यत्रा राजदूत भेला भएर के गर्न खोजेका नेपालमा ?

फेरि के हुन लाग्यो नेपालमा ? तराईमा तमलोपाले आन्दोलन शुरु गरेको छ । अरु तराईका दलपनि सरकारसँग खोंचे थापेका छन सरकारमै बसेर । सरकार र नेपाली कांग्रेसबिच दूरी बढेको बढ्यै छ । कतै संबिधाननै बेलामा नबन्ने हो कि भन्ने शंका धेरैलाई लागेको छ । खास सेना समायोजन र अहिले नेपाली सेनाले रिक्त पदमा भर्ती गर्न लागेका भनिएका सेनाको पदपूर्तीको कारणले नेपाली सेना र रक्षा मन्त्रालयबिच दूरी बढेको छ । यस्तो बेला अहिले काठमाडौंमा बिदेशी कूटनितिज्ञहरुले निकै दौडधुप गरेका छन । काठमाडौंबाट भरखरै एक जना साथीले पठाउनु भएको खबर अनुसार अहिले केहिबेर अघि फ्रान्स, बेलायत, रसिया, र जापानी राजदूत संयुक्तरुपमा बेलायती राजदूतको निवासमा भेला भएका छन । यिनले फेरि कुनै रडाको मच्चाउने त होइनन ?

ति सँगै अनमिनका नेपाल प्रमुख ईयान मार्टीनपनि छन । त्यसले गर्दा  सेना र रक्षा मन्त्रालयबिचको बिबाद बारे हो कि भन्ने अड्कल काट्न सकिन्छ । तर त्यहि त के भन्न सकियो र ? किनभने मार्टीनले जनसेना र नेपाली सेना दुबैले कुनैपनि कारण देखाएर सैन्य भर्ती गर्नु शान्ति वार्ता बिरुद्द हो भनिसकेका छन ।

 रक्षा मन्त्री रामबहादुर थापा “बादल”ले  सैनिक आचारसंहिता नाघेर रक्षा मन्त्रालयको स्विक्रितिबिना बिदेशी कूटनितिज्ञलाई गोप्य रुपमा सैनिक अधिकारीले भेट्ने गरेको आरोप लगाएका थिए केहि दिन अघि । उनले बिदेशी कूटनितिज्ञलेपनि नेपाली सेना र रक्षा मन्त्रालयबिच चलखेल गरेको बताएका थिए । यिनै बिभिन्न विषयमा साझा छलफल गर्नकालागि ति भेला भएका हुन सक्छन । भेला पक्कैपनि कुनै गम्भिर विषयमा  हुन लागेको हो । नत्र शक्तिशाली देशका यति धेरै राजदूत एकै ठाउँमा हत्त पत्त भेला हुने गर्दैनन । गुपचुप रुपमा भेला भएकालेपनि आशंका थपेको हो ।

उता पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती गिरिजा प्रसाद कोइरालासँगपनि आजै चिनियाँ राजदूतले भेटेका छन । उनीहरुका बिचमा कुन विषयमा के छलफल भयो भन्नेपनि थाह छैन । हुन त नेपालको संबिधान बनाउन, सेना समायोजन र कुनै सकारात्मक विषयमा साझा सहमती बनाउन ति भेला भएकापनि हुन सक्छन । तर बिदेशीका पछि लाग्ने नेता र नेपालको राजनितिमा सिधै हात हालेर भाँड्नतिरै लाग्ने बिदेशीको सधैंको ब्यवहारले गर्दा ति एक ठाउँमा चिया खानै भेला भएपनि हाम्रो देशको वातावरण झन बिगार्ने हुन कि भनेर डरै लाग्ने ।

  • Anukul Prakash

    सर्वप्रथम ददी सर र नेपालप्लस लाई हार्दिक बधाई साथै यसैगरी प्रगतिको कामना गर्दछु ।

    सच्चै नेपाली युवाहरुलाई के भएको होला? देशको स्थिती यस्तो छ र हामी भने खाली हल्काफुल्का कुराहरुलाई मात्र महत्व दिन्छौ र यसैमा अल्झिरहन्छौ , म पनि यो ब्लग को नियमित पाठक नै हुँ र धेरै जसो साथीहरुको प्रतिक्रीया हेर्छु र पाउँछु कि ! साथीहरुलको गम्भिर भन्दा हल्का बिषयमा बढी प्रतिक्रीया भेटिन्छ ।
    देशको वास्तविक शक्ती भनेको नै युवा हुन् । युवाहरुले चाहेमा देश जस्तो सुकै जटिल परिस्थितिबाटपनि जोगीन,बच्न सक्छ । नेपाली युवाहरुको राजनीतिक बिषयप्रतिको वित्रीष्ना नै सबैभन्दा ठुलो समस्या हो । पढे लेखेका युवाहरुको यस छेत्रमा उच्च रुपमा उपस्थिति हुनु जरुरी छ । जसले सरकारलाई उचित कार्यकोलागी दबाव सदैव रहनेछ ।
    साथै अहिलेको समस्या समाधानको लागि पनि देशका युवाहरुनै एक हुनुपर्ने प्रस्ट देखिन्छ ।
    (प्रिथिवी नारायण शाह राजा हुँदा मात्र २० वर्षका थिए जसको सबल नेत्रीत्वले, सुद्रीढ सोचले र त्यो युवा जीवनको २५ साल लगाएर गरिएको विशाल कार्य(नेपाल एकिकरण)ले आज हामीले हामीलाई नेपाल र नेपाली भनेर विश्व्मा चिनाउने एउटा गौरवपूर्ण आयाम भनेको छ । तर दु:खको कुरा पौष २७ विना नै हामीले माघेसंक्र\न्ति मनायौँ , हुनत आज हामी जात्-जात , प्रदेश्-प्रदेश आदि-आदी वर्ग को छुट्टा छुट्टै राज्यको माग गरी देश्लाई टुक्र्याउने तयारीमा छौ !”"” रास्ट्रीय एकता दीवस “”"को महत्व नै के भयो र हैन? तैपनी एक्पटक् सोचौँ हामी देशका युवाहरु मिलेर कि देशलाई टुक्रायर छोटि राजा हुन चाहने नेताहरुको राष्ट्रघाती खेलले कतै वर्सौ देखिको हाम्रो स्वाभिमानी परिचय गुम्ने त हैन??????)

    “”"”"”"”"”"”"”"”"”देश नतोडौँ ,,,देश जोडौ “”"”"”"”"”"”"
    हिमाल ,पहाड ,तराइ ,मदेश का सम्पूर्ण युवाहरुलाई आग्रह ।
    अनुकुल प्रकाश
    चितवन ,नेपाल

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • देवान एम बिक्रम

    वास्तवमा गिरिजाको सामान्ती व्यवाहार् र विदेसीको सामु जस्तो सुकै सम्धी सम्झौता गर्न चाकारीवाद आदिले गर्दा नेपालमा विदेसिको चल खेल हुनु सम्भविक नै हो । नयाँ नेपालको सरकारले क्रमभँगत यस्ता कुरामा पनि जारी राख्न आट गर्नु पर्छ । सरकारी निर्णय जुनसुकै अहोदामा रहेको कर्मचारीले पालना गर्दैन भने त्यस्तालाई हदै सम्मको कार्वाही गर्न पछी हट्न हुँदैन । नत्र भने जसको हातमा लाठी उसैको भैंसी भन्ने मान्यताले ठाउँ लिदै अराजकता बन्दै जान्छ र गृह युद्धको चपेटामा जाकिन्छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree