सगरमाथाको टुप्पोबाट संविधान आउने भए किन गर्यौ दशक लामो जनयुद्द ?
म राजा अरु प्रजा । म उँचो अरु निच । म ठूलो अरु साना । म बुझक्कि अरु गोबर गणेश । यो देश मेरो बाउको बिर्ता हो । सरकार मेरो खेलको गोटी हो । देश हाम्रो मनपरीमा, हाम्रो सनकमा चल्नुपर्छ । जनयुद्दमा बगेको रगत हाम्रो मस्तिका लागि हो । जनता खान नपाएर मरुन् हामीले सौखिन काम गर्नै पर्छ । हाम्रो मोज र जनताको सास्ति एकै हैन । देशको सम्पत्ती आखिर अघिकालेपनि लूटेका थिए भने हामीले किन छोड्ने ? दिमाखमा यत्ति भएपछि मान्छेलाइ लाज लाग्दैन । जिम्मेवारीबोध हुन्न । उसले लुट्न सम्म लुट्छ । ठ्ग्न सम्म ठग्छ । देशको नाममा ठग्छ । जनताको नाममा लुट्छ । कार्यकर्ताको नाममा लुट्छ । संगठनको नाममा सोहोर्छ । खोला, नदी, पहाड, पर्वत, खोल्सा खोल्सी, डाँडा पाखा, झारपात र बुट्यान जे जे को नाममा सक्छ लुट्छ, मोज गर्छ । कहिले शान्तिको नाममा लुट्छ त कहिले बलिदानका नाममा कुम्ल्याउँछ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र अहिले त्यहि गरिरहेका छन् । शान्ति र संविधानको नितान्त झुठो नारामा देशको दुई करोड सम्पत्ती लुटेर सगरमाथा जाँदै छन् । शान्ति र संविधानको लागि भन्दै दलबल सहित सगरमाथा आरोहण गर्न लागे माओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाल । उनको टोलीलाई २ करोड दिन सरकारलाई बाध्य पारे ‘महान नेता’ प्रचण्डले ।
तर दश वर्षभन्दा लामो जनयुद्द गरेका कामरेडलाई थाह हुनु पर्ने हो, शान्ति र संविधान सगरमाथाको चुचुरोमा छैन । किनभने शान्ति र माओवादीले चाहेको जस्तो संविधान सगरमाथाको चुचुरोमा छैन । शान्तिको कामना न त गौतम बुद्दको मूर्तीमा निधार ठोकेर हुन्छ । न त सगरमाथाको टुप्पोमा खादा फहरएर आउँछ । माओवादी देशको प्रमुख पार्टी हो । उसको सुझबुझ, उसको राजनितिक पहल कदमी, प्रतिपक्षी पार्टेहरुसितको बहस र छलफल । जनताका वास्तबिक समस्या कसरि हल गर्ने भन्ने कसरत बाट आउने हो संविधान । त्यसले मात्रै हुन सक्छ शान्तिको पहल ।
संविधान देशका राजनितिक पार्टी, यो देशका आम जनता, बुद्दिजिवी वर्ग र राजनितिक पहल कदमीले मात्रै लेखिन्छ । संविधान लेखिने कुरो हो शान्तिको कामना गर्दै सगरमाथाको चुचुरोमा पुगेर लेखिन्न । गुम्बा चहारेर संभव छैन । त्यसकालागि जनताका घर दैला चहार्नुपर्छ । दुखि जनताका मन र मस्तिस्कलाइ बुझेर तिनका वास्तबिक कथाहरु संविधानमा उतारिनुपर्छ । पूजा पाठ, कोटीहोम, हिमाल आरोहणले शान्ति र संविधान आउने भए दश वर्षे जनयुद्द किन गर्नु पर्थ्यो ? किन दशौं हजारको ज्यान ढुकुर जसरि सोत्तर पार्नुपर्थ्यो ? किन रगतका खोला बगाउनुपर्थ्यो ? आफूले चाहे जस्तो संविधान सगरमाथाको चुचुरो पुग्दैमा आउने भए जनयुद्द नगरि २०५२ सालमै किन सगरमाथाको आरोहणमा नगएको ? आफूले खोजे जस्तो शान्ति र संविधान हिमाल आरोहणबाट प्राप्त हुने भए त यो देशले दश हजार भन्दा बढिको रगत बग्न दिनु भन्दा बरु सयौं टोलीलाई सगरमाथाको आरोहण गराउने बिकल्प दिंदो हो ।
कामरेडको मस्तिस्कमा मोतिबिन्दू भएर बिबेक जति सबै ढाकिएको हो भने हेक्का रहोस्, दश वर्षे जनयुद्दका बेला शान्तिको कामना गर्दै दर्जनौं टोली सगरमाथाको शिखर पुगे । आमाडब्लम, नुप्से, लोत्से र धौलागिरिसम्म छिचोले । नेपालका कुनै गुम्बा बांकि रहेछन् शान्तिको पाठ जपेर । तर अहं आएन त शान्ति । बनेन त संविधान । आखिर प्रमुख दलहरुबिच राजनितिक सहमति नबनेसम्म जनयुद्दले बिश्राम लिएन त । यो वास्तबिकता भोग्दा भोग्दै शान्ति र संविधानकालागि भनेर सरकारका मन्त्रीहरुलाई धम्काउँदै गरिब जनताको दुई करोड सत्यानास पार्नु के ज्ञानेन्द्र पथ होइन कामरेड ?
हिमाल आरोहण र शान्तिको कामना गरेरै शान्ति र संविधान आउँथ्यो भने कामरेडहरुको माओवाद किन चाहियो ? मार्क्स्वादका ठेली किन घोट्न पर्यो ? परिवर्तनका लागि किन संघर्ष गर्नु पर्यो ? किन गर्नुपर्यो बलिदान ? किन बन्नुपर्यो सहिद ? कामरेडहरुको लावालस्करले हिमाल चढेर टुप्पाबाट खोजेको जस्तो संविधान मागे भैहाल्थ्यो ? परिवर्तनका लागि किन हुँदा हुन् विश्वमा ठूला ठूला क्रान्ति ? देश र जनतालाई ठग्नु, जनताका आँखामा छारो हाल्नु र लुट्नुकोपनि त हद हुन्छनी कामरेड !
हिमाल आरोहण आफैंमा नराम्रो होइन । यो आफैंमा शारिरिक स्वच्छताकालागि राम्रो खेल पनि हो । साहसिक काम हो । देशले आर्थिक रुपमा गति लिएको भए, जनताका न्युनतम समस्या हल भएको भए जनतालाई साहसिक काममा प्ररित गर्न यसलाई सकारात्मक रुपले लिन सकिँदो हो । सौखिन खेलका रुपमा मानिने यो आरोहणका लागि के राज्यकोषको लुटतन्त्र मच्चाउन पाइन्छ ? देश राजनितिक रुपमा यस्तो संकटपूर्ण अवस्थामा हुँदा अहिले के सौखिन खेलकालागि दलबल लिएर हिँड्ने बेला हो ? जनता एक पाकेट पखाला रोक्ने धुलो नपाएर, एक गोली सिटामोल नपाएर थलिएका बेला सौखिन खेलकालागि देशको दुई करोड झ्वाम पार्नु कुन नैतिकताले दिन्छ ? आफु संगैका राजनितिक कार्यकर्ताले भाडा तिर्न, साग र चामल किन्न नसकेर छट्पटाइरहेका बेला पार्टी अध्यक्ष भएर ति कार्यकर्ताको सुख दुख हेर्ने कि आफ्नो छोराको लागि मन्त्री परिषदमा धम्कि दिँदै करोडौं लुट मच्चाउने ? हिजो ज्ञानेन्द्रले शान्ति, देश, जनता, विकास अनेक अनेक नाममा यसै गरि लुट्थे देशको सम्पत्ती । आज प्रचण्ड देखा परेका छन् । रकम, लुटको परिभाषा फरक फरक होला । तर नियत एकै छ ।
(फोटो जन्मदेव जैसीको फेसबुकबाट)


purano samantabad ko antya sangai naba samantabadko janma bhaeko euta ramro example ho yo.Huna ta maobadiko nara nai chha ” PURANO DHWANGSHA NAYA NIRMAN” sayad tyasaile hola purano samantabadko dhwangsa garera naya samantabad ko nirman gareko.Aba hamile bujhnu parchha prachanda bhupati( king) bhae chhan bhane chhora uhi PARAS jastai ta hola ni
मन परो वा परेन:
3
1
[Reply]
यो नयाँ सामन्तको पनि उठिबास हुन्छ एकदिन । किनभने यसैको मूल नेत्रित्वमा त्यत्रा मान्छेले ज्यान दिए । तिनको रगत बेककरमा गयो । अहिले उ आफैं सामान्तवादको बिउ रोपि हिँडेको छ । यसले उक्साएर ज्यान दिएका, युद्द लदेकाको हरिबिजोक छ । अनि यो सामन्तिलाइ बाँकि राख्छन् ? यसको छातीमा एक दिन् बन्दुक तिनै पूर्व जनसेनाले रोप्छन् । अरु कसैले केहि गर्नै पर्दैन । साह्रै राम्रोसित निडरताका साथ् लेख्नु भयो ददीजीले । एकदम सत्य कुरा ।
मन परो वा परेन:
12
2
[Reply]
सन्तानको लालसा पुरा गर्न आमा बेच्ने नेताहरु मुर्दावाद् … दुई करोड फिर्ता गर ।
मन परो वा परेन:
19
1
[Reply]
माधव नेपाल र तिन्का मन्त्रिहरु प्लेन चढेर सगरमाथामा गएर राखेको मन्त्रिपरिषदको मीटिङ गर्न कति करोड रुपिया लुटेर देखाएको बाटो पनि कामरेडले छोड्छर?
मन परो वा परेन:
8
7
[Reply]
यो बिषयमा सम्पूर्ण देशवासी गम्भीर बन्नैपर्छ र यति मीठो भाषा शैलीमा लेख लेख्ने ददी सापकोटालाई अन्तस्करणबाटै हार्दिक धन्यवाद दिनैपर्छ।
मन परो वा परेन:
10
2
[Reply]
यो नेता होइन रहेछ भनेर स्पष्ट भयो | देश लुट्न क्रान्ति र युद्द को खेल खेलेर , नेताको खोल ओडेर आएको एउटा भोको ब्वाँसो रहेछ स्पष्ट भयो | यो होलि खेल्दै छ पहिला रगत मा खेल्यो अब नगद मा खेल्दै छ | तर यसको पापको घडा छिटो समयमा नै छताछुल्ल भएर पोखिएको छ| यसले यो रंजाई धेरै दिन चाही गर्न पाउदैन | यो जनताको हात बाट गोलि खाएर मर्छ जस्तो मलाइ लाग्छ |
मन परो वा परेन:
14
4
[Reply]
malai pani man paren. Yo rokinu parchha.
मन परो वा परेन:
4
2
[Reply]
नेपालमा किन ध्रितरास्तको मात्र जन्म हुन्छ ह ? एउटा ध्रितरास्त गिरिजा त मरे फेरी अर्को धिर्तरास्त प्रचण्ड जन्मिय /
मन परो वा परेन:
9
2
[Reply]
yo pachande bhaneko naya gyanendre ho deshka lagi hami nepalika lagi ye maobadi sena ke heri baseko toka goli sale lai ki ajhai prchand path bhandai hinchau ?
मन परो वा परेन:
4
3
[Reply]
bastam ma prachanda ta das ka lagi ghado nai bhayo sathi ho . aba asko bikalpa khoj na par6a .
मन परो वा परेन:
4
2
[Reply]
प्रचंद्र, बाबुराम र बैद्यको पार्टी के मावोबादी पार्टी त् हो?
चीनमा सांस्कृतिक क्रान्ति गरेर चीनलाई बिस्वमा एउटा बिकसित र शक्तिशाली मुलुकको रुपमा चिनाउन सफल हुनु भयको माउत्सेतुंग पनि के प्रचंद्र, बाबुराम र बैद्य जस्तै नै थिय?
अस्ति हुँदै गरेको प्रधान मन्त्रीको चुनाव ताका भारतको प्रधान मन्त्रीको बिशेस दुत बनेर नेपाल आएको शरणले नेपालको सरकार र संबिधान बन्न टिक्न भारतको अनेकौ शर्तहरु तेर्सायर गयो/
त्यो कुराको बिरोध कांग्रेस एमालेले मात्रै होईन मधेशबादि नेता उमेश यादवले समेत गरेको थियो/सो बिरोध गरेको कारण उमेश यादवको पद गयो र पार्टी समेत टुट्यो तर उमेशले नेपालको राजनीतिमा भारतले हस्त्छ्याप गरेको बिरोध गर्दै आयकै छ/
आफ्नो छिमेकी मुलुकहरुको आन्तरिक राजनीतिमा यस्तै हुकुम आदेश सुनाउने गरेको कारणले नै भारत भित्रको मावोबादिले समेत भारतलाई “बिस्तारबादी” मान्छन/तर नेपालको “माउ-बादि” बिस्तारबादी भारतको हुकुम मानेरै प्रधान मन्त्रि बन्छ/ त् हामीले नेपालको मावोबादी दललाई “मावोमावोको सिद्धान्त मान्ने दल” कसरि मान्ने?
मन परो वा परेन:
7
3
[Reply]
ati bhayo mausam bigriera prakash thaharai hos
मन परो वा परेन:
5
2
[Reply]
ठीकै लेख्नु भयछ , माओवादीको १० बर्सिय जनयुद्ध नभएर धन युद्ध भाको पुस्टि भो होइन र ?
मन परो वा परेन:
3
1
[Reply]
2 karod bhaneko hami nepaliharuko lagi thulo rakam ho–yasle lagbhag 20 gabishalai barshik bajet pugchha–yatika rakam kharcha garera kina himal chadna paryo tinlai–tehi pani hami garib janataharule tireko kar bata–deshko samasya jiukatiu chhan yinlai kina himal chadna paryo–yasko hami sabai nepaliharubata ajai birodh garna parchha–
मन परो वा परेन:
2
1
[Reply]
yak dam shahi kura lekhanu bhayo.Ho ta ni tesko bau ko sagarmatha chader desha ma shanti huncha bhane kin garyo desha ma 10 barsa ko janyuda,kina garyo 10 hajar nepali ko hatya prchanda timro pati le.desha ko gariba janta le tire ko kar prachada ra babu ram ko birta nai samjeki k ho?Prachanda timi le aphno chora lai ta samjauna sakenau janta lai ta kurai chadau aba timi haru ko sabai kama dekhi sakyo hami janta le.Desha lutna lai po rahecha .Baburam timi bata derai asha gareko thiyo timi pani padai ma matra fast political ma ta pass pani vayanu.baburam babu rajinam deu! desha lutan paidaina!! gariba janta lai marna paidina!!!
मन परो वा परेन:
2
1
[Reply]
सगरमाथा चढ्नु भन्दा महत्वोपूर्ण कुरा जनताको मन्मा चढ्न सक्नु पर्छ यतिबेला जो कोहिले ! मान्छेले अरुको गल्ती बाट सिक्नु पर्छ, पारसेले ज्ञानेलाई डुबायो-त्यस्ताइ प्रकाश ले प्रचण्डेलाई ! जनताले तिरेको कर जो कोहिले रुख, पहाड हिमाल चढ्न लाई होइन , सक्छौ भने खानी खोतल – रेल लीग बनाउ न! राज्यको कोश आँखा लाग्ने ठाउमा खर्च गर्नु पर्छ । नत्र नगरकोट त हैन कास्कीकोट लगार्छन जनताले प्रकाशेका बाउछोरालाई !
मन परो वा परेन:
4
1
[Reply]