नेपाल प्रहरीलाई फ्रान्सेली पोशाक
गुगल सर्च गर्दै जाँदा आज एउटा रोचक जानकारी पाइयो । नेपाल प्रहरीको यूनिफर्म (पोशाक) बारे । हाम्रा धेरै चिज भारतबाट आउँछन् । करकाप, डर, धम्की, बाध्यता, सांस्क्रितिक र भौगोलिक निकटता । अनेक कारणले गर्दा सियोदेखि फाली र जाली देखि नालीका सामानसम्म भारतमाथि भर छ । तर सायद त्यतिखेर भारतमा नभएर हो कि, नेपाल प्रहरीको आधिकारिक पोशाक फ्रान्सबाट लगिएको रहेछ ।
राजा प्रिथ्वी नारायण शाहले सन् १७६९-१७७५ को बिचमा यूरोपेली मोडेलका पोशाक लगेका रहेछन् नेपाल । कलकत्ता भन्सार हुँदै । त्यसलाई फ्रान्सेली सेनाको सहयोगमा हतियार कम्पनीले उत्पादन गर्न थालेछ । सन् १९७० सम्मपनि नेपाल हातहतियारको विकासमा नेपाल यूरोपतिरै भर पर्ने गरेको र त्यसमा फ्रान्सेली सेनाको सहयोग रहेको उल्लेख छ ।
नेपाल प्रहरीको ह्याट र कोट फ्रान्सेली सरकारले बनाउने रहेछ । नेपाल सरकारको अनुरोधमै
त्यसरि फ्रान्सले उत्पादन गरेको रहेछ । कोटमा त्यो बेला हाम्रो राष्ट्रिय झण्डामा अंकित सूर्य र चन्द्र राख्ने चलनपनि रहेछ । हेर्नुस् त त्यतिखेरको पोशाक कति सुन्दर र बलियो देखिन्छ । अहिले त सारा भारतबाट आउँछन् क्यारे । फ्रान्समा बनेका पोशाक अहिलेपनि बलिया हुन्छन् नै । तर सायद भारतबाट किनिने हालका पोशाकको लागत कम पर्छ कि !
त्यसपछि सन् १८५० को २ अक्टोबरदेखि १० सम्म राणा प्रधानमन्त्री जंग बहादुरले फ्रान्सको भ्रमण गरे । यो नेपालको तर्फबाट पहिलो आधिकारिक भ्रमण थियो । उनी भ्रमणमा आएका बेला तत्कालिन फ्रान्सका शासक नेपोलियन तेस्राले उनलाई यो (चित्रमा) तरवार उपहार दिएका रहेछन् ।
त्यतिखेर किन लगियो फ्रान्सदेखि यस्ता पोशाक ? अचम्म छ । यसको आधिकारिक जानकारी कतै पाइन्न । फ्रान्सेली पोशाक स्तरिय भएकैले त अवस्यै होइन । किनभने भारतमा बेलायती शासक थिए । एउटा संभावित कारण के हुन सक्छ भने भारतमा बेलायती उपनिवेश भएकाले तिनको विरोधमा वा बेलायती उपनिवेशबादी चिनतनलाई बढावा नदिनकालागि रहेछ कि ?


–एउटा संभावित कारण के हुन सक्छ भने भारतमा बेलायती उपनिवेश भएकाले तिनको विरोधमा वा बेलायती उपनिवेशबादी चिनतनलाई बढावा नदिनकालागि रहेछ कि ?—
यो सबल तर्क लाग्यो मलाई पनि . किन भने यदि हाम्रा बडामहाराज प्रिथिब नारायण शाहको चिन्तन ऐलेको हाम्रा महान
नेताहरु जाबो शूद हरु लाई पनि माईबाप नै सम्झिन्छन् — का
जस्ताको चिन्तन हुदो हो त सत्य सत्य त्यो बेला प्रिथिबीले
तिनै बेलायतिहरुको चाकरी गर्दा हुन् अनि तिनै मार्फत निर्मित
सामान प्रयोग गर्दा हुन् —
तर त्यसो नगरी फ्रान्समा निर्मित समान प्रयोग गर्नुले त्यो बेलाको हाम्रो नेपाल र हाम्रा नेपालीको स्वाभिमानी शिर कति उचो थ्यो —
अहा ! कल्पना गर्दा पनि मन यसै यसै फुरुंग हुन्छ बाबै नेपाली
हुनुको नाताले !
सार्बभौम सम्पन स्बतन्त्र अस्तित्व राखेको देश नेपालको
स्बाबलाम्बी नेपाली भनेर चिनिन राजतन्त्रको भूमिका आफ्नै
ठाउँमा महत्वपूर्ण हुन्छ —
ऐलेको तालले हो भने त छिट्टै नै नेपालमा लेन्द्रूप जन्माउछ –
मन परो वा परेन:
11
1
[Reply]
राम्रो जानकारि
मन परो वा परेन:
5
0
[Reply]
राजा !
तिम्लाई नै मेरो गित
———————–
यस्तरी निस्ठुर बनिदिन्छौ भन्ने
सोचेकै थिइन मैले
भूल मेरो मात्रै होईन
तिम्रै पनि भएकै थ्यो पैले
जे भूल भो त्यो
सब बिर्सिदेउ
मात्र मनमा
एक बात लेउ
सोच ! ???!
तिमि हौ कि होईनौ ?
यो माटोको लेउ — ???!!!???–
यो माटोको लेउ –
फेरी किन पथ्थर —
जबाफ देउ ???!!!
राजा !
फेरी किन पथ्थर —
जबाफ देउ ???!!!
हो कि हैनौ
तिमि यो माटोको लेउ ???!!!
राजा !
पथ्थर किन ???
जबाफ देउ —
मन परो वा परेन:
8
2
[Reply]
Deepak Reply:
January 28th, 2012 at 9:02 pm
साएद
———
पारि छितिज को
सफा र सेतो चादी को कचौरा जस्तो
निस्पट निर्मल र कोमल
तिम्रा सब्द बाणी ले
हृदये को अनन्त अनन्त
कुना कन्दरा हरु मा
एउटा आर्तनाद जाग्यो
खै कसरि भनु ————
खै कसरि भनु ———
पाउदिन मा अब
के हि कतै अनि कुनै भेउ
के म पनि हु र ———
यहि देश अनि
यहि माटो को लेउ ?
कल्पिन्छु ———–
एकाग्र चित्त भै
फाटछ मन
सरद को तुवालो झैँ
अह कहिँ कतै
अनि पाउदिन कुनै भेउ
के म पनि हु र
यहि देश अनि
यहि माटो को लेउ ?
यहि माटो को लेउ ?
मन परो वा परेन:
11
0
[Reply]
Luna Reply:
January 29th, 2012 at 1:32 am
सायद …
छाति भरि आगो छ
देखाउँ भने
हिमाल जल्छ
म सक्तिन हेर्न
मेरो हिमाल जलिरहेको –
मुटु भरि
अथाह आशु छ
बाँध खोलू भने
पहिरो जान्छ
म सक्तिन हेर्न
मेरो माटो बगिरहेको –
न सक्छु हाँसो हासेर जिउन
न सक्छु आँशु रोएर पिउन
यो बिबशतामा
म के बोलु ?
जे छ मेरो मनको पानामा
तिमि नै भन ……
मन परो वा परेन:
7
0
[Reply]
आदरणीय दाजु दधि जी, यो कमेन्ट बिना प्रसंग यहि सिर्सक भित्र पेस्ट गरेको छु छाप्न मिल्ने भए कृपया छापिदिनु होला !!!
खाश मा यो “सरकार को योजना राम्रा तर………… भन्ने सिर्सक को लागि लेखिएको हो कारण बस ढिला हुन गयो !!!!!
जनता को परिभासा के ? बिना दल का स्वतन्त्र व्यक्ति मात्रै यो देश का जनता कि ? दल सहित का व्यक्ति पनि जनता ? अनि योदेश का कर्मचारी, सेना पुलिस,ब्यापारी , वकिल पनि जनता ? हो आज यहि यो देश मा बस्ने प्रत्येक व्यक्ति जो यो देश को नागरिक हु भन्छ त्यो मेरो परिभासा भित्र जनता हुन आउछ र मेरा केहि गुनासो यी बिबेक सुन्य जनता लाइ !!! सधै नेता लाइ मात्रै किन गालि गर्ने ? के देश को यो हालत हुनु मा बिबेक सुन्य जनता को हात छैन ?
**************************************************************************************************************************************************************
हे देश का अविवेकी जनता हो !!! हिजो पंचायेत फल्योउ ४ जना नेता लाइ स्थापित गराउने निहु मा !!कि. भ. हुदै कांग्रेस का गिरिजा प्रसाद कोइराला प्रधान मन्त्रि बनायोउ !! गिरिजा ले ल्याएका कतिपय राम्रा वा नराम्रा कार्यक्रम लागुहुन नपाउदै ” अहिले को हैजा गिरिजा लाइ लैजा ” भन्दै कहिले कर्मचारी त कहिले बिद्यार्थी को नाम बाट सडक र सदन दुइ वटै ततायोउ !!! कहिले प्रजातन्त्र को नाम मा नेपाल बन्ध कहिले प्रगतिसिल को नाउ मा नेपाल बन्ध गरायोउ !!!बहुदल लाइ बौलाहा दल मा रुपान्तरण गरयोउ तिमि जनता ले !!! कहिले माओबादी जिन्दाबाद, कहिले कांग्रेस कहिले एमाले त कहिले मधेश जिन्दाबाद को नारा मा देश लाइ बन्धक बनाउने हे अविवेकी जनता हो कुखुरा मरेको निहु मा राजमार्ग बन्ध गराउने त कहिँ स्वास्नी पोइल गएको निहुमा चक्का जाम गराउने !!! तिम्र यी निम्छरा कुकर्म ले नेपाल आमा
आफ्नै कुपुत्र हरु देखेर कति धरधरी रोइरहेकी होलिन !!!!
सरकार सडक मर्मत गर्छ तिमि टाएर बल्छोउ !!! सरकार बाटो मा रेलिंग हाल्छ तिमि भात्कौदै हिद्छोउ !!! सरकार नियम बनाउछ तिमि तोडदै हिद्छोउ !!! कहिले तिमि पेओर माओबादी हुन्छोउ यति बिघ्न क्रान्तिकारी बन्छोउ !!! भएका बिकाश का पुर्बधार तहस नहस पर्छोउ !! कहिले एमाले को प्रगतिसिल लडाका बन्छोउ अनि बाटो क रेलिंग र टेलिफोन का पोल उखेल्दै हिछोउ कहिले तिमि कांग्रेस बन्छोउ रुकुम र रोल्पा तिर का आमा दिदि बैनी हरु लाइ दिन दहाडै बलात्कार गर्न पुग्छोउ !!! अनि
आफैले स्थापित गराएका नेता लाइ फलानो चोर देश छोड भनि पनि हिड्छोउ !!! तिम्रो यहि लाचारी हो या तिम्रो बहुलट्ठी पन हो कहिले राजा आउ देश बचाऊ भन्दै हिन्छोउ !! अनि राजा ले सत्ता लिएको निहु मा फेरी देश पुरा ठप्प बनाउछोउ !!! कहिले गणतन्त्र को नारा जप्छोउ त कहिले यहि गणतन्त्र लाइ भाड तन्त्र भनि सत्तो सराप गर्छोउ !!!! भिर बाट लडेर मरेका लाइ सहिद घोसना गर भनेर चक्का जाम गर्छोउ फेरी कहिले फलेको राजालाई पुनर्स्थापित गर भनेर देश बन्ध गर्छोउ !!!! बा अहिले तिमि लाइ प्रादेशिक मोह ले यसरि गाजेको छ साएद पशुपति दर्सन गर्न आउने नागा बाबा लाइ भांग को नसाले जसरि च्यापेको छ !!! भोलि प्रादेशिक भयो भने फेरी नेपाल बन्ध भैरहने छ एकात्मक नेपाल चाहियो भनेर !!!!
जनता हो बन्ध गर देश, चक्का जाम गर, सबै तिर डढेलो लगाओं जब तिमि मुर्ख लाइ देश चाहिएको छैन भने कुन पागल नेता होला त्येश लाइ देश चाहिएको होश !!!!
नेता त आज नेपाल का नेपाली हरु का नेता ले चिनिएका छन् भोलि कुनै देश का नेपाली समुदाय का नेता होलान तर नेता नै रहने छन् !!!! उनीहरु को पद र स्तर बरु अझै ठुलो होला किन भने गरिब र कंगाल देश को नेता भन्दा धनि देश को बाबु(खरदार ) को इज्जत बढी हुन्छ !!!!!! अनि अन्त मा …………..तिम्रो के हुन्छ जनता ?????????
मन परो वा परेन:
11
0
[Reply]
Luna Reply:
January 29th, 2012 at 12:00 am
दिपक जी
जस्तो अभिभाबक अनि उसले सिकाउने संस्कार त्यस्तै छोराछोरी
अर्थात तिनले जस्तो सिस्टम बसायो परिणाम त तिनैले बसाएको सिस्टम अनुसारकै हुन्छ नि होईन र ? —
नेता भनेका हाम्रा अभिभाबक हुन् — त्यो पनि जनताले
सित्तैमा बना’ अभिभाबक होईन , पैसा तिरी तिरी —
जो जो नेता भ र सरकारमा गा’छ उनले भत्ता सुबिधा पा’छ –
अझ झन् प्रम – उप प्रम – आदि आदि ले त भू पू भए पछी
पनि भू पू फलाना — भन्दै सुबिधा लुट्या छ —
तिनलाई के स्तुति गरुन् ?
मन परो वा परेन:
7
0
[Reply]