सँगठीत हुँदैमा महिला स्वतन्त्र हुन्छ र ?
फेब्रुअरी २० तारिखमा ददिराम जी ले यसै ब्लगमा खोइ त महिला जहाँ पनि पुरुषकै बर्चश्व भन्ने लेख लेख्नुभएको थियो । बिषय एकदम राम्रो थियो । मेरो बिचारमा लेख्न खोजिएको बिषयपनि उठाउनै पर्ने बिषय थियो । पाठक प्रतिक्रिया हेर्दा बिषय लेखिनुपर्ने हो भन्ने लाग्छ । झन्डै आधा जसो पाठक प्रतिक्रियामा कैँची पनि लाग्यो । किनभने पाठकहरुले भन्न बाँकी केहि राखेका थिएनन । जसले गर्दा मानिसका आन्तरिक कमजोरीहरु छरपष्ट भएनन । पेरिसमा तीन वटा नेपाली सँस्था छन् खासगरि र तिनवटैमा कम्तिमा ३३ प्रतिशत पनि महिला सहभागिता छैन । झन् फ्रान्समा १५ सदस्यीय एनआरएनएमा जम्मा तीनवटी महिला छौँ । यति पनि सँख्यामा अरु दुइमा महिलाहरुको सहभागिता छैन । किन छैन ? भन्ने कुरा हामीले खोतलेर हेरेका छैनौँ । झन् फ्रान्सको एनआरएनए त यूरोपभरीकै एउटा उदाहरणिय सँगठन रहेछ जहाँ उपाध्यक्ष, सचिव र महिला प्रतिनिधी महिला भएको र यति धेरै महिला सहभागिता भएको । यो उदाहरण हामीलाई काफी छ अरु सँगठनका पछि नकुदौँ पहिला आफ्नै सँगठनलाई हेरौँ । म आँफू एनआरएनमा छु र पनि भन्न मन लाग्छ हाम्रो एनआरएन समेत कता छ ? केन्द्र देखि सँगठनका अन्य शाखाहरुमा ? हामी एनआरएनएहरु देश बनाउने, हाम्रो लगानी नेपाल लाने, हाम्रो शिप देशका लागि दिने कुरा गर्छौ तर त्यो भित्र महिला किन सँगठीत छैनौँ ? के देश निर्माणमा महिलाहरुको सहभागितै नचाहिने हो ?
या के सँगठीत हुँदैमा महिला स्वतन्त्र हुने र असँगठीत हुँदैमा महिला बन्धनमा पर्ने हो त ? यो कुरो बुझेकि छैन । ददिराम जी को यो आर्टिकल पछि म सोच्न बाध्य छु । म सँग राम्रो उत्तर छैन । कृपया राम्रा राम्रा बिचारहरु यो पढ्ने सबैले लेख्नुहोला । महिला सँगठीत हुन किन जरुरी छ । हुन पर्छ कि पर्दैन ।
अस्तिको फेब्रुअरी १५ को भेलामा एनआरएनएका १५ पदाधिकारीहरु मध्ये दुइ अनुपस्थित हुनु भो । अनि पाँच जना सदस्यहरु श्रीमतीहरु नलिइकन कार्यक्रममा आउनुभयो अथवा श्रीमतीहरु आउन चाहनुभएन । उहाँका श्रीमतीहरुका साथ लागेर आउनुहुने अरु झन्डै तिन गुना महिलाहरु महिलाहरु समेत कार्यक्रममा अनुपस्थित रहनुभयो । यसले गर्दा कार्यक्रममा सहभागीता कमी देखियो । व्यक्तिगत रुपमा मेरो कसैप्रति आग्रह र पूर्वाग्रह र रिसराग केहि छैन । म कोही पनि महिलालाई सानो र अज्ञानी देख्दिन । बरु म उहाँहरु सँग रहेको शिप र क्षमता ममा पनि भएको भए कति राम्रो हुनेथियो भन्ने सोचिरहन्छु । म सँग उहाँहरुमा रहेका कयौँ शिपहरु छैनन ।
तर पनि मनमा एउटै कुरो छ साँच्चै उहाँहरु किन आउनुभएन ? हामीले गलत जानकारी प्रबाह गर्यौँ भनौँ भने सबैको समान सहभागिताकालागि पत्रमा आग्रह गरिएको थियो । छोराछोरीले गर्दा हो भनुँ भने महिला प्रतिनिधीकी सबैभन्दा सानी बच्ची छिन उहाँ पाँच महिनाकी छोरीका साथ आउनुभएको थियो । बिरामी भए भनुँ भने सबै बिरामी पर्न नपर्ने हो । महिलाहरुलाई कार्यक्रम मन नपरेर हो भनुँ भने श्रीमानहरु दिनरात एनआरएनए भनेर खटिरहनुभएको छ । अरु बेला फेरि उहाँहरुका जहान परिवारले एनआरएनए लाई निकै मद्दत गर्नुभएको छ । गर्नुहुन्छ । अब आउने मार्च आठ महिला भेलाकै कुरा गरौँ न । उहाँहरु यसकालागि एकदम तयारी गरिरहनु भएको छ । अहो महिलाहरुको कार्यक्रम । आफ्नै कार्यक्रम हो भनिरहनु भएको छ । उहाँहरुबाट प्रत्यक्ष सहयोग र अप्रत्यक्ष सहयोग सबै मिलेको थियो र छ । कोहि कोहि महिलाहरु त उहाँहरुका लोग्नेहरु भन्दा निकै सक्रिय समेत हुनुहुन्छ । धेरै मोटिभेटेड हुनुहुन्छ । तर त्यो भेलामा मात्र किन त्यसो भयो ? त्यो मिराकल किन थियो ? कुरो यसैमा हो । त्यही पनि पाँच पाँच सदस्यका श्रीमतीहरु । के उहाँहरुको कुनै साझा कारण थियो ? म एनआरएनए फ्रान्सको सचिव हो तर म सँग उत्तर छैन । यो मेरो सानो जिज्ञासा हो । मलाई लाग्छ ददिराम जी को जिज्ञासा पनि यहि हो ।
त्यसो भन्दैमा कार्यक्रममा महिला सहभागिता भएन भन्ने होइन । असाध्यै राम्रो महिला सहभागिता भयो । भलै बोल्नेमा एक महिला पर्नुभो । हामीले पेरिसमा को महिला के बिषयमा दक्ष हुनुहन्छ पत्ता लगाएको पनि छैन । एउटा कुरो चाँही पक्का के हो भने हरेक भोजहरु र ठूला ठूला कार्यक्रमहरु सफल हुनुका पछाडि भान्साको व्यवस्थापनामा महिलाहरुको अति राम्रो सहभागिता हुन्छ यहाँ । पुरुषहरुले थोरै सहयोग गरे पुग्ने । केहि महिलाहरु त अझ भान्सा ब्यवस्थापन र नृत्य मा बारँबार चर्चामा आइरहनुहुन्छ । यो सुखद पक्षपनि हामी सँग छ । हामीसँग कला र शिप भएका अरु थुप्रै महिलाहरु हुनुहुन्छ । त्यहि हो उहाँहरुको शिप चिन्ने मौका पाइएको छैन । त्यही शीपलाई हामी हामी महिलाहरु नै मिलेर फुलाउन सक्यौँ भने पेरिसमा पुरुषहरु भन्दा अझ महिलाहरु अगाडि आउन सक्ने बातावरण छ । समय क्रममा आउलान् पनि । अब देखि यहाँ रहेका महिलाहरुले गरेको योगदान भुल्नु भएन । मन्चमा नआउँदैमा महिलाहरु सक्रिय छैनन भन्न भएन । ल ददिराम जी लाई यो कुरा चेतना भया ।


दिदी दिल नदखुए किन दिल दु:खयको हो । तर दिदी ले आरोप लगाउनु भय जस्तो छ के मा भने नरी भोज र भतेर मा बदी सभागी हुन्छन
भनुभयो के खेfन को पिर ले हो त किन यो कुरा
मन परो वा परेन:
0
0
[Reply]
दिदी ले आरोप लगुनी भयो नि नरी लाई त के भने भोज भातेर मा बदी सभागी हुन्छन भेनेर आरु काम म त काम नै हुन्छन भनुभयो म त दुखी छु है ।
मन परो वा परेन:
0
0
[Reply]
DIDI NAMASKAR,
DIDI TAPAIKO LEKH LEKHAI AK DAMAI RAMRO CHHA TAPAI JASTAI LITERATE ARU MAHILA HARU BHAYE TA SAYED SABAI LE BUJHNE THIYE RA ARU MAHILA HARU LE PANI TAPAIKO BICHAR LAI MANAN GARI AGADI BADNU PARCHHA BHANNE SANDES ARU MAHILA HARU LE BUJHUN.
मन परो वा परेन:
0
0
[Reply]
अनुराधा जी
काम गर्दा यस्तै हुन्छ । शरुभक्तले लखेका छन् हिमालहरु सबैले आहा भन्छन् र छुने रहर गर्छन् । तर हिमाल चढ्ने मान्छेले एक्लै चढ्ने शाहस गर्नुपर्छ । अरुको पिठ्यूँमा चढेर हिमाल चढिन्न । कार्यक्रममा अरु किन आएनन भन्ने तिर भुल्नुभो भने उत्तर पाउनुहुन्न । यो एकदम वाहियात कुरा हो भन्ने मलाई लाग्छ । इच्छुकहरु आउँछन् इच्छा नहुनेहरु आउन्नन । त्यसैले कामै गर्ने जाँगर छ भने तँपाइले हिमाल एक्लै चढ्ने साहस गर्नैपर्छ । हिमाल चढ्दा बाटोमा धेरै साथि भेटिन्छन् । सहि साथी भेटिने पनि काम गर्दै जाँदा हो । यतिमा खुसी हुनुस कि कमसेकम पुरुषहरुको त सहभागिता राम्रो छ । यस्तो रुन्चे लेख मलाई केहि राम्रो लागेन ।
मन परो वा परेन:
0
0
[Reply]
लेकाली Reply:
February 28th, 2009 at 2:59 pm
अनुराधाजी तपाईंले पनि युबराज निरौलाको कुरालाई अनुसरण गर्न जरुरी छ जस्तो लाग्छ मलाई पनि। आखिर यात्रीले यात्राको सुरुवात त एक्लैले तय गर्ने न हो। बिचमा सहयात्री अबस्य पनि थपिने छन तर लक्ष्य चाही दरो नै हुनुपर्छ।
मन परो वा परेन:
0
0
[Reply]
Miss Anuradha.
In your programme can foreign women can participe on 8 of March ?. What you are doing for women , it is very good initiative. Because 90 percents of nepali people would like to leave their country because of economy probelm, unsecure, two armies tow justices in same country and civil war etc . Most of nepali who live in foreign countries. They are facing many probelms becauce of lack of knowledeges, experinces behind nepal’s civil war very bad reputation etc.. etc. In France , most of nepali who have alreday greeen cards, don’t want back to nepal. They are in France . By unfortunately, inside their houses and mentality , cuisine , educations , a way life are like in nepal. This is why , they have always difficulty in French society , not to find good job; not to intergrate correctly . They can’t back to nepal because they feel coupable of situtaion in nepal i.e. dirty , no elctrticiy, pauverty, political situation, no secure of life , unemployment etc . Even though, their children were born in France. Their children don’t like to nepal and nepali too. Parents forced them to learn their culture . As a results, their children become like a half cooked- rice. No taste no flavour .This is why , their children have many echecs in schools. Many of them not to succces bacularet exams . Then, parents harrase again their children marry with nepali epouse. It become again night mare in their life. In your meeting , it is better to talk about “intergartion in society of France” . You are very lucky people because you are living one of richest, peaceful , beautiful country FRANCE in the world. Your life and property are always secured by French Government. This is not my advice . This my opinion . Thas’s all. Thank you.
मन परो वा परेन:
0
0
[Reply]
Anuradha Paudel Reply:
March 3rd, 2009 at 3:33 pm
Dear Azanji
Namaste
I have read your message and would like to inform you that any women of any national can participate at this programme.
As we didn’t know earlier, we may not be able to allocate the time for them to deliver some speech. But they can be our participants and if they present some paper raising some important issues then we will share this on the programe.
We will certainly include your valuable suggestion in our final draft.
And we thank you for your valuable suggestions.
Wishing you the best,
Anuradha
मन परो वा परेन:
0
0
[Reply]
I live and work in France. I had the opportunity to read Dadiji’s and Anuradhaji’s articles. Both raised the good concern about women conditions in France but what I regret in these articles is the polemic thinking. In Paris there are lots of new ideas and the Nepalese society here is in perpetual movements, which is very good. The NRN France and other associations give the opportunity and a platform to all Nepalese to find the answer or the information to their queries (brihat bhela, film projection, sightseeing , etc) . It’s easy to criticize those who are engaged in these movements but those who criticized should come and should take initiatives, so to make it better, if they can and not criticise for criticise. I think, in associations ones have to give time, somehow money and should bear responsibilities. Thanks for those who take such responsibilities for us. We should be positive. We should look the positive side of each and every step when it is done for the benefit of our community. Of course nobody can satisfy the whole world.
Concerning women’s condition here, in my thinking, it’s like everywhere, there is nothing new. Nepalese women’s are getting empowered being in modern society but will certainly take some time for them to arrive at some posts. Of course every force should be put in practice to speed for them to arrive very soon. In France I know some women who are integrated in the French society (working in French companies, social life in French society…). In my thinking Nepalese women in a country like France are free and not a father, brother or husband can impose his opinion if she wants to engage or participate in a program. We should not forget about the freedom of women, accompanying her husband/brother/father in a program does not mean she is free or not. We should not be so hasty to say so. In my thinking, when a woman really wants to do something, in a country like France, no husband brother or father can stop her.
For me, all these articles are polemics and self oriented and partial view written in a hasty manner.
Let’s be positive. Anyway the subject is very correct and wise but not the way it is written. Waiting for better articles and Nepalplus keep on…
मन परो वा परेन:
0
0
[Reply]
Madem anuradha how long ur in paris and your are right that u and ur group cant able to allocate the time for them means talented people ur right only harihar,ashok and hemanta and their family have chance and now u are the same line just…………………………………………………………
मन परो वा परेन:
0
0
[Reply]