तिन दशकदेखि राई र लिम्बूका पछि पछि

राईहरुले कति जान्दछन् राई र लिम्बू भाषा र संस्क्रितिबारे त्यो भन्दा कयौं गुणा जान्दछन् उनी । तर उनी न त राई हुन्, न लिम्बू नै ।  न नेपालमा जन्मे हुर्के नत नेपालीनै हुन् । तर उनलाई राई भाषा खरर आउँछ । लिम्बू भाषामा पारखी छन् । प्राध्यापक डा मार्टीन गेन्जले । उनको जन्म थलो जर्मनी । कर्मथलो कुन ? भन्न मुस्किल छ । किनभने उनी अष्ट्रियाको भियनास्थित भियना विश्व विध्यालयमा प्राध्यापन तथा अनुसन्धान गर्छन् । तर उनको अनुसन्धानको जरो भनेको नेपालका पूर्वीय क्षेत्रमा खाँदिएका लिम्बू र राइ हुन् । त्यसैले नेपालको पूर्वी क्षेत्र हानिइरहन्छन् उनी । तिनै राई र लिम्बूका पछि पछि लाग्दै । तिनैको धर्म, संस्क्रिति, संस्कार र भाषाको खोजिनितिमा ।

गत साल अष्ट्रियाको भियनामा भेटिए उनी । भियना विश्व विध्यालयको आफ्नै कार्यकक्षमा । ब्यस्तताका बिच भेट्न राजि गरे । सहयोग गरेकि थिईन् त्यहि विश्व विध्यालयमा नेपाली भाषा अध्यापन गराउने पत्रकार अलका चुडालले । उनैको सहयोगमा राई भाषा र संस्क्रितिका यी किरा मार्टीनसितको भेट संभव भएको थियो । मलाई लिम्बू भाषा कति थरी हुन्छन् कुनै जानकारी थिएन । न त राई भाषा कति र कस्तो हुन्छ भन्नेनै ज्ञान थियो ।

राई र लिम्बूको मिथक साह्रै घतलाग्दो हुन्छ । यी जनजाति प्रक्रितिका पूजारी हुन् भन्ने सम्म जानकारी हो । प्रक्रितिका गहिरा पूजारी भएकाले अलि बढिचाख लाग्थ्यो मलाई राई , लिम्बु , गुरुङ भनेपछि । सायद प्रक्रितिप्रेमी भएर होला । त्योभन्दा बढि जनजातिको निकटताको बढिनै महसुस हुने । एक जना बिदेशीले राई लिम्बू भाषाको अनुसन्धान गर्छन् भन्ने सुन्दा आँखाका परेला तनक्क तन्किनेनै भए ।

शुरुतिरै हुनुपर्छ गफगाफको । सोधें ‘कस्तो हुन्छ ? कतिले बोल्छन् राइ लिम्बू भाषा ? कति छन् लिम्बू र राइहरु ?” मेरो प्रश्न कस्तो कस्तो लाग्नु स्वभाबिकै हो उनलाई । केहि नजानि प्रश्न तेसार्दापनि पटक्कै मिल्दैन । उनले अर्थ्याए ‘लिम्बू र राइनै ३० थरी भन्दा बढि छन् । सबै त बोलेरै सकिन्न, सिक्नै सकिन्न ।’ ३० थरी ? तिनका कतिपय कुरा सिक्न, जान बुझ्न र भिन्नता छुट्ट्याउनै नसकिने रहेछ । मार्टीका कुरा सुनेर त जिब्रो निकै तन्केर बाहिरै सम्म निस्कियो ।

पहिलो पटक उनी १९७९ मा पुगेका रहेछन् नेपाल । हिमाली पर्यटक बनेर । क्याम्पस पढ्दा उनका एक जना शिक्षक रहेछन् जसले नेपालको मुलुकी ऐनका बारेमा शोधपत्र गरेका । जातिय ढाँचा, नेपालको ईतिहाँस लगायतका विषयमा सुनाउने उनैका ज्ञानका कुरा सुनेर उनका बिध्थार्थीहरु चाख दिन्थे । त्यसै मध्येका थिए मार्टीनपनि । उनले प्राप्त किताबहरु हेरे । तर नेपालका बारेमा उतिसाह्रो किताब थिएनन् । सन् १९७० सम्मपनि मानव शास्त्रका विविध पाटाहरुका बारेमा नेपालमा त्यति खोजबिन भएको थिएन । उनलाई नेपालको हेलम्बु क्षेत्र पर्यटकका रुपमा घुम्दै चाख बसिसकेको थियो । झन नेपालको ईतिहाँस, भूगोल, संस्क्रिति र जातिय विविधताबारे केहि जानेपछि अझ रस गढ्यो । त्यहि कारणले उनले नेपालमा अनुसन्धान गर्न चाहे ।

सन् १९८२ मा कालिगण्डकी क्षेत्रमा अलि लामो समयकालागि गए । उनलाई थाह भयो, थकाली लगायतका त्यो क्षेत्रका धेरै विषयमा अध्ययन गरिसकेका रहेछन् । अब उनलाई त्यता चाख लागेन । काठमाडौं फर्केर यस्सो एउटा पुस्तक पसलका छिरेका बेला चार्ल म्याकडुगलले लेखेको कुलुङ राई संवन्धि पुस्तकमा गएर उनका आँखा टक्क अडिए । कुलुङ, चाम्लिङ लगायतका थुप्रै राई पो हुने रहेछन् भन्ने उनले हेक्का पाए । ओहो लौ यो विषयतिर उति अनुसन्धान भएको रैनछ भन्ने बुझेपछि उनलाई पूर्वी क्षेत्रका राइमा अनुसन्धान गर्न मन लाग्यो । त्यो बेला अहिले झैं हिले, बिजयपुर लगायत वरिपरि बाटो थिएन । उनले पैदलमै नेपालका ति डाँडा काँडा छिचोले । तुम्लिङटर, हिले बसन्तपुर सबै पैदलमै गए । उनले किराँत क्षेत्र भनेर चिनिने यो अरुण उपत्यकाका धेरै गामठाम डुले । अरुण उपत्यकाको माथिल्लो भागमा रहेको एउटा सानो गाउँ रोजें । जर्मनी आएर पैसोको जोहाड गरेर पिएचडीकालागि अनुसन्धान गर्न फेरी नेपाल गए उनी । संखुवासभाको सानो गाउँ बालामा बसेर उनले राईको अनुसन्धानमा केन्द्रित गरे । परम्परागत शैलीनै अपनाए अनुसन्धानको ।

त्यहाँ उनले राईको झाँक्री, धामी लगायतका अनेक परम्परागत संस्क्रिति देखे । गाउँमा प्रत्यक्ष बसेर भोगे । सहभागि बने । पिएचडीकालागि गरेको अनुसन्धान सानो जस्तो लाग्यो । उनले त्यसलाई निरन्तरता दिए र राई संवन्धि दुई पुस्तक लेखे । जर्मन भाषामा लेखिएका ति पुस्तक पछि अंग्रेजी भाषामा अनुवाद भए । भियना विश्वविध्यालयमा अहिले दक्षिण एशियाको आधुनिक विषयमा अध्ययन हुन्छ । उनी त्यहिँका प्राध्यापक हुन् । अनुसन्धानदातापनि । नेपालको विषयमा विशेष अध्यापन हुन्छ । यसमा उनलाई करिब तिन वर्ष अघि (मैले करिब दुई वर्ष अघि अन्तर्वार्ता लिँदा) प्रस्ताव गरिएपछि उनी भियना आए । उनले नेपालमा नोबेल किशोर राईसितसमेत काम गरे । राईहरुमा गरेको अध्ययन र अनुसन्धान गरेको काम नोबेल किशोर राईलाई देखाए ।

किराँतीहरुको मुख्य जाति राई र लिम्बू हुन् । ‘राईकै करिब २० थरीका समूह समूदाय छन् । राइ त राइनै हुन् तर नेवाङ र कुलुङले एक अर्काबिच बोल्नुपर्‍यो भने नेपालीलाई माध्यम बनाउनुपर्छ । कि त एउटा समूहले अर्काको भाषा सिक्नुपर्‍यो । पूर्व र पश्चिमका तामाङकोपनि अलि अलि फरक हुन्छ । तिनको भाषा एकै भएपनि भाषिका (डाईलेक्ट) भिन्न हुन्छ । तैपनि तिनले एक अर्काबिच संवाद गर्न सक्छन् । तर नेम्वाङ र कुलुङ राईबिच यस्तो हुन्न । पुरै भाषानै अलग हुन्छ ।’ मार्टीनले अर्थ्याए । यस्ता राइहरु भारतको अरुणाचल प्रदेशमापनि छन् । उनैका एक जना साथी त्यहाँका राईमा अनुसन्धान गर्छन् । अहिले अरुणाञ्चल प्रदेश र नेपालको पूर्वी क्षेत्रमा रहेका यी राईबिच के कस्ता समानता छन् भनेर मार्टीन र उनका साथी एउटा पुस्तक प्रकाशनको तयारीमा छन् ।

करिब ३३ वर्ष देखि राई र लिम्बूमाथिको अनुसन्धानले अहिले पनि निरन्तरता पाइनैरहेको छ । उनी यसैमा दत्तचित्त छन् । अझ भित्र भित्रै गहिरिइरहेका छन् । उनको यो साँढे दुई विश हाराहारीको जिवनमापनि उनलाई यिनै राई लिम्बूका संस्कार, संस्क्रिति र अनेक पाटोले लोभ्याइरहेको छ । तानीरहेको छ ।

(मैले यी अन्तर्वार्ताहरु आगामी पुस्तकका लागि लिएकाले यतिमै सिमित राख्न चाहन्छु)


  • खोज मुलक लेख आइ लाइक ईट |

    मन परो वा परेन: Thumb up 11 Thumb down 0

    [Reply]

  • Netra P. Paudyal

    मार्टिन सरको बारेमा यहाँ पढने अवसर पाउदा खुसि लाग्यो। तर केहि तथ्यकुराहरूलाई टाईप गर्दा मिस्टेक भएको हो कि?

    मन परो वा परेन: Thumb up 3 Thumb down 1

    [Reply]

  • Pustak, Oxford

    डियर ददिजी नमस्ते,
    अनुमति दिनुभएको खण्डमा, सानो टाइपिंग त्रुटी भएजस्तो लाग्यो, सच्याउने सल्लाह दिनखोज्दै मात्रहो अन्यथा नलिनुहोला/ उनीले त मेवाहाङ (Mewahang)राइहरुको अनुशन्धान गरेकाहुन्, लेखमा कहीं नेवाङ अनि नेम्बाङ हुन गए जस्तो लाग्यो/ एनिवे, भेरी गुड जब, इन्टरेस्टिङ,किप कन्टिन्यु एण्ड अल द बेस्ट फर योर फोर्थकमिंग बुक/ जाँदा-जाँदै, हामी जन्मदै मर्न सुरु गरेका नेपाली मानवशास्त्री हरुलाई पनि अलिकति स्पेस दिएर अमर नबनाइ दिनुभए हाम्रा भुतपूर्व, सम्माननिय प्रधानमन्त्रि स्वर्गीय गिरिजा प्रसाद ज्यु कै भाषामा भन्नु पर्दा ‘नयाँ नेपालमा सबैलाइ स्पेस दिएर संगै लगिएन भने बिद्रोहको संभावना रहिनै रहनेछ भन्ने शंका मुलुकले पालेर नबसिरहला भन्न सकिन्न है’ हे हे हे हे हे.. जस्ट किडिंग.

    मन परो वा परेन: Thumb up 3 Thumb down 1

    [Reply]

  • Gyanrajrai

    I can not write nagarik even not good enough at e mailing.But i am so glad that a human is doing his best.AS a campaingner of GURKHAS Problems i will not be able contribute much but i believe could give more vital information coz i wanted some one to do like him doing.please, do contact me in uk at 07772302480.Hope you will contact to make me happy to contribute some bits. Specially thanks goes to journalist bahini for her hard work .Gyanraj.

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • Tanka Rai

    Thank you and great time to read about historian person for Rai/Limbu’s history. Is that possible to buy that book in the UK if not how can be buy that book and what is the name of book.
    Tanka

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree