भट्टराई सरकारको ‘मिसन पूरा’ : अब बैद्द पक्षको पालो

शिवराज पन्त

शान्ति र संविधान भट्टराइको लक्ष्य थियो भने उनि बहुमतीय प्रणालीबाट प्रधान मन्त्रि नै बन्ने थिएनन । पार्टीको लागि धन सोहोर्ने र पार्टी प्रति आस्था राख्ने शर्तमा अपराधीहरुलाई उन्मुक्ति दिने उनको लक्ष्य पुरा भएको छ । अब राष्ट्रिय सहमतिको सरकारको नाममा उनि राजिनामा दिने तयारी गर्दै छन् । बाबुराम भट्टराईलाइ मान्नै पर्छ । एकपटक त झन्डै आम नेपाली जनतालाइ साँच्चै देश र जनताको हितको लागि प्रधानमन्त्रि भएर आएझैं भ्रम छर्न सफल भए । बल्ल आज आएर उनको लक्ष्य के रहेछ स्पष्ट भयो । प्रधानमन्त्रिबाट राजिनामा दिने यो बेलासम्म आइपुग्दा जनताको नजरमा उनि अहिले सम्मकै अकर्मण्य र भ्रष्टहरुको प्रधानमन्त्री भनेर चिनीए ।

तरपनि उनले पार्टीको लागि भने थुप्रै धन सोहोर्ने र अन्तमा करिब ३०० आफ्ना अपराधीहरुलाई भविष्यमा आफ्नो पार्टी प्रति बफादारिता देखाउने काम गरे । परिआए फेरी यस्तै अपराध र बाहुबलको प्रयोग पार्टीको लागि गर्न नहिच्किचाउने शर्तमा मुद्दा फिर्ता लिएर तिनलाई चोख्याउने काम उनीबाट पुरा भएको छ । उनी शान्ति, संबिधान र सहमतिको लागि केहि गर्न सक्ने अवस्थामा नरहेको त पुष्टि नै भयो । अब रजिनामा दिन आफु तयार रहेको भन्दै हिंडेका छन् ।

उता बैद्दले भट्टराईले राजिनामा नदिए सडक र संसद दुवै अवरुद्द गर्ने चेतावनी दिएको छ । क्या नाटक ! अझैपनि शान्ति प्रक्रियाको मुख्य काम सेना समायोजन बिगतमा भएको ७ बुंदे सहमति जसमा प्रचण्डको हस्ताक्षर रहेको छ अनुसार गर्न अघि बढ्ने हो भने कांग्रेस एमाले भट्टराई सरकार स्वीकार्न तयार छन् । तर बैद्द र प्रचण्डनै भट्टराइको राजिनामाको पक्षमा छन्  किन ? कारण स्पष्ट छ, त्यत्रा सभासद र कार्यकर्ता छन् पार्टीमा । सबैलाई मौका नदिए अब पार्टीका काला कर्तुतहरुका पोल आफ्नै कार्यकर्ता हरुले खोल्न थालिसके । त्यसैले ३ महिना नै समय बाँकि भएपनि अरु रुष्ट कार्यकर्ताहरुको पालो पुर्याउन यो सब खेल माओबादीबाट योजना बद्ध तरिकाले भैरहेको छ । तर अबपनि माओबादीले शान्ति प्रक्रिया पुरा गर्दैनन् मैले भन्न खोजेको होइन । अब गर्छन गर्नैपर्छ । सर्वोच्चको फैसलालेपनि माओबादीलाई बाध्य पारेको छ । अब जंगल फर्कन रोलेक्स घडी लाएर पजेरो चढेर जान पनि भएन । फेरी काठमाडौँ मै अब माओबादीका त्यत्रा त्यत्रा महलहरु बनिसके । त्यसको हेरविचार कसले गर्ने ? त्यसकारण शान्ति प्रक्रिया चाहिँ पुरा हुन्छ ।

२ बर्षमा बन्ने संबिधानलाइ ५ बर्षको समय लिएर माओबादीले राज्यको ढुकुटी लुटेर पार्टी र कार्यकर्ताको भुँडी भर्न सफल भयो । मुद्दा फिर्ताको कुरा माओबादीले गरिरहँदा सामान्य जनतालाई लागेको थियो, युद्द कालका राजनीतिक मुद्दाहरुको खारेजीको कुरा माओबादीले उठाएको होला । तर जब उज्जन कुमारका हत्यारा बालकृष्ण ढुंगेल जस्तो अपराधीलाई छुटाउन भट्टराईले सरकार र सदन अनि आफ्नै पदको सम्म भरपुर प्रयास गरे पछी जनता झसंग भएका थिए । सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको व्यक्तिलाई उन्मुक्ति दिन बाबुराम एकलव्य दृष्टिले लागि परे ।

विरेन्द्र साह, रामहरी श्रेष्ठ, प्रचण्ड थैव आदिका हत्याराहरु त राजनीति र युद्दकालको बहाना र आवरणमा माओबादीका केन्द्रीय स्तरका नेताहरुकै हैसियतमा अझ पनि छँदैछन् । यहाँसम्म कि अहिले त डाका मुद्दा, चोरी, बलात्कार जस्ता अपराधीसम्म उम्कने गरि एकमुष्ट यो मुद्दा फिर्ता लिने निर्णय भट्टराई सरकारले गर्यो । यो निर्णय यति हतार र गोप्य तरिकाले गर्यो कि प्रतिपक्षले कुनै सुइँको नै पाएनन् । न जनतामा यसको प्रचार नै भयो । आज आएर यो सहमतिको आधारमा भएको थियो भनीए पनि त्यो गलत हो । कांग्रेस र एमालेका नेताहरुले भट्टराइसंग यसको जवाफ मागिरहेका छन् । यस्ता प्रश्नको जवाफ दिनुपर्छ भनेर भट्टराई आजकाल विशेष समितिको बैठक सम्म नबोलाई प्रतिपक्षीहरुको सामु पर्नबाट भागिरहेका छन् । तर जनतालाई यसको जवाफ नदीइ त भट्टराईले सुख पाउने छैनन् । आज नभए भोलि जनतालाई जवाफ दिनु पर्छ र जवाफ नदिए जनताले आफ्नो तरिकाले भट्टराई वा माओबादीलाई दण्ड दिनेछन ।

अब फेरी आम निर्वाचन धेरै टाढा छैन । आजकल जनतासंग प्रधानमन्त्री कार्यक्रमपनि बन्द भयो कि क्या हो ? जवाफ भए जनताका अगाडी पर्ने न हो । ‘एकलव्य दृष्टि’ ले आफ्नो लक्ष्य पुरा गर्छु भनेर निस्किएका भट्टराईले एकलौटी निर्णय गरेर जनतामा थोपर्ने धेरै प्रयास गर्यो । केहि समय अघि मात्र भट्टराईले अति नै गोप्य रुपमा जनसत्ताले गरेका घरजग्गा सम्बन्धि निर्णयहरुलाइ मान्यता दिने निर्णय मन्त्रिपरिषदबाट पास गराए । यसलाई लिएर कांग्रेस र एमालेले संसदनै अवरुद्द गर्नु र्ने अवस्था आएको थियो । सरकारमै रहेको मधेशी मोर्चाले समेत यो निर्णय बिना छलफल एकलौटी रुपमा र आफुलाई थाहै नदिई गरेको भनेपछी त ठुलै हंगामा भो । अन्तमा सर्वोच्चले त्यहाँ पनि गएर स्टे अर्डर गर्नु पर्यो | ३०० कर्मचारीको सरुवा गर्यो त्यहाँ अनियमितता र भ्रष्टाचार भएको खुल्न आयो । कर्मचारी आन्दोलित भए । फेरी सर्वोच्चले निर्णय तत्काल लागु नगर्न आदेश जारि गर्नुपर्यो ।

हुन त प्रचण्ड प्रधानमन्त्री हुँदा पनि यस्ता थुप्रै प्रयासहरु भए । उनले सेनापतिलाइ नै बर्खास्त गरि आफ्नो पक्षकोलाइ राख्ने प्रयास गरे । काम भन्दा गफ धेरै हान्ने र आफुले के बोलें आफैलाई थाहा नहुने चरित्र का कारण प्रचण्डलाई महसुस भयो, यस्ता काम उनीबाट सम्भव छैन । त्यसपछि उनले मुस्मुंद्रे स्वभावका भट्टराईले यस्ता पार्टी र कार्यकर्ता पोस्ने काम गर्न सक्ने देखेर बैद्दलाइ चिढाउँदै भएपनि भट्टराईसंग साँठगांठ गरि प्रम बनाए । त्यतिबेला भट्टराईलाई सम्पूर्ण जनता र प्रतिपक्षीको समेत सद्भाव थियो । यो सरकार यति प्रतिगामी देखियो कि यसले जनताको सुचनाको हकलाई समेत कुण्ठित पार्ने प्रयास गर्यो । सूचनालाई बर्गिकरण गरि करिब २४० प्रकारका सूचना गोप्य राख्ने निर्णय समेत भट्टराई सरकारकै पालामा भयो । भारतीय लगानी को सुरक्षाको लागि बिपा सम्झौता गर्ने भट्टराईले सुर्य गार्मेन्ट बन्द हुँदा मुख खोलेनन् । सुर्य गार्मेन्टमा आश्रित मजदुरहरुका छोराछोरी आजकाल भोकभोकै बिध्यालय जानु परेको खबर नागरिक न्युजमा पढ्नु परेको थियो ।

नेपालमा त्यति धेरै क्यासिनो आज अलपत्र अवस्थामा छन् । ति संचालन गर्न के गर्नु पर्छ भट्टराईलाई त्यो चासो छैन । जलविद्युत योजनाहरुलाई राष्ट्रिय गौरवको योजनामा पार्ने भन्ने भट्टराई आफ्ना कार्यकर्ताले दैलेखमा रहेको जलविद्युत योजना कार्यालयमा आगो लगाउँदा चुँक्क बोलेनन् । पश्चिम सेती जलबिद्दुत योजनापनि अपारदर्शी ढंगले चिनको थ्री गर्जेज संग सम्झौता गरिएको हुनाले त्यो पनि बिबादित भयो । सम्झौता कार्यन्वयन नगर्न सर्वोच्च अदालतले निर्देशन दियो ।

जनतालाई लागेको थियो, विद्वान भट्टराईले पार्टी र कार्यकर्ताको घेराभन्दा माथि उठेर देश र जनतालाई यो संक्रमणकालबाट मुक्ति दिलाउने पो हुन् कि ! जनतामा ठुलै आशा र विस्वासको लहर फैलियो । तर जम्बो मन्त्रीमंडल । सयौंका संख्यामा सल्लाहकार । भ्रष्ट र अपराधीहरुलाई मन्त्रीपद । लडाकुको नाममा १.५ अरबको भ्रष्टाचार । एकलौटी पार्टी र कार्यकर्ता पोस्ने निर्णय । अपराधीहरुको मुद्दा खारेजी जस्ता तिता जनविरोधी कामहरुको एकपछि अर्को गर्दै साक्षी बन्नु परेपछी जनता यति धेरै वाक्क भए कि आजसम्म कुनै अरु सरकारलाई जनताले यति घृणा गरेका थिएनन । सायद अब त जनता वाक्क भएको कुरा उनलाई पनि स्वीकार्नै पर्ने भो होला । सल्लाहकारहरुले खबर पुर्‍याएहोलान् । कालो झण्डाको बारबार दर्शन गरिरहन पर्दा मथिंगलमा केहि कुरा त छिर्यो होला । त्यसैले अब उनि राजिनामा दिन तयार छन् । तयार नभएपनि बैद्द र प्रचण्डले बाध्य पार्छन । किनभने प्रचण्डको योजना अनुसार अब सरकारमा गइ राज्य कोषमा होलि खेल्ने पालो बैद्द समर्थक कार्यकर्ताहरुको हो ।

प्रचण्डको महल ठडीयो । बाबुरामका कार्यकर्ताको पनि भरण पोषण भइनै हाल्यो । अब बैद्द र उनका समर्थक हरुको चित्त बुझाउन सकियो भने १० बर्षे जनयुद्द (वास्तबमा धनयुद्द) सफल भएको मान्न सकिने माओबादीको बुझाइ छ । एशियाकै धनि पार्टी बनेर माओबादीले यति हतार हतार किन पैसा जम्मा गरेको होला भन्ने कसैलाई शंका छ भने कारण हो ; बोक्रे आस्वाशन र डर धम्किको अस्त्र त संबिधान सभा चुनावमा प्रयोग गरेर सिद्दियो । अब एउटा अस्त्र भनेको आर्थिक लोभ हो । आगामी चुनावमा पैसाले नै भोट किन्ने योजनामा माओबादी रहेको हुनुपर्छ ।


  • माओबादीका हनुमान हरुलाई त यो बीस्लेसन मन नपर्ला तर बाबुरामको काम गराई र यो लेखाइ मिल्दो जुल्दो छ | त रोए जस्तो गर म कुटे जस्तो गरुला भनेझै माओबादी सड्यन्त्र कारी हरुको नाटक हो यो बैद्यको बिरोध | प्रचण्ड कुपुत्र प्रकाश ले पैशा नलीने घोसना गर्यो हामी बाबु छोराको नाम बदनाम गरे अरु पाटीहरुले भन्दै | तर जनता अनि मिडीयाको दबाबको डरले उ बाध्य भएको हो | बाबुराम बाबुराम भनी नथाक्ने हामी नेपाली लाइ बाबुरामको कोशेली यस्तै मिल्यो अब कसको पालो हो अनि कैले सम्म ????????????????? | जनताको मुक्त्तीको लागि यती बीघ्न जनताको रगतको होली खेलेर शक्त्तीमा आएका माओबादी हरुले आम जनतालाई दिएको सुख बाफरे बाफ | कैले सम्म भोग्नु पर्ने आम नेपालीले माओबादीको यो सासन ???????????? |

    मन परो वा परेन: Thumb up 15 Thumb down 6

    [Reply]

    diwakar karki Reply:

    चन्द्र जी
    माओबादी लाई १० बर्ष देश जिम्मा देउ (न कांग्रेस न एमाले न अन्य कुनै दल हरु को दखल या चलखेल ) र हेर नेपाल आज को नेपाल भन्दा १० गुना उन्नति हरेक क्षेत्र मा भएन भने म प्रबासी नेपाली लग्जम्बर्ग को नागरिक दिवाकर कार्की यो ब्लग अन्तर्गत घोषणा गर्दछु यहाँ को नागरिक को हैसियत त्यागेर सधै को लागि नेपाल फर्किने छु |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 13 Thumb down 18

    [Reply]

    Shyam Reply:

    हा हा हा दिवाकर जी नहासाउनुस न हो,
    १० वर्ष होइन अब २ बर्ष मात्र माओबादीले सत्ता पायो भने देश ध्वस्त हुन्छ | दण्ड हिनता को मतियार बनेको र मानव अधिकार उल्लङ्घन गरि निर्दोष जनता माथि दमन र हत्या गरेको बिरोध मा विस्वका शभ्य मुलुकले नेपाल संग नाता तोड्ने छन् अनि हुन्छ गद्दाफी वा आस्साद ( सिरिया) को जस्तै माओबादी शाशन | भ्रष्टाचार अपराध बाहेक कुन कुन गतिलो कम माओबादी बाट भयो र कहानेर एमाले कांग्रेस ले चलखेल गरे त्यो भंदिनुस न त| आज एकपछि अर्को भ्रष्टाचार र राष्ट्रघाती काम गर्नाले हरेक निर्णय सर्वोच्चले स्टे अर्डर गर्नु परेको छ|

    मन परो वा परेन: Thumb up 12 Thumb down 8

    [Reply]

    chandra Reply:

    दीवाकर जी तपाइँ नेपाली नै हैन रहेछ अनि तपाइँ संग के कुरो गराई भो र | होस् ल तपाइँ जस्तो समयको पावन्दी अनुसार चल्ने अनि पढी लेखी उपल्लो स्तरमा पुगेका मान्छे संग टक्कर गर्ने मेरो हैसीयत छैन | मैले तपाइँ संग माफी मागे अनि तपाइले जित्नु भयो मैले हारे | तपाइकै भासामा भन्नु पर्दा लालसलाम | अनि मेरो कारण लग्जम्बर्ग जस्तो देशको नागरीकको हैसीयत नत्याग्नु होला | तपाइँ उतै सेटल हुनु राम्रो | मलाइ त पहिलो पटक थाहा हुदैछ लग्जम्बर्ग नामको पनि देश रैछ के गर्ने आफु त ……….. परियो | फेरी पनि माफी माग्छु म तपाइँ संग अनि तपाइको लग्जम्बर्ग बसाइ सुखद रहोस मेरो तर्फ बाट शुभकामना |

    मन परो वा परेन: Thumb up 11 Thumb down 4

    [Reply]

    gamvir thapa Reply:

    दिवाकर जी १० वर्ष माओबादी लाई सत्ता दिनिहो भने देश को विकास कस्तो हुन्छ भने सबै माओबादी नेताको प्रचण्डको लाजिम्पाटको जस्ता बंगला हुन्छ मुक्ति टावोर बाबुराम टावोर अन्नंता टावोर गजुरेल टावोर टावोर नै टावोर हुन्छ काठमाडौँ जनताको सम्पति लुट्न बिरोधि लाई मार्न धकैत गर्न छुट हुन्छ जनता गरिब र सर्बहारा भुमि हिन हुन्छन माओबादी पुँजीपत हुन्छन अनि माओ बादी का हनुमान ले सोचे जस्तो विकास हुन्छ अनि माओ बादीका कारेकर्ता हुनेखाने र गरिखाने बीच लडाई हुन्छ र सिद्दिंच लंचेना ता देखा पर्न थालेई सक्यो जस्तो लडाकु काण्ड ycl काण्ड आब माओ बादी को विकास होइन बिनास हुन्छ आफु आफु लडेर कि कसो ?

    मन परो वा परेन: Thumb up 10 Thumb down 5

    [Reply]

    diwakar karki Reply:

    हो म हु माओबादी को हनुमान र मलाई गर्ब छ हनुमान बन्न पाउदा| चन्द्र जी हनुमान भनेको को हो थाहा छ? हनुमानले के को पक्ष्य लिएका थिए ? किन हनुमान ले बन मा झुप्रो बनाएर बस्ने राम लाई समर्थन गरेका थिए ? किन त्यति सक्तिशाली रावण सित जुध्न पुगे ? हनुमान लाई यति अपबाख्या नगर्नुस | अर्ध सिक्षित हुनु भन्दा असिक्षित हुनु नै जति | अधकल्चो भात ले पेट दुखाऊछ| तपाई लाई माओबादी को बारे मा कस्तो खाले जिज्ञासा छ ल मलाई सोध्नुस म तपाई लाई दिन्छु माओबादी सम्बन्धि तपाई का हरेक प्रश्न का उत्तर तर तर्क सहित का प्रश्न हुनु पर्छ नत्र तपाई का पाग्दुरे प्रश्न का उत्तर दिन म मेरो समय बर्बाद गर्दिन |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 12 Thumb down 17

    [Reply]

    bipul Reply:

    हुन त आफुलाई हनुमान नै हुँ भने पछी स्वच्छ र सही तर्क को आशा त गर्न भएन, तर तपाइलाई मेरा माओबादी सम्बन्धि केहि जिज्ञासा हरु :
    १. १९५० लगायत अरु थुप्रै सीमा र बाँध सम्बन्धि सम्झौता राष्ट्रघाती हुन भनेर कांग्रेस र एमालेलाई सरापिरहने माओबादी ले यी सन्धि सम्झौता हरु खारेज गर्न वा पुनरावलोकन गर्न किन एक शब्द बोलेको छैन ?
    २. यस्तो व्यापक भ्रष्टाचार ( प्रिपेड घुसको थालनी , लडाकु को नाम मा भएको १.५ अरबको भ्रष्टाचार आदि ) किन भट्टर्राई को संरक्षण मा भै रहेका छन् |
    ३. प्रचण्डको दवाव मा बाबुरामको सिफारिस मा राज्यको ढुकुटी बाट २ करोड प्रचण्ड पुत्रले माग गर्नु पारस साह भन्दा के फरक छन् त प्रकाश?
    ४. माओबादीको भावी उद्देश्य के हो ? जनविद्रोह कि शान्ति र संबिधान ?
    ५. शान्ति प्रक्रिया पुरा किन भएन ? कसले कहानेर भाँजो हाल्यो? सार्वजनिक रुपमा यसको जवाफ किन दिदैनन भट्टराई ?
    ६. ७ बुंदे सहमति मा हस्ताक्षर गरेर आज त्यो सहमति बाट पछी हटेर किन नया नया बखेडा झिक्दै छन् प्रचण्ड ?
    ७. किन मुद्दा फिर्ता गरियो २९७ अपराधी हरुको ?
    ८. सुचनाको हक मा तालाबन्दी बन्दि किन ? कुन प्रजातान्त्रिक सरकारले जनताको सुसुचित हुन पाउने अधिकार हनन गर्छ ?
    ९. बिपाको बिरोध गर्दिन म , तर किन बन्द भयो सुर्य गार्मेन्ट ?
    १०. ४५ दिन भित्र शान्ति प्रक्रिया पुरा गर्न नसके रजिनाम दिने गफ हान्ने भट्टराइको नैतिकता त्यहि नेर समाप्त भएन र ?

    मन परो वा परेन: Thumb up 10 Thumb down 5

    [Reply]

    chandra Reply:

    बीपुल जी अनि श्याम जी दुवै लाइ मेरो तर्फ बाट धन्यबाद हाम्रा कार्की कमरेडको प्रश्नको उत्तर दिनु भएकोमा | ल है कार्की कमरेड समय छ भने उत्तर दिनु होला यी माथीका प्रश्नको | बीपुल अनि श्याम जी का कमेन्ट हेर्नुस न हामी आम नेपाली हौ हामी लाइ अनावस्यक तात्न आउदैन सील्बर ताते जस्तो | नरीसाउनुस है कमरेड ठण्डा दिमागले उत्तर दीनुस है त |

    मन परो वा परेन: Thumb up 6 Thumb down 3

    nutan shrestha Reply:

    खसिको टाउको झुन्द्याई कुकुरको मासु राखी बेचिराखेको ठाउँमा जोसुकैले पनि आखिर कुकुर बाहेक खसिको मासु पाइदैन क्यारे। हाम्रो रण्डि कोठिमा आयपछि तँ चोखो छ भन्न पाइन्छ र? तँ पनि त रण्दि नै हो नि। प्रतिबाद कसरि गर्ने? धरातलिय यथार्थमा आधारित हेरिएपो यथार्थ बुझिन्छनि।

    मन परो वा परेन: Thumb up 2 Thumb down 1

    [Reply]

  • diwakar karki

    पन्त जी तपाइको लामो लेख को निचोड यस प्रकार छ
    “प्रधान मन्त्रि भट्टराई ले अर्थ,सत्ता शक्ति ,प्रसासन जे को दुरुपयोग गरे पनि देश भित्र नै गरे नेपाली बीच मा नै गरे यानी कि “घ्यु कहाँ पोखियो दाल मा” तर अरु पार्टी हरु जस्तो देश को एक आना एक धुर जमिन, या खोला नाला या अन्य राष्ट्र सम्पति अरु पार्टीहरु ले जस्तो बन्धक त राखेनन् नि बिदेशी हरु सित| थाकेर आएको छु तपाई को लेख को पुरा पाठ हेर्न सकिन आगाडी को २ हरफ नै काफी भयो मलाई यो प्रतिक्रिया गर्न भोलि सबै पढ्ने छु त्यस पछि तपाइको लेख जस्तै लामो तर्क सहित को प्रतिक्रिया गर्ने छु| शुभ रात्री |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 12 Thumb down 17

