चानचुने छैनन झलनाथका चुनौती
चौध वर्षमा खोलोपनि फर्किन्छ भन्ने नेपाली उखान छ । तर झलनाथ खनालकालागि भने २० वर्षमा फर्किएको छ । उनी २० वर्ष पहिले अर्थात २०३९ सालदेखि २०४६ सम्म नेकपा (माले) को सर्बोच्च पद महसचिवमा थिए । अहिले निर्वाचन पश्चात उनी फेरि नेकपा (एमाले) को सर्बोच्च पद अध्यक्षमा आएका छन । तर उनले चुनाब जुन तरिकाले जिते उनका अगाडि त्यो भन्दानिकै धेरै छन चुनौती र अप्ठेरा ।
उनले देशको अति संकटपूर्ण अवस्थामा नेत्रित्व हात लिएका छन । देश संक्रमणकालिन अवस्थामा छ । अन्तरिम संबिधानमा चलेको छ देश । निर्वाचित एकल सरकार छैन । गणतन्त्रको कार्यान्वयन के कसरि हुने हो टुंगो छैन । १० थरीका पार्टी दशतिर मुख फर्काएर बसेका छन । सरकारको नेत्रित्व गरेको प्रमुख दल एकिक्रित माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पानी बाराबारको अवस्था छ । जबकि यि दुई दल नमिलेसम्म गणतान्त्रिक संबिधान बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा सरकार सझेदार र तेस्रो ठुलो दलका हिसाबले एकिक्रित माओवादी र नेपाली कांग्रेसलाई मिलाएर संबिधान निर्माणकालागि सँगै हिँडाउन सक्नु उनको पहिलो चुनौति हो ।
एमालेमा आफ्नो स्पष्ठ अडान देखिने गरेको छैन । राजाको सरकारमा पनि जाने । पञ्चायती ब्यवस्थाका प्रिष्ठपोषक लोकेन्द्रबहादुर चन्द जस्तालाईपनि प्रधानमन्त्री बनाउन राजी हुने । माओवादीले मजदूर सुरक्षा दल बनाए आफुलेपनि बनाउने । योङ कम्युनिष्ट लिग उनीहरुले बनाए भनेर युथ फोर्स बनाउने । संसदमा वामपन्थि दल हुँदाहुँदै दक्षिणपन्थीसँग गठ्जोडपनि तत्कालै गर्ने । त्यहि ढुलमुलेपन हाबी रहेको मानसिकताकै कारण संगठनमा अलोकप्रिय मानिएका केपी ओली एक्कासी लोकप्रिय भए । यसपटक पार्टी ढुलमुले भयो र माओवादीको पिछलग्गु बन्यो भन्ने मानसिकताकै कारण ओलीले लिएको माओवादीप्रतिको कडा रबैयाले धेरै समर्थन बटुल्यो । ओली जुनरुपमा एक्कासी लोकप्रिय देखिए यो पक्कैपनि आगामी दिनमा झलनाथका लागि पार्टी सञ्चलानको चुनौति नै हो । त्यो मानसिकता र मतलाई कसरि मिलाएर जान सक्छन भन्नेमापनि भर पर्ने छ खनालको सफलता वा बिफलता ।
देशको सबैभन्दा ठुलो चुनौति स्थायि शान्ती कायम हुन्छ कि हुन्न भन्ने हो । जनयुद्द लडेर आएको पार्टीका जनसेना बिघटित भैसकेका छैनन । ति स्थायि शिबिरमा दिन गनेर बसिरहेका छन । तिनको दिर्घकालिन समाधान गर्नकालागि १२ बुँदे र १४ बुँदे जस्ता बिभिन्न संझौता भएका छन । अहिले बिगतमा जुन पार्टी र जसको सरकार हुँदा संझौता गरियो तिनैले ति संझौता मिचेर बिच्क्याउने चेष्टा गरिरहेका छन । यदि बिगतका संझौता बमोजिम जनसेना समायोजन गरिएन भने ति चुप लागेर बस्दैनन भन्ने जगजाहेर छ । संझौता अनुसार तिनलाई सुरक्षा निकायमा समायोजन नगरिए शान्ति संझौताले स्थायित्व पाउँदैन । त्यसैले बिगतमा गरिएका शान्ति संझौतालाई पालना गराएर नेपाली कांग्रेस, एकिक्रित माओवादी र अन्य दललाई हिँडाउन सक्नु र स्थायि शान्ति कायम गराउनु सायद सबैभन्दा ठुलो चुनौति हो ।
कुरो स्पष्ठ छ-अहिले सरकार सञ्चालनमा दलहरु अल्झिनुहुन्न । प्रमुख पक्ष भनेको संबिधान निर्माण नै हो । तर संबिधान् निर्माणको पक्षलाई भन्दा सरकार गिराउने र अर्को समिकरण लाई प्राथमिकता दिएकोपनि देखिँदै छ । तत्कालकालागि सरकारमा भएका सबै दलसित सहमति कायम गराएर तिनलाई सँगै हिँडाउनु र सरकार परिवर्तन भन्दा लोकतान्त्रिक पद्दतीलाई संस्थागत गराउनु उनको लागि चुनौति हो ।
नेकपा एमाले कस्तो पार्टी हो । अमेरिकी राजदूत पार्टी मुखालयमा छिर्दा उ कम्युनिष्टको झण्डा झिक्छ । पार्टी महाधिवेशनमा लेलिनको तस्बिर हटाउँछ । कार्यकर्ताले हाटहुट गरेपछि फेरि लगेर झुण्ड्याउँछ । नाम कम्युनिष्ट छ । झण्डामा हँसिया र हथौडा छ । तर चरित्र ईमान्दार पूजीवादीको जत्तिपनि देखिँदैन । वास्तबमा एमालेको नीति केहो ? समाजवादी पार्टी हो ? कि पूजीवादी ? सामाजिक पूजीवादी कि कम्युनिष्ट कि ? के त ? उ कुन वर्गको हित प्रमुख ठान्दछ ? बिगतमा उसको ब्यवहार स्पष्ठ छैन । कुनैपनि पार्टी को दिर्घकालिनरुपमा अगाडि बढ्न उनको नीति, उद्देश्य, बाटो र कार्यशैली स्पष्ठ हुनुपर्छ । नीति र बैचारिक धारमा स्पष्ठता नभएको पार्टीको अस्तित्व दिर्घकालिन हुनै सक्दैन । अब उसले त्यो स्पष्ठ गर्नुपर्ने छ । यो पनि झलनाथ सामु तेर्सिएको चुनौती हो ।
भनिरहनै पर्दैन, एमालेका कार्यकर्ता जुधारु छन । अधिकांश ईमान्दार छन । तर नेत्रित्व पुरै भ्रष्ट, लम्पट, बैमान, दोधारे र सत्तालुप्त छ । महाकालीजस्ता सन्धि गर्दा बोराका बोरा दाम ओसार्ने । जसको कारणले पार्टीनै टुक्रियो । पद नपाए पार्टी त्याग्ने धम्कि दिने । पद पाए कुस्त कमाउने । भ्रष्टाचार गर्ने । जनताका समस्या हल गर्ने होइन कि आफ्नै परिवार, नातागोता आफ्नै ढुकुटी भर्ने । करोडौ पर्ने पजेरो काण्ड भित्र्याउने । एमाले पार्टी यहि रुपमा अगाडि बढ्न सक्ने अवस्था छैन । पार्टीभित्र ब्यापक शुद्दिकरणको आवश्यकता छ । तर शुद्दिकरण कहाँबाट कसरि गर्ने सजिलो छैन । त्यो गर्न नसके पार्टी टिक्ने अवस्थापनि छैन । यो झलनाथका टाउकामा झुण्डिएको अर्को चुनौती हो ।
नचाहँदा नचाँदैपनि निर्वाचनमा पार्टीको कुनैपनि धारले स्पष्ट बहुमत ल्याउन सकेको छैन । केन्द्रिय स्तरमा बिभिन्न धार, गूट, उपगूटका ब्यक्तिहरु छन । मुख्य पदमै खनाल पक्षका सबैले जित्न सकेनन् । पार्टीभित्र बिभाजित मानसिकता परिसकेको छ । प्रत्यक्ष निर्वाचनमा गएर दुई धार बनेकाले त्यो प्रभाव र मानसिकता आगामी दिनमा स्पष्ठ रुपमै देखिने छ । यसको अर्थ पार्टी सञ्चालन वा सरकार सञ्चालनमा झलनाथ खानालले बारम्बार अवरोध स्रिजना गर्नुपर्ने छ बिपक्षी धारको । त्यो मानसिकतालाई हल गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजानु वा बिपक्षी धारका ब्यक्तिसँग मिलेर सफल तरिकाले पार्टी हाँक्नु चानचुने हुने छैन ।
अहिले मैले देखेका मुख चुनति यिनै हुन । झलनाथ खनाल पार्टी महासचिव हुँदापनि मैले उनिमाथिका चुनौतिबारे एउटा ब्लग गरेको थिएँ । त्यसमा अहिले उल्लेख गर्नुपर्ने धेरै कुरा परिसकेका छन । त्यसकालागि तलको ब्लग हेर्नुस-


jhalanath khanal nirbachit hunu ra nahunu le khasai artha rakhadaina baru mahatopurna kura kaho vane nirbachit mandal le janatako shanti ani paribartan ko chahanalai ani bisho communist andolanlai kasari agadi badhaunecha vanne nai mukhya kura ho.mahadhibisen ta cpn uml ma dherai vayoko cha.
मन परो वा परेन:
0
0
[Reply]
JHALA NATAH KHANAL KO JIT RAMRO HO TARA WAHA KO HEAD MATHI JHANA THULO CHUNAUTI THAPIYEKO CHHA RA YI CHUNAUTI HARU LAI YEDI PAR LAGAUNA SAKNU BHAYO BHANE MATRA WAHA KO ( CHAIRMAN ) BHAKO ARTHA LAGCHHA HERAU KATIKO GARNA SAKNU HUDO RAHECHHA RA YO TA ABA AUNE DIN HARU LE HAMI LAI DEKHAUNE CHHA .
RAJU SAPKOTA, DOHA
मन परो वा परेन:
0
0
[Reply]
uml ek napunsak party ho.
khoi j.n. jee le kasari mard banaaunu hunchha.
मन परो वा परेन:
0
0
[Reply]
कमरेड झलनाथ खनाल लाई फेरे पनि बधाई ,
अब देस र जनाता को भलाई को लागि मात्र काम गर्नु पर्ने छ , ता कि आफु र आफ्नो शुभचिन्तक लाई मात्र होइन । राम्रो काम गर्दै जानुहोस् जनताले फेरी पनि साथ देनेछन । नत्र के पी ओली को जस्तो अवस्था सिर्जना हुन्छ । अ साचै ओली लाई एउटा डमरू र झोली को ब्यबसथा गरीदिनु होला ता कि अब फर्केर चुनाव मा आउने कोशीस नगरनुन ।
मन परो वा परेन:
0
0
[Reply]
मत पेटिका बढी भयो भन्छन नी , कतै काजु कान्छा को चक्रब्यु त होइन ? ख्याल गर्नुहोस् है खनाल जी । “बिग्रेको मान्छे भात्केयको घर जे जे मन लाग्छ मनपरी गर ” जोइटीङ्रग्रे काजु कान्छा को पारा एस्तै हुन्छ अब । बल्ल पर्यो निरमाया माकुरी जालैमा yes yes yes .
मन परो वा परेन:
0
0
[Reply]
बधाई छ नेत्रित्व तहमा रहनुहुने कमरेडहरुलाई नभएर तपाईं कार्यकर्ता पन्क्तिमा रहनु हुने सम्पूर्ण कमरेडहरुलाई जसको बुद्धिमत्तापूर्ण निर्णयले फेरी पनि दुर्घटनाग्रस्त पार्टिलाई सफल अवतरन गराउनु भएकोमा साथै हिजो एमालेको दुइ-तिहाइ मतले बिजयी भै सरकार समहाल्ने बेलामा झिनो स्वार्थ र पद लोलुप्ताको कारण पार्टी फुटाएर सम्पूर्ण कार्यकर्ता र एमाले समर्थक जनताहरुलाई धोका दिने चतुरहरुलाई उचित दण्ड दिनु भएकोमा…
-शंकर राइ
अक्सफोर्ड,यु.के
मन परो वा परेन:
0
0
[Reply]
अहिले को स्थिति मा देश लाइ साच्चै माया गर्ने र दिर्घ काल सम्म देश को अस्तित्व अझ शशक्त रुप ले अघि लैजाने राजनैतिक शक्ति चाहियेको छ जस्ले देश मा मानवाधिकार र न्याय एवम शान्ति को प्रत्याभुति गर्न सकोस्
त्यो काम तब सम्म सम्भव छैन जब सम्म देश मा हिन्शामार्गि हरु दण्डित हुदैनन् र जन मानस मा हिन्शामार्ग बाट राजनैतिक सफ़लता पाउन सकिन्छ भन्ने कुरा स्थापित हुदैन, र त्यसको लागि प्रचण्ड जस्ता डाका हरु लाइ कठघरामा उभ्याइ उ र उस्का सहयोगि सबै को निर्मुल पारिदैन
यो भविश्य मा अवश्यम्भावि हुने यथार्थ हो किनकि पापि को राज्य सदाको लागि सम्भव छैन तर जति सक्दो चाडो यो काम हुन्छ त्यति नै चाडो जनताले मुक्ति पाउने छन्
माओबादी हरु यथास्थिती बादी मात्रै होइनन कि पुरातनबादी, साम्राज्यबादी, रुढिबादी र पुरानो मरिसकेको बिचार बोकेर हिंड्ने रेग्रेसिभ पनि हुन, अहिले प्रचन्ड सरकार ले नेपाल लाई २ शय बर्षा पछाडी धकेल्न खोज्दै छ
आज को समय मा बन्दुक ले शासन गर्नु भनेको कुनै समय मा बिहार को चम्बल घाटी मा डाकु ले शासन गरे जस्ताइ हो
प्रचन्ड को बास्ताविक अनुहार उ रिसाएर कामेर गाली गरेको बेला सुन्नु पर्छ, देखिन्छ
“नेपाल का सारा जनता लाई आर्मी बनाएर भारत र अमेरिका सग युद्ध गर्नु पर्छ”
“हाम्रो सारा हतियार खोला नाला ले बगायो”
“को हो त्यो रुक्माङत कटुवाल? के हैसियत छ तेस्को?”
“मा जङ बहादुर हुँ”
“मैले भनेको नमान्ने लाई म बन्दुक ले जवाफ दिन्छु”
यि महान बाणी हरु सुन्दैमा स्पस्ट हुन्छ कि यि बाणीपुरुश को हिन्शा मोह कती छ भनेर, त्यस्तै बौद्धिक आयामा पनि नाप्न सकिन्छ
माओबादी हरु मा देखिएको बिलासिता, नोकरशाही पन (सयौ नोकर चाकर पाल्ने, बिलासी पलङ र गाडी मा बिराजमान हुने, जनता लाई दिन दहाडै अनेकौ यातना दिदै मार्दै हिंड्ने, आदी आदी ), दिन दहाडे गरिएका नाताबाद का नियुक्ती हरु उनिहरु को सान्स्कृतिक क्रान्ति का नमुना हरु हुन, आफ्नो देश का साधु सन्त, गरीब पूजारी हरु लाई मार्दै हिंड्ने हरु पाइलोट बाबा को कसरी चरण मोल्न पुगे भन्ने कुरा कती सम्म बीरोधाभाशपूर्ण हुन सक्छ तेस्को कुरै नगरौ
नेपाल मा आज गुण्डा राज छ, मधेश, पहाड, शहर गाउ कुनै भाग हिन्शा मुक्त छैन, बच्चा बच्चा को हात मा कलमा को सट्टा हतियार छ, यि सबै नेपाल को अधोगति का सुचक हुन्
मन परो वा परेन:
0
0
[Reply]
जहा जे बिक्छ त्यहि बोल्ने, कुनै अडान नभयेको, सस्तो प्रचार गरि हिड्ने, जनताको हत्यारा, अघोरि, पापि प्रचण्ड को अन्त्य स्वभाविक हुने सम्भावना छैन; उस्ले जति सुकै आफ़्नो सुरक्ष्या गरोस्, देश को सम्पुर्ण ढुकुटि खर्च गरेर आफ़्नो वरि परि हज्जारौ डाकु हरु को दल पालोस्, चाडैनै तेस्को अत्यन्त बिभत्स तरिकाले म्रित्यु हुदैछ
त्यसपछि नेपाल मा सबैले “माओबादी” भन्ने शब्द लाइ घ्रिणा गर्ने छन्; कसैले उच्चाहरण समेत गर्न मान्ने छैनन्
मन परो वा परेन:
0
0
[Reply]
झलनाथ् ज्यु तपाईंको बिचार सबै ठिकै लाग्यो तरा एउटा कुरा मोउवदी को बिचार पनि ठीक लगेको छ मोलौ मात्र होइन होल जस्तो लाग्छ। किनकी मो जस्तो मान्छे लाई तपाईंले भन्नु भयो कर्मा चारी को सरुवा बरुवा २० बर्ष जागिर गरेको ५० बर्ष उमेर पुगेको ले अवकस हुनु पर्छ। पहिले ५ क्लश पडेरा मास्टर भयको अन्न्य कार्यालय मा काम गरेको उन्लाई अबा अबस्तमा निकल्नु पर्छा अबको नयाँ पिडा हरु लाई गर्नु दिनु पर्छ ५ क्लश पडेरा ७० बर्ष सम्मा जागिर छोडदैन भने अबा अेको नयाँ पिडा हरुले के गर्नी उनी हरु!लाईनै लुट्पट गर्नी कम्नै हुनी भयो पुरनो लाई निकल्नी नयलाई भर्ती गर्नु पर्छा। १० पस् मात्र भएकोले १०+२ को हेड मास्टर भए को हो नेपाल मा धमिरो लग्यको हो।
मन परो वा परेन:
0
0
[Reply]