नयाँ नेपालको बृत्त चित्र
-गणेश खड्का “प्रतिक्षा”

साइँली बज्यै !
नातीको फोटो हेरेर
किन रुन्छ्यौ बेकार
सतीले सरापेको देशमा
अब फेरी तिम्रो सराप ?
चुपो लाग
यहाँ बोल्नु हुँदैन
अपहरित तिम्रो नाती
कहिल्यै फर्केर आउँदैन
यो नयाँ नेपाल हो
ठुलीकान्छी भाउजु !
छोराको लुगा सुँघ्दै
घोप्टो परेर
किन भक्कानिन्छ्यौ बिना सित्ती
धर्म मासिएको मुलुकमा
तिम्रो आरधना
तिम्रो प्रार्थना
मन्दिरको गजुरमा ठोक्किएर
तिम्रो आवाज, तिम्रो चित्कार
तिमीतिरै फर्किन्छ
हराएको तिम्रो छोरो
कहिल्यै भेटिदैन
यो नयाँ नेपाल हो
अन्तरे दाई !
पटुका कसेर
के मरिहत्ते गर्छौ वाहियात्
ठग र दलालहरुले
धावा बोलेको राष्ट्रमा
तिम्रो राष्ट्रियता
तिम्रो स्वाभिमान
युरिया मिश्रित
रक्सी भन्दा सस्तो
तिम्रो पसिनाले
कहिल्यै मूल्य पाउँदैन
सँस्कृति र परम्पराको त
झन् कुरै नगर
यो नयाँ नेपाल हो,
नयाँ नेपालमा
सानो मर्छ, ठूलो बाँच्छ
गरीब रुन्छ, धनी हाँस्छ
हुनेले खान्छ, नहुनेले हेर्छ,
नयाँ नेपालमा
पुलिसले चोर्छ
हाकिमले घूस खान्छ
मन्त्रीले ज्यान मार्छ
बिर्खे भाई !
किन मर्नु पर्यो
देशको खातिर ताई न तुई
स्वार्थी, पापी
र पाखण्डीहरुको अखडामा
तिम्रो रगत
रजश्वला बिग्रेकी स्त्रीको जस्तै
सस्तो हुन्छ भने
गुमेको तिम्रो ज्यानले-आत्माले
कहिल्यै वीरगती पाउँदैन
फौजदारीमा मरेका
नेता-मन्त्रीका आफन्तहरु
धमा-धम
महान शहिदमा सूचिकृत भएपछि
तिम्रो पवित्रताले
कहिल्यै मोक्ष पाउँदैन
यो नयाँ नेपाल हो,
अन्त
जनहत्यारालाई दण्डित गरिन्छ
तर यहाँ
पुरस्कृत गरिन्छ
जसले बढी युद्द गर्छ, आतंक मच्चाउँछ
उसैले शान्ती पुरस्कार पाउँछ,
नयाँ नेपालमा
बाघ हिंस्रक छ
शायद अब
उसले पनि
जङगलबाट दाबी गर्छ
र शान्ती पुरस्कार पाउँछ
नयाँ नेपालमा,
अब
हेर्न बाँकी छ
नयाँ नेपालबाट
पाठ सिकेर
विश्व नोबेल शान्ती पुरस्कारको
दाबेदार बन्न सक्छन्
थुप्रै बिन लादेनहरु
तामिल टाइगरका नाइकेहरु
र मुसरफहरु ।
तिवारी भञ्ज्याङग-४, भोजपुर
हाल : भिक्टोरिया (सिसेल्स) ।
(जरुरी सूचना-साथीहरु, मैले अहिलेसम्म वर्डप्रेस (यो ब्लग चल्ने मुख्य पेज) को पुरानो भर्सन चलाईरहेको थिएँ । तर नेपालप्लसको साजसज्जामा केहि बदली गर्नुपर्दा नयाँ भर्सन चाहिने रहेछ । अनि यो नयाँ भर्सन चलाउन मलाई अप्ठेरो भैरहेको छ । त्यसैले केहि सामाग्री मेटिने, राम्ररी नमिलि पोष्ट हुने, नयाँ सामाग्रि राख्न ढिलो हुने लगायताका केहि समस्या र कठिनाई हुनसक्छन केहि दिनकालागि। केहि दिनमा नेपालप्लसमा केहि हेरफेर हुँदैछ । कम्तिमा अब तपाईले आफुले चाहेकै प्रतिक्रियालाई त्यहिँ मुन्तिर जवाफ लेख्न सक्ने हुनेछ । त्यसैले केहि दिन बानी नपरुन्जेल सम्मकालागि केहि कमजोरी देखिए क्षमा चाहन्छु-ददि सापकोटा, नेपालप्लस) ।


ganesh ji la kabita ta mitho 6. khai k garnu ra hinsrak baghharule deshlai khattam nai banaudai 6n. hamile ta herera basnu sibaya kehi pani garna sakdainau. kati din samma chalne ho yo deshma esto tandab nritya…? nepal ra nepaliko katha jastako testai 6rlanga pae maile ta tapaiko kabitama thanx .esari nai ghachghachyaune kam gardai garnuhos hai aafnu kalam bata.
मन परो वा परेन:
0
0
[Reply]
dev raj rai Reply:
March 2nd, 2009 at 9:19 am
HI” friend I’m M:R Dev
मन परो वा परेन:
0
0
[Reply]
Ganesh ji,
Badhai 6.Nepalko yathartha kabita marphat prastut garnu bhayakoma.Jati boleni jati lekheni yaha sunne ra kaaryanwayan garne manchhe kohi chhaina.Tar lekhna nachhodnuhola.
मन परो वा परेन:
0
0
[Reply]
Ganesh ji, tapai ko kabita saari ramro chaa. mero nazaar ma chee tapai ko kabita lai taarif garda kabita ki aapamaan hunchaa jastho laagchaa.saayad taarif ra taali ko vooka ta tapai ka kabita vitra ka nayta haru holaan.lekhnay kaam lai choodnu hunna vanne aash ma sadai paalirahane chuu.
मन परो वा परेन:
0
0
[Reply]
kavita is too borring,actully where is nepals map.so kindly dont make nepali janta fool.u ed8 ganesh khadka nu most know this all kavita are old type.,,,,,,,,,,,,,,,,,,,,,
मन परो वा परेन:
0
0
[Reply]
what a nice poem ur such a great writter
मन परो वा परेन:
0
0
[Reply]
जसले बढी युद्द गर्छ, आतंक मच्चाउँछ
उसैले शान्ती पुरस्कार पाउँछ,
मन परो वा परेन:
0
0
[Reply]
Ganesh Ji you are like Bhojpure KhUkUrI Nice poem Keep it up.more and more i can read you forever….
मन परो वा परेन:
0
0
[Reply]