यौनकालागि वालहत्या

nepal-nature-tiger-killing-nepalplus.jpg-ददिराम सापकोटा 

यौनाकांक्षाले सतायो भन्दैमा अर्काका बच्चा मार्दै हिंड्ने ? के वालहत्या गरेर यौन सन्तुष्टि मिल्छ ? मानविय हिसाबले हेर्दा वालहत्यासंग यौन सन्तुष्टिको कुनै मेल देखिँदैन। बरु यो कृयाकलाप पुरै निष्ठुरी , अत्याचारि र अन्यायपूर्ण लाग्छ।

तर सबै जिवमा यो लागु हुँदैन। जङ्गलका राजा भनेर चिनिएका बाघहरुमा भालेले जती छिटो धेरै डमरुहरु मार्न सक्यो उसले उती धेरै पोथीहरुसंग यौनाकांक्षा पुरा गर्ने अवसर पाउँछ।  जीवबैज्ञानीकहरुका अनुसार डमरु (बाघका बच्चा) साथमा रहुँन्जेल पोथीको हर्मोन बच्चाकै हेरचाहमा लगानी हुन्छ। बच्चा भएका बेला शरिरले हर्मोनपनि कम उत्पादन गर्छ। डमरु नहुनासाथ शरिरले हर्मोनलाई अन्य शारिरिक स्फूर्तताकालागि प्रयोग गर्न थाल्छ। पोथीहरु छिटो यौनावस्थामा आउँछन। नत्र डमरुहरु पूर्णरुपमा हुर्किन चार बर्ष लाग्ने हुँदा भालेहरुले त्यतिनै समय कुर्नुपर्ने हुन्छ। जति धेरै पोथीहरु बच्चासंग भयो भालेहरुलाई   उतिधेरै पोथीहरुको संकट पर्छ। पोथीहरुको जति संकट पर्यो उति धेरै भालेहरुबिच पोथी ओगट्नकालागि लडाभाँति पर्छ। लडाईँ   लडाईँनै त हो , लडाईमा उत्रीसकेपछि कस्को ज्यान जान्छ यसै कहा भन्न सकिन्छ र ?   हुनत सबै भालेहरुले यसैगरि डमरु मार्छन भन्ने छैन। माउबाट अलग्गिएर भर्खर वयस्क भएका वा बच्चा हुर्काइसकेर यौनावस्थामा पुगेका पोथीहरुपनि फेला पार्न सक्छन। लुते , रोगी र छेरुवा भालेहरु कतिपयले त जीवनभरिनै गर्भ बसाल्ने मौका पाउँदैनन्। कतिपय बलिया भालेहरुले भने अरुको वास्स्थानमा गएर आफुभन्दा निर्धा भालेलाई लघारेर पोथीलाइ आफ्नो नियन्त्रणमा लिन्छन।  पोथीहरु यौनावस्थामा पुगेपछि तिनले भालेको अगलबगलमा गएर पिसाब फेर्ने , दिसा गर्ने , खोस्रने गरेर संकेत दिन्छन। भालेसंग भेट नभएसम्म कराउने , अलिकती हिँड्ने, पिसाब फेर्ने, खोस्रने र फेरि कराउने गर्छन। भालेहरु यस्ता पोथीहरुको यस्तो चालामाला थाहा पाएपछि सिमाना काट्न थाल्छन। भालेहरुले यस्ता एक्ला पोथी देखेपछि आफ्नो वंश जगलभरि फैलिएको देख्न थाल्छन। खासगरि पोथीहरुको गन्धमा आउने परिवर्तनलाई पहिचान गरेर पोथीहरु यौनावस्थामा आएको वा नआएको पत्ता लगाउने गर्छन भालेहरु।


त्यसो त , पोथीहरुले डमरुहरुलाई पाखा लगाएर एक्ला हुँदैछन भन्ने संकेत भालेका लागि अरुपनि छन। डमरुहरु साथमा रहुँन्जेल पोथीहरुले आफ्नो वासस्थान वरिपरि गोडाका पञ्जाहरु स्पष्ठ देखिनेगरि गहिरो पारेर छोडेका हुन्छन। तर डमरुबाट एक्लिएपछि ति चिन्हहरुमा धुलोले भरिएर पुरिन थाल्छ। उसले छरेको वासना हराउँदै जान्छ। रुखमा कोतरिएका नङ्ग्राका डोबहरु पुराना देखिन्छन। यसबाट भालेहरुले पोथी एक्ली भएको पत्तो पाउँछन। यस्तो संकेत पाएपछि भालेहरु ति पोथीबारे पूर्ण जानकारी पाउँन उत्सुक हुन्छन। ति पोथीहरुतिर आकर्षित हुन थाल्छन। यतिखेर यौनकालागि बाघहरुमा आफ्नै दाजुभाइबिचपनि घमासान पर्छ।    तर यस्ता तयारी अवस्थाका पोथीहरुलाई ओगट्न अधिकांश भालेहरुले लडाईँ गरेर अरुलाई लघार्न सक्नुपर्छ। ऋतुकालका बेला एउटै भालेले धेरै पोथीहरुसंग सम्भोग गर्न खोज्नु र बलियाहरुले एक भन्दा धेरै पोथीहरु ओगटिदिनाले पनि यस्तो द्वन्द हुने गर्छ। २५ प्रतिशत भाले त ऋतुकालकाबेला एक-अर्कासंगको लडाईँमा मारिने गर्छन(अ फ्यामिली अफेयर , बिबिसि वाइल्डलाइफ अक्टोबर २००३)। त्यसैले प्रायः भालेहरुले अरु भालेलाई लघारेर उसकी पोथीलाइ ओगट्नतिर भन्दा यौनावस्थाका एक्ला पोथी वा आफुले सजिलै मार्नसक्ने डमरुसहितका पोथीको खोजी गर्नतिर लाग्छन अधिकांशले।   एउटा यौनकालमा पोथी तिन हप्ताजती यौनकालागि स्विकार्य अवस्था (एस्ट्रुस) मा हुन्छे। यस्तोबेला भाले र पोथीले सयौं पटक यौन आनन्द लिन सक्छन। माउबाट छुट्टिएर पहिलो पटक यौनको अनुभव लिन लागेका पोथीहरुलाई सम्भोगको पहिलो क्षण आनन्दमात्रै होइन पीँडादायकपनि हुने गर्छ। त्यसैले यस्ता पोथीहरुले भालेको प्रस्ताबलाई धेरै पटक अस्विकार गर्छन। उ एक त अनुभविपनि हुन्न। भालेहरुको लिङ्ग खस्रो हुनाले पोथीको गुप्ताङ्गबाट झिक्दा पाछेर पोथीहरु कराउने गर्छन (बाघ , भालु , हाती र गैंडाको सम्भोग संसार , सुचारु, मङ्सिर २०५६)।

तैपनि यौन प्रकृयाबाट उत्तेजना पाउनु पोथीको लागि ज्यादै महत्वपूर्ण हुन्छ। यस्तो उत्तेजना पाएमानै पोथीले गर्भ बसाल्नकालागि डिम्ब लिन्छे। यदि एउटा भालेबाट गर्भ नबसेमा पोथी अर्को ३० देखि ६० दिनमा पुन: यौनावस्थाकालागि तयार हुन्छे। पोथीले अस्विकारगर्दा जबर्जस्ती गर्ने भालेमाथी आक्रमणपनि गर्छे। यस्तोबेला भालेले धेरै जबर्जस्ती गरेर जोखिम मोल्दैन। भालेहरुले पोथीको घाँटीको माथिल्लो भागमा क्याप्प टोकेर सम्भोग गर्छन। यौनकालको पहिलो हप्ता चरमकाल मानिन्छ। यो कालको अधिकांश समय यिनले यौन कृयाकलापमैं बिताउँछन आहारामा भन्दा। यो बेला भालेहरु ज्यादै आक्रामक हुन्छन। पोथीका लागि भएको लडाईँमा हार्नेहरुले त आफु हिँड्ने गोरेटोका पातहरु शरिरमा ठोक्किदापनि रिसले तिमाथि जाइलागेको देखेका छन बैज्ञानिकहरुले। करिब १७ महिनाका डमरुहरु झन्डै माउ जत्रै देखिएपनि तिन बर्षजती पुगेपछि मात्रै बयस्क हुन्छन। बच्चाले माउ छोड्नु अगाडि माउको स्तनबाट दुध आउन छोड्छ। यसले बच्चालाई तिमीहरुका वाल्यकालका दिन सकिए अब आफ्नै बाटो लाग भन्ने संदेश दिन्छ। उता पोथीलाई भने शारिरिकरुपमा यौन हर्मोन उत्पादन गर्ने अवस्थामा पुगेर भाले चाहिएको संकेत। 


बलात्कार रोक्ने चलाखी भालेहरुले सजिलै एक्ला पोथी नभेट्टाउनु डमरुसहितका पोथीहरुले हैरानी पाउनु हो। किनकि जंगलमा एक्ला पोथीहरु भेट्टाउन जति कठिन भयो भालेहरुले उती डमरुसहितका पोथीहरुतिर आँखा लगाउँछन। । यस्तो बेला केहि पोथीहरुले आफु र आफ्ना बच्चालाई त्यस्ता भालेहरुबाट बचाउन केहि चलाखी अपनाउने गर्छन। आफ्नो हुर्कनै लागेको भाले डमरुलाई शरिरमाथी चढाएर पोथीले आफु कुनै भालेसंग लहसिएको देखाउँछे। आफ्नै भाले डमरुलाई ढाडमा चढाएर उ पटक पटक झाडीभित्र पस्ने र निस्कने गर्छे। ति डमरुहरु हुर्किएर माउबाट छुट्टिनेबेला नभएसम्म उसले त्यसै गरिरहन्छे। टाढैबाट यस्तो देखेपछि त्यो पोथीलाई अन्य कुनै भालेले ओगटिसकेको भालेहरुमा भ्रम पर्छ। यस्तो देखेपछि प्राय:भालेहरु तर्किएर सकभर अर्कै पोथीको खोजितिर लाग्छन।


कहिलेकाहीं त्यस्ता डमरुले आफ्नी आमाको जुक्ति नबुझ्दा साँच्चिकै यौनाकांक्षा राखेको भ्रममा पर्छन। जब डमरुले लींग फुलाएर पछाडिबाट आमाको शरिर पञ्जाले अँठ्याउँदै संभोग गर्ने संकेत गर्छन तब माउले उसलाई रोक्न झगडा गर्छे। कुनैबेला त डमरुहरुले जबर्जस्तिनै गर्छन। माउले झाप्पड हानेरै ढाडबाट ओराल्नु पर्छ तिनलाई। यस्तोबेला माउसंग मुकाबिलागरी जित्नसक्ने अवस्थाका भैसकेका हुँदैनन डमरुहरु। यो कृयाकलाप भारतको पन्ना राष्टृय निकुञ्जमा देखिएपनि बैज्ञानिक पुष्टि हुनभने बाँकी रहेको बताएका छन बैज्ञानिकहरुले।

  • dambar tamang

    ramro6 vdyo ramro rakhnu hola.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • B.S.Adhikari

    Ramro news

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree