सूचनाको हकमाथि प्रधानमन्त्रीको भोटेताल्चा

कहिलेकाहिँ अचम्म लाग्छ, सबैभन्दा विद्वान प्रधानमन्त्री भनिएका बाबुराम भट्टराईको मति भ्रष्ट भएको देखेर । काम र निर्णय देखेर । उनी जे काम गर्छन् आलोचित भैहाल्छन् । जे निर्णय गर्छन् त्यो हत्त पत्त लागू हुन्न । बरु आफ्नै खुर्मुरिन्छन् आफैंले खनेका गौंडामा । आफू मात्रै बदनाम भए त हुने नी ! माओवादी पार्टीलाइ नै बदनाम गराउँदै लगेका छन् ।

देशको सबैभन्दा ठूलो शक्ति र ओहदामा पुगें भनेर उनी अन्धा भएका हुन् की ? कि शक्तिले मैमत्त भएर हो ? दश वर्षसम्म आफैंले लुकि लुकि लेख्ने र पढ्ने गरेका, बोल्न नपाएर हैरान पारिएका थिए उनी । जनताको सूचनामाथि बन्देज लगाएर कांग्रेसी प्रधानमन्त्री शेर बहादुर देउवा र ज्ञानेन्द्रले नेपाललाइ बेइज्जतिको नमूना मुलुक बनाएका थिए । अहिले डाक्टर सापले त्यसैको सिको गर्न नखोजेपनि जनताको सूचनाको अधिकारमाथि ताल्चा ठोक्न सरकारी कार्यालयलाई निर्देशन दिएका छन् ।

डा सापलाई राम्रोसित थाह छ, अहिले देशमा सबैभन्दा सशक्त भनेकै मेडिया हुन् । सरकारका बेथिति, मनपरी, घुसखोरी, नालायकी, राजनितिक दलका कमजोरी र घुसपैठ अनि अपराधिकरणको शसक्त बिरोध गर्ने भनेकै मेडिया छ । राज्यको उपस्थिति लगभग नगण्य छ । जहाँ छ त्यहाँपनि कार्यालयका लेटर प्याड, तलब लिएको रसिद र साइनबोर्डमा सिमित छन् । अपराधिकरण यति मौलाएको छ कि जनतालाई न्याय दिनुपर्ने सुरक्षा क्षेत्रका उच्च अधिकारी देखि कानुन बनाउनु पर्ने, जनतालाई राहत दिनुपर्ने सभासद सम्म हत्या र अपहरणमा मुछिएका छन् । सांगठनिक लूट, अपराधीकरण, अपहरण र भ्रस्टाचार मौलाएको छ । सरकार यसलाई न्युन गर्न लगभग शुन्य देखिएको छ ।

यहि चुनौतिका बेला अनेक धम्की र जोखिम मोलेरपनि मेडियाले त्यसलाई लगातार बाहिर ल्याएर सरकारलाई सहयोग गरिरहेको छ । यस्तो बेला विद्वान प्रधानमन्त्रीले नेपाली मेडियालाइ अझै सहयोग र शसक्त बनाउनुपर्ने हो । अझै ढाडस र संरक्षण दिनुपर्ने हो । तर उनको सरकारले वाहियात तर्क गर्दै १४० प्रकारका सूचना गोप्य राख्न सरकारी कार्यालयहरूलाई लिखित उर्दी दिएको छ । यसो गरेर उनले कसको सेवा गर्न खोजेका हुन् ? कसको बचाउ गर्न खोजेका हुन् ? पारदर्शी राज्य सञ्चालन गर्छु भनेर डिङ हांकेका उनले सूचनानै गोप्य राखेर कस्तो पारदर्शी राज्य चलाउन खोजेका हुन् ।

सूचनाको हकसम्बन्धी ऐनले  सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर खलल पार्ने र साम्प्रदायिक सद्भाव भड्काउने खालका सूचनामाथि बन्देज लगाएको छ । यो बुझ्न सकिने कुरो हो । नेपाली मेडिया यसमा गम्भिर रहँदैपनि आएका छन् । त्यसलाई जसले पालना गर्दैन उ माथि कानुनी कारवाहीको अधिकार सरकारसित सुरक्षित छ । नपुगे थप बनाउन सक्छ । थप जिम्मेवार बनाउन सक्छ मेडियालाई । तर अहिले त माओवादी नेत्रित्वको सरकारले के के मा मात्रै बन्देज गरेको छैन ? मन्त्रिपरिषद्मा लगिएका विषय र विचाराधीन प्रस्ताव, संवैधानिक परिषद्का सिफारिसहरू, मन्त्रिपरिषद्ले गरेको राजदूतको सिफारिस, संसद्ले राष्ट्रपतिलाई गरेका सिफारिस, अख्तियार या प्रहरीले अनुसन्धान तहकिकात गरिरहेका विषयहरू, एयरपोर्ट, रेडियो तथा टेलिभिजन स्टेसन, भन्सार चेकपोस्ट, दूरसञ्चार, विद्युत् गृह, सिँचाइ, नहर, पुल, पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था, सुख्खा बन्दरगाहको डिजाइन र नक्सासम्बन्धी विवरणमा समेत बन्देज गर्ने निर्णय सहित संवन्धित कार्यालयमा परिपत्र गरेको छ ।

ए बाबा नाथे राजदूत सिफारिस गरेकोपनि सूचना लुकाउने ? किन ? सर्बोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेका बालक्रिष्ण ढुंगेल जस्तालाई सुटुक्क राजदूत बनाएर पठाउन ? भन्सारको समाचार किन लुकाउनु पर्‍यो ? भारत र चिनबाट ट्रकका ट्रक हतियार ओसार्न ? विमानस्थलबाट वामदेव गौतमले झैं बोराका बोरा सुन ओसार्न ? नत्र केका लागि सूचनामा बन्देज गर्ने ? काला ब्यापारीसित मिलेर अरबौंका अरब लुट्ने, देशलाई कंगाल बनाउने गर्न ? देशमा लुट, भ्रस्टाचार, मनपरीतन्त्र, बेथिति, कालो बजारी, अपहरण, भन्सार छलीलाई बढावा दिएर मुलुकलाई सत्यानास पार्न ? कहांबाट कसले र केका लागि यतिधेरै थरीका सूचनामा बन्देज लगाउन उक्साइरहेको छ ? बिद्वान डाक्टरलाई कुन महाविद्वानले कहाँबाट सञ्चालन गरिरहेछ ?

हामी सबैभन्दा ठूला प्रजातान्त्रिक शक्ति । हाम्रो पार्टी जति मुलुक र राष्ट्र अनि नागरिक प्रति कोहि जिम्मेवार छैन । यो देशको चिन्ता र जिम्मेवारी लिने हामीनै हो । सूचनाको हकमा त माओवादीलाई कसैले उछिन्नै सक्दैन । निर्वाध स्वतन्त्र हुनु पर्छ । हामी पारदर्शी ढंगले मुलुक हाँक्छौं । डाक्टरसापले निरन्तर दिएका हैनन् यो रटान ? अझ माओवादी पार्टीभित्रपनि उनको पक्ष अझ अब्बल दर्जाको प्रजातान्त्रिक, लोकतान्त्रिक रे ! उनैको नीति पारिद हुन्छ रे पार्टीमा सधैं ।

राज्यका संवैधानिक निकाय, प्रशासन, राजनितिक नेता र प्रशासक पुरै अपांग भएको यो बेला भएका सूचनामाथि बन्देज गरेर कस्तो प्रजातान्त्रिक मुलुकको कल्पना गरेको हो माओवादी सरकारले ? आखिर अहिले सरकारको जिम्मेवार निकायलाई मेडियाले जति सूचना दिइरहेको छ के त्यति राज्यका अन्य अंगले दिएका छन् ? राज्यको बीना लगानीमा सञ्चालित मेडियाले देश र जनताप्रति यत्रो जिम्मेवारी लिइरहेका बेला, जोखिम मोलिरहेका बेला राज्यले सूचनाका बाटामा तगारो हालेर गर्न खोजेको के हो ? राज्य किन मौन बसिरहेको छ यो विषयमा ? यसमा माओवादी पार्टीको धारणा के हो ? किन चुपचाप छन् हिजो डोकोमा रेडियो बोकेर बिरालाले पाठा सारेझैं सार्दै हिंडेका कामरेडहरु ?

बिदेशबाट आयातित ईन्धनको भाउ घटाउनुपर्छ भन्दै आफ्नै सरकार बिरुद्द बाटामा राँको दन्काउँदै हिँड्ने स्वच्छ कामरेडहरु कता छन् यति बेला ? किन खुल्दैनन् तिनका मुख ? के कामरेडहरुलाई लागेको छ अब सरकारमा गैहालियो, प्रमुख पार्टी भैहालियो । अब सूचनाका गौंडा गौंडा थुनेर मनपरी राज्य चलाइन्छ भनेर ? खोला तरेर लठ्ठि मिल्काउनेहरुले सोचे हुन्छ, नदीका भंगाला अगाडिपनि आउँछन् । एक पटक तरेर मिल्काउने बैगुनी कहिल्यै सफल हुन्न । नेपाली मेडिया यस्ता छलकपट, मनपरीतन्त्र, जबर्जस्ति, तानाशाहीतन्त्रलाई धराशायी बनाउन सफल छ, राणा शासनदेखि हुँदै आएको ईतिहास छ । बाबुराम भट्टराइको यो दुस्साहसलाइपनि सफल हुन दिन्न । बरु बदनाम भएर मरन्च्याँसे स्वरमा माफी माग्दै फिर्ता लिनु भन्दा अगाडिनै सोचेको राम्रो डा सापले । आफू त खाडलमा भासिँदै गएकै छन् उनी, समग्र माओवादी पार्टीलाइसमेत आफैंसित घसारेर खाडलमा नजाकुन् ।


  • मुर्खलाइ सम्झाउन सजिलो हुन्छ बीद्वानलाई गारो भन्थे हो रैछ | अनि बाबुराम पनि उही डयांगको मुला न हो | हिजो पनि स्वतन्त्र पत्रकार माथी सबै भन्दा धेरै जाइलाग्ने यही फटाहा हरुको झुण्ड (माओबादी) नै त हो नी | यीनी हरुको सर्बसत्ताबाद लाद्न खोजेको हो नेपाली जनता प्रती | १० बर्ष अगाडिका जनता र आजका जनता लाइ एउटा नजरले नहेरे हुन्छ कमरेड हरु | की सहयोग लाख की साथ भनेर हिजो जे गरेउ अब त्यो चल्ने वाला छैन | यो माओबादी हरुको निती नै हो यसमा किन झस्कीने ? तर यस्तै नहुदो मात्र गर्दै गए बाबुरामले आफ्नो दिन गन्ती सुरु गरे हुन्छ |

    मन परो वा परेन: Thumb up 12 Thumb down 7

    [Reply]

  • prabin dhakal

    माथि को कार्टून राम्रो लाग्यो, अबा हुंदा हुंदा पोल खुल्ला भनेर सूचना माथि पानी बन्देज गर्ने? कती सम्म को गिरेको सरकार, अबा फेरी सर्बोच्चा अदालत ले देखाउला प्रधानमंत्री लाई, राष्ट्रपति किन चुप लागेको होला, बोलने मौका मा बोल्नु नि

    मन परो वा परेन: Thumb up 10 Thumb down 5

    [Reply]


  • खै कुरा बुझिनसक्नु भो !
    यसो सोच्दा यति मात्रै भन्न सकिन्छ कमिलामा प्बाखं
    पलाए पछी के हुन्छ त्यै हुने त होईन बाबुराम सहितका
    माबोबादीहरु ???!!!—
    अचम्मै हो सूचनाको हकमाथी भोटेचाल्चा ! ओह ! बिस्वास गर्नै
    गाह्रो भईरा’को मनमा — ???
    अब मिडिया हुदै जनताले भन्छ ‘ सूचनाको हक खोस्न पाईदैन !
    अपारदर्शी सरकार चाहिदैन !! ‘

    मन परो वा परेन: Thumb up 14 Thumb down 0

    [Reply]

    Deepak Reply:

    यहा सबै लाइ
    अधिकार नै चाहिएको छ
    लोग्ने लाइ पुरुस अधिकार
    स्वास्नी लाइ महिला अधिकार
    तन्नेरी लाइ
    युबा अधिकार
    बालक लाइ
    बाल अधिकार
    किसान लाइ क्रिसक को अधिकार
    ब्यापारी लाइ ब्यापार को
    अधिकार
    रोगि रोग ले मरिरहोस
    डाक्टर साब लाइ
    चाहिएको छ अधिकार
    बिद्यार्थी लाइ
    चाहिएको छ अधिकार
    राष्ट्र को पति भएर
    बिराज मान हुने देखि
    सुन्तली, बटुली का पति सम्म
    लाइ चाहिएको छ अधिकार
    ****************************
    सबै तिर बोलवाला छ त्यो
    बलिस्ट अधिकार को
    कठै ………..कठै
    रछ्यान मा मिल्किएको
    फोहोर को डङ्गुर मा
    फ्यालिएको अनि
    बागमती मा सेलाइएको
    ……….सिबरात्रि मा
    दछिनतिर बाट हुल का
    हुल आउने
    नागा बाबा हरु लाइ
    दान दिएर पठाइए को
    त्यो अधमरो अनि त्यो
    त्यो नकचरो ………….
    कर्तब्य …………………
    कर्तब्य ? ?
    हो हामि बिना कर्तब्य का
    बिना दायित्व का
    बिना मर्यादाका
    संबेदन हिन ,
    सालिनता हिन
    एउटा पतित सरिर
    फगत एउटा
    जिउदो लास
    ढाक्ने नागा बाबा होउ !!

    मन परो वा परेन: Thumb up 10 Thumb down 0

    [Reply]

    Luna Reply:

    पिताम्बर पहेलो
    रक्त रातो
    हरित हरियो
    मिडियाको आँखा अखबार
    सरकारको रंग अनुसारको चस्मा मिडियाको आँखामा ?
    गोरुको आँखामा हरियो चस्मा
    पहेलो पराललाई हरियो घाँस सम्झी दृस्टी भ्रममा रहेको गोरु
    जनताको मिडियालाई गोरु बनाईए पछी –

    मिडियाको कान मुलुकको धड्कन
    यिनको कानमा रुई कोचे पछी
    यहा जस्तो सुकै उत्पात होस्
    भूकम्प आओस्
    या पहिरो जाओस्
    रुई कोचेका कानहरु
    ‘ तथस्ट ‘ —

    जनताको आबाज बोल्ने मिडिया
    ओठ सिएर बसे पछी
    सरकारको एकल गित
    न ताली
    न गाली
    अहा ! क्या मुर्दा शान्ति –

    संबिधान बनाउने कुरामा असहमति भईरहे पनि
    नेपाल लुट्ने सड्यन्त्रमा अपार सहमति गर्न सफल
    हाम्रा नेताहरुलाई
    बधाई दिन ढिलो नगरौ !

    मन परो वा परेन: Thumb up 5 Thumb down 1

    [Reply]

  • Kamal Thapa

    सानो परिवार शुखी भन्थे/ हामी नेपाली पो धेरै भैएछ कि जस्तो लाग्न थाल्यो/ जसले राम्रो गर्ला भन्यो उही पो खराब छ/

    यो त्यो जे गरे पनि उल्टो छ/

    मन परो वा परेन: Thumb up 9 Thumb down 0

    [Reply]

  • subba

    राष्ट्रपति जब बोल्छ केहि पक्कै हुनेछ, २-४ जना आफ्ना पार्टीका कार्यकर्ता अघिपछि छन् भनेर मन लागि गर्दैछन डा सापले तर परिणाम आफै थाहा पाउछन / केहि दिन त होनी ………. दुध उम्लियो भने पोख्खिन्छ भन्ने उखान सबै थाह भयकै हो नि !

    मन परो वा परेन: Thumb up 8 Thumb down 2

    [Reply]

  • Khemraj Maden

    अब नेपाली जनताहरु धेरै शिछित भए, पत्रकारहरु पनि आफ्नो आफ्नो पार्टीको झोला बोकेर सत्य साचो कुरोहरु घुमायै फिरयै आफनै तरिकाले आफु र आफ्ना पार्टीको स्वार्थको लागि मात्र लेख्न थाले – म जस्तो अलि अलि लेखपढ गर्न सक्नेलाई झिलिमिली झाई गर्ने भए/ अखबार पढेर म जस्ताहरु सडक बन्द, स्चूल बन्द, कार्यालयहरु बन्द, नेपाल बन्द गर्न सजिलैसंग हूइकिनेय् भैयो/ कुनै राम्रो योजना बनायो पत्रकारहरुले आफ्नै तरिकाले प्रसार गरिदियेपछी अबरोध र बन्दहरु औनेय्नै भो/ सायद लोकतन्त्र र प्रजातन्त्र पत्रकारहरुमा बेसी भएकै कारणले भोटे ताल्चा लगाउनु खोजिएको त हैन? खै ताल्चा लगाएर त के साध्य होलार आजको युगमा/ बल्ल बल्ल आफ्नो देशको बिसयमा खबरहरु पदने मौका मिलेको थियो अब त्यो पनि बन्द हुने भो त?

    मन परो वा परेन: Thumb up 4 Thumb down 1

    [Reply]

  • shiva

    पारदर्शी , प्रजातान्रिक र न्यायिक सरकार चलाउन माओबादी जस्तो भ्रष्ट र बैमानहरुको वशको कुरो होइन | आफु मनलागी काम गर्न खोज्दा संचार को माध्यम बाट आम नेपाली सम्म ले विरोध गर्दै जवाफ मागेपछि भट्टराई सरकार झस्किएर हठात् यो निर्णय गरेको हो | यो ज्ञानेन्द्रको भन्दा पनि पस्चगामी सोच हो र यसले माओबादीको सत्ता कब्जा गर्ने नियतलाइ देखाएको छ , यसभन्दा अघि मात्र भट्टराई सरकारले जनसत्ताको कारोबारलाई मान्यता दिने एकलौटी र गोप्य निर्णय गरेको थियो | तर यो विषय पत्रकारहरुको मात्र चासोको विषय होइन यसमा बार , उपभोक्ता मंच , नागरिक समाज र बिद्यार्थी सम्पूर्ण मिलेर सशक्त आवाज उठाउन जरुरि छ | हामीसंग इतिहास छ , निरङ्कुश र तानाशाही सत्ता अनि उसको जनविरोधी निर्णय एउटा मात्र संघसंस्था को प्रयास ले उल्टाउन सकिन्न |

    मन परो वा परेन: Thumb up 8 Thumb down 5

    [Reply]

  • madan bajracharya

    मात्र यति भन्छु यो व्यक्ति लोकतान्त्रिक होईन/ अरु कुरा लेख्न त् के थुक्न पनि मन लागेन/

    मन परो वा परेन: Thumb up 5 Thumb down 5

    [Reply]

    Luna Reply:

    मदन जी
    कुन व्यक्ति लोकतान्त्रिक होईन ?

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • Hoina o Nepal sathi ho BABURAM.Kunbariko.ho.jagalinai.ho

    मन परो वा परेन: Thumb up 3 Thumb down 1

    [Reply]

  • madan bajracharya

    लुना जी
    मैले कतै यो अहिलेको तथाकथित लोकतन्त्रलाई “बाबुरामतन्त्र” भनेर लेखेको थिएँ/ म गलत भय सहि भय बुझ्न त्यो प्रतिक्रिया फेरी पढ्नुस/
    हुने बिरुवाको चिल्लो पात नहुनेको………कुरा तेस्तै नै हो/ संगै बसेकाले सक्कली को नक्कली को छुट्याउन सक्छ/ बुझ्नेलाई इसारा काफी होईन लुना जी?

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

    Luna Reply:

    आपुई ! तपाईको प्रतिक्रिया त्यस्तो पो रैछ !
    तर कस्तरी नबुझ्ने गरि लेख्नु भा हो !
    म त तपाईले कतै यो लेखका ददी जी लाई गालि गर्नु भा
    पो हो कि भन्ने ठानी’रा —

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

    madan bajracharya Reply:

    लुनाजी
    ब्लग लेखिकाले मलाई चित्त नबुझ्ने कुरा लेखे पनि म गालि गर्न सक्दिन आआफ्नो विचार व्यक्त गर्ने अधिकार सबै सिट हुन्छ/ तर उताको केटा जस्तै बनेका नेतालाई चाहि गालि गर्न छोदिन्न, परिणाम चाहे जे होस्/

    बाबुराम उहिले देखि पार्टी भित्रै बिबादास्पस्त व्यक्ति हुन् भारत परास्त भएको आरोप लागेको व्यक्ति हुन्/ तपाईले बाबुराम र प्रचंद्रले बोलेका गरेका कुराहरु तुलना मात्रै गर्नु भएमा उज्यालो र अँध्यारो जतिकै फरक देख्नु हुनेछ/

    सानो उदाहरण मात्रै:
    प्रचंद्र भारतलाई “तँ नेपालको सत्रु भनेर “लोप्पा” खुवाउने, बाबुराम भारतलाई “हजुर” भन्दै “बिप्पा” तक्राउने” /

    कुरा मावोबादीको समर्थन गर्ने बा बिरोध गर्ने कुरामा सिमित छैन/ कुरा हो जव नेपाल भित्र नेपालको उद्द्योग पति ब्यापारीहरु आय दिनको हड्ताल बन्दको कारण हैदान हुँदै आएको छ र उनीहरको नोक्सानीको लागि बाबुरामले कुनै ब्यबस्था गर्न जरुरि पनि थानेंन/ तर भारतियको लगानी भएको उद्द्योग व्यापारमा हड्ताल बन्द को कारणले नोक्सानी भएमा रास्ट्रले ब्यहोर्छु भनेर ल्याप्चे लगाउने बाबुराम बास्तवमा को हो?

    बिप्पा सैधान्तिक रुपमा सहि हो तर एस्तो ब्यबस्था पहिला देसको नागरिकहरुको लगानी भएको उद्द्योग ब्यापारीहरुको निमित गर्नु पर्ने थियो/ विस्तारवादी भारत सिट यो हद सम्म झुकेको बाबुरामलाई म कसरि मावोबादी मानु लोकतान्त्रिक मानु ?

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

    Luna Reply:

    मदन जी
    मैले तपाईको कुरा बुझे —-
    हार्दिक धन्यबाद आफ्नो मनमा लागेको कुरा जस्ताको तस्तै भन्ने साहस राख्नु भएकोमा !
    मदन जी
    यसरी तपाईले जसरी सत्य तथ्य कुरा राख्न मान्छे हरु डराएको
    हो कि नबुझेरै चुप चाप भा हो ?!
    मदन जी
    किन डराउछ मान्छे यसरी ५०० / १००० / या बर्षौ बर्ष बाँच्छ जसरि —- ???!!!!
    हाम्रो जिबन माटोको कण हो भने जे हो त्यो सत्य बोल्न किन
    डराउने ?!
    मदन जी
    त्यै भ र मैले तिम्लाई मेरो साथी भन्या .
    सत्य बोल्ने मान्छे मलाई असाध्यै मन पर्छ .

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree