एमालेको निकास भित्र सत्ताको हस्को ठ्वाँस्स

बेला बेला त खुबै नाटक गर्छन् एमालेका नेताले । जनता अगाडि देखेपछि त जे भन्दे’नी हुन्छ । जस्तो भनेपनि पत्याउँछन् । हनुमान शैलीमा केहिले ताली पिटेपछि साराले पत्याउँछन् । समग्र नेपाल भनेको निधार जत्रो खुला मञ्च हो । सारा नेपाली भनेका त्यहि खुला मञ्च भर्न टुप्पीसम्मको बल निकालेर, बसका छत र ट्याक्टरका ट्याल्लरमा खाँदेर ल्याएका नेपाली मात्रै हुन् भन्ने लाग्दो हो एमालेका नेता गणलाई । त्यहि भएर तिनले न बिगत नियाल्छन् । न बर्तमानमा टेकेको धर्ती हेर्छन् । न भविष्यको सहि मूल्यांकन गर्न सक्छन् । बिगतको हात्ती जत्रो पार्टी खिइएर बोको जत्रो भैसक्यो । चेत्नु त कहाँ कहाँ । अझै छली भाषण ठोकेर जनतालाई मूर्ख बनाउने । अझै आफू र पार्टीको साख गिराउने ।

जिवनका अधिकांश उर्वर काल राजधानीमा बसेर राजनिति गर्दापनि संविधान सभामा राजधानीका जनताले लोप्पा खुवाएर रित्तो पारे । जनताको विश्वास घट्दो छ । एउटा आम सभा गर्न अब देश भरिबाट कार्यकर्ता घोग्र्याएर, मुन्ट्याएर, लोभ्याएर र लौ राजधानी सित्तीमै हेर्न पाइन्छ भन्दै ल्याउनु परेको छ । यस्तो पार्टीले कांग्रेस र माओवादीलाई बाटो देखाउने, सच्याउने रे !

उल्लूपनि कति बनाएका जनतालाई । नेपाली कांग्रेस र माओवादीले केहि गर्न सकेनन् रे । अब एमालेले निकास दिने रे । तर के निकास दिने त ? केहि छैन । अन्धा कार्यकर्ताले सोधेनन् के हो निकास ? कसरि निकास ? परर ताली पिटे सक्कियो । देशलाई निकास संविधान बनाएर दिनु छ । स्थायी शान्ति दिनु छ । त्यो दुइटै एमालेलाई कसरि दिने थाह छैन । किनभने एमालेले संविधान कस्तो बनाउने भनेर खाका सम्म बनाएको छैन । अनि कसरि दिने निकास ? संविधान कस्तो बनाउने त भन्दा एमालेका नेता ‘हामी यस्तै भनेर जबर्जस्ति गर्दैनौं, सहमतीमा गर्छौं’ भन्छन् । संविधान जस्तो कुरो यस्तो हुनु पर्छ भन्नेनै छैन । अरुले जस्तो प्रस्ताव गर्‍यो त्यसैमा यस्सो जिब्रो चपाएर समर्थन गर्‍यो, लेठै खत्तम ।

निकास कसरि दिने ? न कांग्रेसको जस्तो स्पष्ठ नीति छ । न कांग्रेसको जस्तो वर्गको प्रतिनिधित्व छ । न कांग्रेसको जस्तो अडान छ । न माओवादीले झै यस्तो संविधान भन्न सक्या छ । न कार्यकर्ता छन् माओवादीका जस्ता । न संगठन छ माओवादीको जस्तो । न देशको विकास यसरि गर्ने भन्ने कुनै लिखित नीति छ । उद्देश्य सरकारको कुर्सीमा केन्द्रित छ । नेताको पारा उहि हो । वामदेव गौतम, केपी ओली, ईश्वर पोख्रेल, माधव नेपाल, भिम रावल त पार्टी हाँक्ने नेता छन् । जिन्दगी बित्यो बामपन्थि राजनीति गरेको । दिन प्रतिदिन गन्हाएका छन् । देशलाई के दिने ? जनताले निर्वाचनमा लोप्पा खुवाएका अधिकांश नेताले पार्टी हाँकेका छन् । नाथे १२ हजार जनताले नपत्याउनेले देश हाँकेर निकास दिने रे । कसले पत्याउँछ ?

निकास दिन्छौं राष्ट्रलाई भनेपछि त जनतालाई सार्वजनिक रुपमा यसरि देशलाई निकास दिन्छौं । यसरि सफल पार्छौं । यो हो उपाय भन्न सक्नुपर्दैन त ? केहि छैन के भन्नु ? यीनको दिमाखमा देशलाई हाँक्न सक्ने तत्व नै छैन । अनि भाषणै पिच्छे कांग्रेसलाई दक्षिणपन्थी भन्दै सरापे । माओवादीलाई उग्रपन्थी भनेर कुर्लिए । कांग्रेस र माओवादीलाई गाली गरेपछि निकास आ उला झैं गरेर सक्कियो ।

संविधान बनाउन, दिर्घकालिन शान्ति स्थापना गर्न यो यो गर्नु पर्छ । कांग्रेस र माओवादी यहाँ यहाँ चुके । यसरि संभव छ हामीलाई साथ दिनुस् भनेर जनता जगाउन सक्नु पर्ने होइन निकास दिनेले ? दिमाखमा सत्ताको कुर्सी घुमेको छ । कुर्सीमा जान पाए करोड झ्याम्म पार्थें भन्ने मानसिकता छ । माओवादी र मधेशीहरु सरकारमा गएर मोज लुटे, आफू चिल्लै परियो भन्ने सुर्ताले हुटहुटी पारेको छ । कार्यकर्तालाई के भनेर अल्झाइराख्ने होला भन्ने उपाय चाहिएको छ । बास चाहिएको त्यत्ति हो । देशलाई निकास दिने भए पो निकासका उपाय हुनु ।

भ्रस्टाचारमा नफसेका उहि रवीन्द्र अधिकारी र ठाकुर गैह्रे जस्ता दुई चार जना फुचुने नेता छन् । जनताका अगाडि बदनाम, भ्रस्ट, बोलीको ठेगान नभएका, वर्षौं वर्ष देखि सत्तामा बसेर लूट भूट (मान्छे भुट्ने) मच्चाएका । देशको माटो बेचेर समेत पोल्टा भरेका नेता छन् । जो अलि गतिला छन् ति फुचुने र राजेन्द्र श्रेष्ठ जस्ता तिनको न बोली बिक्छ । न जिम्मेवारी छ । अनि कसरि होला यस्तो पार्टीले माओवादी र कांग्रेसलाई निर्देश गर्ने । निकास दिने कसरि ? आफूसित केहि भए न हो निकास दिने । देशको संविधान यस्तो हुनुपर्छ । यसरि दिर्घकालिन शान्ति प्राप्त हुन्छ भन्ने भए पो निकास दिनु । आफैं नांगो छ उसले अरुलाई लूगा बाँड्ने ? बरु यो निकास भित्र एमालेको फेरी सत्ताको दाउ, लोभ र र्‍याल लुकेको छ । माओवादी र कांग्रेसले देशलाई निकास दिन सकेनन् । अब हामीले सरकारको नेत्रित्व गरेर निकास दिन्छौं भन्ने यो चोट्टा दाउ पो हुन सक्छ ।

यो नभै नभएकोपनि झलनाथ खनाल र केपी ओलीलाई हो । माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भैसके । अब तेस्रो बरियताक्रमको म भएकाले मै प्रधानमन्त्री हुनु पर्छ भन्ने ओलीको दाबी सार्वजनिक भैसकेकै हो । झलनाथलाईपनि ओलीलाई आफूतिर तानेर माधव नेपाललाई कमजोर बनाउनु छ । त्यसैले यो निकास भित्र सत्ताको हस्को ठ्वाँस्स निस्केको छ ।

(फोटो- अनलाईन खबर)


  • नेपालका मुख्य राजनैतीक पाटीहरुको ऐलेको मुख्य काम भनेकै अरु पाटीहरुको सत्तोसराप गर्नु हो की जस्तो लाग्न थाल्यो मलाइ त अचेल | एकातीर काठमाडौँमा भीड जम्मा गरेर एमाले माओबादी र काग्रेस लाइ सराप्ने अर्को तिर प्रचण्ड हामीले जस्तो नभए फेरी मारमुग्री सुरु गर्छौ भन्ने | उता सक्तीखोर सीबीरमा माओबादी लडाकुले आन्दोलन सुरु गरे भन्ने सुनीन्छ | हुन पनि आफ्नै लडाकु बाट पैसा उठाएर खाने ती लडाकुका टाउके भनाउदा | यता हाम्रा भुतपुर्ब राजा पनि अनेक बहानामा घर दैलो कार्यक्रममा नीस्कीदै छन् | चाए जे होस् माओबादी लाइ जंगल बाट ऐलेको महलमा ल्याउने अनि ७० वर्ष पुरानो कांग्रेस लाइ गणतन्त्रमा लाने कुरामा एमालेले केही महत्वपुर्ण भूमीका खेले जस्तो लाग्छ | जनताको पाटी माओबादीको त त्यो जात्रा छ अरुको के कुरो गर्नु | अनि हामीले जतीनै गाली गरे पनि देश चलाउने यीनै हुन् कमसेकम ऐले सम्म जे गरे पनि अब मिलेर सम्बीधान बनाउने सद्बुद्धि आवोस |
    हामी यही कामना गरौ |

    मन परो वा परेन: Thumb up 9 Thumb down 1

    [Reply]

  • Prakash Tiwari , NYC

    २०४६ अघिको पन्च रयालीको पुनसंस्करण / पशुपतिको दर्सन एमालेको सभा – पहिलो काम प्रमुख , ताली पिट्ने काम चै बाद्यता /

    मन परो वा परेन: Thumb up 7 Thumb down 1

    [Reply]


  • हैन आजभोली UML पार्टीलाई तेस्रो लिंगीय पार्टी भन्छन/ के ओपेरेशन गरेर Katrina Pant झैँ बनाउन मिल्दैन? दुनियाको छोरा छोरीलाई अल्मल्याएको छ बेकारमा जनताले फालेको नेताले हाकेको पार्टी पछाडी लाग्या छ/ UML नेपालको No 1 पार्टी हुन्छ भन्नु ब्वासो साढे गोरुको पछी लागेर आशा गरे झैँ मात्र हो/

    मन परो वा परेन: Thumb up 11 Thumb down 0

    [Reply]

  • कल्कि ढकाल

    धन्यबाद ददि जि बडो स्वाद ले लेख्नुभयो, एमाले मा मुश्किल ले 10 जाना नेता होलान जसमा आरोप लगाउन सकिदैन, एमाले को नेता कोइ चन्दा असुलि अपरहण हत्या को आरोपि दिनेश चरि, कोइ मिलन चक्रे जस्तो गुण्डा लाइ आफ्नो श्रीमति को भाइटिका लगाउने भाइ बनाउने प्रदिप नेपाल, कोइ पत्रकार ज्यान मार्ने गरि कुट्ने र पुर्व को नामि तस्कर पर्शुराम कोइ त्यो मेरै शंरक्षण छ सक्छौ भने मलाइ कारवाइ गरेर देखा भनेर कानुनलाइ च्यालेन्ज गर्ने महेश बस्नेत, हत्यारा पाल्ने र अपरण तस्करि को पैसा खाने केपि ओलि, आफ्ना नेता र कार्यकर्ता ले जति सुकै ठुलो गल्ति गरे पनि तिनिहरू कानुन भन्दा माथि हुन र तिनिहरू लाइ कानुन लाग्नु हुँदैन भन्ने मानसिकता बोकेको र अपराधि लाइ छोडाउने ठेक्का पाएको झलनाथ खनाल जस्ता गन्हाएको नेता ले देश ला प्रगति दिने कुरा गर्न सुहाँउदैन

    मन परो वा परेन: Thumb up 12 Thumb down 1

    [Reply]


  • यस्तरी बस्त्रबिहिन भएछ है एमाले ! कुरी कुरी !!

    मन परो वा परेन: Thumb up 14 Thumb down 1

    [Reply]

    Siddhartha,Belgium Reply:

    बस्त्रहिन हुँदा पनि कुरी कुरी हुन्छ र? खै त सनी लियोन को त झन् ख्याती छ त ।

    मन परो वा परेन: Thumb up 5 Thumb down 3

    [Reply]

    Luna Reply:

    सिद्दार्थ जी
    सनी लियोंनले आफू जुन पेशाको हो त्यो पेशा अनुसार ईमान्दारी
    पूर्बक ( अब त्यसै भनौ किनकी नागिने पेशाको रैछ ) निभाएकी
    छन् . उनको ख्याती त्यसरी भो .
    अब हाम्रो एमालेको कुरा गरौ .
    भोलिको संसार साम्यवादी होला या पुजिबांदी नै रहला त्यो मलाई था छैन ( म भोलि अर्थात् भबिष्य सम्म पुगेकी छैन )
    तर आजको वर्तमान परिपेक्ष्यमा हेर्ने हो भने समाजबाद प्रणाली
    ब्यबहारिक प्रणाली हो ( एमालेको सिद्दान्त )
    तर हेर्नुस सनी लियोंन ले झैँ हाम्रा एमाले नेताले आफ्ना आफ्नो
    पार्टीको सिद्दान्तमा ईमान्दार पूर्बक लागेका छन् ? यदि यसो
    हुँदो हो त धेरै पटक सत्ता सम्हालेको एमालेका नेताहरु को चै
    उँभो लाग्ने अनि मुलुक उँधो लाग्ने किन हुन्थ्यो होला ???
    यिनले जनताको मन थामेका भए चुनाबमा जनताके कुरीकुरी हुने
    गरि किन हराउथे होला ???
    सिद्दान्त राम्रो भ र के गर्नु नेताले सिद्दान्तलाई धोति — लगाई
    दिए पछी —

    सिद्दार्थ जी
    अब पनि तपाई सनी लियोंन संग एमालेको तुलना गर्नु हुन्छ कि ?

    मन परो वा परेन: Thumb up 7 Thumb down 1

    [Reply]

  • ravi

    कसैलाई खुचिङ ,पाइस भन्नु भन्दा पनि त्यो बाट सिक्ने कुरा ठुलो हो। निको अस्ती राजा सँग जमात थियो, अस्ती काङ्रेस , हिजो एमाले आज माओवादी सँग छ । यो जमात र पैसा भन्ने चिज उस्तै हुदो रहेछ । आज छ भोली छैन! त्यसैले यो जमात्लाई कसरी दिगो राख्ने भन्ने कुरो हो। यसमा बिचार बोक्ने को पनि ठुलो हात हुन्छ । एमालेमा बाँकी रका नेता कार्यकर्ता हरुलाई सम्मान गरेर अरु दलले भित्र्याउनु बुद्धिमानी हो नकी कुरी कुरी भनेर!

    मन परो वा परेन: Thumb up 4 Thumb down 3

    [Reply]


  • कसम खाएर भन्छु एकताका क्यापसे हुदा अ ना स बियु को नाममा नेपाल बन्द गर्ने क्रममा पुलिसको हुकुम मानेरा बस हिड्न लागेको माथि साथीहरुको लैलैमा एउटा ईटा टिपेर फालेर भागेको थिए अब त मौका पाइयो भने ब्रस्तहिन भएर हिडेको बेलामा पिथ्यीउ मै ईटाले दिनु मन लागि रछ/ UML लाई श्री पशुपथिनाथको साढेको आशिर्बाद लागि जावोस/

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

  • ranjan

    चुनाब हारेको , जनता बाट बहिस्कृत भएको कुण्ठाले ए. मा. ले. लाज शरम छाडेर मुत को न्यानो ताप्ने र तेसैको भ्रम मा आत्मरति लिने गरेको छ /तेस्रो लिंगीले बच्चा जन्माउने त म मात्रै हो भन्नु र ए मा ले ले निकाशा को एक मात्र विकल्प हामी हौ भन्नु मा एक रत्ति फरक छैन/डा. खड्के ओली जस्तो महाकाली सन्धि को अभियुक्तले रास्त्रियता बिरोधि लाइ चड्कन लागाउनु पर्छ भनेको समेत सुन्न पाइने समयमा झल्लु र माधव ले रास्ट्रको निकाशा दिने कुरा गर्दा हासो भन्दा पनि हग्ने लाइ भन्दा देख्ने लाइ लाज पो भयो त !!कुरी कुरी ए. मा. ले. !!

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree