कांग्रेस, एमाले र माओवादी सबै अपराधीका पक्षमा
माओवादी सरकारमा छ । बौद्दिक प्रधानमन्त्रीलाई यतिखेर मौका छोप्नु परेको । किनभने उनको मत पार्टीमा कमजोर छ । भोली निर्वाचनका बेला आफ्ना पक्षका मन्छेलाई जिताउन हतियार देखाउनु पर्छ । त्यो काम असल, बुझक्कि, बौद्दिक, देश र समाजको चिन्ता गर्नेले गर्दैन । चोर, हत्यारा, बलात्कारी, ज्यानमाराले गर्छ । मुर्खले गर्छ । तिनलाई जेलमा राखेर के गर्ने ? क्रान्ति सक्किइहाल्यो । जनताका अगाडि गरेका बाचा पूरा भैहाले । अब के गर्ने ? त्यत्रा देश बनाउने नारा उरालेका छन् । तैपनि जनताले नटेरेपछि के गर्ने ? तिनलाई तर्साएर, कुटेर, पिटेर, रगत बगाएर, अपहरण गरेरैपनि फेरी चुनाव जित्नु छ । यसरि जित्न मारमुंग्री मच्चाउनुपर्छ । ज्यानमाराहरु चाहिन्छ त्यसो गर्न ।
फेरी पार्टीमा तिब्र बिबाद छ । प्रचण्ड पक्षधरलाई अलि अलि र बढि बिबाद भएका बैध्य पक्षलाई निर्वाचनमा बढि खुइल्याउनु छु । रड हान्नु छ टाउका टाउका ताकेर । पार्टीमा बैचारिक स्थिति खुइलिसकेपछि गुण्डा र ज्यानमाराको आड लिनुपर्छ । त्यसैले माओवादीले २ सय ९७ जना हत्यारा, लुटेरा र ज्यानमाराहरुको मुद्दा फिर्ता लियो । कांग्रेसलेपनि हिजो निर्वाचन कसरिनै जितेको हो र ? उहि गुण्डा, डाँका, चोर, ज्यानमारा त लगाउने गरेको हो । त्यसैले उसले पनि माओवादीसित मिलेर ११ जनाको फिर्ता लियो । एमाले त झन कांग्रेसलाई यसै उछिन्छ गुण्डागर्दीमा । त्यसैले उसले दोस्रो नम्बरको पार्टीलाई उछिन्यो चोर र बलात्कारी छुटाउन र १३ जनाको मुदा फिर्ता लियो।
कम्तिमापनि राजतन्त्र फाल्न ज्यान दिएको जनसेना लाई कांग्रेस सधैं फुटेका आँखाले हेर्छ । तर ज्यानमारा छुटाउन चाहिँ कस्तरि लपक्कै टाँस्सिएको माओवादीसित ? सर्बोच्च अदालतद्वारा ज्यानमारा भनिएका ढुंगेललाई कारवाही गर्नुपर्छ भनेर कुर्लन्छन् कांग्रेस र एमाले । तर दर्जनौं घटनाका अपराधीलाई सफाइ दिन कम्मर कम्मर कसे यीनै । थुइक्क कांग्रेसको जनवाद र लोकतन्त्र । थुक्क एमालेको सबैभन्दा लोकतन्त्रवादी गणतन्त्रवादी पार्टी भएको दाबी ।
शान्ति र संविधान भन्ने कांग्रेसको ठेक्का जस्तो छ । समाजवादमा पुग्ने कांग्रेसको लक्ष्य । तर ब्यवहारिक रुपमा ? लुट्ने । जसरि हुन्छ सरकारमा जाने । पद लिने । सुझबुझ तरिकाले हुन्न । जनताले के भनेर भोट हाल्ने ? ११ वर्ष सम्म लुटेर खाएको कांग्रेसलाई के भनेर भोट हाल्ने ? त्यसैले पाएसम्म अबपनि मत कब्जा गर्ने हो । लुटपाट मच्चाउने । पाएसम्म कब्जा गर्ने सत्ता । ठेक्का पट्टा धम्काएर हात पार्ने हो । छ्याकन, कमिशन कुम्ल्याउने हो । अलि निष्पक्ष, समाजका असल ब्यक्ति, थिति र नियमले चलाउन खोज्नेलाई ठिक पारेर समाजलाई आफ्नो जबर्जस्तिमा राख्नु पर्छ । त्यसको लागि तिनै लुटेरा र ज्यानमारा चाहिन्छ । आफ्नो मनपरीतन्त्रमा भाँचो हाल्ने, सत्य बोल्नेलाई अपहरण गर्नुपर्ने हुन्छ ।
एमालेकोपनि उहि हो । यीनले जनतालाई देखाएर, जनताको मन जितेर मत माग्ने आधार केहि छैन । देशको कलकारखाना, नदी नाला पानी र माटोसम्म बेचेर कमिशन खाएका छन् । कसरि के मुख देखाएर भोट माग्न जाने ? अनि एकले अर्कोलाई ठिक पार्न, खुइल्याउन, आतंक मच्चाउन चाहियो अपहरणकारी, लुटेरा र ज्यानमारा । त्यसैले त्यस्ता अपराधी छुटाउन, तिनलाई सफाइदिन ति एक मत भएका हुन् । आफ्ना मान्छे छुटाउन पाइने । डनहरुको प्यारो बन्न पाइने । अपराधी हाम्ने छुटाको हो र ? डाक्टर बाबुराम भट्टराईले छुटाको भनेर कांग्रेस, एमाले र मधेशी पार्टीले भन्न पाउने । माओवादी सरकारले अपराधी, ज्यानमारा र लुटेरालाई छुटाएको भनेर दोषजति माओवादीलाई लगाएर बदनाम गर्नपनि पाइने । यत्ति हेक्कापनि बिद्वान प्रधानमन्त्रीलाई नहुने ।
मुखले लोकतन्त्रमा कसैसित सम्झौता गर्दैन भनेर कांग्रेसले भनेपनि उसले चाहेको लुटतन्त्र हो । आतंक हो । जबर्जस्तिको राज्य हो । एमालेको पनि त्यहि हो । माओवादी झन बल्ल सरकारमा गएर रस चाखेको । बाबुराम डाक्टर सापका आफन्तले अब गाउँ गएर के भन्ने । पार्टीमा यसै त खुइलिएको हैसियत । अहिले झन पखालिएको छ । त्यसैले चाहिएको छ, त्यहि मारपिट, धाकधम्की र अपहरण । त्यहि भएर जनतालाई केहि दिन होइन अझ लुटको राज्य, आतंक मच्चाउन एकमत भएर अपराधीलाई सफाइ दिँदै पार्टीमा भित्र्याउँदै गरिरहेका हुन् ।
मधेशी पार्टीले त झन खोज्ने नै यस्तै हो । तिनलाई करेत, कोब्रा, धामिन, टाइगर, भालू अनेक नामका हत्यारा समूह चाहिन्छ । प्रजातान्त्रिक भनाउँदा दललेनै यस्तो प्रस्ताब राखेपछि झन खुदो भैहाल्यो । र त तिनले यहि मौका छोपेर कांग्रेस र एमालेका भन्दापनि बढि अपराधीको मुद्दा फिर्ता लिए । सरकारमा भएको बेला तिनलेपनि त माओवादीपछि ठूलो भाग लिनै पर्यो । अहिले पहाडेकै नेत्रित्वमा छुटाउ अपराधी । पछि पहाडेकै बिरुद्द ति अपराधीका हातमा बन्दुक राखिदिएर हत्या गर्न पठाउ, मधेस बाट खेद्न परिचालन गर । वाह कत्ति बुद्दिमान हाम्रा बुद्दिजिवी प्रधानमन्त्री !


अबा यसको एउटै उपाय छ, देश मा माराष्ट्रपति रामवरण यादव तथा सर्बोच्चा अदालत तथा सेनाहरु ले कुनै पानी अपराधिक गतिबिधि हुन नदीने तथा संपूर्ण क़ानूनी अधिकार यिनीहरु संग हुनुपर्ने हुनुपर्यो, माफ़ी गरेको संपूर्ण बक्तिलाई तुरुन्त कानून लगाउनु पर्छ
मन परो वा परेन:
6
0
[Reply]
सारै राम्रो बिश्लेस्न ददी सर
मन परो वा परेन:
4
0
[Reply]
बाबुराम नितेशकुमार नितेशकुमार भन्थे – तर के गर्नु लालु यादवको बाप पो भै निस्के / २००७ सालदेखिको “नियमको सासन” Rule of Law नेपालीको चाहना “बेक्ति र समुहको सासन” (Rule of Person ) मा सिमित भो /
मेरा ठुलाबा भन्नुहुन्छ – ल भन त हामी जस्तो साधाहरण मानिसको लागि अस्तिको पंचायत, हिजोको बहुदल, र आजको गणतन्त्रमा के फरक छ ? अस्ति मण्डले, दरबारिया र “माथि पहुच हुनेहरु, हिजो कांग्रेस र एमालेका र आजको माओबादी समेत कानुनभन्दा माथि छन् ? मैले जिन्दगिभर पंचायत सरापे तर आज ७५ वर्ष पुगेपछि लाग्छ तुलना गर्दा पंचायतमा कम अपराध हुन्थो / दस नग्रा खियायेमा मुखमा बुझो हाल्न सजिलो थियो / हिजो भूपिको पातालमा हल्येहल्ला को देश थियो आज डाकानैडाका, हत्यारानैहत्याराको देश भो / हल्लाले मनोरंजन हुन्थ्यो – हत्या र दकेयेतले पिडा दिन्छ / तिमीहरु त बिदेशमा खुट्टा उचालेका सुखी होलाऊ रे येहाका त मरी मरी बाच्नु परेको छ / येहा बाच्न त बाबु गिद्द, श्याल र ब्वासो हुनसक्नु पर्छ – के गर्नु आफु त भेडा बाख्रा परियो /
मन परो वा परेन:
7
0
[Reply]
Luna Reply:
March 8th, 2012 at 11:56 pm
मार्मिक कमेन्ट .
भ्रस्टचार गरेर
गुण्डागिरि गरेर
लुटेर
अपहरण गरेर
बलात्कार गरेर
मान्छे मारेर
घोर अपराध गरि
महाअपराधि हुदै ‘ डन ‘ बनेकाहरुलाई
माला लगाई पार्टी प्रवेश गराउदै
पार्टीको छातामुनि डाँका (डन) हरुलाई पालेर
तिनै डनहरुको दादागिरीमा आफ्नो राजनीति टिकाउने
यी पापी नेताहरु
र
यिनीहरुले हाँकेको मुलुक
हामी बिचरा जनता !
मन परो वा परेन:
5
0
[Reply]
Luna Reply:
March 8th, 2012 at 11:59 pm
मार्मिक कमेन्ट लेख्नु भो एकलब्य जी .
“नेता डन जनता बिचरा ”
————————–
भ्रस्टचार गरेर
गुण्डागिरि गरेर
लुटेर
अपहरण गरेर
बलात्कार गरेर
मान्छे मारेर
घोर अपराध गरि
महाअपराधि हुदै ‘ डन ‘ बनेकाहरुलाई
माला लगाई पार्टी प्रवेश गराउदै
पार्टीको छातामुनि डाँका (डन) हरुलाई पालेर
तिनै डनहरुको दादागिरीमा आफ्नो राजनीति टिकाउने
यी पापी नेताहरु
र
यिनीहरुले हाँकेको मुलुक
हामी बिचरा जनता !
मन परो वा परेन:
5
0
[Reply]
जतिसुकै आफुलाई विद्वान , अग्रगामी , क्रान्तिकारी र स्वच्छ भन्दै हिडेपनि आखिर अपराधीकै बलमा सत्तामा आएको हो र भोलि पनि अपराधीकै सहयोग चाहिन्छ भन्ने ठानेर भट्टराई ले आखिर सबै अपराधीहरुको मुद्दा फिर्ता लिएरै छाड्यो | मैले उहिले नै अपराधी , भ्रष्ट या तस्कर हरुको लाही यो सरकार रामराज्य हुनेछ भनेर | यहाँ हुन त कांग्रेस एमाले पनि दोषी त छदै छन् तर इतिहासमा कालो कर्तुत भनेर चिनिने यस्तो कुकर्म भट्टराई ले नेतृत्व गरेको माओबादीको सरकारको पालम भएको छ , त्यसकारण माओबादी यो काण्डको प्रमुख योजनाकार र दोषी हो |यो सरकारमा एमाले र कांग्रेसको सहभागिता छैन | मधेशी लाइ पनि आफ्ना स सशत्र आन्दोलनको नाम मा हत्या हिंसा मचाइरहेका अपराधी हरु छुटाउनु नै थियो | सेना समायोजन विशेस समितिको बैठक नै नबोलाई भट्टराई लाज पचाएर बसिरहेका थिए | अरु दलले विशेस समीत बैठक बस्न अनुरोध गरे पछी भट्टराईले आफुलाई पार्टी भित्रको दवाव रहेको हुनाले यी मुद्दा फिर्ता नलीए आफुले केहि गर्न नसक्ने भनि शान्ति प्रक्रिया अघि बढाउने शर्तको रुपमा मुद्दा फिर्ता लाइ अघि तेर्साए पछी एमाले र कांग्रेस बाध्य भएर यो सहमति गरेका हुन् | कांग्रेस एमालेका ११ र १३ भएपनि माओबादीले २९७ अपराधीलाई छाडेको छ | कानुन , ,मानव अधिकार र न्यायिक राज्यको सिद्दन्तलाई खिल्ली उडाउदै गरिएको यस्ती निर्णयको लागि माओबादी अझ विशेस गरि भट्टराईलाई नेपाली जनताले कहिले बिर्सने छैनन् |
मन परो वा परेन:
7
1
[Reply]
बाबुरामको नियत समग्रमा माओबादीको नियत अनि क्रमश सबै पाटीको नियत के हो प्रस्ट भयो यो मुद्धा फिर्ता बाट | गर्नु गर्यौ बाबुराम पी एम भएर | जनताको मतको सही उपयोग गर्यौ बधाई छ तिमी लाइ अब अरु के के गर्न बाकी छ ? त्यो पनि गरी हाल | यस्ता नेताहरुलाई थुक्न पनि घीन लाग्छ | हिजो युद्ध कालमा माओबादी बिरुद्ध बोल्ने हरुलाई अपराधी भनेर संहारको ठेक्का लिएका माओबादी हरु थुईक्क |
मन परो वा परेन:
7
0
[Reply]
के गर्नु त हौ मित्रहरु अब कसलाई भोट दिउ त?
मन परो वा परेन:
5
0
[Reply]
mawobadi ko gundagardi ko tulana congress UML ko gunada gardi sanga compare garnu bhaneko afno aang ko haati nadekhi arkako aang ko jumra khojnu jastai ho…haati ra jumra compare garnus lekhak ji
मन परो वा परेन:
3
0
[Reply]
बाबुराम बिहारको मुख्य मन्त्रि निखिल भन्दा राम्रो व्यक्ति हुन् सक्ने थियो/ निखिलले भारतको सबै भन्दा अराजक प्रदेशको रुप बदल्न सफल हुनु भयो/ तर बाबुरामले…; खै केहि भन्न सब्द नै पायन मैले त्/
निखिलले आतंककारी र अपराधीहरुलाई दवायर नया बिहार बनाए/ बाबुरामले आतंककारी र अपराधीलाई अंगालेर नेपाललाई पुरानो बिहार बनाय/
निखिलको बिहारमा धेरै जातिका भारतीयहरु बस्छन/ निखिलको भारत मधेसी भन्नेहरुको मूल स्थल पनि हो/ तर निखिलले बिहारलाई जाति जातिको अलग्ग बिहार बन्न दियानन/ बिहारमा बस्ने सबै जातिका भारतीयहरुलाई “हमारा बिहार” भन्न पर्ने कुरा मनाय/ तर हाम्रो बाबुरामले मदेसिया पहाडिया हिमालिया मात्र होईन यो जात त्यो जात को अलग्ग अलग्ग नेपाल हुने पर्ने भन्ने कुरालाई नै बढावा दिय/ पढाई लेखाईमा हिरो बाबुराम यसै कारण जिरो भय/
मन परो वा परेन:
8
0
[Reply]
Prakash Tiwari , NYC Reply:
March 9th, 2012 at 2:03 am
१००% ठिक कुरा हो / सस्तो लोकप्रियता र सत्ताको लागि गलत तत्वसंग साठगातको कारण यी नराम्ररी बिग्रे /
हैन बाबुराम नेपालमा लिन्दुप दोर्जेको भूमिकाको लागि बनाइएका “निमित्त नायक” मात्र हुन् कि क्या हो – भनि अस्ति एउटा साथी भन्थ्यो / मैले पहिला पहिला बाबुरामको तारिफ गर्नाले बाबुरामको आलोचना गर्ने मौका पाए कि प्याच भनि हाल्छ त्यो साथी /
मन परो वा परेन:
4
0
[Reply]