भ्रस्टाचारीलाई नांगेझार पार्न ‘जनतालाई स्याबासी आयोग’
● लुना / बेल्जियम
भ्रस्टचार के हो कसरी हुन्छ आदि तिर जान्न म । यस सम्बन्धमा बिगत केही बर्ष देखि नै ब्यापक छलफल / कार्यक्रमहरु भईरहेका छन् । सबैले स्विकारेको कुरा हाम्रा राजनितिक नेता नै भ्रस्टचारमा चुर्लुम्म डुबेको स्विकार्न जनताले घिर्ना गरेका सुजाता, शेर बहादुर, केपी ओली आदि सम्म पुग्नै परेन । जब दुनियाँ जनताले भोट दिएर जिताएको प्रचण्डजीहरु नै अपारदर्शी महलमा बसिदिएपछि । देश हाँक्ने यस्ता सारथीहरु नै यसरी भ्रस्टाचारमा मुछिएका छन् भने अब बाँकी कसलाई पो के के भन्ने ?
प्रहरी प्रशासन देखि न्यालय हुँदै सरकार हाँक्नेहरु सबैले मुलुकलाई खोक्रो पारिरहे । मुलुकको सम्बृद्दीको लागि लागिपर्ने रक्षकहरु नै भक्षक बनिदिएपछी यसैको परिणाम एशिया त के संसारकै शुन्दर देश नेपाल आज विश्वकै गरिब मुलुकको अग्रपंतिमा उभिएको छ । भ्रस्टचार मार्फत गरिबीको रसातलमा धसिएको मुलुक आर्थिक रुपमा डुब्दै जाँदा महंगीको मारमा परेर सर्बसाधारण नेपालीहरु निस्सासिएका छन् । करोड नेपालीको हिर्दयमा चोट पुगेको छ यो सब दृश्य देख्दा / भोग्दा / बुझ्दा ।
बाबुरामको सरकार भन्छ ‘हेल्लो सरकारमा उजुरी गर्नेलाई पुरस्कारको ब्यबस्था’ । पुरस्कार त्यसै दिने होईन होला । भ्रस्टचार सम्बन्धमा प्रमाण देखाएर उजुरी गर्नेलाई पुरस्कार दिने होला । यदि यसो हो भने कोही नेपाली नागरिकले प्रचण्डजीको महललाई सप्रमाण देखाई ‘प्रचण्ड जी ले भ्रस्टचार गरे’ भनेर उजुरी गरे प्रचण्डजी लाई कारबाई गर्छ यो सरकार ? प्रमाण के ? उनको आम्दानि भन्दा बढी रकम लाग्ने उक्त महल सम्बन्धमा कुन आय स्रोतको माध्यमले उक्त महल भाडामा लिए वा किने ? त्यो पारदर्शी ढंगले स्पस्ट गर्न नसके पछी त्यहाँ भ्रस्टचार भयो कि भएन भनेर अनुमान लगाउन फेरी अर्को नयाँ ‘प्रचण्ड निबास सम्बन्धमा खोजबिन गर्ने नयाँ अख्तियार आयोग’ भनेर राख्नु पर्ने हो कि के हो ?
सुडान काण्डलाई नै हेर्ने हो भने मिडियाहरुले खुल्लम खुल्ला सप्रमाण देखाएर लेखेको छ सुजाता रुबेल सिटौलाहरु मतियारको रुपमा रहेको भनेर । तर खोई उनीहरुलाई कारबाई गरेको ? सुडान काण्ड जस्ता काण्ड कति छन् कति नेपालमा ।
देशमा कानून छ । तर त्यो केहि प्रतिशतलाई देखावटी रुपमा लागू हुन्छ । सानालाई ऐन ठुलालाई चैन । पूर्ण रुपमा लागू हुँदो हो त दुनियाँ नेपालीले पढ्ने पत्रपत्रिकाले फोटो सहित सप्रमाण लेख्दा अनि अख्तियार दुरुपयोग आयोगले दोषी प्रमाणित गर्दा पनि किन कारवाही हुन्न ? अदालतले कारबाई गर्नु पर्ने भन्ने अनि अदालतले फेरी कानूनी प्रमाण चाहिने भन्ने ? एकले अर्कालाई देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिँदै जनताको आँखामा छारो हाल्ने काम भइराखेको छ ।
यसरी अन्तत : देशको कानूनलाई नै पक्षघात बनाएर उई चतुर नेता कर्मचारी हाकिम भ्रस्टचारी ब्यापारीहरुले आफ्ना सात पुस्तालाई पुग्ने गरि भकारी भर्दै आएका छन् । नेपाली जनताको रगत पसिना चुस्दै देशलाई खोक्रो बनाईरहेका छन् ! कहिलेसम्म नेपाली जनताले यो सब हेर्दै सहिरहने ? नेता, कानून, प्रशासनको भर पर्न नसकिने स्थितिमा यिनैलाई सहि ठेगानमा ल्याउन सक्नु पर्यो सचेत नेपाली जनताले !
क्रमिक रुपमा दोस्रो तेस्रो आदि उपायहरु खोजौ । नैतिकता, आर्थिक सबलता, आर्थिक समानता आदि इत्यादि आउला नै । अब अहिले चाहिँ तु हुनु पर्ने प्रथम उपाय हेरौ । अहिलेलाई टड्कारो रुपमा देखिएको त्यो प्रथम उपाय जनता र मिडिया आपसमा मिलेर यिनलाई नाग्गेझार बनाउनु हो समाजमा । अब मिडियाले अमिर खानको पिप्ली लाइभ स्ट्याईलमा यी भ्रस्टचारीहरुको खेदो खन्नु पर्छ ! अनि जनताले मिडियालाई साथ् दिनु पर्छ !
त्यस्ता भ्रस्टचारीहरुको हिजोको जिबन कस्तो थियो आज कसरी चलिरा’छ र त्यस्ता भ्रस्टचारीहरुलाई तिनका आफन्तिले कुन रुपमा हेर्छन् ? छर-छिमेक समाजले कुन रुपमा हेर्छन् ? त्यस्तो भ्रस्टचारीलाई हेरिने नकारात्मक पक्षलाई समेटेर लेख छापिदिने । टिभी च्यानल मार्फत देखाईदिने । सरकार नेता आदिले के बोल्छ ति भ्रस्टचारीहरुको बिषयमा आदि जस्ता कुरालाई लिएर यिनलाई उठी सुख न बसी सुख नबनाई कुनै धरै छैन ! भात खाएपनि आची खाएको जस्तो बनाईदिए पछी चेत नआई सुख र ? मान्छे हो आखिर त्यसलाई यै समाजमा नबसी सुख छ ?
जसले भ्रस्टचार सम्बन्धि मिडियालाई जानकारी दिन्छ तिनलाई उचित पुरस्कारको ब्यबस्था पनि गर्ने । यसलाई भ्रस्टचार निवारण आयोग भने जस्तै गरि “जनतालाई स्याबासी आयोग” नाम दिने । अनि उक्त आयोग मार्फत पिप्ली लाईफ स्टाईलमा भ्रस्टचार सम्बन्धि जानकारी दिनेलाई समाजमा इज्जत दिलाउने हेतु तिनको साहसिक कामलाई प्रशंशाको फूलमालाले स्वागत गर्ने । पुरस्कार स्वरूप पैसा पनि दिने किनकि तिनै जनताले दिएको जानकारी मार्फत पत्रिका पनि त बिक्छ । त्यसैले सबै कुरा दोहोरो हुँदा सबैको हितमा हुने । भ्रस्टचार चरम रुपमा मौलाएको अहिलेको परिस्थितिमा हामी नेपाली जनताले मिडियालाई नगुहारे अब कसलाई गुहार्ने ?


यस्तो कुरा भुलेर पनि नगरौ फेरी बाबुरामको शान्ती र सम्बीधान धरापमा पर्ला | शान्ती र सम्बीधानको बारेमा नीचोड ननीक्ले ४५ दिन भित्र राजीनामा दिने बाबुराम | जनताको नोकर नव महाराज प्रचण्ड | नौलो जनबाद (जनावर) को हिमायती बैद्य (जो खाली जनता घटाउने मात्र कुरा गर्छ) | लुना जी भुलेर पनि यस्तो आलेख नलेख्नु होला तपाइँ पनि जनदुश्मनमा पर्नु होला अनि खाओबादिका भरौटे हरुले सफाया गर्लान | अरु पाटीको के कुरा गर्नु जब जनताको पाटीकै यो चर्तीकला छ भने ? देश बनाउन १५ हजार माथी जनतालाई बलीको बोका बनाए | कती लालाबाला टुहुरा बनाए | कती अपाङ्ग भए अनि कती मरेबाचेको पत्तो छैन | ५ साल पहिले चुटीएको चप्पल बोकेर काठमाडौँ पसेका जनताका नोकरहरुलाई मालीक बनायो त्यो मान्छे मार्ने घ्रीणीत खेलले | अरु के गर्यो मलाइ थाहा भएन | ४६ साल देखी आज सम्म सबै भोगीयो कोही आएन जनताको नोकर जो पनि आउछ २ ४ सालमै मालीक भैहाल्छ | कैले आउला त्यो दिन हाम्रो देश अनि हामी जनताको नेता | २४० ले खोक्रो परेको मेरो देश ऐले ६०१ ले नीरन्तरता दिए बनाउन हैन खाली बिगार्न कसरी धानोस ?
मन परो वा परेन:
22
7
[Reply]
Jun des ma Janata minority (barely 25%) chhan ra party Karya-karta Majority ma chhan, tyodesh ma Bhrastachhar rokidaina! Janatanai nabhyeko des ma Chor lai Chor kasle bhanchhan? Arka party ko Karyakarta le bhanebhane- shadyantra hunchha kinaki tinle afno party-ko chor neta lai chor bhandainan! Yo Pashupur (nepal) haakne yeutai matra upaya chha…yetuta gatilo Nepali Gothalo chahinchha! Aru sabai Gafai matra hun!
मन परो वा परेन:
8
0
[Reply]
ईमान कुहियाउने किराहरु राजनतिक दलहरु र तिनका नेताहरुनै हुन्/ ईनिहरुको उन्मुलन बिना भ्रस्टाचार र भ्रस्ताचारिको उन्मुलन असम्भव छ/ पहिला ईनिहरुको र ईनिहरुको साखा सन्तानहरुको पाई पाई आम्दानीको श्रोत खोतल्नु पर्छ, कति कर तिरेको छ तेस्को हिसाव गर्नु पर्छ तव ई कुहिएका किराहरुले अरुलाई कुहियाऊंन सक्दैन/ नेता र दलको महल नै ईनिहरु भ्रस्ताचारी हुन् भन्ने प्रमाण हो/ नेताले कमाएको होस् बा दलले कर त् तिर्ने पर्ने हो तर कसले तिरेकोछ? कर नतिर्नु नै चोर भएको प्रमाण हो/
मन परो वा परेन:
12
2
[Reply]
लुना जी, सहि कुरा को उठान गर्नु भाछ .यस बिषय लाइ टडकारो रुपमा अझ उठान गर्न जरुरि छ ,,,
सोमना
मन परो वा परेन:
12
1
[Reply]
सारै राम्रो लागो तपाई को लेख एस्तो सासन त राजाको पालामा नि थियो किन मा बादी चिन्थ्यो र
मन परो वा परेन:
11
1
[Reply]
लुना जी ,
समसामयिक र सत्य लेखको धन्यबाद | हामी सचेत र आम जनताको मनको अवाज हो | कोहि हरुवा चरुवा र तथाकथित बुद्दुजिवी हरुलाई यो लेख ताई तुइको लाग्न सक्छ , यसमा रिसर्च नपुगेको पनि भन्न सक्छन | किनभने लेखमा भएको कुराको खण्डन गर्ने ठाउँ छैन , र हनुमान हरुसंग तर्क र वहस गर्न सक्ने विवेक पनि छैन | नेपालका सबै दल भ्रष्टाचारको मुद्दामा स्वच्छ छैनन | तर म कुरा आज सत्तामा बसेको माओबादीको बढी गर्न गर्न चाहान्छु | कांग्रेस र वमले आदि को भोलि सत्तामा गएपछि कुरा गरौंला | अब हजारौं वाइसिएल् लाइ पैसा कहाबाट दिने माओबादीले ? आफ्नो पार्टीको आम्दानी भन्दा कयौं गुना बढी रकम कसरि दिने ? कति सुमार्गी(व्यापारी) हरु संग सहयोग र चन्दा लिने ? अनि जनतामाथि नाङ्गो शोषण र ठगि गर्न तिनलाई छाडा छाड्ने ? २/४ हजार आफ्ना कार्यकर्ता खुशी पार्न करोडौं गरीब नेपाली जनताको पसिनामा खेलवाड गर्ने ?
चर्कै बहस्. तपाइलाई के लाग्यो?
13
14
[Reply]
chandra Reply:
February 18th, 2012 at 8:10 pm
जापान मा सुनामी आउनु नेपाल का माओबादी ले गर्दा हो l युरोप मा इकोनमिक क्राइसिस हुनु नेपाली माओबादी कारण ले हो निन्द्रा लागेन माओबादी ले गर्दा हो पेट दुख्यो माओबादी ले गर्दा खान मन लागेन माओबादीले गर्दा अल्छी लग्यो माओबादी ले गर्दा रुघा लग्यो माओबादी ले गर्दा होइन त सिब जी ?
मन परो वा परेन:
14
13
[Reply]
chandra Reply:
February 18th, 2012 at 9:02 pm
तपाइको आफ्नै नाम छैन | आफ्नो भक्त्ती प्रदर्सन गर्न किन अरुको नामको सहारा ? अन्यथा नसोच्नुस है क्रिपया |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
4
10
[Reply]
chandra Reply:
February 19th, 2012 at 5:47 am
मेरो नाम चन्द्र प्रसाद खनाल हो तपाई जस्ता मार्पचे को नाम प्रयोग गरिरहनु पर्ने होइन मेरो नाम मा जथाभाबी कमेन्ट गर्ने अनि उल्टै मेरै नाम
मा किन कमेन्ट गर्ने भन्ने वाहियात कुरो किन गर्नुहुन्छ नक्कली चन्द्र ?
मन परो वा परेन:
11
2
shiva Reply:
February 19th, 2012 at 11:41 am
chandra ji tapai comment garda aafno pura naam lekhnu hola yaha bhijilante haruko chakchaki badhyo jasto chha.
चर्कै बहस्. तपाइलाई के लाग्यो?
3
9
Shiva Reply:
February 18th, 2012 at 9:10 pm
छेउ न टुप्पोको रिप्लाई के गर्नु भाको चन्द्र जी
लेख्नै मन लागे विषयमा आधारित भएर केहि बहस र तर्क गरौँ न | प्रचण्डको नया महल , लडाकुको नाम मा गएको डेढ अरब को भ्रष्टाचार , वाइसिएल् लाई दिन लागिएको आर्थिक प्याकेज , चेक खोसिएको विषय हरुमा तपाइको विचार , तर्क वा सफाई के छ त्यो सुनौं न बरु |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
10
11
[Reply]
chandra Reply:
February 19th, 2012 at 6:38 pm
मैले तपाइँ लाइ सकिन साचै जन गणतन्त्र लागेछ तपाइँ लाइ | तपाइको जय होस् | अब हुदा हुदा मेरो न्वारानको पण्डीत पनि तपाइँ | तर मेरो बास्ताबीक नाम चन्द्र खनाल नै हो | तपाइँ त मेरो बन्धु पर्नु भएछ पुन एक पटक नमस्कार छ तपाइँ लाइ | पाटी आफ्नै ठाउमा छ तर बन्धुत्व को महत्व ज्यादा हुन्छ | भाइ भाइमा गाली गरागर नगरौ होला की कस्तो लाग्छ तपाइँ लाइ ?एक हातले मात्र त ताली बज्दैन हजुरको जो बीचार |
चर्कै बहस्. तपाइलाई के लाग्यो?
4
7
[Reply]
chandra Reply:
February 20th, 2012 at 11:26 am
सबै नेपाली भाइ भाइ होइन र बन्धु ?
मन परो वा परेन:
8
0
Chandra Thapa Reply:
February 20th, 2012 at 11:03 am
जापान मा सुनामी आउनु नेपाल का माओबादी ले गर्दा हो l युरोप मा इकोनमिक क्राइसिस हुनु नेपाली माओबादी कारण ले हो निन्द्रा लागेन माओबादी ले गर्दा हो पेट दुख्यो माओबादी ले गर्दा खान मन लागेन माओबादीले गर्दा अल्छी लग्यो माओबादी ले गर्दा रुघा लग्यो माओबादी ले गर्दा होइन त सिब जी ?
निर्वाचन हारियो माओवादिले गर्दा, जनताले पत्याएनन माओवादिले गर्दा, प्राण भन्दा प्यारो राजा गए माओवादिले गर्दा, कुनै आमसभा गर्यो दुइसय भन्दा टाउको देखिन्न माओवादिले गर्दा, थारु अनी दलितहरु जागे माओवादिले गर्दा, भ्रस्टहरुको राजमा आगो लाग्यो माओवादिले गर्दा, सम्विधान बनेन माओवादिले गर्दा, शान्ती प्रकृया टुङिएन माओवादिले गर्दा, फेरी निर्वाचनमा जाने कुरा गर्यो कि खुट्टा लुलो हुन्छ माओवादिले गर्दा ।
मन परो वा परेन:
8
1
[Reply]
खुव चित्त बुझ्यो चंद्रजीको कुरो. आफुले १४ वर्ष लुटेरा राज्य कंगाल पारेको यथार्थलाई लुकाउन जेपनि माओवादीलाई /
मन परो वा परेन:
15
3
[Reply]
चन्द्र is Lalrakshak so you can be labbeld as Jana dusman so be careful luna jee.
चर्कै बहस्. तपाइलाई के लाग्यो?
8
9
[Reply]
chandra Reply:
February 21st, 2012 at 4:03 pm
लुना जी त नेपाली लेबल्ड !! खाट्टी नेपाली कि बिजुली जस्ती छोरी हुनुहुन्छ ! उहा त हामी सारा नेपाली लाइ गति दिन सक्ने एउटा बिर नेपाली बाउ को
मुर्धन्य छोरी हुनुहुन्छ ! उहा को कुरा छाड्नुस बरु हजुर जस्ता ओछ्यान चाही पक्कै त्यो लेबल्ड मा पर्न सक्नुहुन्छ !
मन परो वा परेन:
4
1
[Reply]
Luna Reply:
February 21st, 2012 at 9:24 pm
चन्द्र जी
तपाईहरुको कुरामा म बोल्ने थेन , यहा तपाईले मेरो बा लाई
उभ्याउन खोज्नु भा भ र क्यै नभनी चुप बस्नै सकिन .
-उहा त हामी सारा नेपाली लाइ गति दिन सक्ने एउटा बिर नेपाली बाउ कोमुर्धन्य छोरी हुनुहुन्छ -
तपाईले के भन्न खोज्नु भा को चन्द्र जी ?
मेरो बा लाई किन यहा उभ्याउन खोज्नु भो ??? बिर नेपाली
बाउ ? मेरा बा न त बिर नै हुन् न त कायर नै हुन् !!!!!!!!
बहा एकदम साधारण नेपाली हो जसले जिबन भर जागिरे जिबन
बिताएर आफ्ना छोरी छोरालाई पढायो , आँखा देख्ने बनायो .
आफ्नो कर्तब्य ईमान्दारीताका साथ् पुरा गर्ने सोझा नेपालीको
प्रतिनिधित्व गर्नुहुन्छ मेरा बा , आफ्नै परिबारको लागि .
त्यति हो , जुन मेरो लागि र मेरा परिबारका लागि महत्व र गर्ब
को कुरा हो बस !
तर
तर
माथी तपाईले भने झैँ -उहा त हामी सारा नेपाली लाइ गति दिन सक्ने एउटा बिर नेपाली बाउ – ???
मेरा बा ले हाम्लाई मात्रै गति दिनु भा’छ , बहा कसरी सम्पूर्ण
नेपालीलाई गति दिने बिर हुनु भो तपाईको बिचारमा ???
जे पायो त्यै लेख्नु भा हो कि ! खिस्याउनु भा हो कि ! कि नजानेर यसरी लेख्न पुग्नु भा हो चन्द्र जी तपाईले ?
मन परो वा परेन:
3
1
[Reply]
chandra Reply:
February 22nd, 2012 at 4:39 pm
होइन लुना जी हजुर लाइ न त खिस्याउन न नत बढाई चढाई गर्न नै भनेको हो !
हजुर ले भने झैँ र हामी ले आशा गरे झैँ साधारण व्यक्ति जो जिन्दगि भरि रास्ट्रको सेवा गर्छ
सच्चा मन ले देश को सेवा गर्छ र आफ्नो इमान जमान लाइ अविचलित रुप मा आफ्नो जिबन काल भरि
सदैब स्वच्छ राख्दछ ति बाउ हरु साच्ची कै समाज लाइ गति दिने र समुन्नत समाज को लागि पुर्बाधार तयार गर्ने
इन्जिनियर हरु हुन् ! रह्यो कुरा बिर को राष्ट्र लाइ इमान्दारी का साथ् सेवा गर्नु नै बिरता हो ! काएर त्यो हुन्छ आफ्नो स्वार्थ को लागि
देश र जनता प्रति जसले बेइमानी गर्दछ ! हरेक मैदान मा हरेक छेत्र मा इमान्दारी पुर्बक राष्ट्र को सेवा गर्नु नै बिरता हो होइन भने
त्यो जे पी गुप्ता जस्तै हो जो एउटा कायर र राष्ट्र घाती हो !
मन परो वा परेन:
6
1
Luna Reply:
February 22nd, 2012 at 9:13 pm
धन्यवाद चन्द्र जी तपाईलाई मैले नै नबुझेछु .
मन परो वा परेन:
4
0
जब सम्म नेपालमा सङ्घियता हुँदैन तब सम्म नेपालको हालत यस्तै हुने छ!
चर्कै बहस्. तपाइलाई के लाग्यो?
3
5
[Reply]
Lunajee, Lekh nikai ramro chha.
मन परो वा परेन:
3
0
[Reply]