महिलाले हलो जोतेको देखेर कहिले सम्म दंग पर्ने हो ?

महिलाले हलो, कोदालो चलाए पाप लाग्छ भन्ने अन्धविश्वास थियो । तर त्यो बाध्यात्मक तरिकाले माओवादी जनयुद्दका बेला पुरुषहरु कि त जंगल पस्ने, कि जनयुद्दमा लाग्ने गरेपछि गाउँमा यूवा घटे । अनि समाते महिलाले हलोको अनौ बाध्यतामा परेर । ति सायद खुशिले जोत्न अघि सरेका थिएनन् । रहर लागेर पनि थिएन । किनभने घरको चुलो चौको त थियो नै, खेत बारीको काम समेत थपिएपछि महिलामाथि थप भार, अझ दुख, झन सास्ति भयो। खेतबारीमा हलो कोदालोदेखि चुलो चौको र वस्तुभाउको स्याहारसम्म महिलाका काँधमा आएपछि के खुशि हुनु ? के मन रमाउनु ?

तर एकथरी मान्छेहरु ‘महिलाले हलो जोते’ भन्दै निकै खुशि मनाउँछन् । ठूलो अधिकार पाए झैं प्रचार गर्छन् । मओवादीकै थुप्रै कार्यकर्ता र नेता सम्म ‘महिलाले हलो जोत्ने भए’ भन्दै ठूलो परिवर्तन गरिदिए झैं प्रचारप्रसार गर्छन् । महिलाले हलो जोतेको तस्विर खोजिखोजि देखाउँछन् । त्यो बिकाउ अहिले सम्म चलिरहेको छ । तर महिलाले हलो जोत्नु के स्वतन्त्रताको कसी हो ?

विश्व कहाँ पुग्यो । अरु देशले कति चमत्कारिक विकास गरिसके । हाम्रो देश अझै बोक्सी, झारफुक, धामी झाँक्रि र हलो कुटो कोदालोमै अल्झिएको छ । क्रिषीकै क्षेत्रमा कति आधुनिकिकरण भैसक्यो । आधुनिक क्रिषी उपकरणहरु तयार छन् । हातले कष्ट झेल्नु पर्दैन । शारिरिक दुख भोग्नु पर्दैन । एक टुक्रो बारी जोत्न वर्ष दिनसम्म हल गोरु पालेर दुख बेसाउनु पर्दैन । सके आफूले बनाए भयो त्यस्ता उपकरण । लौ आफ्नो त ह्याउ भएन रे । अन्य देशमापनि पाइन्छन् । तर त्यतातिर ध्यान नदिएर अझै हलो जोतेकोमा गर्व गर्दै छन् देश बनाउने नेता कार्यकर्ता । महिलाले हलो जोतेको देखेर दंग पर्दै छौं हामी ।

यो देशलाइ आधुनिकिकरण गरौं । नयाँ प्रविधिको विकास गरौं । जाने देखि आफैंले आफ्नो भूगोल सुहाउँदो केहि विकास गरौं । अहिले पहाडका सुर्का सुहाउँदा खेती गर्ने साधन पाइन्छन् । ति ल्याउँ । खेती प्रणालीलाइ सुधारौं । शारिरिक कष्ट भोग्नुपर्ने यस्तो सास्ति अब महिलालाई नदिउँ । हाम्रा महिलाले कलम कापी, किताब बोकेकोमा गर्व गरौं । विश्वका महिलाहरुसित अनेक रचनात्मक विषयमा प्रतिस्पर्धा गरेको हेर्न खोजौं । सबल र सक्षम बनाउँ । क्रिषी नै गरेपनि अलि सजिलो बनाइदिउँ । यतातिर ध्यान छैन । उल्टो ढुंगे युगमै महिलालाई राख्न खोजेर हलो जोतेकोमा गर्व ! कहिलेसम्म हलो जोतेको देखेर गर्व गर्ने हो ? यहि अवस्थामा राखिरहन पाए शासन गर्न सजिलो हुन्छ भनेरै त होला नेताहरु दंग पर्ने । तर हामी नागरिक ? हामीले त्यसको बिरोध गर्नु पर्दैन ? हामीले अलि गतिलो परिवर्तनको चाहना राख्नु पर्दैन ? के डाँडा पाखामा जन्मे हुर्के भन्दैमा त्यहाँका महिलाको बहादुरी हलो जोत्नु हो र ? ढुंगे युगको प्रणाली हेरेर कहिलेसम्म दंग पर्ने हो हामी ? परिवर्तन गर्न नसकेपनि परिवर्तनको चाहना र चेतना त हुनु पर्ने होइन र ?

यो फोटो मैले दीपक रिजालको फेसबूकबाट तानेको हुँ ।


  • yakdam shahi kura lekhnu bhayo ko ma tapai lai derai dhanyabad.

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

  • chudamani dhakal uae

    पुरुस र महिला बराबरी हरेक छेत्र मा

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • prabin dhakal

    sahi kura ho dadi ji, mahila haru ko sarairik kshamata kamjor hunchha tyasaile bhari kam garna hunna, alikati pani laj hunu ni neta lai

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • छोरा मान्छे माओबादी हरुले प्रचण्डको भवन बनाउने काममा जबर्जस्ती लगि हाले | बाकी बचे खुचेका बिदेश अनि महिलाले हलो नजोते कसले जोत्ने ? अनि यही परीबर्तन गरको कुरा गर्ने माओबादी ? यस्तै लाइ भन्दो रहेछ परीबर्तन माओबादी भाषामा ?

    मन परो वा परेन: Thumb up 2 Thumb down 1

    [Reply]

  • Kamal Thapa

    १० महिना पहिले विदामा पांचथर गएको बेला १२ कक्षामा अध्यन गर्ने भतिजीले हलो जोतनै पर्ने बाध्यता प्रति दु:ख लाग्यो/

    आज-भोलि कान्तिपुर टि. भी मा यो समचार प्रमुख भएको छ/ हाम्रो प्रदेश को वाध्यता घरमा पनि पिडा भएको छ/ हामीलाई पनि आफ्नै देशमा यो बाध्यता नहोस, घर परिवारमा बसेर आफ्ना छोराछोरीको भविस्य प्रति केहि गर्ने वातावरण तयार गर्न सकियोस भन्ने हो/

    तर खोइ कसरी, कसले, के गरेर, कहिले, हुनेत??? यो खबर समचार मात्र होइन/ देशको, गाउँ-घरको, र हाम्रा परिवाको हालको समस्या पनि हो/ यो नियतिलाई अव परिवर्तन भन्नु भन्दा वाध्यता भने ठीक होला/

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree