कतारको एउटै ठाउँमा यति धेरै नेपालीको जमघट ?
-प्रदीप सुबेदी, कतार (तस्बिर र आलेख दुबै)
यहाँ कुनै बम पड्केर मानिसको जमघट भएको होइन । नेपालमा दिनौंजसो हुने कुनै राजनितिक पार्टीकोको जुलुस र आमसभा सुन्न आउनेको भिडपनि त होइन यो । त्यसो भए यहाँ किन यति भिडभाड भएछ त भन्ने जिज्ञासा लाग्न सक्छ । यो त कतारमा नेपाली दाजु भाई हरेक शुक्रबार भेला भएर सुख दुख साटा साट गरेको एउटा बजारको एक दृश्य हो ।
हरेक शुक्रबार अलतियाको यस बजारमा हजारौ साथीभाईहरु जम्मा हुने गर्दछन । यस मौका छोप्दै पसलेहरु ब्यापारको लागी तछाडमछाड गर्छन् । उनीहरुको प्रयत्न नेपालीको मन जितेर आकर्षण गर्ने हुन्छ। जसकारण महिना भरी कमाएको एकै दिन खर्च पनि हुने गर्छ केही साथीहरुको ।
यतिबेला सूर्ती, सीडी बेच्ने तथा तौल जोख्ने आदी काम गरेर आफ्नो खर्च जुटाउनेको समुहपनि निकै छ । यस्ता सामाग्री खुला रुपमा बेचेर कानुनको उल्लंघन गरेको आरोपमा जेल पर्ने खबर पनि बेला बेलामा छापाहरुमा आईरहन्छ ।
कोहि चाहिँ ‘लौ है कति कोलो हुनु भएछ जोख्नुस्‘ भन्दै काठमाडौंका गल्लीमा झैं जोख्ने कुरो राखेर बसिरहेका हुन्छन् ।
बिभिन्न ब्यक्ती तथा म्यानपावरद्धरा ठगिएर दुताबासको शरण लिनेको संख्या पनि दिनहुँ बढीरहेको छ । तर राज्यको सम्बन्धीत निकाय मौन बस्छ । यस्तो लाग्छ, बिदेशीएका नेपालीका पीडाप्रति सरकार संबेदनशिल छैन। खाली तिनको आयलाई बजेटमा सामेल गर्न पाए पुग्यो ।
हप्ता भरिको थकान मेट्ने नेपालीहरुको साझा चौतारी बनेको यो बजार यसरी नै रमाईरहन्छ हरेक शुक्रबार यिनै भिडभाडहरु सँगै । थाह छैन कहिले सम्म हराईरहने हुन्न नेपाली मनहरु यसरी भिडहरुमा अर्काको भुमीमा ।
(सुबेदीको मूल घर ज्या: म्याग्दी हो) ।
सम्पर्क: sp.sapani@gmail.com
प्रदीप सुबेदीको अघिल्लो फोटो फिचरपनि हेर्नुस-
कतारको दुतावासमा गगनलाई सुनाए ठगिनेले पिडा ।








प्रदिप ज्यू हामी नेपाली दाजुभाइहरूको वास्तिवक समस्यालाइृ तपाइले नेपाल प्लसदृारा हाम्राे माझमा ल्याइदिनु भएमा त्यसका लागि ध्न्यवाद ६। वास्तवमा हाम्रो सरकारले यस तफ सकारात्मक पहल गनुृ प६ृ । यदि सरकारले यसबारे सकारात्मक पाइला चालेन भने देशमा दलालहरूको संख्यामा झन बृदि भइ बेराेजगारीको सम्सयामा बृदि हुन जान्६ । यो त खाडीदेशहरूको हामीमाथि सकारात्मक दृष्टिकोण भएको हुनाले हामी धेरै नेपालीहरूलाइ राेजगार दिएको ६ । तर हामी अाफनै नेपाली दाजुभाइहरूसित यस्री िकन ठगिएका ६ाै । के यसरी ठगन उचित हो त ?
Md.Alam
Qatar
मन परो वा परेन:
0
0
[Reply]
Prime minster of nepal
Pushpa kamal Dahlal
You said TO nepales people you will make nepal within 6 months like Swizerland EUROPE. Nepal can not become Swizerland , but very VERY behinD than SwaziLand Africa. How neplaese are suffering in qatar. You are responsibile of nepalese suffring in QATAR.
मन परो वा परेन:
0
0
[Reply]
thanks pardap
मन परो वा परेन:
0
0
[Reply]
yekdam interesting. thanks all.
मन परो वा परेन:
0
0
[Reply]
thanks friend u did the good work kina ki nepal ma basne le pani thah paun6n ki bidesh ma k hun6 bhanera
मन परो वा परेन:
0
0
[Reply]