आफ्ना मान्छे नेपाल पठाउन के के चाहिएछ फ्रान्सेलीलाई ?

dsc04631.JPG

हामीले सधैं आरोप लगाउँथ्यौं-बिदेशमा रहेका नेपाली दुतावाहरु भोज भतेर, जमघटमा सिमित भए । भिसा दिने, पासपोर्ट बनाउने, मोज गर्ने अनि कार्यकाल सिध्याएर हिँड्ने । त्यो सबैलाई चुनौति दिँदै अगाडि बढेको छ पेरिसस्थित नेपाली दुतावास । अघिल्लो महिना यस्तै रचनात्मक काम गरेको थियो दुतावासले । अहिले फेरि त्यस्तै अर्को रचनात्मक काम गरेको  छ । त्यति बेलाको ब्लग यहाँ क्लिक गरेर हेर्नुहोस ।

dsc04594.JPG

(देब्रेबाट क्रमश: दुतावासका तेस्रा सचिव सागर फुयाल, कार्यवाहक राजदूत जिवनप्रेम जिवनप्रकाश श्रेष्ठ र पेरिसका नेपाली ब्यापारी बिनोद ओझा। ओझा राजदूतको मन्तब्य फ्रान्सेली भाषामा अनुवाद गर्दै थिए ।)

नेपाल सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्ष मनाउने घोषणा गर्न नपाउँदै यहाँका कार्यवाहक राजदुत जिवनप्रेम प्रकाश श्रेष्ठले त्यसमा हैंसे गर्न शुरु गरिसके । त्यसलाई साथ दिइरहेछन दुतावासका तेस्रा सचिव सागर फुयालले । नेपालमा आफ्ना पर्यटकहरु पठाउन के के बाधा ब्यवधान, समस्या र गुनासा छन फ्रान्सेली ट्राभल एजेन्सीहरुका । उनीहरु नेपालमा आफ्ना पर्यटक पठाउन केके सुधार गर्नुपर्ने औंल्याउँछन । तिनका गुनासा, जिज्ञासा, अप्ठेरा, कठिनाई, कौतुहलता, गार्हो साह्रो बुझ्न भन्दै दुतावासले गएको बिहीबार बोलायो फ्रान्सेली पर्यटन ब्यवसायीलाई ।  तिनका गुनासा र अप्ठेरा फ्रान्समा बसेर कत्तिको निकटबाट हेरिरहेका छन त नेपालीले ? चाखलाग्दो हुन सक्छ भन्दै बोलाएको थियो केहि नेपालीलाईपनि ।

dsc04590.JPG

(दाहिनेपट्टिका डा डिडिए बेर्ना जो फ्रान्सको नोर्मदी क्षेत्रमा नेपालका लागि महावाणिज्यदूत हुन । यिनले नेपालकालागि पर्यटकिय लगायत थुप्रै सहयोग गर्दै आएका छन । देब्रेतिरका एनआरएन फ्रान्सका अध्यक्ष अशोक न्यौपाने।)

 मैले त्यतिबेलै फोटो र समाचार राख्न खोजें तर त्यत्रा फोटा खिचेरपनि क्यामराबाट कम्प्युटरमा सार्ने बेला प्राविधिक कठिनाईले ज्यान जाला सकिन । त्यहि भएर आज बल्ल राख्दै छु ।

picture_067.jpg 

            (सहभागीलाई कुमारी न्रित्य देखाउँदै वालिका जैन श्रेष्ठ।)

कार्यक्रम राम्रो आयोजना गर्न खोजेका हुन जिवनप्रकाश श्रेष्ठले । कि पढेर कि परेर जानिन्छ भन्छन । उनी परेरै जान्न खोज्दैछन । कार्यक्रममा नेपालको सांस्क्रितिक सम्पन्नतालाई प्रचार प्रसार गरिनुपर्ने माग गरिरहेका बेला सानी नानी जैनु श्रेष्ठले बेजोडको कुमारी न्रित्य देखाएर चकित पारिन ।

picture_058.jpg

            (उनै जैन श्रेष्ठ । उनको न्रित्यले सधैं प्रशंसा पाउने गर्छ।)

पछि हरेक नेपाली कार्यक्रममा यस्तै न्रित्य देखाए यहाँका पर्यटन ब्यवसायि समेत आकर्षित हुने सुझाब दिइएको थियो । आफुले फ्रान्सेली ब्यवसायिका गुनासा र अप्ठेरा सुन्न चाहेको र तिनलाई सकेसम्म पुरा गर्नतर्फ लागिने बताए श्रेष्ठले । आफुले पुरा गर्न नसकेका अप्ठेराहरु नेपाल सरकारसमक्ष गम्भिरतापूर्वक राखेर पुरा गराउन पहल गर्ने बचन दिए । फ्रान्सेली पर्यटक अझ बढि नेपाल पठाउनकालागि फ्रान्सेली मित्रहरुबाट आएका सुझावलाई दुतावासले सक्दो पुरा गर्ने समान खालको प्रतिबद्दता थियो फुयालकोपनि ।

के के दिए त सुझाब फ्रान्सेलीले ? 

म यहाँ ककसले के के बोल्यो भन्दापनि निचोडलाई बुँदागत रुपमा राख्छु-

-काठमाडौंमा फोहोर प्रदुषणलाई थान्को लगाउनुपर्‍यो ।

-यातायातको सुबिधा अलि बिस्तार गर्नुपर्‍यो, पोखरा जाने पर्यटक बस मात्रै भएर पुगेन, अन्यत्रपनि हुनु पर्‍यो।

-गाउँ गाउँमा कसरि पुग्ने? स्थानिय हवाई सेवालाई बिस्तार गर्नुपर्‍यो । भएका र सञ्चालितपनि तारन्तार रद्द गरेर दुख दिनु भएन ।

-नेपालमा पहिले त पर्यटक लैजानु पर्‍यो । कसरि लाने ? पर्यटक बोक्ने ठुला बिमान छैनन सिधा काठमाडौं जाने। भारत वा अन्य देशतिर रोकिँदै जानु सजिलो छैन । त्यसैले पेरिस, बेलायततिरबाट सिधा हवाई सम्पर्क गराउ

-सरकारी बिमान कंपनीले विश्वास गुमायो, भरभर्दो बनाउ ।

-फ्रान्सेलीले नेपाल भन्नासाथ हिमाल मात्रै ठान्छन । नेपालमा हिमाल मात्रै छैनन। नेपालका सांस्क्रितिक संपदा जनजिवन तथा प्राक्रितिक सम्पन्नतालाई प्रचारप्रसार गर ।

-गुणात्मक पर्यटक मात्रै भनेर के गर्ने ? सबै खालको पर्यटक आकर्षण गर्ने कोसिस गर । त्यसो भए सबैखाले मानिसले समान अवसर पाउँछन । पर्यटनबाट स्थानिय मानिसलेपनि प्रत्यक्ष लाभ लिन पाउने अवसर बनाउ । टाठा बाठा र ट्राभल एजेन्सी अनि शहरियाले मात्रै लिनु भएन ।

-पर्यटनको महत्व बारे स्थानिय मानिसलाई सिकाएर, बुझाएर, देखाएर हामीलाई पर्यटक अवश्यक छ भन्ने बुझाउ । अनि पर्यटनका लागि ति प्रत्यक्ष सहभागि हुने वातावरण बनाउ।

-दोहोर्‍याएर जाने पर्यटकहरु होटेलमाभन्दा पैसा तिरेर स्थानियका घर घरमा बस्न चाहन्छन । त्यसैले लागेको खर्च तिरेर स्थानियको घरमा बस्न पाउने ब्यवस्था गर । पर्यटक राख्ने त्यस्ता घरका स्थानियलाई सरसफाई र पर्यटकलाई नभैनहुने बाथरुम, बिस्तारा, धारो पानी आदिको अलि सुबिधा बढाउ ।

-नेपाल भन्नासाथ उहि पोखरा, अन्नपूर्ण, लाङटाङ, सगरमाथा र चितवन क्षेत्र मात्रै होइन, पश्चिम र पूर्वी क्षेत्रपनि निकै आकर्षक छन। तिनको पटक्कै प्रचारप्रसार भएन ।

-तिब्बत जान चाहनेहरु चिन भएर जानुपर्ने बाध्यता छ कतिपय अवस्थामा । खास त फ्रान्सेलीहरु चिन भएर भन्दा नेपाल भएरै जान चाहन्छन। नेपाल भएर जाँदा छोटो, सजिलो र कम खर्चिलोपनि पर्छ । त्यसैले नेपाल भएर जान पाउनका लागि सहज बनाउ ।

-नारा, जुलुस, डाङडुङ, हाटहुट सबै बन्द गरेर गएका पर्यटकलाई शान्तिले घुम्न देउ ।

-अहिले नेपाल जाने फ्रान्सेलीमध्ये बहुमत सेवा निब्रित्त हुने छन । अब युवाहरुलाईपनि आकर्षण गर्नतिर लाग ।

-पर्यटकलाई गाउँतिर लैजाने सुबिधा बढाउ किनकि फ्रान्सेलीहरु गाउँमै बढि रमाउँछन ।

तस्बिर राजदूत पत्नी निता श्रेष्ठले खिचेका हुन

  • Ramesh Kc

    Excellent job done! Well done Ambassador Sir!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हाती आयो हात्ती आयो फुस्सा

    नयाँ नेपाल का नयाँ माननिय प्रधान मत्री ज्यु देश बासी का नाम मा गरेको सम्बोधन ले निक्कै कुत्कुत्यायो केही लेख्न मन लाग्यो। पि एम ज्यु सबभन्दा पहिला त् तपाईंको भाषा र् सैली लाई मान्नै पर्छ किन भने जुन कुरा तपाईंले बोल्नु हुन्छ त्यो कुराको अर्थ स्वोयम आफ्फै लाई पनि थाहा छैन होला। अर्को कुरो युवा को बरेमा निक्कै चिच्यायको देखिन्छ खास् कुरो के हो भने गुरु बन्न जति सजिलो हुन्छ चेला बन्न त्यत्ति सजिलो भयको देखिन्न किन भनेनि गुरु बा तपाइको सिबिर मा कति छन् युवा अनि तिन्ले रास्ट्रको धुकुतिको तलब् खन्छनि खादैनन खान्छन् भने खोइत तिन्लाइ रास्ट्र निर्मान् मा लगायेर उदiहरण् बनेको?
    ५००० तलब लिन्छन तीन को काम के हो?
    कि तिनी हरु ले लुट्ने, कब्ज्जा गर्ने,हतियार प्रदर्शन गर्ने ,चन्दा उठाउने, भौतिक कारबाही गर्ने भन्दा अरु काम जानेका छैनन? छन भने गराएर देखाउनु पर्यो बेला यही हो। नत्र खोक्रे भाषन ले नयाँ नेपाल बन्ने वाला छैन नि गुरु बा। जुन् ब्यक्तिले मिठा कुरा गर्न जनेको हुन्छ त्यस् ब्यक्ति ले काम् गर्न जानेको हुन्दैन भन्ने कुरा को सिद्द् मात्र नहोस् है पि एम् ज्यु तपैको भाषण् बाट्.
    तपाईं सँग ठुलो आस राखेका थियौ र धेरै सपोर्ट पनि तर अहिले आएर हात्ति आयो हात्ति आयो फुस्सा।
    कर्मचारी को बारेमा पनि बोल्नु भो अरु पर्ती बारेमा पनि बोल्नु भो धेरै बोल्नु भो तर बिर्सनु भो आफ्नो म्यान्डेट, त्यो हो ३० महिना भित्र राज्य को मुल कानुन बनाउने र कानुनि राज्य को स्थापना गराउने अनि चुनाब् गरायेर् नागरिक् को चहना बमोजिम् उनिहुहरु बाट् निर्बाचित् सरकार लाइ सत्ता सुम्पने, मलाई लाग्छ अहिलेको अन्तरिम सरकार लाई राज्य सत्ता उथल पुथल गर्ने कुनै म्यन्डेट छैन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sagar Sharma

    धैरै राम्रो काम । सच्चा देस भक्ती छ भने जसरी पनि काम गर्न सकिन्छ। पहिलेको जस्तो हैन अहिलेको जस्तो कामको निरन्तरता को क्रम्भङता हुनु भएन । शुभकामना।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shankar Ghimire, Parsa, now in Hongkong

    This is what the Embassy should do. We always hear good news and publicity from France-NRN, Poem compition, Deusi Bhailo, Sea trip, Donation collection, Black Flag to Paras Shah etc etc…

    This is another great news and please kep continue show this example to other embassy .

    Thanks to Shresthaji and Sagar ji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    सबै मान्छे उस्तै हुँदैनन । प्रयास राम्रो हो । आँटेदेखि केहि हुन्छ । यसले अरु दुतावासलाईपनि पाठ सिकाउने छ । नयाँ नेपाल यस्तै कम गर्न सके मात्र बन्ने हो । बिदेशमा बसेका नेपालीलेपनि दुतावासले कहिले भोज खान बोलाउला भनेर बस्नु बहेन। दुतावासले यस्तो काम गर्दा सहयोग गर्नुपर्‍यो । एन आर एनले गफ मात्रै गर्छ धेरै, यस्तो काममा हामीपनि सहयोग गर्छौ भनेरलाग्न सक्नुपर्‍यो । नेपालको पर राष्ट्र मन्त्रालयलेपनि यस्तो काम गर्नेलाई प्रोत्साहित गर्नुपर्‍यो । नेताका आँखा खुल्नु पर्‍यो। सुतेर खाएर कार्यकाल पुर्‍याएर हिँड्ने र बिदामा पनि देशलाई भन्दै खाई नखाई काम गर्नेको मान सम्मान र स्तर एकै भयो बह्ने काम गर्ने कर्मचारीलाई खिन्न हुन सक्छ । सुतेर खाने र काम गरेर खानेको भिन्नता सरकारले देखेन भने किन काम गर्ने ? हतोत्साहित हुन सक्छन । जिवन जिको प्रयास देख्दा एकदम खुशि लाग्यो।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Jivan Ojha, Brisbane, Australia

    Our embassy also see this article.

    Does nothing our emabssy here.

    If all the Embassies do the same then 20 lakh tourists will go to Nepal not only 10 laakh.

    Nice to se such positive news

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram bahadur jhakri

    dadhi sir
    namaskar ani dherai maya.
    i appreciate your positive thinking.
    tara dherai manchee haru aauchan bhaneko hoina yo antarkriya ma. Jamma dui ota travel agency ko 4 jana manchee haru aayeka thiey bhanne sune.
    personality pani ta kehi ho ni. Manchee bolaudai ma aaudain ni. manchee haru sanga kasari ghulmil hunu parcha thaha hunu parcha ni. tyaha organizer le kehi pani bolenan re ani unle boleko pani kehi bujiyena re. karyabahak rajdoot le boleko kehi pani bujidaina bhanne sunna ma aayo. prasta paridinu huncha ki.

    arko kura kam lina ko lagi aphu sano bhayeko ramro. ma nai bhagya bidhata bhannu hudaina. Baru karya bahak ji ko patni lai nai karyabak chalauna diyo bhane yesta karyakram mahina ma dui athawa 4 patak hunthiyo ki.

    dashing personality pani chahincha.

    (मान्छे सोझो, कम बोल्दैमा ब्यक्तित्व कम् हुन्छ भन्ने होइन। र धेरै मान्छे हुँदैमा सबै राम्रो भन्ने पनि होइन। उहाँको प्रयास एकदम राम्रो हो । यसले कम्तिमा अरुलाई सिकाउने छ, देखाउने छ, प्रेरित गर्ने छ । त्यहाँ भएकाले जे मन्तब्य राखे त्योपनि ठुलो कुरा हो । र अरु राजदुतका पत्नी भए कतै कुनामा कुरा काटेर बस्थे, वा वास्तै गर्थेनन, कि त बिदाका दिनमा त्यस्ता कार्यक्रम गर्ने होइन खुरुक्क घर आउने भन्थे । अहिले राजदुत पत्नी पतीसँग कार्यक्रम सफल बनाउन सँगै हिँड्नु, साथ दिनु राम्रो हो । यस्तो कामलाई थोरै र धेरै, सानो र ठुलो नभनौ कि सकारात्मक ढंगले सोचौं । यस्तो काममा हतोत्साहित पार्ने होइन कि प्रेरणा दिनु राम्रो होला होइन र?जे गर्दापनि दोष दिनु त राम्रो हुन्न नी होइन ? -नेपालप्लस ।)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kina hola

    dadhi ji ko good analysis and presentation.

    keep going on.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • दिनेश सिग्देल, वासिंगटन डीसी, अमेरिका

    दधी जि तपाइले जन आस्थामा लेख्नुभेको लेख देखियो । जन अस्थामा चट्ट पारेर लेख्ने ब्लगमा अर्कै ? हुनत आलोचना गर्‍यो भनेर यो कमेन्टपनि नहाल्नु होला ।

    नेपाल जानै खतरा, गएपछि अड्किने खतरा
    -ददिराम सापकोटा

    हामी सधै“ आरोप लगाउ“थ्यौ“-विदेशमा रहेका नेपाली दूतावासहरू भोज-भतेर, जमघटमा सीमित भए । भिसा दिने, पासपोर्ट बनाउने, मोज गर्ने अनि कार्यकाल सिध्याएर हि“ड्ने । त्यो सबैलाई चुनौती दि“दै अगाडि बढेको छ, पेरिसस्थित नेपाली दूतावास । अघिल्लो महिना यस्तै रचनात्मक काम गरेका थिए, कार्यवाहक राजदूत जीवनप्रेम श्रेष्ठ र तेस्रो सचिव सागर फुया“लले । दूतावासले प|mान्सेली समाज, सांस्कृतिक र पर्यटन बजार नियालिरहेका केहीले नेपालीको अनुभव लिन खोजेका थिए । अहिले नेपाल सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षमनाउने घोषणा गरेलगत्तै पेरिसस्थित नेपाली दूतावासले प|mान्सेली पर्यटन व्यवसायीलाई जम्मा पारेर तिनका गुनासा, कठिनाइ र अनुभव साझेदारी गर्न कार्यक्रम आयोजना गरेको हो ।

    ‘ओहो नेपालमा त हत्तपत्त जान हु“दैन है † एकदम जोखिम छ, होस् गर्नुहोला ।’ दूतावासले आयोजना गरेको कार्यक्रममा एक प|mान्सेलीले त्यसोभन्दा सबैले मुखामुख गरे । एकैछिनमा उनले थपे, किनभने नेपालको प्रेमले यति भुतुक्कै भइन्छ कि गएपछि फर्किनै मन लाग्दैन । त्यसपछि कार्यक्रमस्थल हा“सोले गुञ्जियो । त्यसो भन्ने थिए- नेपालका लागि प|mान्सको नोरमदी क्ष्ँेत्रका महावाणिज्यदूत डा. डिडिए बर्ेना । नेपाल जान भिसा माग्नेलाई आफूले यही भन्ने गरेको सुनाए उनले ।

    उनको अनुभवमा नेपाल जाने पर्यटक मूलतः दर्ुइखाले हुन्छन् । एकखाले युवा जो हिमाल चढ्न चाहन्छन्, पैदल हि“ड्न रुचाउ“छन् । ती हिमाली क्ष्ँेत्रतिर जाने भए । अर्काखाले हुन्छन्- काठमाडौंजस्ता धार्मिक, सांस्कृतिक धरोहर अनि सहरको सेरोफेरोमा रमाउने । धेरै कठिन ठाउ“मा नजाने र अलि सुविधा खोज्ने ।

    नेपाल जाने पर्यटक विशेषखालका हुन्छन् । थाइल्यान्ड जानेखालका पर्यटक नेपाल जा“दैनन् । नेपाल जानेहरू मुख्यतः हिमाल, भूदृश्य र संस्कृतिमा धेरै चाख भएका हुन्छन् । नेपाल जानेहरूलाई एकपटक मात्रै गएर पुग्दैन । ती पटक-पटक गइरहन्छन् । तर, त्यस्ता पर्यटक उही परम्परागत रूपमा चल्दै आएका अन्नपर्ूण्ा, सगरमाथाजस्ता क्षेत्रबाहेकका ठाउ“ खोज्छन् ।
    त्यस्ता पर्यटकलाई आकर्षा गर्न दर्ुइ हजार मिटर हाराहारीमा रहेका पहाडी भागको ग्रामीण भेगलाई पर््रवर्द्धन गर्नुपर्ने सुझाव उनले दिए । त्यस्तो पहाडका एक गाउ“मा जान, फरक जाति र जनजातिका धर्म, संस्कृति हर्ेन र तीस“ग प्रत्यक्ष सर्म्पर्क गरेर अनुभव बटुल्न प|mान्सेली हुरुक्कै हुन सक्छन् । ‘त्यसरी एकाधपटक घुम्दा म आफै“ भुतुक्कै भएको थिए“,’ बर्ेनाले भने ।

    पछिल्लो समयमा स्थानीय जनताको घरमा बस्न चाहने प|mान्सेली पर्यटकको संख्या बढेको छ । होटलमा लाग्ने खर्च तिरेर न्यूनतम सुविधामा स्थानीय मानिसका घर-घरमा बस्न पाउने सुविधा हुने हो भने धेरै प|mान्सेली आकर्ष हुन सक्ने सम्भावना रहेको उनले बताए । तर, स्थानीय मानिसहरूझै“ पश्चिमी सुख-सुविधा भोगेका प|mान्सेली गाईका गोठमा रात कटाउन सक्दैनन् । बारीको पल्लोछेउमा गएर चर्पी बस्ने बानी तिनको हु“दैन । स्थानीय धारोमा उभिएर चिसोपानीले खलल नुहाउन तिनले सक्दैनन् । राता खर्ुसानीका ढि“ढी पटट पड्काएर पकाएको खाना तिनको शरीरले पचाउन सक्दैन । त्यसैले तिनले भोग्दै आएको न्यूनतम सुख-सुविधा स्थानीय ठाउ“मा हुनर्ैपर्छ । त्यसबारे स्थानीय गाउ“लेलाई जानकारी हुनर्ुपर्छ । त्यो प|mान्सेली पर्यटक आकर्षा गर्ने गतिलो उपाय भए पनि पश्चिमेली न्यूनतम सुविधा हुनुपर्नेमा सचेत रहन पनि सुझाव दिएका थिए ।

    एकाधपटक नेपाल गइसकेकाहरूले चाहि“ पर्यटक नजाने नया“ क्षेत्रका बारेमा जानकारी माग्ने गरेकाले नेपालले त्यस्ता नौला क्षेत्रको पहिचान गेर व्यापक प्रचार-प्रसार गरिनुपर्ने खा“चो रहेको पनि औ“ल्याए डिडिए बर्ेनाले । नेपाल जाने प|mान्सेलीमध्ये शिक्षक, चिकित्सक र इन्जिनियरको संख्या उल्लेख्य हुने गरेको र करिब ३० प्रतिशत त सेवा निवृत्त भएकाहरू हुने गरेको तथ्यांक पनि राखेका रहेछन् उनले । र्

    पर्यटनको ठूलो लाभ सधै“ ठूलाबडा, धनीमानी र ठूला ट्राभल एजेन्सीले मात्रै लिने गरेकाले त्यसलाई तोड्नुपर्ने सुझाव दिने पनि थिए केही प|mान्सेेली । मण्डप ट्राभलकी प्रतिनिधि पास्काल दुक्लो पर्यटन लाभ ठूलाबडाका लागि नभएर गरिबी नियन्त्रणका लागि हुनुपर्ने तर्क गर्दै थिइन् । पर्यटन क्ष्ँेत्रमा जे-जे गरिन्छ, हुनेछ भनेर प्रचार-प्रसार गरिन्छ त्यो कति अवस्थामा स्थानीय तहसम्म पुग्दैन । त्यसैले आफ्नो क्षेत्रका बारेमा सरकारले जे प्रचार-प्रसार गर्छ त्यसका बारेमा स्थानीय जनतास“ग सहकार्य गरिनुपर्ने, एजेन्सीहरूमा पनि स्थानीय जनतास“ग सहकार्य गर्ने प्रतिबद्धता र इच्छाशक्ति हुनुपर्ने, स्थानीय जनतामा पनि आफ्नो क्षेत्रमा पर्यटक आकर्षा गर्ने, तिनलाई सेवा दिने र समग्र रूपमा पर्यटनको विकास गर्ने योजना र चाहना हुनुपर्ने औ“ल्याइन् उनले ।

    कहिलेकाही“ इच्छा मात्रै भएर पनि पुग्दैन कि आर्थिक, ज्ञान प्रविधिलगायतका अन्य माध्यमले पनि भूमिका खेल्छन् । त्यसले गर्दा पर्यटक आकर्षाका लागि हुनुपर्ने न्यूनतम संरचना निर्माण हुन्छन् र अन्नपर्ूण्ा, सगरमाथाजस्ता सीमित क्षेत्रमा मात्रै पर्यटकको भीड लाग्ने प्रवृत्तिको अन्त्य भएर पर्यटकहरू विभिन्न क्षेत्रमा छरिन्छन् । त्यसका लागि, स्थानीयस्तरमा वातावरणलगायतका विभिन्न समस्यालाई हल गरेर स्थानीय जनतालाई पर्यटन व्यवसायमा सक्षम तुल्याउनर्ुपर्छ ।

    नेपाल विशेषगरी हिमालका लागि हो । तर, मध्य र होचा पहाडका बारेमा पनि मानिसले चासो राख्छन् । सबै हिमाल चढ्न सक्दैनन् । तिनका लागि होचा र मध्यमखालका पहाड उपयुक्त हुन्छन् । अग्ला हिमालभन्दा हरियालीले ढाकेको, विभिन्न ठाउ“ले जनजीवन नियाल्दै सजिलोसित हि“डेर पारिपट्टकिा अग्ला हिमाल हर्ेन पाइने होचा पहाडमै आकर्षा हुने गर्छ कतिपयको । तर, अहिले प्रायः नेपालका ग्रामीण बस्तीको बारेमा जानकारी नपाइने गुनासो गर्दै थिए, प|mान्स नेपाल एसोसिएसनका फिली कार्जेतो । हिमाली क्षेत्रजत्तिकै आकर्ष हुन सक्ने क्षेत्रहरू पहिचान गरेर तिनका बारेमा जानकारी दिन सक्नुपर्ने खा“चो औ“ल्याए उनले ।

    नेपालमा पर्यटक खासगरी हिमालतिर जान्छन् । तर, नेपालको पश्चिम क्षेत्र पनि कम आकर्ष छैन । पर्यटका लागि त्यो क्ष्ँेत्रका बारेमा राम्रो जानकारी नभएकाले पूरै अपरिचित छ । पश्चिम नेपालका विविध सांस्कृतिक छन् । विभिन्न जातजातिको भिन्नता छ । भिन्न संस्कार छ । पश्चिमी क्षेत्रको इतिहास पनि चाखलाग्दो भएकाले नेपालले पश्चिम क्षेत्रलाई पर््रवर्द्धन गर्नुपर्ने तर्क अगाडि सार्दैै थिए उनी ।

    काठमाडौंकै मुटुबाट स्वयम्भूनाथ पुग्न गाडीमा एक घन्टा, पनौती, तीन घन्टा लागेको अनुभव सुनाउ“दै फिलिपले यातायातको त्यो असुविधा समाधान गर्नुपर्ने सुझाव दिए । आफूले २५ वर्षहिले काठमाडौंमा साइकल यात्रा गरेको, तर अहिले सम्भव नभएको बताउ“दै थिए उनी । प|mान्सेलीहरू भिन्न परिकारका खाना रुचाउने जाति भएकाले भिन्न जातिका फरक खानाले पनि आकर्षा गर्न सक्छ भन्ने नबिर्सन आग्रह गर्ने पनि थिए ।

    आफूले सन् १९८० को दशकदेखि नै नेपालमा पर्यटक पठाउन थाले पनि पछिल्ला सात/आठ वर्षबन्द, हडताल र हत्या-हिंसाका कारण धेरै पर्यटकको भ्रमण रद्द गर्नुपरेको बताए, युसिपिएका ज“ प्र“mस्वा बुभेले । काठमाडौंबाहिर निस्कन नसकेपछि कहा“ लाने पर्यटक – प्रश्न गर्दै थिए, उनी । दर्ुइ वर्षाट त्यो समाधान भए पनि अहिलेको आर्थिक मन्दीले नेपाल जान चाहने पर्यटकलाई समेत छोएको बताए, उनले । अरू देश हु“दै जान झन्झटिलो, लामो र खर्चिलो पनि हुनाले काठमाडांैका लागि सीधा हवाई सर्म्पर्क नै हुनुपर्नेमा उनको जोड थियो ।

    चीन र भारत आर्थिक रूपमा विश्वमै दर्ुइ शक्तिशाली मुलुकका रूपमा उदय हु“दै गएकाले तिनको आर्थिक वृद्धिस“गै मध्यस्तरका मानिसको संख्या पनि बढिरहेको छ । त्यो वर्ग सबैभन्दा बढी भ्रमण गर्ने हुनाले आगामी पा“च/सात वर्षा त्यो वर्गको नेपालमा बाढी नै लाग्ने तथ्य प्रस्तुत गरेका थिए, पेरिसका नेपाली व्यापारी विनोद ओझाले । पर्यटक कम भएको ठाउ“मा भ्रमण गर्नेका लागि अहिलेका वर्षरूको अवसर नगुमाउन भन्दै थिए, उनी । नेपालले आगामी सन् २०११ लाई पर्यटक वर्षा रूपमा मनाउने घोषणा गरेकाले त्यसलाई सफल बनाउन प|mान्सेली पर्यटन व्यवसायीबाट रचनात्मक सहयोग आशा गरेको र प|mान्सेली पर्यटकलाई बढीभन्दा बढी नेपाल पठाउन देखिएका अप्ठ्यारा समाधान गर्न लागिपर्ने वचन पनि दिए कार्यवाहक राजदूत जीवनप्रेम श्रेष्ठले ।

    आजै माघ १५ गते बुधबारको जनआस्था साप्ताहिकमा थियो यो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree