वीरेन्द्रले कुखुरा भुत्ल्याएको दिन

-ददिराम सापकोटा

royal-family-in-europe-madame-lebrec-nepalplus-1.jpg

 

युवराज वीरेन्द्र त्यतिबेला बेलायतको इटन, लेजमा पढ्थे उनका बाबुले त्यो बेला यहाूका एक फ्रान्सेलीलाई चिन्दा हेछन् एरिग्वाँ नामक ती व्यक्तिको काम रहेछ महङ्गा सारीहरु बेच्ने नेपालका राजपरिवारले पनि उनैको पसलबाट सारी किन्दोरहेछ एरिग्वाँ राजदूत नभए पनि नेपालका राजा राणा परिवारलाई पेरिसमा स्वागत गर्नेदेखि होटल मिलाउने, खानपिन भ्रमणको चाँजोपाँजो मिलाउने सबै काम गर्दारहेछन् उनी फ्रान्सेली राष्ट्रपति चार्ल्स गोलका साथी थिए चार्ल्ससूग राजा महेन्द्रको पनि सम्बन्ध थियो महेन्द्रले गोललाई नेपालको पर्यटन विकासको सम्भाव्यता अध्ययन गरिदिन आग्रह गरेका रहेछन् गोलले एरिग्वाँलाई अह्राएछन् मेरा पति जर्ज लब्रेक एरिग्वाँका साथी थिए त्यतिबेला मेरा लोग्ने पेरिसको पर्यटन विकास कार्यालयका निर्देशक थिए एरिग्वाँले मेरो लोग्नेलाई के भनेर आश्वस्त पारे भने नेपालीहरुमाथि कुनै शंका गर्नुपर्दैन नेपालीहरु असल छन् त्यसपछि बूढा पर्यटन मन्त्रालयको सल्लाहकारमा नियुक्त भए  

एकपटक वीरेन्द्रलाई फ्रान्सको ग्रामीण भेगका कृषकहरुको जीवनयापन कृषिको तरिकाबारे देखाउन, तालिम गराउन मन लागेछ राजा महेन्द्रलाई उनले त्यस्तो उपयुक्त ठाउँ कतै पाए हुन्थ्यो भनेर एरिग्वाँसँग भनेपछि एरिग्वाँले तुरुन्तै मेरो लोग्नेसूग सर्म्पर्क गरेछन् लोग्नेले पर्ख त्यसोभए मलाई १५ मीनेटको समय देऊ फोन गरेर हेर्छु मेरो आफन्तलाईभन्ने जवाफ दिए  

त्यतिबेला मेरा एक देवरले पनि कृषि विषयमा अमेरिकामा पढेर फर्किएकाले अंग्रेजी राम्ररी बोल्थे ससुराको पनि कृषि फार्म ठूलो थियो देवरको कृषि फार्म नर्मन्दी क्षेत्रको पेर्से भन्ने ठाउँमा थियो यसरी वीरेन्द्रलाई देवरको कृषि फार्ममा राख्ने कुरा तय भयो युवराज हुन् भन्ने कुराचाहिँ गोप्य नै राखिएको थियो हामी मुख्यबाहेक फार्मका अरुलाई त्यो कुरा थाहा थिएन मोश भनिने अञ्चलअर्न्तर्गत प्रिफेक्चर पुलिसका हाकिमले वीरेन्द्रलाई लिएर आए, आपतकालीन बत्ती बालेर पाँ पाँ पुँ पुँ हर्न बजाउँदै पुलिसले वीरेन्द्रलाई छोडेर फर्कियो उनले यहाँको कृषि तरिकाबारे चाख दिएर अनुभव सँगाले  

एक दिन युवराजको खोजी गर्दै पुलिसको गाडी फेरि आयो बत्तिँदै आएको गाडी देवरको घरमा आएर रोकियो गाडीबाट ओर्लेर पुलिसले सोध्यो- ‘युवराज यहाँ छन् कि कहाँ छन्देवरको घरको ढोका खोल्ने मानिसलाई आफ्नो घरमा बस्ने मानिस युवराज हुन् भन्ने थाहा थिएन पुलिसले युवराज कहाू छन् भनेर सोध्दा उनी अक्क बक्क परे ढोका खोल्नेलेयहाँ कोही युवराज छैन तर लब्रेकसूग एउटा नयाँ मानिसचाहिँ बसेको त्यो मान्छेलाई

हेर्ने भए भित्र आउनुस्भन्ने जवाफ दियो उसले त्यसो भनेपछि पुलिस भित्र छिर्यो युवराज वीरेन्द्र त्यतिबेला फारममा काम गर्ने अर्कै मानिससूग कुखुरा भुत्ल्याइरहेका थिए पुलिस भित्र पसी वीरेन्द्रलाईतपाईं युवराज हो -’ भनेर सोध्दा वीरेन्द्रसूग कुखुरा भुत्ल्याइरहेको मानिसआबुई मैले युवराजसँग पो कुखुरा भुत्ल्याइरहेको रहेछुभन्दै चिच्यायो त्यसपछि सबले एक-अर्काको मुखमा हेराहेर गरे

 

त्यो बेला वीरेन्द्र करिब एक महिना हामीसँग बसे उनले दैनिक जीवनका सबैजसो कुराहरुबारे छलफल गर्थे साधारण फरासिला थिए उनी मेरो लोग्नेलाई आफ्नो देशमा धेरै कुरा गर्न बाँकी रहेको बताउँथे एक महिना देवरको फार्ममा बस्दा उनी निकै खुशी भएका थिए किनकि फार्म समुद्रको किनारमा थियो किनारभन्दा माथि ढल्केको जमिन पहिले हामी सबैको त्यहीं बसोबास थियो  

वीरेन्द्र मेरा देउरानीहरुसूग पनि झयाम्मिएका थिए एक दिन उनले मेरी नन्दलाई भनेछन्- ‘मलाई मध्यरातमा समुद्रमा नुहाउन मन लागेको यसरी नुहाउने प्रचलनलाई यहाँ बाँ मिनुई (मध्यरातको स्नान) भनिन्छ युवराजको प्रस्ताव सुनेर नन्दचाहिँ चिन्तित भइछन् डरले कामिछन् उनी तैपनि युवराजको इच्छा पूरा गराइदिन उनले क्यालभादोस भन्ने समुन्द्रमा लगिदिइन् मध्यरातमा  

अर्कोचोटि उनी पेरिस घुम्न आएका थिए त्यतिबेला पनि उनलाई एरिग्वाँले स्वागत गरेका हुन् यो उनी नर्मदीमा कृषि अध्ययन गर्नुपूर्वको भ्रमण हो त्यतिबेलाचाहिँ उनलाई मेरो लोग्नेले बाहिरै भेटेका थिए अर्कोपटक आउँदा मों सँ मिसेलस्थित हाम्रै घरमा बसेका हुन् हामीसँगै खाना खाए   फ्रान्सेली भान्सामा काम नगरे पनि बनाएको चाहिँ खूबै चाख दिएर हेरे नर्मदीको खाना मन पराए गोरुको मासु उनले कहिल्यै पनि खाएनन् मेरो लोग्नेले पहिले नै सम्झाएका थिए- दरबारका मानिसले यो खान्छ त्यो खाूदैन भनेर त्यसैले हाम्रो भान्सामा कुखुरा पाक्यो राजा वीरेन्द्रसूगको सम्बन्ध सधैंभरि राम्रो रह्यो मेरो लोग्नेले नेपालको पर्यटन विकास कसरी गर्ने, कुन-कुन ठाउँमा होटल आवश्यक , सडकहरु चाहिन्छ भनेर नेपाल सरकारलाई सुझाव दिएको, अध्ययन गरेकाले पनि होला हाम्रो सम्बन्ध उनीसूग सधैं ताजा रहेको  

तपाईंका प्रधानमन्त्रीलाई एकपटक खाना खुवाउँदाको क्षणको झन् मलाई रोचक सम्झना वर्षत बिर्सिएँ तर, एकपटक तपाईंका प्रधानमन्त्री कीर्तिनिधी बिष्ट पेरिस भ्रमणमा आएका थिए उनका साथमा अरु नेपाली पनि थिए त्यो बेला यही घरमा मैले खाना बनाएँ भात कुखुराको परिकार हामीले खाने तरिकाले काँटा, चम्चा चक्कू वरिपरि राखिदिएँ खाना पस्किदिएर शुरु गरौं भनें तर, उनीहरुले एक-अर्कामा मुखामुख गरिरहे मैले के देखें भने उनलाई काँटा, चम्चाले खान गाह्रो भइरहेको थियो चक्कूले कुखुरा काट्न पनि जानेनन् उनीहरुले कुखुराको मासुसँग खाने सुप पनि तयार थियो घरमा नोकरहरु नभएकाले आफैंले खाना तयार पारेकी थिएँ

 भन्न मेरो लोग्नेले नेपालीहरुले हातले खान्छन् भनेका थिए तर, प्रधानमन्त्रीहरु जस्ता व्यक्तिले जान्लान् काँटा चम्चा चलाउन भन्ने ठानेकी थिएँ मैले मैले लौ त्यसोभए हातैले खाऊँ भनेर काँटा, चम्चा झिकिदिएँ काँटा, चम्चा झिकेपछि उनीहरु खुशी भए तर अप्ठेरो मलाई पर्यो मेरो बानी थिएन हातले खाने मैले तीन औंलाले बल्ल-बल्ल खाएँ उनीहरुसँगै तर, वीरेन्द्रले भने सबै जानेका थिए मानिससँग घुलमिल हुन रुचाउँथे नम्र पनि थिए उनी पछि राज्याभिषेकमा हामीलाई निम्ता गरे मेरो नेपाल भ्रमणचाहिँ पहिलोपटक त्यहीबेला भएको हो त्यतिबेला हामी आठ दिन काठमाडौंमा बस्यौं बस्ने व्यवस्था हामीलाई फ्रान्सेली  दूतावासले मिलाएको थियो राज्याभिषेक समारोह आठ दिनसम्म मनाइयो ती आठ दिन खूबै रमाइलोसूग बिते अन्य निम्तालूहरुसँगै कति मनमोहक त्यो समारोह ! हात्तीहरु सजिएका मानिसको लावालस्कर समारोह आफैंमा उच्चकोटीको मलाई त्यो कार्यक्रम देखेर अचम्म पनि लाग्यो  

 

हामीलाई काठमाडौंको एउटा होटलमा राखिएको थियो दरबारको गाडी आउँथ्यो हरेक दिन दरबारमा लैजान त्यतिबेला सम्झन्छु कि दरबारका रानी, मैयाँहरु गहनाले भरिभराउ थिए झकिझकाउ थिए अहो ! गहना पनि कति धेरै ! त्यहाँ महङ्गा-महङ्गा गहना उपहार दिइने रहेछ यात्रामा जाँदा महङ्गा सामान बोक्ने गर्दिन त्यसैले महङ्गा सामान थिएनन् उपहार दिनका लागि मैले ठ्याक्कै हीराजस्तो देखिने नक्कली गहना लगेकी थिएँ रानीलाई त्यही गहना उपहार दिएँ मेरो गहना एकदम राम्रो देखिएकाले रानीले त्यो नक्कली गहना थियो भनेर चिनिनन् पनि होला मेरा लागि आर्श्चर्यको विषय भनेकै राजाको शुभराज्याभिषेकमा महिलाहरुले प्रयोग गरेको गहना हो मैले बुझें कि सबैजसो महिलाहरुले गहना प्रदर्शन गरिरहेका छन् तर, फ्रान्समा हामी चाडबाड आयो भन्दैमा यसरी गहना  प्रदर्शन गर्दैनौं तपाईंहरुको देश गरिब भए पनि महिलाहरुले यतिबिघ्न गहना कसरी चिनेको ? हुन उनीहरु राणा रजौटाहरु भएकाले होला हुँदाहुँदा समारोहमा आएका अरु विदेशी निम्तालू महिलाहरु पनि गहनाले ढाकिएका थिए रानी मैयाू साहेबहरुले हीरा पन्नाको गहना लगाएका थिए  

दरबार हत्याकाण्ड भएको खबर मैले निकै पछि थाहा पाएँ यो घटनाबारे थाहा पाएपछि हामीले साथीहरुलाई सोध्यौं- वास्तविकता के हो भनेर एकपटक उनकी दिदी हुन् कि बहिनी पेरिस घुम्न आउँदा मों सँ मिसेल घुम्न गएकी थिइन् उनी पेरिस आएपछि नेपाली दूतावासले फोन गरेर मलाई मो सू मिसेल जानुपर्यो भन्यो बिहान दश बजे हामी पेरिसबाट हिँड्यौं जाडोको त्यो दिन उज्यालो, घाम लागेको उनी सँ मिसेलबाट दोभिल भन्ने ठाउँमा पनि गइन् घुम्न पेरिसबाट नजिक पर्ने समुद्र त्यही हो मलाईचाहिँ घुम्न वाक्क लागेको थियो दिउँसोको खाना खाएर पेरिस फर्किंदा थकाइले चुर भइसकेकी थिएू मैले गाडी चलाउने ड्राइभरलाई पनि भनिसकेकी थिएँ- हेर, तिमीहरुको यात्राबाट खुशी छैन भनेर किनभने वीरेन्द्रको हत्याले हामीलाई सधैं स्तब्ध पाथ्र्यो  

हुन पनि उनी कति दयालु थिए हाम्रा लागि भने- नयाँ वर्षर राष्ट्रिय पर्वहरुमा नबिर्सिकन कार्डहरु पठाउँथे छोरीको विवाहमा समेत हामीलाई आउन सकिन, माफ गर्नुहोलाभन्दै शुभकामना पठाए हामीलाई नेपालका केही पर्वहरुमा नबिर्सिकन निमन्त्रणा गर्थे विद्यार्थी छँदा नेपालमा धेरै गर्नु हामीले भन्थे हाम्रा लागि उनी प्रिय थिए त्यसैले मैले मों सँ मिसेलको घरमा अझै पनि वीरेन्द्रको सुत्ने कोठा उस्तै अवस्थामा राखिदिएकी छु भूइमा रातो गलैंचा उनैले प्रयोग गरेका तख्ता छन् उनी बसेका कुर्चीहरु कोठामा उस्तै अवस्थामा छन् उनी आएर परिवारजस्तै भएर बसेकाले त्यसलाई बचाउँछु, आफू बाँचुञ्जेल उनले ओछ्याएको ओछ्यान पनि मैले जस्ताको तस्तै राखिदिएकी छु  

अँ, अर्को एकपटकको घटना पनि सम्झन्छु एकपटक राजा महेन्द्र कुनै कार्यक्रममा जाँदै थिए, उनीसूगै थिए युवराज वीरेन्द्र सडकका दायाँ-बायाँ ठूलो संख्यामा नरनारीहरु राजाको जयजयकार गरिरहेका थिए केही चाहिँ राजाको हातमा फूल दिन कोही निहुरेर नमस्कार गर्न लाइन बसेका थिए मेरो लोग्ने जर्जले पनि अरुले जस्तै निहुरी परेर नमस्कार गरे बाबुको पछाडि हिँडिरहेका युवराज वीरेन्द्रचाहिँ जर्जले निहुरी परेर नमस्कार गरेको देखेर मरी-मरी हाँसे मेरो लोग्नेलाई वीरेन्द्रले जर्ज भन्थे जर्जले चाहिँ वीरेन्द्र भनेर बोलाउँथे  

राजा भएपछि वीरेन्द्रले मेरो बूढोलाई त्रिशक्तिपट्ट पुरस्कार दिए त्यस्तै शुभराज्याभिषेकमा नेपालमै निम्ता गरेर एउटा डेकोरेसन पनि दिए हुन हामीले ज्ञानेन्द्रलाई पनि राजा नहुँदैदेखि चिनेका थियौं वीरेन्द्र कहिलेकाहीं कामले दरबारबाट बाहिर भएका बेला उनैले हामीलाई रिसिभ गर्थे तर राजा वीरेन्द्रको हत्यापछि हामीलाई नै ज्ञानेन्द्रसँग निकट हुन मन लागेन (जनआस्था, वैशाष १९, २०६४ /मे ०२, २००७)

  • rajan

    good.

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • kancha tamu

    असाध्यै रोचक।
    कहिँ कतै कमेन्ट्को खाँचो छैन ।
    Thank you so much…///

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • krishna sharma

    it is very bad news

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Mahan bykti le mahan bykti lai garne samman, abismaraniya chha. mahan bykti haru yo sansar bata bida lia ta pani uni haruko mahanta kahilai pani mardaina!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • BR Shrestha

    अहा! धेरै रोचक र यथार्थपरक लाग्यो। कति खेर टुङ्गोमा आइपुगें, थाहा नै पाईन। अन्य यस्तै यथार्थपरक र रोचक प्रश्तुतिको आशा राख्छु।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • binod prasad prasai

    this story is toooooooooo much good, i like this and thank’s for you i hope you write another story of king bharandra an he’s son depandra i like

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • santosh

    IT’S too much intersting and heart beating .I appreciate of this kind of information.Thanku Nepalplus

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sita pachhain

    it is very well

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • K gurung

    Hello
    This is so good arical.It remines our belated kings And his family.we want to know about him more especillay i am wating King Birendra biography to read i have good collection of artical written for him by our local Nepali writer and foreign writer.bye the way thank you for writing on him wating for more artical hope to see you in next artical.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree