ऐनामा हेरेर अनुहार मिलाउने कस्ता नक्कले चरा !

 

मान्छेहरु आआफ्ना तालमा थिए । बैज्ञानिकहरुले भने निकै ठूलो हातलागि होला भनेर उत्सुकतापूर्वक नियालीहरेका थिए । यो कोकले चरो ( यूरोपियन मेगपाइ भनिन्छ अंग्रेजीमा) भुरुर्र उडेर ऐनाको छेउमा आयो । यतौति हेर्‍यो कसैले देख्लाकि झैं । अनि उसले अनुहार हेर्यो ऐनामा । घाँटीको कालो भुत्लामा पहेंलो धब्बा देख्यो । झन नियाल्यो, मान्छेले दारी काटिसकेपछि कतै केहि रौं छुटेको बेला झैं । हामीले बाँकि रौं उखलेझैं कोकलेलेपनि उखल्यो । उसले चिन्यो, ए मेरो अनुहारमा त पहिले यस्तो पहेंलो दाग थिएन ।

बैज्ञानिक न परे, यो देखेर चित खाए । चरालाईपनि कति नक्कली हुनु परेको ? चरा वा स्तनधारी जिव बाहेक अन्य जिवले ऐना हेरेर यसरि जिल्ल परेको, नक्कल पारेको देखिएको यो पहिलो पटक हो ।

ऐनामा हेर्नु आफू कस्तो छु, कस्तो भएँ भनेर आफूले आफ्नै मूल्यांकन गर्ने, सचेत रहने एक माध्यम हो । बैज्ञानिकको भाषामा यस्तो गर्नु स्नायुसित संवन्धित एक उच्च दक्षतासित संबन्धित कुरो हो । बैज्ञानिकहरुले यसरि थुप्रै जिवजन्तुलाई ऐनामा लगेर देखाउँदा तिनले प्राय प्रतिद्वन्दि ठान्ने गर्थे यस अघि । आक्रमण गर्थे शत्रु ठानेर । हात्ती, सोंस (डल्फिन) र केहि बाँदरका प्रजातीमा यस्तो परिक्षण गरेका थिए । यो परिक्षणको सकारात्मक प्रतिक्रिया (हेरेर रमाउने, जिल्ल पर्ने) अब बाँदर जातिमा मात्रै सिमित नरही चरामापनि लागू भएको दाबी गरेका छन् यो खोज सार्वजनिक गर्ने जर्मनीको फ्र्यांकफर्टस्थित गोथे विश्वबिध्यालयका हेल्मुट प्रियोरले ।

हात्ती, बाँदर र सोंस त एकदम सामाजिक प्राणी हुन् । यी सामाजिक समूहमा बसेर अनेक नियम पालना गर्छन् । तर चरा ? कोकले, भोटे काग (रेभन) र ठेउवा (जे) पनि सामाजिक समूह बनएर बस्ने भएकोले त्यसो भएको हुन सक्ने तर्क गरेका छन् ।

कसरि पत्ता लगाए त यो ? पिरोर र उनको अनुसन्धान टोलीले दुई वटा फरक पिँजडा बनाए र पाँच वटा कोकले छोडिदिए । एउटा कोठामा ऐना थियो । अर्कोमा थिएन । ति मध्ये तिन वटाले अधिकांश समय ऐना भएको कोठामा बिताए । ति नजिक जान्थे । हेर्थे । पछाडी फर्किन्थे र हेर्थे । कसरि चल्छ, कसरि काम गर्छ नियाल्थे । अगाडि बढ्थे र फेरि पछाडी हट्थे । आफ्नो शरिरको भुत्लालाई अनेक कोणबाट ऐनामा हेर्थे ।

त्यसपछि ति बैज्ञानिकले फेरि रातो, पहेंलो वा कालो रङ घसिदिए ठोंडको मुन्तिरको भुत्लामा । अनि राखिदिए ऐना भएको पिँजडामा । कालो किन राखिएको भने चराको बाँकि भागको रङ कालो हुनाले त्योसित मेल खाओस् भन्ने उनीहरुको उद्देश्य हो । प्लस बायोलोजी पत्रीकाका अनुसार पछि ति चराले त्यो धब्बा ऐनामा हेरिहेरि कोतरेर मिल्काए । तर चराहरुलाई ऐना नभएको पिंजडामा राखिदिँदा ? ति धब्बाहरुमा छुँदापनि छोएनन् । वास्तै गरेनन् । दुई वटा चराले भने पूर्व जानकारी भएझैं गरे । कोकले चरा एकदम उत्सुक र वरिपरि कता के के हुन्छ नियाल्ने चरामा पर्छन् ।

यो अनुसन्धानबाट बैज्ञानिकहरुले चराहरुपनि ऐनामा रमाउने, आफ्नो शरिरको सुन्दरताका बारेमा देखाउन र रमाउन चाहने रहेछन् भन्ने पत्तो पाए । चराका पूर्खा र स्तनधारी जिव करिब १० करोड वर्ष अघिदेखि छुट्टिएका हुन् । त्यो बेलादेखि चराले भिन्न रुपमा आफ्ना आनीबानी विकास गर्दै आएका हुन् ।

  • कल्कि ढकाल

    लौत राम्रै जानकारि पाइयो

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • हाम्रै महान सर्बहारा बर्गका नेताले ठ्याक्कै पुँजीपति बर्गका नेताको नक्कल जस्ताको तस्तै ब्यबहारमा उतारी राख्या
    बेलाँ यस्तो जाबो चराको नक्कलको कुरा — मलाई त क्यै पनि
    अचम्म लागेन ;

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Deepak

    झ्याम्म झुम्म रुख थियो
    घर देखि पारि
    त्येई रुख मा गुड लगाई
    बस्थ्ये दुइटा चरी …………………

    सानो मा पढेको कविता को याद आयो बिचरी चरी …….. भन्ने

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing