चिन र भारतले पो सिकाउन थाले हाम्रा नेतालाई कूटनिति
‘भारतसितको संवन्ध राम्रो बनाउनुस’- चिन
‘चिनसँगको संबन्ध राम्रो बनाउनुस’ – भारत
केहि घण्टाकालागि नेपाल आएका चिनियाँ प्रधानमन्त्री बेनले माओवादी प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई सुझाव दिए भारतसितको संवन्ध असल राख्न । उता भारतको भ्रमणमा पुगेका उपप्रधान तथा ग्रिहमन्त्री विजयकुमार गच्छदारलाई भारतीय प्रधानमन्त्री डा मनमोहन सिंले सुझाव दिएछन् चिनसित सुमधुर संवन्ध कायम गर्न । चिनका प्रधानमन्त्रीले किन माओवादी प्रधानमन्त्री नै रोजे भारत सितको संवन्ध सुमधुर बनाउने सल्लाह दिन ? फेरी उता भारतीय प्रधानमन्त्रीले गच्छदारलाई नै किन रोजे चिनसितको संबन्ध सुमधुर बनाउन ?
वर्षौं देखि नेपालको संवन्ध चिन र भारत दुबैसित सुमधुर रहेको बताउँदै, दाबी गरिँदै आएपनि किन भारत र चिन दुबैले दुई खाले नेतालाई दुई छिमेकिसित संवन्ध सुमधुर बनाउने सल्लाह दिए ? झन रोचक त चिनले भट्टराईलाई नै रोज्नु । उता भारतले मधेशी दलका नेता बिजयकुमार गच्छदारलाई छान्नु ।
जानिएकै हो, भारत जति चलखेल गर्न खोज्छ नेपालको आन्तरिक मामिलामा चिनले गर्दैन । उ चिनका कुनैपनि मामिला बिरुद्द नेपालको भूमी प्रयोग नहोस् भन्ने चाहन्छ । तत्कालका लागि देखिने चिनले चाहेको यत्ति हो । आर्थिक द्रिष्टीले नेपाल चिनको प्राथमिकतामा पर्दैन । तर भारत नेपालको हरेक मामिलामा चासो राख्छ, अनावश्यक चासो । सिमामा दुख त दिएकै छ, नेपालको हरेक मामिलामा हस्तक्षेप गर्छ । त्यसैलेपनि माओवादीसितको संवन्ध सुमधुर रहेन भारतको । माओवादीले त आफ्नो संगठन र नेपालको हरेक मामिलामा हस्तक्षेप गरेको भन्दै भारत बिरुद्द सुरुङ युद्दनै घोषणा गरेको हो । सुरुङ युद्द भारतकालागि ख्याल ख्याल भएपनि माओवादीले भारतसित जोरी खोजेको, अन्तर्राष्ट्रिय जगतमा बेइज्जति गराउन खोजेको र संवन्ध बिगारेको भनेर बुझ्ने नै भयो ।
माओवादीले जे सुकै आरोप लगाएपनि छिमेकि चिनले त्यहि रुपमा बुझ्ने कुरो भएन । भारतले हाम्रा मामिलामा जति हस्तक्षेप गर्छ, चासो राख्छ भारत मात्रै एक्लो दोषी छैन । त्यसको मूल कारक हाम्रै नेता हुन् । नेपालीकै मानसिकताको उपज हो भन्ने चिनले बुझिहाल्छ । तर भारतलाई तर्साउन खोजेर र बिक्क्याएर नेपालको आर्थिक उन्नती हुन्न । भारतसित राँक्किँदैमा नेपालले आफ्ना समस्याबाट पार पाउन सक्दैन भन्ने चिनले नबुझ्ने कुरै भएन । भारतसितको संवन्ध नेपालको जति बिग्रन्छ त्यसले चिनलाई फाइदा गर्दैन भन्ने नेपाली नेताले भन्दा चिनियाँ नेताले बुझेका छन् । र चिनमाथि आरोप लाग्दै आएकोपनि छ, चिनले माओवादीलाई लामो समयदेखि सहयोग र ढाडस दिँदै आएको छ ।
त्यसो नहोस् पनि किन ? चिनियाँ सांस्क्रितिक क्रान्तिका नेता माओको नाम झुण्डिएको पार्टी । भलै, चिन अहिले तिब्र पूँजीवादी आर्थिक क्रान्तिको दिशामा लागेपनि माओवादीहरुले माओको सांस्क्रितिक क्रान्तिकै दिशा समातिराखेको सन्देश दिने गरिरहेकै छन् । आफ्ना दस्तावेज र सार्वजनिक अभिब्यक्तिमा कायमै राखेका छन् । फेरी चिन यसैपनि कम्युनिष्टहरु प्रति आस्वस्त देखिन्छ आफ्नो चासो र सुरक्षामा । तर चिनलाई थाह छ, अब माओको नाम पुछारमा झुण्ड्याएपनि माओवादीले एक्लै त्यसलाई लागू गर्न सक्दैन । माओवादीपनि चिन सरकारप्रति बढि सुरक्षित र आश्वस्त देखिन्छ । त्यसको कारण भारतीय मानसिकतापनि हो । भारतसितको संवन्धलाई द्रिढताका साथ परिभाषित गर्न नसक्नु आफ्नो कमजोरीपनि ।
चिन यसैपनि क्षेत्रिय द्वन्दलाई मत्थर पारेर आर्थिक क्रान्तिको दिशामा लागेको छ । त्यसैले, भारतसितको संवन्ध सुधारमा छ चिनसमेत । त्यसैले बिगतको द्वन्द, तुस र खचमचलाई साम्य पारेर भारतसित संवन्ध सुधार्न बेनले माओवादी सरकार रोजे । आखिर जो निकट हुन्छ उसै मार्फत न सजिलो हुने हो । भारत र चिनको छिमेकि भएकालेपनि नेपालको संवन्ध भारतसित असल हुँदा चिनलाईपनि सहज हुन्छ । चिनतिर बढि आशावादी, बढि ढल्किएको महसुस गरेकाले वा चिनसित बढि निकटता देखाउन खोजेको र भारतसित बिगतबटै चिसोपना महसुस गर्दै आएकालेपनि सधैं एकैखालको संवन्धमा नरहेर भारतसित संवन्ध सुधार्ने सल्लाह दिएका हुन सक्छन् चिनियाँ प्रधानमन्त्रीले । किनभने माओवादी पार्टीको नीतिपनि त बदलिसकेको अवस्था छ अहिले ।
उता भारतलाईपनि राम्रोसित थाह छ, चिनसितको संवन्ध जति गहिरिन्छ, असल हुन्छ उति भारतलाई फाइदा हुन्छ । विश्व आर्थिक उन्नतीको मैदानमा तिब्र फड्को मारिरहेको भारतले आफू भन्दा अझ अगाडि बढिरहेको छिमेकीसित चिढिएर फाइदा हुन्न । दुई देशको संवन्ध सधैं एकै रहन्न पनि । त्यसलाई समयानूकूल परिभाषित गर्नै पर्छ । तर नेपालका नेताहरु कस्ता छन् त ? कि आफू अनुकूल नहुनासाथ सुरुङ युद्द घोषणा गर्छन् । कि त सिमामा गएर भारततिर फर्काएर खुकुरी देखाउँछन् । कि त अहोरात्र चाकरीमा खटिन्छन् । आफ्नै देशको राजनितिमा चलखेल गराउन बिभिन्न खाले योजना लिएर आफैं दिल्ली दरबार हानिन्छन् । भारतको भक्ति गाउँछन्, चिनलाई सराप्छन् । चिनलाई धारे हात लगाउँछन् र भारतको पाउमै पर्छन् ।
चिनको सबै भन्दा ठूलो चासो र चिन्ताको रुपमा रहेको स्वतन्त्र तिब्बतका मूल प्रवर्तक दलाई लामाका दूतसित भेटेर विजय कुमार गच्छदारले चिनलाई सशंकित पारेका थिए । तिनै चिन बिरोधी भनेर चिनिएका गच्छदारलाई नै भारतीय प्रधानमन्त्री सिंले चिनसितको संवन्ध असल राख्न सल्लाह दिए । चिनलाई चिढयाएर भारतको पाउमा लम्पसार पर्दैमा न त भारतलाई फाइदा हुन्छ न नेपाललाई । न दिल्ली दरबार पुगेर चिनको उछित्तो काढ्दैमा भारतीय नेता सधैं प्रशन्न हुन सक्छन् । यसको सन्देश मनमोहन सिंले राम्रोसित दिए गच्छदारलाई ।
फेरि चिन र भारत एक अर्कासित संवन्ध राम्रो राख्न भन्दै सुझाव दिएका हालका प्रधानमन्त्रीहरु कस्ता परे ? यता चिनका प्रधानमन्त्री यस्ता हुन् जो अहिलेको चिनियाँ आर्थिक विकासको ढाँचाका एक प्रमुख योजनाकार, निर्माता मानिन्छन् । उता मनमोहन सिं भारतीय आर्थिक विकासको मूल कारक मानिन्छन् । विश्वमा आर्थिक चमत्कारका दुई योजनाकारले नेपाललाई दुई छिमेकिबिचको संबन्ध असल राख्न सुझाव दिएर नेपालको कूटनितिको धरातल औंल्याइदिएका मात्रै छैनन् बरु चिन र भारतले एक अर्कासित कस्तो संवन्ध चाहन्छन् भन्ने सन्देशपनि दिन खोजेका छन् । तर हाम्रा नेताले भारत र चिनको यो अभिप्राय बुझेर अगाडि बढ्लान् ?


चेस गेम जस्तो तिम्रो लेख
बुझ्ने लाई श्री खण्ड नबुझ्नेलाई खुर्पाको बिंड
तिम्ले झैँ डुब्न खोजेकै हो
निस्सासिए पछी उत्रिए म त –
उत्रिएर किनार मै छु
पौडिने अभ्यासमा
अझै डुब्नको लागि
हेरौ भोलि सम्मन् –
सब्दहरु पोखिएलान्
पोखरी बन्ला
डुब्न काफी पुग्ने गरि
अनि डूबुला
ढुंगा हान्दै छु
मनको पोखरीमा
सब्दहरु तरंगित भैरहेछन् ~~~~
‘ ‘भारतसितको संवन्ध राम्रो बनाउनुस’- चिन
चिनसँगको संबन्ध राम्रो बनाउनुस’ – भारत
‘हाम्रा नेताले भारत र चिनको यो अभिप्राय बुझेर अगाडि बढ्लान् ?’–
म श्री खण्डको पर्खाईमा छु —
मन परो वा परेन:
4
2
[Reply]
गच्छदार लाइ भारतले र बाबु कमरेडलाई चीनले हुलाकी पो बनाए त नाजानीदो पारामा है ? तर चाए जे होस् नेपालले २ छिमेकी मुलुक प्रती समान ब्यबहार देखाउदा नेपाल लाइ फाइदा हुने हो तर खै के बुझ्लान यी हाम्रा नेता हरुले | अब त हुदा हुदा म त रास्ट्रपति भन्दा के कम भनेर कुर्लीन थाली सके हाम्रा नव महाराजा हरु | सम्बीधान सभाको चुनाबमा डर धम्की अनि बन्दुकको नाल तेर्साएर गरीएको भोटमा पनि सम्पूर्ण संख्याको ३३ प्रतीशत मात्र मत ल्याएको कुरा भुले जस्तो छ नव दरबार प्रवेश संगै | स्थानीय बिकास मंत्री टोपेले उसको आतंकको बेला घोसना भएका सबै कुरा लागु नभए सरकार छोड्न तयार छौ भनी खोकेछ हेरौ कत्तीको तातो पनि लगाउने हो | हैन यी जंगली हरुले नेपाललाई तिनीहरुको बाउको बीर्ता सोच्न लागे की के हो ? हुन त बिना प्रसंगको कुरा पारो हाम्रा एक लेखक छन् नी बिना प्रसंग बाहुन लाइ गाली गर्ने दलीत त्यस्तो चै अलिक हैन है |
मन परो वा परेन:
6
1
[Reply]
nepal le dubai desh bata faida linu parchh kasaiko birodhai vaera haina, ramro sambandha rakhera
मन परो वा परेन:
3
0
[Reply]
हाम्रो देशले शांति र संबिधान नाबनिकन सही दिशा लिन सक्दैना , र माओबादी ले यो बन्न दिदैन | भैसकेका सहमति हरु पनी बल्झौदै गई रहेको छ नव शामंत वा भनौ छोटे राजा प्रचंड ले| त्यास्कारण जसले जती सुकै सद्भाव राखे पनी देश को निकाश र विकाश संभव छैन यही अवस्थामा | बरु सबै प्रक्रिया भंग गरी नया चुनाव पो गर्ने की !
मन परो वा परेन:
4
3
[Reply]
नेपाली हो जाग होइन भनेया नेपाल जादई छ अगर हाम्रो छोरा हरु लाई बचौनी हो कि गुलाम हुन दिनी हो नेपाल सेती नदि भासी या झैँ भो बाबु होस् कि छोरा नेपाल बाट भाग
मन परो वा परेन:
4
0
[Reply]