यूरोप पुगेर तस्करको जयगान

- ददिराम सापकोटा

nepal-maoists-europe-visit-nepalplus-1.jpg

पेरिस राष्ट्रिय राजनीतिमा आउने क्रमसँगै नेकपा (माओवादी) का नेताहरु यतिखेर विदेशी राष्ट्रहरुको र्समर्थन विश्वास आर्जन गर्नतिर कस्सिएर लागिपरेका छन् यसै सिलसिलामा भर्खरै माओवादीका नेताहरुले स्पेन इटालीलगायतका यूरोपेली राष्ट्रका सांसद केही उच्च सरकारी अधिकारीहरुस भेटघाट छलफल गरेको थाहा भएको माओवादीका दुईजना केन्द्रीय नेताहरुले इटाली, स्पेन, जर्मनी, बेल्जियम फ्रान्सको भ्रमण गरेका छन् त्यसो माओवादी प्रवक्ता कृष्णबहादुर महरा भर्खरै बेलायत गएर स्वदेश फर्केका छन् भने प्रचण्ड बाबुराम भारतस्थित उच्चस्तरीय कार्यक्रममा भाग लिन निकट समयमै दिल्ली जाँदैछन्

 

माओवादी वार्ता टोलीका सदस्य तथा केन्द्रीय नेता दीनानाथ शर्मा सुरेश आलेमगरको दुई सदस्यीय टोलीले हालै यूरोपेली राष्ट्रहरुको भ्रमण गरेको हो विभिन्न राष्ट्रको भ्रमण सकेर पेरिस पुगेका शर्माले त्यहाँ अवस्थित नेपालीहरुसँगको भेटघाटका अवसरमा बताएअनुसार, माओवादीको टोलीले स्पेन इटालीका सरकारी अधिकारीहरुसँ भेट गरेर माओवादीका धारणाहरु राखेको नेपालको लोकतान्त्रिक आन्दोलन माओवादीसहितको अन्तरिम सरकारप्रती ती राष्ट्रहरु सकारात्मक रहेको दाबी शर्माको

 

माओवादीनिकट मानिने जन प्रगतिशील मञ्च फ्रान्सको आयोजना एनआरएन फ्रान्सको सहयोगमा पुराना वामपन्थी नेता अशोक न्यौपानेको जापानी रेष्टुरेन्टमा भएको छलफलमा माओवादी नेताहरु सहभागी बनेका थिए छलफलका क्रममा शर्माले विगतमा शाही सरकारद्वारा गरिएको नगर निर्वाचनका बेला एमालेका माधवकुमार नेपाल कांग्रेसका गिरिजाप्रसाद कोइरालाले जिल्ला सदरमुकाम आक्रमण गरिदिन आग्रह गरेको पनि खुलासा गरेका छन् शर्माको भनाइ थियो- ‘तपाइहरुले युद्धविराम भङ्ग गरिदिनुपर्यो काठमाडौंमै हानिदिनुपर्यो, दुई/चारवटा जिल्ला सदरमुकामहरु ठोकिदिनुपर्यो भनेर स्वयं माधवकुमार नेपालजी गिरिजाबाबुले हामीलाई भन्नुभएको हो अनि हामीले काठमाडौंको थानकोट चौकी हानिदियौं

 देशभित्र वार्ता सहमतिको वातावरण धमाधम बन्दै गइरहे पनि पेरिसमा शर्माले प्रधानमन्त्री कोइरालाप्रति निकै आक्रोश व्यक्त गरे प्रधानमन्त्री कोइरालालाई आफूहरुले राष्ट्रपति बनाउन खोज्दा पनि उहाँ राजतन्त्रको दलाल बन्न लाग्नुभएको

शर्माले आरोप लगाएका छन् स्वीट्जरल्याण्डजस्तो देश हतियारबिनै चलेको उदाहरण दिदै शर्माले नेपाल पनि त्यसैगरी चल्नसक्ने बताए त्यसैगरी सातपार्टी बसेर एउटा सहमतिमा पुग्नासाथ विदेशीले उनीहरुलाई उचाल्ने गरेको आरोप शर्माको नेपाली जनताले पश्चिमी मुलुकमा श्रम बेच्न होइन, शासन गर्न आउन सक्षम हुन् शर्माले दाबी गरे सोझा सिधा जनतालाई चन्दा उर्ठाई दुःख दिएको सर्न्दर्भमा प्रश्न गर्दा शर्माको तर्क थियो- ‘एमालेका नेताहरुले बेल्जियमबाट सिसा लगेर घर बनाए, हामीले घर बनाउन, गाडी किन्नका लागि नभएर जनताको मुक्तिका लागि सहयोग लिएका हौं युद्ध लड्नका लागि हामीले तस्करहरुसँ पनि चन्दा लियौं (कार्तिक २२, २०६३, जनआस्था साप्ताहिक)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree