माओवादीको भागमा पर्ने दूतावासको हालत

-ददिराम सापकोटा

अघिल्लो वर्षो सेप्टेम्बर २६ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को भवनमा कार्यकारी परिषद्को चुनाव थियो यो चुनावमा नेपालले समेत उम्मेदवारी दिएको थियो साना-ठूला सबै देशले त्यसमा विजयी हुनका लागि भोट माग्दै एक-अर्का मुलुकका कूटनीतिज्ञसँगको भेटवार्तालाई तीव्र पारेका थिए नेपाली राजदूतावासका तत्कालीन प्रथम सचिव निरञ्जनमानसिंह बस्नेतले पनि युनेस्को परिषद्को चुनावलाई प्रभावित पार्न अक्टोबर १२ को साँझ सबै देशका राजदूतहरुलाई बोलाउनुभयो भेटघाटको समय बेलुका सात बजे तोकिएको थियो तर, अधिकांश समय गल्फ खेलेर बिताउने नेपालका राजदूत प्रज्वल्लसमशेर राणा भने नौ बजेसम्म पनि फर्किएनन् निम्तालू राजदूतहरुले ’तिम्रो देशको राजदूत खोई ? भनेर दूतावासका सचिवहरुलाई पटक-पटक सोधे तर, राजदूत राणा गल्फ खेलेर नफर्किएपछि बिनाछलफल सबै राजदूतहरु बाटो लागे  

दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार, सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासका लागि भनेर आउने राजदूतहरुले विदेशमा कस्तो भूमिका खेल्दा रहेछन् भन्नेबारे यो सानो उदाहरण मात्रै हो फ्रान्स नेपालबीच कूटनीतिक सम्बन्ध विस्तार भएको झण्डै पाँच दशक पुग्न लागिसकेको तर, नेपाल फ्रान्सबीचको कूटनीतिक सम्बन्ध औपचारिकतामा मात्रै सीमित पछिल्ला केही वर्षाट झन फ्रान्स सरकारले नेपाललाई दिदै आएका अध्ययन अनुसन्धानका कोटाहरु काट्ने प्राथमिकताको सूचीबाट समेत तल खसाल्दै लग्ने गरेको नेपाली राजदूतावासका पूर्व कर्मचारी हरिहर अर्यालका अनुसार, फ्रान्स सरकारको प्राथमिकतामा पहिले नेपाल दोस्रो श्रेणीमा थियो सन् १९९७ मा समाजवादी पार्टीको सरकार भएका बेला प्रधानमन्त्री लियोनेस जोसपाँको कार्यकालमा नेपाललाई त्यसबाट तल झारियो भइरहेको प्राथमिकताबाट तल खस्नु भनेको आफ्नो देशको कूटनीति असफल हुनु होइन  ? अर्यालले प्रश्न गर्नुभयो

   हुन सन् १९४५ को अप्रिलबाट नेपाल फ्रान्सबीच कूटनीतिक सम्बन्ध विस्तार भएदेखि नै नेपालले कूटनीतिक सम्बन्ध बलियो पार्न खासै भूमिका खेलेको देखिन्न लाओस भियतनामजस्ता एशियाली मुलुकहरु आफ्नो औपनिवेशिकताबाट उम्केपछि एकातिर फ्रान्सलले नै एशियाका मुलुकहरुमा ध्यान दिन छाड्यो भने नेपालले पनि फ्रान्स आर्थिकरुपमा विश्वकै पहिलो-दोस्रो रहँदा पनि आर्थिक, कूटनीतिक प्राविधिक फाइदा लिनेतर्फकुनै प्रयास गरेन फ्रान्ससग के लिन सकिन्छ भन्ने कुनै नीति-निर्माण योजना बने, भएका योजना नीतिहरु पनि कार्यान्वयन भए कि भएनन् भनेर अनुगमन गरियो मनपरेका व्यक्तिलाई आराम गर्न पुरस्कारका रुपमा राजदूतको पद दिने गरियो नेपाली राजदूतावास आक्कल-झुक्कल हुने मन्त्री दरबारिया भ्रमणलाई साथ दिने भिसा लगाउने काममै सीमित रह्यो नेपाली दूतावास मन परेको व्यक्तिलाई तलब खुवाउन, आराम गराउन राजनीतिक दलहरुको भर्ती केन्द्रका रुपमा मात्रै प्रयोग गरियो

   सन् १९९६ मा राजा महेन्द्रले राष्ट्रप्रमुखका रुपमा फ्रान्सको भ्रमण गरेपछि त्यही वर्ष फ्रान्स नेपालमा एक-अर्काका राजदूत राख्ने सहमति भएको थियो सन् १९८१ मा फ्रान्सका राष्ट्रपति फूस्वा मितेराँको राष्ट्रपतियकालमा एशियाबाट नौवटा अल्पविकसित राष्ट्रहरुको प्रतिनिधित्व गरी राजा वीरेन्द्रले अल्पविकसित राष्ट्रहरुको अन्तर्राष्ट्रीय सम्मेलनलाई संबोधन गरेका थिए यसको लगत्तै १९८४ मा फूस्वा मितेराँले चीन जान लागेका बेला नेपालमा एक रात बिताएका थिए सन् १९९४ मा राजा वीरेन्द्रले राष्ट्रप्रमुखको हैसियतले फ्रान्सको भ्रमण गरेपछि फ्रान्स नेपालको कूटनीतिक क्षेत्रमा ठूलै प्रगति हुने आशा गरिएको थियो तर, त्यसबाट पनि खासै प्रगति हुन नसकेको फ्रान्सले नेपाललाई वाषिर्करुपमा दिँदै आएको सहयोग कटौतीबाट थाहा पाइन्छ

    पहिले फ्रान्स सरकारले नेपाललाई एक दर्जनभन्दा बढी छात्रवृत्ति दिने गर्दथ्यो अहिले त्यसबाट घटाएर आधा दर्जनजति भएका छन् त्यही पनि नेपाल सरकारलाई नदिएर फ्रान्सेली दूतावासले नै छनौट गरेर पठाउने गर्छ होटल व्यवस्थापन, पुरतत्व अध्ययन परराष्ट्र मन्त्रालयमार्फ् दिइएका छात्रवृत्ति काटिएका छन् फ्रान्स सरकारले नेपाललाई विमान विमानस्थलका लागि आवश्यक पर्ने सामग्री, स्वास्थ्य उपकरण, दूरसञ्चारलगायत मन्दिरहरुको संरक्षणमा सहयोग दिँदै आएको थियो पछिल्ला केही वर्षेखि यी क्षेत्रहरुमा पनि कटौती गर्दै गएको कूटनीतिज्ञहरु बताउँछन्  नेपालका एक कूटनीतिज्ञका अनुसार, नेपालले धेरै लामो समयदेखि फ्रान्समा राजदूतसमेत नियुक्ति नगरेकाले पनि नेपालसूग कूटनीतिक क्षेत्रमा फ्रान्स खुशी छैन एउटा राजदूतको कार्यकाल सकिन नपाउँदै उसले अर्को राजदूत पठाइसकेको हुन्छ तर, नेपालको भने प्रायः राजदूत नै हुने गर्दैनन् ुहामीले कहिल्यै खाली नगर्ने, तर उनीहरुको चाहिँ राजदूत नै नहुने हामीलाई वास्ता गरेनन्, महत्त्व दिएनन् भन्ने अवश्यै परेको हुन्छु- ती कूटनीतिज्ञले भने

तर, नेपाली राजदूतावासका पर्ूवकर्मचारी हरिहर अर्यालको तर्क भने भिन्नै शक्तिशाली देशहरुले नेपालमा राजदूतावास राख्नुको कारण नेपाललाई महत्त्व दिएर भन्दा पनि त्यहाँबाट छिमेकी मुलुकको निगरानी सजिलोसूग गर्न सकिने भएकाले पनि हो नेपालमा राजदूत राख्नुको कारण भारत, चीन पाकिस्तानलाई बुझ्नको लागि पनि हो ठूला देशका दूतावासहरुले भारत, पाकिस्तान चीनमा बसेर भन्दा नेपालमा बसेर बढी बुझ्न सक्छन् ती देशबारे नेपालका शासकहरु कमजोर भएकाले पनि नेपालमा बढी चलखेल गरेर छिमेकीका कुरा बढी बुझ्न सकिन्छ विदेशी राजदूतले सैनिक हेलिकोप्टर चढेर नेपाली सेनाका बेसक्याम्पहरुमा पुगी हतियार निगरानी गर्छन् भारत, चीन पाकिस्तानले भए यसरी दिने थिएप्रश्न गर्दै हरिहर अर्यालले भन्नुभयो- ‘अरु मुलुककाले निगरानी गर्छन्, अंकुश लगाउँछन् ।’

   दरबार हत्याकाण्ड खासगरी राजा ज्ञानेन्द्रको माघ १९ प्रकरणपछि भने नेपालले कूटनीतिक क्षेत्रमा ठूलै धक्का खाएको कूटनीतिज्ञहरु बताउँछन् यूरोपेली मुलुकको नेपालका लागि एक वाणिज्यदूतका अनुसार, राजा वीरेन्द्रको हत्याकाण्डपछि यूरोपेली मुलुकहरुले राजा ज्ञानेन्द्रको शासनलाई शंकाको घेरामा राखिरहेका थिए राजा ज्ञानेन्द्रले माघ १९ मा राज्यशक्तिको अधिकार आफैंले लिएपछि नेपाल सरकारको प्रतिनिधिसँग छलफल गर्नबाट पनि टाढै बस्न थाले नेपालको वाणिज्यदूत हुँ भनेपछि सकेसम्म फोन पनि रिसिभ गर्न नचाहने भेट भइहाले तर्किने राजा ज्ञानेन्द्रको कालमा नेपाललाई हुनसम्म घाटा भयो’- नाम उल्लेख नगरिदिन आग्रह गर्दै ती कूटनीतिज्ञले भने

   फ्रान्सेलीहरुले राजतन्त्रको दमन, शोषण अत्याचार खेपेकाले पनि उनीहरु राजतन्त्र रुचाउँदैनन् राजाले आफ्नो देश कसरी बर्बाद पारे भन्ने उनीहरुले प्रत्यक्ष भोगेका छन् राजतन्त्र भनेको लुट्ने हो, तानाशाही हो राजतन्त्र भएको मुलुक कहिल्यै माथि उठ्दैन भन्ने उनीहरुले बुझेका छन् ुराजा भएको मुलुक भन्नासाथ फ्रान्सले यत्तिकै ५० प्रतिशत कम महत्त्व दिन्छु- हरिहर अर्यालले भन्नुभयो अर्यालको भनाइलाई पुष्टि गर्दै फ्रान्सका पूर्वसांसद र्रबर्ट फलले भन्नुभयो- ‘हामी राजतन्त्र यसै रुचाउँदैनौं राजा वीरेन्द्रजत्तिको राजासम्म हुँदा अर्कै कुरो, प्रजातन्त्र पूरै मासेर तानाशाही लाद्ने राजा भएका बेलामा पनि कूटनीति सुध्रिन्छ ?

   हुन नेपालको कूटनीतिक क्षेत्र कमजोर हुनुमा त्यतिमात्रै होइन, अन्य कारण पनि छन् नेपालको फितलो कूटनीतिक संयन्त्र पहिलो कारण हो नेपाली दूतावासका कार्यवाहक राजदूत निरञ्जनमानसिंह बस्नेतका अनुसार, फ्रान्स पुरानो देश भएकाले यहाँ ३६ हजार जति कूटनीतिज्ञ छन् एक सय ६० भन्दा बढी देशका यहाँ दूतावास छन् राहदानी, भिसा, पर्यटन प्रवर्द्दनकालागि महावाणिज्य दूतावास भनेर छुट्टाछुट्टै खोल्न पाइन्छ भारतका फ्रान्समा करिब ९० जना जति कूटनीतिज्ञ छन् सबै गर्दा एक सय ५० जनाभन्दा बढीले काम गर्छन् उनीहरुका मेल्ट्री आतासे नै तीनजना छन् तिनको काम स्थलसेना मात्रै हेर्नु हो एयर आतासे भन्ने अर्को , जसले विमान आकाशबाट गरिने लडाकू हातहतियारसम्बन्धी मात्रै हेर्छ जलसेनासम्बन्धी हेर्ने नेभल आतासेहरु पनि तीन-चारजना छन् यी सबैको कार्याकाल छुट्टाछुट्टै राखिएको

भारतले व्यापार, राजनीतिलगायतका विषयमा प्रथम सचिवहरु छुट्टाछुट्टै राखेको तिनले आफ्नो क्षेत्रमा हुने फाइदा, बेफाइदा, संभावना चुनौतिहरुको अध्ययन गरेर सरकारलाई सुझाव दिन्छन् जापान, चीन, पाकिस्तानजस्ता मुलुकहरुले फ्रान्सका सबैजसो शहरमा आफ्नै अवैतनिक वाणिज्यदूतहरु राखेका छन् यी छिमेकी मुलुकको अगाडि नेपालको अवस्था लाजैमर्दो

नेपाली दूतावासमा राजदूत नभएको महिनौं भइसक्यो मुख्य कर्मचारी भन्नु नै प्रथम द्वितीय सचिव गरी दुईजना मात्र छन् प्रथम सचिवले राजदूतको काम गर्नाले अधिकांश समय युनेस्कोजस्ता संघ-संस्थाको बैठकमा भाग लिँदैमा बित्छ त्यसबाहेक नेपाली तथा विदेशी संघ-संस्थाका कार्यक्रममा पुग्नु, नेपालबाट धर्मपुत्रपुत्री बनाएर ल्याइएका बालबालिकाको अनुगमन गर्नु, नेपालीहरुको राहदानी वितरण तथा नाता प्रमाणित बेलाबखत हुने मन्त्रीहरुको भ्रमणको तालमेल मिलाउँदैमा फूर्सद हुँदैन झन् फ्रान्सस्थित राजदूतावासले ग्रीक, स्पेन, इटाली, पोर्चुगल सानमारिनो भनिने मुलुकसमेत हेर्ने हुनाले चाहेर पनि कूटनीतिक सम्बन्ध विस्तार तथा आर्थिक पर्यटन तथा प्राविधिक फाइदाका लागि काम गर्न सकिने अवस्था छैन नेपालको लागि राजनीतिक प्रतिबद्धता शान्तिकायम भए धेरै गर्न सकिन्छ तर, दूतावासमा अहिले भएको जनशक्ति यति कम कि योभन्दा अगाडि बढ्नसक्ने अवस्था नै छैनु- बस्नेतले भन्नुभयो (फागुन ०२, २०६३, जन आस्था साप्ताहिक)

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree