हार्दिक श्रद्धाञ्जली शहिदहरुलाई
प्रसंग–शहिद सप्ताहको
-तिर्थ राज पाण्डेय “आसु”
दुई थोपा आँसु श्रद्धा यो मेरो त्यो उच्च सालीक !
भइसक्यो बेला जन्मन अझै शासनका मालिक !!
नेपालको ईतिहासमा कोतपर्बसँगै सुरु भएको राणाहरुको शासनकालमा नेपाली जनतामाथि गरिएको अभद्र ब्यवहार र जनताले पाएको दु:ख कष्टको प्रतिरोध गरी एक असल प्रजातन्त्रिक समाजको जगेर्ना गर्न चाहने नेपाल आमाका सपुत मध्ये एक हुन – अमर शहिद दशरथ चन्द ।
शहिदको त्याग, तपस्या र बलिदानको पृष्ठभुमी हो २००७ सालमा उदय भएको प्रजातन्त्र । बिक्रमसम्बत १९६० असार १७ गतेका दिन बैतडी जिल्लाको बस्कोट पत्थरसिया भन्ने ठाउमा पिता सेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखबाट जन्मनु भएका दशरथ चन्दको बाल्यकालको शिक्षा बैतडी, सुर्खेत र नेपालगन्जमा ब्यथित भयो । थप भारतको बनारसबाट आइ ए सम्मको अध्ययन पुरा गरे । आजीवन अविवाहित रहि देश र जनताको सेवामा समर्पित चन्द बि स १९८६ मा भारतमा महात्मा गान्धीको नेत्रित्वमा सन्चालित “सविनय अबज्ञा” आन्दोलनको क्रममा चलेको नमक आन्दोलनमा सकृय भई लगेको आरोपमा भारतमा जेल जानुपर्यो । पछि बि स १९८८ मा स्वदेशमै फर्कि आफ्नो द्रिढ सपनालाई पूरा गर्नतिर लाग्नुभयो । राजनीतिक यात्राको क्रममा राणा बिरोधी आन्दोलनको लागि हतियार संकलनको लागि बर्मा पुगेर हतियार संकलन गर्नुभयो ।
राजनीतिक जीवन यात्राको क्रममा बि स १९९३ जेष्ठ २२ का दिन गोप्य रुपमा टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, जिबराज शर्मा, रामहरी शर्मा र दशरथ चन्दले राजनीतिक दलको रुपमा प्रजा परिषद गठन गरे । बि स १९९७ श्राबण महिना भोटेजात्राको दिन राती १० बजे उपत्यकाका ३ वटै शहरमा राणा शासन बिरोधी पर्चा छरे । पर्चामा राणा शासन बिरोध गरिनुको साथै राणासँग लड्नकोलागि जनताहरुलाई आव्हान गरिएको थियो । दशरथ चन्द को सकृयतामा पर्चा बाँडिएकोले बि स १९९७ कार्तिक २ का दिन दशरथ चन्दलाईपनि गिरफ्तार गरियो । उक्त पर्चा काण्डमा ५०० भन्दाबढी जनतालाई गिरफ्तार गरिएको थियो । बि स १९९७ माघ ६ मा मुद्दा को फैसला भयो । देशद्रोहको दोष लगाई शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमालगायत दशरत चन्दलाई म्रित्युदण्डको घोषणा भयो । माघ ९ गते राती शुक्रराज शास्त्रीलाई टेकुमा र माघ ११ गते धर्मभक्त माथेमालाई सिफलको उकालोमा झुण्ड्याएर म्रित्युदण्ड दिइयो । दशरथ चन्द र गंगालाललाई बि स १९९७ माघ १५ औसीको राती विष्णुमतीको किनारामा सोभा भगवतीको नजिक लगेर माफि माग्न लगाए । माफि नमागेपछि वहाँको माग अनुसार दुबै जनालाई गोली हानेर म्रित्युदण्ड दिईयो । दशरथ चन्दलाई पहिले तिघ्रामा अनी कोखमा र अन्तिममा छातीमा गोली प्रहार गरिएको थियो । यि नेपाल आमाका शहिदहरु सधैंको लागि नेपाली माझ अजम्मर छन । सुदुर-पश्चिम नेपाल
सम्पर्क-Suni582003@yahoo.com


Hardik Sardanjali haMara bir shahid harulai
Thanks & regards
MadhavPandey”Tiger”
Bangalore I N D I A
मन परो वा परेन:
0
0
[Reply]
मेरो पनि आत्मै देखी हार्दिक सार्दान्जली सम्पूर्ण ज्ञात – अग्यात शाहीद हरु पर्ती .
कमल पौडेल
साउदीअरब बाट
मन परो वा परेन:
0
0
[Reply]
पाठक मित्र हरु,
यो सलोनी को समस्स्या के होला है,
कि कतै जवानी भाईसक्दा पनि बाबु-आमा ले बिबाह नोगरीदएेको कारण ले रीस पोखेकी हो कि ?
राजनीति को खेल अपारमा छ नेपालमा कतै भुषण दाहाल र पुष्प कमल दाहाल ले बेहाल बनाएको हो कि? (नत्र उमा सिंह को जस्तो परीणाम भोग्नु पर्ने थियो की , एकतका माओवादी को अत्याचार को बारेमा जोशिला शब्द ओकल्थीन )
ए साचै पत्रकार को हरिबिजोक हालत देख्न्न नसकेर ईन्द्र लोहनी ईन्द्रलोक मा बसाइ सर्नु परेको त होइन?
भगवान को भरोसा,
कमल पौडेल
साउदीअरब
जी सी सी
mysansar is not taking my comment so that i past here i as so sorry la.
मन परो वा परेन:
0
0
[Reply]
खोइ क गर्नु जती शाहीद सप्ताह मनाएनी झन झन देश बर्बर र दल दल मा फसिरहेको छ, अब त शाहीधरुको गुणगान गाउn पनि लाजै मर्दो पो हुँदै छ त खोइ कस्लाई क् भन्नु र ?
मन परो वा परेन:
0
0
[Reply]
दुई थोपा आँसु श्रद्धा यो मेरो त्यो उच्च सालीक !
भइसक्यो बेला जन्मन अझै शासनका मालिक !!
mero pani hai ………………………..Great word
मन परो वा परेन:
0
0
[Reply]
Thank’s Tirtha Thank’s Nepal plus
मन परो वा परेन:
0
0
[Reply]
ज्ञात, अज्ञात शहीदहरु प्रती हार्दिक ष्रदान्जली व्यक्त गर्दछु ।
Thank-you
मन परो वा परेन:
0
0
[Reply]
wow soo nice article pandey jee.. yo nayaupane bro ko shubhakamana laa.keep it up .
मन परो वा परेन:
0
0
[Reply]
wow …wa
so Great article Thank’s Pandey
मन परो वा परेन:
0
0
[Reply]
पाण्डेय जी तपाईंका कबिता त सारै मिठा झन कती मिठो शाहीदको समझना को लेख माया पिर्ती को मात्रै कती कुरा गरी राखने हैनत
उही शुभचिन्तक – आर आर सुबेदी , जापान
मन परो वा परेन:
0
0
[Reply]