दुध र भात खान्छु भन्दा भन्दै डेनमार्कमा खुकुरी प्रहार
सदा झैं त्यस दिनपनि डेनमार्कको कोपनह्यागन स्थित एउटा रेस्टुरेन्टमा साँझ सात बजे काममा पुगे बिराटनगरका अर्जुन शर्मा । रेस्टुरेन्टको काम गरे । मध्य रातपछि बल्ल उनले आफ्नो काम सक्थे । गत मंगलबारपनि सबैले काम आफ्नो सकेर हिँडेपछि उनी चाहिँ आफ्नो काम गर्दै थिए । रेस्टुरेन्टमा एक्लै काम गर्दा गर्दै उनले करिब दुई महिना अघि मात्रै डिपेन्डेन्ट भिसामा आएकी पत्नी ल्याएका थिए । अरु काम गर्नेहरु हिँडिसकेपछिपनि उनी आफ्नो काम गर्दै थिए एक्लै । राती १२ बजेपनि उनले आफ्नी पत्नीलाई फोन गरेर भने “दुध तताउनु । मैले काम सक्न लागें । आएर तातो दुध र भात खान्छु’। पत्नी सायद दुध तताएर बसिन् लोग्नेको प्रतिक्षामा । तर न त उनकी पत्नीले त्यस राती आफ्नो लोग्नेलाई दुध र भात खुवाउन पाइन् । न त उनको दुध र भात खाने ईच्क्षा नै मेटियो । बरु भोली पल्ट बिहान आफ्नो लोग्ने अस्पत्तालमा घाइते अवस्थामा पुगेको खबर मोबाइलबाट पाएपछि पो उनकि पत्नी आकुल ब्याकुल भइन् । उनको घाँटीमा खुकुरी प्रहार गरिएको रहेछ त्यहि राती । उनलाई प्रहरीले अस्पत्ताल लगेछ ।
घटना बिवरण अनुसार, मंगलबार सधैं झैं उनी ढिलो सम्म काम गरे । त्यहाँका नेपालीका अनुसार उनी रेस्टुरेन्टमा सरसफाइको काम गर्थे । त्यसैले रेस्टुरेन्टका अन्य कामदार हिंडेपछिपनि उनको काम बाँकि रहन्थ्यो । त्यसैले उनी एक्लो पर्थे । आफ्नो काम गर्थे । ताला चाबी लगाएर घर जान्थे । त्यसदिन राती १२ बजे सम्मपनि पत्नीसित उनको गफ गाफ भैरहेकै थियो । आउँछु छिट्टै भनेको लोग्ने नआएपछि राती १ बजे लोग्नेको मोबाइलमा फोन गर्दा घण्टी बज्यो तर उठेन । उनकी पत्नी अचम्ममा परिन् । तर बिहान अर्का एक जना पाकिस्तानी कामदार रेस्टुरेन्ट पुगेर ढोका खोल्दा अर्जुन शर्मा भुइँमा ढलिरहेकाथिए । उनको मोबाइल टेबलमा थियो । पर्सपनि टेबलमै पल्टिरहेको थियो । भुइँमा रगताम्मे । घाँटीमा छिया छिया परेको थियो धारिलो हतियारले काटेर । ति पाकिस्तानी कामदारले हत्त न पत्ता साहुलाई खबर गरे । तत्कालै प्रहरी आइपुग्यो र अस्पत्ताल लग्यो । शर्माकी पत्नीलाई प्रहरीले खबर गर्दा पत्नी छक्क परिन् । चारैतिर भुसको आगो झैं फैलियो यो घटना । तर नेपालीले यो घटनालाई अहिलेसम्म गोप्य राख्ने कोसिस गरिरहेका छन् ।
गोप्य राख्न खोजिएपनि एन आर एन डेनमार्कका अध्यक्ष मोहन राज मिश्रले फेसबुक स्टाटसमा यो जानकारी दिएका छन् । उनको फेसबुक स्टाटस अनुसार उनको घाँटीको आकस्मिक रुपमा शल्यक्रिया गरिएको छ । अवस्था स्थिर रहेको छ । श्वास प्रश्वास र रक्त संचार नलीहरू सबै ठिक अवस्थामा छन् । उनी अचेत अवस्थामा छन् र उनी बोल्ने अवस्थामा पुग्न २४ घण्टा कुर्नुपर्ने छ । घटानाबारे अहिले सम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन । प्रहरी रिपोर्टको पर्खाइमा छन् सबै । अस्पत्तालमा नेपालीको आवत जावत बाक्लिएको छ जानकारी लिन ।
नेपालप्लसलाई डेनमार्कका केहि मित्रले दिएको जानकारी अनुसार अर्जुन शर्मा डेनमार्क पुग्नु अघि पनि अन्य देशमा बसिसकेका ब्यक्ति हुन् । उनले बेल्जियममा अध्ययन गरेका थिए । केहि समय फिनल्याण्डमापनि काम गरे । पछि डेनमार्कमा ग्रिनकार्ड माग गरेका थिए । उनले पाएपनि । करिब एक वर्ष अघि देखि मात्रै उनी डेनमार्क बस्दै आएका थिए । ग्रिनकार्ड पाएपछि पत्नीलाई उनले पर्यटक भिसामा बोलाए । करिब दुई महिना अघि मात्रै उनकी पत्नी डेनमार्क आइपुगेकि थिईन । उनले बिदेशमा पढेपनि सायद अलि तल्लो स्तरको काम गर्नु परेकोले हो कि ! उनी अलि मानसिक रुपमा बिक्षिप्त थिए भन्छन् डेनमार्कका केहि नेपाली । त्यसैले होला, उनको यस अघिपनि डेनमार्क कै कुनै रेस्टुरेन्टमा यस्तै घटान भैसकेको थियो ।
केहि नेपालीहरु उनले आत्महत्या गर्ने प्रायस गरेको अनुमान लगाउँछन् । कोहि आत्महत्याको कुनै संकेत नभएको जानकारी दिन्छन् । घटनाको प्रक्रिति हेर्दापनि रेस्टुरेन्टमा कोहि प्रवेश गरेर ह्त्या प्रयास गरेको देखेको छैन । किनभने उनले भान्छामा काम गर्ने चक्कु त्यहिँ छन् । मोबाइल, पर्स लगायतका उनका निजि सामान टेबलमै थिए । घाँटीमा छ्याक छ्याक पारेका धेरै डाम छन् । शंका के भने आत्म हत्याको प्रयास गरेको भए किन आफूले आफैंलाई सिध्याउन सकेनन् ? आत्म हत्या प्रयास स्वरुप रेट्दा रेट्दै अति दुखेर ढलेका हुन् की ! मानसिक रुपमा बिक्षिप्त भएकाले रेट्दा रेट्दै बिचैमा छोडेका हुन् कि ! घटनानै शंकाको घेरामा छ ।
उनलाई रिक्स भनिने अस्पत्तालमा राखिएको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ । तर यस घटनाबारे सकभर त्यहिँका नेपालीलाईपनि सूचना लुकाउन खोजिएको छ । तर नेपाली हरुको पारा उहि हो, नभन्नु ल ? भन्दाभन्दै घटना त थाह पाएका छन् तर भएको के हो कसैलाई जानकारी छैन । नेपालमा आफन्तले थाह पाएभने बेमोज हुन्छ भन्दै घटना लुकाउन खोजिएको छ । तर नेपाली दुतावास, परराष्ट्र मन्त्रालय र प्रहरीबाट सार्वजनिक हुन्छ भन्ने सामान्य ज्ञानलाईपनि बेवास्ता गरेको देखिन्छ त्यहाँका नेपालीले ।
घटनाबारे नेपालीहरु उत्सुक भएर भनौं वा रनभुल्लमा परेर नै होला, डेनमार्क निवासी घनश्याम गौतमको फेस बुक स्टाटसमा धेरै नेपालीले अर्जुन शर्माको यस घटना प्रति चासो र चिन्ता ब्यक्त गरेका छन् । तर पाएको जानकारीपनि कसैले दिएका छैनन् । यतिसम्म कि अर्जुनका बारेमा सार्वजनिक जानकारीपनि दिएका छैनन् नेपालीले ।


उनी रेस्टुरेन्टमा सरसफाइको काम गर्थे उनी अलि मानसिक रुपमा बिक्षिप्त थिए त्यसैले होला आत्महत्या गर्ने प्रायस गरेको उनी अचेत अवस्थामा छन्
तर घटना प्रति चासो म लाई छैन !
चर्कै बहस्. तपाइलाई के लाग्यो?
3
14
[Reply]
madan bajracharya Reply:
February 4th, 2012 at 5:08 am
चन्द्रज्यु
आकासको चन्द्र शितल छ, सौम्य छ
तपाईं धरतीको यति किन निस्ठुर छ?
अर्जुनजी तपाईंको नेपालको आफ्नै हो
बिबसताले विछिप्त कसैलाई पनि पार्छ/
कुनै दिन तपाई पनि तेस्तै हुन् सक्छ
अनि अर्जुनजी भन्दा निरास हुनु पर्नेछ/
हाम्रो संस्कारमा मरेको सत्रुको पुजा गर्छ
हाम्रो झन्डाको चन्द्रले यहि सम्झाउन्छ/
मन परो वा परेन:
9
0
[Reply]
यो तस्विर राख्नु भन्दा नराख्नु भएकै ठीक हुन्थ्यो, पुरुषको घटनामा महिलाको तस्विर अती असान्दर्भिक लाग्यो !!
मन परो वा परेन:
3
0
[Reply]
बिदेसिएको नेपालीको “दुख” बुझ्ने कमै छन्
बिदेसिएको नेपालीमा कमैले हास्न पाएकोछ
बिदेसिएको नेपालीको सपना तेतिकै तुहेकोछ
बिदेसिएको नेपाली स्वदेशमा बेकार बहिस्कृत
बिदेसिएको नेपाली बिदेसमा बिबस तिरस्कृत
बिदेसिएको नेपाली स्वदेशमा “शासक-पिडित”
बिदेसिएको नेपाली बिदेसमा “श्रम-शिप-शोसित”
बिदेसिएको नेपाली कमजोर भय बिग्रेको गाडी
बिदेसिएको नेपाली बलिया भय “जोतिने गोरु”
बिदेसिएको नेपाली सिट धन भय “दुहुने गाई”
बिदेसिएको नेपाली नेपाल फर्के नबिकेका बस्तु
बिदेसिएको नेपाली देस फर्कन नसके देस द्रोही
बिदेसिएको नेपालीको नेपाल आफु जन्मेको बिदेस
मन परो वा परेन:
4
0
[Reply]
हुन सक्ला आत्माहत्यानैला माथि पढे अनुसार त्यस्तै लाग्यो, बाकी उसको होस् आए पछी नै थाहा हुन्छ तर यो फोटो चाही साच्चै नै सुहाएन,
मन परो वा परेन:
4
0
[Reply]
यो कुन वेनामी शिकारु पत्रकारले लेखेको हो ? सत्य तथ्य वुझेर लेख्नु भएको भए हुन्थ्यो यस्तो सम्वेदनशिल विषयवस्तुमा । पोलिस अनुशन्धानमा छ, विरामी अचेत छ, परिवार पीडामा छ । यो लेखको नैतिक धरातल कहाँ हो ,पत्रकारीताको धर्म हुदैन? यसमा अर्जुन जीको व्यक्तिगत कुरा पनि सत्यता भन्दा वाहिर छ ।
मन परो वा परेन:
5
2
[Reply]
nepali samudaye dheri badai jada yesto auta deuta ghatana hunu samanye ho.
मन परो वा परेन:
1
0
[Reply]
यो समाचार लेख्ने तरिका र नैतिकता कुन स्कूल र कलेग पढेर सिक्नु भएको हो, यसरी कसैको पनि दुखमा नूनचूक चर्ने गरि समाचार लेख्नु सरासर अन्याए हो र यसलाई पत्रकारिता भनिदैन
मन परो वा परेन:
5
1
[Reply]
chandra ji tapai kun desh ma hnhunchha? katai tapai ko pratikriya padda tapai lai nai sanka lagchha.
मन परो वा परेन:
3
0
[Reply]