सम्बोधनको भोलिपल्टै राजावादीसँग सुटुक्क
प्रधानमन्त्री पुष्पकमल दाहालले नातावादको व्यवहार आफूले सच्याउने र आइन्दा नागरिकले पनि यस्तो काम गर्नु नपर्ने स्थितिको सिर्जना गर्छु भनि भाषण गरेको २४ घन्टा नबित्दै अर्को एउटा नातावादी निर्णय गरेका छन् । आइतबारको सम्बोधनमा उनले भनेका थिए -प्रधानमन्त्री र मन्त्रीहरूबाट नातावादको व्यवहार गरिँदै छ र उनीहरू विलासमुखी जीवनशैलीतर्फलहसिँदै छन् भनी नागरिक तहबाट गरिएका गुनासालाई मैले गम्भीर रूपमा लिएको छु ।
सोमबार आमनागरिकले प्रचण्डको सम्बोधन पत्रपत्रिकामा पढिसक्नै भ्याएका थिएनन्, तर उनले आफू प्रमुख रहेको पार्टीको कार्यालय प्रमुखमा आफ्ना भाइलाई नियुक्त गरेका छन् । पार्टीप्रमुख दाइ र कार्यालय प्रमुख भाइ बनेपछि नातावाद सच्याउने प्रधानमन्त्रीको भाषण हँसिमजाकमा परिणत भएको छ ।
स्रोतअनुसार प्रचण्डले आफ्ना भाइ चितवन- ३ का सभासद नारायण दाहाललाई बुद्धनगरस्थित केन्द्रीय कार्यालयको प्रमुख बनाएका छन् । उता, क्षेत्रीय ब्युरो सदस्य रहेका पूर्व अन्डा व्यापारी भतिज समिर दाहाललाई प्रधानमन्त्रीले यसअघि नै आफ्नो पिए बनाइसकेका छन् । बुहारी कल्पना बिसुराललाई रेडियो नेपालमा घटना र विचार कार्यक्रममा नियुक्त गरिएको छ । र भर्खरै भक्तपुरको खरिपाटीमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा मोहन वैद्यपट्टी लागेका पूर्व कार्यालय सचिव श्रीराम ढकाल, प्रशान्तुलाई प्रचण्डले तमुवानको सहइन्चार्ज बनाएर लखेटेका छन् ।
पार्टी एकता भएपछि पुराना र त्यागी नेता, कार्यकर्ताहरू पाखा लाग्ने गरेको दृष्टान्तका रूपमा माले र मार्क्सवादीबीचको एकतापश्चात् गठित एमाले तथा प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसबीचको एकताकै उदाहरण पर्याप्त हुँदाहुँदै यस्तो संकट माओवादीमा पनि देखिन थालेको छ । लामो समय जनयुद्धमा लड्दै आएका तिलक परियार अहिलेसम्म राज्यसमितिमै सीमित छन्, यता एकताकेन्द्रबाट प्रवेश गरेका आहुति पोलिट्ब्युरो सदस्य बनेका छन् । त्यस्तै, अखिलका पूर्वकेन्द्रीय अध्यक्ष देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने अहिलेसम्म क्षेत्रीय ब्युरोमै सीमित छन् भने उता माले अखिलबाट आएर उनैको मातहतमा काम गरेका कृष्ण केसी, एकताकेन्द्र समर्थित अखिलबाट आएका प्रकाश पोखरेल, जीवन गौतम आदिलाई केन्द्रीय सदस्य बनाइएको छ । ०४० सालदेखि क्रियाशील जीवन्त (मोहन कार्की) आरबिएम मात्रै छन् । शिक्षक संगठनका गुणराज लोहनी र नवलपरासीका ठाकुरप्रसाद चापागाईं (आँपेकान्छा) पनि जहाँको त्यहीँ छन् । हालै सम्पन्न पार्टीको बैठकमा सहभागीहरूले सरकारको आलोचना गर्दा नारायणकाजी श्रेष्ठ (प्रकाश) ले प्रचण्डभन्दा अघि सरेर सरकारको बचाउ गरेका थिए । सरकारी मोर्चा कमजोर भयो, यही ताल हो भने पार्टी सफल हुन्छ भन्ने प्रायः सबै सदस्यको गुनासो थियो । प्रकाशले यो सरकार ढल्यो भने सम्पूर्ण चिज गुम्छ भनेपछि माओवादीका पुराना नेताहरूले सुरुमै ध्यान सरकारतिर ? भन्दै प्रकाशप्रति व्यंग्य गरेका थिए । बैठकमा पाँचजनाको कार्यालय बनाउने प्रचण्डको प्रस्ताव पनि पारित भएन । पोलिट्ब्युरो र सचिवालय हुँदाहुँदै धेरैवटा तह किन चाहियो ? भन्दै सदस्यहरूले त्यसलाई अस्वीकार गरिदिएका थिए । पाँचजनामा सिपी गजुरेलको नाम छुटाइएकोमा केहीले आक्रोश पोखे । उता पार्टी प्रवक्ता दीनानाथ शर्माले आफूलाई सचिवालयमा नलगे पोलिट्ब्युरोबाट राजीनामा दिन्छु भनेपछि १५ जनाको सचिवालयमा भोलिपल्टै उनको नाम थपेर १६ सदस्यीय बनाइएको थियो । ४५ सदस्यीय पोलिट्ब्युरोको एकतिहाइ सचिवालयमा रहने भन्ने विधानको व्यवस्था पनि यसबाट उल्लंघन भएको छ । यसैगरी, घुर्क्याएर पद माग्नेहरू देशभरि कति छन् भन्दै केही सदस्यले जानकारी मागेको स्रोतले बतायो ।
दरबारियासँग प्रचण्ड लुसुक्क
प्रधानमन्त्री प्रचण्डले आइतबार साँझ सम्बोधन गरिसकेपछि त्यसको प्रतिक्रिया सहयात्री दल, कार्यकर्ता र आमनागरिकबाट होइन, शाहीकालका हर्ताकर्ताहरूबाट लिएका छन् । सम्बोधनमा पुराना आयोग (मल्लिक र रायमाझी) का दोषीलाई कारबाही गर्ने उल्लेख भएपनि प्रधानमन्त्रीले शाहीकालका मास्टरमाइन्ड एवं रायमाझी आयोगमा समेत नाम मेटाउन सफल रमेशनाथ पाण्डेलाई हिजो बिहान भेटेर सम्बोधनबारे प्रतिक्रिया मागेका छन् । पाण्डेले उनलाई ‘औधी राम्रो ‘ भनेर प्रशंसा गरेको स्रोतले बतायो । त्यसैगरी प्रधानमन्त्रीले सोमबार बिहान बद्नाम व्यापारी एवं पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहका व्यापारिक पार्टनर, उदीयमान नटबरलाल अजय सुमार्गीसित सुटुक्क भेट गरी आफ्नो सम्बोधनमाथि व्यापारीहरूको प्रतिक्रिया के छ भनी राय मागेका थिए ।
साभार-जनआस्था साप्ताहिक, बुधबार, १५ माघ २०६५ ।


thank you for such article.
मन परो वा परेन:
0
0
[Reply]
Atu k bhannu……..
………Kukur lai Ghee na pachako ho……..arko election ma tha huncha.
मन परो वा परेन:
0
0
[Reply]
Mr Prachand dahal hoinan DALALI ho
मन परो वा परेन:
0
0
[Reply]
To
Mr, Prachand
pls. save our country. don’t play with country…..pls request to all politician pls don’t see vote bank………… NEPAL is our motherland…………..
Regards
Madhav Pandey”Tiger”
Bangalore I N D I A
मन परो वा परेन:
0
0
[Reply]
desh banaauna ko laagi purba darbaariya lai pani saath linu parne hunchha. prachanda le tyehi garekaa chhan. ramesh pande jasto manchhe bhettauna ra us ko dimag ko upayog gardai maa rajaa badi sanga lusukka hoinna.
birodh kaa laagi matrai birodh garna hudaina. lekhak jee kaa 3 pate kura lai buddhi bhayekaa nepali le kahile samarthan ra biswas gardainan.
(kamsekam lekhak jyu maile tapai ko lekh lai 99% biswas gardina.)
मन परो वा परेन:
0
0
[Reply]
E MAOBADIHARUKO BIU PANI NARAKHI NEPAL BATA MASNU PARCHHA.HOINA BHANE JANATALE KAHILE SUKHA PAUNE CHHAINAN.
मन परो वा परेन:
0
0
[Reply]
देस बनाउन तिर कसी कस्नु पर्यो सबै मेलेर , एउटा को मात्र आस गर्ने बानी हटाउन छोडौ , अझ खुट्टा तान्न खोज्छन पहीलाको चोरिखने पल्ल्केका नेता भनौदा भुत हरुले , कस्तो लाज पनि नभएका चुनाव मा हारेर पनि सभासद र मन्त्री बन्ने अनी कसैलाई काम गर्न पनि नदने।
इन्को त सत्यनास होस् पर्भु ।
कमल पौडेल
साउदी बाट
मन परो वा परेन:
0
0
[Reply]
यो पागल भुकाइ हो एस्ता भुकाइ लाई विश्वाश गर्ने कि नगरने ?
यदी तपाईं मान्छे मात्रा को बर्ग मा पर्नु हुन्छ भने पक्कै एस्तो झोले लेखाइ को विश्वाश गर्नुहुदैन भन्ने मेरो विश्वाश छ
मन परो वा परेन:
0
0
[Reply]
All Nepalese Must Know This – Please Forward
Prachanda’s family
1. Samir Dahal (Under-secretary of PM’s office), son of Prachanda’s younger brother Narayan Dahal
2. Ganga Dahal (Officer of PM’s office), Prachanda’s younger daughter (Indian citizen)
3. Gangaram Dahal (un-appointed foreign relations officer), Prachanda’s own brother
4. Renu Pathak (CA member), Prachanda’s daughter
5. Arjun Pathak (Officer of CA), Prachanda’s son-in-law
6. Prakash Dahal (Prime Minister’s PA/accountant), Prachanda’s son, salary equal to the under-secretary
7. Narayan Dahal (CA member), Prachanda’s nephew
8. Thakur Bhatta (Prachanda’s brother-in-law)
9. Another son-in-law (contractor of Chitwan Cantonment)
मन परो वा परेन:
0
0
[Reply]
Baburam’s relatives
1. Hisila Yami (Tourist Minister), Baburam’s wife
2. Taranaj Pandey (PM’s adviser), Baburam’s nephew
3. Praya Yami (National Planning Commission), Hisila’s older sister
4. Timila Yami (Chairperson of Drinking Water Project), Hisila’s older sister
5. Chirik Shova (member of Kathmandu Drinking Water), Baburam’s older sister
6. Baburam’s younger brother (Tariff -fixing Committee), Head of Kathmandu Drinking water.
7. C. P. Gajurel’s first cousin, Head of Land Reform Commission.
मन परो वा परेन:
0
0
[Reply]
प्रधानमन्त्री प्रचन्ड ज्यु मात्रा नभै पहिले देखी अहिले पनि राजनऐतिक ले नेपालको ढोका भित्र राजतन्त्रको चाकरी गरिआएको छ।तर राजातन्त्र हटाउनेको अहिले अवस्था भएको छैन अर्थात ति राजनऐतिक हरु को भाषाणले राजातन्त्र हटायो भनेर नेपालको ढोका बाहिर लाई देखाएको छन तर नयाँ एेन संविधान को चालु भएन यसको बारेमा हामी र तपाईं सबै लाई शंका छ कि छैन ??
मन परो वा परेन:
0
0
[Reply]
Hello Bimal
99 percent bishwas nagarne baye kina yo blog heriraako ta ? aru kam napaayera.
tapaile ekdam bishwas garne blog holaan-
-baburamko site
-baburamko blog
-krishnasen online
-jana disha-
-janaadesh jun bekarko maaowaad failaaune baahek patrakarita garne hoina, kohi ta banduke chhan tyaha
ani padhera satya tathya bujhe hunchha ni, yasto alochana gareko blogpani padhne ?
मन परो वा परेन:
0
0
[Reply]
nepali sena lai hocheeune kisimko kunai qriyaa kalab mawo badile nagaros teshko partifal ramro hudaina sadai sena sena rahadaina senale sahi pani rahne chhina ra hami janta le pani sahane chhainau sena nirbad rupma rahana paunu pachha sena kasaiko bektigat sena jasto haina pari aaeko khandama sena pani chup lagirahnu pardaina biswama navaeko ghatana haina KU garda fark pardaina ra nepali sena ab sachet pani rahnu mawa badile KU garla ni sena ta feri hamilai kehi gardaina vani makha parera basna janeko chha ni jastai jana udha ko belama heka rakhawas pahilo ghatna dangko gulma handa tehi vako thiyo bujos ra sachet pani rahwas /
मन परो वा परेन:
0
0
[Reply]
मानिसहरू राजनीतिमा सामान्यतया दुई कारणले लाग्ने गर्छन् । एउटा, सफलता हात परेमा त्यसले दिने सान, शक्ति र दामका लागि । अर्को, साँच्चिकै समाज र राष्ट्रको रूपान्तरणका लागि । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री बाबुराम भट्टराई र कैयौँ माओवादी नेताहरू दोस्रो वर्गमा पर्छन् भन्नेमा कुनै शंका छैन । उनीहरूसँग धेरैको वैचारकि मतान्तर होला तर तिनले ज्यानलाई हत्केलामा राखेर देशै बनाउन हतियार उठाएका हुन् भन्नेमा कम्तीमा यो स्तम्भकार विश्वस्त छ । तर, यहाँ सबै माओवादी नेताहरूको होइन, सरकारमा महत्त्वपूर्ण भूमिका निर्वाह गररिहेका र राज्यको रूपान्तरणमा प्रत्यक्ष असर पार्ने कदमहरू चालिरहेका अर्थमन्त्री भट्टराईका बारेमा मात्र चर्चा गर्न खोजिएको छ । कहिलेकाहीँको क्षुद्र भाषा, अशिष्ट आक्रोश, आफैँ मात्र ठीक भन्ने अभिमानपूर्ण आग्रह र आसेपासे तथा आफ्नाहरूलाई कृपा गर्न खोज्ने कमजोरीले उनको राजनीतिक यात्रालाई धमिल्याइदियो भने भिन्दै कुरा, नत्र उनको राष्ट्र रूपान्तरणको दृढ चाहना र त्यसै अनुरूपको आचरणलाई उदाहरणीय मान्नुपर्छ ।
उनले कैयौँ कांग्रेसी नेताहरूले झैँ पाँचतारे होटलको बारमा हि्वस्की दन्काउँदै राजनीतिक आदर्श छाँटेनन् र अहिले पनि भोजभतेरमा उनी सामेल हुन त्यति रुचाउँदैनन् । अध्ययनशील छन् र उनको सम्पूर्ण ध्यान वास्तवमै राष्ट्रको रूपान्तरणमा केन्दि्रत छ । उनीसँग निकट रहेर काम गररिहेका कांगे्रसी पृष्ठभूमिका मेरा एक जना मित्रले भन्थे, “त्यो मान्छेको पेटमा देशका लागि केही गर्नैपर्छ भन्ने संकल्पको आगो बलिरहेको छ ।” र, त्यो आगोका झिल्काहरू विस्तारविस्तार बाहिर देखिन थालेका छन् । राजनीति स्क्यानडिनेभियन मुलुकहरूमा झैँ कल्याणकारी राज्यको अवधारणाबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता राख्ने हुनाले भट्टराईले बजेटमा प्रस्तुत गरेका र सरकारले कार्यान्वयन गर्न थालिसकेका कैयौँ कदमहरूको यो स्तम्भकार साँचो प्रशंसक रहेको छ ।
बजेटको परण्िाामस्वरूप यो महिनाको सुरुमा एउटा साह्रै राम्रो समाचार बाहिर आयो तर त्यसलाई पत्रपत्रिकाहरूले खासै महत्त्व दिएनन् । बजेटमा उल्लेख भए अनुरूप सरकारले पुस महिनाको पारश्रिमिकबाट एक दिनको तलब युवा स्वरोजगार कोषका लागि भनेर कट्टा गरििदएको छ । यसरी तलब काटिनेमा संवैधानिक पदाधिकारी, सरकारी कर्मचारी, संस्थानका कर्मचारी, शिक्षण संस्थाका शिक्षक एवं कर्मचारी तथा निजी र गैरसरकारी संस्थामा कार्यरत कर्मचारीसमेत छन् । यसबाट ५० करोड रुपियाँ संकलन हुने अनुमानका आधारमा सरकारले सोही रकम बराबरको कोष खडा गरसिकेको छ । रोजगारीमा रहेका व्यक्तिहरूले बेरोजगारलाई सहयोग गरी आत्मनिर्भर बनाउन सहयोग गर्नु सो कोषको उद्देश्य रहेको छ । यो यति राम्रो कदम हो कि वास्तवमा त्यसको बयान गरेर साध्य छैन । त्यसैले सारा निजी उद्योगधन्दा र व्यापारीहरूले पनि सके वर्षमा दुईपल्ट नसके एकपल्ट सो कोषका लागि आफ्नो एक दिनको पारश्रिमिक दान दिने परम्परा सुरु गर्नुपर्छ, सक्नेहरूले नसक्नेहरूलाई अलिकति मात्र सहयोगको हात बढाउने हो भने पनि समाजको सकारात्मक रूपान्तरण धेरै सहज हुनजान्छ ।
भट्टराईले साना ऋणीहरूको साँवा तथा ऋण मिनाहा गर्न अनि विधवा, अपांग र दलितलगायत कतिपय पिछडिएका वर्गका सदस्यहरूलाई मासिक भत्ता दिन चालेका कदमहरूले पनि तल्लो तप्काका नेपालीहरूलाई केही न केही राहत पुर्याउनेछ । त्यसैगरी, निजी क्षेत्रको प्रवर्द्धनबाट आर्थिक वृद्धि हासिल गर्ने र सरकारी अग्रसरतामा सहकारीहरूको स्थापनाद्वारा समाजमा समानता र न्याय प्रवर्द्धन गर्ने दुईखुट्टे अर्थतन्त्रप्रतिको सरकारी प्रतिबद्धतालाई प्रशंसनीय प्रयास मान्नुपर्ने हुन्छ । कृषि औजार उत्पादन गर्नेजस्ता राष्ट्रिय प्राथमिकताका कतिपय सरकारी उद्योगहरूलाई सरकारी सहयोगमा पुनः सञ्चालनमा ल्याइने भएको छ । यो विश्व ब्यांकजस्ता दाताहरूले घोकाउन खोज्ने निजीकरणको अन्धो मन्त्रविपरीतको कदम भए पनि, नेपालजस्तो गरबि देशमा राष्ट्रिय महत्त्वका कतिपय उद्योगहरूमा सरकारको हात रहनुपर्छ भन्ने मान्यताप्रति सम्भवतः कैयौँ विज्ञहरूको सहमति रहनेछ ।
यी सबै अग्रसरताका लागि आर्थिक स्रोतको आवश्यकता पर्छ भन्ने कुरामा भट्टराई पूर्ण रूपमा सचेत देखिन्छन् । धेरैले अत्यन्त महत्त्वाकांक्षी भनेर आलोचना गरेका भए पनि अर्थमन्त्रीले त्यस्तो बजेट पेस गरेर पार्टीहरूमा हि्वस्की सुर्काउँदै र मन्त्री हुनाको रवाफ ढल्काउँदै हिँडेका छैनन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा ३२ प्रतिशतले राजस्व वृद्धि गर्ने उनको लक्ष्य थियो । बजेट दुई महिना ढिलो प्रस्तुत गरएिको भए पनि गत आर्थिक वर्षको तुलनामा राजस्व संकलनको दर झन्डै ३५ प्रतिशत बढी रहेको अर्थ मन्त्रालयका एक जना उच्च अधिकारीले यस स्तम्भकारलाई बताए । सरकारले राजस्व अभिवृद्धिका लागि देखाएको तदारुकता साँच्चिकै उदाहरणीय छ । हालसम्म कर नतिरी कमाइएको सम्पत्तिको यही माघ मसान्तभित्रमा १० प्रतिशत कर तिर्ने हो भने स्रोत खुलाउनु नपर्ने व्यवस्था, घरभाडा करलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता र निश्चित रकमभन्दा माथिको सवारी साधन, घर र जग्गा किन्दा स्रोत खुलाउनुपर्ने व्यवस्था अत्यन्तै सकारात्मक कदमहरू हुन् ।
त्यसैगरी, विदेशी सहायताप्रतिको तीव्र आशंका र विश्व अर्थतन्त्रमा आएको अनपेक्षित गिरावटका बाबजुद विदेशी सहयोग भित्रिने क्रम जारी छ । ६६ अर्बको अनुमानित विदेशी सहायतामध्ये ८० प्रतिशत सहयोग हासिल हुने अधिकारीहरूले अपेक्षा गरेका छन् । सरकारको मितव्ययितासम्बन्धी निर्देशिका मन्त्रिपरष्िाद्कै कैयौँ मन्त्रीहरूले पालना गरेका छैनन् तर भट्टराईले सो निर्देशिका हालसम्म पूर्ण इमानदारीका साथ पालना गररिहेका छन् । अन्य माओवादी मन्त्रीहरूले त्याग्न नसकेका विदेश भ्रमणका बेला प्राप्त हुने भैपरी आउने खर्चको सुविधा भट्टराईले लिने गरेका छैनन् भने उनले आफ्नो विदेश भ्रमणको टोली पनि सानो राख्ने गरेका छन् । यी साना कामहरू होलान् तर तिनले ठूलो प्रतीकात्मक महत्त्व राख्छन् ।
सिंगो स्तम्भ नै भट्टराईको गुणगानमा खर्चिंदा कतिपयलाई ‘अति’ गरेझैँ लाग्ला । तर, डा. उपेन्द्र देवकोटाजस्तै सम्पन्न, समृद्ध र आरामदायी जीवन व्यतीत गर्ने क्षमता भएका व्यक्ति, परविारको खासै पर्वाह नगरी अत्यन्त सामान्य जीवन व्यतीत गर्छन् र समाज एवं राष्ट्रको न्यायपूर्ण रूपान्तरण र विकासका लागि एकोहोरो दृढताका साथ लागिरहन्छन् भने वैचारकि मतभेद किन नहोस्, सबैले उनलाई सलाम गर्नु राम्रो हुनेछ । भट्टराईलाई यो स्तम्भकारको धेरैधेरै शुभकामना !
sabhar : nepal saptahik
lekhak : manuj choudhari
मन परो वा परेन:
0
0
[Reply]
Mr.parchand(pusp kamal dhal) you are a big leader of Nepal you can solve the mistakes of nepali groups please save the our country Nepal god bless you and give you strong power to save the country
Atiqurrahman khan
Umm al qura university
k.s.a.
मन परो वा परेन:
0
0
[Reply]