बर्ड फ्लुको खतरा: फिरन्ते चराबाट न्युन

-ददिराम सापकोटा 

bird-migration.jpgअहिले नेपालमा बर्ड फ्लुको ठुलो त्रास फैलिएको छ । सरकारले बर्ड फ्लु नियन्त्रणगर्न पूर्वी नेपालबाट घरपालुवा पन्छीहरु भकाभक मार्न थालेको छ । यहिबेला बिभिन्न देशबाट नेपालमा फिरेन्तेका रुपमा आएका पन्छीबाट त्यो रोग घरपालुवा पन्छीमा सर्न सक्ने भन्दै बिज्ञको हवाला दिएर संचार माध्यमले सार्वजनिक गरेका छन । तर बैज्ञानिक तथ्य, खोज , अनुसन्धान र फेला परेका घटनाबाट के पत्ता लागेको छ भने वसाईसराई गरेर आउने पन्छीहरुबाट बर्ड फ्लु फैलिने खतरा न्युन छ ।

सन् २००६ मा क्याम्रुन, भारत, ईजिप्ट, इजरायल, जोर्डन, नाइजेरिया, लाओस, पाकिस्तानमा देखिएको बर्ड फ्लु कुखुरा फार्मबाट निस्किएको थियो । त्यसपछि सन २००७ मा हंगेरी, दक्षिण कोरिया, जापान, बेलायत र थाईल्याण्डमा देखिएको बर्ड फ्लुपनि कुखुरा पालन फार्मबाटै हो । अहिले चिन र नेपालमापनि कुखुरा पालन फर्मबाटै देखा परेको हो । सन् २००६ मा यो रोग लागेका केहि जंगली चरा हंकङमा फेला परेका थिए तर मानव बस्तिको छेउमा । त्यतिबेला यसैलाई आधार बनाएर केहि मानिसहरुले बसाई गर्ने चराबाट सरेको भने । तर त्यहाँ यि चरालाई धार्मिक कारणले छोड्न लगिएको र घर पालुवा पन्छीबाट सरेको तथ्य पछि पत्ता लागेको थियो ।

 बर्ड फ्लु जहँ जहाँ देखा परे त्यहाँ घरपालुवा पन्छीबाटै शुरु भएको देखिएको छ र त्यो तिब्ररुपमा फैलिएको पाइन्छ । यसरि फैलिएको ठाउँमा कहिँपनि बसाई सर्ने चराको आगमनसँग मेल खाएको छैन । यो तथ्यलेपनि फिरेन्ते चराबाट यो रोग हत्तपत्त फैलिन्न भन्ने कुरालाई नै बल मिल्छ । सन् २००५ को ग्रिष्म ऋतुमा चिनको कांघायु तालमा बर्ड फ्लु लागेका केहि जंगली खोया हाँस फेला परेका थिए । तर त्यो बेला फ्लु यि जंगली हाँसले नफैलाएको किन पुष्टि हुन्छ भने यि हाँस एशियामा अक्टोर महिनातिरबाट त्यहाँ पुग्छन र मार्च महिना लाग्दा फर्किन्छन । बर्ड फ्लु संक्रमित भएका घरपालुवा हाँस र ति जंगली हाँस एउटै तालमा पौडी खेल्दा जंगली हाँसमा सरेको वर्ड लाईफ ईन्टरनेशलका बैज्ञानिकहरुले पत्ता लगाए ।

सन् २००५ सम्मपनि यो रोग एशियाली मुलुकमा मात्रै पाइएको थियो । त्यो भँगेरा, लामपुच्छ्रे, बकुल्ला र चिलमा पाइएको थियो । यि जंगली भएतापनि मानविय क्रियाकलाप वरिपरि रमाउने र कुखुरा पालन वरिपरि गएर मासु टिप्ने चरा हुन । यिमाथि त्यो रोग घरपालुवा चराकै संक्रमणबाट भएको विश्वास बैज्ञानिकहरुले गर्दै आएका छन । प्रयोगशालामा गरिएको बैज्ञानिक अनुसन्धानबाट के पत्ता लागेको छ भने जंगली चराको अनुपातमा घलपालुवा चराहरुलाई त्यस्तो रोग लाग्ने बढि खतरा हुन्छ । जंगली चराहरुमा त्यस्ता फ्लु संक्रमित हुने अनुवंशिकी (जिन) का खण्डित मात्राहरु कम हुन्छन त्यसैले जंगली चराहरुबाट सर्नै सक्दैनन त भन्न सकिनन् नै तर संभावना न्युन हुन्छ।

अर्को कारण के हो भने प्रक्रितिमा चराहरु निकै छरिएर रहेका हुन्छन । त्यसरि छरिएर रहने हुनाले अर्को चरामा नसर्दै प्राय संक्रमित चरा मरिसकेको हुन्छ । यो रोग एकदम निरोगी चरामा सर्ने संभावनापनि कम हुन्छ । जंगली चराहरु घरपालुवा भन्दा सयौं गुणा बलिया र स्वस्थ पनि हुन्छन । नेपाललगायत एशियाका अन्य मुलुकमा घरपालुवा पन्छीहरु निकै बाक्लोसित राखिएका हुनालेपनि घरपालुवा चरामा यो फ्लु सर्ने र फैलिने संभावना बढि हुन्छ । त्यसैले यो रोग पहिलो पटक घरपालुवा हाँस (गिज) मै फेला परेको थियो दक्षीणी चिनको ग्वाङगोङ प्रान्तमा ।

यदि जंगली चराबाट सर्ने हो भने यो रोग नेपाल, भारत र चिन मात्रै किन ? यि बसाई सर्ने यूरोपका सबैजसो मुलुक, अफ्रिका, साईबेरिया र त्यस आसपासका देशमा पनि फैलिनुपर्छ । बसाई सर्ने चराहरु एकै दिनमा सयौं किलोमिटरको यात्रा गर्छन र दिनमा ति ठाउँ ठाउँमा बिश्राम लिन्छन् । यदि बसाई सर्ने चराबाट फैलिने हो भने तिनले बिश्राम गरेका सयौं देशमा फैलिने थियो । अहिले नेपाल, भारत लगायत दक्षिण पूर्वी एशियाकै प्रसंग उल्लेख गर्ने हो भनेपनि नेपालमा बसाई सरेर पानी हाँसहरु अक्टोबर महिनामा नेपाल पुगिसक्छन । ति हाँस अब गर्मीयामको आगमन सँगै मार्च महिनामा फर्किसक्छन । त्यसैले लामो दूरीको बसाई सर्ने पानी हाँसबाट सर्ने हो भने त तिनले यो रोग अक्टोबर नोभेम्बरमै सारिसक्नुपर्ने थियो ।

वास्तबिकता के हो भने जिवित घरपालुवा पन्छी, त्यसबाट तयार पारिएको मासु, फुल लगायत ति सँग संबन्धित अन्य खाद्द पदार्थबाट सर्ने गर्छ यो रोग । मेडिटेरानिय सामुद्रीक क्षेत्रिय सिमसार संरक्षणकालागि अनुसन्धान गर्ने तथा वंशाणुगत र जिवजन्तुको क्रमिक विकाससँग संबन्धित रोगहरुको अनुसन्धान गर्ने फ्रान्सेली बैज्ञानिकहरुलेपनि यहि तथ्य सार्वजनिक गरेका थिए । घरपालुवा पन्छीहरु ब्यापारका लागि ओसारपसार गर्द त्यहिँबाट यो रोग कुखुरा र अन्य चरामा सरेको हुन सक्ने आशंका बैज्ञानिक जगतको छ । जंगली चरासँगको कुनै संबन्ध र संसर्ग बिनानै त्यहि बेलादेखि घरपालुवा पन्छी ओसार पसार गर्दा र रोगलेपनि आफुलाई क्रमिक विकास र बिस्तार गर्दै लगेको हुनसक्ने अनुमान बैज्ञानिकहरुले गरेका छन ।

यो नयाँ रोग हुनाले गहिरो अध्ययन त हुन बाँकि नै छ तर बैज्ञानिकहरुले के आशंका गरेका छन भने यस्तो भाईरलबाट संक्रमित पन्छीका बिष्टामा रोगका ससाना कणिकाहरु सुसुप्त अवस्थामा रहेका हुन सक्छन । ति केहि समयसम्म सक्रिय नहुन सक्छन । त्यहि मल माछा पोखरी वा सागपात र अन्नवालीमा छर्दा त्यसका किटाणुलाई फैलिने अवसर हुन्छ । त्यसरि खेत बारीमा छरिएको मल फेरि कुलो र नहरहुँदै बगेर बिभिन्न ठाउँमा पुग्छ । यसका बारेमा छुट्टै गहिरो अनुसन्धान भएको त छैन तर यसरि फैलिन सक्ने संभवनाहरुलाई भने बैज्ञानिकहरुले औंल्याएका छन । कहिलेकाहिँ संक्रमित भैसकेको पानी, मल, माटो, झ्याँस पतिंगर ओसार पसार गर्दा र जुत्ता कपडाबाटपनि सर्न सक्छ ।

संयुक्त राष्ट्र संघको क्रिषी तथा खाद्द संघका अनुसार संक्रमित कुखुरा, अनुपयुक्त आहारा, राम्ररि उपचार बिधि प्रयोग बिनाका  मल लगायतका सामाग्री,  फुल ओसार्न प्रयोग गरिने फोहोर तथा गुणस्तरहिन क्रेट, जगली चरा पक्रेर ब्यापारका लागि स्थानान्तरण र जंगली चराको ओहोरदोहोरले यो रोग सर्छ । संक्रमित भैसकेको कुखुराको मल यदि क्रिषी क्षेत्र, सुँगुर र माछा पालनमा प्रयोग भैसेको अवस्थामा त्यसबाटपनि फैलन सक्ने संभावनालाई रोग संक्रमणको उच्च जोखिम मानेको छ संघले । त्यसको थप अध्ययन हुनुपर्ने खाँचो औंल्याएको छ ।

फेरि यो बर्ड फ्लु सिधा मानिसमा सर्ने संभावना यसैपनि निकै कम हुन्छ जंगली चराबाट । एक त ति मानव वस्तिबाट टाढा बस्छन । अर्को तिनको निकट नपुग्दै ति उडेर भाग्छन  । त्यसैले मानिसमा सरेपनि यो घरपालुवा पन्छीहरुबाटै सर्छ । सन् १९९६ मा पहिलो पटक एशियामा यो रोग फेला परेदेखि अहिलेसम्म सधैं घर पालुवा पन्छीहरुमा  मात्रै देखापर्दै आएको छ । त्यो बेलादेखि अहिलेसम्म एशिया, यूरोप र अफ्रिकाका थुप्रै मुलुकमा हजारौं जंगली चराको परिक्षण गरियो । तर अहिलेसम्म कुनैपनि त्यसरि लामो दूरीको यात्रा गर्ने जंगली चरामा यो देखापरेको निर्क्यौल भएको छैन ।  यो रोग लागिसकेपछि लामो यात्रा गर्न सक्ने संभावना झनै न्युन हुनालेपनि  यूरोपदेखि बसाई सर्दै नेपाल पुग्ने चरामा यो रोग हुने संभावना झनै  कम छ ।

नत्र यो सर्ने मुख्य माध्यमनै जिउँदा घरपालुवा पन्छी र फुल तथा मासु हो । पन्छी ब्यापार विश्व भरिनै ठुलो छ । इजिप्टमा त्यो रोग फैलिनु पूर्व १८ करोड फुल बाहिरबाट ल्याइएको थियो । पाँच लाख कुखुरा भित्र्याइन्थ्यो प्रत्येक वर्ष । सन २००४ मा युक्रेनमा १२ करोड कुखुराका चल्ला ल्याइएको थियो जुन वर्ष त्यहाँ बर्ड फ्लु फेला थियो  यसरि अहिलेसम्म भएका कुनैपनि तथ्य तथ्यांक, बैज्ञानिक अध्ययन र प्रयोगशालामा भएका अनुसन्धानबाट लामो दूरीको बसाई सरेर आउने चराले यो रोग सारेको देखिएको छैन ।

सरकारले खासगरि भेटेनरि संबन्धि सुचना साझेदारी, आदानप्रदान, चिकित्सकिय जानकारी, क्रिषी र जिव शास्त्रिय जानकारी सबैतिरबाट आदान प्रदान र साझेदारी गर्नुपर्छ । सन्तुलित तथ्यपूर्ण सार्वजनिक सूचना प्रवाह गर्नुपर्छ । जैविक सुरक्षालाई कडा पारिनुपर्छ । कुखुरापालन फार्ममा कुखुरा राख्ने ठाउँ, दाना पानीको स्तर र मललाई निगरानी गरेर स्वस्थता स्तर कायम राख्नुपर्छ । रोग देख परेपछि वरिपरीका पाल्तु र जंगली चराको पनि यथार्थ जैविक जानकारि लिनुपर्छ । बसाई सर्ने चरा कुनै बेलामा हावा, हुरी, असिनापानी, आँधीबेरी लगायत अन्य कारणलेपनि मर्छन । त्यसैले जंगली चरा मरेको देख्नासाथ लौ रोग लागेर मरे भन्दै कुर्लिनु उचित हुँदैन ।

वसाई सराई गरेर हाम्रो गाउँघर आउने चरा हाम्रा सर्बोच्च हिमाल आरोहण गरेर आउने पर्वतारोही झैं थाकेका हुन्छन । त्यस्ता चरा नेपालमा केहि दिन आराम गरेर थकाई मेट्न र आहारा  टिप्नमात्रै रोकिएका हुन सक्छन । वसाई सर्ने चरामध्ये अहिले झण्डै ४० प्रतिशत मानविय अतिक्रमणबाट प्रभावित छन । तिनमाथि वासस्थान र आहाराको संकट वर्षेनी थपिँदो छ । तिमध्ये थुप्रै प्रजातीका त संकटापन्न प्रजातीमा पर्छन । नेपालले त्यस्ता संकटापन्न जिवजन्तु संरक्षणका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा समेत सहमती जनाएकालेपनि बिना तथ्य र बैज्ञानिक प्रमाणबिना वसाईसराई गरेर आउने चरामाथि हानी पुर्‍याउनु लोपोन्मुख जिवजन्तु संरक्षणमा अन्तर्राष्ट्रिय प्रतिबद्दता प्रतिकुल ठहरिने छ। ।

  • Kamal Paudel

    सापकोटा जि , अती राम्रो लेख लेख्नु भो, प्लिज रेडियो , टि.भी मार्फत बाट सर्बसाधारणअन लाई जानकारी गरिदिनु भयमा सारा नेपाली को भलो हुने थियो। धन्यवाद
    कमल पौडेल
    साउदी अरब बाट

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    -राम गुरुङ
    कस्तो राम्रो लेख । यस्तो लेख त राष्ट्रिअय दैनिक, साप्ताहिक, रेडियो टिभी बाट दिनुपर्ने । सबै नेपालीले सुन्नु पर्ने हो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara mgr

    जाम्कारीका लागि धेरै धेरै धन्यवाद लेखक जि लाई है ल माथि साथीहरुले भने जस्तै यो रेदियो टि भि बाट पनि प्र्चार प्रसार गर्न ठोस् कदम चालियोस है

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shyam Dallakoti

    very god article

    thank you somuch for writing such agreat article.

    Such a good article posted in the blog ? instead of posting in the daily newspapers like others said in the previous coments.

    RONAST should see thios article

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • thank you for your article

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • dear writer jee
    Yo auta ramro jankari dinubhaakoma muri-muri dhanyabad

    Thanks & regards
    Madhav pandey”Tiger”
    bangalore I N D I A

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nitesh

    tapaiahru sabai sita sahamat

    yastolekh blogma maatrai simit garnu bhayena

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • बिक्रम देवान

    बर्ड फ्लु बारे व्यापक जानकारी दिनु भएकोमा यहाँलाई साधुवाद धन्यवाद ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sunil

    yo lekh malai ni sarai manparyo tara ya lekh bata yo rog kahile nepal ma aaune ho vanne kura chai bujna aali garo vo .

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree