कार्यकर्ता भाडा तिर्न नसकेर लुक्दै हिँड्ने, अध्यक्ष शामान्ति महलमा
क्रान्तिकारी बिध्यार्थी संगठनका पूर्व अध्यक्ष तथा माओवादी यूवा नेता लेखनाथ न्यौपाने आफ्नो फेसबूकमा लेख्छन्-
कोठा भाडा तिर्न नसकेर कोठा थन्किएको छ । साँच्चैको सर्वहारा भइयो । माओवादी सबैको यस्तै भए त ठीकै थियो तर कतिपय धन कुबेर बनिसकेको हल्ला बाक्लो छ । कस्तो बेमेल ? !
हेर्नुस् त, सँगै गाउँ ठाउँ हिँडेका, मिठो मसिनो खाएका, बाँडिचुँडी बसेका र देश र समाज बदल्ने कसम खाएकाहरु । समाजलाई जहाँको तहिँ राखेर एक थरी १० करोड मूल्यको दरबारमा सर्ने भए । पार्टीका हरेक निर्देशन भूइँमा झर्न नपाउँदै त्यसलाई लागू गर्न युद्द मैदान वा हरेक मोर्चामा कस्सिने लेखनाथ न्यौपानेहरु आज घरभाडा तिर्न नसकेर भाग्दै हिँड्नुपर्ने । घरबेटीका आँखाबाट छलिँदै बाँच्नुपर्ने ।
उनले लेखे झैं, हिजो जनयुद्दकालमा सबै छलिँदै हिँड्थे । गाउँठाउँको परिस्थिति अनुसार जहाँ जस्तो भेटियो उस्तै खाँदा हुन् । छल्ने, काम ठग्ने र मस्ति गर्न रुचाउने त्यो बेलापनि नभएका त होइनन् नै, तर ति नगण्य थिए । सबै चाहना सबैको सुन्दर नेपाल बनाउने थियो । तर सरकारमा आएपछि ति भताभुंग हुँदै गए । अहिले जनताको वास्तबिक मुक्ति नभएसम्म दुख काट्ने, जनताको जिवनस्तर सँगै आफ्नोपनि बदल्ने भन्ने मानसिकता बन्दि भएको छ । र एकथरी मोज गर्दै छन् । अर्को थरी साँझ बिहानको गाँसमा भौंतारिँदै छन् । लेखनाथ न्यौपाने जस्ताले कोठा भाडा तिर्न नसकेर घर मालिकबाट लुकेर हिँड्नु परिरहेको छ भने उनी भन्दा पहुँच कम भएका, बोल्न नसक्ने, फेस बुकपनि चलाउने अवशर नपाउनेको हालत के होला ? कति होलान् दबिएका आवाज ?
कम्युनिष्ट पार्टीका नेताको जिवनस्तर आम जनताको भन्दा भड्किलो, उच्च हुनुहुँदैन । कम्युनिष्ट आदर्श र सिद्दान्तले यहि भन्छ । कम्युनिष्ट नेताहरु बरु आम जनताको आयस्रोत, जिवन यापनको स्तर बदलेर मात्रै आफू उनीहरुसँगै बदलिन्छन् । कम्युनिष्टहरु जनतालाई शिरमा राख्छन् । आफू तल बस्छन् । जनताको स्तर र जनताका समस्या भन्दा आफू र आफ्नो परिवारको स्तर र हैसियतलाई माथि ठान्नेहरु कम्युनिष्ट हुनै सक्दैनन् । कम्युनिष्ट सिद्दान्तले यहि भन्छ । र हिजो प्रचण्डले गाउँ गाउँमा संगठित गर्दै हिँड्दापनि जनतालाई यहि घोकाउँदै हिँडेका थिए । बरु आफ्ना नेताको सुरक्षा कसरि गर्नुपर्छ ? कसरि हेरचाह गर्नुपर्छ ? कुन खालको सेवा र सुबिधा दिनुपर्छ भन्ने निर्णय जनताले गर्छन् । आदर्णिय छन् आफ्ना नेता भने जनता नै तिनको जिवनयापनकालागि चिन्तित बन्छन् ।
(सर्वहाराको पार्टी नेकपा एमाओवादीका अध्यक्ष प्रचण्डको नयाँ निवास । फोटो नागरिक न्युज)
कम्युनिष्ट मूल्य, मान्यता, सिद्दान्त र आदर्शलाई कडाइका साथ लागू गराउने काम घर मूलीको हो । घर मूलीले आफैं डाडु पन्यू समातेर भकाभक पहिले खाँदैन । पहिले परिवारका सदस्यालाई खुवाउँछ । तिनको चिन्ता गर्छ । पुगे खान्छ । नपुगे बरु उ भोकै बस्छ । बाँडीँचुँडी भाग लगाउँछ । घरका परिवारको दुख सुखमा साथ दिन्छ ।
त्यसैले प्रचण्ड को हैसियत आम नेपालीको हैसियत फेरिनु अघि फेरिनु हुन्नथ्यो । तर प्रचण्ड परे नाटक देखाउने । उनलाई ति आदर्श शक्ति र सरकारमा नपुन्जेल जनताको साथ, समर्थन र मत लिनुसम्म सरोकार थियो । त्यसैले जनताका अगाडि ढाँट छल, तिकडम र जालझेल गरेर महलमा सरे । कम्युनिष्ट आदर्श र सिद्दान्त अनुसार यी अब कम्युनिष्ट होइनन नव शामन्तवाद हुन् । त्यसैले उनैको पार्टीका बुद्दिजिवी नेता डा ऋषीराज बरालले उनलाई बादशाह भनेका रहेछन् सायद ।
पार्टीकै अध्यक्ष, घर मूलीलेनै पालना गर्नुपर्ने आदर्श र नीतिलाई उल्लंघन गरेपछि कारवाही गर्ने कसले ? आखिर पार्टीमा बहुमत छ, हुक्के, चिलिमे, चाटुकार, चाकरीबाज र चम्चेहरु सहितको बहुमत रहुन्जेल आदर्श र सिद्दान्तका कुरा कहाँ लागू हुन्छन् ? तिनै चाकरीबाज र चम्चेहरुको बहुमतको बलले जे गर्छ त्यहि न लागू हुन्छ । तर युग त फेरिन्छ नै । आखिर जनताका आँखामा, आम कार्यकर्ता, पार्टी र समकालिन मित्रका आँखामा छारो हालेर, ढाँटेर छलेर, तस्करसित साँठ गाँठ गरेर जोडेको महल र कर्तुतहरु एक दिन त सार्वजनिक हुन्छन् नै ।



–लेखनाथ न्यौपाने जस्ताले कोठा भाडा तिर्न नसकेर घर मालिकबाट लुकेर हिँड्नु परिरहेको छ भने उनी भन्दा पहुँच कम भएका, बोल्न नसक्ने, फेस बुकपनि चलाउने अवशर नपाउनेको हालत के होला ? कति होलान् दबिएका आवाज ?—
देश भरिका सम्पूर्ण माबोबादी समर्थक ति तमाम दुखि जनताको दुख / पिडा / गुनासोका आबाज बिस्फोट भयो भने के होला प्रचण्ड जी हरुको हालत ???— उसो त आबाज बिस्फोट हुने क्रममा छ –
के सोचे मैले
के भयो ऐले
सपना हाम्रो
बिलायो कहा ?
पेरिस डाँडामा — अँ पेरिस डांडा भन्थे अब के डांडा भन्ने
हो अबको नया निबास स्थललाई ? —
कोरिया डांडा भन्ने हो कि ? — रसिया डांडा भन्ने हो कि ? –
अब जनताले कसरी बिस्वास गर्ने यिनै नेताहरुबाट नयाँ नेपालको
निर्माण हुन्छ ???
मन परो वा परेन:
24
0
[Reply]
prabin dhakal Reply:
January 26th, 2012 at 12:07 pm
luna ji mitrata garauna hai facebook ya yahoo messenger ya skype ma mero email id prabindhakal43@yahoo.com ho.
चर्कै बहस्. तपाइलाई के लाग्यो?
6
8
[Reply]
Luna Reply:
January 26th, 2012 at 2:20 pm
प्रविन जी
मैले फेसबुक खोलेकी छैन .
कैले काँही बिभिन्न किसिमका बिधालय आदि आबश्यक कुरामा
भोट ( मत ) दिनु पर्ने देख्दा फेशबुक खोलू झैँ पनि हुन्छ तर म
त्यति कम्प्युटर सम्बन्धि प्राबिधिक भन्छ कि के के भन्छ यस
सम्बन्धि क्यै जानेकी छैन , जान्ने जाँगर नआएर होला –
इमेल आदि अब त्यो किन आबश्यक पर्छ र हामी यहा सबै साथी
नै हौ .
खोई आज त तपाईको प्रतिक्रिया पढ्नै पाईएन ! लेख्नुस न आफ्नो
सोच प्रतिक्रिया मार्फत .
बिद्द्बान् लेखक , जान्ने बुझ्ने जानिफकारहरुको सोच भावनाले
मात्रै सम्पूर्ण नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्न सक्तैन –
सम्पूर्ण जनताको प्रतिनिधित्व तपाई – म – हामी जस्ता सर्बसाधारण जनताको सोच भाबनाले आफ्नै ठाउँमा महत्व लिएको हुन्छ . हामी जनताको भाबना यर्थातको ऐना हो —
लेख्नुस प्रविन जी आफ्नो सोच भावनालाई .
मन परो वा परेन:
8
1
[Reply]
prabin dhakal Reply:
January 26th, 2012 at 6:25 pm
लुना जी kalki dhakal म नै हो कल्कि भनेको बिष्णु को ११ अबतार जून कलियुग को अंत म आउछ अरे,
मन परो वा परेन:
4
0
जे होस ढी लै भए पनी अब सब नेपाली जनताले माओबादी चिने | प्रचंडको असलियत चिने| अब सबैले बुझनू पर्ने अर्को कुरा के हो भने माओबादी शांति र संबिधान को पक्षमा छैन | उ जसरी पनी यो प्रक्रिया भाडंन चाहन्छ | नेपालको अहिलेको अवस्था धमिलिएको पोखरी जस्तो छ | र यही पानी धमिलो भएको अवस्थामा माछा मार्न सजिलो हुने र कसैलाई हिसाब पनी दिनु नपर्ने माओबादीले थाहा पायो | अब उ यही अवस्थामा देश र जनतालाई बंधी बनाई लूट्न चाहन्छ, लूटीरहेको छ | बाबुराम फेरी सर्वोच्च जादै छन ; ६ महीना भित्र संबिधान जारी गरिसक्नु पर्ने अदालत को फैसला बिरुद्द | उनलाई त्यहा बसन पुगेकई छैन, प्रचंडले जती उनले कमैसकेका छैनन अझै , त्याही भएर संबिधान लेखन शांति प्रक्रिया तीर भन्दा संबिधान सभा म्याद थप्न मरिहत्ते गर्दै छन |
मन परो वा परेन:
16
7
[Reply]
घरको मुलीलले सबैलाई बाढेर उब्रीएमा खाने हो तर यहा उल्टो छ | यो छबीलाल भन्ने मान्छेको नखरा जानी नसक्नुको छ कहीले काही डाको छोडेर रोई टोपल्छ | मलाइ रास्ट्रपति हुनु जरुरी छैन मलाइ जनताले रास्ट्रपति भन्दा सम्मान गरेका छन् भन्दै गर्छ उता माकुने शुसील लाइ यो सरकार ढाल्नु पर्यो अनि मेरो नेत्रीत्वमा सरकार बनाउनु पर्यो भन्छ | यसले माओबादीका गोरुलाई त जोत्नु सम्म जोत्यो | देश नै खोक्रो पार्ने भो | यती धेरै मनपरी गर्दा पनि यसका लंगौटे हरु केही बोल्न सक्दा रहेनछन् | उल्टै उसकै बचाउ गर्दै हीनछन् | लेखनाथ जस्ता दुनीया जनताका छोरा छोरी लाइ पढ्न नदिएर दुखः दिने हनुमानले पनि के नै पो नापे र ? ऐलेको शर्मा लाइ पनि प्रचन्डले नै उचालेको हो आन्दोलन गर्न बाबुराम लाइ अप्ठेरोमा पार्न लाइ भन्ने हल्ला छ | खाएछ माओबादी नामको फटाहा हरुको झुण्डलाई प्रचण्ड नामको कुमाइले |
मन परो वा परेन:
12
12
[Reply]
Deepak Reply:
January 26th, 2012 at 4:21 pm
लु हेर्नुस त चन्द्र बाउन को क्या खतरा कमेन्ट !!!! चन्द्र को कमेन्ट ले डराएर प्रचण्ड महल छाडी फेरी रोल्पा तिरै हान्निने भो !! सरकार त तास को पत्ता गर्ल्याम्मै
हुने भो त !! ए गाठे !!!!!!
मन परो वा परेन:
12
8
[Reply]
chandra Reply:
January 27th, 2012 at 8:28 pm
दीपक जी मेरो तर्फ बाट तपाइँ लाइ नमस्कार छ | याद गर्नुस नेपाल माओबादी (फटाहा हरुको झुण्ड) र तपाइँ हरु जस्तो प्रचण्डको लंगौटे हरुको मात्र हैन |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
6
8
[Reply]
सबै भन्दा पहिले कग्रेँसि नेता को कट्टू धुने शिवराज पन्त ले माओवादि हामि लाई चिनाइरहनु पर्दैन थाहा छ, ईपेपर पढ्दा रिस उठ्दो केहि कुरा, सुरक्षा को कारण – जसको घरमा बन्दुक बोकेको 40सुरक्षा कर्मि छ त्यो भन्दा बढि के सुरक्षा चाहियो, के त्यसो भए सम्पुर्ण पार्टि अदक्ष लाइ त्यसतै घर किन नचाहिने? सधैँ प्रचण्ड पार्टि अदक्ष नहोला अर्को पार्टि अदक्ष भएपछि के उसले त्यो घर छोडेर सानो घर मा बिना गाडि बिना सुरक्षा कर्मि बस्ला? माओवादि को कुनै आयस्रोत छैन दश करोड को बंला किनेपछि के अरू पार्टि लाई भ्रस्टचार गर्न प्रोत्साहित गरेनन? थूइक्क देश डुबाउने दलाल
मन परो वा परेन:
15
9
[Reply]
Shiva raj panta Reply:
January 26th, 2012 at 10:57 am
यहाँ लेख प्रतिक्रिया मैले कल्कि जस्ता दुई कौडिको टपर टुइया हरुको लागी लेखेको होइन | यहाँ थुप्रै बिद्वान र जानकार पाठक हरु छन, त्यास्कारण आफ्नो हैसियत माथी उठेर प्याच्च प्याच्च नाबोल्दा राम्रो हुन्छ | सभ्य भाषामा आलोचना वा.सुझाव दिन सकने खूबी नभएको हुनाले मेरो लेख वा प्रतिक्रिया सकेसम्म तैले नहेर्नु | हेरी हालिस भने र केही लेखन मन लाग्यो भने सभ्य भाषामा गलत वा भ्रामक कुरा केही देखेमा त्यसलाई तर्कसंगत तरिकाले बहस गर्न सकिन्छ |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
14
15
[Reply]
Deepak Reply:
January 26th, 2012 at 4:33 pm
हजुर सिबराज जी हजुर को लेख र लेखकीय स्तर अनि त्येश को भित्रि अभिस्ट के हो अनि कति नाङ्गो रुप मा भ्रामक कुरा हरु छर्नु हुन्छ भन्ने सर्बत्र थाहा भएकै हो !!! आफ्नै मपाइत्व मा आफै ले आफै लाइ अझ धेरै न नंगाउ !! हामि ले हजुर का आफ्ना तर्कना लाइ हजुर ले नै प्रयोग गर्नु भाको दुइ कौडी का ……… भन्दा बढी सोचेका छौनोउ !!! माओबादी, कांग्रेस, एमाले बादी , मधेस बादी हरु भन्दा हाम्रै तिर हुने ठेट नेपाली “बादी”(जात )एक हजार गुना सम्मान गर्न लाएक छन् !!!!
मन परो वा परेन:
14
7
[Reply]
shiva Reply:
January 26th, 2012 at 10:03 pm
ke kuro bhraamak ra galat chha tyo bunda tipera aalochana garnus na deepak ji .
चर्कै बहस्. तपाइलाई के लाग्यो?
4
11
prabin dhakal Reply:
January 26th, 2012 at 6:42 pm
त मुला मलाई हैसियत सोध्ने तेरो हैसियत के हो त्यों तेरो फेसबुक को फोटो हेरेरै थाहा पाइनछ
मन परो वा परेन:
9
6
[Reply]
shiva Reply:
January 26th, 2012 at 9:58 pm
म ठोकेर भन्छु मेरो हैसियत तँ खाते भन्दा धेरै माथि छ |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
5
14
शिभराज म पनि ठोकेर भन्द्छु तँ भन्दा धेरै राम्रो लाईफ स्टाइल मँ सँग छ, तेरो त अनुहार हेर्दा पनि खानै नपाएको जस्तो छ, तँ आफै खाते होस अरू लाइ के भन्छस,
मन परो वा परेन:
8
8
[Reply]
bipul Reply:
January 27th, 2012 at 6:03 pm
तेरो बोलीचाली र भाषा हेर्दै तेरो लाइफ स्टाइलको अनुमान गर्न सकिन्छ | इन्डियामा कुन सरदारको घरमा भाँडा माझ्दै छस |
यसले त यो ब्लग कै बद्नाम गर्ने भो , ददिजी यसलाई अलि सम्झाउनु पर्यो |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
2
8
[Reply]
I have been reading the comments trend and it seems that people are becoming personal. It’s a great opportunity to share our views, experience and knowledge through this kind of media although it doesn’t make any much difference when commenting on working style of our politicians (which is well known fact). The judgement day will come when people of the country will put them on the duckyard.
I would like all commentators not to become personal even you don’t agree with other’s opinion. Let’s make this website, readable, palatable and above all a source knowledge by sharing our views. Thank you.
मन परो वा परेन:
3
1
[Reply]
bipul पहिला मेरो फेसबुक को फोटो हेर र अनुमान लगा, सबै भन्दा पहिला शिवराज ले हैसियत को कुरा गरेको हो, अनि इन्डिया मा नेपालि भाँडा मात्र माझेर बस्छ भन्ने छैन नेपालि मुल का मान्छे माहाराष्ट्रमा मेनेजर , डाइरेक्टर पनि छन, त्यहिपनि तँलाइ सानो जानकारि दिँउ मेरो पुरा परिवार माहाराष्ट्र को नागरिता प्राप्त हो, gammon india ltd मा मेरो ड्याडि फोरमैन हो र म जु. इन्जिनियर, गुगल मा हेर्नु र गेमन को स्टाफ को हैसियत बिचार गर्नु
मन परो वा परेन:
6
5
[Reply]
Shyam Reply:
January 28th, 2012 at 9:40 am
ए भारतको नागरिकता ? अनि त तेरो हैसियत ठुलो हुने नै भो | सुन मेरो भातिज शिव uk को retail assistant मेनेजर हो अनी नेपालमाँ MBS कम्पलीट गरेको हो
| त्यसैले त जस्ता झारपात हरुले फुर्ती छाड्न मिल्दैन |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
3
9
[Reply]
hark b. rai Reply:
January 29th, 2012 at 4:51 pm
uk ko kun thau ho? kun departmental store ho? kripayaa jaankaari paaye bhetna jane thiye!!!!!!
मन परो वा परेन:
6
1
[Reply]
मावोबादी प्रचंद्र्को पुन्जिबादी जिबनको बारेमा केहि भन्नु अघि म बिगतको कुरा कोट्याउँन चाहन्छु/
राजा महेन्द्रले लाख गल्ति गरे होलान, तर नेपालका नेता र दलहरुलाई चिन्नमा गल्ति गरेको रहेनछ/ यो भन्न हामि बाध्य नै भएकोछ/
पंचायत कालमा महेन्द्रको पंचायत् अनिबार्य बिषय नै थियो/ पंचायतमा दलिए ब्यबस्था नेपालको लागि अफाप हुनाको मूल कारण दलहरु रास्त्रिये स्वार्थलाई भन्दा दलिए स्वार्थलाई प्राथमिकता दिने र दलका नेताहरु पद लोलुप हुने भनिएको थियो/ महेन्द्रको एउटा आँखा देधो भएता पनि एउतै आँखाले पनि ई नेताहरुको मन भित्रको कुरा र दलहरुको बन्द कोठा भित्रको चर्तिकला देख्ने रहेछ/
भन्नमा १७ सालमा पंचायतले प्रजातन्त्रको अपहरण गर्यो भन्छ/ हो र भने त्यो कुरा? यो कुरा भनेर मैले पंचायतको समर्थन गरेको होईन तर गलत कुरालाई गलत ठहराउन पनि सत्य कुराकै आधार हुनु पर्छ भन्न खोजेको मात्रै हो/ ०१७को काण्डको भित्र कारण के दाई मात्रिका र भाई बीपीको पदको लागि भएको झगडा होईन के?
अस्ति दिल्लीमा दिल्लीले गिरिजा र प्रचंद्र्को १२ बुंदे सम्झौता गर्न लगायर मितेरी लगाउन लागाय झैँ २००७ सालमा भारतको नेहरुले कांग्रेस र नेपालको जनताले हटाउन ज्यान समेत दिएको मोहन शमशेर र कांग्रेसको सम्झौता गराएको थियो र मोहन शमशेरकै प्रधान मंत्रित्वोमा कांग्रेसको ५ जना सम्मिलित सरकार बनेको थियो/
तेतिबेला कांग्रेस पार्टीको पदीय बरिस्ठता आधारमा कांग्रेसको सभापति मात्रिका देसको प्रधान मन्त्रि बने/ बि पी ले त्यो कुराको घनघोर बिरोध गरे; पार्टीको सभापति र प्रधान मन्त्रि दुवै पदमा एउतै व्यक्ति बस्न नपाउने भने/ मातृकाले सभापति पद भाई बि पिलाई दिए/ पछी बि पी प्रधान मन्त्रि बने तर उसले सभापति पद छोडेन/ अनि मात्रिका बि पी बीच रडाको मच्चियो र मात्रिका कांग्रेस छोडेर महेन्द्र संग मिल्न गयो/
यो तथ्यले तत्कालिन नेताहरु पनि आजकै नेताहरु जस्तो पद मात्रै पाउने भए जो सिट पनि जे पनि कुरामा सम्झौता गर्ने थिए भनि प्रमाणित गर्छ/ तेसै भयर त् महेन्द्रले ई नेताहरुलाई पदको लागि जे पनि कुकर्म गर्ने भनेको थियो कि/
अब संविधानको कुरा, २००७ सालमा कांग्रेसको सिंहदरवार आरोहन हुँदा ३ बर्षमा संबिधान बनाउने भनेको थियो/ बनायो के?
अब भन्नुस तेत्रो २००७ को क्रान्ति गरेको क्रान्तिको नेत्रित्वो गरेको, ३ बर्ष भित्र संबिधान बनाउछु भन्ने दलले २०१५ मा २/३ जनमत पाएको दलको यक्लौती सरकार बन्दा मात्र सभापति को बन्ने प्रधान मन्त्रि को बन्ने भन्ने कुरामै बाझा बाझ गर्दै संबिधान बनाउन सकेन/
यहि कुरा पछी पनि दोहरियो, कृष्ण प्रसाद भट्टराई प्रधान मन्त्रि हुँदा गिरिजाले सभापति पद र प्रधान मन्त्रि पद दुवै नपाउने भनेको थियो र कृष्ण प्रसादले पनि मातृकाले जस्तै सभापति गिरिजालाई सुम्पे/ तर गिरिजा प्रधान मन्त्रि बने पछी सभापति पद आफैमा राखे/ तेतिबेला महेन्द्र मरि सकेको थियो नभय फेरी कू गर्थ्यो होला/ तर महेन्द्रको सट्टा मावोबादिले गिरिजाको बिरोध गर्न थाल्यो/
अनि फेरी २००७ साल कै ईतिहास दोहरियो/ दिल्लीले २००७ सालमा मोहन शमशेर र मात्रिका बिपी बीच सम्झौता गराए झैँ भारतले यस पालि पनि मावोबादी र गिरिजाको बीच सम्झौता गरायो/ २००७ सालमा नया सरकारले ३ बर्ष भित्र नया संबिधान बनाउने बाचा गरे झैँ गिरिजा-प्रचंद्र्को दलहरुले पनि नया संबिधान बनाउने बाचा गरे/ खै बनाएको?
२००७ सालमा पदको निमित दाई भाई मात्रिका र गिरिजाको बिच जस्तो महाभारत भएको थियो अहिले पनि त् तेस्तै भई रहेको छ प्रधान मन्त्रि पदको लागि, तर संबिधानको लागि होईन/ त् देधो महेन्द्रले ईनिहरु पदका लोभी हुन् भनेकोमा के गल्ति छ?
ईनिहरुले मुख बाट जे भने पनि कागजमा जे लेखे पनि ईनिहरुको चाहना भनेकै पद र शानको जिन्दगि बिताउन कै लागि मात्र राजनीति गरेको हो देसको निमित होईन/ ई नेताहरुले कतै “के राजनीति जोगी बन्न गरेको हो?” भनेर हामीलाई नै प्रश्न गरे बाटै ईनिहरु को हो र के गर्न सरकारमा जान्छ भन्ने कुरा छर्लाग्न हुन्छ/
आज हाम्रो माझ रहेको कुन नेता पुर्खाय्ली धनाढ्यको सन्तान हो? ईनिहरु संग के थियो र? ईनिहरुले आज सम्म बिहान र बेलुका खान कुन काम गरेर कमाएको छ? ईनिहरुका सन्तानहरु बिदेशमा कुन कमाई बात पढ्न जान सकेको हो?
धेरैको कुरा मलाई थाह छैन, तर कम से गोबिन्दे चिरन्जीवी देउपा सुजाता र केहि कुरा प्रचंद्रको बारेमा त् सुनेकै छुँ/ गोबिन्दे चिरंजिविको कुरा भनिरहनु आबस्यक नै छैन/ देउपा लन्डनमा कुनै भारतीयको रेस्टुरेन्टमा बेटर थोयो रे, अनि सुजाताको पुर्ख्यौली सम्पति भनेकै बिराट नगरको १६ कठ्ठा जमिन र तेस्मा बनेको एउटा घर हो/ अनि प्रचन्द्र पहिला मात्र एउटा स्कुलको हेद सर, तेस पछी स्कुल सास्कुल छोडेर जंगल पसे, अनुहार समेत नच्चिन्ने गरि लुकेर राजनीति गरे, क्रान्ति गरे/ ईनिहरु सिट लाख करोडको सम्पति कहा बात आए?
मावोबादी नेता बनेर अस्ति भर्खरै हाम्रो माझ आए र केहि समय सम्म प्रधान मन्त्रि बने/ लौ भन्नुस सोच्नुस ईनिहरु सिट आज ईनिहरु जुन स्तरको जिबन बिताई रहेको छ तेस्को आम्दानीको श्रोत के हो भन्न सक्छ ईनिहरुले?
मलाई कुजाताको कुरा लेख्नै मन पर्दैन/ के मा चलायो भने हात फोहर हुन्छ भन्छ नि तेस्तै लाग्छ/ तर प्रचंद्र्लई के भएको हो यो?
एउटा मावोबादी नेताको जीवन कस्तो हुनु पर्थ्यो? तेस्को अपवादको रुपमा प्रचान्द्र्ले आफ्नो अनुहार हामीलाई कसरि देखाउन सक्यो? यो सोच्दैमा विरक्ति लाग्छ/ यो त् ठिक दिन भरि जोगी रात भरि भोगी हुने बाबा कै जस्तो कुरा भयो/
मावोबादमा व्यक्तिगत सम्पति बर्जित हुन्छ/ व्यक्तिले कमाएको अतिरिक्त सम्पतिको मालिक रास्ट्र हुन्छ/ मावोबादमा पदीय मर्यादाले पाएको भन्दा बढी कुनै कुरा व्यक्तिको आफ्नै हुँदैन रास्ट्रको हुन्छ/ मावोबादमा अरुलाई कंगाल बन्न बाध्य गरेर आफु धनि हुनेको सम्पति जफत हुन्छ/ हाम्रो प्रचंद्र पनि मावोबादी नै हुन्, खै उसले त् तेस्तै भनेको थियो र हामीले पत्याएको पनि थियो/ तर के आफुलाई मावोबादी भन्ने प्रचंद्र्को जिबन शैली एउटा मावोबादिकै जस्तो छ बा अरबको शेख को जस्तो? म त् भन्न आँट गर्न सक्दिन, प्रचान्द्र्ले केहि गर्ला जस्तो त् लाग्दैन तर उसका मान्छेले के गर्ला के नगर्ला म भन्न सक्दिन/
अब मेरो आफ्नै बिचार/ प्रचंद्र नै एउटा एस्तो नेता थियो जसले आज सम्म देसको कुनै नेताले भन्न नसकेको कुरा भनेको थियो/ भारत ले मित्रताको नामा हामीलाई लुतेकै थियो र लुट्दै आएको छ पनि/ भारतले हाम्रो के मात्रै लुटेको छैन? जनताले फाल्न चाहेको मोहन शमशेरलाई प्रधान मन्त्रि बनाउन लगाउने भारत नै थियो/ हाम्रो राजनैतिक अबस्था कम्जोर रहेको बेला कोशी गण्डकी टनकपुर महाकाली गर्लाप्प निल्ने भारत नै हो/ कालापानी सुस्ता देखि देसको अनेकौं भाग मिच्ने हडप्ने भारत नै हो/ नेपालमा कुन प्रधान मन्त्रि बने उसलाई स्वीकार्य कुन बनेमा उसलाई नहुने भनेर नेपाललाई उसको उपनिबेस ठान्ने भारत नै हो/ नेपालको कुनै पनि सरकार (राना, राजा, पन्चे बहुदलिए र लोक्तान्त्रिये सबै) को विरोधीलाई भारतमा उक्सौन्दै बिरोध गराउंदै नेपालमा कुनै पनि सरकारलाई अस्त व्यस्त बनाउने भारत नै हो/ एस्तो हुँदा हुँदै पनि आज सम्म प्रधान मन्त्रि बनेका कुनै नेताले पनि भारतको बिरुद्ध यक सब्द बोल्न सकेन, तर प्रचान्द्र्ले बोले “भारत हाम्रो प्रथम सत्रु हो” भनेर/ प्रचंद्र्को यो यक सब्दले रास्ट्र्बादी नेपाली हरुको मन जितेको थियो/
आज प्रचंद्र आलिशान जिन्दगि बिताउनुको सट्टा हाम्रै माझ हाम्रो फापर कोदोको धेदो खाँदै बसेको भए, हामीले झैँ फाटेको भोटो लगायारै बसेको भए अनुमान गर्नुस त् प्रचंद्र्को ईज्जत के कसैको भन्दा कम हुन्थ्यो?
उसले मावोबादिकै आचरण गरेर साधारण जिबन चुनेको भए जनताको साँच्चैको नेता बन्न सक्ने व्यक्ति थियो/उ कुनै पनि चुनाव तेतिकै जित्न सक्ने हुन्थ्यो/ उसले भनेको कुरा हुन्न भन्न कसैले आँट समेत गर्न सक्दैन थियो/ तर प्रचान्द्र्ले किनेरै होस् बा भाडा तिरेरै होस्, गरोब नेपालीको जस्तै जिबन यापन गर्नु भन्दा आलिशानको महलमा बस्न रुचायो त् अब जनताले उसलाई रुचाउन छोड्यो/ त् उ पनि सुजाताकै जस्तो आलोचनाको पात्र बन्दै गयो/
समय बितेकै त् छैन उ अझै सच्चिन सक्छ होला/ उ सच्चिए मात्रै अब आउने चुनावमा उसले उसको मावोबादमा जनाताको बिस्वास जित्न सक्छ नभए के हुन्छ भनेर येसो कांग्रेसको बिगत र आज को स्थितिलाई नियालेर हेरुन/
प्रचंद्र सिट लाख करोडको सम्पति हुनै सक्दैन/ हुनु पनि हुँदैन/ उ मावोबादी हो पुंजी बादी होईन/ लौ भै गयो उसित केहि लाख, करोड छ रे/ त्यो रकम बात उसले दुर्गम गाउँको गरिब जनाता लाई स्कुल बनाई देउन अस्पताल बनाई देउन/ यति गरे उसको ईज्जत कस्तो हुने होला उ आफै सोचून/
मन परो वा परेन:
6
0
[Reply]
Luna Reply:
January 28th, 2012 at 8:54 pm
मदन जी धन्यबाद तपाईको प्रतिक्रिया पढ्दा हाम्रो नेता
र राजनीति सम्बन्धि केहि न केहि यथार्त जानकारी भईरहन्छ सधै नै .
प्रचण्ड जी र उनको महल आदी सम्बन्धमा पनि ,
यदि प्रस्ट रुपमा पारदर्शी हुन सक्या भए ” हो त पार्टीको प्रमुख जस्तो जिम्मेबार नेताको लागि सुरक्ष्य – जिम्मेबार आदिको कारण पनि त्यतिको निबास स्थल भाडामा लिनुलाई किन कुतर्क
गरिरहने भनेर न्युट्रल जनता देखि लिएर अन्य पार्टी समर्थक
चेतनशीलहरुले पनि यस सम्बन्धमा कुरा उठाउनेलाई र्याख र्याख
पार्ने थिए — तर अहं ! बाबै ! के बिधि हेपेको नेपाली जनतालाई !
यस बिषयमा खबर लेख्ने मिडियालाई कुनै जबाफ दिन उचित
सम्झेनन् प्रचण्ड जी हरु ले ! !!!!!!!!!
किन भने उनि र उनलाई अन्धो समर्थन गर्ने कट्टर हरुको मत
” प्रचण्ड भनेको त हाती हो — हाती लास्कदै गर्छ — कुकुर भुक्दै
गर्छ — ”
तर ! यो एकदम नै अति नै असाध्यै नै गलत सोचाई
हो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
सार्है नै अहम पलाएको छ प्रचण्ड जी हरु र बहाका अन्ध समर्थक
हरु मा —- यसो भया भिर बाट गुल्टिन्छ छिट्टै नै चेतना आया !
मन परो वा परेन:
3
0
[Reply]
लुनाजी
सर्पलाई “लौरो” बनाउनेले खोला त् के नाली पनि तर्न सक्दैन
महलको झिलिमिलीमा बस्नेलाई टुकी-बालि- बस्नेले पत्याउन्दैन्
नपाय पनि जनताले लोकतन्त्र के हो बुझ्छ झुक्यार झूकिन्दैन
लोकले मागेको दिने बिरेन्द्र देखिसकेकोले लुत्नेको राज सहन्दैन
बिरेन्द्र जस्तै अर्को पाउन सकिंदैन तापनि लुतेंद्र्लाई स्विकार्दैन
मन परो वा परेन:
2
0
[Reply]