    [Reply]

    bipul Reply:

    होइन कसको धुर , जग्गा खोलानाला कसले कहाँ बन्दक राख्यो भन्न खोज्नु भाको हो ? मेरो अनुमान मा तपैले बाँध र सीमां सम्बन्धि असमान सम्धी हरुको कुरा गर्न खोज्नु भएको होला | त्यसताका सन्धि हरु असमान भएका थिए भन्ने सबैले मानेकै हुन् | कंग्रेस एमाले हरुबाट कम्जोरी वा भनौं राष्ट्रघात नै भएछ रे | अनि अब अहिले त माओबादी सत्ता मा छ , के गर्दै छ त माओबादी यी सन्धि सम्झौता हरु खारेज गर्न ? प्रचण्ड र बाबुराम थुप्रै पटक भारत गैसके किन चुक्क नबोलेका त ? कि भित्र भित्रै भारत संग सुरुंग युद्द गर्ने योजना बनिरहेको छ ? हामी गैर मोबदिलाई थाहा भएन तपाईलाई था छ भने भनिदिनुस हामीलाई पनि | नभुल्नुस ‘ग्रेटर नेपाल ‘ सम्बन्धि विडियो हरु भारतको दवाव मा प्रदर्शन गर्न रोक लगाउने प्रचण्ड नै हुन् |

    मन परो वा परेन: Thumb up 12 Thumb down 5

    [Reply]

  • shital

    पन्त जी , कम्युनिष्ट हरुले राम्रो लुगा लगाउन नहुने , घडी लगाउन नहुने , अलि कति राम्रो घर मा बस्नै नहुने , उनीहरुले सधै मजदुरी गर्नु पर्ने प्रतिक्रियाबादी हरुले चाहेको यही नै हो , होइन र ? अनि प्रतिक्रियाबादी हरुले देशमा भ्रस्टाचार गरेर करोडौ सम्पति ब्यतिगत खाता मा जम्मा गर्ने अधिकार पाएका छन् कि कसो हो ? होइन भने चिरन्जिबी वाग्ले , खुम बहादुर खडका जस्ता हरुले गरेका बिषय हरु किन बाहिर आउदैनन ,,तपाइँ जस्तो ले उनीहरुले प्रतिनिधित्व गरिरहनु भएको छ .

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 11 Thumb down 14

    [Reply]

    bipul Reply:

    लाउन त पाइन्छ तर आफ्नो कमाईले लाउन पाउँछ , लुटेर र कब्जा गरेर होइन | प्रचण्डको बाउको कति सम्पत्ति थियो र आज प्रचण्डको तेत्रो महल ठडियो ? आफ्नो छोरालाई २ करोड दिलाएर सगरमाथा चढ्न पठाउने सर्वहारा का नेता प्रचण्डले पहिला देशको सबै भागमा सिटामोल पुग्यो कि पुगेंन बिचार गर्नु पर्छ | होइन भने आफुलाई क्रान्तिकारी सर्वहारा बर्गको नेता होइन सामन्त र पुन्जिपतिको कान्छो भाइ नै हुँ भन्न सक्नु पर्यो नि |

    मन परो वा परेन: Thumb up 10 Thumb down 3

    [Reply]

  • सहदेव

    यो देशमा भ्रस्टाचार, बेथिति, अराजकता, चोरी, डकैति, लूट, प्रशासनलाई राजनितिकरण, स्वदेशि उद्दोगधन्दाको धराशायी सबै काम गर्ने पहिलो पार्टी नेपाली कांग्रेस। दोस्रोमा एमाले । शिवजीको आँखामा जालोले ढाकेको होला त्यो देख्नुहुन्न । पूर्व माओवादी उहाँ के पाउनुभएन माओवादीबाट र बिच्किनु भएको रहेछ । कांग्रेसले त जे गरेपनि फूलमाला लगाइहाल्छ । त्यसैले स्वार्थ जोडिएर कांग्रेस हुनुभो र कांग्रेसको खुब चाकरी बजाउँदैहुनुहुन्छ । कांग्रेसको सरकार आएमा के के पाउने दाउ होला ।

    मन परो वा परेन: Thumb up 9 Thumb down 9

    [Reply]

  • bibek dahal

    Maobadika hanumaanharule bujhnuparne kura ke ho bhane Maobadile lutekai ho hijo direct luteko thiyo aaja indirectly luteko chha luteko kuralai pani ta swikarna saknu paryo ni kamredharu yasko indication ke hunchha bhane maobadi ra hijo ko congress ra uml ma kehi difference chhaina bhane deshlai 50 yrs back hune gari kina janayudda chalaiyo ra kina mare 15000 manchheharu ke Prachanda ko chhoralai sagarmathako tuuppa ma puryauna 2 crore dina ho ta yasko hisab kitab pani samayale chupchap garnechha kamredharu

    मन परो वा परेन: Thumb up 6 Thumb down 4

    [Reply]

  • Prakash Tiwari (Ekalavya)

    एदी कांग्रेस नै भए पनि शिवजीको आस्था राखनु अधिकार हो / बेक्ती नराम्रा भए पनि कांग्रेसको सिदान्त विश्वको अन्य राजनीतिसंग समानता राख्छ / माओबादीको त सिदान्त, तेस्को प्राप्त गर्ने हत्या-हिंसा र आतंककारी साधन र तेसका पाखण्डी नेताहरुको चरित्रमा नै खोट छ / माओबादीको भ्रस्ताचारको र पाखण्डको पोल खोल्दा कंग्रेस्सी tag दिनु भनको पंचायतकालमा एसको बिरोध गर्ने सब “मुट्ठी भर अरास्तीय प्रतिगामी तत्व” भन्नु जस्तो हो / grading गर्दा म कांग्रेस “C ” ,एमाले C minus , र माओबादी मुस्किलले D minus सम्म पुगेको पार्टी हो / चार वर्ष अगी बम र बन्दुक धम्किले पहिलो पार्टी भएको धाक चै नलाए हुन्छ / बितेका ४/५ वर्षमा Seine र बागमतीमा थुप्रा पनि बगिसके / सुन र गिन्निको , गु र गोबरको नेपालीले राम्रो पहिचान गरिसके /

    मन परो वा परेन: Thumb up 7 Thumb down 4

    [Reply]

  • Bipul

    अचम्म छ यति निर्लज्ज र नाङ्गो रुपमा देश मा लुट मचाई रहदा पनि अझै कोहि कोहि कमरेड हरु ( हनुमानहरु) माओबादीको बिरुद्द मा सुन्न चाहादैनन ! के होला यसको अर्थ ? कतै देश लुटेको , जनताको पसिनाको कमाइ बाट भ्रष्टाचार गरेको भाग पाएर त होइन ? कि उतिबेला कब्जा गरेको घर जग्गामा बस्न पाएर हो ? नत्र अझै प्रचण्ड र भट्टराई जस्ता जनमारा राष्ट्रघाती हरुको भजन गाउनु त पक्कै सामान्य जनता होइन| कांग्रेस र एमाले ले उतिबेला गरेका थिए भनेर आज
    माओबादीले गरेको कुकर्म सही छ भनेर तर्क एउटा मुर्खले मात्र गर्न सक्छ | जनताले मोअबादिलाई किन जंगल बाट ल्याएर सिंह दर्बार छिराको ?काँग्रेस र एमाले भन्दा १० गुना बढी भ्रष्टाचार र राष्ट्रघाती काम गर्न?

    मन परो वा परेन: Thumb up 8 Thumb down 5

    [Reply]

  • Shyam

    लेखनाथ न्यौपाने जस्ता असल कार्यकर्ता हरु माओवादी देखि विरक्तिएको , बैद्द पक्षीय सम्पूर्ण नेता तथा कार्यकर्ता हरुले राष्ट्रघाती काम भयो भनेर राजिनामा माग गरिरहेको अवस्थामा पनि दिवाकर , सहदेव , शितल जस्ता कमरेड हरुलाई प्रचण्ड र भट्टराई प्रति अनि माओवादी प्रति यति धेरै मोह हुनु भनेको सामान्य अवस्था होइन दिमाग जांच गराउनुस कमरेड हरु.

    मन परो वा परेन: Thumb up 9 Thumb down 5

    [Reply]

  • diwakar karki

    कुरा लामो किन गर्ने साथी हरु। माओबादी का बारेमा कांग्रेसी , एमाले , राजाबादी हरु का मुखपत्रहरु पढेर धेरै बिद्द्वान कसैले पनि बन्नु पर्दैन। माओबादी ले जहिले पनि नेपाली जनताको हित र राष्ट्र बिकासका काम सबै दलहरु सित मिलेर गर्न खोज्दा दलहरु ले हिजो को माओबादी को हामी पुच्छर भएर हिड्ने हो र ? भन्ने अहंकार को कारण हातेमालो गर्न तयार भएनन् । त्यसपछि पनि माओबादी ले एक्लै कोसिस गर्दा पनि कहिले भारत र कहिले अमेरिकालाई उचालेर काम गर्न दिएनन् ।जसको पछिल्लो प्रमाण हिमाल खबर पत्रिका तथा त्यस खबर पत्रिका का संथापक दिक्षित ले गरेको राष्ट्रब्यापी अनुसन्धान ले प्रमाणित गर्दछ। त्यो अनुसन्धान पछि “मोहदय दीक्षित” तर्सिएर नेपाली कांग्रेस का सभापति कोइराला र एमाले का बरिस्ठ नेताहरु लाई बबर महलको एउटा घरमा भेला गरि सबै लाई यसो भन्दै थर्काएका थिए ” तपाईहरु के हेरी बस्नु भै रहेको छ ?माओबादी ले देश र नेपाली जनता सबै लग्न लाग्यो। हामी हरुले सबै सर्वेक्षण गरि सकेका छौ ।नेपाल को समथल र हिमाल देखि कुना कन्दरा सबै तिर नेपाली जनताहरु को अथाह समर्थन माओबादीहरु लाई छ। अब तपाई हरु अझै पनि निस्क्रिय नै रहने हो भने कसको कति योग्यता छ, को कसले कति पढेको हो त्यहि स्थर को लोक सेवा आयोग को लागि तयारी गरे हुन्छ सम्म भन्न भ्याए। “मोहदय दीक्षित” ले नेपाल का बरिस्ठ राजनीतिक पार्टीहरु का उच्च नेताहरु लाई एउटा कोठा भित्र थुनेर उनका मालिकहरु ( भारत र अमेरिका) को ठाडो उर्दी जारी गरे। ” ए माओबादी माथि बिना सित्ति मा खनिने दीक्षितहरु का भरौटेहरु” दीक्षित ले त सिधै लुम्बिनी र बुद्ध भारत का हुन् भन्न सम्म भ्याए ल हेरौं नागरिक दैनिकी मा प्रकासित ( १६ मार्च २०१२) दीक्षित को लेख को सानो अंश ” शाक्यमुनि सिद्धार्थ गौतम जन्मेको लुम्बिनी बाटिका नेपाल राज्यको भूभागभित्र पर्छ। हाम्रो लागि यो सांस्कृतिक संयोग हो, इतिहासको सौगात नेपालीवासीलाई। शाक्यमुनि गौतम प्राचीनकालको गङ्गा मैदानका अन्य ऐतिहासिक बुद्धमध्ये सबैभन्दा परिचित बन्न पुगे। उनको जीवनसँग सम्बन्धित चार स्थान (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) मध्ये तीन स्थान आजको भारतमा पर्छन् भने जन्मस्थान नेपालमा। सम्राट अशोकले लुम्बिनीमा स्तम्भ स्थापना गरेर यसलाई प्रमाणित गरेका छन्।” ल सुन!!!! बुद्ध लुम्बिनी मा जन्मिनु भनेको त “संयोग” मात्र हो अरे, नत्र बुद्ध त इंडिया को रे। ए माओबादी माथि च्याठिने कांग्रेस र एमालेका “पीध बिना का करुवाहरु हो” तिमिहरु मा लाज सरम छ कि छैन ? छाती मा हात राखेर भन ” के माओबादी राष्ट्रघाती पार्टी हो?” यस्ता घर खनेर आगन पुर्ने देशद्रोही को कुरा सुनेर देश र देशबासीलाई दुख को भवसागर मा डुबाउन साथ् दिने नेपाल र नेपाली का अग्रज भन्न रुचाउने राजनीतिक पार्टी हरु( नेपाली कांग्रेस र एमाले ) र त्यसका नेता हरु को बुद्धिको स्थर यहि हो ? मित्र बिपुल तपाइले १० बुंदा निकाल्नु भएछ म तपाइलाई १० अर्ब उत्तर दिन सक्छु तपाइको १० बुंदा को। मित्रहरु बिपुल ,श्याम ,प्रकाश,बिबेक, नुतन र चन्द्र जी सबै लाई ( जुन यो चन्द्र जी भने छु नि त्यो “जी” चै सबै साथी हरु को लागि हो है) एउटा चुनौती दिन्छु हामी हरु लाई मात्र १० बर्ष दिनुस र १० बर्ष पछि देश को मुहार हेर्नुस १० वर्ष मा १० गुणा उन्नति देश को र देश बासि को गर्न नसकेको खण्ड मा सम्पूर्ण माओबादी पार्टी एउटा चिहान मा सुत्न तयार छौ । सर्त यति मात्र हो कि कुनै पनि अन्य पार्टी हरु को कुनै पनि किसिम को दखल अन्दाज र चलखेल बन्देज हुनु पर्ने छ । मात्र १० बर्ष । तयार हुनु हुन्छु ? हुनुहुन्छ भने आउनुस सहि रुप मा खुला रुप मा किन कि अहिले सम्म त हामी नेपालप्लस को यो ब्लग मार्फत मात्र कुरा गरिरहेका छौ। लगभग भुमि गत जस्तै। सक्नुहुन्छ पूर्ण परिचय सहित प्रस्तुत हुन ?चुनौती दिन्छु तपाई हरु लाई । आउनुस कुरा भन्दा पनि काम गरौ। भुक्ने कुकुर नबनौ टोक्ने कुकुर बनौ ।

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 6 Thumb down 12

    [Reply]

    Bipul Reply:

    हैन यति फाल्तु गफ किन ? एउटा प्रसंग छ अर्को तिरको बयान | मलाई मेरो १० प्रश्नको जवाफ चाहियो | जे जति प्रश्न छ मोअबादिको बारेमा मा दिन्छु भनेको होइन ? प्रश्न देखे पछी पसिना आयो ? अर्को एउटा प्रश्न पनि थप्न चाहन्छु जंगल बात आको ४ बर्ष नभैकन एशियाकै धनि पार्टी कसरि भयो माओबादी ? कुन कुन देशका तस्कर हरु संग सांठ गांठ छः? चाइना संग महराले मागी रहेको त संसारले सुनेकै हो |
    तपाइलाई सम्झन गराउन चाहन्छु कहाँ कहाँ एमाले कांग्रेस ले हस्तक्षेप गरे वा बिरोध गरे;.
    १. तथाकथित जनसत्ताले गरेका घर जग्गा सम्बन्धि कारोबार ( लुट ) को बिरोध गरे|
    २.लडाकुको नाममा १.५ अरबको भ्रष्टाचार गरे त्यसमा अलि अलि बिरोध गरे|
    ३. सुचनाको हक जनताबाट खोस्ने निर्णय गर्यो भट्टराई सरकारले त्यसको बिरोध गरे|
    ४. १०,००० मधेशी लाई सेनामा सामुहिक प्रवेश गराउन राजि छन् भट्टराई त्यसको बिरोध गरे|
    ५. तराइमा बसोबास गर्ने सम्पूर्ण भारतीय बिहारिहौलाई नागरिकता बाड्न तयार छ भट्टराई त्यसको बिरोध गरे|
    ६. आफ्नो मनोरंजन पुरा गर्न बाउको शक्ति आडमा गरिब नेपाली जनताको कर ( राज्य कोष.) बात २ करोड लिएर सगरमाथा चढ्ने नवपारस प्रकाश को बिरोध गरे|

    ए बाबा एउटा मात्र उदाहरण दिनुस न राम्रो काम गरेको अनि त्यसको कांग्रेस एमालेले बिरोध गरेको | त्यसै ताई न तुइको लामो कमेन्ट लेखेर तर्साउन खोज्ने ? Ani mero yo lekh ma jati comment chha tyo sabaiko jawaaf dina koshis garnu diwakar g himmat chha bhane.

    मन परो वा परेन: Thumb up 6 Thumb down 2

    [Reply]

    chandra Reply:

    कार्की कमरेड पन्ना भर्दैमा तर्साउन सकीन्छ भन्ने तपाइको सोचाइ हो भने त्यो चै बीसाईदीउ उतै लग्जम्बर्ग तिरै | अनि तपाइको जी को भोको म हैन बरु अरु साथी हरुको लागि प्रयोग गरेको जी पनि तपाइँ कै महाराजा प्रचण्ड लाइ भो | सरी है साथी हो तपाइँ हरुलाई नसोधी मैले त फिर्ता गरी दिए तपाइँ हरु सहीत सबैलाई प्रयोग गरेको जी हाम्रा कमरेड कार्की लाइ | दीवाकर जी एउटा कुरा सुट्टूकै भन्छु तपाइँ लाइ मात्र है त | पहीलो कुरा तपाइँ संग टायम पनि छैन है अनि अर्को कुरा तपाइँ संग तर्क पनि छैन मैले साथीको नाताले नढाटी भनेको हु तपाइँ लाइ | तपाइँ लाइ माओबादी बाट केही राहत मिल्यो होला तर हेर्नुसं माओबादी ले आहत बनाएका जनता त्यसैले छोड्नुस यो प्रचण्ड भजन बेकारमा तपाइको दिमाग मात्र गोलमोल होला फेरी | अनि हामी हरुलाई टोक्ने कुकुर नबनाउनुस त्यो पनि तपाइकै जीम्बा |

    मन परो वा परेन: Thumb up 5 Thumb down 3

    [Reply]

    madan bajracharya Reply:

    दिवाकरज्यु/
    तपाईं ले १० बर्ष मौका दिनुस भन्नु भयो/ तर १० बर्ष मौका प्रचंद्रलाई दिने कि बाबुरामलाई बा बैद्यलाई दिने यो चाहि भन्नु भयन/ आफ्नो पार्टीलाई त् यकै दिसामा हाक्न सक्नु भयको छैन देस हाक्ने कुरा गर्नु हुन्छ/ पहिला पार्टी त् सम्हालेर देखाउनुस/

    मन परो वा परेन: Thumb up 7 Thumb down 2

    [Reply]

  • Bipul

    हैन यति फाल्तु गफ किन ? एउटा प्रसंग छ अर्को तिरको बयान | मलाई मेरो १० प्रश्नको जवाफ चाहियो | जे जति प्रश्न छ मोअबादिको बारेमा मा दिन्छु भनेको होइन ? प्रश्न देखे पछी पसिना आयो ? अर्को एउटा प्रश्न पनि थप्न चाहन्छु जंगल बात आको ४ बर्ष नभैकन एशियाकै धनि पार्टी कसरि भयो माओबादी ? कुन कुन देशका तस्कर हरु संग सांठ गांठ छः? चाइना संग महराले मागी रहेको त संसारले सुनेकै हो |
    तपाइलाई सम्झन गराउन चाहन्छु कहाँ कहाँ एमाले कांग्रेस ले हस्तक्षेप गरे वा बिरोध गरे;.
    १. तथाकथित जनसत्ताले गरेका घर जग्गा सम्बन्धि कारोबार ( लुट ) को बिरोध गरे|
    २.लडाकुको नाममा १.५ अरबको भ्रष्टाचार गरे त्यसमा अलि अलि बिरोध गरे|
    ३. सुचनाको हक जनताबाट खोस्ने निर्णय गर्यो भट्टराई सरकारले त्यसको बिरोध गरे|
    ४. १०,००० मधेशी लाई सेनामा सामुहिक प्रवेश गराउन राजि छन् भट्टराई त्यसको बिरोध गरे|
    ५. तराइमा बसोबास गर्ने सम्पूर्ण भारतीय बिहारिहौलाई नागरिकता बाड्न तयार छ भट्टराई त्यसको बिरोध गरे|
    ६. आफ्नो मनोरंजन पुरा गर्न बाउको शक्ति आडमा गरिब नेपाली जनताको कर ( राज्य कोष.) बात २ करोड लिएर सगरमाथा चढ्ने नवपारस प्रकाश को बिरोध गरे|

    ए बाबा एउटा मात्र उदाहरण दिनुस न राम्रो काम गरेको अनि त्यसको कांग्रेस एमालेले बिरोध गरेको | त्यसै ताई न तुइको लामो कमेन्ट लेखेर तर्साउन खोज्ने ?
    Ani yo lekh ma mero jati wota comment chha tyo sabaiko jawaf dina koshis garnu hola himmat chha bhane.

    मन परो वा परेन: Thumb up 6 Thumb down 1

    [Reply]

    Prakash Tiwari (Ekalavya) Reply:

    बिपुलजी यी दिवाकर भन्ने मित्र बिगत ५ वर्षदेखि कुम्मकर्णको निन्द्रामा थिय जस्तो छ / भर्खर उठेछन् / अलि होस् खुल्न दीनुस / पुराना माओबादीको मुखपत्र पढेको केहि hang over बाकी रहेछ / त्यो सकियोस अनि देलान नि तपाइको प्रस्नको उत्तर / माओबादी बाहेक केहि राम्रो नदेक्ने कस्तो राजनीतिक रतंदो लागेछ यो हाम्रो कार्की मित्रलाई /

    मन परो वा परेन: Thumb up 4 Thumb down 4

    [Reply]

    Bipul Reply:

    हो एकलव्य जी , सोझा साझा केहि नजानेका पाठक हरु होलान एकपटक कुतर्क नै गरेर भए पनि हतोत्साही गर्नु पर्यो भनेर कोशिस गरेका थिए , अब सबका सब ले माओबादीको काला कर्तुत को भण्डाफोर गर्न लागे पछी कमरेड टाप हाने जस्तो छ | २०५२ सालतिरका रोल्पा का जनतालाई जस्तै ठान्दा हुन् सबै नेपालीलाई कमरेड हरु| कमरेड लाइ एकपटक फेसबुक हेर्न अनुरोध गर्छु कसरि जनता आक्रोशित र आजित छन् माओबादी बाट भनेर थाहा पाउनको लागि , अरु पत्र पत्रिकालाई त् एमाले कांग्रेस को मुखपत्र भनेर आरोप लाइहल्नु भो निर्लज्ज भएर दिवाकर कमरेड ले | कि यो फेसबुक पनि एमाले कांग्रेसकै संचार माध्यम हो ? हो भने भंदिनुस है कमरेड हाम्लाई त थाहा छैन |

    मन परो वा परेन: Thumb up 6 Thumb down 3

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree