केहि नगरि ज्यान जाला फर्किए त !

 

 

 

आफ्नो समाज । आफ्नै परिवेश । त्यहि देशले हुर्कायो । बढायो र यहाँसम्म आउन सक्ने बनायो । त्यो सुन्दर कलाक्रिति । त्यो प्राक्रितिक सौन्दर्यता । त्यस्ता विशाल ह्रिदय भएका नागरिक । आफ्ना परिवार । गाउँघर र हुर्के बढेको आँगन अनि पँधेरो । कसरि भुलेर बस्नु ? सबै कुरा त्यागेर गुमनाम बस्नुको के सार्थकता ? होइन हामी त केहि सिकेर उहिँ गएर सामाजिक हैसियत बनाउँछौं । यहाँ त सिप मात्रै सिकेर जाने हो । यसै भन्न थाले ति दुइटीले ।

 

कलाको धारणा भने अलि अलग रहेछ । मत वाक्कै दिक्कै भएर हिँडेकि भन्न थालिन । काठमाडौंमा जागिर गर्दै बसेकि रहिछिन् बहिनीसित । आफ्नै बहिनीसित ठाक्कठुक्क पर्ने । बत्ती छैन । जाडोमा चिसोले सेक्छ । गर्मीमा तातोले डाम्छ । यसो पढौं बत्ती छैन । एक बाल्टी पानी पाउन महाभारत । ग्याँस लिन गयो तिन घण्टा लाईनमा बस्दापनि पाईन्न । यता बम पड्क्यो भन्छन । उता मान्छे मारिए भनेर सुनाउँछन् । एक चोलाको जिन्दगी कहाँ त्यस्तै अकालमा जाने हो भन्ने शुर्ता । टुकीको धिपिर धिपिरमा बल्लतल्ल गरेर पढ्यो कहि कतै त्यो जागिरको गन्धसम्म सुँघ्न पाइँदैन । वाक्कै परेर हिँडेकि रहिछिन लौ पाएसम्म यतै जमेर बस्छु भन्दै । यिनिपनि अब के कसरि क्याम्पस भर्ना हुने होला भन्ने सोधखोज गर्दै थिइन । शुशिला अलि पहिले आएकिले स्वभावैले धेरै जाने बुझेकि अनि तत्कालै सकारात्मक जवाफ दिने रहिछिन शुशीला बहिनी उमेरका दुई संगीलाई आफु मात्रै हौसिने होइन कि साथीहरु कला र अर्चनालाईपनि ढाडसदिने गज्जबको उत्साह रहेछ यिनमा ।

 

फ्रान्स आउने योजना मनभित्र उनेपछि उनीहरु गएछन एजेन्सीमा । त्यहाँ गएर दरखास्त भर्नु पर्‍यो । भाषा पढ्न लगाउँछन् त्योपनि पुरा गर्नै पर्‍यो । कामकै बारेमापनि त केहि तालिम पुरा गर्नुपर्ने हुन्छ । बिभिन्न कागजहरु आदानप्रदान नभई फ्यास्स भिसा लाग्दैन । यि किशोरीहरु एजेन्सीले भनेको समयमा नभएपछि के भो सर हाम्रो कागज ? कता पुग्यो हाम्रो प्रोसेसभन्दै झक्झकाउन जाने रहेछन् । हुँदैछ भन्ने जवाफ एजेन्सीले दिने रहेछ । अनि चलाख किशोरीहरुले दिने रहेछन् गज्जबको जवाफ एजेन्सीलाई तातो लगाउन । “ल है सर, घरबाट बिवाह गर्नु पर्‍यो भनेर पेलेको पेल्यै छन । छिटो गर्नु पर्‍यो । नत्र त  बिहे गरेर जानुपर्ला जस्तो छ”। सरले भने बिदेशमा पढेर, घुमेर, जाने बुझेर, केहि प्राप्ती भएपछि मात्रै बिहे गर्नु पर्छ मिसभन्ने रहेछन्। सरका कमिसन पचाउने लोभी कुरा सुन्यो अनि किशोरी हरु हेर लोभी सरभन्दै मुर्छा परेर हाँस्ने रहेछन् । साँच्चिकै बिहेको कुरा त के हुनु र ! बाबु आमाले धेकेलकै भरमा गर्छन् यस्ता टाठा किशोरीहरुले बिहे ? त्यो सबै प्रक्रिया मिलाए बापत एजेन्सीले खाने रहेछ एक डेढ लाख ।

 

एक हप्तासम्म फ्रान्सेलीका घरमा बसेर फ्रान्सेली भाषा मात्रै बोल्ने र फ्रान्सेली खाना खाने गर्दा आत्तिइछन कला । नेपाली भाषा बोल्न नपाएपछि कोठामा नेपाली गीत गुनगुनाएर धित मार्ने रैछिन । आ साथीभाई सित बस्न नपाको एक हप्तै भयो त हो दाई ! नेपालीसम्म बोल्न पाको होइन।  अनि बौलाउँदैन भन्या मान्छे ? जे परे पर्ला भनेर म त नेपाली गित गाईदिन्छु एक्लैसुनाईन पूर्व सर्लाहीतिरकि कलाले

 

यि तिन किशोरी, अनुराधा र म पाँच जना भयौं । नेपालीमा जमेर गफ गर्दा यिनिहरु ओहो ! आज त काठामाडौं जस्तै लागिराछ भन्या, मलाई त फ्रान्स जस्तै लाग्या छैनभन्दै थिए । कला र शुशिला बोल्नपनि मैना चरा जस्ता । एकदमै बोलक्कड । अर्चना अलि लज्जालु । तर अलिबढि गम्भिर र सहनशिल । खाँदा बस्दाका अप्ठेरापनि सकभर भन्न नचाहने । सुनाएर के हुन्छ र ? भन्ने भावना रहेछ । यहाँ काम लगाउने फ्रान्सेलीलाई संकेत गर्दै यिनले खा खा त भन्छन् तर त्यो प्राक्रितिक होइन, देखावटी होभन्दै थिइन उनी । काम गर्ने मानिस बिरामी पर्‍यो भने तत्काल अर्को मानिस पाईन्न पाएपनि उसलाई केहि समय बुझ्नै लाग्छ । त्यो बुझुन्जेल काम राम्रो हुन्न । राम्ररी नराखे यहाँको कानुनले घेरा बन्दि गर्छ । त्यहि डरलेपनि तिनले माया गरेझैं गर्छन् । त्यसैले त्यो देखावटी जस्तो लाग्ने रहेछ । चलाख छैनन त यिनी ? कति छिटो यो सबै जानेकि ? छुट्टीका दिन साथी कहाँ बिताएर फेरि घरमा पस्दापनि आफ्नो जस्तै नलाग्ने रहेछ ।

 

हामीले साहस दिनकालागि केहि उदाहरण दियौं- नानी हो, थुप्रै नेपाली तिमीहरु जस्तै सजिलोसित यहाँ आइपुग्दैनन । बाबुको नामको जग्गा र आमाका कानका ढुंग्री र बुँलाकि समेत बेचेर भिसाको १२, १३ लाख सम्म तिरेर छिर्छन । तिनका हातमा न कागज हुन्छ, न काम, नत भाषानै । न हुन्छ वास बस्ने ठाउँको ठेगान । न हुन्छ गोजीमा दाम । ति रेलका स्टेशनमा बसेर समेत रात काट्छन् । ति ठगिन्छ, लुटिन्छन्, चुटिन्छन् पनि

 

तिमीहरु कसरि आयौ ? डेढ लाखमा डेढ दुई लाखमा टाक्टुक्कै ! काम गर्ने भिसासहित । बकाइदा बस्ने, खाने, औषधी उपचार र सुरक्षाको प्रत्याभुति अनि पढ्न पाउने अधिकार सहित । यस्तो सजिलो उपाय र किफायती तरिकाले कोहि आएको छैन । अब साहस गर । क्याम्पस बुझ । भाषा पढ । मेहनत गर । अनि गतिलो शिक्षा लिने लामो उद्देश्य राख । साना तिना अप्ठेरा कसलाई पर्दैनन् ? अलिकतिपनि अप्ठेरो नझेलेको जिन्दगीको के स्वाद ? समस्यै नपरे के मजा ? टाईफाई र तमक झमकबाट बचेर मेहनत गर्‍यौ भने राम्रो शिक्षा लिन सकिन्छ । केहि सिक्न, देख्न जान्न, बुझ्न र ज्ञान सञ्चय गर्न कठिन हुन्न । हो, भन्दै उत्साहका साथ मुठ्ठी उचाले तिनले ।

 

एक्कैछिनमा फर्कने हो दाई भन्दै आएका थिए । तर गफ खुब जम्यो । हामीपनि यिनका गफ सुन्न खुबै लोभियौं । अहिलेको किशोर किशोरीका अन्तरआत्मा, सोचाई र भोगाई कस्ता हुने रहेछन् ? त्यो जान्न पनि यिनका धारणा रहर लाग्यो । गफ जम्दाजम्दै साँझ पाँच बज्यो । कलाले नेपालबाट सुकुटी, नरिवल, तितौरा र पुष्टकारी सुस्टकारी ल्याएकि रैछिन । त्यहि पोका पन्तुरा खास्राक खुस्रुक पार्न लागे । सुकुटीको कोसेली टक्र्याए । नानीहरु धेरै नछोड, तिमीहरुले जति धेरै सुकुटी छोड्छौ, त्यति धेरै बोत्तलको काल पल्टिन्छ भन्दापनि मानेनन्

 

ढोका खोलेर निस्कने बेलैमा संझिए साथी भाई ए आम्मा साथीहरुले मार्छन् बाइ ! जाँदा बित्तिकै इमेल गर्नु है भनेका थिए, यतिका समय भयो लेखेकै छैन । क्या रिसाए होलानभन्न थाले आआफ्ना साथी सम्झेर । “त्यो कालीले यहाँ पो ठिक्क पारेकि, यूरोप गएपछि संझिन्छे हामीलाई ? ‘भन्ने हरुपनि होलान । “यहाँ हुँदा पो साथी, यूरोप गएपछि यिनको भाउ बढ्यो, अब के संझिनु नी हामीलाईभन्ने होलान कसैले । भनेर हाँसे, हँसाए । अनि ओहो, होइन अब त ईमेल गर्नुपर्ने भन्दै सुर्ता पनि गर्दै थिए ।

 

यि तिन वटैमा यति उत्साह, इच्छाशक्ति, द्रिढता र केहि गरेर देखाउने अभिलाशा देखिन्थ्यो कि त्यो जान्नपनि उत्सुक भइयो । यिनका कुरा सुन्दा अलिकति बेमोजपनि लाग्यो । यस्ता उत्साही किशोरीहरु हरेक दिन देश छोडिरहेछन । समाज बदल्न सक्ने उत्साह, आँट, तत्परता र ईच्छा भएकाहरु बिदेशमा सामान्य कामकालागि दौडिएर देशको शिक्षित जमात बाहिरिइरहेछ । यिनलाई राज्यले पढाएको त्यत्रो लगानी कहाँ गयो ? यस्ता कर्मठ किशोरीहरु बाहिरिएपछि समाजमा कस्ता मानिसको राइँदाइँ चल्छ ? ओहो, देशमा दिर्घकालिन शान्ति र केहि अवसर मात्रै भैदिएर भोलिको नेपाल यस्तै किशोर किशोरीले डोहोर्‍याउन पाए पक्कै केहि नहुँदो हो ?

 

हिँडेको तिन दिन पछि बिजुलीपत्र पठाए नानीहरुले । धन्याबाद, यता उति सामान्य औपचारिकतापनि हुने नै भयो । तर अर्चनाको बिजुलीपत्र त खतरा पो रहेछ । झलक्क हेर्दा अल् सोझी सोझी लुसि लुसि जस्तो लागेर हुन्छ र ? भित्रि मनमा केहि नगरि छोड्दिन भन्ने महासागरको भेल उर्लँदो रहेछ यिनमा । दाई, जोकोहिपनि नेपाली किन बिदेशिन्छ तपाईनै भन्नुस त । उम्, खोइ भन्नु पर्ने थियो होला । तर आफैंले उत्तर लेखेर उनले मलाई सजिलो पारिदिईन

 

मान्छेको जिन्दगी । न कहिल्यै पुग्छ, न सन्तोष मानेर बस्छ । थप जान्ने, बुझ्ने, प्राप्त गर्ने, हेर्ने र सफलताका सिढीं उक्लने आकांक्षाले मानिसलाई सक्रिय बनाईरहन्छ ।  नेपालमा जे गरेर बसिएको थियो त्यो भन्दापनि बढि जिवनमा केहि प्राप्ता गर्न सकौं । सफल हुन सकौं भन्ने भावना लिएरै आएको हुन्छ तर कसले कति हासिल गर्छ भन्ने कुरा मात्रै फरक हो । यहाँ सम्म त आइयो, । आउने बेलामा यो फ्रान्स भन्ने मात्रै सुनेका थियौ । हामी त अन्धो जस्तै थियौं । अब त धेरै थोरै थाह पाएका छौं । केहि नगरि फर्कँदैनौं । त्यति हिम्मत भने छ दाई । साँच्चिकै हिम्मतीला छैनन् त अर्चनाका कुरा ?

सुशिलाको उद्देश्य यहाँबाट क्यानडा, अमेरिका, अष्ट्रेलियासमेत जाने रहेछ । किन जाने बहिनी यहाँ आइसकेपछि ? ‘हेर्ने, घुम्ने, जान्ने, बुझ्ने, सिप र ज्ञान लिने । त्यसलाई नेपाल गएर सामाजिक हितमा लगाउने । कति चलाख ! उद्देश्य शुशिला र अर्चनाका समान जस्तै थिए धेरै । कहाँ यूरोप भासिने ? हत्, नेपाल जानुपर्छ, त्यहिँ काम गर्नुपर्छ, सामाजिक हैसियत बनाउनुपर्छ । आफ्नै समाजमा केहि गरेर देखाउने अनि प्रतिष्ठा कमाउने

  • Sagar Sharma

    नेपाली चेलीहरु सांच्चिकै साहसिला हुन तपाईंको कुरा पड्दा । राजनीतिका नाममा धुन्धकार मच्चाउने धन्धुकारी बाहेक् हरेक युबा युबती नेपालमा आफ्नो भबिस्य प्रती चिन्तित देखिन्छन । असुरक्षित महसुस गरिरहेका छन हरेक कोण बाट। त्यसैले बिदेसिनु बाध्यता नै देखिन्छ।
    असल मानिसहरुकालागि नेपाल असुरक्षित नै हो कि केहो । परिस्थितीले सोच्न वाध्य पार्दै छ ।
    साच्चै मान्छेको सोच पनि कस्तो आफुले जुन समयमा जे सोच्यो त्यो पुरा भएन भने दु:ख भयो भनीहाल्ने। मनले सोचेजती सबै पुरा हुने समय कहिले आऊला र खै। तर पनी महाकवी ले भने जस्तै ” उद्देस्य के लिनु उडी छुनु चन्द्र एक “।
    जे होस् नेपाली चेली/बहिनिहरुको साहस् उद्देस्य र मेहनत प्रसम्सनिय छ। अगाडि बड्नुहोस् बिसम परिस्थितीमा हरेस नखानुहोस् । सफलताको शुभकामना .
    लेखक लाई धन्यवाद । कलापुर्ण एबम् रोचक सामग्रि प्रस्तुत गर्नुभएकोमा ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • kala, archana ani sushila bahini haru ko josh, jagar ani sahas dekhera khusi lagyo!! tehi spirit liyera hardwork garnu hola. subhakamana!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • कमल

    साहसी बैनी हरुमा सफलताको शुभ-कामना ,
    अनी लेखक ज्यु, तेस रात बैनीले दीयको सुकुटि सँग कती बोत्तल गयो त ? त्यो पनी बताउनुन अझ रमाइलो हुन्छ की !

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bhimc rai

    sachainai tapai haruko udesya purahos. samaj kolagi kehi pakai garnu parchha samaj badaliyo bhane amnepali badalinchha nepalko unnati bhayobhayo bhanre hami yurop janu pardina samanya kamko lagi. ki kaso cheliharu.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • सर्बप्रथम त अनुराधा दिदी कला रचना र सुशिला जि मा नमस्कार अनी बिशेष गरी यि तीन जना बहिनिहरुको सफलताको लागि अग्रिम अग्रिम शुभकामना तपाईं हरु धेरै कठोर मिहिनेत र परीश्रम ले त्यहा पुग्नु भएको छ पहिलो त आफ्नो अध्ययन लाई प्राथमिकता दिनु होला र आफ्नो देस गै त्याहाको सिप अनी ज्ञान लाई स्वोदेश मा गै तेस्को सदुपयोग गर्नु होला हुन त अब तपाईं हरु त्यहाको रमझम मै भुल्न पनि सक्नु हुन्छ त्यो त अब तपाईंहरु कै आफ्नो ईच्छा मा भर पर्ने कुरो हो ल त तपाईंहरुको प्रगती को कामना हामी सम्पूर्ण गल्फ बासी नेपाली हरु को त्रफ बाट धन्यवाद तर धेरै खुर्सानी चाँही न खानु होल है

    राजु सापकोटा
    दोहा कतार

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • दिदी अनुराधा जि यि तीन जन बहिनी हरु कल अर्चना र सुशिल जि लाई तपाईं ले गर्न सक्ने सहयोग हरु गरी राख्नु होला किनकी वहाँहारु को शायद अहिले त्यो नयाँ ठाउँ मा कोही छैनन होला तपाईंको सहयोग वहाँ हरु लाई भगवान सबित हुनेछ र तपाईंको सहयोग वहाँहरु लाई अबिस्मरणिय रही रहनेछ

    राजु सापकोटा
    दोहा कतार

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • why does blogger want to highlighted those 3 girls? i dont know. could you plz somebody let me know?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • निर्मली

    साएद blogger लाई थाहा भएको छैन होला नारी हरु अरु पनि छन जो यो ब्लगमा राख्नु पर्ने जसले नेपालमा बसेर नेपाली समाजमा नारिको अधिकारको लागि लडिरहेका छन तर युरोप बसेर अमेरिका , क्यानाडा जाने सपना बोकेका हरुलाई यो आईमाई दिबसको शुभ मुहुर्त मा यो ब्लगमा
    highlight गर्नु मा केही त पक्कै छ हैन र चन्द्र जि तपाईंले भने झै …आखिर ब्लग ब्यक्तिगत न हो जसलाई मन पर्यो राख्यो ब्यर्थमा हाम्रो टाउको फेरी किन दुखेको होल है चन्द्र जि ….

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    Chandra Rai Reply:

    nirmali g tnx for agree with my openion

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

    Iksa Reply:

    ब्लोग्गेर को आफ्नो मान्छे पर्यो कि जसो लाग्यो मलाई त,केटि हरु नि गुफ थेरै लाग्यो,२lakh मा testo सजिलो gari france चिर्न सजिलो china हो साथी हो?अलि कति सत्यता लै नि धान मा राखेर ब्लग लेक्दा राम्रो होला,कि कसो?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Kishor

    lekhaie saro ramro cha. hamra didi bahini pani kuto kodalo garna matra hoina ki 21st satapdi ma jo koi jasari agi badne himmat raakhchan. Ra gare ra pani dekhuchan. dhanyabad cha yo mitho lekh ko lagi ani koti koti shuvakamana nepali cheli haru lie pani aune jidagi sahaj mathi sahaj bhandaie jaoos ra safalata haat paroos,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anukul Prakash

    यूवा मनले देखेका सपनाहरुको सम्बोधन स्वरुप लेखिएको प्रेरक लेखको लागि ददी सर’मा हार्दिक धन्यवाद ।
    आजको यूवा पुस्ता नितान्त स्वार्थी बन्दै गैरहेको अवस्थामा यि युवाहरुको समाज प्रतिको दायित्वबोध अनुकरणिय देखिन्छ तर यि त यिनिहरुका सपना मात्र हुन् जसलाई पुरागर्न तीन कुराको नितान्त आवश्यकता पर्दछ -१)लगनशिलता २) निरन्तरता ३) धैर्यता । यि तीनै कुराहरुमा कत्तिपनी विचलीत नहोउन् भनी म यूवा साथीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
    अनुकुल प्रकाश ,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • S.B. Chhantyal

    ददीजीको सस्मरण लेख्ने कला अनी बहिनीहरुको साहस, धेरै शुभकामनाहरु पाउनु भयो नेपालप्लसका पाठकसाथीहरुको। तीनै दिदिबहिनीहरुले सुभेक्छुकहरुको शुभकामना खेर जान दिनु हुनेछैन भन्ने आशा। लक्ष्य त्यती सजिलो पक्कै पनि पुरा हुँदैन र जादुगरी तुना पनि होइन।यी शुभकामनाका भार उठाउन कती सफल हुनुहुनेछ बहिनीहरुले आउँदा दिनमा हामी सुभेक्छुकहरु सामु राख्न नभुल्नु होला। धन्यबाद

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bikas

    i dont think such matters are suitable for this blog .why you want to publisize those person who leave nepal for nothing.they never think to return back to nepal and serve the poor people.i think these girls are searching some foriegn boys for marriage just becaue they want to stay there for long time
    everybody knows the reality of all nepalese who came here in Europe .they have to face many difficulties due to the barrier of language.especially for the ladies they opt to make boy friend and stay with him for survival
    Please bloger ,dont messs the this blog by writing such unnecesary things .if you want to show your family´s photo that´s right becz it is your own blog otherwise such girls never deserved the matter of news
    thanking you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    kamal Reply:

    yes may be they want marriage with foriegn boy . But that is not wrong, they can choice any handsome for their life patner. After their marriage also they can help for nepal and serve poor people,if hey want to succes of them aim.
    So i think we don’t need to look them from negative parts.
    Once more congrat dear sis. for yours aim.
    Thanks a lot and goad blease you more power every time.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Dambar Bdr. Majhi Reply:

    Hi,
    –Be positive–think positive—this is not way of thinking nagatively. It’s not about life partnet of these sisters who are moving different countries, they do it because of Personal Legend. As i listend from different guys, people that they would impressed by foreign peoples, that might be true but those who think like this never try to understand the soul of the world. So no matter of Boyfriend or Girlfriend if you think positive. I like this article becuase it’s true, fact and i hope you guys continue your travel of the world. —Happy New Year 2066—

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Geeta

    By reading comments from different people……..i reached in past (a month ago) i was in field trip of Doti district Far West Region while coming back from my monitoring area (one vdc) we stopped on the way where there were some girls in the field we asked the reason to their parents for not sending these girls to schools. Their parents simply reply ‘ALOTS OF MONKEYS ARE HERE THEY DESTORY OUR CROPS, THESE GIRLS ARE HERE TO CHASE THOSE MONKEYS’.

    Can we imagine the level of thinking.This is just one example what is the ground reality of our people, infact this shows our relality. It does not matter wether we go America, Canada or somewhere else we are not going to chage the life of these people we all are just bg in our own business.

    And i don’t think one should go abroad to serve ur people. If we want to do something, here are lots of option. This is not very good idea to blame ur country every time.
    Thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Parbinsamir Gautam

    jaya anuradha didi

    parbinsamir@yahoo.com

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kiran

    Good luck thiyi ho.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • oneleader.nepal

    Let me ask few questions:
    1. How many people have returned back home after completing their study in abroad ?
    2. How many people have donate a penny for the poor people of Nepal (most of them are bg with personal possession), who are working in abroad?
    3. How many of u have job as per ur education in aborad ( one in a thousand or million)?

    So struggling in own land is far better than abroad where u don’t have self-respect. Lets come together and dump all the dirty politician and reform Nepal not as Naya Nepal but as peaceful Nepal.

    This kinda article is useless why to highlight these girls dont they know every life has struggle…..its natural phenomena Guys.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    man thapa Reply:

    you are karod percent right!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai Yang pitang chhu Dharan haal-Oxford

    yee 3 cheliharule j jasta lachhya, udeshya ra sapana liera bidesieka hun tee sabai puraa ho un bhani kamana gardachhu.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suraj

    Really i m proud of all these independent girls.they are the big example for all the nepalese who are looking for the abroad.they teach the perfect lession.that we have to prepare ourself first then nobody can cheat us .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • rai, baini katai tapain lai dekheko jastai lagyo, k gardai hunuhuncha?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • nepal paribar

    anu radha ji je vaya pani bahini haru sahas garer aaunuvhako ho tapaile liyaya ko hoina tapaile naam lekhepani photo dekhau nu hudaina thiyo arulai flash ma liyayar naam kamaunu ramro hoina kina vane ti hamra cheli beti huna kasari aayo kina aayo tapaile lekhana saknu huncha tara photo dekhaunu hudaina thiyo camera cha vandaima derai photo khichnu hudai na r ghar ma bolayar fakayar photo khicha nu janai naramro kamho tapailai afno pesama hosh garer hidnu parne ho kina yati chamkeko ho paris ma chu vanera ho ki kina nepali cheliko maya lagna chodeko jasto cha tiyo photo tu runta nikali halne ok agadi tapai ko bichar pachiko barema pani socha nu hola ok jay nepal?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • BAHINIHARU KO SUPPORTER

    Wel done bahini haru ho,this is a reputed example of nepali cheli.keep it on, our wishes are always with youguys.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • देश जल्नै थाल्यो चारै तिर । बिना राजनितिक नेत्रित्व र निर्देशन दिनदिनै स्वतस्फुर्त नाराबाजी हुन थाले उपराष्ट्रपति बिरुद्द । लाखौं करोडौं नास भयो राज्यको । अनि बल्ल उपराराष्ट्रपति परमानन्द झालाई गल्ति गरेछु भन्ने परेछ । आज आफुले हिन्दी भाषामा सपथ खाँदा नेपाली जनताको भावनामा चोट परेकोमा भन्दै दुख लागेको स्विकारोक्ति गरेका छन । यस्ता त उपराष्ट्रपति हेर्नुस त !

    यत्रा दिनसम्म चुप बसे । अझ फाइफुट्टि देखाए, कथित मधेशबिरोधी केहि तत्वले आफ्नो बिरोधगरेको र माफी माग्ने त के सोच्नपनि नसक्ने भन्दै । सकभर त धाकधम्कि लगाएर, पेलेरै जाने बिचार थियो उनको । केहि सिप नलागेपछि बल्ल आज उनले सोझै माफी नमागेपनि हिन्दी भाषा बोलेर आफुले आम नेपालीको भावनामा चोट पार्न नखोजेको स्विकार गरेका छन । हिन्दी भाषामा सपथ खाएर नेपालीहरुको भावनामा चोट पुर्‍याउनुभन्दा हिन्दी तराईको सम्पर्क भाषा भएकोले त्यसमा सपथ खाएको भन्दै आफ्नो बचाउ गरेका छन।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • देश जल्नै थाल्यो चारै तिर । बिना राजनितिक नेत्रित्व र निर्देशन दिनदिनै स्वतस्फुर्त नाराबाजी हुन थाले उपराष्ट्रपति बिरुद्द । लाखौं करोडौं नास भयो राज्यको । अनि बल्ल उपराराष्ट्रपति परमानन्द झालाई गल्ति गरेछु भन्ने परेछ । आज आफुले हिन्दी भाषामा सपथ खाँदा नेपाली जनताको भावनामा चोट परेकोमा भन्दै दुख लागेको स्विकारोक्ति गरेका छन । यस्ता त उपराष्ट्रपति हेर्नुस त !

    यत्रा दिनसम्म चुप बसे । अझ फाइफुट्टि देखाए, कथित मधेशबिरोधी केहि तत्वले आफ्नो बिरोधगरेको र माफी माग्ने त के सोच्नपनि नसक्ने भन्दै । सकभर त धाकधम्कि लगाएर, पेलेरै जाने बिचार थियो उनको । केहि सिप नलागेपछि बल्ल आज उनले सोझै माफी नमागेपनि हिन्दी भाषा बोलेर आफुले आम नेपालीको भावनामा चोट पार्न नखोजेको स्विकार गरेका छन । हिन्दी भाषामा सपथ खाएर नेपालीहरुको भावनामा चोट पुर्‍याउनुभन्दा हिन्दी तराईको सम्पर्क भाषा भएकोले त्यसमा सपथ खाएको भन्दै आफ्नो बचाउ गरेका छन।
    aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
    ho raa

    i m from barna shantinagar jhapa
    mechi nepal

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • anjana

    wow, Maya, It’s very good creative thing. I m so happy to u and i m so proud of u.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kumar 'akhus'

    yee 3 naniharuko bichar sachainai pramsania chha. Yestai bichar vayeka naniharuko dimag jasto aruko pani holan tara adhikansa naniharu chor dalalbata faseko pani dherai nai chha tesma chahi arunani hurule pani yee 3 nani harubta kehi gyan lina paryo.

    Kumar,U.A.E.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • vima

    AFANATA KO ADVERTISE GARANU PARCHA WITH PICTURE ..HAAAAAAA

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree