेश एक प्रदेशको नाममा देश टुक्र्याउने नारा लिएर हिँडेका छन ति सबै दल ।
अचम्म त के छ भने सरकारमै भएका मधेशी दल फोरम र सद्भावना दुबै कुनैपनि बेला सरकार छोडेर आन्दोलनमा होमिने मनशाय र योजनामा छन । तिनको अभिब्यक्ति त्यहि छ । मधेशका दलमा आफ्नो नारा, आफ्नो बिधान, आफ्नो कार्यशैली, आफ्नो नितिमा पटक्कै बिश्वास छैन । तराईका दल मध्ये कुनै एकले आन्दोलनको घोषणा गर्यो भने अन्य दलपनि हत्त न पत्त आन्दोलनको घोषणा गरिहाल्छन । तराईका जनता अन्दोलन नभए आफ्नो पार्टीबाट ति सबै सर्लक्कै अर्को पार्टीको समर्थनमा पुग्छन भन्ने शामान्तबादी सोच छ तिनमा ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएर एक मधेश एक प्रदेशको माग राख्दै सडक आन्दोलनमा होमिएको छ तराई मधेश लोकतान्त्रिक पार्टी । सरकारमै बसेर फोरम र आनन्दीदेवीका नेताले त्यहि अभिब्यक्ति दिइरहेका छन । अब यि दल कुनैपनि बेला फेरि सडक आन्दोलनमा गएर तराईलाई अस्थिर बनाउँन सक्छन । यो बेला देश टुक्र्याउन चाहने मधेशका दल बिरुद्द नेपाली कांग्रेस, एकिक्रित नेकपा माओवादी, एमाले र अन्य दलाहरु एकजुट हुनुपर्ने हो । बिखण्डनबादीका हरेक आन्दोलन, अभिब्यक्ति र योजनालाई असफल पार्न यिनलेपनि तराई केन्द्रित आन्दोलन गर्नुपर्ने हो । गाउँ गाउँ र टोल टोलमा जनतालाइ एकिक्रित गरेर तिनका बिरुद्द जनतालाई परिचालित गर्नुपर्ने हो । तर नेपालको भूगोल एक रहन्न भन्दै आन्दोलनमा होमिँदापनि त्यतातिर मुख्य तिन दल गम्भिर भएको देखिन्न । सरकारमा रहेका मधेसवादी दलहरूले समेत आन्दोलन गर्ने चेतावनी दिइरहँदा संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले मधेसका समस्याको दीर्घकालीन समाधान खोज्न पहल गर्ने निधो गरेर साकारात्मक कामको थालनि त गरेको छ। तर अहिले मधेशमा माओवादी आफैं कमजोर अवस्थामा पुगेकाले उसको एक्लो प्रयास पर्याप्त देखिन्न ।
कांगेस, एमाले र एकिर्क्रित माओवादी, यि तिन दल एक भएभने एक मधेश एक प्रदेश वकालत गर्ने बिखण्डनवादीलाई परास्त गर्न किन सक्छन भने गत निर्वाचनमा जनताको मतले देखाएको छ, बिखण्डनबादीहरु नेपाली कांग्रेस, माओवादी र एमाले भन्दा शक्तिशाली छैनन । अर्थात गत निर्वाचनमा मधेशका जनताको मत बिखण्डनबादीको पक्षमा छैन । मधेशी जनताले अहिलेपनि तिनै मुख्य तिन दललाईनै पत्याइरहेका छन । त्यसैले, सत्तामा टाँस्सिने र सत्ता गिराउने खेलमा नलागि राष्ट्रियताको लागि एकजुट हुने हो भने एक मधेश एक प्रदेश भन्दै देशको सिमा चोक्टा पार्नेहरुका सपनालाई सजिलै धुलो पार्न सक्ने मत र तागत अहिलेपनि मुख्य तिन दलसँगै छ । तर माझिको सल्लाह हुँदाहुँदै सात गाउँ डुब्यो भनेझैं ति टुलुटुलु हेरेर खुट्टा तानातानमै रमाएका छन ।


satta herera baseka satta ke herne fatahaaharule .
मन परो वा परेन:
0
0
[Reply]
India le uchaleko ho yiniharulai…………………………………..rastraghati harulai chat chat katnu parne.
मन परो वा परेन:
0
0
[Reply]
Dhanaibat,lekhak jiu tapaile esto kura uthaunu vayo jun euta rastryabadi le uthaunu parcha!
Sabai parti ka neta ko najar yo lekhma paros ra yasko hirdaya dekhinai manan hos,natra vane nepal ko tarai india ko “jharkhanda” hola!
मन परो वा परेन:
0
0
[Reply]
We are Nepali with far from unity.
मन परो वा परेन:
0
0
[Reply]
हाती आयो हात्ती आयो फुस्सा
नयाँ नेपाल का नयाँ माननिय प्रधान मत्री ज्यु देश बासी का नाम मा गरेको सम्बोधन ले निक्कै कुत्कुत्यायो केही लेख्न मन लाग्यो। पि एम ज्यु सबभन्दा पहिला त् तपाईंको भाषा र् सैली लाई मान्नै पर्छ किन भने जुन कुरा तपाईंले बोल्नु हुन्छ त्यो कुराको अर्थ स्वोयम आफ्फै लाई पनि थाहा छैन होला। अर्को कुरो युवा को बरेमा निक्कै चिच्यायको देखिन्छ खास् कुरो के हो भने गुरु बन्न जति सजिलो हुन्छ चेला बन्न त्यत्ति सजिलो भयको देखिन्न किन भनेनि गुरु बा तपाइको सिबिर मा कति छन् युवा अनि तिन्ले रास्ट्रको धुकुतिको तलब् खन्छनि खादैनन खान्छन् भने खोइत तिन्लाइ रास्ट्र निर्मान् मा लगायेर उदiहरण् बनेको?
५००० तलब लिन्छन तीन को काम के हो?
कि तिनी हरु ले लुट्ने, कब्ज्जा गर्ने,हतियार प्रदर्शन गर्ने ,चन्दा उठाउने, भौतिक कारबाही गर्ने भन्दा अरु काम जानेका छैनन? छन भने गराएर देखाउनु पर्यो बेला यही हो। नत्र खोक्रे भाषन ले नयाँ नेपाल बन्ने वाला छैन नि गुरु बा। जुन् ब्यक्तिले मिठा कुरा गर्न जनेको हुन्छ त्यस् ब्यक्ति ले काम् गर्न जानेको हुन्दैन भन्ने कुरा को सिद्द् मात्र नहोस् है पि एम् ज्यु तपैको भाषण् बाट्.
तपाईं सँग ठुलो आस राखेका थियौ र धेरै सपोर्ट पनि तर अहिले आएर हात्ति आयो हात्ति आयो फुस्सा।
कर्मचारी को बारेमा पनि बोल्नु भो अरु पर्ती बारेमा पनि बोल्नु भो धेरै बोल्नु भो तर बिर्सनु भो आफ्नो म्यान्डेट, त्यो हो ३० महिना भित्र राज्य को मुल कानुन बनाउने र कानुनि राज्य को स्थापना गराउने अनि चुनाब् गरायेर् नागरिक् को चहना बमोजिम् उनिहुहरु बाट् निर्बाचित् सरकार लाइ सत्ता सुम्पने, मलाई लाग्छ अहिलेको अन्तरिम सरकार लाई राज्य सत्ता उथल पुथल गर्ने कुनै म्यन्डेट छैन।
मन परो वा परेन:
0
0
[Reply]
Shree man sampadak jyu,
nepalplus.com
nepal
mahadey(mahoday)
hal nepal ko avastha ra paristhiti ma kasto samasya paida bhae-raheko chha ra
kasari samadhan garna sakinchha tyasa bare maile yo rachana lekheko chhu. aba aaudo prakashan ma yo rachana prakasha garna ra sathai Roman bat nepali akshar milaun hune mero hardik anurodha chha.
” JAT RA DIL DUBAI EKAI MANAV ”
eka jana manav ko eka hat ma jun jat bhanne arko hat ma dil pani hunchha
yo jat ra dil dubai le eutai bhavana banna sakinchha
dil bina jun jat le aaphno dharm bahek desh ko bikas garna a-sambhav chha.
arthat taral padartha piune bina thos padartha matra bhanda matra khadai khaeko manav ko jun jun anga le kam garna sakdain.
yo sabai mahatva kura vigyan bat ho.
EKA HAT MA JAT : sutra
hamro janma -desh sthit sanskriti parampara aaeko ahile pani jun mandr dekhi
ghar sara samma puja,brat, tapasya, bhoj, jatra, mela, nachagan, aadi haru
hune jat-jati manav haru ko thari-tharika chad hunchha ra chhuwadut,eshya, bhedabhav , thula-bada adi haru hudain.ani dil manav le yo chad haru avarodha
hunu hudain.
ARKO HAT MA DIL ; sutra
harmo desh ko bikas gari aaeko pahile bat aadhunik aaudo bela ma sarkari, gair-sarkari,sarvajanik etyadi karyalay bhitra dekhi desh sara samma vibhinna
kisim ka karya garne dil ko thulo manav hunchha ra jat-jati ko hundain.ani akshat ko pani hundain.
DUBAI JODI EKAI BAL
ghar dekhi mandir samma hune jat-jati samurday ko adhikar hunchha bhanne
desh dekhi mukhya karyalay samma hune dil-dila samurday ko adhikar dubai
jodi eka bal le hamro manav ra desh ko shanti ra bikas aadi sajilo banaun
sakinchha.
DUBAI PHATI ARKO ANYAUL
dil manav ko dya le jat-jati hepayo bhanne arko jat-jati manav ko a-vishwas le
dil-dila bigaryo bhane dubai bat ghar dekhi desh ma anyaul ko atyas ra adham
hun sakinchha.
JAT RA DIL BICH MA EKAI PUL
manav le guninchha yo ho git
bhavana le lekhinchha yo ho kabita
naitikata le baninchha yo ho jat
shiksha le janminchha yo ho dilta.
ARTHAT
git sunne kan ko adhikar
kabita padhne dimag ko adhikar
jat manne dharma ko adhikar
dil janne bigyan ko adhikar.
“chupali” -newyork
मन परो वा परेन:
0
0
[Reply]
“”"देशलाई साच्चै देशभक्त तानाशाह को खाँचो छ”"” कम से कम २५ वर्ष को लागि ……………………………………..
मन परो वा परेन:
0
0
[Reply]