नेपाली मिले गाह्रो छैन प्रगती गर्न

-रवीन शर्मा ओली  (नेपाली ब्यवसायी)

 पेरिस, फ्रान्स 

rabin-sharma-oli-evry.jpgम पेरिसबाट ४०, ४५ किलोमिटर टाढा बस्छु । इभ्री भन्ने ठाउँमा मेरो एउटा रेस्टुरेन्ट छ समा दिमालय (हिमाली मार्ग) भन्ने । । त्यसले ठ्याक्कै भन्ने हो भने साँच्चिनै नेपालको प्रतिनिधीत्व गरेको छ । नेपाली झण्डा, बुद्दको मूर्ती। बिभिन्न नेपाली संस्क्रिति भएका मानिसहरुको फोटो राखेर । नेपालकै रुपमा मैले त्यसलाई अघि बढाएको छु । मैले देखेको के छ भने नेपाललाई अघि बढाउने हो भने, नेपालीहरु अघि बढ्ने हो भने यो देशका मान्छेहरुले नेपालीलाई धेरै माया गर्छन । र उनीहरुलाई नेपाली भनेपछि तडक भडक देखाएको मन पर्दैन । उनीहरुलाई राम्ररी थाह छ कि हामी गरिब देशबाट आएका हौं । काठमाडौंको न्युरोड देखाउनु भन्दा मनाङ र मुस्ताङको झुप्रो वा तराईको दुख देखायौं भने बढि स्विकार गर्छन ।

उनीहरुको लागि हामीले नेपालमा बारबेस (धेरै बिदेशी बस्ने, खुला बजार लाग्ने, अलि मैला धैला र गरिब मानिस बस्छन भनेर चिनिएको ठाउँ हो जुन पेरिसमै पर्छ) उनीहरुलाई छि भने जस्तो हुन्छ । उनीहरुले ला देफँस (यो पेरिसको सफा सुग्घर, सुन्दर र अग्ला घर, हुने खाने मानिस बस्ने ठाउँका रुपमा चिनिन्छ ) को फोटो खोज्छन । त्यसको ठ्याक्कै बिपरित छ नेपाल भनेको फ्रान्सको लागि ।

यहाँ चाहिँ रेस्टुरेन्ट ब्यवसायी भनेको यहाँका मानिससँग सिधै सम्पर्क हुने ठाउँ रहेछ । त्यसैले मैले के पाएँ भने नेपाली भनेको एकदमै सिधासाधा र सधैं अर्काको भलो चाहने मान्छेका रुपमा हेर्छन । अझ उनीहरुले हामीलाई एकदम शान्तिप्रिय हुन्छन् भन्ने ठान्छन । त्यो कुरालाई हामी सबै साथीभाईहरुले बिर्सनुहुन्न जस्तो मलाई लाग्छ । त्यो हामीले मनन गर्नुपर्ने कुरा हो ।

बिनोद ओझाले समन्वय गरेर अघि बढ्नु पर्ने जुन कुरा राख्नु भो एकदमै खुशि लाग्दो हो । मैले बाल्यकालमा पढेको थिएँ- एकले थुकि सुकी, सयले थुकी नदी । हामी नेपालीहरु संयुक्तरुपमा अघि बढ्यौं भने यहाँ धेरै गर्न सक्छौं । तर त्यो कुरालाई बिर्सेर हामीहरु “साझे बाझे हो” भन्नेतिर लागेका छौं । किनभने हामीमा समन्वय छैन । यदि हामीले समन्वय गरेनौं र मिलेर गएनौं भने कहिल्यैपनि अघि बढ्न सक्दैनौं । एक मुष्ट भएर अघि बढ्न १० चिजको आवश्यकता हुन्छ । जस्तो उदाहरणकालागि म सँग पारिश्रमिक सिप छ भने अर्को सँग बौद्दिक होला । अर्कोसँग अर्कै सिप होला । त्यसैले ब्यवसायलाई अघि बढाउन हरेक मानिससँग फरक फरक खालको क्षमता चाहिन्छ । त्यो सबै मिलेर गरियो भने पुरा हुन्छ ।

अर्को जुन मैले पुरस्कार पाएको छु, त्यो मेरो एक्लो प्रयासले होइन । एक्लो फलपनि होइन । सबै साथीहरु मिलेर काम गर्नाले पाएको हो । सबैको साझा हो । एसोन भन्ने डिपार्टमेन्ट (नेपालीमा बुझ्नु पर्दा अञ्चल भन्न सकिने) ले खानपानको गुणस्तर ब्रिद्दि गर्न एउटा पुरस्कार राख्छ । त्यहाँ प्रतियोगिताको ब्यवस्था हुन्छ । त्यसमा रेस्टुरेन्ट मात्रै नभएर फलफूल दोकान, माछा दोकान, मासु दोकान, रोटी दोकान र रेस्टुरेन्ट हुन्छ । त्यो रेस्टुरेन्टमापनि तिन श्रेणी छ ।

गास्थोनोमी फँसे (फ्रान्सेली कुनैपनि खाना), फँसे थ्रादिसियोनेल (फ्रान्सेली परंपरागत खाना) र बिदेशी खाना । त्यो तेस्रो श्रेणीको खाना अन्तर्गत जापानी, थाई, कोरियन, भारतिय, पाकिस्तानी, चिनियाँ, इटालियाली आदि बिभिन्न देशको खाना मध्ये मैले नेपाली रेस्टुरेन्टबाट भाग लिएको थिएँ । पुरस्कार छनौटको तिन चरणमध्ये दुई चरणमा उनिहरु ग्राहकको रुपमा आएछन निगरानी गर्न। त्यो कुरा मैले पुरस्कार पाएको दिन चाल पाएँ । यहाँको प्रसिद्द टिभी फ्रँस-२ मा फ्रान्सेली परिकार संबन्धि प्रवचन दिने एकजना विशेषज्ञपनि आएका रहेछन निगरानी गर्न । उनले मलाई त्यो पुरस्कार दिने दिनमा ओहो, तपाईको रेस्टुरेन्टमा त कति मिठो दाल पाइने रहेछभने । मैले उनलाई कसरि थाह पाउनु भो ? तपाई आउनुभाको थियो र मेरो रेस्टुरेन्टमा खाना खान ?’ भनेर सोध्दा उनले मलाई नत्र कसरि तपाईले पुरस्कार पाउनु भो त ?’ भने । अनि बल्ल पो मैले थाह पाएको त । उनी त त्यसरि छद्मरुपमा आएका रहेछन । तेस्रो पटकमा भने उनीहरु थाह दिएरै आउँछन ।

उनीहरुको, पहिलो हेराई भनेको भान्छामा हुने रहेछ । किनभने फ्रान्समा हाईजिन (सफा र स्वस्थकर) छ कि छैन भन्ने महत्वपूर्ण मानिन्छ । त्यसमा कमी रहेछ भने रेस्टुरेन्टलाई जरिवाना गर्ने कि बन्द नै गराउने हो भन्ने डर हुन्छ । भेटेनरी नियन्त्रण गर्न आएको जस्तो सिधै भान्छामा पस्ने रहेछन । कुन कुन चिज कहाँ कस्तो ठाउँमा बनेको हो त्यो हेरे । अनि ६ महिनापछि मलाई चिठी पठाए । त्यसमा हामीले फलानो दिन, यति बजे, यस्तो ठाउँमा यो पुरस्कारको घोषणा गर्दै छौं । यदि तपाईले जित्नु भएको थियो र त्यो दिन अनुपस्थित हुनु भयो भने दोस्रो बिजेतालाई दिइने छभनेर लेखेको थियो । तैपनि यत्रो ठुलो प्रतिस्पर्धामा के होला र ! भनि भनि गएँ म एक्लै ।

जाँदापनि कहानी नै भयो । लगभग आधा घण्टाको बाटोमा थियो । बाटो थाह छैन भनेर जिपिएस लगाएर गएको । गाउँ गाउँ घुमाउँदै लग्यो । के हो, यस्तो भनेर हेरेको त साइकलको नक्सा पछ्याएछु । छिटो पुगौला भनेको त झन आधितिर पो पुगें । डरपनि लाग्यो । के के न आफैंले पुरस्कार जित्ने जस्तो सोधें नजिकैको मानिसलाई-यो बिदेशी खाना संबन्धि पुरस्कारको कार्यक्रम सकिएयो कि सकिएको छैन भनेर ।

मैले हेर्दा हेर्दै पाँच जना छानिएकालाई बोलाए उनीहरुले । त्यसमा मलाईपनि बोलाए । त्यसमा चाहिँ कस्तो तरिका रहेछ भने तेस्रो स्थानबाट भन्दै जाने । तेस्रोमा एक जना इटालियालीलाई बोलायो । हाम्रो आएन । अब दुई जना मात्रै रह्यो । त्यसपछिपनि बोलाएन । अनि त मेरो मुटु ढुक ढुक गर्‍यो । अन्तिममा नेपालको लागि भन्दा मैले एकदम गुमाएको जस्तो के लाग्यो भने त्यतिखेर मैले नेपालको झण्डा ल्याईन । किनभने मलाई थाहै थिएन कि मैले जित्छु भन्ने । मलाई त्यति ठुलो आसै थिएन । केहि गर्‍या हो भन्ने त कता कता थियो तैपनि…..त्यो त्यहि नै हो त्यसको सफलता भनेको चाहिँ । त्यो पुरस्कार पापीय दोर् भनेर चिनिन्छ ।

त्यसलाई कसरि भन्ने पापीए के भनेर ? मुखमा जुन रस हुन्छ नी हो त्यहि हो । अर् भनेको चाहि सुन । गोल्डेन टेस्ट अथवा सर्वश्रेष्ठ स्वाद भनौं न नेपालीमा । पुरस्कारको विशेषता चाहिँ त्यहि हो । त्यहि हो एउटा सफलता भनेको । बाँकि त एउटा काम गर्ने बाटो हो । सबै जना मिल्ने हो भने अघि बढ्न सकिन्छ । गाह्रो छैन । आफ्ना अनुभवहरु सबैसँग बाँडौं । मिलौं र अघि बढौं ।

मैले शुरुदेखिनै भन्ने गरेको पनि हो साथीहरुसित । पेरिसमा एउटा यस्तो रेस्टुरेन्ट होस । नेपाल भनेर चिनियोस । जुनचाहिँ एक जनाले गर्न सकिँदैन, १० जना मिलौं । किनभने हामी सबैजना त्यहि क्षेत्रमा काम गर्छौं । सबै जना मिलेर त्यहि गरौं । त्यसमा कस्तो भने पारदर्शिता हुनुपर्‍यो । मिलेर गर्ने हो भने नसकिने केहिपनि छैन । नेपालकोलागि अहिले एकदमै आवश्यक कुरा पर्यटन हो ।

पर्यटनको लागि कुनैपनि नेपालीले टिकट किन्नु पर्‍यो भने हामीले भारतिय वा श्रीलंकनकोमा नै धाउनुपर्ने हुन्छ । नत्र कुनै उपायनै छैन । नेपाल जानकालागि सिधा हवाई सम्पर्क नभएपनि ट्राभल एजेन्सी संबन्धि कसैले केहि काम गर्‍यो भने राम्रो हुन्छ । हामी नेपालीहरु बिस्तारै बिस्तारै धेरै भैराखेका छौं । नेपालीलेनै गरे आउने जाने गर्न सजिलो हुन्छ । त्योपनि एउटा महत्वपूर्ण कुरानै हो जस्तो लाग्छ । नेपालको लागि नेपालीलेनै केहि गर्‍यो भने फ्रान्सेली पर्यटकपनि केहि बढि आकर्षित हुन्छन कि !

(फर्वरी १५ का दिन एनआरएन फ्रान्सले आयोजना गरेको ब्रिहद भेलामा ओलीले सफल नेपाली ब्यवसायीका तर्फबाट ब्यक्त गरेका भनाईको संपादित अंश-नेपालप्लस)

 

-उनको बारेमा प्रकाशित तलको रिपोर्टपनि हेर्नुस-

 

 

पाँच हजारलाई उछिनेर जिते रबीनले फ्रान्सेली पुरस्कार

  • tara mgr

    आफ्नो अनुभब र सुझाब बाड्नु भएकोमा रविन जि लाई हार्दिक धन्यवाद। यो हामी नेपालीहरु बिस्वोको कुना कुनामा रहेर निकै राम्रो र प्रसन्सनिय काम गरिरहेकाछौ, देश बहिर हामी नेपालिहरुको लगान मेहनत र झुकव निकै राम्रो मन्न सकिन्छ, जस्ले बेला बेलामा बिस्वो चर्चित बन्दै अैरहेका छौ । तर आफ्नै देश भित्रको स्थिती अलिक फरकनै छ। खासमा काम, स्रम र शिपको सही मुल्याङ्कन हुन नसक्नु नै पहिलो दोस देख्छु मैले। बाहिर रहेर जती लगान झुकाब र मेहनतमा काम गर्छन् हामी नेपाली हरु, आफ्नो देश भित्र बसेर गर्न सक्दैनन चाह्दैन बिशेष गरेर आजका युबा हरुमा यो हाबी छ। अर्को तर्फ हामी आफ्नो औकात भन्दा ठुलो योजना बनाउछौ, सपना देख्छौ, जस्ले सुरुवातमै ३ पल्ध्यानङ खुवाउछ। र एका तर्फ हामी नेपालीहरु को बानी बाँदरको जस्तो छ आफै पनि बनाउन नसक्ने अर्काले बनाएको पनि भातकाइदिने प्रब्रिती। सबैजना चोरेर ठगेर लुटेर खान पल्केका छन। एक त राजनैतीक अस्थिरता अर्को तिर बुर्जुवा सैदान्तिक शिक्षाको प्रणली ra शिक्षाma ब्यापारीकरण जस्ले मेहनत गर्ने र बेबाहारिक सिपको ज्ञान दिन सकेको छैन। जहिले सम्म यो नितिमा परिवर्तन हुन सक्दैन हाम्रो मस्तिक पनि परिवर्तन हुन सक्दैन। यो परिवर्तन गर्नु सरकारको काम हो भने एस्लाई सहयोग र बल गर्ने हामी युबाहरुको।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • dibes

    k.p. sharma oli ko naatedaar ta parnu bhayena katai?????

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    खुस्कत पर्नु भएछ साथी ओलिका आफन्त त बुटवलमा चक्का जाम गर्दै छन अध्यक्ष हुन नपाएर। रविन शर्मा चै फ्रान्सका परे ओलिका नतेदार भए चक्काजाम मा सामेल हुने थिए थोरै आफ्नो सिप र मेहनतको कला फ्रान्समा देखाउथे।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram Krishna Bartaula

    You are greet Bro. Wish you good luck and keep it up bro….. you give us nice example for to do business.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sanu Chhantyal dubai

    Rabin dai namaskar ani dherai dharai dhanya bad. tapaika kura sorhai aana thika ho. tapaiharule garera dhekaunu bhayo aaru saphaltako kamana

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Netra P. Paudyal 'Krishna'

    अोलीजि नमस्कार! तपाइको अनुभव सुन्दा निकै अान्नद अायो। तपाइको यो कुनै लेख नभयर जिवनको भोगाइ हो। वास्तवमा नै सफलता एक्लै प्राप्त गर्न सकिदैन । यस्को लागि लगनसिल्ता र बिस्वसनिय साथि भाइ हुनु जरुरी छ। एकोहोरो किताबको रट्टो लगाउने र प्रबिधिको पछि मात्र लाग्ने लाइ तपाइको यो सफलताकोकुरा त्यति गहन नहोला । तर मेरो बिचारमा जुन सुकै बिधा भयपनि, अाफ्नो कार्यमा कुसलता हासिल गर्नु भनेको सफलता हासिल गर्नु नै हो । तपाइ अाफ्नो कार्यमा सफल हुनु भयकोमा बधाइ छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    नक्कले बहादुर सार्की Reply:

    aananda aaera nidae jasto chhni lekhdaa pani

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    साथी नक्कले नाम त ठिकै हो तर अरु बिच भएको भलाकुसरिमा कुरो नै नबुझी प्याच्च बोल्ने बानी रहेछ। अरु लाई काम छैन? भन्दै सोधेका थियौ अनी आफ्नो चै खुबै काम हुने परेछौ कि है???? मैले एक पटक अरु कुनै साथीले जातको बारेमा कुरा गर्दा उहालाई सम्हालेर बोल्न अनुरोध गरेको थिए यही मन्चको कुनै शिर्शकमा। आँफै नक्क्ले साथी पनि मनिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनी महाकवी लक्ष्मी प्रसाद देबकोटाको कबिता फलाकेको पनि देखेकै हो। अब साथी जातले होइन दिलले ठुलो हुन के गर्नु पर्ला? कसरी आफ्नो उपस्थिती जनाउदा राम्रो होला त्यो जान्ने कुरा तपाईंको जिम्मा। जातको बारेमा भन्नु हुन्छ भने म त केवल दुई जाती मात्रै देखेको छु संसारमा त्यो हो महिला र पुरुष। तर हाम्रो नेपालमा धेरै बर्षसम्म भनौ झन्डै ३ सताब्दी जातिय थिचोमिचो भयो यसको उपज हामी अझै पनि भोग्दै छौ र नक्कले महाशय तपाईंले यस्तै झिना मसिना कुरा नबुझी ( बुझेर पनि बुझ पचाएको) बिना अर्थै प्वाक्क बोल्ने गर्नु भयो भने अझै यो दु:खद समय लम्बेतान हुनेवाला छ। त्यसैले साथी यो सार्वजनिक मन्चमा आफ्नो दरो उपस्थिती जनाउनुस् न कि कुरै नबुझी फतर फतर। यस्तै मन्चको सदुपयोग गर्दै जातिय थिचोमिचो,शोषण,दमनको बिरुद्धका कुरा उठाएर आफ्नो गहकिलो कमेन्ट(बिचार)राख्न सक्नु हुन्छ। यहाँलाई स्मरण गराउन चाहन्छु, कुनै कुनै साथी ब्लगमा कमेन्ट लेख्दा लेख्दै गतिला कबिता,कथा लेख्ने भइसकेका छन र ब्लगरले प्रसस्त ठाउँ पनि उपलब्ध गराउनु भएको छ। यो मेरो नक्कले साथीलाई कमेन्टको प्रतिउत्तरमा सक्कली उपहार।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    लेकाली Reply:

    (माफ गर्नुहोला नक्कले महासय मैले तपाईंलाई जहाँ प्रतिउत्तर दिनु पर्ने हो त्यहा उत्तर दिने सुबिधा उपलब्ध छैन रहेछ ब्लगमा)

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

  • Véronique

    Oli , who said to you that nepal is peaceful country ? . Which and whom French told you that they like nepal ?. Bien ,Next article , give their names and adresses.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dev Gurung

    ओलिजी,
    नमस्कार, म देव गुरुङ हङकङबाट । तपाईंको लेखले खुशी बनायो । नेपालीहरु जहाँ रहे पनि आखिर नेपालीनै हो । इज्जतिलो गरे इज्जत र बेइजतिलो गरे बेइज्जत नै अकाट्य परिणाम् हो । परदेशमा नेपाललाई सम्झी गरिने कार्य नेपालमा बसेकाले मनन गरी दिए कस्तो हुदो हो । त्यसरीनै परदेशीहरुले पनि आफ्नोपन देखाइ सहयोगका हाथहरु फैलाए कस्तो हुदो हो । एक नेपालीले गर्ने कार्य अरुका लागि प्रेरणा बन्छ भने त्यो कार्य गर्न हामी किन लालयित नहुने? परदेशी सामु आफु र आफ्नो सही पहिचान गराउन निसन्देह समय निक्कै खर्चेको हुनु पर्छ ओलिजीले । यस अर्थले पनि तपाईं बधाईका पात्र हुनुहुन्छ मेरो नजरमा ।
    हार्दिक बधाई ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Square Véremenouze

    This is topic of cuisine Népalais. First time , I consulted to web side of “Maison culturelle du Népal”. I got all the Nepali Resturants existent in Paris except “Gorkha Resturant”. Why does it discrimination vis à vis de Resturant Gorkha ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bijaya kumar shrestha

    रविन जि नमस्कार
    म ईराक बाट बिजय कुमार श्रेष्ठ तपाईंको यो महान कार्यलाई म हिर्दय देखिनै आधार गर्छु । नेपालीको छाप राखनु भएको रहेछ । हाम्रा नेता भनौदा हरुलाई किन होला एस्तो महान कार्यमा दिलचस्पी नभएको होला । खाली कुर्चिको मोहमा फसेर लडाईं झगडा गर्नु सिभाये अरु के नै आउछ र । खाली जङली स्वभाब देखाउने र जनतालाई दु:ख दिने अनी आफु चाँही अहेस आरामको जिन्दगी बितौन तिर लागने । बिदेशमा बसेर पनि तपाईं ले नेपालीको सान उचच राखनु भएको रहेछ । तपाईं लाई मेरो धन्नेबाद छ र प्रगतिको कामना गर्दछु । पशुपतिनाथले तपाईंको रक्क्षा गरुन । बाइ बाइ
    प्रगतिले शिखर चुमुन ।।।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Subash Oli

    thanks bro? there is someone who has seen nepal from depth. Living in Nepal we haven’t realized these things. We are proud of You. You have shown the world the loosing identity of every Nepalese to the whole world. Ur work is the representative of every potentiality of Nepalese work. Congratulations from this young Nepalese guy and wish you a very happy life. Anyway thanks for suggestion.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Hi Rabin, merci de m’avoir indiqué ton site web. C’est très sympa. je suis toujours au Népal. Comme tu dis dans le site, tu montre les chemins du Népal tout en étant en France et moi, je les accompagne sur les chemins tout en étant au Népal. Je suis en train de développer une agence de voyage axée sur le tourisme équitable et solidaire.
    Maintenant que je connais ton site, je lirais régulièrement de tes nouvelles.
    Au plaisir d’avoir de tes nouvelles.
    Amitiés
    Pramod

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • weldone Bhisma, u n ur team did gr8 job n get success.i wish for the great future to u all

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree