रातो अनुहारले बढाउँछ हिमचिम

-ददिराम सापकोटा

wildlife-nepal-rhesus-monkey-nepalplus-1.jpg

महिलाहरु गालामा हल्का गुलाबी रंग र ओंठमा लाली लगाउँछन। यौबनका बेला राम्रा केटाहरुले हेरुन भन्ने मुल उद्देश्य। उमेर ढल्किँदै जाँदा झन सुन्दर देखिने होड। पुरुषहरुपनि गज्ज्याँग गुजुंग कपाल, चिम्सिएका आँखा, फुस्रो गाला, फुंग रंग उडेको ओँठ भन्दा गाजलु आँखा, रातो लाली र गालामा रातो धसेकै महिलालाइ आँखा लगाउँछन। मानव जातीमा मात्र नभएर जनावरहरुपनि यस्तै रातो अनुहार भएकालाईनै ताक्ने रहेछन। खासगरि ऋतुकालमा भाले बाँदरहरु अनुहारमा बढि रातो भएका पोथीहरुतिर बढि लहसिने रहेछन। पोथी बाँदरहरुले चित्र देखाएका दुई भाले बाँदर मध्ये दाहिने तिरको बढि रातो भालेलाई रुचाए।

के छ यो रातो रंगको रहस्यरु राम्री देखिन मात्रै कमेटिक साधनहरु प्रयोग गरेर गाला र ओठ रातो पार्छन त महिलाहरुरु यस्तो रातो रंगले महिला र पुरुष छनोटमा महत्वपूर्ण भूमिका खेल्छ। अनुहारमा धेरै रातो हुने भालेहरु भाग्यमानी हुन्छन। किनकी यिनीहरु पोथीका छनोटमा पर्छन। महिलाहरुले त बजारमा तयारि अवस्थामा रहेका थरीथरीका लाली ल्यायो क्षणभरमै दलेर रातम्मे बन्यो। सजिलो छ। तर जनावरहरुले कसरि पाउने यो सुबिधा ?यस्तो रातो अनुहारले त्यो जनावरमा उच्च टेस्टोस्टोरन हर्मोन भएको संकेत गर्छ। यसको अर्थ उसको शरिरमा राम्रो बंशाणु गुण (जीन) छ भन्ने देखाउँछ। यस्तो रंगले भालेमा भएको स्वास्थ्य र जीनको गुण कस्तो छ भन्ने पनि देखाउँछ।

womens-in-nepal-nepalplus-2.jpgराम्रो जीन हुनेहरुको शरिरमा बढि प्रतिरोधात्मक क्षमता हुन्छ। त्यसैले रातो बाँदर (रेसस मङ्की) का पोथीहरु भालेका अनुहार नियाली नियाली हेर्छन। जुन चाहि भालेको अनुहार बढि रातो छ उसैलाई लिएर झाडीतीर पस्छन। मानव जाती बाहेक सबैभन्दा बढि रातो अनुहारनै बाँदर जातीको हुन्छ भन्छन वैज्ञानिकहरु। अनुहारमा देखापर्ने यो रातोले ऋतुकालमा भाले वा पोथी रोज्न एउटा प्रतिस्प्रधात्मक भूमिका खेल्छ (*१)। यो प्राकृतिक नियम महिलाहरुमा पनि लागू हुन्छ।

 केटीहरुको उद्देश्यपनि राम्रो गुणस्तरको जीन भएको भाले रोज्नु हुन्छ। हुनत राम्रो जीन भएको पुरुष वा  भालेले कस्तो गतिबिधी देखाउँछ भन्ने पत्ता लगाउनु पोथीहरुको लागि मुश्किलको कुरा हो। त्यसैले सम्भवत अनुहारको रातोले त्यस्ता भालेको पहिचान गर्न सजिलो पर्छ। बैज्ञानिकहरुका अनुसार महिलाहरुले अचेतन रुपमै त्यसरि छनौट गरिरहेका हुन्छन। अस्वस्थ शरिरमा रातो रंगको बिकास हुन गाह्रो पर्छ। भएको रंगलाई सुरक्षित राख्नपनि मुश्किल पर्छ। किनकी यस्ता भालेहरु बढि प्रभाबित हुन्छन परजीबीहरुबाट। यस्ता भालेको शक्ति रोग र परजीवीहरुसँग लड्दैमा सकिन्छ।

कसैलाई लाग्न सक्छ यस्तो कुरा कसरि थाह पाउन सकिन्छ र भनेर । बैज्ञानिकहरुले यो तथ्य पत्ता लगाउन केहि भाले र पोथी बाँदरहरुमा परिक्षणनै गरेका थिए। बेलायती बैज्ञानिकहरुले २४ वटा भाले आसामी रातो बाँदरहरु समातेर पोथीहरुले नदेख्नेगरि तिनको अनुहारमा रातो धसिदिए। ति भालेको अनुहारमा कलेजी र रातो रंग धसिदिएर छ वटा पोथीहरुले ति प्रति देखाउने प्रतिकृया हेरेका थिए। तिनलाई एउटा मानव निर्मित वासस्थानमा राखिएको थियो। पोथीहरुले रातो अनुहार भएका भालेहरुलाइ धेरैबेर नियाले। रातो अनुहार भएका भालेतिर शरिरका हाउभाउ देखाउने, ओँठ चलाउने गरेर ति प्रति आकर्षित भएको देखाए।

 बैज्ञानिकहरुका अनुसार महिलाको धेरै कुरा कुखुराको पोथी र मुसाको पोथी (mice) सँग मिल्छ। पोथी कुखुरा र पोथी मुसालेपनि भालेको वंशाणुगत गुण (जीन ) थाह पाउन अनुहार हेर्छन भालेका (*२)। हुन त भाले अनुहारको यस्तो रंग प्रति पोथीहरु आकर्षित हुने गरेको तथ्य बैज्ञानिक जगतमा नयाँ भने होइन। किनकी विश्व प्रसिद्द बैज्ञानिक चार्ल्स डार्बीनले सन १८७६ मै यो कुरा उल्लेख गरेकाथिए। (बाँदरको तस्बिर: स्टीरलिंग विश्वबिद्दालय /रोयल सोसाइटी )

सन्दर्भ सूची:

(*१) Monkey clue to male sex appeal, Helen, Briggs, BBC News online, 23 July 2003.

 (*) Cheeky clue to male sex appeal, BBC online, 02 July, 2003.

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree