महिलाले टोपी लगाएर भाषण ठोकेपछि…………….
महिला भेला । मञ्चमा सबै महिला नै महिला । नाम बोलाईयो मञ्चमा उपस्थित हुन भन्दै शोभा चन्द । उनी पछिल्लो लहरतिरबाट उठेर फटाफट आईन । दौरा सुरुवाल लगाएकाले होला सबैले पल्याक पुलुक गरे। कति घाँटी तन्काउँदै हेर्न थाले । कपाल हेर्दा महिला जस्तो । लुगा हेर्दा पुरुष जस्तो जस्तो । हुनत यूरोपेली महिला सम्मेलनमा भाग लिन पेरिस आए धेरै महिला । आएका मध्ये कतिपय महिला भएपनि महिला जस्ता थिएनन् । उनीपनि त्यस्तैमा परिन् । दर्शक दिर्घा त दंग पर्ने नै भयो । मञ्चमा बसेका र अयोजकपनि जिल्ल परेर हेरेको देखिन्थ्यो । उनले माईक चट्ट समातिन र भनिन “तपाइहरुलाई अचम्म लाग्ला सायद, किन आज यो दौरा सुरुवाल लगाएर आई भनेर । अन्याय नहोस भनेर “। बिचैमा कसैले उनलाई “भविष्यको सांसद हुन” भन्यो । अनि उनले भनिन-सांसद हुन होइन ।
आफ्नो मन्तब्य शुरु गरिन-अहिलेसम्म महिलाका बारेमा कक्षा कोठामा के पढिएको थियो भने तपाईहरुले कतै झगडाको औषधी भन्ने सुन्नु भाको थियो होला । बुढाबुढीको असाध्यै झगडा पर्छ । अनि बुढीले चाहिँ एउटा औषधी दिएर पठाउँछिन । अनि मुखमा बुझो हालेर चुप्प लागेर बस्ने भूमिका चाहिँ महिलालाई दिईएको हुन्छ । त्यहि मुखमा बुझो हालेर बसेको मानिसले आज बोल्न पाउने दिन भनेको भएर ।
के भन्ने होलिन भन्ने जिज्ञासु आँखाले हेरिरहेका थिए सबै । दर्शकका कौतुहलता मेट्दै उनले भन्दै गईन-आज त खास पुरुषहरु अल्पमतमा पर्नु भएको छ । कम्तिमा मञ्चमा त कोहिपनि देखिँदैन । अनि रंगकर्मीको नाताले अनि मैले धेरै पहिलेदेखि भन्दै आएको के भने नारी र पुरुष भनेर छुट्टाएर कुरा गर्ने आधारलाई विश्वास म गर्दिन । त्यहि भएर म तपाईहरुको प्रतिनिधित्व गर्न ढाका टोपी र दौरा सुरुवाल लगाएर बोल्छु है ? त्यसो भनेपछि उनले ढाकाटोपी स्वाट्ट झिकिन र टाउकोमा चट्ट लगाईन । तालीको गडगडाहटले हल गुञ्जियो केहिबेर । अनि माईक समातेर टाउको उचाल्दै यसो सभाहलको आँकलन गरेझैं ढाका टोपीले सजिएको टाउको उठाएर हेरिन् ।
मानिसहरु कोहि मुखा मुख गरे। कोहि हाँस्दै थिए । कोहि लाजले मुख छोपे । कोहि के गर्या होला भनेर खासखुस गर्दै । कोहि त क्या पागल जस्तो भन्दै थिए । कोहि कार्यक्रमकै बेईज्जत गरी भन्दै थिए । बेईज्जत उसैको भो नी के अरुको हुनु भन्ने पनि थिए । यस्तालाई बोल्न दिएर, यत्रो कार्यक्रमको महत्व नबुझ्ने आफ्नै कमजोरी आदि बिभीन्न टिका टिप्पणी सुनियो । आआफ्ना धारणा न हुन् कसैले छेक्न थुन्न सक्ने कुरो भएन । एउटा चाख लाग्दो पक्ष चाहिं के भने उनले पुरुषका कुरा बोलीदिन पुरुष बनेको त भनिन् नै । टाउकोमा टोपी लगाईन । अनि शरिरमा सट्ट दौरा र सुरुवाल । तर गोडामा भने महिलाले लगाउने जुत्ता नै थिए । त्यसैले, पुरुष बनिदिन्छु भनेपनि उनी आफैं पुरुष बनेको देखाउन सकेकि भने थिईनन् । यद्दपी गोडामा त कसले पो हेर्छ र भन्ने लागेको हुन सक्छ ।
(मञ्चमा आउनासाथ यसरि माईक मिलाउँदै थिईन उनी । टोपी लगाएको अलि पछि हो)
सामान्य संपादित गरिएको उनको मतब्यको मुख्य भाग तल छ । पढेर के बुझ्नुहुन्छ प्रतिक्रिया लेख्नुस है त ?
भन्न त मलाई म यहाँ आएर, यतिका संघर्ष गरेर प्रोफेसर हुँदा के कस्ता समस्याहरु परे त्यसका बारेमा भनिदिनु हुन्छ भनिएको थियो । मलाई समस्या भने के पर्यो भन्दाखेरि हुर्किनपनि यस्तो वातावरणमा हुर्किन पाएँ कि मलाई कहिल्यैपनि छोरा मान्छे छोरी मान्छे भनेर भेदभाव गरिएन । मेरा वरिपरिका साथीहरु हेर्दापनि जति केटी साथीहरु छन् त्यो भन्दा बढि केटा साथीहरु छन् । नराम्रो अर्थमा नलिइदिनु होला । र ति साथीभाईहरुलाई आज म एकदम धन्याबाद दिन चाहन्छु कि मलाई उनीहरुले तँ केटी होस भनेर कहिल्यै महसुस हुन दिएनन् । त्यसकारण नारीको हिसाबमा तपाईलाई के समस्या छ भन्नुभयो भने चाहिँ म भन्न सक्दिन । त्यसको लागि मलाई माफी गर्नुहोला ।
तर प्रतिनिधित्व गर्नको लागि चाहिँ मैले देखेको जबसम्म नारीको समस्यालाई नारीको समस्या मात्रै भनिन्छ तबसम्म यो समस्या हल हुनेवाला चाहिँ छैन । समस्यै छैन भन्न खोजेको होइन । यो चाहिँ नारीको मात्रै होइन पुरुषको पनि समस्या हो । हाम्रो समाज भनेको चाहिँ गाईगोडे ग भन्छन् नी हो त्यस्तै समाज हो । जहाँ महिलाहरुको आफ्नै समस्या होला । पुरुषहरुको आफ्नै होला । तर दुई जनाबिच संवाद हुन सकेको छैन । यो संवादहिनताले गर्दाखेरि धेरै समस्याहरु परिरहेका छन् । मलाई यसको लागि एकदमै राम्रो चाहिँ के लाग्यो भने म भन्दा पारिजातजीले धेरै समय अगाडि लेख्नु भएको र अहिलेसम्मपनि समय सान्दर्भिक लागेको भएर पारीजातको शिरिषको फूलको एउटा टुक्रा ल्याएको छु यहाँहरु समक्ष पढ्नको लागि ।
पारिजातको शिरिषको फूलमा तिन जना केटीहरु हुन्छन् पात्र । अनि एक जना केटा । ति मुख्य पात्र हुन् । त्यसमा सुयोग भन्ने एउटा पात्र हुन्छ । उसले भनेको, पुरुषको रुपमा उसले संवाद गर्न नसकेर, नारी भन्ने पात्रलाई बुझ्न नसकेर, जिवन बुझ्न नसकेर कस्तो पिडामा परेको छ त ? पुरुषको पनि त पिडा भनिदिनुपर्यो ।
त्यहि भन्दै छु-कतै कसैले विवाहका लागि कुरा उठाइदिए म झल्झली मुजुरालाई संझन्थें । र संझन्थें सायद यस्तै हुँदी हो स्वास्नी । यदि शिवराजले मेरी बहिनीहरुमाझ छानेर लैजाउ भने भने म मुजुरालाई लगेर आफ्नो कोठामा टाँगिदिन्थें । मेरि स्वास्नी भनेर उसको निधारमा लेखिदिन्थें । सम्झें एउटा रमाईलो कथा हो मुजुरा जसलाई मनभरि पढ्न सकिन्छ । र एउटा यस्तो कथाकि द्रिश्य हो मुचुरा जसलाई आँखाभरि हेर्न सकिन्छ । तर क्रिया हालेर भन्न सकिन्छ जोसित मेरो प्रेम भएको छैन । स्वास्नीलाई पनि प्रेम गर्नुहुन्छ, प्रेम गर्नुपर्छ भन्ने कुरा मलाई थाह छैन । समस्या यहाँनिर छ ।
लामो कुरा नगरौं । उहाँहरुलाई चाहिँ के भन्नुस् भने कहिलेसम्म चाहिँ हामी नारीलाई फूल बनाउने, कहिलेसम्म जून बनाउने अनि केटाहरुलाई चाहिँ ढुंगा बनाउने हैन ? अर्को समसामयिक कुरा गर्ने हो भने चाहिँ हाम्रो कति सजिलोसँग राष्ट्रपती बनाइदिए । र आजको यहि मञ्चमा राष्ट्राध्यक्ष हुनुपर्छ भन्ने मागपनि गर्न चाहन्छु । राष्ट्रपती भनेपछि त्यत्रो ईन्डियामा त्यत्रो छलफल भैसकेपछिपनि कति सजिलोसित राष्ट्रपती भनेर आँखा चिम्लेर राखियो त्यो शब्द । त्यसो हुनुको अर्थ के हो ? भोली गएर त्यहाँ कुनै महिला पुग्यो भने अपवाद भनेको जस्तो भयो नी । बाटो बन्द गरिदिएको जस्तो भयो नी हैन र ? त्यसकारण सभापती नभने जस्तै अब राष्ट्रपती नभएर राष्ट्रध्यक्ष भनौं है ? अनि शिरिषको फूलमा चाहिँ हाम्रो पारिजातले केटी मान्छेलाई फूल नभनेर मांसहारी क्याक्टसपनि भन्नु भाछ । जसलाई लेखेको छ उहाँकै शब्दमा, बाढी आउँछ, पहिरो जान्छ, बुलेट पड्किन्छ । त्यो हुँदैमा नारी नहुने होइन । मैले आज दौरा नलाएर नारी नहुनेपनि होइन । होइन ?
(गत मार्च ८ को अन्तर्राष्ट्रिय नारी दिवसका दिन पेरिसमा आयोजना गरिएको प्रथम यूरोप स्तरिय महिला सम्मेलनमा दिईएका मन्तब्य, कार्यपत्र र अन्य रोचक प्रसंगहरु लगातार राख्दै जानेछु । नेपालप्लस हेर्दै गर्नुहोला है त ?) ।




मलाई पनि कहिले काहीं यस्तै खयाल आउँछ र म मेरो प्रेमिकालाई “तिमी त केटी हगी?” भन्ने प्रश्न गर्छु | पहिलो चोटि त उनिले अचम्म सँग “लौ कस्तो प्रश्न गरेको?” भनिन् तर मैले अर्थ्याए पछी दङग परिन् | प्रकृतिको गौण सत्य भनेको हामीहरु “मानब” हौं र केही अङग प्रत्यङ्गका हिसाबमा “नारी-पुरुष” भयौं जुन यथार्थबाट उम्किन सक्दैनौ तर पनि जब सम्म हामी नारी पुरुष बाट माथि उठेर एक अर्कालाई “मानब” को दर्जा दिन्नौं, तब सम्म यो हक-अधिकार र बिबेधका कुराहरु रहिरहन्छ !
मन परो वा परेन:
0
0
[Reply]
khurak Reply:
March 27th, 2009 at 6:07 pm
thik bhannu bhayo palla ghare ji प्रकृतिको गौण सत्य भनेको हामीहरु “मानब” हौं र केही अङग प्रत्यङ्गका हिसाबमा “नारी-पुरुष” भयौं जुन यथार्थबाट उम्किन सक्दैनौ तर पनि जब सम्म हामी नारी पुरुष बाट माथि उठेर एक अर्कालाई “मानब” को दर्जा दिन्नौं, तब सम्म यो हक-अधिकार र बिबेधका कुराहरु रहिरहन्छ !
मन परो वा परेन:
0
0
[Reply]
Shova thinks that woman’s problem is men’s problem. if woman are disperate to solve theri problem, the problem still remains unsolved. to solve womans prolem, men’s problem also needs to be solved. to some extent, that argument is very sound. but the base of her argument is that she beleives that man and woman are not different thing to talk. i think there are difference between man and woman. generally, what man has can not be found in woman and what woman has can not be found in man. however, in rare situation, both man and woman may have same thing. i just wonder whether this applies to shova ji.
the problem she has highlited in most of the woman is that a husband has a sense of love to his wife but he does not know how to love her. I think she trying to say that the problem lies in woman because woman never teach their husband how to love his wife. i think this makes sense. if all wives teach their husband how to make love, ofcourse, they will get tonns and tonnes of love- every day, every night, even every hours. if that happens, would not all woman’s problem solved?
the next one she wanted tell is that woman are the centre management. they talk, they pass resolution, they joke to solve woman problem but in real they make man a president, a minister, leader and they start to cook rice and wash dirty clothes . so where is the problem lies? i think thats why shova is trying to solve womans problem because thats the only way. put dhaka topi on the top, daura surwal, may be inside, nature given man signpost….. who can say she is not a woman?
मन परो वा परेन:
0
0
[Reply]
NATRAJ Reply:
March 27th, 2009 at 1:32 pm
KAPAL KATER JUNGA LAGAYER AAYEKO VAYE WHA HANDSOME.
मन परो वा परेन:
0
0
[Reply]
अनुराधा Reply:
March 28th, 2009 at 6:08 pm
हरि जी तँपाइले उडाउनु भएको कि गुडाउनु भएको हो ? दौरा सुरवाल लाएर लोग्ने मान्छे हुनेभए मैले त सँधै पाइन्टै लाउँछु अझ मेरो बुढोको भन्दा दामी र राम्रा राम्रा । तर दौरा सुरवाल लाएर लोग्ने मान्छे भइन्न । आइमाइ र लोग्ने मानिसमा भिन्नता छ छ । आइमाइ भएका कारण महिलाले धेरै दुख पाएका छन् पुरुषका भन्दा ।गहिरिएर हेर्नुहोस ।
शोभा चन्दकै हेरौँ न उहाँले आप्ना अभिव्यक्ति दौरा सुरवाल लाएर दिनुभयो । उहाँको बिषय लागि थियो उहाँकै सफलताको कथाका बारे । उहाँ एक महिला । र उहाँले पेरिसमा आएर अहिले पिचडी गरिरहनु भएको छ सानो कुरा होइन । रँगकर्मी हुनुहुन्छ । क्यापस पढाउनुहुन्छ । तर पनि यो अबस्थामा आइपुग्न का लागि निश्चयनै यस भित्र हजारौँ दुख र हन्डरका कथा छन् । उहाँले म आइमाइ होइन लोग्नेमान्छे जस्तै हो भनेपनि । तर ति दुख र हन्डरले उहाँलाई सुख र सफलतापनि दिलाइरहेको छ । हो त्यो सुख र सफलता सुनाउन र अरु महिला बिद्यार्थी बहिनीहरुलाई प्रोत्साहन दिन भनि उहाँलाई बिषय दिइएको थियो र उहाँले तयारी गरिराछु पनि भन्नुभएको हो । तर बोल्ने बेलामा दौरा सुरवाल लाइदिनुभयो र भनिदिनु भयो कि मैले त महिला र पुरुष बिच भिन्नता देख्दिन । मलाई कुनै समस्या परेन । महिला भएका कारण उहाँलाई परेका समस्या हामीलाई पनि थाह छ देखेकै छौ र चिनेकै छौँ । अब उहाँले मलाई त केहि समस्या छैन भन्नुहुन्छ भने त्यो उहाँमा रहेको दृष्टिकोणको समस्या हो ।
समस्या पर्ने मान्छेले बोलेन भने अरुले बुझ्दैनन । त्यसैले तिम्रो समस्या के छ नानी भन्दै कोही सोध्न पनि आउँदैनन । त्यसैले महिलाका समस्या महिलाले नै उठाउन पर्छ । पुरुषले होइन । पुरुषलाई आफ्ना कुरा बुझाएपछि उनीहरुले ए यो त समस्या हो भन्ने कुरा बुझ्छन् ।
हरि जी तँपाइनै भन्नुस बिषय बाहिर भाषण गरेर ठूलो मान्छे भइन्छ कि दक्ष भएको बिषयमा बोलेर अरुलाई बाटो देखाइन्छ ।
मन परो वा परेन:
0
0
[Reply]
Hari Reply:
March 29th, 2009 at 6:23 am
Anaruradha Ji,
giving lecture outside of subject matter is just like a woman trying to be a man by putting dhaka and topi. However showing a pathway to others by giving lesson on a subjectmatter in which one is expert always makes one the great.
Hari
मन परो वा परेन:
1
0
[Reply]
sunil Reply:
March 29th, 2009 at 7:47 pm
aafulai k kasto samasya paryo bhanera kina mike ma bolna jaruri chha ra testo jaruri dekhnu hunchhha bhane tapai le nai bhannu bhayeko bhaye pani hunthyo ni tapai ko samasya tapai tta jhan patrakarbhayeko manchhe sabai ko model hunus na
मन परो वा परेन:
0
0
[Reply]
Hari Ji is right verry good who can’t say???????????
मन परो वा परेन:
0
0
[Reply]
Nab Raj Bhetwal Reply:
March 27th, 2009 at 11:12 pm
shova chand mahila diosma pni ktako luga layare aayekole malai t n kta n kt vaye jasto po lagyou sathi haru ki kaso?hoin vane mahila diosma mahila nai vayer aayeko vaye hami mahilako ejat badtheyou.
मन परो वा परेन:
0
0
[Reply]
Ram Krishna Bartaula Reply:
March 28th, 2009 at 11:10 am
Mahila ko ejjat vaneko mahilako asali pahiran ma hunchha anikura rahyo purush ko posak mahilale lagaudaima purush le hamro ejjat rakhenan mahilale ni ta kaileni vaneko chaina lagchha mahila lai chaine vanda sotantra purna tarikale bachne adhikar chha go ahead bhanna chahanchhu ajha aru aru ni chan ni purush le lagaune dress haru sabai use garnu parchha mahila vaneko saktisali hun ani hunuparchha .
मन परो वा परेन:
0
0
[Reply]
frist i want to say man and woman we must respect to both.we can not live without man and woman.the face and body is we can not change because this present from natural.we need to love man and woman.
मन परो वा परेन:
0
0
[Reply]
Free Prade Reply:
March 27th, 2009 at 7:24 pm
Dhakal.IsThere Right To Love Woman To Woman?.
There Are Men and Women Live Alongs.Some Of Men And Women Can Live With Same Sexs.It is Their Own Choice.Everbody Rights To Live Whatever He or She Wants.Human Being is Free.
मन परो वा परेन:
0
0
[Reply]
yugau bhayo bibad suru bhayeko nirnaya huna sakena , sayad dubai barabar bhayera hola ….yubraj
मन परो वा परेन:
0
0
[Reply]
Ho hai ho! kura ta thik ho.
मन परो वा परेन:
0
0
[Reply]
गज्जव लाग्यो तरिका । दौरासुरुवालधारीलाइ बधाई । हो मुल रुपमा जवसम्म महिलाको समस्याको महिलाको मात्र हो भनिन्छ तवसम्म समस्या जहाको तही हुन्छ । एकरथको दुइ पांग्रा भन्ने थेगोको मनन गर्ने हो भने पनि एउटा रथ पन्चर भयो भने अर्को पांग्रालाइ सकस पर्छ नै । त्यसैले समस्या महिला या पुरुषको मात्र हैन दुबैको हो । यो कोण मलाइ अत्यन्त मन पर् यो ।
नेपालमा महिला पछि पर्नुको पहिलो अनी अन्तिम कारण पुरुष हो भनेर महिलावादीहरु कुर्लिएको देख्दा दंग पर्ने गरेकोछु म । उनीहरु पुरुषलाइ गालि गर् यो भने ठुलो मान्छे भइन्छ भन्ने भ्रम छ । उनीहरु सहयात्रा भन्ने शब्दको महत्व नै बुझ्दैनन कि जस्तो लाग्छ मलाइ ।
मुल कुरा सहयात्रा नै हो । महिला पुरुषको सहयात्रा र सहकार्यवाट नै महिलामुक्ति सम्भव छ । पुरुष मुक्ति सम्भव छ । महिलामाथिको थिचोमिचो हटाउन सम्भव छ अनी सवल र समानतामुलक समाजको निर्माण सम्भव छ । यो कोणमा कसले सोच्ने । पुरुषलाइ गाली गरेर मात्र हैन उनीहरुसंग सवांदको वातावरणवाट समस्याको समाधानको बाटो पहिल्याउने तपाइको दृष्टीकोण नै उत्तम हो ।
मन परो वा परेन:
0
0
[Reply]
n eplai residence franch vote to shhova chan as a leader of nrn france.
out maiya frm nrn.
मन परो वा परेन:
0
0
[Reply]
dijyu darshan.
hajur uml bat congress feri maobdai ma lagi baksiyo halla sune.
dijyu lai negatif cmts kasaile nalekhanu.natra dijyu sarai risai baksinch.
मन परो वा परेन:
0
0
[Reply]
WE SHOULD RESPECT EACH OTHER AS EQUAL.MAN OR WOMEN ITS A SAME..NOTHING DIFFERENT.
NO NEED TO MAKE BIG DEAL..ONLY SOME PART FROM BODY ARE DIFFERENT……AKHIR MAN TA SABAIKO UAHI HO YAR…..ALL HUMAN……
मन परो वा परेन:
0
0
[Reply]
ajab nepal kaa gajab janta.
मन परो वा परेन:
0
0
[Reply]
samachar ma pani kehi tuk hunu paryoni nepalplus…? esta esta samacharharu le ke nai sandesh dina khojnu bhaekoho.? hijada haruko matra samachar paunu hun6ki kyaho tapaiharule. ramro tips dinuhos na. kina nepal tira ko samachar lai teti prathamikata dinu hunna ni ..? khali tapaile europe tira kai dherai samachar dinu hun6 aafu tetai 6u bhanera ho ki kya ho? pls esta samacharle garda nai nepalplus tira teti aauna pani man lagdaina. aru mashala chahi sabai thik 6.
मन परो वा परेन:
0
0
[Reply]
keti manchhekshe le dauda surwal ani topi lagayako ali ramro vayana
tara pani bideshma nepalipan dekhayara akdam khusi lagyo.best of luck.
मन परो वा परेन:
0
0
[Reply]
नारी दिवस के हो ? अनबिज्ञ देखियो नारी मै । सर्बप्रथम ढाका टोपीको सम्मान गर्न सिक्नुस् । पुरुषको बस्त्र ओड्दैमा, आफ्नो अधिकार खोस्न सकिन्छ भन्नु कती सम्मको लाचरिपन होला …….. ………..
मन परो वा परेन:
0
0
[Reply]
होइन मैले बुझ्न नसकेको कुरो के हो भने नारी आन्दोलन भनेको पुरुष बिरोधी आन्दोलन होइन । मानिसहरुले त्यो अर्थमा हेर्छन् । नारी आन्दोलन भनेको समनातको आन्दोलन हो । पुरुष सँग काँधमा काँध मिलाउने भनेको हो । लोग्नेले भात पकाए स्वास्नीले भाँडँ माज्ने । स्वास्नीले लुगा धोए लोग्नेले बच्चा हेर्ने । लोग्नेले २० हजार कमाउँछ भने र स्वास्नी घर बस्छे भने स्वास्नी घर बसेर गरेको काम कति रुप्पे बराबरको हुन्छ त्यो गन्ने र स्वास्नीको कामलाई पनि अर्थ उत्पादन सँग तुलना गर्ने भनेको हो । त्यस्तै लोग्नेको नामबाट नागरिकता मिल्छ भने स्वास्नीको नामबाट पनि नागरिकता मिल्न पर्यो भनेको हो । समानताको लडाइँ हो यो । यहि समानताको लँडाइँकालागि शोभाजीले दौरा लाउनु पर्थ्यो भन्ने कुरामा म सहमत छैन ।
मन परो वा परेन:
0
0
[Reply]
ओ ददिराम जी पारिजातको शिरिषको फूल तँपाइँले नपढे जस्तो लाग्यो । मुचुरा होइन । मजुरा हो । त्यति पनि नजान्ने क्या हो ?
मन परो वा परेन:
0
0
[Reply]
topi lagakao ramro vayo vikram kusmisira 1 baglung hal qatar
मन परो वा परेन:
0
0
[Reply]
बुझ्नेलाई ईशारा काफी छ । शोभाजी त्यो पोशाकमा त्यहाँ उपस्थित भएर कुनै प्रसँग मार्फत नारी पुरुष समम्बन्धमा दिनु भएको मन्तब्य ऊहाँको आफ्नो कथा को कलात्मक प्रसतुति हो । असल मान्छे ले आफ्नो प्रगतिको बयान आफैँ गर्दैन तर उसको तत्कालिन उपस्थिती र कुनै मनलागी प्रस्तुति नै उसको आज सम्मको जीवनी एक झलक हो ।
जसरी शोभा चन्दको दौरा सुरुवाल र टोपी लगाईको सद्रृश्य उपस्थिति पचाउन तपाईँ-हामीलाई गार्र्हो भएको छ त्यस्तै बानी हामीलाई अरुको बिचार बिश्लेषण र सँश्लेषण त छोडौँ सुन्न समेत गार्हो हुन्छ ।
नारी पुरुस को समबन्धको कुरामा मन को ढोका खोल्नै गार्हो छ हामीलाई। समानता हुन्छ कि हुन्न त्यो दोस्रो पक्ष हो ।
मन परो वा परेन:
0
0
[Reply]
यो समाचार हो कि बिस्लेसण
अथबा डोका न डाला को गफ हो
जे होस यस्ता कुराको अघि वा पछि दाया वा बाया लागेर
वा कसैलाइ यताउता लगाउन खोजेर केहि हुनेवाला छ जस्तो चै मलाइ लग्दैन, अस्तु।
मन परो वा परेन:
0
0
[Reply]
ilove nepali
मन परो वा परेन:
0
0
[Reply]
ali budi raicha . mali thik huna so i will look for another and micronphone thik hudai so look another
मन परो वा परेन:
0
0
[Reply]