अबको प्रधानमन्त्री पद जनजातिबाट किन ?

नयाँ संविधान बनाउने कुरो जति सुकै गफ चुटेपनि जेठ १४ भित्रमा सम्भव छैन । प्रधानमन्त्री बाबुराम  भट्टराईको चाहना र एक्लो बुताले धान्ने कुरोपनि यो होइन । अहिले प्रतिपक्षी त के भट्टराईकै पार्टीका नेताले भन्न थालेका छन्, संविधान बनाउनको लागि राष्ट्रिय सरकार बनाउनु पर्छ । नयाँ सरकार बनाउने चर्चा सँगै देशमा प्रधानमन्त्री को बन्ने भन्ने बहस र दाबीपनि चलेकै छन् । माओवादीले सबै भन्दा ठूलो दलका हिसाबले प्रधानमन्त्री दाबी गरेको छ । फेरी भट्टराईनै प्रधानमन्त्री हुनुपर्छ भन्ने तर्क गर्नेपनि छन् केहि । उसो भए किन अबको प्रधानमन्त्री जनजातिबाट नबनाउने ? किन बाहुन क्षेत्री, खस जातिबाटै फेरीपनि प्रधानमन्त्री बनाउने त जनजातिबाट नबनाएर ?

अचम्म लाग्न सक्छ, जनजातिको प्रधान मन्त्री बनाउने भन्दा । यो जातिय भावना, साम्प्रदायिक मनशायले ग्रसित भन्नेपनि लाग्न सक्छ । तर त्यसो होइन, बरु त्यो साम्प्रदायिक भावनालाई यसले मत्थर बनाउन सक्छ । त्यो किनभने नेपालको शासन सत्तामा सधैं बाहुन र क्षेत्रीहरु उच्च तहमा बसे । प्रिथ्वी नारायण शाहले नेपाल एकिकरण गरेदेखिनै हेर्ने हो भने यो प्रस्ट छ । शासन सत्ताको प्रमुख ठाउँमा बाहुन र क्षेत्रीहरुको बाहुल्यता रह्यो । त्यस मध्येपनि कोइराला, शाह, राणा, थापा र बस्नेतहरु नै सत्ताको वरिपरि रहे । हाम्रो शासन सत्ताले जनजातिहरुलाई प्राय बाहिर राख्यो ।

यसको कारण जनजातिहरु अशिक्षित भएकाले हो । शासन सत्ताको अनुभव नभएर । उनीहरु सक्षम नभएर हो भन्ने तर्क उठ्न सक्छ । तुलनात्मक रुपमा त्यो सत्य नै हुन सक्ला । तर बास्तविकता के हो भन्दा जनजातिहरुलाई शिक्षाबाट टाढा राख्ने, शासन सत्तामा अग्रसर हुन नदिने, नबनाउने संस्क्रिति पनि हाम्रै शासन सत्ताको नीति र योजनाले नै हो । गुरुङ, मगर, लिम्बु र राईलाई बिदेशी सेनामा हुलेर बहादुरीको पगरी गुथाउने र आफूहरु शिक्षा आर्जन गर्न तिर लाग्ने पनि बाहुन क्षेत्रीहरुबटै निर्देशित राज्यको काम हो । भलै बाहुन क्षेत्री वा खसहरुले जति मेहनत गर्छन् त्यो निकै हद सम्म जनजातिले सिक्नुपर्ने पनि देखिन्छ नै। शिक्षा सबैकालागि अनिवार्य यदि त्यो शासन सत्ताले गरिदिएको भए, शिक्षाको वातावरण मिलाइदिएको भए सायद जनजातिहरुपनि शिक्षामा उतिकै प्रतिस्पर्धी बन्थे कि ?

यीनै विविध कारणले जनजातिहरुमा एउटा मानसिकता, सोचाई, विश्वास र प्रतिसोधी भावना छ, खस जातीहरु सधैं शासन सत्ताको माथिल्लो तहमा बस्छन् । मोज गर्छन् । अरुलाई तल पार्छन् । लुट्छन् । मोज गर्छन् । हामी जनजातिलाई कहिल्यै माथिल्लो तहमा जान दिँदैनन् । हेला र थिचोमिचो गर्छन् । अरुलाइ लडाएर भिडाएर आफूले सधैं मोज गर्छन् । जनजातिलाई त्यग र बलिदानमा अघि सार्छन् तर चतुर्‍याइँ गरेर र छट्टु बनेर आफैं माथि जान्छन् । न यीनले मुलुक बनाउँछन् न त अरुलाई बनाउँन दिन्छन् । खस जातिहरु सत्तामा आएदेखि मुलुक झन झन ओरालो लागेको लाग्यै छ । यो मनोभावनाले झन झन जातिय आक्रोश फैलाउँछ । सद्भाव हराउँछ । त्यसैले एक पटक किन जनजातिबाट प्रधानमन्त्री नबनाउने ? यसो गर्दा धेरै खाले फाइदा हुन सक्छ ।

जनजातिपनि सरकार चलाउन कम छैनन् । सक्षम छन् । प्रतिस्पर्धी छन् भनेर गौरव गर्न पाउँछन् जनजातिले । अर्को, खस जातिहरुलेपनि त्याग गर्छन् । प्रतिस्पर्धीहरुलाई स्थान दिन्छन् । जनजातिलाईपनि समान रुपले हेर्छन् भन्ने भावनाको विकास हुन्छ । मिलेर जान र मिलेरै लैजान चाहन्छन् । उनीहरु हामीलाइपनि समान द्रिष्टिकोण ले हेर्छन् । यो देश हामी सबै जात जाति, भाषा भाषी र जनजातिको साझा हो भन्ने भावनाको विकास गर्न सहयोग पुग्छ ।

हाम्रो जनजातिको प्रतिनिधी शासन सत्ताको माथिल्लो ठाउँमा पुग्न पाए के के न गर्थ्यो, निस्वार्थले चलाउँथ्यो भनेर सोच्नेलाई यसले एउटा मौका दिन्छ । साँच्चै ति बढि सफल हुन्छन् कि हुँदैनन् ? सांच्चिकै ति निस्वार्थी पो बनेर देखाउँछन् कि ? यो असम्भव होला भन्नपनि सकिन्न । किनभने जनजातिहरु तुलनात्मक रुपमा बाहुन क्षेत्री, नेवार र त्यसमापनि शाह, राणा, बस्नेत र थापा भन्दा बढि सिधा, निस्वार्थे, खुला र आँटिला अनि त्यागि पन् देखिन्छन् । साँच्चिकै जनजातिको कुनै ब्यक्ति प्रधानमन्त्री बन्यो भने उसले अझ निस्वार्थी भावनाले पो काम गर्छ कि ? भ्रस्टाचारका दुलाहरु उसले अझ राम्रोसित पो टाल्छ कि ? गुरुङ, मगर, राइ, लिम्बु हरुमा रहेको बहादुरी, आँट र साहस, निस्वार्थी र सोझोपनलाई अझ बढि परिचालित गरेर देशको विकासमा पो लगाउँछ कि ?

अहिलेको साम्प्रदायिक मनोभावना, जातिय साँध लाई जनजातीको प्रधानमन्त्री भयो भने उसले कम गर्न सक्ने आधार धेरै छन् । मुख्य कुरो उनीहरुमा सधै दबिएको, दबाएको, खसहरुले छक्का पञ्जा गरेको र आफूहरुलाई अवसर नदिएकोमा गुनासो गर्छन् । आक्रोसित छन् । त्यसैलेपनि हो, अहिले जातिय राज्यको माग बढि उठ्नुको कारण । हामी सधैं ठगिएकाले हाम्रै जातिय राज्य हुनु पर्छ । अरुको राज्यमा पर्‍यौं कि हामी ठगिन्छौं भन्ने छ । त्यसलाई पनि कम गर्न सहयोग गर्छ जनजातिको प्रधानमन्त्री बनाएमा । अर्कोतिर हाम्रो जातिको मान्छे माथिल्लो तहमा पुग्दा गरेर देखाउन सक्छ कि सक्दैन, सक्षम छ कि छैन भनेर तौलिन, हेर्न र बुझ्न जनजातिलाईपनि सजिलो हुन्छ । उनीहरु अफैंले परिक्षण गरेर हेर्ने अवशरपनि पाउँछन् । त्यसैले अबको प्रधानमन्त्री किन नबनाउने जनजातिबाट ?

  • Siddhartha,Belgium

    घोकन्ते र रटन्ते “शब्द” हरु प्रयोग नगरिकन लेखक ले लेखेको यो सन्तुलित लेख सोच्न लायक को छ। “रिंगटा” लाग्ने खाल का शब्द हरु प्रयोग नगरिकन पनि लेख राम्रो हुन सक्छ भनि यो लेख मार्फत ददी जी ले थारुजी लाई नमिठो “चड्कन” लगाई दिनु भएको छ तर यो “चड्कन” को आबाज थारुजी ले सुन्नु हुन्छ कि हुन्न उहाको अर्को लेख बाट थाहा हुने छ।
    लेख मा समाबेश गरिएका सहि सम्भावना को लागि ददी जी लाई धन्यबाद छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • shukiya tharu

    लेख मा भन्न खोजिएको कुरा हेर्दा समग्र मा राम्रै देखिन्छ ,,,तर जनजाती को प्रधानमन्त्री हुदैमा जनजातिको समस्या समाधान हुदैन ,,मुख्य कुरा प्रधानमन्त्री मा हुने बिचार र नीति को हो ,,एक छिन लाइ मानौ विजय गच्छेदार लाइ प्रधानमन्त्री बनायौ रे , के उस बाट जनजाती को सच्चाई कै उन्मुक्ति हुन्छ त ,,उसको विचार सामन्ती प्रकृति भएको हुदा जनजाती को उन्मुक्ति हुन् सक्दैन तर बिचार साच्चै कै अग्रगामी भए ब्राह्मण क्षेत्री प्रधानमन्त्री भए पनि जनजाती लगाएत सबैको उन्मुक्ति हुन्छ
    सुकिया थारु
    इजरायल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • हर्क लिम्बु

    साह्रै राम्रो लाग्यो मलाई चाही / एकदमै माननीय छ / लेखा बह्नेको यस्तो नया कुरो हुनु पर्छा / ददिजीको बिचार स्पष्ठ छ / एकदम राम्रो सोच भावना र जिम्मेवारी छ /

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Prakash Tiwari , NYC

    मेरो मनको कुरा राख्नु भो / हुन त २५० बर्ष भो छेत्री राजा र ६० वर्ष भो बाहुन प्र. म भाको कोहि अझ पनि लाखौ बाहुन – छेत्री गरिब छन् / तर अरुबाट प्रदानमन्त्रि भएमा एसको सांकेतिक अर्थ चै राम्रो हुन्छ है / Symbolically, Obama being President matters a lot to blacks and other minorities likewise in US even though it does not change anything in their personal life. बाहुनको नामका कलङ्क माकुने, खनाल, दाहाल, बाबुराम, रामचन्द्र, वोली आदिले कति त्याग गर्दा रहेछन अब हेर्ने बेला भो /

    मेरो रोजायी “भिम बहादुर तामांग वा कुल बहादुर गुरुङ /

    बाचेका भए र अलि कम उमेरका भए बल बहादुर राई पनि राम्रा उमेद्वार हुन् / तुच्छ जातिवादी कुरा गर्ने एमालेका असोक राई हुन् वा माओबादीका बादल येस्ता चै हुनु हुन्न / यी बिदेशीका मोहराभन्दा त बरु पूर्व पन्चे भए पनि आस्था नछोडेका बालाराम गर्ती मगर वा बुद्दी बहादुर तामांग P M भाको राम्रो / मुसुमुंद्रे चतुर सुबास नेवानंग पनि ठीक लाग्छ – अरु नसके पनि छोटो चित्तको जातिवादी कुरा त गर्दैनन् /

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Kunjar Reply:

    बाहुनको नामका कलङ्कको रुपमा गिरिजा र बि पी कोइरालाको नाम किन लेख्ने हिमत गर्नु भयान नि . तपाई पनि गिरिजा लुत्छे भारस्ताचारी जस्तै हो कि कयोहो
    कुन्जर

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Prakash Tiwari (Ekalavya) Reply:

    गिरिजाको नाम राखे हुन्छ यी “बाहुनको नाममा कलङ्कको लिस्टमा” तर पूर्व प्रधानमन्त्रीमा बी पी कोइराला, किसुनजी, किरितीनिधि बिष्ट, टंक प्रसाद आचार्य, मनमोहन चै बाहुनको लिस्टमा गर्ब गर्न लायेक नाम हुन् / नपत्ताये इतिहास पदनुस र मनन गर्नुस कसले आस्था, निष्ठा र समर्पणको राजनीति गरे नेपालमा र कसले शक्तिको आडमा आफन्तको र परिवारको नाममा सम्पत्ति जोड्नपट्टि लागे /

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • लेख तर्क संगत छ तर यसमा (माओबादीको भाषामा) न पुरातन सोच भएका काग्रेस एमाले नै त्यागी हुन सक्लान अनि न (मेरो भाषामा) नौलो जनबाद (जनावर) का हिमायती माओबादी नै | आखीर जे भने पनि कुनै पाटीले पनि जनजातीलाई दील खोलेर अवसर नदीएको नै देखीन्छ | अनि हामीले सोचे जस्तो सजीलै दिने वाला पनि छैनन् | कुनै बैरभाव नराखी भन्नु पर्दा हिजो राजाको अन्डरमा रहेको हाम्रो नेपाल आज पुष्पकमल (प्रचण्ड) नामको अघोशीत महाराजाको नाममा छ | ५ बर्ष पहिलेको प्रचण्ड र आजको प्रचण्डको तुलना हामीले ठण्डा दिमाग लगाएर गर्ने हो भने (यदी उसको भरौटे नभैकन) यो कुरा हरेक कोण बाट पुस्टी हुन्छ | माओबादीलाई अरु पाटी संग तुलना गर्नु मेरो बिचारमा नाजायज हो किनकी कम्तीमा अरु पाटी जनताको रगतको होली खेलेर सत्तामा गएनन् | एउटा नीर्दोश स्कुलको टिचर लाइ रुखमा डोरीले पाता कसेर मारेनन | घुस खाए देश लुटे तर नीर्दोश जनताको ज्यान लीएनन | माओबादी पनि देश लुट्ने कुरामा कती गिरेको छ हाम्रो आखा अगाडी प्रस्ट छ | अनि यस्तो अवस्थामा यी सामन्ती हरु बाट के आशा गरौ खै ? नभए यो देश कसैको बाउको बीर्ता हैन जनजाती पी एम हुन नहुने भन्ने के छ र तर ????????????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shiva Reply:

    क्या ट्वाक्क र झ्वाक्क लेख्नु भो चन्द्र जी | हनुमान र भरौटे हरुलाई त चस्स चस्स गर्दो हो | हेर्नु न हत्त पत्त रातो दबाउन आतिएका |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    chandra Reply:

    शिब जी सत्य तितो हुन्छ अनि चाए रातो दबाउन या हरीयो आखीर पढेरै दबाउने हुन् | अन्धभक्त्त हरुले जे गरे पनि आम नेपाली हरुले मन पराएकै छन् जस्तो लाग्छ | जो कुनै पाटीको गुलामी हुन्नन् |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • अ त ल्हे ! एक्दम झ्याउ लागेर आउने के सधै भरि त्यो ब्र्म्हान
    छेत्री अनि राणा पनि भन्छ ल्हे ! के के खालि त्यै माथिल्लो जाति रे के रे के रे झ्याउ लाग्ने !
    बरु ददी जी हरु ले भन्नु भए झैँ यो पटक चै ‘ अब को प्रम
    किन नबनाउने जनजातीबाट ? ‘
    के फरक पर्छ र ट्राई गरेर हेर्दैमा

    तर एउटा कुरा चेतना होस् सबैलाई ‘जनजाती ‘ भनियोस या
    जे सुकै !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
    एक पल्ट मात्रै है मौका चै !!!!!!!!!!!!!!!!!!
    त्यस पछी
    मौका भनेको योग्यबान लाई दिईनु पर्छ चाहे त्यो जनजाती होस्
    या त्यसको बाउको खप्पर !!!!!!!!!!!!!!!!!!!!!!!!योग्यवान ब्रम्हान
    ( सरि मलाई रिस उठेको यो जातपातको कुरा बाट यस्तो शब्द
    आयो )
    या जुनसुकै — समग्रममा नेपाली होस् बस् !!!!!!!!!!!!!!!
    मात्र नेपाली अनि बुद्दी / सोच / चिन्तन भा को नेपाली जोल्ल्ले
    नेपाललाई अगाध माया गर्छ / बुछ्चा / चिन्छ त्योल्ले नेपालीलाई
    लिडिंग गर्न छेमता राख्छ .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shiva Reply:

    लुना जी केहि विचार गर्नु भा छ किन तपाइको कमेन्ट मा यति धेरै रातो दबाइरहेका छन् कोहि कोहि? एकताका तपैले सत्य कुरालाई लिएर केहि केहि बुद्दिजीवी हरुसंग ठुलै बादबिवाद गर्नु भा’थ्यो | अब बहस गर्न नसकिने थाहा पाएर रातो थिचेर चित्त बुझाउदै छन् | तर सटिक कमेन्टगर्न कहिले नछोड्नु होला |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shiva

    ए बाबा सबभन्दा पहिले यो सरकार किन परिवर्तन हुन लाग्यो भनेर थाहा पाउनु राम्रो हुन्छा | भट्टराई सरकार इतिहासकै भ्रष्ट , नालायक र झुटको खेति गर्ने त हो नै यति हुदा हुदै पनि प्रतिपक्षले भन्दा पनि मोबदिकै बैद्द खेमाले गर्दा हो | भट्टराई आफैले भनेका छन् काँग्रेस र एमाले ले पनि राजिनामा नमागेको अवस्थामा आफ्नै पार्टीले सडकमा उत्रेर राजिनामा मागे भनेर | कांग्रेस र एमाले शान्ति प्रक्रिया पुरा गर्न अग्रसर भए भट्टराई सरकार प्रति कुनै आपत्ति नभएको भनिरहेका छन् | बैद्द पक्षले एकातिर शान्तिप्रक्रिया सम्बन्धि भएका सहमति हरु पालना गर्न नदिने अर्को तिर राजिनामा नदिए बैठक सम्म नबस्ने जस्तो हर्कत गरिरहेको सबैलाई छर्लंग नै छ | यो फेरी प्रचण्डकै उक्शाहटमा सबै भएको भुल्न हुन्न किनभने प्रतिपक्षले सहयोग गरिरहेको अवस्थामा भट्टराई सफल र पपुलर भए आफु तल पर्ने डर प्रचण्डलाई छ | अब असन्तुष्ट पक्षका नेता कार्यकर्ताको पालो पुर्याउन प्रचण्ड र बैद्द कम्मर कसेर लागेका छन् | शान्ति र संबिधान त माओबादी को कुनै पनिखेमाको प्राथमिकता होइन नै | पालो पुर्याउने र द्रव्य आर्जन गर्नु नै यिनको मुख्य ध्येह हो | यसकारण जनजाती साथीहरुलाइ बैद्द र गजुरेल हुदाहुदै आशा नगर्न अनुरोध गर्दछु | तर बादल र देव गुरुङ मध्य एकजना भएमा जनजाती खुशी होलान तर यी हार्ड लाइनर ले शान्ति प्रक्रिया र संबिधान लेखन कार्यको कस्तो बिजोग गर्लान डरमर्दो कुरा छ|

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • तर्क सारै राम्रो, संसारमा जात नभयको मान्छे कोइ हुँदैन र बिकसित देशमा जातमा भेद भाद् हुदैन, थियो पहिला तर अहिले छैन भने फरक पर्दैन र तेस्ता देश हरु बिकसित छन् l नेपालमा एउटा धर्म कारण ले गर्दा पनि हो छुवाछुत अनि सानो र ठुलो जात हुन गएको होला l एक दिन त अबस्य ठुलो सानो जात भन्ने अन्त हुन्छ तर बहुद समय कुर्न पर्छ l जनजाती हरु बाट प्रधानमन्त्री बन्न सक्ने नेता नभएको होइन माथि कोइ साथीले लेखिपनि सक्नु भएको छ यी सबै छेत्री ब्रामण को चतुराई को घेरामा परेको हो र येस्मा देशले ठुलो बिकासमा बाधा भोग्नु परेको छ भन्नमा फरक नपर्ला l समगम्मा भन्न पर्दा जसको खुबी छ त्यो मान्छे बन्न पर्छ प्रधानमन्त्री जातपातको आधारमा होइन तर भन्दैमा माथिको तर्क अनुसार जनजाती प्रधानमन्त्री हुने मौका पाए अथवा दिए देशको बिकासमा केहित फरक अबस्ये पर्छ किनकि जनजातिमा स्वार्थीपना अबस्ये कम छ अनि खुल्ला विचारका हुन्छन छेत्री ब्रामण भन्दा l अनि येसो भएमा सानो र ठुलो जात भन्ने पनि बिस्तारै अन्त हुँदै जान्छ हाम्रो देशमा जस्तो लाग्छ मलाई l

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • हँछा बुंग किराँत

    दधि सापकोटा ज्युको अग्रगामी भावनालाई कदर गरे मैले

    हो! यसरि देशको दिर्घ शान्ति र विकाशका खम्बा हरुले वस्तुवादी भएर यथार्थ धरातलमा उभिन खुट्टो कामाउनु हुदैन |यी दधि सापकोटा मित्रले वर्तमान नेपाल र नेपालीको समस्या र समाधान राम्ररि बुझ्नु भएको आभाष हुन्छ | त्यसैले परिवर्तनका अग्रगामी अभिव्याक्ति राख्नु भयको छ हुनु पर्दछ |

    तथापि;
    मेरो देखाईमा वास्तवमा जन जाति या मधिसे बाट प्रधान मन्त्रि सम्हाल्दैमा देशको सम्पूर्ण समस्या भने समाधान गर्न भने पर्याप्त नहोला |नेपाल हरेक क्षेत्रमा लथालिंग अवस्थामा भएकाले यसका लागि पुरोनो संरचना परिवर्तन गरि पुन: समावेशी नीति निर्माण गर्नै पर्दछ जसले सबै जात,धर्म,क्षेत्र र लिंगको समान सम्बोधन गरोस |
    यो नै दिर्घ शान्ति र सम्बृद्ध नेपालको परिकल्पना हुनुपर्दछ | जे होस् यहाँको बहु आयामि शोच हरु अनवरत अघि बढोस कामना गर्दछु

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • madan bajracharya

    खस ब्राम्हणले पहिला शोसन गरे भन्ने कुरामा म अलि फरक मत राख्न अनुमति चाहन्छु/

    हामि बर्तमान र भुत काल दाज्ने गल्ति गर्दै छौ/ उहिले हामि राजालाई बिस्नु भगवानको अबतार मान्थ्यौ/ राजानै देसको मालिक भएको मान्थ्यौ/ ब्राम्हणलाई ब्रम्हाको रुपमा मान्थ्यौ/ एउटा राजाले अर्काको देस कब्जा गरेकोमा बहादुर मान्थ्यौ/ यहि कुराहरुलाई ठिक मान्ने हामीनै थियौ/

    उहिलेको संसारमा राजाले नै देसको निर्माण गर्छ/ जात जातिको राजाहरुको अनेकौं देसहरु कब्जा गरेरै पृथ्बी नारायण शाहले आजको नेपाल बनाएको हो/ अरु जातिकाको देस कब्जा गरेर आफ्नो शासन लागु गर्दा अलि कठोर हुनु पर्ने बाधय्ता हुन्छ नै, तेसो गर्न सकेन भने देस तुक्रियर जान्छ/

    अहिले जनजातिहरु “खस शासक” हरुले जाति दमन गर्यो भन्छ/ हो र भने? के पृथ्बी नारायण शाह “खस” जातको हो? नेपालमा के आज सम्म कुनै खस जातिका राजा बा रास्ट्र प्रमुख भएको ईतिहास छ?

    ब्राम्हणहरुले जाति माथि शोसन गरे भन्छ/ यो पनि सत्य कुरा होईन/ हामि आफै जात पात मान्ने कुरालाई धर्म मान्ने, आफै धर्म र पुजा पाठ गराउन ब्राम्हण खोज्दै गर्ने जनजातिले ब्राम्हणलाई दोष दिनुको केहि अर्थ नै छैन/

    अरुले माने पछी कोहि कोहिले बढी फुर्ति गर्छ/ “खस” जरसाहेब करसाहेबले उहिले जन जातिकालाई कातर भने/ हामि चुप बसे/ दोस हाम्रै थियो/

    पृथ्बी नारायण शाह र बहादुर शाहको गोर्खाली सेनाले शिख पठान भोटे चिनिया अंग्रेज सेना सबैलाई हराय/ तर नेपालको कुनै जातको सेनालाई हरायर भन्दा मनायर नेपाल बनाएको थियो/

    नेवारलाई पनि कातर भनिन्छ/के नेवार जाति कातर थियो? के पृथ्बी नारायण शाहले नेवार सेनालाई हरायर देस जितेको थियो/ नेवार सेना सिट भएको प्रत्यक युद्धमा पृथ्बी नारायण शाह हारेको थियो/

    तराई बासीलाई पनि कातर नै भनिन्छ/ तर के उनीहरु कातर थिय? नेवार राजा जय प्रकाशको सेनामा तराईको मैथिलि तिरहुते जातिका १२ हजार सेना थियो/ उनीहरुले पृथ्बी नारायण शाहको सेनालाई पटक पटक लखेटेको थियो/

    पृथ्बी नारायण शाहले नेवार र तिरहुते सेनालाई हटाय/ हटाउन बाध्य पनि थियो/ आफै सिट लड्ने आफुलाई हराउन सक्ने सेना राख्नु ठिक पनि थियन/ त्यो बेला तेस्तै गर्नु पर्ने बाध्यता थियो/ यो कुरा हामीले बुझ्नु पर्छ/ तर आज समय र बिचार बदलिएको छ/ समय अनुशार को शासन ब्यबस्था हुनु पर्छ तर जातको कुरा उठाउनु गलत हो/

    हामि जनजातिका कुनै पनि नेपाली पहिला पनि बिर थिय, आज पनि बिर छौ/ हामि चुप बसेको गालि सहेको दमन सहेको कारण मात्र देसको निमित हो/ आज जस्तै उहिले पनि जातपातको कुरा निकालेको भय हामि आज सायद नेपाली हौ भन्न पाउने नै थियन/

    मित्रहरु हामि माथि अंग्रेजले सन् १८१४ भन्दा पहिला पनि हमला गरेको थियो/ तर हार्यो/ अंग्रेजले मात्रै होईन बंगालको नवावले पनि ३० हजार सेना लियर मान देवको पालामा नेपाल भित्र हमला गरेको थियो/ तर उसको ३० हजार सेना मध्य २६ हजार ४ सय सेना नेपाल भित्र काटियो/ बाकि भयको ४०० सेना लियर बंगालको नवाव नेपाल बात भाग्यो/ त्यो बेला लड्ने जनजातीहरु नै थियो/

    तर सन् १८१४मा अंग्रेजको सेना सिट भयको युद्धमा नेपाल हार्यो/ किन हार्यो सायद मित्रहरुले यसो ईतिहास पल्तायामा देख्नु हुनेछ कि यहि जातजातको राज्य माग्ने नेपालको तराईमा बस्ने बिहारिहरुले ब्रिटिशहरुलाई साथ् दियकै कारणले नेपाल हारेको थियो र नेपालको तराईको लगभग २/३ भू भाग अंग्रेजले कब्जा गरेको थियो/ जातिबादीको कारण देस टुक्रिने यो प्रमाण हो/

    जंग बहादुर जसलाई “क्रुर खस” भनेर हामि गालि गर्छौ तेस्ले अंग्रेजको कब्जामा परि सकेको कैलाली कन्चन पुर् नेपालमा फर्कायो/ सन् १९५०को सन्धिमा ब्रिटिश सिट गरेको सन्धि सबै खारिज हुने भनिएकोले त्यो नेपाल फर्कायको कैलाली कन्चनपुर् को तराईको फाँट नेपालको नभयको भनेर १९५६मा जात बादी मधेसी नेता रघुबिर ठाकुरले रास्ट्र संघ र दिल्लीको सदन गुहारेको थियो/ तेस्तो जाति बादी देस टुक्राउन खोज्ने रघु बिर जस्ता माथि दमन गर्नु बाहेक अर्को कुनै उपाय हिजो पनि थियन आज पनि छैन/

    जो जात को कुरा गर्छ उसलाई दमन गर्ने पर्छ/ नेपाली हौ भने समान अधिकार पाउनु पर्छ तर जातको कुरा गर्छ भने दमन गर्नै पर्छ/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    B2, Hampshire, England Reply:

    कुरा त ठिक ठिकै हो तर नेपाल देश को जन्म देखि अहिले सम्म छेत्री ब्रामण र नेवार नै शासक हुन् भन्नमा कुनै फरक पर्दैन l माथिको लेखाइमा के बुझियो भने जनजाती लाई दिए के होला किनकि जनसंख्या को अधारमा निकै छन् नि र अहिले सछम पनि छन् किन खाली ब्रामण छेत्री मात्र कतै देश को विकास हुन्छ कि भन्ने तर्क विचार बुझिन्छ l पहिलाको कुरा गर्ने नै हो भने कति क्रुर बेबहार गरेको थियो भन्ने कुरा किताबमा मात्र पढ्ने हैन अझै जिवितै मान्छेको मुख बाट सुन्न सकिन्छ l लेख्न पढ्न लग्यो भने हात काटी दिने जस्ता कुरा नभुल्नु भए हुन्थ्यो l तेसैले भागी भागी भारतमा गएर पढ्थे पहिलाको मान्छे होइन र ? त्यो त सक्ने धनि त गए नसक्ने त घांटीमा डोरी लगाएर बस्नु परेन l कसैले पनि मन नदुखाउनु होला उखान नै छ नि छेत्री बाहुन को कोखामा दाह्रा हुन्छा रे अनि बाउ दुस्ट र नेवार इस्ट कहिले हुदैन रे l हुनत यो अब पहिलाको जस्तो नहुन सक्छ किनकि सबै जति हरु बाठा टाठा भै सके l हुनत अरु ले के बुज्छ्न तर तर मैले चाहिं नेवार भन्ने बितिकै बेपारी हुन्छन भन्ने बुज्छु र यसमा किसानी हुन्न भन्न खोजेको होइन l जहाँ सम्म बहादुरीको कुरा छ नेवार जति कातर होइन बाठा हुन्छन तेसैले जसले ज्यानको माया गर्दैन त्यो बहादुर हुन्छ होइन र ? पहिला १८१४ को लडाई पछि अंग्रेज बिस्तारबाद को क्रम मा नेपाल बाट लागेका गुरुङ, मगर, तामांग, राई अनि लिम्बु लाई लडाई मा मरेर सकिदै गए पछि अंग्रेज ले जंग बहादुर लाई मान्छे पठाई दिनु भनेर चिठी लेख्दा यी माथिका जात हरु सके छैन नेवार पठाई दिउ भनेर भनेका थिए रे र तेस्को जबाफमा नेवार भए पनि हुन्छ अग्रेज ले भने रे र तेसैको खातिर ले गर्दा कतै कतै एउटा दुइटा नेवार हरु पनि फौज मा भेटिन्छ l यो मैले भन्न खोजेको होइन नेवार जाती नराम्रो हुन्छ भनेर एती हो बाठो मान्छे को जान्छ लडाई मा मर्ने खतर हुन्छ नि हैन र ? कसै लाई दुख पुग्न गए सरि भन्न चाहन्छु l

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • madan bajracharya

    ब२ ज्यु
    तपाईंले नेवार जाति पनि शासक भयको भन्नु भयो/ उपत्यकाकाको “मल्ल” राजाहरु अरिदेवको सन्तान होईन र भने/ अरि देव पछी नेवार संस्कृति स्विकारेर “अरिमल्ल” बनेको र “देव” भनिने जाति नेवार होईन/ नेवारहरुले आफ्नो संस्कृति स्वीकारेको “देव” जातिकालाई पनि नेवारै मानेर बसे तर मल्ल राजाहरु नेवार जातका नै थियनन/ त् कसरि कहिले नेवार जातिकाले नेपालमा शासन गरे भनेर मलाई त् थाह भयन तपाईंलाई थाह छ भने भन्नुस/

    अनि तपाईंले “बाउ दुस्ट र नेवारहरु इस्ट (मित्र!!) कहिले हुँदैन भन्नु भयो र नेवारहरु बाठो हुन्छन भन्नु भयो/ खै राना राजाहरुले बढी पत्यायकोमा नेवारहरु नै थियो/ नेवारहरु आफ्नो सानो नेपाललाई कब्जा गरेर ठुलो नेपाल बनाएकोमा शाह राजाहरु प्रति श्रद्धा सुमन चधायारै बसेको थियो/ बिरेन्द्र मारिंदा नेवारहरुनै बढी रोयको थियो/ सानो नेपाललाई ठुलो नेपाल बनाउने राजाहरुको दुस्मन नेवार थियनन उनीहरुको आफ्नै सजातीयहरुनै थिय भनेमा केहि फरक पर्दैन/

    अहिले तपाई उपत्यकामा बसेको हो भने तपाईंको आफ्नै सजातीय मित्र तथा छिमेकीहरु भन्दा नेवारहरु नै बढी होलानी/ कुन नेवारले मधिसेहरुले जस्तै कसैलाई पहाडी हिमाली भनेर हेला गरेको छैन/

    नेवारको राज्य (कुनै बेला) कब्जा गर्ने जातिका नेपालीहरुलाई संगै बस्न अप्ठ्यारो हुने कुनै काम कुनै नेवारले आज सम्म गरेको छैन/ सबै सिट मिलेरै बसेकै छ/

    राणाहरुले नेवारहरु नेवारी भाषामा लेखिने बोलिने “जात” नै बदले तैपनि चुप बसे/ नेवारी रन्जना लिपिलाई नेपाली लिपि भनेर रास्ट्र संघ मा दर्ता गर्यो तर रन्जना लिपिलाई प्रयोगमा ल्याउन दियनन/ तैपनि चुप बसेकै छ/ नेवार जातिकालाई “…..नेवार कहिले पनि इस्ट हुँदैन” भनेर नेवारहरुलाई मानौ कि नेपाली नै नभयको जस्तो ब्यबहार गरे तर नेवारले बनाएको कला र संस्कृतिलाई “नेपाली” भने/ यो कुरामा पनि नेवारहरुले नारायण गोपालको “मुटु माथि ढुंगा…” भन्ने गित गायरै बसे/

    राणाहरुले आफ्नो जातिकालाई दवाय पनि नेवारहरु चुप बसे/ तर जव राणाहरुले अरु जातिकालाई समेत दवाउन थाले सबै भन्दा पहिला राना बिरुद्ध जाई लाग्ने गंगालाल सुक्र राज धर्म भक्त नेवारहरु नै थियो/

    आज सम्म नेपालको कुनै जातिकाको नेतालाई बिर भनियको छैन तर नेवार गणेशमानलाई तपाईहरु “नेवार कसैको इस्ट हुँदैन भन्नेहरुले नै “बिर गणेश मान” भन्न बाध्य भय/ पंचायतको रास्ट्रिय पन्चायात्मै सबै भन्दा पहिला पंचायतको बिरोध गर्दै बहुदलीय ब्यबस्था चाहियो भन्ने “पदम रत्न तुलाधर” नेवार नै हो/

    नेवार गणेशमानले २०४६ सालमा बामपन्थी प्रजातान्त्रिक र जनता सबैलाए यक सुत्रमा बाधेर क्रान्तिलाई सफल बनायो/ तर तेही गणेशमान लाई “…जातिकाले’ लात हान्यो/ गणेशमानले चाहेको भय कांग्रेस तुक्रिथ्यो/ तर तेसो गर्नु भयान/ तर तेस्तै ब्यबहार कृष्ण प्रसाद लाई गर्दा कांग्रेस त् टुक्रियो/ त् नेवार जाति कसैको इस्ट हुँदैन भन्नेहरुको दुस्मन त् उनीहरुको आफ्नै जातका निक्लिय/

    आज पनि तपाई नेवारहरुको जनमत लियर हेर्नुस उनीहरु नेवार राज्य चाहंदैनन/ अहिले नेवार राज्य चाहिन्छ भन्नेहरुको नेता पनि नेवार जातिका होईनन/ म पनि नेवार हु मलाई नेवार राज्य होईन सबैको साझा नेपाल चाहन्छ/ म यो कुरामा मेरो प्रण र अन्तिम पुंजी समेत बाजी राख्न सक्छु/

    तैपनि नेवारलाई कसैले ” इस्ट हुँदैन भन्छ भने” अब म के भनु, मात्र यति भन्छु अहिले सबै दलहरुको प्रमुख नेताहरु कुनै पनि नेवार छैन र उनीहरुको दुस्मन तथा बिरोधिहरु पनि कुनै नेवार जातका नेता होईन उनीहरुको सगोत्र र सजातीय नेताहरु हुन्/ त् को कसको “इस्ट बन्न नसक्ने जातका हो” अब तपाई आफै बिचार गर्नुस/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • मदन ज्यु नमस्कार , हो तपाईं को कुरा लाई म मान्छु l म एउटा साधारण बेक्ती हु कुनै हिस्टोरीयन अनि पोलिटिसीयन पनि होइन र कुनै पार्टी र जाती मेरो रोजाइमा छैन र म पार्टी लाई भन्दा जस बेकत्ति राम्रो कम गर्छ तेस लाई सपोर्ट गर्छु l बेग्तिको बेबहारमा विश्वास गर्छु l अलिकता पहिलाका बुढापाका ले भनेका उखान हरु भन्न खोजेको र येस्मा यो पनि भन्न खोजेको छु पहिलाको जस्तो छैन भनेर अनि जहाँ सम्म नेवार जतिको कुरा छ राजगद्धिमा नबसे पनि देश चलाउने पन्तिमै पर्छन हैन र ? जनजाती मात्र नभनेर मतवाली जात मा नेवार अग्र पंतिमा छ भन्नमा फरक नापर्लाकी ? मैले यो भन्न खोजेको होइन नराम्रा हुन्छन भनेर , नेपालमा एती देश भक्ति नेवार जाती छन् गनेर साध्य छैन र जहाँ सम्म स्वर्गीय गणेश मान कुरा छ उहाँ लाई नमान्ने को छन् र ? तर दुख को कुरा उहाँ ले जतिको मान सम्मान स्वर्गीय हुनु भय पछी पाउनु भयो जीवित कालमा पाउनु भएन , पाउनु भयो जुन पाउन पर्ने पाउनु भएन l नेपालमा जातीय भेद भाव नभएको हैन , चरम थियो, छ र रहिरहने छ जब सम्म यसलाई भेद भाद् लाई हटाउने कदम नल्याए सम्म अनि बेबहारमा न उतारे सम्म l तपाईं लाई मन् दुख्न गएमा सरि त पहिले नै भनि सकेको छु येस्मा गहिरेर नजान हुन अनुरोध गर्दछु l

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    madan bajracharya Reply:

    बि २ ज्यु
    तपाईको भनाईमा कुनै प्रति खराव आशय छैन म बुझ्छु/ तपाईले गणेशमान ज्युलाई प्रति सम्मान देखाउनु भयो/ म गणेशमान कै टोलमा हुर्केको बसेको भयता पनि कांग्रेसी बनिन र कांग्रेसी मात्रै नभयको होईन कि कुनै पनि पार्टीको सदस्यता आज सम्म लियको छैन पनि/ हो चुनावमा व्यक्तिको गुण हेरेर फरक फरक दलका नेतालाई भोट दिईयो/ यसकारण मेरो दलीय मित्रहरु कोहि छैनन्/

    गणेशमानसन् १९४५मा जेल तोडेर कलकत्ता भागे/ तेही उसले कांग्रेस पार्टीको स्थापना गरे/त्यो पार्टीमा बि पीको कांग्रेस पछी समाहित भयर आजको कांग्रेस पार्टी बनेको हो/ यहि कारणले गणेशमानले आफु प्रति अन्याय गर्दा पनि आफुले नै स्थापना गरेको पार्टीलाई अहित हुने काम गरेन/ त्यो उहाँको व्यक्तिगत महानता थियो/ तर यसले गर्दा गणेशमानले स्थापना गरेको पार्टी भित्र परिबार बादी कपुत गिरिजाहरुको मनोमानी चल्यो तेसै कारण आज नेपाल र नेपालीले दुख पायो/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kunjar

    मित्रहरु जातियताको कुरा गरेर आफूआफू मा बाजाबाज नगरौ गल्ति यहा हामि नेपालीको छ किन भने हामीले गलत नेता चुनेर सत्तामा पठायौ गिरिजा माधब झाले बाबे प्रचंडे अनि अरु भ्रस्था नेताहरु यी सबैहरु चोर का सरदारहरु हुन् बरु अब यौटा यस्तो पार्टी खोल्नु पर्यो कि नेपाललाई निकास देवोस

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing