कांग्रेसी बुद्दी: नेपालीलाई नागरिकता दिनुभन्दा बिदेशीकै कमारो जाति

मनमोहन भट्टराई । नेपाली कांग्रेसका केन्द्रिय सदस्य । कांग्रेसका युवा बिचारवान नेता भनेर चिनिन्छन् क्यार । बिचारवान नेता त यस्ता छन् । बाँकि झन् बिचार नभएका कस्ता होलान् ? उनले गएको १९ मार्चमा एउटा लेख लेखे नागरिक दैनिकमा । लेखमा केहि कुरा जायज छन् । समग्रमा उनले बिदेशमा गएका नेपालीहरु स्वार्थी हुन् भन्ने पाराले लेखेका छन् । त्यो एक हद सम्म जायज हो भन्न हिच्किचाउनु पर्दैन । तर बिदेशमा बसेका नेपालीलाई बिदेशमै कोचिराख्ने, फर्काउन कोसिस नगर्ने, बिदेश जान बाध्य पार्ने वा त्यस्तो परिस्थिति स्रिजना गर्ने सरकार र उनीजस्ता नितिहिन नेताको कमजोरी कतै उल्लेख छैन । देशमा उपयुक्त राजनितिक, आर्थिक, सामाजिक वातावरण निर्माण गर्न नसक्नु, अवसर दिन नसक्नु, देश विकासमा युवाहरुलाई परिचालन गर्न नसक्नु, रोजगार र विकासमुखि शिक्षा दिन नसक्नु उनी जस्तै नितिहिन नेताका कमजोरीलाई भने उनले पुरै लुकाएका छन् ।

उनको लेखको चुरो कुरो के हो भने, पैसा आओस् जो सुकैको होस्। लगानी आओस् देशमा । अर्थात पैसा पाए नेपाली वा बिदेशी भनेर सरोकार मान्नु पर्दैन । हुन त यो उनको निजि बिचार होला नै । नेपाली कांग्रेस पार्टीकै नहोला । तैपनि यसबाट नेपाली कांग्रेसले यस्ता मुद्दामा कसरि हेर्छ भन्ने सानो आँखी झ्यालको काम भने पक्कै गर्छ यो लेखले ।

अझ खतरा: देशको लागि पैसा चाहिएको छ । देशमा लगानीका लागि बिदेशका नेपालीलाई आव्हान गरे नागरिकता लगायत अनेक शर्त पालना गर्नुपर्छ । उनको मत के छ भने, अहिले देशमा ठूलो कुरो राजनितिक स्थिरता हो । त्यो भयो भने लगानीकोलागि कुनै कठिनाई छैन रे । लगानी गर्नेहरु जतिपनि आउँछन् रे । उनले हाकै भनेका छन् ‘पुँजी, प्रविधि, सूचना र बजार नेपालका संभावना हुन्। यी मूलभूत चार तत्व उपलब्ध गराउन नेपाली र नेपालका मित्रहरूको अभाव छैन। राजनीतिक स्थिरता, शान्ति र त्यस्तो अर्थराजनीतिक वातावरण दिनसकेको अवस्थामा हामीलाई कुनै किसिमको अभाव हुने देखिँदैन। समस्या राजनीतिक वातावरण उपलब्ध गराउन नसक्नुमात्रै हो। त्यो उपलब्ध गराउन सकेको अवस्थामा पुँजी जसले लगाए पनि हुन्छ ।’ 

कति राष्ट्रघाती छ उनको चिन्तन । किनभने नेपालीलाई जति आफ्नो देशको माया हुन्छ त्यति अरु बिदेशीलाई होला ? नेपालीले आफ्नो लगानी सुनिश्चित गराउन खोजेका हुन् । आफ्नो लगानीको भोग चलनमा कुनै कठिनाई नहोस् भन्ने चाहना राख्नु के अन्यथा होला ? भलै नेपालीले केहि बढि सुनिश्चित हुन खोजे होलान् । बढिनै पिरलो गरे होलान् । आफ्नो देश, आफ्नो समाज र आफू हुर्के बढेको मात्रिभूमी प्रति घुर्क्याउनै खोज्नुपनि त माया हो । किनभने तिनलाई पैसाको मात्रै सरोकार हुन्न । तिनलाइ लगानीको सफलता, मात्रीभूमीले पाउने फाइदासितपनि सरोकार हुन्छ । 

उनको बिचारमा त विश्व बैंक, एशियाली बैंक जस्ता गरिव देश लुट्न, अझ गरिव बनाउन, आर्थिक रुपमा टाट उल्टाउन आउने ठूला ठूला लगानीकर्ताको चाख रहेछ । के नेपालीका शर्त मानेर नेपालीको लगानी भित्र्याउनु भन्दा विश्व बैंक, एशियाली बैंक जस्ता बिदेशी बैंकका पैसा ल्याएर नेपाललाई बढि फाइदा हुन्छ ? के ति बैंकहरुले मनमोहन भट्टराई जस्ता नीतिहिनले भन्नासाथ कुनै शर्त पालना नगरि लगानी गर्छन् ? तिनले नेपालमा लगानी गर्ने नाफा कुम्ल्याउन हो कि नेपालीको मायाले हो लगानी गर्ने ? नेपाललाइ अर्थिक लगानीको खाँचो छ भनेर बिदेशी लगानीकर्ताहरुले त्यत्तिकै गुन्द्रीमा डलरका बिटा खन्याएर फर्किने हुन् र ? 

उनको मथिंगलमा घुस्नु पर्ने हो, बिदेशी कंपनी, लगानीकर्ताहरु भनेको चुस्न आउने हुन् । तिनको स्वार्थ मुनाफासित मात्रै सरोकार हुन्छ । तर आफ्नो मुनाफाको लागि भनेर मत्रिभूमीलाई कंगाल बनाउने, डुबाउने, कुनैपनि शर्तमा मुनाफा लिएर जाने, अनेक शर्त तेसारेर अप्ठेरोमा लगानी लिएर हिँड्ने पापी मनका नेपाली पक्कैपनि कम हुन्छन् । नेपालीहरुले आफ्नो लगानीको सुनिश्चितता खोजेपनि आफ्नो देश डुबे डुबोस् भनेर मुनाफा मात्रै पक्कै हेर्दैनन् । ति बिदेशमा बसुन् तिनले आफूलाई नेपालीनै भनेर चिनाउँछन् । नेपालको आर्थिक, सामाजिक र विकाससित तिनको सरोकार हुन्छ । नेपालको इज्जतसित तिनको इज्जतपनि गाँसिएको हुनाले तिनले आफ्नो लगानी मात्रै होइन कि देशको इज्जत र लगानी नडुबोस् भन्ने सरोकार राख्छन्, चिन्ता गर्छन् । तर बिदेशीको चासो आफ्नो लगानीसित मात्रै हुन्छ । पराइ मुलुक जे सुकै होस् तिनलाई कुनै सरोकार हुन्न । 

उनलाई नेपालीले नागरिकता मागे भन्ने ठूलो चिन्ता रहेछ । नेपालीलाई नागरिकता बेमेसे त्यत्तिकै नदिउन् । आफ्नो देशको लागि केहि देन दिएको, नेपाली, भाषा संस्क्रिति र पहिचान नगुमेकालाई मात्रै दिउन् । वा बिदेशमा बसेर नेपाली सुविधा लिन चाहनेले देशका लागि कुनै त्याग गरेको, नगरिकता दिन लायकको होस् । यो जायज हो । तर नेपालीलाई नागरिकता दिनुपर्ने शर्तकै डरले उनले बिदेशीको लगानी ल्याए ढुक्क हुन्छ भन्ने तर्क पो गरेका छन् त । 

भलै बिदेशीलाई नागरिकता दिनु त नपर्ला । तर बिदेशीका अन्य शर्त कति हुन्छन् ? मजदूर, बन्द हडताल, बिमा, सरकारी सुबिधा र सुनिश्चितता कति राख्छन् तिनले शर्त ? भट्टराइले भारतीय लगानी ल्याउन गरेको बीपा सम्झौता हेरेपनि पुग्छ । नेपालमा अलिकति छिस्रिक्क भएर उध्योगलाई क्षती भयो भने कसरि त्यसको क्षती भन्दै हड्डी गनेर लिन्छन् ? बिदेशी लगानी ल्याउँदा त्यहाँ काम गर्ने कर्मचारी, काम गर्ने प्रबिधी र उपकरण तथा सामाग्रि कहाँको प्रयोग हुन्छ ? बरु नेपाली लगाने भित्र्याउँदा बिदेशीले झैं शुरुमै कमिशन दिन तयार नहुन सक्छन् नेपाली । मनमोहन भट्टराई जस्ताको चिन्ता त्योपनि हुन सक्छ । 

नगरिकता कै चिन्ता हो भने बिदेशमा बस्ने कति नेपालीले लिए त नेपाली नागरिकता ? के बिदेशमा बस्ने नेपालीले नागरिकता नलिँदैमा नेपाली नागरिकता बाँडिएको छैन ? बरु नेपालीलाई नागरिकता दिन तर्सने नितिहिन नेताहरुले भकाभक भारतीयहरुलाइ नेपाली नागरिकता लाखौं बाँडिरहेका छन् । आफ्नै देशमा नागरिकलाई नागरिकता दिन यत्रो डर । तर बिदेशी लगानी र नागरिकता बितरणमा चाहिँ त्यतिबिघ्न खुकुलो हुनुको कारण के हो ? हामी नेपालीको वास्ता गर्दैनौ । नेपाललाई स्वावलम्भी मुलुक, नेपालीकै लगानी र सिप भित्र्याएर आर्थिक विकास गर्छौं भन्ने चिन्तन छैन । नेपालीलाइ बिदेशमै जे सुकै गर हामी बिदेशीको नोकर बन्छौं र देशलाईपनि बिदेशीकै छत्रछायाँमा अपर्छौं, परजिवी बन्छौं भन्न खोजिएको होइन ?

उनको लेख हेर्न मन लागे तलको लिंकमा क्लिक गर्नुस्–

विदेशका नेपालीको व्यर्थको चिन्ता

(मनमोहन भट्टराईको तस्विर कान्तिपुर अनलाईनबाट लिइएको हो)


  • यहा देश अनि नेपाली जनताका लागि बगेको खोलो नै फर्काउने क्रान्तीकारी हरुले त भारत संग बीपा सम्झौता गरे अनि यी अरु पुरातनबादी (माओबादीको भाषामा) हरुको के कुरो गर्नु ? नेपाली जनताले बीदेशमा दुखः गरेर भीत्रयाएको रेमीट्यान्सको तर चाटेर बुद्धिमा बीर्को लागे जस्तो छ यो काग्रेसको नेता भानाउदोको | अनि राजनीतीक अस्थीरताले आजीत भएर के बोल्ने हो भन्ने कुराको होस गुमाए जस्तो | हुनत भर्खरै हाम्रो नव महाराज (प्रचण्ड) ले उसका काठमाडौँ का भोटर लाइ माफी मागे भन्ने सुनीदै छ | यी नेपालका नेताहरुको बोलीको ठेगान छैन सबै बौलाई सके | नभए पनि बौलाएको नाटक गर्न थाले जस्तो लाग्छ मलाइ त | भारत संग सुरुंग खनेर भए पनि लड्ने क्रान्ती कारी हरु नेपाल र नेपालीको मुक्त्तीका लागि लड्ने हरु अनि १० बर्ष अगी हातमा चप्पलका चुडीएका लोती बोक्नेहरु लाइ ऐले नव महाराजा भन्न पर्ने देशका हामी नेपाली अनि उनीहरुका नेता |||||||||||||||||||||| |

    मन परो वा परेन: Thumb up 8 Thumb down 1

    [Reply]

  • shiva

    पहिलो कुरो त यो मनमोहन भट्टराइको नित्तान्त व्यक्तिगत बिचार हो | कांग्रेसी बुद्दी भन्ने शिर्षक राखेर सिंगै कांग्रेसलाई दोष दिने वा गालि गर्ने असफल प्रयास हो |अनि भारतीयलाइ नागरिकता बाड्ने काम मधेशी चाहनामा र माओबादीको तत्परतामा भैरहेको छ | एमाले कांग्रेस यसको बिरोध गरिरहेका छन् | हुन पनि माओबादी र एमालेलाई मात्र कति गाली गरिरहने यसो कांग्रेसलाई पनि केहि भनि हालौं न भन्ने विचार आयो होला ददी जी लाइ | पक्कै पनि लेखमा भट्टराई गैर आवासीय नेपाली प्रति अलि रुखो देखिएका छन | तर लेखमा यथेष्ट सत्य तथ्य पनि छ | सरसर्ती हेर्ने हो भने अहिले देश संक्रमण काल मा छ | यतिबेला लगानी सुरक्षा जस्ता आर्थी ग्यारेन्टी दिनु पनि सरकारको लागि कठिन छ , त्यसै माथि थपेर दोहोरो नागरिकता जस्तो राजनीतिक माग पनि लगानी गर्ने शर्त बनाउनु चाही कुनै पनि हालतमा जायज देखिदैन | दोहोरो नागरिकता को माग नाजायज होइन , तर यसलाई लगानी गर्ने शर्त बनाउनुले चाही मातृभूमि प्रति माया र जिम्मेवारी बोध गरेको देखाउदैन | यसले स्वार्थ धेरै झल्काउछ | दोहोरो नागरिकता को माग लागि लड्दै जान सकिन्छ तर लगानी गर्न नै दोहोरो नागरिकता माग गर्नु भनेको देशको कम्जोर राजनीतिक र आर्थिक अवस्थाको फाइदा उठाउन खोज्नु हो | भट्टराइको कुरो यहाँ नेर पनि सहि छ कि राजनीतिक वाताबरण मिले नेपालमा लगानी गर्न रुचाउने लगानी कर्ताहरुको कमि छैन | प्रशस्त सम्भावना छ नेपालमा र यो देख्नेले देखेका छन् | चिन , भारत का लगानी कर्ता हरु अहिले नै पनि लगानी गरिरहेका छन् नेपालमा भविष्य राम्रो देखेर शायद | नेपालभित्रकै नेपाली संग पनि कम पुंजी छैन , सुरक्षाको अभावमा ति अगाडी आउन सकेका छैनन् | त्यसैले आफ्नो अन्य मागको लागि पनि लड्दै जाने तर लगानी गर्न भने ठुलो मन नगर्ने हो भने गैर आवासीय नेपालि पछी पर्न सक्छन | देशप्रेम संगसंगै आर्थिक उन्नति गर्ने मौका चुक्न सक्छ |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 5 Thumb down 12

    [Reply]

  • Siddhartha,Belgium

    शिव जी सित म सहमत छु |विदेश मा बस्ने नेपालीहरु ले देश को अवस्था हेरेर ब्लाकमेल गर्ने कोसिस मात्र गरेका हुन् | माग पनि कस्तो त “दोहोरो नागरिकता दिने हो भने नेपाल मा लगानी गर्छु रे ” ज्यान गए पनि नेपाल मा जो सुकै को सरकार आओस तर आप्रबासी नेपाली हरु लाई दोहोरो नागरिकता दिनु हुन्न |
    र ददी जी तपाइको कुन हिसाब मा मनमोहन भट्टराई नीति हिन विचार हिन भए त्यो तपाई को आफ्नो निजि विचार हो तर यस कुरा मा गहिरिएर सोच्दा मनमोहन भट्टराई साचै नै विचारवान र नितिवान हुन् |

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 6 Thumb down 10

    [Reply]

  • rabindra

    यतार्थकुरा बेल्जियममा नेपाली धेरै छन सङ्सङै राम्रा, अशल् ,पढेलेखेका , नपढेका ,नेता ,झारपात हरु छन। अहिलेको अवस्थामा त्यहाँका नेपालीले गर्ने भनेको काम तपशिल् को मात्रै हो ..
    १) फटाइ गर्ने जस्ताइ ढिकुटी खाने अनी नतिर्ने।
    २)आबेश्मा आएर चन्दा बोल्ने अनी नाटक रचेर चन्दा नतिर्न श्वास्नी लाई अगाडी सार्ने।
    ३)फेस् बुक्मा छाडा भई नैतीक हराम बन्ने उदाहरण – पोखरा घर भई बेल्जियम लुवेन बस्ने फेस्बूक नाम श्रेष्ठ रोबिन् भन्ने र् अरु पनि।

    त्यसोत राम्रा पनि नभाका भने होइनन-परिवार लाई राम्रो शिक्षा दिने , ब्यबशाय गर्ने पनि छन । बाँकी नेपालकाले के भने सँग प्रसँग हैन -तिन्ले याने नेताले जे पनि भन्छन, खान्छन अनी गर्छन् पनि । त्यो सँग चिन्ता छैन बरु त्यस्ता फट्याई बिरुद्ध लड्न सहयोग गर्नु आजको आवश्यकता हो ।

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]


  • this article is too nice, I agree.

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • madan bajracharya

    कुर्सि भोग्न मात्रै बिहार बात फर्केको, कुर्सि नपायमा फेरी बिहार फर्कने नेताहरुको पार्टीको यो फुस्रो विचारक भट्टराईको बिचार सुनेर केहि अनौठो लागेन/

    मनमोहन भट्टराईको पार्टीको सबै भन्दा ठुलो नेता बिशेस्वर नै हो/ यता नेपालमा गंगालालहरु नेपाल बात राना हटाउ आन्दोलन गरेकोमा प्राण दण्ड भोग्दै गरेको बेला मनमोहन भट्टराईको नेता बीपीले तेतिबेला नेपाल प्रति चिन्ता गरेर के दुई सब्द सम्म पनि बोलेको थियो? यो प्रश्न म मित्रहरुलाई सोधेको होईन विदेशको नेपालीको व्यर्थको चिन्ता भन्ने मनमोहन भट्टराईलाई सोधेको हो/

    दांगमा भारतले सिमाना मिचेकै ठहर हुँदा समेत मनमोहन भट्टराईको पुजनीय नेत्री सुजाता र राम शरण महतले “भारतले सिमाना मिचेको छैन” भने/ तेतिबेला बिदेसमा रहेको नेपालीले विदेश स्थित भारतीय दुतावासमा नेपालको सिमाना किन मिचिस भनेर भारतीय दुतावासको अगाडी बिरोध प्रदर्शन गरे/ अहिले विदेशको नेपालीको व्यर्थको चिन्ता भन्ने मनमोहन भट्टराई त् तेती बेला नेपालमै थियो उसले त्यो बेला केहि बोलेको थियो कि मुखमा दहि जमायर बसेको थियो?

    मनमोहन भट्टराईको पार्टीले नेपालले ठग्न सक्ने भन्दा बढी बिदेसी बिहारीलाई नेपाल भित्र हुलेर नेपालीको पेसा समेत खोसेकोलेनै कयौ नेपाली बिदेशमा बिदेसमा जानु परेको हो/ ति बिदेसियको नेपालीकै कमाईमा देसमा रहेका कयौको परिबारले बिहान बेलुका केहि खान पाईरहेको छ/ मन मोहन भट्टराई साँच्चै कै विचारक हुनु भयको भय “हातमा सिप भयको नेपालीले नेपालमा किन काम पायनन भनेर दुई सब्द लेख्ने थियो/

    मनमोहन भट्टराई कै पार्टीको नेताहरु मन्त्रि हुँदा नेपालमा मात्र आफ्ना कार्यकर्ताहरु र योग्यता नभयकालाई घुस खायर कुनै पनि कार्यालयको रिक्त पदमा जागिर खुवायाकैले योग्य नेपालीहरु नेपालमा काम नपायर बिदेस जानु परेको हो/

    मनमोहन भट्टराई कै नेता प्रधान मन्त्रि भयको बेला नेपालीलाई पहाडी भन्ने ३० लाख बिदेसी भारतीयहरुलाई नागरिकता दिय पछी न तराई बात नेपालीलाई “पहाडी” भन्दै लखेट्न थालियको हो/ मैले यो कुरा भन्दा मनमोहन भट्टराईले मलाई तँ सिट के प्रमाण छ” भन्नु भन्दा अघिनै म प्रमाण दिन्छु/

    तराई मधेसीको हो भन्ने उमेश यादव नेपालको उप प्रधान मन्त्रि पदमा रहेको उसले सकारेको कुरा हो यो/ तेती बेला निर्वाचन आयोगले समेत तराईको मतदाता लिस्टमा २५ प्रतिशत नकली मतदाता रहेको औपचारिक तवरले नै भनेको थियो/

    यो बाहेक अस्ति भर्खर बिहारमा चुनाव हुँदा नेपालको नागरिकता लियका हजारौ मधिसेले बिहारको चुनावमा मत खसाल्न गयको कुरा भारतीय पत्र पत्रिकाले समेत प्रकाशित गरेको थियो/ आफुलाई विचारकको रुपमा प्रस्तुत गर्दै आएको मनमोहन भट्टराईले भारतको बिहारीले नेपालको र भारतको दोहरो नागरिकता लियको बारेमा केहि बिचार पोखेनन/ तर बिदेसमा बसेको नेपालको जन्म सिद्ध नागरिकहरुले नेपाल प्रति चिन्ता लियको समेत सहन सक्नु भयन/

    यस्ता विचारकलाई केहि भन्न असभ्य बन्नु पर्ने भयरै मात्र केहि भन्न सकेन नभय त्…./

    चर्कै बहस्. तपाइलाई के लाग्यो? Thumb up 4 Thumb down 5

    [Reply]

  • सचेत

    मदन जी ,
    तपाई अलि बुझेर र जानेको कुरा लेख्नु हुन्छ जस्तो लाग्थ्यो तर तपैले बिपी को बारेमा केहि थाहै नभई अल्प ज्ञान का भर भरमा प्याच्च प्याच्च बोलिरहेको देख्दा अलि भ्रम मा हुनुहुन्छ कि जस्तो लग्यो | पहिलो कुरा Bipi किन सपरिवार भारतमा थिए ?बिपीका पितालाई राना हरुको बिरुद्द बोले बापत वीर शमशेरले देश निकाला गरेका थिए | माफी मागी रानाको गुनगान गाए नेपाल आउन दिने भन्ने वीर शमशेरको निर्णय थियो , तर बीपीले नै आफ्ना पितालाई माफी नमाग्न र ranako बिरुद्द भारतमै बसेर आन्दोलन गर्न सुझाव दिएका थिए| आखिर बीपीकै नेतृत्वको कांग्रेस ले सशस्त्र आन्दोलन गरि देशलाई एकतन्त्रीय राना shaashan बात मुक्ति दिलाई राना , राजा र राजनीतिक दलको संयुक्त सरकार बनाएको थियो | बिपी आन्दोलन गर्दा त्यसको सफल नेता थिए छोटो समयआफ्नो शाशन को समयमा पनि उल्लेख्य काम गरेका थिए| उनलाई महा मानव भनिन्छ र साचै उनले देशका लागि महान त्याग गरेका छन् | पढ्नु होला इतिहास मा बिपी , उनले भोगेका यातना , सुन्दरीजल जेल आदिको बारेमा अनि बल्ल तपाइलाई लागेको कुरा भन्नुहोला मदन जी|

    मन परो वा परेन: Thumb up 2 Thumb down 3

    [Reply]

    Prakash Tiwari (Ekalavya) Reply:

    बिर होइन चन्द्र समशेरले बि पीका बुबा कृष्ण प्रसाद कोइरालालाई दरबारमा भरियाको जुत्रो मलेत्रो पारशल गरि महाराजको जनताको अवस्ता एस्तो छ भनि सुदारबादी आन्दोलन सुरु गरेकाले देस निकाला गरेका हुन् / मदनजीको बि पी बारे अलि bias धारणा छ तर कांग्रेसले “Cult Personality ” बनाको जस्तो “महामानव” पनि पक्का होइनन बि पी / २८/२९ सालतिर भारतको मोहरा बनेर ससक्त क्रान्तिबाट पंचायत फाल्छु दिल्लीको मेजमानीमानीमा ४/५ वर्ष बिताका बि पी रास्तियताको मामलामा चिप्लेका पक्का हुन् / / आस्था, समर्पण, निष्ठा र रस्तियताको मामलामा बरु कृष्ण प्रसादलाई अग्लो इस्थानमा राक्शु म त / यो कुरा कांगेसका चिन्तक प्रदिप गिरीले पनि सुइकारेका छन् /

    मन परो वा परेन: Thumb up 6 Thumb down 0

    [Reply]

    madan bajracharya Reply:

    प्रकाशज्यु
    म कांग्रेस पार्टीको लिखित नीतिको बिरोधि होईन तर त्यो पार्टी को लिखित नीति भन्दा उल्टो गर्ने नेताहरुको बिरोधि हुँ/ कांग्रेस नै नेपाली जनताले बारम्बार सरकारमा पुर्यायको पार्टी हो/ कांग्रेसीहरु कै पार्टीको सरकार नहुँदा पनि कांग्रेसी नेताहरु कुनै न कुनै रुपमा नेपालको सरकार मा सहभागी थियनै/ तर कुनै कांग्रेसी नेताले नेपालमा थिचो मिचो गर्दै आएको भारत र “अर्ध भारतीय अर्ध नेपाली” भारतीयहरुको नेपाल र नेपाली बिरोधि प्रबितिको कहिले बिरोध गरेनन/

    कांग्रेसीहरुलाई पनि थाह छ कि १९५०को सन्धि देखि महाकालीको सन्धिरास्ट्र घाती छ भनेर/ प्रकाशज्यु तपाईंलाई पनि पक्कै थाह छ कि तनकपुर् भन्दा अलि पर बनेको शारदा ब्यारेज बनेको नेपाली भू भाग भारतलाई बर्षको ५० हजार तिराउने गरि भाडामा दियको थियो/ तर भारतले आज त्यो नेपाली भूभागलाई भारतले आफ्नै बनायको छ/ तापनि कांग्रेसी विचारकहरु चुप बसेको मात्रै होईन भारत सिट गरियको असमान सन्धिहरुको समर्थन अझै पनि गर्दैछ/ त् प्रकाशज्यु कांग्रेस प्रति कसरि म सकारात्मक हुन् सक्छु?

    मन परो वा परेन: Thumb up 5 Thumb down 0

    [Reply]

    Prakash Tiwari , NYC Reply:

    भारत र चीन जस्ता ठुला र शक्तिसाली रास्ताहरु आफ्नो national interest मा काम गर्छन जुन नेपालका कांग्रेस मात्र होइन बामपन्थीले पनि सकेनन / बितेका २/४ दसकमा बामपन्थीहरु खाली येस्ता सन्धिको इस्सु बनाएर रस्तियाताको ठेक्का आफुले लीएको भ्रम पारि बन्द कोठामा भारतको बफादारीमा लागे / हिजो एउटा सुर्य बहादुर थापा थियो आज अमरेश सिंह, सिटौला, नेपाल, ओली, खनाल मात्र होइन बाबुराम र दाहाल जस्ता लिन्दुप दोर्जे बन्न तछाड मछाड भन्नेको भिड छ / येस्ता बेला कांग्रेसलाई मात्र के दोस दिनु / नेपालमा जसले जे भने पनि भारतसंग संस्थाघत स्वाबिमानका साथ deal कि त राजसंस्थाले गर्यो कि त बेक्तिगत रुपमा PM हुदा किशुनजीले , राजा बिरेन्द्र, राजा ज्ञानेन्द्रले आदिले गरे /

    पी एल सिंह र नविन्द्र राज जोशी दुब्येले गदेशमानजीको छायामा बसी राजनीकि गरे तर कति फरक छ आस्था र निष्ठाको राजनीति र फाइदाको राजनीति गर्नेमा यी दुइमा / सब कांग्रेसलाई एउटा मालामा उन्न कहाँ मिल्छ र /

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    madan bajracharya Reply:

    प्रकशज्यु
    तपाईंको कुरामा समर्थन छ/ कांग्रेसमा गणेशमान पि यल सिह र कृष्ण प्रसाद जस्तै सबै भयको भय आज नेपालको रुप नै फरक हुने थियो/

    आज गणेशमान कृष्ण प्रसाद्ज्युहरु त् हाम्रो माझ छैन तर पी यल सिंह त् छ तर उहालाई समेत पाखा लगाउने अहिलेका कांग्रेसीहरु कस्ता छन् भनेर स्पस्ट देखाउंछ/

    २००७ साल पछिको नेपालको राजतन्त्रमा जसले जे भने पनि महेन्द्रको रास्ट्र बाद्लाई खिज्याउन कसैले सक्दैन/ महेन्द्रले नै नेपाललाई रास्ट्र संघको सदस्य बनायको थियो/ बिरेन्द्र राजालाई खिज्याउने त् कृतघ्न हरुले मात्रै सक्छ/ ज्ञानेन्द्र लाछी बनेकै कारण नेपाल राजतन्त्र बद्नाम हुन् गयो/

    प्रकाशज्यु म किन कांग्रेस भित्रको मनमोहन जस्तो बुद्धिजीवी र विचारक हरुको बिचार यस्तो छ भनेर बुझ्न असमर्थ छु/ नेपाली नेपालमा बसुन बा बिदेसमा नेपाली त् नेपाली नै हो/ अनेपाली बिहारीलाई नेपालको नागरिक बनाउन छलकपट गर्न पनि पछी नहट्ने तर बिदेशमा बसेको जन्म सिद्ध नेपालीहरु प्रति नकारात्मक बिचार मनमोहन जस्तो पढे लेखेको व्यक्तिलाई सुहाउने कुरो चाहि होईन/

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    madan bajracharya Reply:

    सचेत ज्यु
    मेरो भनाईमा कुनै गल्ति भयकोमा सत्य जानकारी दिनु भयको भय म अत्यन्त आभारि हुने थिय/तर तपाईं आफै…../

    बिर शमशेर सन् १८६३मानेपालको प्रधान मन्त्रि भयको थियो/ बिपिको जन्म सन् १९१४मा भयको थियो/ बीपीको परिबार सन् १९१७मा चन्द्र शमशेरको पालामा बिहार प्रबासमा गयको बेला बिपी मात्र ३ बर्षको थियो/ अबके यो भन्दा बढी केहि अरु लेख्नु पर्ला सचेत ज्यु?

    बिशेस्वर प्रसाद कोईराला सन् सन् १९३४मा भारतीय रास्ट्रिय कांग्रेसको सदस्य बन्नु भयो/ सन् १९३७ सम्म कलकत्ता बिस्व बिद्यालयमा कानुन पढ्नु भयो/ सन् १९४२ देखि १९४४ सम्म भारत बात अंग्रेज हटाउ आन्दोलनमा लागेको कारण धनबाद जेलमा पर्नु भयो/

    सन् १९४४ मा बिशेस्वर प्रसाद कोईरालाज्यु भारत बात अंग्रेज हटाउन खोजेकोमा भारत धनबाद जेल परेको थियो त् यता नेपालमा राना हटाउन खोजेकोमा गङ्गालाल धर्म भक्त, शुक्ररा, दसरथ चन्द प्रान्दन्द्को सजाय भोग्दै थियो/ गंगालाल हरु जेल गयको र बिशेस्वर जेल गयाकोमा केहि फरक केहि देख्नु हुन् सचेत ज्यु?

    सन् १९४४मा गंगालालहरुलाई मृत्यु दण्ड दिनु अघि तत्कालिन प्रधान मन्त्रि जुद्ध शमशेरले माफी माग्न भनेको थियो/ तर कुनै सहिदले मानेनन्/ अनि गंगालाललाई मृत्यु दिन गोलि हान्ने नरशमशेरलाई गंगालालले “तेरो बाउलाई घुंडामा होईन छातीमा गोलि हान” भनेको थियो/ त्यो बेला बिशेस्वर प्रसादले बिहार बात नेपालको निमित के बोल्यो? तपाईंलाई थाह छ भने भन्नुस/

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

    Prakash Tiwari (Ekalavya) Reply:

    तपाईको कुरामा म सहमत छु / ४० करोडको बिहार झारखण्ड र २० करोड जनसंक्याको यु पी उत्तरमा जम्मा पुग न पुग ३ करोडको नेपालले नागरिकताको मामिलमा चनाखो हुनु पर्थ्यो / नेपालीपन dilute हुन नदिने राजा महेन्द्रको भुमि सुधारको एक पन्थ २ काज गरि पहाडी जनसंक्या तराईमा झार्ने काम जुन डा हर्क गुरुङबाट आएको थियोले नेपालीपनको सुररक्षा कवज थियो / short term स्वाथमा लागि सब पार्टीले येस्मा गल्ति गरेका पक्का हुन् /

    काम र कर्मले चोखो पी एल , जगनाथ आचार्य जस्ता असफल हुनु , तराईमा महेन्द्रनारायण निधिभन्दा जातिगत मुद्दा बेक्तिगत स्वार्थको लागि बोल्ने अनि पन्च्यातमा लागि मोज गर्ने बेदानन्द झा जस्ताको चेलाहरुको बोलबाला हुनु , निष्ठावान मार्क्सबादी बिजुक्से र चित्र बहादुरहरु बढ्न नसक्नु , पचास जिब्रे प्रचण्डमाथि पुग्नु , पन्चे-कांग्रेस-स्वतन्त्र-मदेशबादी सबमा घुलिन सक्ने सरद सिंह भण्डारीको उभो लाग्नु , नेपालको दुर्भाग्य हो / थाहा छैन कति गंगालालले बलि चदनु पर्ने हो अझ असल मान्छे पाथी पुग्न नेपालमा / अझ कति अमर सिंहले विरक्तिएर गोसाइ कुण्डमा गइ प्राण त्याग गर्नु पर्ने हो ?

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • madan bajracharya

    प्रकाशज्यु
    कांग्रेस देसको नेपालको राजनीतिको पाठ प्रदर्शक बन्न सक्ने पार्टी थियो/ देसको पहिलो प्रजातान्त्रिक दल भयर पनि कांग्रेसका नेताहरु आफै प्रजातान्त्रिक बन्न सकेन, नेपालको सार्वभौम सट्टा प्रति सचेत भयन/ नेपालमा बिकृति मौलायको यसै कारणले हो/

    कांग्रेस बात निरास भयरै मात्र जनता बामपन्थीहरु प्रति झुकाव बढ्दै गयको हो/ कांग्रेस सप्रियको भय, पंचायत आउने पनि थियनन/ मण्डले मधिसे र जातिवादीहरु जन्मिने पनि थियनन/ उदुश उपिया जस्तो दलहरु जन्मिने पनि थियनन/ देस यस्तो अपराधीतन्त्रको चपेटामा पर्ने पनि थियनन/

    प्रकासज्यु कांग्रेस भित्र मात्रै होईन देसको सबै दलहरु भित्र योग्य र रास्त्रबादी नेता कार्यकर्ताहरुको कमि छैन तर उनीहरुलाई “पि यल सिंह” लाई जस्तै दवायर राखेको छ/ तिनीहरु अहिले त् उठून भनि कामना गर्छु/म पि यल सिंहको काकाको घरमा ४ बर्ष बसेको छु, उहाको परिवार रास्ट्रबाद मैले राम्रै बुझेको छु/

    नेपालका नेताहरु भारतीय नेताहरुको नकल गर्छन/ कोहि आफुलाई नेपालको जवाहरलाल नेहरु नै भयको ठान्छ्त कोहि सुभाष चन्द्र बोस जस्तै क्रान्तिकारी भयको देखाउंछ/ तर जवाहर कोट र कुर्ता लगायरै मात्र कोहि जवाहारलाल बन्न सक्दैन, हतियार बोक्दैमा सुबाश चन्द्र बोस बन्दैन/

    नेपालको नेताहरु जवाहारलाल र सुबाश चन्द्र बोस जस्तै बनेको भय आजको नेपाल यति सानो हुने पनि थियन, र यसरि बिहारीलालहरुले हामीलाई पेल्न सक्ने पनि थियन/

    चन्द्र शमशेरकै पालामा नेपाली ईन्जिनियर गेहेन्द्र शमशेरले अंग्रेजले बनायको भन्दा उत्कृस्ट बन्दुक मेसिन गन तोप र जस्ता हतियार र जिप रेल आदि समेत बनाई सकेको थियो/ गेहेन्द्र शमशेरले बनायको “बिरगन” आज पनि म्युजियममा कसैले पनि हेर्न सक्छ/तर आज नेपालमा सियो पनि बन्दैन/ कसैले बनाउन खोजे बनाउन नसक्ने अबस्था सिर्जना गर्छ/

    म यो कुराको उदाहरण बाबुरामले चढेको मस्तांगकै दिन्छु/ भारतमा सुजुकी यामाह होन्डाको जडान उद्योगलाई प्रोत्साहन दियो/ तर नेपालमा मस्तांग गाडीको जडान उद्द्योग माथि भारतीय गादिकोमा लाग्ने भन्सार महसुल भन्दा दोब्बर अन्तशुल्क लगायर नेपाल भित्र नबिक्ने बनायो/ बाबुरामले यौटा मस्तांग चाद्ध्दैमा उद्योग त् फ़स्ताउन्दैन् मित्र/

    नेपालीको योग्यतालाई आज विदेशले मानेको छ तर आफ्नै देसकाले मान्दैन/ बिदेशमा बसेको नेपालीको योग्यतालाई नकार्ने मनमोहन जस्तै “विचारक” लाई म गेहेन्द्र शमशेरलाई देस निकाला गर्ने चन्द्र शमशेर जत्तिकै ठान्छु/

    मन परो वा परेन: Thumb up 3 Thumb down 0

    [Reply]

    Prakash Tiwari , NYC Reply:

    मेरो ठुलोबाको पनि एस्तो धारणा छ / काठमाडौँमा हुर्केका गैर बामपन्थीको सामुहिक धारणा “collective conscience ” एउटा हुदो रहेछ /

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree