गजल

-प्रकाश सापकोटा

 

prakasha-sapkota-golf

मुखले मात्र ठिक्क पार्छन् धोकेबाजहरु

 

आकाशको तारा झार्छन् धोकेबाजहरु

 

 

झुक्याउँछन् छक्याउँछन्, घरि आलेटाले

 

भोली भोली भन्दै टार्छन् धोकेबाजहरु

 

 

पैला मनको अन्तरमा बास मागी मागी

 

अत्तोपत्तो डेरा सार्छन् धोकेबाजहरु

 

 

चोखो मनको मझेरीलाई रुखो बनाएर

 

स्वार्थको घडेरी खार्छन् धोकेबाजहरु

 

 

हार्दिकता देखाएझैं गरि स्वागतले

 

भित्र भित्रै बार बार्छन् धोकेबाजहरु

 

 

नदी तर्ने डुंगा मात्रै पाउनुपर्छ तिनले

 

आफुलाई मात्र तार्छन् धोकेबाजहरु

 

 

बाँच्नलाई सहाराको चाँजो मिलाएर

 

बचाउनेलाई चाहिँ मार्छन् धोकेबाजहरु

 

-बनेपा, काभ्रे

 

हाल: दोहा

  • Dhruba (Kavre)

    ekdam mitho lagyo

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Saroj Rashik ,Tandi/Darwin

    thik 6 .last two lines are the sweetest.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • malai kabitta man paro

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]


  • Dokhebaj hami sabai hau mitra pharka tyatti ho matra ko sanga kati 6.kabita ramro lagyo.badhai 6.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree