नेपालीको यूरोपस्तरिय न्रित्य प्रतियोगिता पेरिसमा हुँदै

नेपाली एकता समाज, फ्रान्सले यस वर्षको यूरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२, फ्रान्सको राजधानी पेरिसमा यहि १५ अप्रिल, २०१२ का दिन आयोजना हुँदै छ ।

प्रत्येक वर्ष युरोपका बिभिन्न मूलुकहरुमा आयोजना गरिने भएकोले पनि यस पटक फ्रान्समा हुने कार्यक्रममा युरोपभरिका कलाकार र कलासँग सम्वधित संघसंस्थाहरुको बाक्लो उपस्थिति रहने छ । यो कार्यक्रमले युरोप महादेशमा रहेका नृत्य विधाका प्रतिभाहरुको कदर गर्ने र उनीहरुमा भएको प्रतिभालाई अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ । यस कार्यक्रम प्रमूख संयोजक निता श्रेष्ठले नेपाली कला र संस्कृतिको जगेर्ना गरि नेपाली प्रतिभाहरुको कदर गर्ने यस महान कार्यमा हातेमालो गर्न सम्बन्धित सबैसँग अनुरोध समेत गर्नु गरेकि छन् ।

अन्तराष्ट्रियस्तरमा महत्व राख्ने यो कार्यक्रमको मुख्य आयोजक नेपाली एकता समाज, फ्रान्स रहेको छ । कला र संस्कृति सम्बन्धी यस महत्वपूर्ण कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउन  अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखा; युरो नेपाल कलाकार संघ बेल्जियम, राष्ट्रिय एकता नेपाल, नेदरल्यान्ड र  अन्तराष्ट्रिय कलाकार मन्च स्पेन, पोर्तुगल, पोल्यान्ड लगायतका शाखाहरुका साथै  जर्मनी, र्इटाली लगाएत युरोपका अन्य बिभिन्न मुलुकमा रहेका  संघ संस्थाहरुसमेत सह आयोजकको रुपमा  सहभागि हुँदै छन् ।

यस नृत्य प्रतियोगिता युरोप महादेशका बिभिन्न मुलुकहरूमा रहेका नेपाली कलाकारहरूबाट हुन लागेको र यस्तो बृहत कार्यक्रमको आयोजना फ्रान्सले गर्न पाउनु सम्पूर्ण फ्रान्सस्थित नेपाली समूदायको लागि नै ठुलो गौरवको कुरा भएको नेपाली एकता समाजले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । त्यसैले यो  कार्यक्रमलाई विश्वभरि छरिएर रहेका नेपालीहरुलेनै अवलोकन गर्नुको साथै यसमा चासो राख्ने हुँदा  यसको सफलताले बिदेशमा रहेका सबै नेपालीहरुको शीर उँचो बनाउने छ ।

यस प्रतिष्पर्धात्मक नृत्य कार्यक्रममा सहभागी हुन चाहने कलाकार वा सम्बन्धित संघसंस्थाहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्रदान गरी सहजता प्रदान गर्न युरोपका विभिन्न मुलुकहरुमा सम्पर्क ब्यक्तिहरु छन् । प्रतियोगितामा विजयी कलाकारहरुका लागि उचित पुरस्कार र प्रमाण-पत्रको ब्यवस्था गरिएको छ ।

 प्रतियोगिता सम्वन्धी नियम-

१)      प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।

२)      नृत्य एकल हुनुपर्नेछ ।

३)      प्रतियोगीले नृत्य गर्ने गीत आफैंले छनौट गर्नुपर्नेछ । 

४)      प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन । 

५)    प्रतियोगीको उमेरको हदबन्दी तोकिने छैन ।

६)      प्रतियोगितामा ब्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाईने छ । तर संस्थागत      प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।

७)      नृत्य गर्ने गीतको समय बढिमा ५ मिनेटको हुनुपर्नेछ ।

८)      नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैंले व्यावस्था गर्नुपर्नेछ ।

९)      प्रतियोगीले लोक (लोक आधुनिक,लोक शास्त्रीय,लोक चलचित्र,ईत्यादि) र आधुनिक 
         (नेपाली पप, आधुनिक,जाज, ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई     वटा गीतमा अनिवार्य नृत्य गर्नुपर्नेछ ।

१०)  प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित       आयोजकद्वारा उपलब्ध गराईने फारम भरि बुझाउनुपर्नेछ ।

११)  आवेदन फारमका साथमा आवेदन शूल्क वापत यूरो २५ बुझाउनु पर्नेछ

१२)   प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निवेदनका

     साथ उपलब्ध गराउनुपर्नेछ ।

१३)  सहभागिताको लागि निवेदन दिने अन्तिम मिति ३० मार्च २०१२ सम्म हुनेछ ।

१४)  प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन

    नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।

१५)  मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन

१६)  प्रतियोगितामा भाग लिने प्रतियोगिलाई खाजाको ब्यवस्था गरिनेछ । अन्य सम्पूर्ण

    व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्नेछ ।

१७)  नृत्यको मुल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य

    आदिलाई आधार मानिने छ । 

१८)  प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ ।  उक्त

    समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ । 

१९)  प्रथम, द्वीतीय र त्रीतीय हुने प्रतियोगीलाई क्रमश: ७०० (सात सय), ५०० (पाँच

    सय) र ३०० (तीन सय) युरो नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई समेत बिशेष पुरस्कार स्वरुप टोकन अफ लव र प्रमाण-पत्र प्रदान गरिनेछ । 

 कार्यक्रमसम्बन्धी थप जानकारीका लागि निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सकिनेछ ।

 श्री निता श्रेष्ठ (फ्रान्स)         +33634068070      

श्री प्रमोद पाण्डे (फ्रान्स)                0033 682874463      

श्री जगत खड्का ( फ्रान्स)             0033 627664762      
श्री पुष्प बरुवाल – (नेदरल्यान्डस)   0031 681303312      
श्री साबी रिजाल – नेदरल्यान्डस   0031 686295102
श्री उज्वल केसी (बेल्जियम)      0032 488288783
श्री पदम गुरुङ (बेल्जियम)       0032 485123590
श्री शिखर खड्का (जर्मनी)        0049 15229203914
श्री कमला दाहाल (जर्मनी)        0049 1782892393
श्री अर्जुन कफ्ले (स्पेन)               0034 666982512      
श्री चुनु बानिया (स्पेन )                0034 633342715      
श्री राजेन्द्र लम्साल (स्पेन)            0034 698283351      
श्री मित्रलाल पार्दे (पोल्यान्ड)           0048 513742205      
श्री कमल बिष्ट (पोर्तुगल)             0035 1916823756      
श्री हिरा कर्मचार्य (इङ्ल्यान्ड)          0044 1424402498      
श्री राधिका क्षेत्री ( इटाली)             0039 3272880249      

 (समिरा बरुवालको तस्विर पुष्प बरुवालको फेसबुकबाट तानिएको हो)

  • Kalki dhakal

    ल ल दाम्मि नाचेर फस्ट हूनु

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree