पोखरामा विश्व शान्ति केन्द्र बनाउन कस्सिए हिराचन
जापानीसित काम गर्ने हिराचन । टाठा बाठा त हुने नै भए । मनकारीपनि । आफू जन्मे हुर्केको माटोप्रति जिम्मेवारी बोधपनि । एन आर एन मार्फत चिनिएका उनी अहिले अनेक अनेक सामाजिक सेवाका काम लिएर नेपालका गाउँ गाउँ दौडिरहेका छन् । कहिले बाख्रापालन त कहिले पुस्तकालय । कहिले भत्किएको स्कूल पूनर्निर्माण । एन आर एनका प्रमुख संरक्षक देवमान हिराचन अहिले विश्व शान्ति केन्द्र बनाउन कस्सिएका छन् । उनको योजना र प्रयासले साकाररुप पाउने भएको छ ।
अहिले मान्छेलाई धेरै भौतिक सुविधा छ । तर यो भौतिक सुविधाभित्र अशान्ति ज्यादा छ । त्यसैले मान्छे शान्ति चाहन्छ । विश्वका धेरै मान्छे शान्ति चाहिरहेका छन् । त्यसैले कास्कीको हेम्जास्थित पेमा छाल शाक्य मोनास्टिक केन्द्रलाई विश्व शान्तिको केन्द्र बनाउने भनेर देवमान हिराचन कस्सिए । पोखरा यसैपनि हिमालको काखमा रहेको सुन्दर र शान्त शहर । यस्तो ठाउँमा शान्तिको श्वास फेर्न झनै आनन्द आउँछ ।
विश्वका धेरै मानिसहरु यसमा खर्च गर्न तयार पनि भैसकेका छन् । हिराचन र उनका सहयोगीले वृहत योजना तयार पारेका छन् । छिट्टै नै त्यो योजनाले सफलता पाउने हिराचनले सुनाए । पेमा छाल शाक्य मोनास्टिक केन्द्रमा निर्मित नयाँ गुम्बाको फागुन २५ गते ठूलै समारोह गरेर ४१ औं शाक्य ट्रिजिन रिन्पोछेले औपचारिक रुपमा उद्घाटनपनि गरे । उद्घाटनका क्रममा बिध्यार्थीहरुपनि थिए । तिनले आफ्नो बिध्यालयका निम्ति प्रार्थना गरे ।
पेमा छाल शाक्य मोनास्टिक इन्टिच्युट पहिले काठमाडौंमा थियो । सन् २००२ पछि कास्कीको हेम्जामा सारे । हिराचनकै अगुवाईमा हेम्जामा त्यो संस्था स्थापना भयो । कतिपयलाई लाग्न सक्छ, गुम्बा बनायो । पूजापाठ गर्यो । धर्मकालागि काम गर्यो । के फाइदा भयो त ? तर यो गुम्बा त्यस्तो होइन । यो संस्थाकै सहयोगमा अहिले विद्यालय तथा उच्च माध्यमिक तहमा हिमाली भेगका गरिब तथा विपन्न परिवारका ९० बालबालिका र बिध्यार्थी आवासीय रुपमा अध्ययन गर्छन् । राष्ट्रिय र अन्तराष्ट्रिय तहबाट सहयोग संकलन गरी संस्था तथा विद्यालय संचालन हुँदै आएको छ ।
करिब ३० रोपनी जग्गामा हालसम्म करिब आठ करोडको रुपैयाँ खर्चेर संरचना तयार छ । गुम्बा, माध्यमिक तह र उच्च मावि तहको विद्यालय भवन, पर्याप्त पार्किङ स्थल दान र सहयोगकै भरमा निर्माण गरिएको हो । यसमा मनकारी हिराचनको अक्किल, चलाखि र सेवाको भावनालेपनि काम गरेको छ । किनभने केहि वर्ष अघि जापानको कोबे शहरमा ठूलो भूकम्प गएको थियो । उनका साथी, चिनजान र जापानी मित्रले आफन्त गुमाए । हिराचनले साथीहरुको दुखलाई बाँड्ने कोसिस गरे । ति रुँदा उनलेपनि मन थाम्न सकेनन् । म्रितहरुको आत्म शान्तिका लागि के गर्न सकिएला आफ्नो तर्फबाट ? हिराचनले नेपालबाट बौद्द धर्म गुरु लगेर पूजापाठ गराए । उनको त्यो कामको जापानीहरुले सराहना गरे । क्रितज्ञ बनेका जापानीले नेपालमा कुनै स्कूल खोल्ने चाहना देखाए । जापानीहरुको त्यहि चाहना अनुसार काठमाडौंमा स्कूल खोलियो । तर अब त्यसलाई किन सानो तहमा राख्ने ? त्यसलाई फैलाउन, अझ ब्रिहद रुपमा चलाउन हेम्जा सारिएको हो ।





हीराचन जस्ता मान्छेको खाचो छ नेपालमा तर यहा त प्रचण्ड नामको देश लुटाहाको हाली मुहाली छ जो आफ्नो कुपुत्र प्रकाश लाइ अगि सारेर देश लुट्दै छ सगरमाथा भ्रमणको नाममा | हैन के के बहाना जानेको अनि त्यो बाबुराम नामको नकचरो प्रचण्ड जे जे भन्छ तेही गर्दै जाने | यो बाबुराम लाइ गलहत्याएर प्रधानमन्त्री पद बाट नहटाए यसले देश लाइ कगाल बनाउने भो | उता मदेशबादी नामका लुटेरा हरुको चाला उस्तै चाडै सोच्ने होकी ? नत्र देश लाइ डुबाउने भए यी जंगली लुटेरा हरुले | एक पटक हीराचन अनि उनको सफलताको सुभकामना अनि प्रचण्ड कुपुत्र प्रकाश सगरमाथा बाट फर्कन नपाओस उतै उसको उ होस् | किनेकी यस्ता डाकाहरु जिउनु भन्दा उ हुनु नै नेपाल र नेपाली को लागि राम्रो की कसो ?
मन परो वा परेन:
8
0
[Reply]
हिराचनलाई एक पटक भेट्ने मेरोपनि मन् छ । अनि उहाँको कुरा सुन्ने। पहिलेपनि ददीजीले हिराचनको कुन्नि के मोति जस्तो कुरो भन्ने पढ्दा नै मलाई यो मान्छेको नीति मन् परेको हो । अहिले बाक्रापलन् र स्कूल बनाउने काम देखेर साँच्चै असल भन्ने लाग्यो । यस्तो मान्छे राजनितिमा आएपो ईमानको राजनिति हुन्छ । चोरहरु को पेशा हुन दिएपछि राजनितिलाई कहाँ देश उँभो लाग्छ ?
मन परो वा परेन:
2
0
[Reply]
एस्तो मान्छे संसार लाई चाहिएको छ, मत एती भन्छु उहाको मनकामना पुरा होस् अनि बुद्ध भगवान ले सदैब साथ दिउन, उँम बुध्धाय नम:
मन परो वा परेन:
2
0
[Reply]
Non residnet nepal ko jib lamichhane wife russian dev man hirachan wife japanese ram Thapa wife germany surya subedi wife british dil b.gurung wife germany bhaban bhatta wife japanese bhayer nrn safalta ko lagii dherai dherai sahayog gareko cha.
मन परो वा परेन:
5
0
[Reply]