ए दिल्लीमा मलाई भेट्ने त्यो फ्याङ्ले बाबुराम अहिले प्रधानमन्त्री ?

एकाध वर्ष अघि साथी रबीन ओलीको रेस्टुरामा उनले सुनाएका थिए, बिध्यार्थीकालका च्याँसे बाबुराम भट्टराईबारे । त्यो बेलाको त्यहि च्याँसे ठिटो अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराई बनेपछि उनलाई लाग्ने रहेछ्, ए रात्तै मैले जिन्स पाइन्टमा दिल्लीका गल्ली गल्लीमा भेट्या त्यो चिम्से पातलो ठिटो यहि बाबुराम भट्टराई हो र ? गत साल पेरिसको आफ्नै पोखरा रेस्टुरेन्टमा गफ्फिन बोलाएका बेला उनले सुनाए । रामजी गुरुङ अर्थात प्रेम गुरुङ भनेरपनि चिनिने उनलाई अहिलेका प्रधानमन्त्रीसित आफूले गरेको उठबसपनि सामान्य लाग्ने रहेछ । त्यसैले उनी सामान्य तरिकाले अल्छि माने झैं बोल्दै थिए, ‘ए त्यो बेलामा त त्यो बाउराम त्यहिँ दिल्लीको सडकमा बरालिन्थ्यो त । कार्यक्रममा आइराख्थ्यो । पातलो थियो । च्याँस्स परेको । जिन्सको पाइन्ट लाउँथ्यो । प्रधानमन्त्री होला जस्तो लाग्थेन त ।’

समयले अँचेटेर उनी यूरोप आइपुगेपनि यी प्रेम दाइसित नेपालका अहिलेका अब्बल दर्जाका कम्युनिष्ट नेतासित उठबस गरेको अनुभव छ । त्यति मात्रै होइन, उनले यीनै प्रधानमन्त्री भट्टराईका पार्टी कार्यकर्ता र झोले नेता धेरैलाई थुप्रै रात गास र बासको ब्यवस्था गरिदिएका हुन् दिल्लीमा । यीनका कम्युनिष्ट पार्टीलाई जोगाउन, फैलाउन उनले नांगा खुट्टा र भोको पेट सेल्टर खोजिहिँड्नेलाई धेरै पटक जोहो गरिदिएका छन् । नेपालका मै हुँ भन्ने मोहनबिक्रम सिं सम्मका क्रियाकलाप उनले नियालेका छन् ।

त्यतिखेर भारतको सारदामा मोहन बिक्रम सिंङलाई खुब भेट्थे प्रेम दाई । उनलाई २०२६ सालको एउटा घटना खुब ताजा छ । त्यतिबेला मोहन बिक्रमसहित थुप्रै नेता दिल्लीमा भेला भएका थिए । त्यो बेला खै के भाको थियो राजदरबारमा । उनीहरुले त्यहाँको बाराखम्बा रोडमा जुलुस गर्दै रहेछन् । उनीपनि तिनै नेताका रसिला कुरा सुन्न जाने गर्थे । उनी होटेलमा काम गर्थे । त्यो बेला शक्ति गौतम भन्ने अर्घाखाँचीतिरको नेतापनि त्यहिँ आउँथे । उनीहरुले जाउँ जाउँ भन्थे, उनी तिनैका पछि लागेर जान्थे ।

उनलाई त्यो बेला काठमाडौंको डम्मर भन्ने नेवारले एकजना धनी भारतीयको घरमा काम गर्न राखिदिएको थियो । ‘तुल्सिलाल अमात्य भन्ने नेता हो । जर्मन भाषा पढाउँछ रे ‘ भन्थे । त्यहि नेवारले अमात्य भन्ने ठूलो नेता आएको छ जाउँ तिनका कुरा सुन्न भन्दै उक्साउने गर्थ्यो ।

भक्ति भन्ने नेताले एक पटक बाबुराम भट्टराईलाई प्रेम गुरुङको डेरामा लिएर आयो । उनलाई सम्झना छ, त्यो बाउराम उति बोल्दैनथ्यो । गरिब र दुखिका मुक्तिका कुरा गर्थ्यो । हामी गरिब गरिब मिल्नुपर्छ भन्थ्यो । सबै मिल्ने हो भने राजतन्त्र फाल्न सकिन्छ । हाम्रो देशको मुख्य समस्यानै राजतन्त्र हो । त्यो फालियो भने हामीले पनि हाम्रो देशलाई उँभो लान सक्छौं भनेर सुनाउँथ्यो । ‘मोहन बिक्रम र तुल्सिलाल अमात्य चाहिँ मेरो कोठामा दुई तिन पटक आए । कम्युनिस्ट संवन्धि किताब दिएर यो अध्ययन गर्नुहोला भन्थे । जुलुसमा जाउँ भन्थे ‘ प्रेम दाईले सुनाए ।

प्रचण्डलाई चाहिँ दिल्लीमा देखेको उनलाइ कतै सम्झना छैन । पछि कुन्नि के हो मेलमिलाप छ  (बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई भन्न खोजिएको हुनुपर्छ), नेपाल जानु पर्छ भनेर सुनाए । तर त्यहाँ दुई थरी देखिए । भक्तिहरुको समूहले चाहिँ जानु हुन्न भन्थे । कसैले चाहिँ ‘बीपी पनि गए हामीपनि जानु पर्छ’ नेपाल भने । ‘म चाहिँ होटेलको पेशामा थिएँ गईन । पछि म जर्मनीतिर आएँ । मेरो बुढीलेपनि यता उति हिँड्न दिन्नथी’ उनले सम्झिए ।

एक पटक के भो भने बाराखम्बा रोडबाट जुलुस गरेर फर्किँदा नेपालीहरुलाई पक्राउ गर्‍यो पुलिसले । थुन्यो । प्रेम गुरुङपनि तिनै २०, ३० नेपालीसित थिए । उनलाईपनि पक्राउ गरेर जेल हाल्यो । तर सोधपुछ गरेर ६, ७ दिनमा छोडिदियो । नारा जुलुसपछि आआफ्नो बस चढ्न भनेर आएको फर्किँदै गर्दा ति पक्राउ परेछन् । कसैलाई दुई तिन महिना राखेछ । गोरखाको पूर्ण गुरुङलाई त दुई महिनानै थुनेछ ।

अहिलेको कुरा हो र ? कति सम्झिने ? ३६ सालको कुरो न हो । त्यतिखेर त १८, २० वर्षको केटौले थिए उनी । बाबुराम त्यहाँ पढ्न आएका थिए भर्खर । बाबुराम चाहिँ प्रवासी नेपाली एकता भन्ने संगठन बाट आउँथे भेटघाटकालागि । ‘पछि मोहन बिक्रमलाई गद्दार गद्दार पनि भन्दै थिए यीनीहरुले । किन हो कुरा बुझ्न चाहिँ सकिएन । मेरो कोठामा बाबुरामलाई दुई पटक सम्म लिएर आएका थिए’ सोझा प्रेम दाइले भने ।

अहिलेको जस्तो हट्टा कट्टा, चिल्लो, कोट र सिलिक्क परेको पहिरनमा कहाँ थियो र त्यो बेलाको बाउराम । पातलो पातलो थियो जिन्सको जाकेट लगाएको । घर गोरखा हो, पढ्न आएको हो भन्थे । जवाहरलाल नेहरुमा पढ्थे ‘यताउति हिँड्ने भएर पढ्न सक्दैन होला भन्ने सोच्थें म । किनभने म त्यति पढे लेखेको भए पो राम्रोसित जान्ने’ हाकाहाकी सुनाए उनले   ।

मोहन बिक्रम मसालको नेता हो भन्थे । कनोट प्यालेसको पार्क भर्खर बनेको थियो । त्यहाँ आउँथे ति नेता । जुलुस र बैठकमा भेट हुन्थ्यो । कहिले नेपालीहरु फूटबल खेल्ने ठाउँमा भेट हुन्थ्यो । उनीहरुले कहिले नेपालगञ्जको गौरीफेन्टा बोर्डर त कहिले सुनौली लैजान्थे बसमा । हिँडाइराख्थे । नेपालको राजनितिक पार्टीको नाम राख्यो भने ईन्डियाले ब्याण्ड गर्छ है त्यस्तो नाम राख्न हुन्न भन्थे । अर्कै नामबाट पार्टी खोल्थे । त्यतिखेर भक्ति भन्ने मान्छे दिनानाथ रहेछन् कि जस्तो लाग्छ अहिले उनको आक्रिति हेर्दा । गुल्मी खलंगाका थुप्रै थिए कार्यकर्ता ।

तिसितको सम्पर्क र संगत प्रेम दाईको झन झन बाक्लियो। ति नेताले प्रेम दाइलाई पश्चिममा स्याङ्जासम्म पुर्‍याए । ‘त्यहि भएर मलाई पश्चिममा बिहे गर्नुपर्‍यो । मैले तिनको संगत नहुँदा पश्चिम चिनेकै थिईन ‘ पारिवारिक रहस्यपनि खोल्दै जान लागे प्रेम दाई ।

नेपालमा राजाले गर्दा यस्तो समस्या भो । पछि पर्‍यो भन्दै राजालाई हटाउने कुरो मात्रै गर्थे । नेपालमा राजा हटाउने, प्रजातन्त्र ल्याउने, सत्ता कब्जा गर्ने । यहि कुरा गरिरहन्थे । बाराखम्बा रोडको जुलुस त्यहि राजसत्ता बिरुद्द हुन्थ्यो । कम्युनिष्ट ब्यवस्था ल्याउनु पर्छ । चाइनाले यसो गर्‍यो । रस्साले उसो गर्‍यो भन्थे । ‘मैले के हो सबै राम्रोसित बुझेको थिईन । आफू त्यति शिक्षित भए पो थाह हुने त । बीपीलाई चाहिँ गद्दारनै हो भन्थे पहिले देखिनै । त्यतिखेर गिरिजाको चर्चा नै थिएन ।’

मधुरो बोलिमा प्रस्तुत प्रेम दाईले एक छिन् है भने । गोजीमा लुत्त हात घुसारेका उनले खैनीको डिब्बा निकाले । दाहिने हातले ओंठ ल्याप्प च्यातेर एक फाँक खैनी ओंठमा घुसारेपछि उनले भने ‘उ बेलाको कुरा के गर्ने?’ ।

‘ह्या दाई चाख लाग्दो छ नी, मलाई क्या सुन्न आनन्द आइराख्या छ’ मैले भने ।

त्यसपछि उनले फेरी शुरु गरे ‘पाल्पातिरको एउटा कट्टर नेता थियो । भारतीयको घरमा काम गर्थ्यो । कुरा चर्का गर्थ्यो । नेतासित भेट्थ्यो । नेपालीलाई सहयोग पनि गर्थ्यो । मलाई प्रचण्ड भन्नुस् भन्थ्यो । तर यो प्रचण्ड त होइन त्यो भक्ति । अर्को थियो गुल्मीतिरको नेत्र भन्ने । त्योपनि देख्दिन म आजकाल । अर्को थियो बिर्ख बहादुर । त्योपनि हरायो । नेता धेरै थिए । सिलोङ, बनारस तिरबाट आइरहन्थे । सहाना प्रधानपनि आइरहन्थिन् ।’

प्रेम दाईले भुलेका छैनन्, त्यतिखेर नेताले पाहुना खुब ल्याउँथे । साथीहरु आउनु भो । अब खाने बस्ने ब्यवस्था गर्नुपर्छ भनेर सहयोग माग्थे । उनले तिनलाई दुई चार रात राख्ने र कहाँ जानु पर्ने हो त्यहाँ सम्मको बसको टिकट काटेर पुर्‍याइदिन जान्थे । ‘देश बनाउने नेता’लाई बसको भाडा आफैं तिरिदिन्थे । अहिले एमालेमा लडाइ, माओवादीमा झगडा, के के पार्टी फूटेर अनेक बखेडा छ । त्यो बेला त्यस्तो थिएन । जनमत संग्रह धोका हो भन्ने तिनले बारम्बार दोहोर्‍याइरहन्थे ।

त्यतिखेर राजा वीरेन्द्र नै थिए । झापातिरका पनि थिए दुई चार जना नेता त । झापाका एक जना नेताको बहिनीको उपचार हुँदै थियो । त्यहिँ म्रित्यु भयो । नाम उनले भुलिसके । बाबुराम पनि पुगे । त्यो बेलापनि उनले बाबुरामलाई त्यहाँ भेटेर यस्सो बातचित गर्न भ्याए । अरुबेलापनि भेट हुन्थ्यो । बाबुरामले भन्थे – हामी गरिव देशको मान्छे । धनी राजा । यस्तो राजा राख्नुहुन्न । तर त्यसै सजिलै राजा फाल्न सकिन्न । पहिले जनतामा चेतना आउनुपर्छ । जनताले कुरो बुझ्नुपर्छ । तपाइहरु प्रवासमा बसेर अर्काको भाँडा माझ्नु परेको, दुख गर्नु परेको सबै राजतन्त्रको कारणले हो । यसलाई फाल्न सबै मिल्नुपर्छ प्रवाशमा भएका हामी दुखि गरिबजति भन्थे । संझाउँथे । बिस्तारै संझाउने उनको बानी थियो ।

तर अहिले यसो सोच्दा राजाकै कारण त होइन जस्तो लाग्छ नेपाल गरिव भएको । नेपालमा कि सुन हुनु पर्‍यो कि त अरबियन मुलुकमा झैं तेल हुनुपर्‍यो । छैन । खेती गरेर सस्तोमा बेच्नु पर्‍यो । बेच्नलाई भन्दा खाने मान्छे धेरै भए । एउटा मान्छेले चार वटा बच्चा पाउँछ । खान लाउन दिन सक्दैन । पढाउन सक्दिन भने त त्यत्तिकै गरिवीमा गैहाल्यो नी । त्यति सानो देशमा त्यो बेलै एक करोड जति थिए नेपाली । अहिले तिन करोड जति भएछ तिस वर्षमा । दोब्बरभन्दा बढि । ‘त्यसैले राजालाई फाल्दैमा सबै हुन्छ जस्तो त मलाई लागेन । खै त भएको ? ‘ उनले भने ।

उनले निकै नेता भेटे । ति मध्ये सिपी गजुरेल, रामराजा प्रसाद सिं सबैलाई भेटे । एक पटक एक जना अपराधी केस लाग्यो भनेर सिपी गजुरेलको आग्रहमा त्यो मान्छेलाई टिकट काटेर गौरीफन्टाबाट नेपाल हुलिदिएको सम्झनापनि ताजै छ उनमा । तिनै नेताको आग्रहमा केहिलाई कामपनि लगाइदिए । भारेभुरे ति नेताले एक दुई महिना कामपनि गरे । उनीहरु फार्ममा काम गर्दै संगठन बनाउँदै गर्ने रहेछन् ।

पछि समय र परिस्थितिले प्रेम दाईलाई जर्मनीतिर अँचेट्यो । दिल्लीका साथी सँगी र नेताहरु सितको उठबसपनि बिगत बन्दै गयो । नेपालमा चुनाव भयो, ति नेतापनि गए रे भनेर सुनाउँथे ।

जर्मनीमा सोचे जस्तो भएन । प्रेम दाई फेरि हान्निए, फ्रान्सतिर । फ्रान्स आएर १२ वर्ष बस्नुपर्‍यो । उनी यस्सो नेपालतिर फर्केर हेर्छन् । उतिबेला जस्तो अस्थिर थियो अहिलेसम्म त्यस्तै छ अवस्था ।

आज देख्दा देख्दै ति नेता कुर्सीमा त पुगे । तर तिनको पनि भविष्य देख्दैनन् उनी । नेताले देश बनाएन भनेर कराउनेसितपनि सहमत छैनन् प्रेम दाइ । उनको बुझाईमा नेताले देश बनाउने होइन जनताले बनाउने हो । शिक्षा, स्वास्थ्य, विकासको राम्रो नियम बनाइदिए भने देश जनताले बनाउने हो । त्यहि गरेरपनि नेपालमा काया पल्टिनेवाला छैन । भारत र चिन सँग सँगै स्वतन्त्र भएको रे । २० वर्षमा चिनले यूरोपको जनसंख्या जति मान्छेलाई गरिवीको रेखा माथि उठायो रे । ईन्डिया अझै लोकतन्त्र भन्दै तलको तल छ । ‘त्यो हिसाबले भारतको पछाडि लागेर हामीलाई फाइदापनि हुन्न । बरु चिनकै ठिक छ । भारतमा लापर्वाही हुन्छ । चिनमा तरिकाले चल्छ । घुस खाए झुण्ड्याईदिन्छ  । अनि पो मान्छेले सहि बाटो अपनाउँछ । भारतमा जसको शक्ति छ, जसको पहुँच त्यसैको माथि हुन्छ हात । चिनमा त छैन नी त्यस्तो । उनीहरु पार्टीमा पकड जमाउँछन् । अनि विकास गर्दै गए । त्यसरि विकास गर्दै गएर बलियो नभएको भए त हङकङ छोड्दैनथ्यो बेलायतले । भारतका पछाडी लागेर हाम्रो धेरै बिग्रिएको छ । हाम्रा नेताको धेरै कमजोरी छ ‘ घत लाग्दा अनुभव सुनाए उनले ।

उनले बिचमा सोधे ‘हँ ल भन्नुस् । तपाइलाई कस्तो लाग्छ ? कि होइन ?’

‘खै के भन्ने दाई ? म त तपाइका कुरा सुन्न आ’को आज । तपाइका कुरा सुनेर जाने हो क्या’ मैले भनें ।

राजाकोपनि आफ्नो देश नबनोस् भन्ने त थिएन होला । आफ्नो घर नबनोस् भन्ने थिएन । तर उनका पछाडीका मान्छे ठिक थिएनन् जसले दिशा देखाए । राजाबारे उनलाई लागेको यहि हो ।

प्रेम दाई अलिकति भावुक बन्न लागे अब । ‘उता बस्या भए त म मरिसक्थें । कसले उपचार गर्ने मेरो ? म एक वर्ष अस्पत्ताल बसेको फ्रान्समा उपचार गर्न । नेपालमा त मानवता नै छैन । कसैको पैसा छैन भने उपचार नै गर्दैनन् । त्यस्तो हुन्न नी यहाँ त । एउटा स्याङ्जाको केटो आयो । पक्राउ परेछ । उसको दुबै म्रिगौला खत्तम रहेछन् । अहिले अस्पतालमा उसको निशुल्क उपचार भैराखेको छ । नेपालमा पैसा नभै त्यसरि म्रिगौलाको उपचार गर्छन् ? गर्दैनन् । ‘

यी देशका मान्छेलाई शोसक, सामान्त जे भनेपनि मानवता छ नी त । यहाँ भोको मर्न दिन्न सरकारले । औषधी नपाएर मर्न पर्दैन । यहाँ तुरुन्तै धेरै पैसा कमाएर माथि जान्छु भन्ने चान्सपनि छैन नी । नेपाल, भारतमा छ । यहाँ ब्यापार गरेको, कमाएको नखाइ तिर्दा तिर्दै सब खत्तम हुन्छ । यहाँ सामाजिक नियम छ लगभग कम्युनिस्टको जस्तो हो ।

जर्मनी आए । सम्बन्ध बिच्छेद भयो । अब यो उमेरमा के बिहे गर्नु ? लड्दा भिड्दा र स्थापित हुन खोज्दा खोज्दै अब ढिलो भयो । बाँकि रहेको सम्पती के गर्ने त ? ‘जसले पढ्न पाएको छैन उसलाई दिन सकिन्छ आफूसित भएको । अहिले बाँचुन्जेल त आफूले खानु पर्‍यो । बाँच्नु पर्‍यो । ‘ मध्यान्हको खाना पछि कडा फ्रान्सेली कफीको चुस्कीसितै झन भावुक बने उनी ।

१५, १६ को उमेरमा भारत छिरेका उनी परदेशमा जिवन झुलाउँदा झुलाउँदै ५१ वर्षको भैसके । खोटाङको खोल्सा खोल्सी छिचोल्दै भारत पुगे । १०, १५ वर्ष दिल्लीमा भाँडा माझ्ने, भारतीयको घरमा काम गर्ने गरे । आफ्नो कोहि थिएन । उनी जस्ता थुप्रो रहेछन् । त्यहिँ नेपालीको सम्पर्कले काम गरे । कहिले होटेलमा त कहिले ड्राइभरी ।

गुल्मीतिरका नेपालीले सुनाए, दाइ यहाँ बसेर काम छैन । जर्मनी गए कूक काम पाइन्छ । पैसा राम्रो कमाइन्छ । के गर्नुपर्छ भनेर सोध्दा बिज्ञापन आउँछ । त्यो हेर्ने गर हिन्दी पत्रीकामा भने । बिज्ञापन हेरेर अन्तर्वार्ता दिए । नभन्दै पाएपनि उनले कुकको काम । यूरोप १९९३ मा आए । उनीसित थुप्रै मान्छे आएका थिए ।

परिवारसित सम्बन्द बिच्छेद भो जर्मनी बस्दा । अनि नेपाल जान मनले मानेन र उनी फ्रान्स हान्निए । सुखद कुरो के भने उनले अरु नेपालीले झैं दुख भोगेनन् । भारतीय खाना बनाउन निपुँण भएकाले उनले जतापनि काम पाउँथे । पेपर नभएपनि कमाइ राम्रो थियो ।

जिन्दगीमा अरुकालागि सहयोग गर्न उनले कहिल्यै छोडेनन् । आफूले कमाएको पैसो धेरै त त्यस्तै सहयोग गर्दै सक्थे । उता दिल्लीमा राजनितिक कार्यकर्तालाइ गरेको सहयोगले यतापनि पछ्यायो । भलै यताका नेता नभएर स्वर्गको नगरीमा अनेक कष्ट भोगेका नेपाली थिए । दिल्लीमा पार्टीका साथीलाई बसको टिकट काटिदिने । खाना खुवाउने । होटेलमा लगेर राख्ने । यस्तो भैराख्थ्यो । काम गरेको घरबाट रोटी र मासु झोलामा लगेर पनि खुवाइयो साथीहरुलाई । नभएपछि के गर्ने त ? त्यसै गरेर उनले कमाएको झण्डै झण्डै रित्याए । यहाँपनि साथी भाइलाई सहयोग गर्दा गर्दै खत्तम भयो कमाएको ।

आफैंले बसको टिकट काटेर, होटेलका रोटी र तरकारी झोलामा हालेर खुवाएका नेता आज मन्त्री नै बनुन् । प्रधानमन्त्रीनै होउन् प्रेम दाइलाई न कुनै पछुतो छ न त इर्ष्या नै । ‘म पनि यूरोपमा राम्रै अवस्थामा छु । नेपालमा नेता बनेका छन् तर म पनि ति भन्दा यहाँ कमजोर स्थितिमा छैन झैं लाग्छ । तिनीहरु मन्त्री भएपनि दुई लाखै कमाउलान् मासिक । मैले कामै गरेरपनि दुई लाख कमाउँछु । उनीहरु शिक्षामा अगाडि गए । मेरो शिक्षा भएन ।  त्यहि हो । लुटेर ढाँटेर खान परेको छैन । आफ्नै मेहनतले खान पाएको छु । त्यसैले म त्यति क्मजोर र नराम्रो मान्दिन । ‘

त्यतिबेला उनी ठूला नेता थिएनन् । अरुनै थिए । तैपनि सहयोग गर्नुपर्छ गुरुङजी भन्थे । बाराखाम्बा रोडमा नारा जुलुस गर्नेको खाँचो थियो । नेतालाई सुताउने ठाउँको खाँचो थियो । बस टिकट काटेर पठाउनुपर्थ्यो । भोका कामरेडलाई खुवाउनुपर्थ्यो । आन्दोलन उठाउन प्रेम दाई जस्ताको आवश्यकता थियो र प्रेम गुरुङ जस्ता सहयोगीको खाँचो पर्थ्यो र चिन्थे त्यतिखेर अहिलेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले । गुरुङजी गुरुङजी भन्थे बाबुराम । अहिले केको खाँचो ? ‘म जस्ता कति मान्छे भेट्यो होला बाबुरामले । मलाई के चिन्ने अहिले ? ‘ बिट मारे प्रेम दाइले ।


  • अरुले गर्ने सहयोग १ २ चोटी हो सारा जीवन त कसले कसलाई सहयोग गर्छ र ? सायद त्यो दिनको राम दाइको सहयोगले आजको बाबुराम बन्न सजिलो भयोकी बाबुरामलाई ? अनि राम दाइको एउटा कुरा घत लाग्यो मलाइ यदी भ्रस्टाचार नगरी राज्यको सेवा सुबीधा कै हिसाब गर्ने हो भने त राम दाइको १ महिनाको कमाइ गर्न यहाको पी एम लाइ ३ महिना लाग्ला की कसो ? राम दाइ तपाइँ जस्ता कती लाइ सीडी बनाइ त्यो बेलाको बाबुराम आजको बाबुराम भएको कुरा उसलाई थाहा छ तर अब उसलाई तपाइँ जस्ता राम दाइ हरुको खाचो छैन | मुलुकको जीम्मेवार पी एम भए पनि आज भोली त कहीले काही म त बन्दुक चलाएर सत्तामा आएको मान्छे हु याद गर्नुस भनी अरु पाटीका नेता धम्काउने बाबुरामले तपाइँ लाइ के सम्झेला र खै ? अनि उ बेलाको राजा त सबै पाटी मिलेर हटाए तर आजको यो अघोसीत राजा कसले हटाउने ? यस्तै छ है राम दाइ नेपालमा उ बेलामा तपाइले सहयोग गरेका जनताका मुक्त्ती दाताका प्रजा भएका छौ हामी तपाइले फोन गरेर सम्झाई दिने हो की ? १२ महिना लाइ भनी राखेको रकम ७ महिनामै सक्ने तपाइको उ बेलाको त्यो बाबुरामलाई सम्झाई दिनु भए आम नेपालीले सास फेर्न पाउथेकी ? जनतालाई मुक्त्ती त देलान तर सासै फेर्न नदिएर जस्तो छ | हामी सबै नेपालीका लागि पनि १ पटक फोन गरी दिनोस है राम दाइ त्यो फ्यागले उ बेलाको ठिटो बाबुरामलाई | तै तपाइको कुरा मान्छ की ?

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 18 Thumb down 20

    [Reply]


  • लेख सबै पढे पछी प्रेम जी को हिर्दयको पाना पनि पल्टाउन भ्याए –
    नेपालको अस्तित्वलाई लिएर चिन्तित यिनमा पनि राजसस्था जोगाउन पर्छ भन्ने भाब पाईयो –
    यिनी बाउराम हरु जत्तिकै ‘पढेका’ नभएर के भो त !
    बेस्मरी ‘ परेका ‘ चै रैछन् — भन्छन् नि कि पढेर जानिन्छ कि
    ‘परेर ‘ जानिन्छ —
    परेर जानिनेहरुको आत्मा छामे पछी कट्टर बामपन्थी चै एक छिन्
    ट्वाल्ल पर्छन् होला है !

    मन परो वा परेन: Thumb up 23 Thumb down 23

    [Reply]

    सुलभ Reply:

    खुब जाने परेर !!!!! आफ्नो विदेशमै बिताउनेलाई के थाहा नेपालमा के भइराछ र नेपालको आवश्यकता के हो भनेर ! प्रधानमन्त्री आफ्नै साथी हो भन्ने थाहा नहुने मान्छेको गफलाई हजुरलाई खुब राम्रो लागेछ । राजाको त्यति नै माया लाग्छ भने यतै आएर राजावादी भए त ठूलै समारोह अनि तामझामका साथ राजाले व्यवस्था गर्नेथिए होला ।

    मन परो वा परेन: Thumb up 15 Thumb down 8

    [Reply]

  • kalki dhakal

    प्रेम जी को अनुभव र कुरा निकै राम्रो छ, हिजो तेत्रो गफ दिने बाबुराम ले खैत आज सान्ति सुरक्षा, विकास ग्यास पेट्रोल दिन सकेको, उल्टै भ्रस्टाचार महंगी गुन्डाराज मात्र छ, विश्वको सबैभन्दा भ्रस्टाचार हुने देश भन्दा १९ कदम मात्र पछी यहि हो कम्निस्ट? अब आउने सर्वेक्षण मा नेपाल विश्व सबै भन्दा बढी भ्रस्टाचार हुने देश पक्का पक्कि भैसक्यो, अझ अस्ति आयल निगम अगाडी भएको बम काण्ड मा बाबुराम भट्टराई को नै सहमति मा पुरा बाबुराम को योजना मा भएको कुरा पुलिस अनुसन्धान मा आइसकेको छ, बिचार बाबुराम को स्वार्थ को लागि फेरी ३ जना को बलि चढ्यो, त्यो बम हान्ने लामा यसघि पनि बम काण्ड मा परेर हिसिला ले छोडाएर काठमाडौँ मा ल्याएको रहेछ,

    मन परो वा परेन: Thumb up 19 Thumb down 13

    [Reply]

  • Prem Thapa

    Sorry dai,
    I did not find this article insightful. No one borns with crown in his head, it is as simple as that. We Nepalis have habit of making mountains out of molehills. This article may be interesting for Babruma and Gurung dai, as for me it is total waste of time!

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 5 Thumb down 15

    [Reply]

  • दिवस

    यो प्रेम भन्ने मान्छेलाई आलोचना गर्न मात्रै आउने रहेछ । कहिँ कतै उसलाई मन परेको देखिन्न । यस्तो मान्छेले त आफैंले लेखेर देखाए पो अनि हेर्न हुन्थ्यो कतिले रुचाउँदा रैछन् । कि आफैंलाई मन परेको लेखेर भित्तामा टाँसे हुने । उसको प्रतिक्रिया सधैं नकारात्मक मात्रै हुन्छ । बडा जान्ने मै मात्रै छु भन्ने लाग्दो हो ।

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 7 Thumb down 20

    [Reply]

  • uddhab sagar, khotang

    पहिलो कुरा त पत्रकारले प्रेम जी को कुरा किन लेखे भन्ने बुझ्न जरुरि छ /
    बाउराम र प्रेम जी बिगतका असल साथि थिए / बिगतमा प्रेम जी सगको सहयोगमा कम्युनिष्ट ब्यवस्था ल्याउनु पर्छ देशमा बिकाश गर्नुपर्छ राजाले गर्दा नेपाली गरिब भयो राजा फ्याक्नुपर्छ भनेर थुप्रै नै कार्यक्रम गरेका रहेछन त्यसैलाई स्मरण गरियको हो / तर प्रेम दाइले अझै नेपालीको सुनौलो भबिस्य देख्दैनन / असाध्यै मिठो छ लेख /
    प्रेम दाइलाइ बाउरामले चिनुन नचिनुन अहिले राजा छैन आफै राजा छन् बिगतका सघर्सलाई संझेर नै वर्तमान र भबिस्य बनाउनुपर्छ बाबुरामले / किनकि नेपालीले भारतीयको गुलाम गर्ने देखि हर सुख दुखका अनुभब बोकेका छन् त्यसलाई भुल्नु हुदैन ठुलो कुर्सीमा पुगेर / कुरा स्पस्ट छ :-

    मन परो वा परेन: Thumb up 16 Thumb down 3

    [Reply]

  • sagar subedi (Austria)

    भाबुक बनायो ददी जी को कलम ले, मन म धेरै कुरा आए ……….

    मन परो वा परेन: Thumb up 11 Thumb down 4

    [Reply]

  • Prashanta

    राम दाइको अनुभव बर्तमान PM को अतित बारेमा, यहाँ राख्नुभयकोमा ददी जी लाइ धन्यबाद.

    मन परो वा परेन: Thumb up 10 Thumb down 5

    [Reply]

  • Prabasi Tamu

    ददिजी कलात्मक ढंगले प्रेमजिको इतिहास उजागर गर्नु भएको मा धन्नेबाद .प्रेमजी साच्चैकै आदर्निए हुन् उनको राजतन्त्र प्रतिको विचार खास नकारात्मक होइन किनभने सामन्ने मानिसले बुझ्ने तेहिनै हो तेस्लाई आतिबादी किसिमले बुझ्नु सहि हो जस्तो मलाई लाग्दैन .यो ब्लगमा चंद्रजिले प्रेम दाई नभनी किन राम दाई भन्दै छन् दादीजी. कि उनि लाई राम दाई पनि भन्छन कुरा बुझ्न सकिन. अनि चन्द्र जी सहि कुरालाई जसको भए पनि सकारात्मक ढंगले लिनु राम्रो होइन र . तेती धेरी पुर्बग्राही हुन जरुरि देख्दिन म .

    मन परो वा परेन: Thumb up 8 Thumb down 1

    [Reply]

    chandra Reply:

    prem ko thaaumaa raam bhayekomaa sorry purbaagrhee bhaye jasto laagdin ta malaai ta tamu jee

    मन परो वा परेन: Thumb up 4 Thumb down 3

    [Reply]


  • लेखक ज्यु, सारै यथार्त कुरा पढ्न पाउदा आनन्द लग्यो र भबिस्य मा पनि बिसाय राख्नु भय बहुदै राम्रो हुनेछ l कति सरल र यथार्त कुरा , हुन पनि हो नेपाल लाई समुन्द्र ले छोएको छैन तेसैले ढुवानी खर्च बढी हुन्छ र समान हरु महँगो हुन्छ अनि देश गरिब भएको पनि एउटा कारण देखाऊछ तर तेसो नै हो भने देश को तिन भाग जति समुन्द्र ले छोएको सोमालिया किन संसारको गरिब देश पंतिमा छ ? धनी देशको पंक्तिमा स्विजरलण्ड समुन्द्र ले न छोएको , गुरुङ जी को भनाइमा यथार्त छ नै देश बनाउने जनता ले हो तर देशको बिकासको लागि राम्रो कानुन र कार्य शैली ल्याउने नेता हरु नै हुन् l जब नेता हरु नै भ्रस्टचारी भए पछि जनता को के लाग्छ र ? जब सम्म प्रतेक जनता मा जन चेतना न आए सम्म l

    मन परो वा परेन: Thumb up 6 Thumb down 3

    [Reply]


  • Nice article, Anubhabi sahayogi Ramjidai,
    The Best Indian Cook, he is an unique in paris, hijo nepaliharulai kaam lagaidine Ramjidai nai ho…..
    he is the best!!!!!

    मन परो वा परेन: Thumb up 12 Thumb down 5

    [Reply]

  • Siddhartha,Belgium

    रामजी गुरुङ (प्रेम गुरुङ) जी

    तपाई लाई मेरो एउटा प्रश्न :-
    नेपाली भाषा अनुसार फ्यांग्ले भनेको के हो?

    मलाई थाहा छ तपाई ले ददी जी लाई सुनाउनु भएको कथा (सत्य हो कि काल्पनिक थाहा छैन) मा ” म पढेलेखे को मान्छे होइन भन्नु भएको छ तर “परेको” मान्छे हु तिनीहरु भन्दा केहि कुरा मा पनि कम छैन भन्नु भए को छ नि त त्यसकारण पढेर नजाने पनि परेर त जान्नु भएको होला “फ्यांग्ले” मान्छे ( लोग्ने मान्छे या स्वास्नी मान्छे) कस्तो लाई भनछन् भनेर ? सामान्य नेपाली जनजीबन मा पनि यो सब्द को प्रयोग हुन्छ । तर कस्तो बेला हुन्छ? बाबुराम भट्टराई “फ्यांग्ले” थिएन भन्ने कुरा यो लेख पुरा पढदा लेख ले नै आफै चिच्याई चिच्याई भनि रहेको छ तर पनि ददीजी ले प्रेम गुरुग जी संग को घटिया कुरोकानी लाई सस्तो लोकप्रियता दिलाउन हेडिंग नै ” ए दिल्लीमा मलाई भेट्ने त्यो फ्याङ्ले बाबुराम अहिले प्रधानमन्त्री ?” भनेर राख्नु भएको छ यो दुख को कुरा हो ।
    एउटा अनपढ ( चाहे त्यो अमेरिकामा या जर्मनीमा जहाँ बसोस अनपढ अज्ञानी नै हुन्छ) व्यक्तिले बोलेका कुराहरु जस्ता को त्यस्तै एउटा राष्ट्रिय स्थर को ब्लग मा प्रकासित हुनु भनेको खेदजनक छ। बहस जारी छ पहिले माथिको मेरो प्रश्न को जबाफ प्रेम गुरुङ जी बाट सुन्न चहान्छु ।

    मन परो वा परेन: Thumb up 14 Thumb down 7

    [Reply]

    Rabin Sharma'OLI' , France Reply:

    Sidhartha जी
    तपाई सारो बिध्वान हुनुहुन्छ जस्तो छ, “(एउटा अनपढ ( चाहे त्यो अमेरिकामा या जर्मनीमा जहाँ बसोस अनपढ अज्ञानी नै हुन्छ)” भनेको सुन्दा, आफै अर्थ लगाउनुस आफै बिस्लेषण गर्नुस किन अरुलाई डोमिनेट गर्नु पर्यो , किन अरुको इर्श्या गर्नु पर्यो, उनले जे देखे तेही भने, नयाँ चोर नेताहरुले जस्तो बढाई चढाई त गरेनन, लेखकले जे लेखे एथार्थ लेखे , तपाई संग तेस्तो कुनै अनुभव छ भने लेख्नुस न हामी पनि पढौ विद्वान महोदय!!!!

    मन परो वा परेन: Thumb up 9 Thumb down 7

    [Reply]

    गौतम सुबेदी / बेल्जियम Reply:

    रबीनजी, यो सिद्दार्थ भन्नेको दिमाखनै नेगेटिभ छ । याद गर्नुस् कि यो मान्छेले सधैं यस्तै नाकारात्मक भएर लेख्छ । यो को हो र यसलाई प्रेम गुरुङले जवाफ दिनुपर्ने ? कुइरिनीको पाउमा परेर बेल्जियम आएर बसें भन्दै यसले के ठानेको होला आफूलाई ? प्रेम गुरुङ उ झैं कुइरिनीलाई तेल घसेर आएको हो? आफ्नो सिप र मेहनत अनि क्षमताले आएर बसेको ।

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 3 Thumb down 11

    [Reply]

    Rabin Sharma'OLI' , France Reply:

    Got it Gautam jee, Thanks..

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 3 Thumb down 10


  • Ramji gurung le ti bigatka wa balyakalka kuralai samjhera po ti word nikalnu bhayako hola tara Baburamlai prime minister hune khubi thiyana bhannu bhayako ta chhaina ni ki kaso ?

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]

  • काशी अर्याल

    तपाँइहरु मध्ये कतिपयले शब्दहरुलाई मात्र ध्यान दिएजस्तो लाग्यो । उहाँको मर्म हेर्नु । जीन्दगीभर अरुकै लागि मात्र काम गरेजस्तो लाग्यो मलाइ त । जर्मनी हानिदाँ बुढी सँग छुटिन पर्यो । जिन्दगीभरी काम गरेको गर्यै गर्दा पनि यिनलाई कामले कहिल्यै छोडेको छैन । श्रमीकको बास्तविक पिडा छ यिनिसँग र गर्वपनि छ कसैको चोरेर खान नपरेकोमा । उनले जीन्दगीलाई बुझ्न कुनै फरमुलाको प्रयोग गरेका छैनन । तर उनले राम्रो सँग बुझेका छन् मैले कसैको चोरेर खाएको छैन । सलाम छ राम दाइ याने प्रेम दाइलाई म काशिको ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 2

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree