लोभ र डरमा फसेको दलितको क्रान्तिकारिता

सरोजदिलु विश्वकर्मा

विभिन्न असन्तुष्टी, असमझ्दारी र बाधा–ब्यवधानका वीचमा दलित समुदायमाथि हुने शोषण उत्पीडनकाविरुद्ध ‘सवैका लागि लड्यौं पटकपटक, दलित मुक्तिका लागि लडौं एकपटक’ भन्ने नारासहित हाम्रा आदरणीय दलित नेताहरुको अगुवाई नागरिक संघसंस्थाको सहकार्यमा संयुक्त दलित दस्ता नेपालले ४७ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवश मनायो । विभिन्न राजनीतिक दलका जनवर्गीय संगठनहरु तथा नागरिक समाज र संस्थाहरु, जो दलित समुदायमाथिको उत्पीडन र छुवाछूतको समूल अन्त्य, आत्मसम्मान, स्वाभिमान र समानता चाहन्छौं तिनी सवैले आआफ्नो क्षेत्रबाट जे–जति गर्न सक्छौं, यो दिनलाई एकमना एकताका साथ संघर्षकारुपमा मनाउनु पर्दछ भन्ने हाम्रो पुर्व कार्यक्रमअनुसार यसपल्टको मार्च २१ सकिएको छ ।

सवैलाई थाहा भएकै कुरा हो– दलित मुक्तिका लागि सवै पक्षको सहकार्य र एकताबाट मात्र रुपान्तरण सम्भव छ । तदनुरुप, ४७ औं दिवश पनि सदियौदेखिको शोषण र उत्पीडनबाट मुक्ति चाहने राजनीतिकर्मीहरु, पेशागत समुह तथा ब्यवसायीहरु, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु तथा प्रवुद्ध वर्गहरु, कर्मचारी तथा पत्रकारहरु र दलितका पक्षमा प्रत्यक्ष तथा अप्रत्यक्षतवरबाट कार्यक्रम सञ्चालन गर्ने गैरदलित मित्रहरु, दलितका पक्षमा लेख्दै र बोल्दै आउनु भएका आम वुद्धिजीवि तथा राजनीतिक कार्यकर्ताहरु, युवा समुहहरु, सांस्कृतिक कर्मीहरु र विदेशी शुभचिन्तकहरुप्रति हामी सवै कृतघ्न हुनुपर्दछ ।

तथापि, कार्यक्रमको पुर्वतयारीदेखि सकिएपछिसम्म अझै हामीवीच असन्तुष्टी र असझदारीहरु बाकी नै रहेका छन् । विशेषगरी दलित दस्ताप्रति धेरैको विरोध र निषेध रह्यो । दलित दस्ता कल्लीकुमारीमाथिको अमानवीय हिंसापछि सानो विकल्पकोरुपमा ल्याइएको अवधारणा हो, जुन राजनीतिक संगठनहरु कै पृष्ठभूमि र नेतृत्वबाट उम्रन खोज्दैछ । अर्कोअर्थमा भन्ने हो भने इतिहासमा हाम्रा नेताहरुले एकिकृत आन्दोलनबाट जुन उभार ल्याए, त्यसकै उपज हो । र, हाम्रा यिनै नेताहरुले बसाएको इतिहास पढेपछि निचोढ निस्केको युवाहरुको निष्कर्ष नै दलित दस्ता हुनसक्छ । यद्यपि, यहाँसम्म आइपुग्दा यसलाई कुनै तवरबाट पनि साथ र सहयोग भएन । वरु युवा अवस्थामा सशस्त्र युद्ध नै छेडेका हाम्रा नेताहरुले यसलाई निमोठ्न चाहे । कतिले यसलाई अराजकता, अवाञ्छित र अनियन्त्रितहरुको सानो भीड भन्नेसमेत आरोप लगाए । त्यसो हो भने ‘नेताज्यूहरुले इतिहासमा गल्ती गर्नुभयो, त्यो दोषी आमा र वेठेगान बावुको सन्तान हो त दलित दस्ता’ भन्ने प्रश्न निस्कन्छ । त्यसैगरी जुनसुकै विचार र आस्था भएका नेताहरु एकैठाउँमा रहेर दलितको मुक्तिको चिन्ता गरिरहँदा हामी विभिन्न विचार समुहमा रहेका युवाहरुले एउटा शक्ति निर्माण गर्र्न खोज्दा त दलहरु खुशी हुनुपर्ने होईन र ? तर नेताहरुले युवा शक्ति उदाउँदा भाग खोसिने सम्भावना देखे ।

अर्को अराजकताको प्रश्न ! हामी दस्ताका साथीहरु आआफ्ना राजनीतिक संगठनबाट नै आएका छौं र केही स्वतन्त्र विचारलाई पनि समेटेर लाने प्रयत्नमा छौं । प्रायः सवै मास्टर डिग्री गरिसक्नु भएको छ । अनि उच्च शिक्षा अध्ययन गरेर एकएक वटा पृष्ठभूमि निर्माण गर्नेहरु, लेखनदासको तहसम्म शिक्षा हासिल गरेका नेताहरुको नजरमा अराजक ठहरिनु हासो उठ्ने कुरा वाहेक के हुनसक्छ ? फेरि सवै आस्थाका तिनै नेताहरु एकैठाउंमा बसेर दलित आन्दोलनको अगुवाई गर्दै हुनुहुन्छ तर हामी युवालाई भने त्यो उदण्ड माओवादी, त्यो सामन्ती कांग्रेस र यो तोरीलाउरे एमाले त्यो डलरे एन्जीओ भनेर विभाजित पार्दै हुनुहुन्छ । त्यसो हुनुभनेको ‘फुटाऊ र शासन गर’ को एउटा प्रत्यक्ष रुप हो कि !

हामीलाई नागरिक समाजका संस्थाहरुबाट समेत उक्साहट मात्र भयो तर सहयोग नभएकै हो । धेरैले भने– ‘हो, अव त एकिकृत र एकढिक्का आन्दोलनको खाँचो छ, यी बुढाहरुले गर्दैनन्, तपाईहरुले केही गर्नु पर्यो ।’ अन्नतः उनीहरु बुढाहरुकै जय भन्दै गए । सामुन्ने पर्दा ‘ठिक छ, तपाईहरु पो हो त’ भन्ने तर कोठाभित्र पसेर ‘काम नलाग्ने जमात’ भन्ने यथास्थितीवादी दोधारे संस्कारले दलित आन्दोलनलाई किनारा लगाउँदै गएको छ । त्यस्तो संस्कारले दलित आन्दोलनलाई मात्र होईन, स्वयं राजनीतिककर्मी र संगठनलाई पनि वेककुफ तुल्याईरहेको छ । अतएवः मित्रहरु ! कसैको वदमासीको साक्षी बस्न सक्दैनन् आजका युवा । र, सत्य–तथ्य बोल्नु वेश, हामीले गल्ति गर्दैछौं भने तपाईहरुबाटै सच्चिने मौका पनि पाउनुपर्छ ।

मार्च २१ को सन्दर्भमा हामी केही सफल भयौं, केही असफल । असफल यसमानेमा भयौं– अन्ततः हामीसंग आर्थिक श्रोत जुट्न सकेन । अराजकताको आरोप लागीरहँदा कसैसंग जवर्जस्त पनि गरेनौ । अतः पैसा नभएका कारण स्ट्याण्डबाइ रहेका काठमाडौं वरपरका युवाहरुका लागि बस पठाउन सकेनौं । ती युवाहरुसंग पनि हामी क्षमा माग्दछौं । अर्कोतर्फ दस्ता निर्माणमा महिनौसंग खटिइएका, वैठकमा बसेर माइन्युटमा सही गरेका साथीहरु रातारात बदलिए र जुलुसमा दलित दस्ताको ब्याच लगाउनै थुरथुर भए । वैठकमा आउँदा क्रान्तिकारी कुरा गर्ने, नीति र आचारसंहिता निर्माणको कार्यदलमा बसेर दस्तावेज तयार पार्ने, दलितको लागि ज्यान आहुति दिन तयार भएको भनि धमास चुट्ने तर कार्यक्रममा पुग्दा पुलिस पो आउँछ कि भनी कट्टुमा पिसाव फेर्दै राजनीतिक संगठनका ब्यानरमुनी लुक्ने साथीहरुबाट धोका खाइयो । सफल यस मानेमा भयौं– थोरै संख्याको मासले हस्तक्षेपकारी भूमिका निर्वाह गर्यौं र राजनीतिक संगठनहरुवीचमा दस्तालाई वहसको केन्द्रविन्दूमा राख्न सफल भइयो । अर्कोतर्फ हाम्रो नक्कल गर्न संगठनहरु वाध्य भए । हामी जसरी उत्रियौं, मुक्ति समाजलागयतका युवा साथीहरु सायद मार्च २१ को इतिहासमा पहिलोपल्ट सोही शैलीमा प्रदर्शनमा उत्रिए । हामीले दस्ता लेखिएको कफन बाँधीरहँदा उनीहरु ‘मुक्ति समाज’ लेखिएको फेटा र लवेदामा थिए । जे लेखिए पनि जसले नेतृत्व गरे पनि आखिर युवाको दस्ता त उत्रियो नि । यसमानेमा मुक्ति समाज र अन्य संगठनहरु हाम्रो विचारमा सहमत नै रैछन् नि, होइन र ? फरक यति हो, उनीहरु क्रान्तिको अग्रमोर्चा आउन हिम्मत राख्दैनन, दलित दस्ता लेख्न डराउँछन् ।

मित्रहरु ! दलित आन्दोलनलाई कसैले पेवा र वपौती बनाउनु हुँदैन । यसर्थ सवैका लागि सवैले भूमिका निर्वाह गर्नुपर्छ । यहाँ सवैको भूमिकालाई उत्तिकै महत्वका साथ स्वीकारियो भने मात्र एकमना एकताको आन्दोलन अगाडि बढ्छ । त्यसका लागि हामीले जहाँबाट जेजति सक्छौं, त्यति नै सहयोग गर्दै जाने हो । तर चिचीको माया, पापाको पनि लोभ गरेर हुँदैन । अर्थात, साच्चै पीडित दलितलाई न्याय दिने र तिनको स्वाभिमान स्थापना गराउने हो भने पीडक र त्यसलाई संरक्षण गर्नेहरुको डर मान्ने वा पीडक त रिसाएर मेरो दानापानी रोकिदिन्छ की भन्ने लोभबाट हामी मुक्त, हुनुपर्छ ।

अतः आदरणीय नेताज्यूहरु ! आन्दोलन हिजोभन्दा आज कमजोर भएको तथ्यलाई तपाईहरुले स्वीकार्नै भएको छ । सामाजिक अभियानकर्मीहरु ! आन्दोलन किन र कसरी सुस्तायो भन्ने कुरा तपाई–हामीले भोगेकै, देखेकै छौं । त्यसलाई समिक्षा गर्ने हो भने अव सशक्त र परिणाममुखि आन्दोलन हामीले नयाँ पुस्तालाई हस्तातरण गरेर जानुपर्दछ । त्यसो हो भने युवालाई नेताका झण्डा र डण्डा बोक्ने मात्र होईन, कोठा भित्र ताली ठोकिदिने पात्र बनाउने होईन, कुशल नेतृत्व गर्ने र समग्र दलित समुदायलाई एउटै छातामुनि बसेर संगठित हुने बाताबरण निर्माण गरिदिनु पर्छ । चाहे एमाले, चाहे माओवादी या कांग्रेस वा फोरम र सद्भावना या राप्रपा नेपाल हामी एकैस्थानमा दलितको मुद्दामा उभिने मञ्च निर्माण हुनुपर्छ । जवकि पार्टी र विचार फरक भएपनि दलित दलित नै हुन्, पीडा र पीडक उस्तै होलान् ।


  • दलीत लाइ दलीत बनाउने र माथी उठ्न नदिने तपाइँ जस्तै डीग्री गरेका महा मुर्ख हरुले हो | तपाइँले डीग्री त गर्नु भो बीस्वकर्मा जी तर कोरा किताबी डीग्री | एन जी ओ आइ एन जी ओ बाट आउने तर चाट्न पल्केका तपाइँ हरु जस्ता स्वार्थी हरुको नेत्रित्व हुन्जेल दलीत दलीत नै हुन्छन उनीहरुलाई आम नेपाली हुन नदिने भनेकै तपाइँ हरु जस्ता स्वार्थीले हो | दलीत हरुको सोजो पनको फाइदा उठाई तपाइँ हरु जस्ताले उनीहरुलाई सीडी बनाउनु भो अनि लाखौ कमाउनु भो | एकातिर दलितको नाममा जता बाट जे मिल्छ सबै ह्वाम्म पार्ने अनि अर्कातिर हामी दलीत माथी उठ्नु पर्यो भन्ने ? नेपालका दलीत हरुलाई म त भीकारी भन्छु | हात खुट्टा सद्दे हुदा हुदै लाज पचाएर जता पनि हात फैलाउने भीकारी हरु | गरीखान नसक्ने हुती हारा प्रीथीबीका भार हरु | के नेपालमा अरु जातका मान्छे गरीब छैनन् ? उनीहरुका समस्या छैनन् ? नेपालका दलीतलाई सरकारले अनावस्यक सुबीधा ज्यादा दियो अनि यी परजीवी भए | अर्काको भरमा बाच्न खोज्ने | पैला म नेपाली हु दलीत हैन भन्ने मानसीकताको बिकास गर्नुस सरोज जी अनि तपाईका दलीत मीत्र हरुलाई पनि भीकारी मानसीकता बाट माथी उठ्ने सुझाब दीनोस | हात खुट्टा सद्दे भएको मान्छेले गरी खाएको सुहाउछ मागी खाएको सुहाउन्न |

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    KM Bajhang Reply:

    चन्द्र Je , I totaly agreed with you.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • तिरूवा सर

    गजब छ सर । यस्तै हुनपराे भावना । दलितले दलित हुनुहुन्न ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • तिरूवा सर

    गजब छ सर । यस्तै हुनपराे भावना । दलितले दलित हुनुहुन्न ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing