प्रचण्ड / माओवादी अपारदर्शी हुनुको नियत के ?

लुना / बेल्जियम

सिधा सोझो र ब्यबहारिक रुपले न्युट्रल भएर भन्नु पर्दा मासिक भाडा एक डेढ लाख पर्ने घर माबोबादिका अध्यक्ष जस्ता पार्टी प्रमुख नेताको निम्ति अनावश्यक हो भनेर तर्क गर्नु कुतर्क नै हो । चाहे उनि सर्वहारा वर्गको नेत्रित्व गर्ने नै किन नहुन् पार्टी प्रमुखको हैसियतले । उनको सुरक्षाको जिम्मेवारीआदिको कारण पनि यो अनाबश्यक छ भनेर भन्नु डाह बाहेक केहि होईन ।

तर ! यति हुँदा हुँदैपनि यदि उनले अर्थात प्रचण्ड र माओवादी पार्टीले स्पष्ठताका साथ जनतालाई सोझो हिसाब किताब नदेखाए / देखाउन नसके अब भने प्रचण्ड लगायत माओवादी पार्टी प्रति जनताले प्रश्न चिन्ह खडा गर्ने छन् ।

मिडिया खबर ( साँघु साप्ताहिक / नागरिक न्युज आदि ) मा आए अनुसार त मासिक लाख भन्दा बढी भाडामा लिईएको भनिएपनि उक्त महल भाडामा नभएर न्युनतम मूल्य देखाई १० करोडमा किनिएको । के यो सत्य होईन ? होईन भने माओवादी पार्टी प्रमुख प्रचण्डजीले यस किसिमका समाचार लेखेर हौवा पिट्ने मिडियालाई शसक्त जबाफ दिन सक्नु पर्यो ! जबाफ मात्रै होईन यसरी जथाभाबी लेख्नेलाई सरकार मार्फत कारवाही गर्न सक्नुपर्यो ।

यदि यो सत्य हो भने यसरी करोडौ पर्ने महल कुन आधारमा किनियो ? यसको आय स्रोत के हो ? यदि अब पनि माओवादीका नेताले यी सब कुरा जनताको सामु प्रस्ट पार्न नसके शेर बहादुर, सुजाता, के पी ओली, प्रदिप नेपाल, बामदेब गौतम, भारतमोहन अधिकारि आदि जस्ता  भ्रस्टचारी मुलुक लुटाहा नेता र तिनको पार्टी र यी सर्बहारा बर्गको उत्थान गर्ने माओवादी पार्टी बिचमा के फरक रहन गयो र ? यिनलाई लाजै मर्नु हुने गरि नंग्याउन कुनै कसरत बाँकि राख्ने छैनन् जनताले । किन ?

किनभने यिनले पारदर्शिता अपनाएनन् । जनतालाई त के आफ्नै पार्टीका बैध्य खेमालाई गुमराहमा राख्ने दुस्चेस्टा गरे । यस किसिमका आर्थिक अनियमितताका कुराहरु यो पहिलो पल्ट होईन । बारम्बार यसरी छापामा आईरहेको छ । प्रचण्ड त के बाबुरामका आर्थिक अनियमितताका कुराहरु पनि बेला बेलामा छापामा आईरहन्छ  ।

हुन सक्छ बैदेशिक सहयोग (बिदेशी कम्युनिस्ट मार्फतको सहयोग ) पनि हुन सक्ला । जे जस्तो सहयोग होस्, नेपाली जनता मार्फत प्राप्त चन्दा आदि इत्यादि जे हो त्यो जस्ताको त्यस्तै पारदर्शी ढंगले जनताको सामु राख्ने हिम्मत किन गर्न सक्दैनन् उनीहरु ?

अपारदर्शी हुनुको नियत के हो ? यस्तो तालले कति दिन राज गर्न सकौला नेपाली जनतालाई ढाँटी छली ? आर्थिक हिनामिना सम्बन्धि उठिरहेको हरेक विषयको जवाफ प्रचण्ड लगायत माओवादी पार्टीले जिम्मेवार भएर दिनै पर्छ !


  • कुरा सहि हो,सर्बहारा को नेता ले १० करोड को घर किन्ने कुरै हुदैन र त्यो सह्य पनि हुदैन,तर साचो कुरा के हो त्यो जनता सामु माओबादी ले ल्याउनु पर्छ,जनता ले जान्न चाहेका छन् सत्य तथ्य…………
    आसिस
    स्विस

    मन परो वा परेन: Thumb up 16 Thumb down 0

    [Reply]

    Deepak Reply:

    लु न लुना जी!! हजुर टपिक साह्रै राम्रो उठाउनु भयो !!!साएद सुर-छ्या को कारण ले हुनु पर्छ ! प्रचण्ड उता सरेको ! अर्को मदन भण्डारी या बिरेन्द्र बनिन्छ कि भनेर होला !
    माओबादी पार्टी ले चाही अब हिसाब प्रस्ट देखाउन चाही आबस्यक छ,तर सम्बन्धित निकाए लाइ….. न कि हामी जस्ता टपर टुइया कमेंटर र ४आने पत्रकार लाइ !!!!

    मन परो वा परेन: Thumb up 15 Thumb down 5

    [Reply]

    chandra Reply:

    मन नलागी नलागी पनि हाम्रा दीपक कमरेड लाइ माओबादीको झोले भनु जस्तो लाग्यो | आफ्नो अंगको भैसी नदेखी अरुको अंगको जुम्रो देख्ने | तपाइको महाराजा प्रचण्ड लाइ आजको ठाउमा लाने आम नेपाली जनता हुन् भन्ने किन भुलेको ? अनि ४ आने पत्रकार र टपर टुइया कमेटर पनि आम जनता नै न की कसैका हनुमान |

    मन परो वा परेन: Thumb up 10 Thumb down 10

    [Reply]

    Deepak Reply:

    ओउसी को चन्द्र जी !!! अध्यारो कालो रात मा छम छाम गर्दै अधेरी मा तिर हान्न खोज्नु भाको हो भने तपाई लाइ मुर्ख सम्म भन्न सकिन्छ !
    अझ कमेन्ट पढेर माओबादी को आरोप जाना जान लाउनु हुन्छ भने तपाई लाइ बेवकुफ भनिन्छ !
    कुनै पार्टी को मुख्य नेता अनि अहिले को संतिप्रक्रिया र संबिधान सभाको सबै भन्दा ठुलो नेता ले तपाई जस्तै र ४ आने पत्रकार लाइ आफ्नो सम्पत्ति विवरण फलाक्दै
    हिड्नु पर्छ भन्नु हुन्छ भने तपाई लाइ पागल भनिन्छ !!!!

    मन परो वा परेन: Thumb up 10 Thumb down 2

  • rabin

    “..हुन सक्छ बैदेशिक सहयोग (बिदेशी कम्युनिस्ट मार्फतको सहयोग ) पनि हुन सक्ला “….bidesi comunist ta kasta jati hune rahechan…mahal banawo ani bilasi tarikale baso bhanera donate garne….laauna ali donate garera mawobadika sabai neta harulai atleast yeuta mahal banaidina paryo ktm ma…
    anyway, future ma yo sabai hisabkitab nepali le garne nai chan….mawobadi ko corruption kahilai hisabkitab gardainan bhanne nasochepani huncha..ahile teta tira janda jhan desh unstable huncha bhanera matra ho..yek karor bharasthchar garne manche haru khoji khoji akhtiyar le jail pathauncha bhane aarbau garne haruko palo naaula bhanne hudaina….mawobadi ma ta arbaun khelauna manche tannai chan…..janata lai sosera testo raj garamla bhanne mawobadile nasoche huncha…ti sabai lai jail ma lagera kochne din pani aauncha…

    मन परो वा परेन: Thumb up 7 Thumb down 0

    [Reply]

  • Prabin dhakal

    सबैभन्दा पहिले लुना जि लाइ स्वागत छ, लुना जि मित्रता गरौं है, अनि 10 करोड को बंग्ला मा बस्ने सर्बहारा नेता लाइ हाँस उठ्दो छ, वा क्या सर्बहारा नेता पजेरो चढ्ने, घरमा 40 जाना सुरक्षा कर्मि चाहिने,

    मन परो वा परेन: Thumb up 9 Thumb down 4

    [Reply]


  • जुन बेला एमाले काग्रेसका नेता भनाउदा देश लुटाहा हरुले अनेक बहानामा देश लुटे त्यसको बिरोध गर्नु पर्थ्यो अनि गरे पनि जो जो पाटीका झोले नभएर स्वतन्त्र नेपाली जनता थिए | अनि आजका नव महाराजा हुन चाहने हरुको पनि खुलेर बिरोध गर्नु पर्थ्यो र गर्दै छन् पनि | तर मैले बुझ्न नसकेको कुरा के भने अरु पाटी हरुलाई माओबादी संग तुलना गरीन्छ यो सही हैन | नेपाल लाइ ५०औ बर्ष पछाडी धकेल्ने गरी गरिएको माओबादीको १० बर्षे मान्छे मार्ने खेल| अनि त्यो मार्फत शक्तिमा आएका प्रचण्डको ऐलेको यो ताम झाम | के यही कामका लागि कमरेड प्रचन्डले १५ हजार माथी नेपालीको रगतको होली खेलेको ? २ दशक देखी बिना हिसाब किताब प्रचण्डको मनमानीमा चलेको माओबादी पाटीले आम नेपाली लाइ के देला ? कसले खोज्ने कसको आट यी महाराजा संग टक्कर गर्न ? अनि महेन्द्र लाइ हटाएर प्रचण्ड ल्याए पछी नेपाली जनताको काम सकीएकै हो ? उ बेलाको दारा सिंग अनि देवताको पालाका रावन लाइ पनि छोडेनन् भन्छन हैन ?खै कुरा बुझेको ?

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 10 Thumb down 13

    [Reply]

    Deepak Reply:

    मित्र चन्द्र जी दारा सिंह लाइ कुन जनता ले छाडेनन एक पटक बिस्तृत रुप मा भनिदिउ !!!!
    कृपया सबैले एक पटक चन्द्र जी को कमेन्ट पढुम अनि उहालाई स्वस्थ सल्लाह पनि दिउ !!!!
    मेरो विचार मा चन्द्र जी को एक पटक स्वस्थ जाच गराउनु पर्ला जस्तो छ !!!

    मन परो वा परेन: Thumb up 11 Thumb down 2

    [Reply]

    chandra Reply:

    यस्ता हुन्छन माओबादीका हनुमान आफ्ना महाराजाको बिरोधमा कसैले केही लेखे खप्नै नसकी बर्बराउन सुरु गरि हाल्ने | उ बेलामा लुटेको सम्पत्ती टन्नै छ जस्तो छ नि ब्रो मेरो स्वस्थ चेक गर्न लाइ ?

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 2 Thumb down 7

    [Reply]

  • bibek dahal

    prachanda pani naba samanta hun pharak katti bhane harek kura janta ko nam ma japera “janta” sabda lai shikhandi ko swarup diera baneka naba samanta mero bichar ki hoina sathi ho?

    मन परो वा परेन: Thumb up 7 Thumb down 1

    [Reply]

  • Kamal Thapa

    लुना जी कुरा ठिकै हो तर विकासका काम गरेर जनताको मन जित्न्न पर्छ/ न कि दस करोडको,मासिक एक लाखको भाडा जस्ता चर्चा/

    नेता के का लागि? प्रचण्ड संग जनताले चाहेको कुरा के हो? लुना जी तपाई संग सहमत गर्दागर्दै पनि हामी नेपाली जनताले प्रमुख नेता संग के, कुन र किन चित्त बुझेर गुणगान गाउने?

    मन परो वा परेन: Thumb up 10 Thumb down 1

    [Reply]

  • DrNaral

    केहि महिना अगाडिको कुहो हो नेपाल प्रहरीले एक महिला लाइ गिरफ्तार गरेको खबर पढेको थिए पढ्दै जादा कारण रेछ ति महिला संग १५ लाख नगद भेटेको रेछ्न र ति महिलाले त्यो पैसाको स्रोत खुलाउन नसके पछी उन लाइ अनुसन्धान को लागि जेल चलान गरिएको रेछ. अब संदर्ब छबिलालको र माओबादीको उनि हरुले यो भन्दा पहिला पनि केहि बर्ष अगाडी पेरिस डाडा मा ३ करोड मा किनेको पार्टी महलको स्रोत खुलाएका छैनन् र त्यो महल त्यत्ति बेला नै ५ करोड भन्दा बढी पर्ने अनुमान छ र अहिले आएर १० करोड भन्दा बढी पर्ने महलको कुनै स्रोत खुल्ने संभाना छैन मेरो भन्नु के छ भने नेपाल मा कुनै ब्यापारी वा कुनै पनि नागरिक ले आफ्नो आय स्रोत देखाउन सकेन भने कारवाही हुन्छ तर राजनीति पार्टी को हक मा त्यस्तो कावाही हुने कुनै पनि कानुन बनाएका छैनन् . अर्को कुरो पार्टी को नाम मा आर्जन गर्ने अनि पार्टी का नेता ले भोग चलन गर्ने कति सजिलो. अब सम्पूर्ण ब्यापारी लाइ मेरो आह्वान तिमि हरु पनि ब्यब्सये होइन एउटा पार्टी दर्ता गर न भ्याट बिल को tension न आय स्रोत देखाउने झन्झट न अख्तिआर् धाउनु पर्ने यसरि पो गर्नु पर्छ त् मस्ती

    मन परो वा परेन: Thumb up 10 Thumb down 1

    [Reply]

  • Shiva raj panta

    भ्रष्टाचार , अनियमितता , ठेक्का , पट्टा, तस्करी रा यहाँ सम्म की अपहरण गरेर सम्म मओबदिले देश लुटेका छन | अब यसको स्रोत कहा र कसरी खुलाउने? जायज़ र बैधानिक बाटो बाट आएको संपत्ति भए पो स्रोत खुल्छ | छबिलाल र उनका वाईसीएल लाइ खन्ना गारमेंट कब्ज़ा गरेर बसने के अधिकार छ ? त्यों बाणिज्य बैंक को संपत्ति हो जहा जनताले पैसा हालेका छन | साचै स्रोतको कुरा गर्ने हो भने माओबादीले एक एक रुपैया र आनाको संपत्ति जनता लूटेर जम्मा गरेको हो| त्यसको स्रोत कुनै दिन खुल्यो भने जनताले प्रचंड लाइ रुखमा झुंडाउछंन |

    मन परो वा परेन: Thumb up 12 Thumb down 4

    [Reply]

  • Prakash Tiwari , NYC

    ठिक कुरा गर्नु भो / पार्दर्सिता र कानुनी राज्यको पालना नहुदा र जे पनि “माथिको आदेशले” भने पुग्ने हुदा पंचायत फाकेम / बहुदलमा पनि पार्दर्सिता र कानुनी राज्यको कहिले अनुभूति भएन / अहेलेको नया नेपालमा त झन् त्यो बढ्यो / ३००० लडाकु १९,४०० भने पनि हुने , उनका भत्ताको हिंसाब नबुझाया नि हुने / जंगलबासमा र प्रमुक नेताको भारतबासमा लुटेका पैसा को त के कुरा शान्ति भंग हुन्छे भने पुगिहाल्यो / भर्स्ताचारको मामलामा कांग्रेस र एमालेका ५/७ दर्ज़न नेतालाई कानुनी कठागारामा बाद्ने हो भने बाकी कम खराब र अलि कम टापटुपे चोर होलान / माओबादी त संसतागत ( institutionally ) रुपमा नै भ्रस्टचारी र अपारदरसी छ / यो तालले त आय स्रोत नखुलेको भनि भ्रस्टाचारको आरोपमा जेल परेका चिरनजीबी वाग्लेले पनि कुरी कुरी प्रचण्ड भन्ने बेला आयो अब / माओबादी नेताहरुको ब्यापार बेवसाये बिना येत्रो lavish जीवन कसरि भो / हरिबंसदैले २२ वर्ष अगाडी “सानो तिनो चोरी गरे पक्रने ठुला ठुला चोरी गरे केहि नहुने” भनि ५ वर्षको छोराको दशैंमा मासु खाने इस्चा पुरा गर्दा बोका चोर्दा पक्रिदा तर लाखौको चोरी गर्ने हाकिमको हकमा केहि नहुदा सारो मर्मस्पर्सी कुरा गरेका थिय टेलिफ्लिम दशैँमार्फत / येहा तेही भो / माओबादीका हितेशीहरु फेरी चिरनजीबीको बचाऊ चै गरेको हैन खाली स्रोत नखुल्ने सम्पतिको तुलना मात्र गरेको /

    मन परो वा परेन: Thumb up 10 Thumb down 0

    [Reply]

  • Sher Shing Dhami

    Sabai bakbas ho . Com.Prachand ko surkchha ra bebastha ko lagi pani yo abasyek chha. Uha rastrapati jastai ta ho ni nepal ko

    मन परो वा परेन: Thumb up 0 Thumb down 3

    [Reply]

  • madan bajracharya

    अहिले चर्चामा आएको मावोबादी नेता प्रचंद्र्को १० करोडको बंगला र सुजाताको मन्दिखातार्को बंगलाको कुरा लगभग उस्तै छन्/ सबैलाई थाह्छ मंदिखातारको बंगला सुजाताकै हो भनेर तर सुजाता भन्छिन त्यो बंगला कुनै मारवाडीको हो र उनि मात्र भाडामा बसेकी/ अहिले प्रचंद्र्को भनिएको त्यो १० करोड मोलको घरको कुरा पनि तेस्तै नै छ; पत्रिका भन्छ त्यो घर प्रचान्द्र्ले किनेको हो तर प्रचंद्र्को तरफ बात बोल्ने भन्छ त्यो घर प्रचान्द्रले भाडामा लिएको हो/ सत्य के हो? प्रचान्द्र्ले नै भन्नु पर्थ्यो तर उ चुप बसेकोछ/ तर कुरा जे सुकै होस्/ एउटा मावोबादीको नेता लाई न त् आलिशान को जीवन सुहाउँछ न उसलाई आबस्यक नै छ/

    प्रचंद्र को हो? न ब्यापारी हो न उद्द्योग पति/ नउसको कुनै पुर्खा सम्पन्न परिबार नै हो/सुन्नमा आएको कुरा त् प्रचंद्र मात्र एउटा स्कुलको टिचर थियो/ राजनीतिमा लागेर भूमिगत हुनु भयो/ १० बर्ष भन्दा बढी लड्दै भाग्दै हिड्नु भयो/ १२ बुंदे सम्झौता पछी हाम्रो माझ उभिन आउनु भयो/ तेतिबेला उ सिट के थियो र? पछी प्रधान मन्त्रि पनि बन्नु त् बन्नु भयो, तर अत्यन्त छोटो समयको लागि/ तेती छोटो समयमा प्रधान मन्त्रीको हैसियतले कमाएको रकम कतिनै होला र?

    एउटा सभासद्को हैसियतले पाउने रकम साँच्चैनै भन्ने हो भने घरमा भेट्न आउनेलाई चिया खुवान पनि पुग्दैन/पार्टीले तलव दिंदैन/ प्रचंद्र सित अन्य कुनै आम्दानीको श्रोत पनि छैन/ एस्तो अबस्थामामा एउटा निष्ठावान ईमान्दार नेता त् साँच्चै भन्नेहो भने कतै कुनै खालि जग्गामा सुकुम्बासीको जिबन बितईरहेको हुन्थ्यो बा कृष्ण प्रसाद भट्टराई झैँ कुनै नातेदारको घरमा पाउहुनाको जीवन बिताउंदै हुन्थ्यो होला/ तर कुरा तेस्तो छैन/

    प्रचंद्र्को जीवन शैली अलि नसुहाउन्दोनै देखिन्छ/ यहि आचरण उसलाई सुहाउन्दैन/ उ सुजाता जस्ती त् होईन तर फरक उसले देखाउने होईन हामीले फरक देख्न सक्नु पर्ने थियो/ यहि कुरामा केहि तृती देखिएकोछ र यो कुराले मावोआदिको भबिस्यको राजनीतिमा धेरै ठुलो प्रभाव पर्न सक्छ/

    गरिब नेपालीको नेपालमा मावोबादको झण्डा उचाल्नेहरू महलमा बस्नु, महँगो कारमा घुम्नु ले उनीहरु मावोबादी नै त् हो भन्ने कुरामा आशंका उब्जईरहेकोछ/ मावोको सिद्धान्त अनुशार व्यक्तिले कमाएको अतिरिक्त मुनाफाको मालिक रास्ट्र हुन्छ र त्यो मुनाफा कमाउन नसक्ने नागरिकहरुलाई रास्त्र्ले पालनमा खर्च गर्छ/ हाम्रो मावोबादिले उल्टो गर्दै आएको देखिन्छ/

    प्रचान्द्र्ले साँच्चिकै मवोबाद्को सिधान्त मानेको हो भने उसले आफ्नो अतिरिक्त कमी बात नेपालको दुर्गम गाउँमा भोक र रोगले पिडित व्यक्तिको उद्धारको निमित खर्च गर्नु पर्ने थियो/ तर आज सम्म प्रचान्द्र्ले आफ्नो व्यक्तिगत कमाईको सुको पनि कुनै गरिब र असहायको निमित दान चन्दा दिएको सुन्नमा पनि आएको छैन/ तर प्रचान्द्र्ले यति महँगो यो लगाय यो चलाय यहा बसे उहा बसे भन्ने कुरा मात्र सुन्नमा आएको छ/ के यो कुरा प्रचान्द्र्लाई सुहाउँछ?

    नेपालमा नेताहरु कस्ता छन् यो सबैलाई थाह छ/ जनता उनीहरु सिट आजिज आई सकेकोछ/ यो कुरा जनताले हरेक चुनावमा देखाउदै आएको छ/ अहिले मावोबादी पार्तिकाहरु देसको सबै भन्दा ठुलो पार्टी भएकोमा दम्भ नगर्नु राम्रो हुन्छ किन भने यो देसको सबै भन्दा ठुलो देखिने आबरन जनताले उनीहरुलाई मात्र पैचोमा दिएको हो दानमै दिएको होईन/ जनताले चाहेमा उनीहरुको त्यो आबरव कुनै पनि बेला फिर्ता लिन सक्छ/ अनि उसको बास्तविक आकार उसले नै देख्नु पर्ने हुन्छ

    यो कुराको प्रमाण हाम्रै अगाडी छ मावोबादीको अगाडी पनि छ/ २०१५ सालको चुनावमा कांग्रेस २/३ बहुमत पाएको देसको सबै भन्दा ठुलो दल थियो/ तर आज छैन/ भोलि यहि हालत मावोबादीको पनि हुन् सक्छ/ तव के गर्ने मावोबादिहरुले; फेरी जंगल पस्ने बन्दुक उठाउने? अब त्यो कुरा सायदै मात्र सम्भव छ/ जुन बाटो बात जसरि मावोबादी आज यो चुलीमा पुगेकोछ त्यहाँ उ टिकिरहन सकेन भने उसको “खस्ने स्थान” कांग्रेस एमाले खसेको स्थान हुने छैन, ज्ञानेन्द्र झरेको स्थान पनि हुने छैन/ यो कुरा मावोबादिले बुझुन/ बस यतिनै/

    मन परो वा परेन: Thumb up 13 Thumb down 1

    [Reply]


  • माथि लेखियको टपिक्स मा दुइमत छैन भन्दामा फरक नपर्ला l तर यसको कुरा निकाल्ने को? सबै भ्रस्टचारी नत्र भने गाउँ घरमा २-३ जोर कपडाले बर्ष कटाउने अबस्ताको नेताहरु एक्कासी घर, घडेरी, गाडी र लाखौ करोडौको बैंक ब्यालेन्स कसरि हुन्छ l काले काले मिलेर खाऊ भाले जस्तो हो कुनै नौलो कुरा हैन l कुन नेता छन् नेपालमा राम्रो छबि भएको मौका नपाउदा सम्म मात्र हो l

    मन परो वा परेन: Thumb up 7 Thumb down 0

    [Reply]

  • baburam

    aru kehi nabhayara 15 hajar nepali janataharuko ragatma holi khelera kamayako paisa ho yo prachanda dakale–aru deshma bhaya sidai jel chalan huncthyo –nepalma kanun bhanda mathi mafiya netahrunai chhan tesaile jati kamaya pani yiniharulai chhut chha–thukka maole sikayako path yahi ho–he bhagwan–

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]

  • sarala

    Lunajiko lekhma tarkikta ra tatasthata painchha…yo bislesan ho yahako kayau jantaharu petvari 2chhak khana napaune deshma junsukai netaharuko pani yasta bangalale janatalai pakkai pani ramro massage jadaina

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree