खनालले जित्ने पक्का, विजय घोषणा केहिबेरमै
अन्तत: काजु कान्छा अर्थात केपी ओली हार्ने निश्चित जस्तै भएको छ । खनाल बिजयी भएको घोषणा हुनै लागेको छ । कार्यकर्ताहरु खनाललाई रातो अविर लगाइदिन हस्याङफस्याङ गर्न लागेको खबर महाधिवेशनस्थलबाट मैले पाएको छु । अहिले बेलुका ६ बजेको नतिजा अनुसार खनालको ८३४ र ओलीको ७३० छ । महासचिवमा पनि खनाल पक्षकै ईश्वर पोखरेलले जित्ने पक्का जस्तै छ । उनको ८६० छ भने प्रतिद्वन्दि प्रदीप नेपालको ६६४ छ ।
उता उपाध्यक्षमा अशोक राईलाई अबीर लगाइदिए हुने भैसकेको छ । उनको मत १०९५ छ जबकि उनका प्रतिद्वन्दि देखिएका वामदेव गौतमको ८१३ मात्रै छ । सचिवमा विष्णु पौडेल पक्का छन । उनको ११५३ मत पुगिसकेको छ भने उनको प्रतिद्वन्दि शंकर पोखरेलको ९९८६ ९८६ छ ।


CONGRATULATION !
COMRED JHALANATH KHANAL
मन परो वा परेन:
0
0
[Reply]
JN lai congrats yaar. kaju kanchha should not be given any major post now in UML. he is a loser..
मन परो वा परेन:
0
0
[Reply]
यो एस्तै हो र ?
सचिवमा विष्णु पौडेल पक्का छन । उनको ११५३ मत पुगिसकेको छ भने उनको प्रतिद्वन्दि शंकर पोखरेलको ९९८६ छ ।
मन परो वा परेन:
0
0
[Reply]
लु काजूकान्छा, बोरा बोक अनी आलु किन्न जाउ ढोरपाटनतिर। उता सस्तो भाउमा आलु पाईन्छ किन अनी काठमान्डौमा बेच र जिबिका चलाऊ। तिम्रो गर्जन गधाको हिह्या भन्दा पनि गएगुज्रेको भयो। १५० मतले जित्छु भन्दैथियौ आफ्नै चक्रब्युहमा परेर झन्डै तेही सन्ख्याले आलु खायौ। बल्ल खायौ त के भनु तर तिमीले गरेको हुन्कार कार्यकर्ताले स्यालको हुइया बनाइदिए। बिबेकको मत कसरी प्रयोग गर्दा रहेछन थाहा पायौ अहिले होइन र? कांग्रेसको लगौती सफा गर्छु अनी डेन्ट पेन्ट गरेर गिरिजालाई मोडेल बनाउछु भन्दा आफ्नै कार्यकर्ताले कसरी लोप्पा खुवाउने रहेछन थाहा पायौ कि नाइ? शुभकामना झलनाथ कमरेद, माओवादीको टाङ मुनी नछिरी जनताले चाहेको शान्ती र संबिधान बनाउन खुट्टा नकमाइ जनताको पक्षमा वकालत गर। जनतालाई भुसुना नसम्झ अन्यथा समय आउँदा फेरी जनताले निर्णय गर्नेछन कस्लाई कुन खादलमा पुर्नु पर्छ र कुनलाई दम्पिङ साइटमा मिल्काउनु पर्छ भन्ने कुरा। माओवादीको बन्दुके धङ्धङ्टी बिपक्षमा कडा असहमती जनाउ, कार्यकर्ताले एक पटक मत दिन ३० मिनेट सोचेका छन यस्को सदुपयोग गर अन्तमा कार्यकाल सफल रहोस् हार्दिक शुभकामना।
मन परो वा परेन:
0
0
[Reply]
अध्यक्ष झलनाथ, महासचिवमा ईश्वर विजयी
बुटवल , फागुन १३
अध्यक्ष प्राप्त मत महासचिव प्राप्त मत
झलनाथ खनाल विजयी ईश्वर पोखरेल विजयी
केपी ओली ८१४
प्रदीप नेपाल ७५१
oli and nepal go to hell
मन परो वा परेन:
0
0
[Reply]
Congratulation Comred Jhalanath Khanal Ji. We hope you will do so maney things for make peaceful nepal. Because you have that policy and personality to make good relationsheep with Major party Maoist so in this case i hope we won’t face any homewar future. Keep it up. wishing for your successfully management in Nepal goverment.
Regards
som
मन परो वा परेन:
0
0
[Reply]
कमल जी तपाईंले उथान गर्नु भएको “सचिवमा विष्णु पौडेल पक्का छन । उनको ११५३ मत पुगिसकेको छ भने उनको प्रतिद्वन्दि शंकर पोखरेलको ९९८६ छ ।” यो चाँही ददी जी को हतारको काममा बाहुन बाजेले कन्दनी बाध्न भुलेको जस्तै हो यस्मा पहिलो अंक ९ बढी टाईप गर्नु भएको छ। ९८६ हुनुपर्नेमा ९९८६ भएको छ कुन्नी उहालाई के लाग्छ पाठकलाई घीचे घीच नत्र भोकै बाबाजी बन भनेको हो कि?
मन परो वा परेन:
0
0
[Reply]
ओली हारे पनि तिनको पार्टीमा पकड राम्रै रहेछ भन्ने बुझिन्छ। झलनाथले त्यो कुरा जरुर बुझ्नुपर्छ र सबैको भावना समेट्ने कोशीस गर्नु पर्छ। प्रदीप नेपाल हारेको चांही मज्जा आयो। दश बर्ष अघि श्रीमतीले चलाएको स्कूलको (बिध्यार्थी संख्या मुश्कीलले ३०० नाघेको हुंदो हो)आम्दानीले घर बनाको बन्ने, पार्टीमा भनेको पद नपाउंदा साधारण सदस्य समेतबाट राजीनामा दिएर घुर्की लगाउने, मन्त्री हुन पाउंदा सबै ठीक र मन्त्रीबाट हट्ने बित्तिकै सरकारको सत्तोसराप गर्ने, संगठन कार्यकर्ताबाट दूर, खाली लेख र अन्तर्वाताबाट आगो ओकल्ने, सहमतीको स पनि उच्चारण गर्न नजान्ने, बिरोधै मात्र गर्ने, आफू भन्दा कनिष्ठ भिड्न आए छोडीदिने, बरिष्ठलाई चांही नछोड्ने भनेर फुँई लगाउने, मन्त्री पदबाट राजीनामा दिईसके पछि पनि मन्त्रीको हैसियतमा ओलम्पीक जस्तो खासै महत्व नभएको कुरामा राष्ट्रीय ढुकूटी खर्च गरेर सपत्नी चीन भ्रमण गर्ने, पार्टीले स्पष्टीकरण सोध्दा वास्ता नगर्ने यस्तालाई कार्यकर्ताहरुले गजबको सबक सिकाइ दिए। नेत्रित्व अब कार्यकर्ताबाट चयन् हुने हुंदा यस्ता स्वनामधारी नेताहरुको दिन गए जस्तो छ।
मन परो वा परेन:
0
0
[Reply]