वर्षभरिको एकैचोटी धन्यावाद

nepalplus-logo.jpgमैले अनेक दुख पाउँदा पाउँदा यो ब्लग चलाएकोपनि एक वर्ष भएछ अस्ति २४ तारिख । त्यहि दिन लेखौंला भन्ने सोच्दा सोच्दै बिर्सेछु । यो वर्ष मेरालागि निराशाजनक भएनन ब्लगको लागि । गतसाल यो ब्लग शुरु गर्दा ममा धरमर थियो फेरि वेब लुटाहाका पञ्जामा परें भनें मेहनत खेर जाला कि भन्ने ! अनि चलाउन सकुँला र ? किताब लेखौंकि, यो ब्लगलाई दिने समयमा बरु अलि गम्भिर प्रक्रितिका लेख र समाचार राष्ट्रिय पत्रपत्रीकामा लेखौंकि, जिवजन्तुको अध्ययन गरौंकि, प्रक्रिति संबन्धि अध्ययनतिर मात्रै लागौंकि भन्ने दोघारका बिच शुरु गरेको थिएँ । लेख्दै गएँ । अहिले संझिँदा राम्रै गरेछु भन्ने लागेको छ।

यो एक वर्षमा मैले गरेको मेहनत अनुसार पाठकहरुले माया गरेझैं नै लाग्यो । एक वर्ष ब्लग चलाउँदा मलाई के लाग्यो भने नियमित तरिकाले गतिला सामाग्रि राख्ने हो भने ईन्टरनेट पढ्ने पाठक मनग्गे भैसकेछन । तर ईन्टरनेटका पाठकहरु अलि बढि हल्काफुल्का, अलि उत्तेजित खालका र अझ राजनिति धेरै भयो भनेर जति कराएपनि आखिर राजनितिक समाचारनै पढ्ने रहेछन । कतिपय अवस्थामा कस्तो पाएँ भने पाठकहरुले मेहनत गरेर तयार पारेको रिपोर्ट भन्दा हल्का फुल्का पाराले टाक्कटुक्क पारेकै रिपोर्ट बढि पढ्ने रहेछन ।

हुनत त्यो मेरो गलत सोचाई हुनसक्छ । किनभने म राजनितिमा चासो राख्ने मान्छे होइन लेखनको क्षेत्रमा । त्यो क्षेत्रमा मेरो ज्ञानपनि छैन । मैले आक्कल झुक्कल मज्जाले नाम खान पाउने बाहेक राजनितिक समाचार लेखिन रिपोर्टिङ गर्दापनि । जहाँ लेखें ति लोकप्रिय हुन्थे । आफुले नजानेकै विषयमा लेखेकालेपनि मैले लेखेका राजनितिक लेखमा बढि आलोचना भएका हुन कि ? फेरि सबैका हेर्ने, तौलिने, ग्रहण गर्ने आआफ्ना धारणा हुन्छन नै । एउटै समाचारलाई फरक फरक पाठकले फरक ढंगले लिएका छन । त्यसरि लेख्दा सायद म आफैंपनि कुनै कोणबाट प्रभावित पो भएँ कि ! त्यो सबै केलाउने, देखाउने, औंल्याउने काम तपाइहरुकै हो ।

मलाई खासगरि यो राजनितिक विषयमा लेख्नै मन छैन, थिएन । तर देशको समग्र थिती, ब्यवस्था, परिपाटी ठिक हुन राजनिति अनुकूल हुनुपर्छ । त्यहि भएरपनि हाम्रो देशको राजनितिक अवस्था ठिक नभइन्जेल त्यो विषयलाई बिर्सन भएन । यो कोणबाट सुझाव दिने साथीहरुपनि थिए । त्यो सुझाव ठिक लागेकैले मैले राजनितिलाई छोड्न सकिन ।  राजनितिक समाचारलाई निरन्तर गरौँ भन्ने लागेको छ ।

विषय धेरै छन । मैले बिगतमा देखे भोगेका, जाने बुझेका, उकालो ओरालो गर्दा समेटिएका विषय वस्तु । बिदेशमा नेपालीको बसोबास, सोचाई, तिनका पीडा, भोगाई । दुख कहिले सुख कहिले । केलाई दुख ठान्छन केलाई दुख देख्छन् । नेपालले के सिक्न सक्छ बिदेशबाट । नेपाल र नेपालीले सिक्न लायकका के के चिज छन । यि सबै उप्काउनु पर्ने हो तर सकेको छैन, भ्याएको छैन । भविष्यमा भ्याएसम्म ति विषयलाई समेट्नुपर्छ भन्ने लागेको छ । तपाई साथीहरुलेपनि सकेसम्म त्यस्ता विषय समेटर लेख, रचना, फोटो फिचर, अनुभव, सफलताका कथा लेखि पठाउनु भयो भने अनुग्रही बन्ने छु । अथवा मसित अग्रिम सल्लाह गरेरपनि लेख्न सक्नुहुन्छ ।

मैले जस्तो विषयमा जे लेखेपनि तपाइहरुका विचारलाई सधैं सम्मान गरेको छु भन्ने विश्वास लागेको छ । अश्लिल, अमर्यादित, बेकारका आरोप प्रत्यारोप, बेप्रसंगका प्रतिक्रिया बाहेकका धारणालाई मैले कहिल्यै तिरस्कार गरिन । गर्दिन पनि । त्यस्ता पाठक प्रतिक्रियालाई भने म नियन्त्रण गर्ने छु । भलै जे पायो त्यहि लेख्न नपाउँदा पाठक घटुन । मलाई पाठकको संख्या भन्दा स्तर प्रमुख हो भन्ने लाग्छ । फेरिपनि वास्तबिकता के हो भने आखिर मैले जे लेखेपनि तपाइहरुले हेरिरहनु भएको छ र न म लेखनको क्षेत्रमा अस्तित्वमा छु । यो ब्लग अस्तित्वमा छ । आखिर तपाईहरुनै नभए नेपालप्लस रहन्थ्यो र ? नेपालप्लसलाई एक वर्ष पुर्‍याउनु भएकोमा धन्यावाद । आगामी दिनकालागि सहयोगको अपेक्षा ।

  • Partima Poudel

    My very best wishes and congratulations!! and many thanks for your wonderful websites. I use your websites nearly everyday!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nepoleon Marahatta

    तपाईंले जे गर्नु भयो, एउटा वास्तविक मानबले गर्नै पर्ने काम नै गर्नु भएको छ । मेरो बिचारमा राजनीति गरेर नेपालको प्रधानमन्त्री बन्नु भन्दा, यसरी नै ब्लग चलाएर बिना कलँक,बिना बदनाम् देशको सेवा गर्नु नै राम्रो हो । तपाईंले जे गर्नु भएको छ, सार्है नै प्रशंशनिय काम गर्नु भएको छ । यसरी नै सधैं तपाईं अघि बढ्दै जानुस्, तपाईंलाई सहयोग गर्नेहरु लाखौं छन यहाँ । नेपाल प्लस को जय होस्, मेरो पनि यहि कामना छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nepoleon Marahatta

    नेपाल प्लस, नेपाललाई टुक्र्याउन खोज्नेहरुको बिरुद्द हो, भ्रस्ट नेताहरुले जती जती नेपाललाई टुक्र्याउछन् त्यती त्यती नेपाल प्लसले जोड्दै जाने छ । नेपाल + प्लस । अर्थात, नेपाललाई अझ जोड्ने, अझ ठुलो बनाउने, हुनसक्छ ति गुमेका भु भागहरु फिर्ता लिएर जोड्ने, हुनसक्छ चार जात छैत्तिस बर्णको साझा फूलबारी बनाउने, हुनसक्छ विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एक बनाउने । आखिर जे बनाए पनि, नेपाल प्लसले नेपाललाई एक ढिक्का बनाउनको लागि ठुलो भूमिका खेलेको छ । म यो ब्लग खोल्ने र नामांकरन् गर्नेलाई हृदयदेखी नै धन्यवाद दिन चाहन्छु, र फेरी प्रगतीको कामना पनि गर्दछु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara mgr

    ईशाइ गरी म पनि यो ब्लग लाई धन्यवाद र शुभकामना नदिरहन सक्दिन है, निरन्तर बग्दै जाउन नेपाल प्लस एक लहर भएर ……

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • CONGRATULATIONS ! many many many ………………………thanks for your wonderful & papular website.

    thanks & regards
    Madhav Pandey “Tiger”
    Bangalore I N D I A

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • cheli

    Congratulation !!!

    Wish you all the best .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • yuvraj rijal

    aalochanatmak comment nai sahi taa haami tapai ko saath chhou

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Netra P. Paudyal 'Krishna'

    नेपाल प्लस मैले िनयमित रुपमा पढछु। यस्का सामाग्रीहरु पनि ठिक र रुचिपुर्ण नै हुन्छन। अगाडि पनि प्रगती हुदै जाअोस भन्ने मेरो कामना छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rkrishna

    It’s very good site carry on मेरो शुभ-कामना छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anukul Prakash

    सर्वप्रथम ददी सर र नेपालप्लस लाई हार्दिक बधाई साथै यसैगरी प्रगतिको कामना गर्दछु ।

    सच्चै नेपाली युवाहरुलाई के भएको होला? देशको स्थिती यस्तो छ र हामी भने खाली हल्काफुल्का कुराहरुलाई मात्र महत्व दिन्छौ र यसैमा अल्झिरहन्छौ , म पनि यो ब्लग को नियमित पाठक नै हुँ र धेरै जसो साथीहरुको प्रतिक्रीया हेर्छु र पाउँछु कि ! साथीहरुलको गम्भिर भन्दा हल्का बिषयमा बढी प्रतिक्रीया भेटिन्छ ।
    देशको वास्तविक शक्ती भनेको नै युवा हुन् । युवाहरुले चाहेमा देश जस्तो सुकै जटिल परिस्थितिबाटपनि जोगीन,बच्न सक्छ । नेपाली युवाहरुको राजनीतिक बिषयप्रतिको वित्रीष्ना नै सबैभन्दा ठुलो समस्या हो । पढे लेखेका युवाहरुको यस छेत्रमा उच्च रुपमा उपस्थिति हुनु जरुरी छ । जसले सरकारलाई उचित कार्यकोलागी दबाव सदैव रहनेछ ।
    साथै अहिलेको समस्या समाधानको लागि पनि देशका युवाहरुनै एक हुनुपर्ने प्रस्ट देखिन्छ ।
    (प्रिथिवी नारायण शाह राजा हुँदा मात्र २० वर्षका थिए जसको सबल नेत्रीत्वले, सुद्रीढ सोचले र त्यो युवा जीवनको २५ साल लगाएर गरिएको विशाल कार्य(नेपाल एकिकरण)ले आज हामीले हामीलाई नेपाल र नेपाली भनेर विश्व्मा चिनाउने एउटा गौरवपूर्ण आयाम भनेको छ । तर दु:खको कुरा पौष २७ विना नै हामीले माघेसंक्र\न्ति मनायौँ , हुनत आज हामी जात्-जात , प्रदेश्-प्रदेश आदि-आदी वर्ग को छुट्टा छुट्टै राज्यको माग गरी देश्लाई टुक्र्याउने तयारीमा छौ !”"” रास्ट्रीय एकता दीवस “”"को महत्व नै के भयो र हैन? तैपनी एक्पटक् सोचौँ हामी देशका युवाहरु मिलेर कि देशलाई टुक्रायर छोटि राजा हुन चाहने नेताहरुको राष्ट्रघाती खेलले कतै वर्सौ देखिको हाम्रो स्वाभिमानी परिचय गुम्ने त हैन??????)
    ।।।।।।।।।।।। देश नतोदौँ देश जोदौँ ।।।।।।।।।।।।।।।
    “”"”"”"”"”"”"”"”"”देश नतोडौँ ,,,देश जोडौ “”"”"”"”"”"”"
    हिमाल ,पहाड ,तराइ ,मदेश का सम्पूर्ण युवाहरुलाई आग्रह ।
    अनुकुल प्रकाश
    चितवन ,नेपाल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ल बधाइ छ दाजु नेपालप्लसले एक वर्ष पुरा गरेकोमा । अझ विशेष बधाइ यो वर्ष तपाइको डोमेन चोरी हुनवाट जोगिएकोमा । यो राजनीतिक विषय भनेकै यस्तै रहेछ । लॆखेपनि सुख छैन नलेखेपछि सुख छैन । व्लगमा आउने हरेक पाठक आफ्नो सोच अनुसारको लेख खोज्ने कारण राजनीतिमा बढि आलोचना हुन्छ जस्तो लाग्छ मलाई । हरेक विषयमा हेर्ने दृष्टीकोण ब्यक्तिपिच्छे फरक हुन्छ नै । राजनीतिक दृष्टीकोणमा पनि यो लागु हुन्छ नै ।
    अन्य विषयमा जत्तिकै राजनीतिक विषयमा पनि तपाइका विचार चोटिला लाग्छन मलाई । त्यसैले त्यस क्षेत्रमा तपाईका हातहरु अगाडि बढिरहोस भन्ने शुभकामना ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • पत्रकारिता हाम्रो समाजको ऐना हो । समाजमा भएका या घटेका घटनाहरुलाई यथार्थरुपमा पर्दाफास गरी आमजानतालाई न्याय दिलाउने कार्य पत्रकारलेनै गर्दछन । त्यसैले पत्रकारिता समाजको दर्पन हो । देशको सुन्दर गहना हो । पत्रकारिता पेशामा आब्बद हुनु भनेको मानबिय धर्म मात्र होइन । एउटा चुनौतिपूर्ण कार्य पनि हो । यस्ता कठिन कार्यलाई लिएर अगाडि बढन सफल हुन भएकोमा नेपाल प्लसलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

    धन्यवाद,
    सर्बराज राइ धरान
    हाल लण्डन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • S.B. Chhantyal

    नमस्ते ददिजी, तपाईंको निजी कुरामा मैले पनि निजी असन्तुस्तीहरु ब्यक्त गरु कि कसो? तपाईंलाई फोटो पठाउने बाचा गरेको थिए तर पुराना अंक पढ्धैमा समय पुगेको छैन अनी तपाईंले क्याप्सन पनि लेख्न भने पछी त महाभारत नै हुने भयो। राजनीतिक बहस त हुनु नै पर्ने बिषय हो तर तपाईंले खाती राजाबादिलाई ठाउँ छैन भनिदिनु भन्दा माइ संसारको जस्तै प्रतिपक्ष भन्ने शिर्सक राखेर बहस गराउनु भयो भने पाठकहरुले नै ख्यार ख्यार पारीहाल्छन होला अनी सक्नुहुन्छ भने आदिबासी जनजातिको बारेमा पनि खोजी गरी लेख लेख्दा अझै राम्रो हुन्थ्यो कि? मैले तपाईंको पुराना, नयाँ ब्लग हेर्दै गर्दा भोगेको प्राबिधिक असन्तुस्ती (आर एस् एस् फीड, कमेन्ट, युनिकोड ) राखिएको फन्ट कलर लाई परिमार्जन गर्न मिल्ला कि? यि फन्ट बदो मुस्किल्ले मात्रै हेर्न सकिन्छ, फन्ट कलर रङिगिन भन्दा सादा बेश होला। धन्यवाद

    (एस बी जी, मैले भन्न खोजेको के भने सधैं राजतन्त्र चाहिन्छ भनेर मात्रै ओकालत गर्नेकालागि निषेध भनेको हुँ । तर्कयुक्त र बहसगर्न लायक पक्षहरुलाईपनि निषेध भनेको होन । सबैखाले उपयुक्त सामाग्रीकालागि स्थान सुरक्षित राखेको छु मैले नेपालप्लसमा । जनजातीका बारेमा खोजमूलक सामाग्रि राख्न पाए जाती हो । तर मसित त्यो सबै गर्न पुग्ने समय नै भएन । मैले लेख्नु पर्ने र लेख्न सक्ने, चाख र चासो भएको प्रक्रिति, जिवजन्तु र वातावरणका बारेमै लेख्न भ्याएको छैन । त्यसैले नयाँ विषयतिर त झन सकिएला जस्तो छैन अहिलेका लागि । तपाईले क्याप्सननै दिनु भएन भने त फोटोके हो, कहाँ खिचिएको हो र त्यो फोटोको प्रसंगबारे कसरि जानकारी हुने ? बरु जस्तो जानिन्छ त्यस्तै लेखेर पठाउनुभयो भने भाषा मिलाउन समस्या परे मिलाउन सकिन्छ । सबै जिज्ञासा र सुझवकालागि धन्याबाद-ददि) ।)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • BIDHYA SAPKOTA,Kathmandu, Nepal

    Congratulation Bro,
    Your site is really wonderful to enjoy with difference information & literatures. Now a day, it became my regular routine to go into this site and learn. Other great point you give a platform / opportunity for new person who are interested in literatures like me. Every person should any good work for people & country by own capable. Your work is really great & imitate step.
    Thanks & wish you all the best, will be more popular.
    -Bidhya

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bhagirathi Joshi

    Dadi jee,
    I am a regular visitor of this site & find it very knowledgeable.I do appreciate your effort that you have been doing for the betterment of the site. The news, Literary creations and other articles are really very nice. You are doing a great job. Thanx for such a nice work and congratulations on completing one year !!!!!!!!!!!!!!!!!!!!!!!!

    Bhagirathi Joshi

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Devdas pata magar.

    वास्तवमा, इमान्दारपूर्वक भन्नुपर्दा ईन्टरनेट दुनियाँमा म नयाँ पाठक हुं । अनि तपाईंको blog त झनै आज मात्रै थाहा पाएको हुं । तर ब्लग अति राम्रो लाग्यो ।प्रयास प्रशंसानीय छ ।यसलाई निरन्तरता दिनु होला ।
    र, तपाईंको सफलताका लागि कामना गर्दछु ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree