प्रधानमन्त्रीका योजना त राम्रा तर सफल होला ?

सबैभन्दा बुद्दीजिवी, डाक्टर गरेका, सधैं प्रथमका प्रथम प्रधानमन्त्री भट्टराई । हिजो कस्सिएका छन् फेरी नयाँ नेपालको नौलो कार्यक्रम लिएर । (उनले घोषणा गरेको सुशासन र विकास योजना करिब १२८ पेजको छ । त्यसैले त्यो हेर्न यहाँ क्लिक गरेर डा बाबुराम भट्टराईको वेभ साईटमा जानुस त्यहाँ दाहिनेतिर रहेको आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना र  सुशासन कार्ययोजना, २०६८ मा क्लिक गरेर डाउनलोड गर्नुहोला) योजना हेर्दा नराम्रा छैनन् ।

काठमाण्डौ –तराई मधेस दु्रतमार्गः ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने, मध्य पहाडी लोकमार्गः ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने,भैरहवा र पोखरा विमानस्थलः क्षेत्रीय विमानस्थलमा विकसित गर्न स्तरोन्नतिको कार्य यसै आर्थिक वर्षमा शुरु गर्ने र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गर्न विशेष पहल गर्ने । बुढीगण्डकी जलविद्युत आयोजनाको एक वर्षभित्र डिपिआर सम्पन्न गर्ने तथा पश्चिम सेती जलविद्यु्त आयोजनाको निर्माण कार्य शुरु गर्ने । तामाकोशी जलविद्युत आयोजना निर्माण कार्यलाई निरन्तरता दिई तोकिएको समयभित्रै सम्पन्न गर्ने लगायत के के छन् के के नयाँ योजना । तर सरकारको काम गराइको पारा, मन्त्रीहरुको ह्याउ, उनको आफ्नै पार्टीभित्रको बेमेल र झैझगडा हेर्दा यस्तो योजना के संभव छ ?

योजना आफैंमा नराम्रो छैन । तर बुझ्नु पर्ने कुरो के हो भने यस्ता ठूला ठूला योजना सफल पार्न पहिले त देशमा स्थिर सरकार चाहिन्छ । नत्र तिन तिन महिनामा बदलिने सरकारले आफू खुशि यस्ता योजना बदल्छन् । सरकार बदलिएपछि बिरोधी पार्टीले ल्याएको योजना सफल हुन दिँदैनन् । यस्ता योजना बिचैमा तुहिन्छन् । किनभने बिरोधी पार्टीले घोषणा गरेका योजना आफूले सफल पारेर अर्काको धोक्रो जसको भारीले कसले भरिदिन्छ ?

अझ महत्वपूर्ण कुरो त देशमा स्थायी संविधान चाहिन्छ । अहिले देश अन्तिम संविधानमा लर्खरिइरहेको छ । संविधान नै नभएको बेला देशमा कसरि स्थायित्व हुन्छ र सफल हुन्छन् यस्ता योजना ? त्यसो त यस्ता महत्वाकांक्षी योजना सफल पार्न सरकार बलियो हुनुपर्छ । दाता होउन् वा नागरिक । कमजोर सरकारलाई न ऋणदाता, न लगानी कर्ता, न नागरिकलेनै पत्याउँछन् । अहिलेको सरकार कर्कलाको पातमाथिको सित जस्तो छ । कतिखेर सिरिक्क बतास चल्छ र स्वाट्टै खस्छ ।

सरकार बलियो हुन पहिलो त आफ्नै पार्टीमा मेलमिलाप र बलियो समर्थन चाहिन्छ । प्रधानमन्त्री भट्टराईको कुर्सीमा कतिखेर पार्टीको एक खेमाले छिर्कि हान्छ । कतिखेर पार्टी अध्यक्ष बटारिएर खसाल्छन् । कतिखेर फरक मत भनिनेहरुले सडकमा ज्वाला दन्काएर अप्ठेरो पार्छन् । मधेशी दल नामका छिमेकप्रधानहरुले कुन बेला कताको स्वार्थमा सरकारबाट खुट्टा जुरुक्क उचाल्छन् र डाक्टर सापलाई जिल्लाराम पार्छन् भन्ने कुनै टुंगो छैन । यस्तो बेलाको सरकार कैले खुस्किने हो भनेर आफैं त्राहीमाम छ । यस्ता योजना सफल बनाउनेतिर भन्दा सरकार कसरि जोगाउने भनेर दगुर्दा र फकाउँदा, सडकका अवरोधकर्तालाई फकाउन वार्ता र भेटाघाट गर्दै ठिक्क हुन्छ । अनि यस्ता योजनामा सरकारले कहिले ध्यान दिन पाउने ?

बिद्दमान पार्टीहरु मध्ये सबैभन्दा स्वार्थी, क्षणिक लाभ र स्वार्थकालागि जे पनि गर्नेहरुसित छ डा सापको सरकारको गठबन्दन् । सबैभन्दा बढि दक्षिणी हावाले क्षण क्षणमा मर्काउने र दक्षिणी स्वार्थ अनुकुल मोडिनेहरुसितको लगन गाँठो कुनैपनि बेला झ्याप्पै चुँडिन सक्छ । यसले प्रशासन र कर्मचारी संयन्त्रलाई उत्तिकै प्रभाव पार्छ । सरकार कुन बेला ढल्ने हो र शुरु गरेका काम अलपत्र पर्ने हुन् भन्ने शंका प्रशासनमा रहन्छ । कुनबेला नयाँ सरकार आउने हो र कता सरुवा भइने हो भनेर त्रासमा कर्मचारी हुन्छन् । यस्तो त्रसित मानसिकतामा बसेर कसरि कर्मचारीले गतिलो काम गर्न सक्छन् ?

सबैभन्दा बढि यो सरकार खुस्किन सक्ने संभावना त उनैको पार्टीबाट छ । किनभने उनी सरकारमा आएपछि सबभन्दै घातक र देशघाती काम गरेको आरोप लगाउने मुख्य रुपमा उनको पार्टी त हो नै, सबैभन्दा बढि बिरोध र तगारा तेसार्नेपनि उनैको पार्टीका हुन् । र आफ्नो पार्टीका तिन धार मध्ये सबैभन्द कमजोर उनैको धार छ । जतिसुकै लोकप्रिय भनिएपनि उनले आफ्नो पार्टीका नेता, आम कार्यकर्ता र समर्थकमाझ विश्वास दिलाउन सकेका छैनन् । पार्टीमा उनैको हैसियतले प्रस्ट देखाउने कुरो हो । त्यसैले मुख्य त उनले आफ्नै पार्टीबाट कहिलेसम्म विश्वास लिन सक्लान् ? कहिलेसम्म आफूमाथि भरोसायोग्य बनाउन सक्लान् ? उनको यो महत्वाकांक्षी योजनालाई समर्थन र साथ देलान् भन्नेमै संशय छ ।

सरकारमै भएकाहरुको मानसिकता आ……. एकबारको जुनीमा बल्ल तल्ल झण्डा हल्लाउन पाइएको बेला मोज मस्ति गरिहालौं भन्ने छ । एउटा मन्त्रीले डिजेल प्लान्ट ल्याएर देश झिलीली पार्ने भन्छ । अर्कोले भोली पल्टै होइन त्यो संभव छैन, मन्त्री ज्युलाई तस्करले, कमिशनखोरले गलत सूचना दिएकाले त्यसो भन्नु भएको हो भनेर आलोचना गर्छ । सरकारमा रहेकाहरु आफैं कस्ता योजना, कस्ता कामले प्राथमिकता पाउनुपर्छ भन्नेमा न त स्पष्ठ छन् न तिनलाई आफ्नो मन्त्रालय अन्तर्गत विषयवस्तु र क्षेत्रको ज्ञान छ । अनि प्रधानमन्त्री भट्टराईले एक्लै कसरि संभव पार्लान् यस्तो योजना ?

(फोटो: बाबुराम भट्टराई डट कम)

  • Prakash Tiwari (Ekalavya)

    पंचायतकालमा डा लोहनी र यादव प्रसाद पन्तका हुन् या बहुदलका डा महतका हुन् या एमालेका हुन् योजना त कसका मात्र नराम्रा थिय र / यी बाबुरामका र हाम्रो नेपालको योजना र अहिलेको इंडियाको टेस्ट टिमं उस्तये उस्तये हो कागज र बोलीमा जहिले पनि अब्बल कार्येस्थलमा जहिले पनि गोबर नै गोबर /

    मन परो वा परेन: Thumb up 13 Thumb down 2

    [Reply]

    Deepak Reply:

    जनता को परिभासा के ? बिना दल का स्वतन्त्र व्यक्ति मात्रै यो देश का जनता कि ? दल सहित का व्यक्ति पनि जनता ? अनि योदेश का कर्मचारी, सेना पुलिस,ब्यापारी , वकिल पनि जनता ? हो आज यहि यो देश मा बस्ने प्रत्येक व्यक्ति जो यो देश को नागरिक हु भन्छ त्यो मेरो परिभासा भित्र जनता हुन आउछ र मेरा केहि गुनासो यी बिबेक सुन्य जनता लाइ !!! सधै नेता लाइ मात्रै किन गालि गर्ने ? के देश को यो हालत हुनु मा बिबेक सुन्य जनता को हात छैन ?
    **************************************************************************************************************************************************************

    हे देश का अविवेकी जनता हो !!! हिजो पंचायेत फल्योउ ४ जना नेता लाइ स्थापित गराउने निहु मा !!कि. भ. हुदै कांग्रेस का गिरिजा प्रसाद कोइराला प्रधान मन्त्रि बनायोउ !! गिरिजा ले ल्याएका कतिपय राम्रा वा नराम्रा कार्यक्रम लागुहुन नपाउदै ” अहिले को हैजा गिरिजा लाइ लैजा ” भन्दै कहिले कर्मचारी त कहिले बिद्यार्थी को नाम बाट सडक र सदन दुइ वटै ततायोउ !!! कहिले प्रजातन्त्र को नाम मा नेपाल बन्ध कहिले प्रगतिसिल को नाउ मा नेपाल बन्ध गरायोउ !!!बहुदल लाइ बौलाहा दल मा रुपान्तरण गरयोउ तिमि जनता ले !!! कहिले माओबादी जिन्दाबाद, कहिले कांग्रेस कहिले एमाले त कहिले मधेश जिन्दाबाद को नारा मा देश लाइ बन्धक बनाउने हे अविवेकी जनता हो कुखुरा मरेको निहु मा राजमार्ग बन्ध गराउने त कहिँ स्वास्नी पोइल गएको निहुमा चक्का जाम गराउने !!! तिम्र यी निम्छरा कुकर्म ले नेपाल आमा
    आफ्नै कुपुत्र हरु देखेर कति धरधरी रोइरहेकी होलिन !!!!
    सरकार सडक मर्मत गर्छ तिमि टाएर बल्छोउ !!! सरकार बाटो मा रेलिंग हाल्छ तिमि भात्कौदै हिद्छोउ !!! सरकार नियम बनाउछ तिमि तोडदै हिद्छोउ !!! कहिले तिमि पेओर माओबादी हुन्छोउ यति बिघ्न क्रान्तिकारी बन्छोउ !!! भएका बिकाश का पुर्बधार तहस नहस पर्छोउ !! कहिले एमाले को प्रगतिसिल लडाका बन्छोउ अनि बाटो क रेलिंग र टेलिफोन का पोल उखेल्दै हिछोउ कहिले तिमि कांग्रेस बन्छोउ रुकुम र रोल्पा तिर का आमा दिदि बैनी हरु लाइ दिन दहाडै बलात्कार गर्न पुग्छोउ !!! अनि
    आफैले स्थापित गराएका नेता लाइ फलानो चोर देश छोड भनि पनि हिड्छोउ !!! तिम्रो यहि लाचारी हो या तिम्रो बहुलट्ठी पन हो कहिले राजा आउ देश बचाऊ भन्दै हिन्छोउ !! अनि राजा ले सत्ता लिएको निहु मा फेरी देश पुरा ठप्प बनाउछोउ !!! कहिले गणतन्त्र को नारा जप्छोउ त कहिले यहि गणतन्त्र लाइ भाड तन्त्र भनि सत्तो सराप गर्छोउ !!!! भिर बाट लडेर मरेका लाइ सहिद घोसना गर भनेर चक्का जाम गर्छोउ फेरी कहिले फलेको राजालाई पुनर्स्थापित गर भनेर देश बन्ध गर्छोउ !!!! बा अहिले तिमि लाइ प्रादेशिक मोह ले यसरि गाजेको छ साएद पशुपति दर्सन गर्न आउने नागा बाबा लाइ भांग को नसाले जसरि च्यापेको छ !!! भोलि प्रादेशिक भयो भने फेरी नेपाल बन्ध भैरहने छ एकात्मक नेपाल चाहियो भनेर !!!!
    जनता हो बन्ध गर देश, चक्का जाम गर, सबै तिर डढेलो लगाओं जब तिमि मुर्ख लाइ देश चाहिएको छैन भने कुन पागल नेता होला त्येश लाइ देश चाहिएको होश !!!!
    नेता त आज नेपाल का नेपाली हरु का नेता ले चिनिएका छन् भोलि कुनै देश का नेपाली समुदाय का नेता होलान तर नेता नै रहने छन् !!!! उनीहरु को पद र स्तर बरु अझै ठुलो होला किन भने गरिब र कंगाल देश को नेता भन्दा धनि देश को बाबु(खरदार ) को इज्जत बढी हुन्छ !!!!!! अनि अन्त मा …………..तिम्रो के हुन्छ जनता ?????????

    मन परो वा परेन: Thumb up 11 Thumb down 0

    [Reply]

  • Prakash Tiwari (Ekalavya)

    म १०-१२ वर्ष हुदाको ४०को दसकमा पन्चेले आफ्नो योजनामा २०५७ मा एसियाली मापदण्डमा पुराउने भनि सिंगापुर र द कोरियाको सपना बादे / १५,००० को बेकाममा हत्या पछि र अर्बौको बिकासका पुर्बाधार नस्ट गरेपछि पनि साम्यबाद्को सपना पुरा नहुदा बल्ल पुजिबाद्को विकास गर्ने बुद्दी बाबुराममा आयो / यो योजना चै लगनको बेला हगन भने जस्तो आफुले छोडे पनि कहिँ high note म़ा exit हुन्छ भनि गरेको नाटक हो / हैन आजकल मेडियाले पनि उज्जन श्रेष्ठ हत्या काण्डबारे किन चुप छन् ह / हाम्रा पन्तजीले मात्र कति गाली खानु ल सराप माओबादीको हनुमान हो /

    मन परो वा परेन: Thumb up 12 Thumb down 10

    [Reply]

    Kalki dhakal Reply:

    तिवारि जि बडा गज्जब लेख्नु भयो छोटो तर दमदार धन्यबाद, अनि तँपाइ पन्त जि ले गालि खानु कारण काँग्रेसि को प्रंशशा गरेर हो अन्य केहि हैन ( मेरो तर्फ बाट )

    मन परो वा परेन: Thumb up 9 Thumb down 5

    [Reply]

  • Kalki dhakal

    संविधान सभा को म्याद सकिन लागेको बेला आफु लाइ लोकप्रिय बनाउन खोजेको मात्र हो, उ आँफै लाइ थाहा छ संविधान बन्दैन, सभा केहि महिनामा बिघटन हुँदैछ पछि अर्को चुनाब मा मैले यस्तो योजना ल्याएको थिएँ भनेर फुक्दा भइहाल्यो, पहिला देश मा सूसासन होस हत्यारा,भ्रष्ट, लुटेरा, अपरहणकारि जो कोहि भएपनि कारवाई होस, तर जो आँफै नालायक भ्रष्ट प्रधानमन्त्री छ उसले के गर्लार

    मन परो वा परेन: Thumb up 12 Thumb down 6

    [Reply]

  • ravi

    कहिले फुस्काउछन भनेर टाउकामा हात राखेर पनित बस्नु भएन नि ! राम्रो काम लाई त निरन्तरता दिनु पर्छ, यही काम फत्ते गर्न भनी फिरी पनित आउन पाइयो नि !

    मन परो वा परेन: Thumb up 9 Thumb down 0

    [Reply]

  • shiva

    बालकृष्ण ढुंगेलको बचाउ
    प्रभु साहको साथ्
    खन्नागार्मेन्ट कब्जा
    व्यक्तिका निजि सम्पति कब्जा
    कब्जा सम्पति लाइ बैधानिकता
    यो भन्दा बढी सुशासन अझै कति ल्याउनु हुन्छ देशमा डा साप????
    लडाकुको नाममा १.५ अरब खानु भो
    चुक्क बोल्नु भएन
    प्रचण्ड ले किने करोडौं को महल
    उप प्रम गए जापान
    भ्रष्टाचारी हरुको तपाईं नै हो छाता
    यसले देशलाई कति सम्बृद्ध बनाउला त् डा, साप ??????
    यो योजना देश र जनताको लागि हो तपाईंकी श्रीमतिक लागि होइन , त्यसैले एक्लै खोकेर केहि हुन्न | यी योजनाहरु दशकौं लाग्ने हुन् तपाइंको आयु आज हो कि भोलि | अनि जनताले अहिले शान्ति र संबिधान खोजेका छन् , त्यसलाई अबरुद्द गरेर यो झटारो फाल्न लाज लागेन तपाईलाई ? डा साप एउटा कुरा तपाइंले बुझ्नु के जरुरि छ भने , तपाई विद्वान र पढेलेखेकै मान्छे हो तर नेपाली जनता तपाईं र प्रचन्डले सोचे जति मुर्ख छैनन् | योजना राम्रो छ , पहिलेका ले पनि राम्रै योजना ल्याएका थिए , तपाइको १० बर्षे कलहले पुरा हुन् पाएन | तपैले अहिले देश र जनतालाई पुर्णिमाको आकाशको चन्द्रमा देखाउदै खाडलतिर हाल्न खोज्दै हुनुहुन्छ | तपैले शान्ति र संबिधानमा गरेको गतिरोध ले त्यहि प्रष्ट पार्छ |
    आफ्नै कार्यकर्ताले हडपेको अरुको निजि सम्पत्ति त फिर्ता गर्छु भनेर दशौँ पटक हस्ताक्षर गरेर फिर्ता गर्न नसक्नेले , बैद्दले राँके जुलुस निकाल्दैमा बर्गिकरण भै सकेका लडाकु बिदा गर्न नसक्नेले यत्रो ठुला कुरा गर्दा हूटी ट्याउले आकाश धान्छु भने झैं हास्यास्पद छ डा. साप |

    मन परो वा परेन: Thumb up 10 Thumb down 5

    [Reply]


  • सेतो कागजमा कालो मसिले
    आशाको पुन्तुरो कोरिएको योजना उपहार
    बारम्बार बारम्बार
    पाएकै थिए नेपाली जनताले –

    पाएर के गर्नु !?
    कागजको फगत योजना उपहार –

    हरेक पल्ट बन्ने सरकार
    ढलपल ढलपल
    पानी माथिको डुंगा बनिदिए पछी
    हिड्दै छ पाईला मेट्दै छ हुने नै भयो योजना –

    अब त्यसो नहोला — कसरी भन्ने ?
    देखिएकै हो सरकारका गठबन्धनहरुको गतिमति
    यस्तो देख्दा
    ‘ तँ भन्दा मै शुद्द ‘ सोच्दी हो ऐलेकी बागमती —

    यो भन्दा अघिको सरकार निर्दोष
    बाबुरामको सरकारलाई मात्रै दोष — त्यसो पनि होईन
    यहा धेरै आए सरकार
    आशाको किरण देखाए
    अनि
    उसै गरि गए
    जनताको सपनामा औशिको रात पारेर –

    कैले सम्म यस्तो क्रम चलिरहने हो ???
    कैले सम्म तिम्रा कारण देश गलिरहने हो ?

    अब हामीले भन्न ढिलो नगर्ने बेला भईसक्यो !
    देशलाई सबल सिंगो बनाउन
    प्रिथिबी नारायण चाहिन्छ
    छ कोई प्रिथिबी नारायण बन्न सक्ने ?
    छ भने आउ तिम्लाई करोड जनताको स्वागत छ !

    भ्रस्टचारीले खोक्रो बनायो देश
    अपराधीले आतंकित बनायो देश
    अनुशासनहीनका झुण्डले
    अराजक बनायो देश

    देशलाई २१ औ शताब्दीको जंगेको खाँचो छ
    छ कोई मोर्डन जंगे बन्न सक्ने ?
    छ भने तिम्लाई पिडित ति करोडौ जनताको स्वागत छ !

    बाबुराम !
    तिमि नै प्रिथिबी बनिदेउ
    तिमि नै जंगे बनिदेउ
    नसक्ने भए
    राजा ज्ञानेन्द्र संग हात मिलाउ
    तिमि भीमसेन थापा बनिदेउ

    अस्ति भर्खरको कुरा हो
    चिनियाँ प्रम नेपाल आउँदा
    मैले देखेको
    काठमाण्डौका सडक बढ़ार्दा / पानीले पखाल्दा
    तिम्लाई पसिना आ’थ्यो
    कहिँ चिनियाँ प्रमको कोटमा धुलो त टासिदैना —
    अनि उनि बेखुश पो हुने हुन् कि –
    तिमि कत्ति चिन्तित थेउ है ?

    मलाई एकदम चित्त दुख्छ यस्तो स्थिति देख्दा –

    तिमि ३ करोड नेपालीको प्रम भारत जाँदा
    को आयो स्वागत गर्न भारतीय एरपोर्टमा ?–

    हामीले बुझिरा’छौ यहा को को राजा भईरा’छ —
    कसकसको हुकुम चलिरा’छ —

    यसरी राजा मान्नु नै थ्यो भने
    पराईलाई किन ???

    ज्या ! योजनाको कुरा त राजा पराई सम्म पो पुगेछ !
    योजना — पराई राजा —
    अब टुंग्याउने बेला भो —————-

    मन परो वा परेन: Thumb up 10 Thumb down 1

    [Reply]


  • नाम कमाउने चक्कर मात्र हो बेला न कुबेला कोनिकेलाई खीर भने जस्तो | पी एम हुने बीत्तीकै के हेरेको थियो ? हाम्रा माओबादी हनुमान हरुलाई भने के के न गर्यो भन्ने बनायो |

    मन परो वा परेन: Thumb up 9 Thumb down 8

    [Reply]

    Deepak Reply:

    होइन हो चन्द्र हनु ……………….. अझ सपथ लिने भन्दा अगाडी के गरेको थियो भन न !!!!!यी हनु आफ्नै अनुहार हनु हनु (मान चाही हटाएको किन भने मान राख्ने कुरो कहिल्लै गर्दैनन् ) पर्या छ कि क्याहो जैले अरुलाई हनुमान देख्छन बा !!!!!! कृपया यिन को कमेन्ट दोहर्याएर पढिदिन हार्दिक अनुरोध गर्दछु !!!!!

    मन परो वा परेन: Thumb up 9 Thumb down 0

    [Reply]

    chandra Reply:

    दीपक जस्ता लाइ माओबादीका टाउके हरुले मुखमा आची गरे पनि कुनै फरक छैन | अम्रीत मानेर ग्रहण गर्छन अनि यस्ता लाइ भनीन्छ माओबादीका हनुमान |

    मन परो वा परेन: Thumb up 2 Thumb down 4

    [Reply]


  • प्रतिक्रिया लेख्नु एउटा भावना अथवा प्रतिको सोच लेख्नुहो l म कुनै पनि पार्टी लाई समर्थन गर्दिन जसले राम्रो काम गर्छ त्यो ब्यग्ती लाई गर्छु l माओबादी तेतिकै ठुलो पार्टी भएको हैन कति जनता लाई मारे अपाङ्ग बनायो , देश को सम्पति धोस्त बनायो र जनता लाई डर र त्रास देखाएर ठुलो पार्टी बनेको हो हुनत देश मा आन्दोलनको जरूरी त थियो र अहिले गरेर आएर पनि केहि भएन गर्न सकेन l ठुला पार्टी भनौदा हरुको पनि खुबी जनता ले हेरी सक्यो तर जस्तै भए पनि बाबुराम भट्टराई को हेर्न बाँकि थियो स्वार्थी नेता भनौदो हरुले साथ दिएन l माओबादीको दुइ वटा प्रधानमन्त्री बनि सके र येही मौका हो भनेर बैद्य बन्गीएको हो प्रधानमन्त्री पाऊछकी भनेर तेस्को विचार र सिदान्त लाई फुक मारे हुन्छ l एदी प्रधानमन्त्री दिन्छु भानौत भर्खरै चुप लाग्छ
    बैद्य जी l बाबुराम को खुबी नभएको हैन जस्तो लाग्छ मलाई जब स्वार्थी राज नेता भनौदो भ्रस्टचारी नेताहरु ले नै साथ नदिएर हो तेसैले जब सम्म नेपालमा भ्रस्टचारी लाई कारबाही हुदैन तब सम्म नेपालको विकास सम्भब छैन अब तेस्ता बेग्तिलाई बम ले उडाउने जनताको ख्याचो छ l मलाई दुइ चिज को बहुद घृणा लाग्छ एउटा नेपाली नेता हरु र अर्को दर्जा समातेर बस्ने कर्मचारी हरुको , देश र जनता लाई चुस्ने येही दुइ हो l

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]


  • अरु केहि होइन भट्टराई सरकार लाइ ५ वर्ष को पूर्णकालीन सरकार दिने हो भने र सरकार हल्का पुनर्गठन गरेर चलाउने हो भने इतिहास मा नभयको प्रगति चै भट्टराई सरकार ले गर्छ,तर यै मन्त्रीमंडल र यहि सतता साझेदारी ले त खोइ????के नै होला र?बिपक्षी राजिनामा माग्ने,आफ्नै पार्टी का प्रतिपक्ष राजिनामा माग्ने अनि त भयको भयै हो बिकास……….जति महत्वाकांक्षी योजना ल्याए पनि केहि हुने वाला छैन……..

    मन परो वा परेन: Thumb up 5 Thumb down 1

    [Reply]

  • raj

    यो भुक्ने कुकुर्हो साला गर्ने केहि हैन कुराले मात्र गरेर केहि हुनेवाला छिन छोर केहि कम्रता गरेर देखा सेना समायोजन १ हप्तामा गर्छु भनेको ५ मैना सम्म खै कहाँ छ ? २ बर्समा सम्भिधन बनायुछु भनेको ५ वर्ष सम्म कहाँ छ छोर फेरी नेपालीलाई धतेरा कुर्चीमा बसेर नेपालीको पसिना कति चुस्छास छोर ????

    मन परो वा परेन: Thumb up 3 Thumb down 4

    [Reply]

    aasish,switzerland Reply:

    कस्तो सोच हो राज जी तपाइको,के सेना समायोजन बाबुराम ले मात्र गरेर हुने चिज हो?के देसमा केहि गर्न,बिकास का काम हुन् या सुसासन का काम हुन् एक्लै ले गर्न कसले सक्छ,तपाइको राजनीतिक सोच कमजोर हो कि पुर्बाग्रहि सोच हो कुन्नि त्यो त म भन्न सक्दिन तर,कांग्रेस,एमाले,मधेसबादी हरु को साथ बिना अब एक्लै अगाडी बढ्छु भनेर सम्भब छ र?के सेना समायोजन गर्न तिनीहरुले मान्नु परेंन?यहाँ एउटा समस्या को समाधान निकाल्यो अर्को समस्या निस्कन्छ अनि कसरि हुन्छ बिकास?कसरि बन्छ संबिधान?सबैलाई कुर्सि चाहियको छ,सबै लाइ प्रधानमन्त्रि हुनु छ,सबै लाइ माल कमाउनु छ,को छ यहाँ देस बिकास गर्छु भन्ने?

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]


  • के गर्ने साथी हो जुन जोगी आय पनि कान चिरे को भने जाई हो पैलाको राजा लाई फालेर बाबुराम राजा भाको छ पर्चंडा पारस भाको छ अनि के आस गर्ने इनी बाट कता सत्ता बाट बैरीना पर्छा भनेर बाबुराम अदालत मा समिदान अज थप्न पाम भनेर रिट हाल्न गछन पन्द्र हजार को खुन ले न अघई देश पनि खाने भय हाम्ले जति रिस उठे पनि के गर्न सकिन्छ र चुनाब आय देखाम्ला

    मन परो वा परेन: Thumb up 3 Thumb down 2

    [Reply]

  • Kamal Thapa

    झगडाको बिउँ हुन्छ विकासका कुरा, तिमी भन्दा मेरो ठीक म भन्दा उ खराब हिजोआज नेपालमा चलेको राजनीति यही हो/

    कुन नेताले आजसम्म जनतालाई जुलुसमा भन्दा विकासका काममा लाम लगाएको? चन्दा केका लागि सभा समारोह, बन्द हड्ताल मिटिंग बैठक र महादिवेसनका लागि चन्दा? लाठी काटिन्छ,हतियारमा धार लाग्छ, अनि जुलुस रोडमा निकालेर मन्चमा ठुलो स्वरले अर्को पार्टीका मानिस मार्ने झगडा लाउने उतेजक भासण हुन्छ/

    यसको बदलामा बाटो बनाउने काम गरे हुने हो नि/ विकासका अरु काम गर्न मिदैन र?????????????

    मन परो वा परेन: Thumb up 7 Thumb down 0

    [Reply]

  • Ram prasad ghimire Florida

    thank you Raj jee yahale lekhnu bhayeko kura laie sabya bhasha ma lekhnu hola thank you god bless you

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree