गिर्दो लोकप्रियता जोगाउन दरबारकाण्ड छानबिनको आश्वासन ?

२०५८ सालमा दरबार हत्याकाण्ड भयो । वीरेन्द्रका सबै परिवार स्वाहा भए । दुनियाँलाई थाह छ-त्यो काण्ड रच्ने ज्ञानेन्द्र शाह हुन । लौ अरु दलका त कुरा छोडौं । माओवादीले भने किटेरै भनेको हो-यो हत्याकाण्ड गराउने त्यहि कसाई, तानाशाह, तस्कर ज्ञानेन्द्र शाह हो । राजतन्त्र निर्मूल गरेर गणतन्त्र स्थापना गर्नासाथ हामी त्यो हत्याकाण्ड छानबिन गरेर कठघरामा पुर्याउँछौं भनेर ठोकुवै गरेका हुन । हाम्रो सरकार आयो भने ज्ञानेन्द्र र पारसलाई जेलमा कोच्छौं भन्ने सम्मको आश्वास बाँडेका हुन ।
अन्तत: माओवादीले चाहेकै परिवर्तन भयो । तेस्रो जनआन्दोलनले राजतन्त्र हुत्यायो । देशमा गणतन्त्र घोषणा भयो । कुनै आनाकानी नगरि ज्ञानेन्द्रले राजगद्दि छोडे । संबिधान सभाको निर्वाचन भयो । सरकारपनि माओवादीकै बन्यो । अहिले प्रधानमन्त्री माओवादीकै छन । रक्षा मन्त्रि माओवादीकै। माओवादीले सरकारको नेत्रित्व गरेको पनि आठ महिना लागिसक्यो । तर खोइ त दरबार हत्याकाण्डको छानबिन ? कहाँ गए ति आश्वासन ? रोक्यो के ले त दरबार हत्याकाण्ड छानबिन गर्न ?
त्यतिखेर नेपाली कांग्रेसको सरकारले ज्ञानेन्द्र शाहकै चाकरि गर्यो । प्रमुख प्रतिपक्षी एमालेले पिपलको पात जस्तो भूमिका खेल्यो । उसले दरबार हत्याकाण्ड ज्ञानेन्द्र र तिनको परिवारको षडयन्त्र हो भन्न सकेन । ज्ञानेन्द्र चिडिए सरकार चलाउन नपाइएला भन्ने डरले उसले दोधारे नीति लियो । माओवादीले राजा वीरेन्द्रको वंश नाशसँगै नेपालबाट राजतन्त्र समाप्त भएको र अब कुनैपनि नेपालीले ज्ञानेन्द्रलाई राजा मान्न तयार नरहेको दाबी गर्यो । माओवादीको त्यो दाबीले त्यतिखेर निकै प्रशंसा पाएको हो । त्यहि कारणले माओवादीलाई समर्थन गरे धेरै नेपालीले । कति त माओवादी समर्थकनै बने ।
माओवादीका अध्यक्ष तथा हाम्रा प्रधानमन्त्री आश्वासनप्रसाद दहाल (उनले आश्वासनै आश्वासन, जसलाईपनि आश्वासन दिने हुनाले पुष्पकमल दहाललाई योनाम जुराइएको हो) ले नारायणहिटी दरबारलाई संग्रहालयका रुपमा सर्व साधारणकालागि खुला गर्ने क्रममा आज फेरि भाषण ठोके-संघिय लोकतान्त्रिक गणतन्त्रको पहिलो जन निर्वाचित प्रधानमन्त्रीका हैसियतलेपनि म के पहलकदमी ब्यक्त गर्न चाहन्छु भने नेपालमा अहिले हामी जो दण्डहिनताको कुरा गर्छौं, सबभन्दा ठुलो दण्डहिनताको शुरुवात यहि ठाउँबाट (नारायणहिटीलाई देखाउँदै) भएको थियो । त्यसको पुन छानबिन गरिने छ । र त्यहाँ भएको के थियो सच्चाईलाई जनताको अगाडि ल्याएर वस्ताबिक दोषी को हुन भन्ने थाह पाउने जनताको अधिकारलाई सुनिश्चित गरिने छ ।
त्यो हत्याकाण्ड हुनुमा ज्ञानेन्द्रको स्वार्थ मात्रै नभएर नेपालमा बिबिध स्वार्थ पुरा गर्न चाहने बिदेशीकोपनि थियो भन्ने सबैले बुझेकै हो । तर नेपालमा बिदेशी चाख र स्वार्थ जे जस्तो भएपनि हाम्रा राजनितिक दलहरु अहिलेसम्म त्यसलाई चिर्न सफल देखिएकै छन । र माओवादीहरुले के पनि भन्ने गरेका छन भने, जनताले चाहेको खण्डमा, जनताको ताकतका अगाडि कुनैपनि शक्तिको केहि सिप लाग्दैन । नेपालका ९० प्रतिशत भन्दा बढि जनताले अहिले पनि दरबार हत्याकाण्डको छानबिन होस र दोषीको थियो सार्वजनिक होस भन्ने चाहन्छन । त्यसको भरपर्दो छानबिन हुने हो भने दरबार हत्याकाण्डमा जतिसुकै स्वार्थ गाँसिएपनि कुनैपनि राजनितिक शक्तिले त्यसको डटेर बिरोध गर्न सक्ने अवस्था छैन । तर किन भैरहेको छैन त दरबार हत्याकाण्डको छानबिन ?
त्यतिखेर माओवादी लाई लोकप्रियताको खाँचो थियो । गणतन्त्र स्थापना गर्नु थियो । आफु सत्तामा पुग्नु थियो । अनि उसले देशमा अधिकांश जनताको मनोभावना राजतन्त्र बिरोधी देख्यो र उसले दरबार हत्याकाण्डको चर्को बिरोध गर्यो । जनताका मनले अपराधी ठानेका ज्ञानेन्द्र परिवारलाई राजा मान्दैनौं भनेर जनताको समर्थन र भावनालाई नगद बनायो । जब उ सत्तामा पुग्यो अनि उसले ति सारा बाचाहरु भुल्यो । आफ्नै पार्टीको प्रधानमन्त्री, अर्थमन्त्री, स्थानिय बिकासमन्त्री, कानुन मन्त्री, रक्षामन्त्रीसम्म हुँदापनि उ दरबार हत्याकाण्ड छानबिन गर्नतिर लागेन । बरु त्यो काण्डका एक सबुद प्रमाण पारस शाहलाई निर्वाधरुपमा मुलुक बाहिर जान दियो । आफैंले अपराधी भन्दै कारवाही गर्ने घोषणा गरेको ज्ञानेन्द्र शाहलाई ससम्मान राख्छौं भन्न थाल्यो ।
अहिले एक्कासी प्रधानमन्त्रीले फेरि दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुको अर्थ के छ ? यतिका महिना के ले रोकेको थियो ? जगजाहेर छ-माओवादी जब जब अलोकप्रिय बन्छ तब जनताका अगाडि लोप्रियता हासिल गर्न कुनै न कुनै माध्यम अपनाउँछ । चलाखि गर्छ । कि त आफ्ना दोष खन्याउने अर्काको काँधको रित्तो धोक्रो खोज्छ । अहिले बितेका केहि महिनादेखि माओवादीको लोकप्रियतामा ह्रास आइरेको छ । जुन बिरोधीले लगाउने खोट नभएर माओवादीलेनै हाकाहाकी बताइरहेको कुरो हो । सरकारमा बसेर जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने, राहत पाउने परिवर्तन गर्न नसकेपछि गुम्दै गरेको लोकप्रियतालाई कसरि अलिकति भएपनि बचाउने ? त्यहि साखलाई बचाउन टेको हालेका हुन प्रचण्डले । नत्र आफैं प्रधानमन्त्री, रक्षा मन्त्रालय आफ्नै मातहतमा, सेना सरकारको मातहतमा, जन निर्वाचित सरकार, राजतन्त्र बिघटित, पूर्व राजा दरबार बाहिर सामान्य नागरिकका रुपमा । के ले रोक्यो त दरबार हत्याकाण्ड छानबिन गर्न ?
(जरुरी सूचना-साथीहरु, मैले अहिलेसम्म वर्डप्रेस (यो ब्लग चल्ने मुख्य पेज) को पुरानो भर्सन चलाईरहेको थिएँ । तर नेपालप्लसको साजसज्जामा केहि बदली गर्नुपर्दा नयाँ भर्सन चाहिने रहेछ । अनि यो नयाँ भर्सन चलाउन मलाई अप्ठेरो भैरहेको छ । त्यसैले केहि सामाग्री मेटिने, राम्ररी नमिलि पोष्ट हुने, नयाँ सामाग्रि राख्न ढिलो हुने लगायताका केहि समस्या र कठिनाई हुनसक्छन केहि दिनकालागि। केहि दिनमा नेपालप्लसमा केहि हेरफेर हुँदैछ । कम्तिमा अब तपाईले आफुले चाहेकै प्रतिक्रियालाई त्यहिँ मुन्तिर जवाफ लेख्न सक्ने हुनेछ । त्यसैले केहि दिन बानी नपरुन्जेल सम्मकालागि केहि कमजोरी देखिए क्षमा चाहन्छु-ददि सापकोटा, नेपालप्लस) ।


mb party ko pani halat ta uahi ho ni sathi ho jata jata bahun baje utai utai showa…hoiena ra?
मन परो वा परेन:
0
0
[Reply]
नक्कले बहादुर सार्की Reply:
February 28th, 2009 at 6:46 am
prkash timi pani bahun hoinau ra ??????
मन परो वा परेन:
0
0
[Reply]
I absolutely agree. Maoists will do nothing. Prachanda said it as an attempt to lift up their popularity which is flinging downhill.
मन परो वा परेन:
0
0
[Reply]
Malai lag6 jo pani pardhanmatri le gar6u ra garaun6un bhannu bhayko thiyo tayo kaam pura garnu par6 . Pura garnu bhayo bhane hajurlai nepali janta ta k sara duniyale manne6 .ARJUN DARLAMI MAGAR . adarlami@yahoo.com
मन परो वा परेन:
0
0
[Reply]
लाल सलाम पार्टी अध्यक्ष एबम प्रधान मन्त्री ज्यु हामी जनता बाट अब के गर्नु पर्यो भन्नु ८ महिनको समयमा पनि केही हुन गयन त्यसैले अब छिटो काम सुरु गर्नु पर्यो मुख्ले जो भन्नु भएको थियो त्यस्तै गर्नु पनि पर्यो। जस्ताइ दरबार कन्डा त्यस्मा लगेको नेता ब्यक्ती हरु लाई अली अली गरी लडु दियरा मुख मिठो गरै दिनु पर्यो जस्मा प्रेम लाई एक नम्बरमा अरु कुरा हामीले जती सुनेकम छम त्यस्तै प्रकार सग हुनु प्र्यो?
मन परो वा परेन:
0
0
[Reply]
हेम लता Reply:
February 27th, 2009 at 8:37 pm
sahamat sorai aana
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
February 27th, 2009 at 10:48 pm
हेमलता जी, साह्रै अल्छि लाग्यो कि क्या हो नाम नेपाली मा पोस्ट गर्नु भा छ अनी भनाइ चै रोमनमा मिलेको दातभित्र दारे उम्रिएको जस्तो भएन र?
मन परो वा परेन:
0
0
[Reply]
हेम लता Reply:
February 27th, 2009 at 10:58 pm
अरु विषय केहि पाउनु भएन कमेन्ट गर्ने । लौत नेपालीमैलेखें। हुनत तपैले बह्नेको ठिक हो। सबैले नेपालीमालेखे कति सजिलो हुने थियो है ?
मन परो वा परेन:
0
0
लेकाली Reply:
February 28th, 2009 at 12:45 am
कुरो को चुरो बुझ्नु भयो नी ठ्याक्कै धन्यवाद है हेमलता जी ।
मन परो वा परेन:
0
0
[Reply]
नक्कले बहादुर सार्की Reply:
February 28th, 2009 at 6:42 am
kam Chaina ki kaso lekali
मन परो वा परेन:
0
0
छोडिदिनूस् यो कारबाहीको कुरा। सच्चिएर आए पार्टीमा समेत स्वीकार गरिने भनेर एक पटक बाबुराम डा साहेबले भनेका छन्। ज्ञानेन्द्र भारत गएका बेला त्यहाँ केही खेल खेल्लान् कि भनेर सजग गराएका होलान्। गीरिजा पनि बेला बेला “ग्र्याण्ड डिजाईन” खोल्ने कुरा गर्छन, तर खोल्दैनन् नि। त्यस्तै हो।ददीजीले प्रमलाई आश्वासन प्रसाद भन्नु हुँदो रहेछ, म चाँहि उद्गघाटन प्रसाद भन्छु।अस्तितिर छापामा आएको थियो, प्रमको ब्यस्तताले मन्त्री परिषदको बैठक बस्न नसकेको कुरा। चाहिने कामको लागि फूर्सद छैन, बिना महत्वको उद्घाटन गर्दै भाषण ठोक्दै हिँड्न जति पनि फूर्सद छ।
मन परो वा परेन:
1
0
[Reply]
लेकाली Reply:
February 27th, 2009 at 9:06 pm
उदघाटन भन्दा आश्वासन प्रशाद नै सुहाउछ। अझै म त छेपारे प्रशाद पनि भन्न मन लाग्छ कहिले काही त। जे होस् उनी अभागी नेपालीका भाग्यमानी गणतान्त्रिक प्रथम प्रधानमन्त्री चै हुन है। गिरिजा बाबुलाई ग्र्यान्ड डी प्रसाद कोइराला भन्दा पनि हुन्छ वा कुर्सी नपाउदा सधैं दुखी हुने उहाको बानी अनी सधैं बिरातनगर जादा केही न केही उट्पत्याङ बोल्ने हवल्दार माइला भन्दा पनि फरक पर्दैन।
मन परो वा परेन:
1
0
[Reply]
के भयो र दाजु भन्दे भइगयो गर्नुपर्ने हैन क्या र । गर्नुपर्ने भएपो चिन्ता । मलाइ त रमाइलो के लाग्यो भने त्यही नारायणहिटीवाट दन्डहिनताको शुरुवात भएको भनेर प्रचन्डले अर्को घोषणा गरे । तर भन्न विसे्रछन-अनी हामीले त्यही दन्डहिनताको अनुशरण गरेका हौं । दरवारहत्याकान्डको छानवीन गर्छु भन्नु केपी ओलिको शब्दमा हजार मुसा मारेर अघाएको विरालोले साकाहारी भएको घोषणा गर्नु बराबर हो ।
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
February 27th, 2009 at 10:38 pm
त्यही त भन्या। गर्ने केही होइन घोक्रो फुलाएर रुद्रघन्टीलाई सास्ती मात्रै बित्थामा।
मन परो वा परेन:
0
0
[Reply]
Dadi Sapkota Reply:
February 27th, 2009 at 11:51 pm
(कमेन्ट बक्स परिक्षणका लागि)
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
February 28th, 2009 at 12:20 am
ल ददी जी अब चै थप रसिलो हुँदैछ। प्रयासको लागि मुरी मुरी धन्यवाद।
मन परो वा परेन:
0
0
कम्रेड् प्रचन्ड लाल सलाम
उदघाटन र सिलान्यास गर्न त हाम्रो प्रधानमन्त्रिलाई कसले भेटछर । उहालाई आफनो कामको भन्दा पनि उदघाटनमा गएर हामीलाई अरुले नयाँ नेपाल बनाउन दिएन हामी जस्तो सुकै परिस्थितीको सामना गर्न पनि तयार छु र मेरा पियारा कर्ये कर्ताहरु तयारीको साथमा बस्नु आझै हामीले बलिदान दिन बाँकी छ भनेर जङगलको ग्रीयकार्य देखाउनुलाई पछाडि पर्नु हुन्न र फेरी उहाको भाषाण कारबाही गर्ने भन्ने कुरा अहन्कारीताको बिसय त हुने नै भयोनित । कहिले कब्जा गर्ने कहिले बलिदान दिने भन्ने कुरा उहाको लागि भाषाणमा भन्ने राम्रो सब्धको उपहार हो सभामा उपस्थित जन समुदायलाइ उहाले कस्लाई पो कारबाही नगरने भनेको छ र । तर खोइत कसलाई र कती जनालाई कारबाही गरेर सजाय दिनु भएको छ त । तेसैले उहाको यो शब्द हामीले बिहान बेलुका खाना खाएको जस्तो नै भाईसक्यो उहाको लागि उपस्थितिको भाषाणमा यस्तो शब्द सुन्न पाएनउ भनेत प्रधानमन्त्रिको भाषाण सुनेको पनि मज्जा नै आउँदैन नि त हो । फेरी उहालाई त मार्तिका ले त “र” को एजेन्ट पनि भनी सक्नु बयोत के हो यो कुरा । आफु चाँही अरुलाई कारबाही गर्ने भनी हिडने अनी आफुलाई कसले कारबाही गर्ने हो त । के यो मातृकाले भनेको कुरा साचो होत । काम्रेड जि
मन परो वा परेन:
0
0
[Reply]
थुइक्क……. आफुसँग पैसो नहुनु पनि साह्रै नराम्रो रैछ हेर कठैबर म | यस्तो देशका सबै नेताहरु लाई “लहरे खोकी” ले ग्रस्थ पारेको बेलामा औषधी पसल-खोकी को औषधीको मात्र भए पनि खोल्न पाको भए कस्तो काइदा हुने थियो !! गिरिजालाई त नमज्जाले गाँजी सक्यो, प्रचण्ड लाई उस्तै छ, नयाँ नेता नारायण काजी श्रेष्ठलाई अकस्माथ समायो, बैध्य, मातृका, कटुवाल, ओली, शेरे….. ओहो हेर त कत्ती हो कत्ती ! सभासदहरु लाई पनि यो महामारी नलाग्ला भन्न सकिन्न !! जिल्ला गका छन सबै बिकट बिकट….चीसो मौसम छ यस्तो | ऋण गरेर भए पनि चाडै भन्दा चाडै एउटा औषधी पसल खोल्छु बरु मलाई यसो सहयोग गर्नुहोस्न…… नाफा बांडम्ला क्या !!
मन परो वा परेन:
0
0
[Reply]
नक्कले बहादुर सार्की Reply:
February 28th, 2009 at 6:49 am
hoina !pallaghare napha pachhi ta timi pani ustai hau !
मन परो वा परेन:
0
0
[Reply]
Naya nepal ko gaf dine e jangali haru sahar chhireka 8mahina samma ma ktm k ho tha pauna sakeka chainana aru kura ko aas na garnu bekar6, jhan parchanda ta pahila jangale naike thiya to belama pani jangle ma syal mareko paiyama la kamred ho yo syal marnu ma tgulo karanhunsak6 chhanbin garnu par6 vanthe hola , 8mahina pa6i darbar pugeka thiya birendra mareko varkhar tha paya jasto 6,
मन परो वा परेन:
0
0
[Reply]
A mb vanne haru ho timiharuma himmat 6 vane ” BHAIRABNTH GAN” ma Vayako k thiyo to matra chanbina gara kati chanbin aayog ko name ma desko dhukuti sakne kam garnu, tehibata katiko sindur pu6iyako6 kati tuhura vayaka6na sak6 vane teti gara hoina vane sakina vanera hat uthaideu vasan dherai vo timra vasanle pani janata tannai agaya aba kehi aas6ina
मन परो वा परेन:
0
0
[Reply]
Well, Maoist party and His young force YCL are blacklists in Many Countries. Since 11 September 2001, developped countries are fighting against terroists all over the world. China, India and US, Europe must be very careful with Maoist and YCL. United Nations and Government of Nepal must close YCL militry camps in Nepal as soon as possible. Otherwise, it might be dangerous in futur. During the period of civil war in Nepal, many Maoistis Cammanders , leaders did crimes on innocents people.The criminals of war must be informed ,arrested and punished by International Court, Hugues Netherlands.
मन परो वा परेन:
0
0
[Reply]
Pheri GARERA Dekhauna cHAANELAI KINA khas khas bho TA yi CMMENTERS LAI . pAHILEKAI thik CHHA bHANE TA bhai halyo nI >
मन परो वा परेन:
0
0
[Reply]
ok prachanda lalsalam?
मन परो वा परेन:
0
0
[Reply]
प्रचन्ड जि तपाईंलाई धन्यवाद यस्तै राम्रा कम्को थालनी छिटोछिटो देसमा
शान्ती र बिकास गर्नु होला
मन परो वा परेन:
0
0
[Reply]
desh maa shanti kaile ni aaudaina so…don’t u guys expect any change in nepal…..nepal ajha tala tala hjardai jaancha jabaki sansaar bikash hudai gairaheko cha…yo sab hunu ko karan yehi neta haru ho jo chahine kaam garne haina nachahine yesta nautanki garera baschan…jo sukai le bhane ni ma chahi nepal ko aba ni kei pragati hola bhanera chahi bisswasta chaina
thaks,
harimaya
मन परो वा परेन:
0
0
[Reply]