वीरेन्द्रसँगको भेटका विशेष सम्झना (दोस्रो भाग)

-एरिक भाली

 

nepal-himalaya-eric-valli-nepalplus.jpg 

प्रकृतिसँग मिलेर बस्नु भनेको अहिले दुर्लभ कुरा हो। गोलार्द्धको आधा जनसंख्या अहिले शहरमा बसोबास गर्न गइरहेका छन्। तिनले आफूलाई प्रकृतिको तौरतरिकाबाट बिच्छेद गरेका छन्। तर, प्रकृतिसँग बलियो सम्बन्ध र एकाकार भएर बसेको पाएँ मैले नेपाल र अफगानिस्तानका जनता।  अहिले हाम्रो कालमा गोलार्द्धको तापक्रम बृद्धिलगायत जति पनि समस्या देखिएको छ, त्यो प्रकृतिले आफूविरुद्धको आक्रमणसँग द्वन्द गरिरहेको हो। सभ्य नागरिकसभ्य समाजप्रकृतिको शिकारी भएका छन् अहिले। हाम्रो क्रियाकलापले गर्दा मौसम नै बदली भइरहेको छ। ठूला आँधीबेहरी, हावाहुरी, बाढी व्यहोरिरहेका छौं हरेक वर्ष। हामी सभ्य नागरिक भनिएकाहरु एकदम भंगशील छौं ।

 

तर मसँग बसेका मनिलाल, थिन्ले, थुण्डुप, राजी र रानाथारूहरु प्रकृतिकै काखमा रहेका वस्तुसँग मिलेर बस्छन्। लुगाहरु आफ्नै भेडा, च्याङ्ग्राका रौंबाट बुन्छन् वा सिस्नोको धागोबाट बनाउँछन्। आगो बाल्दा केराको केही बोक्रा राख्छन् आगो सल्काउन। आफ्ना बुट आफ्नै चौंरीको छालाबाट बनाउँछन्। ओछ्याउने चिज आफ्नै वन वा खेतबालीबाट ल्याउँछन्। ढुङ्गा ठड्याएर चुलो बनाउँछन्। बोटबिरुवाका जरा खन्ने साधनसमेत आफैं बनाउँछन्। आफूलाई चाहिने हरेक चिज कहाँ र कहिले पाइन्छ भन्ने ज्ञान छ उनीहरुमा। प्रकृतिलाई क्षति नपुर्‍याइकनै बाँच्न सक्छन्। मौसम बदली, तापक्रमबृद्धि, समुद्री सतह उठ्नुजस्ता परिवर्तनले जुन खतरा र परिवर्तन ल्याउँछ, त्यसबाट यी मानिसहरु कम प्रभावित हुन्छन्। तर, हामी सभ्य समाजका मानिससँग भने त्यो ज्ञान पटक्कै छैन। हामीले लाभको खेल खेलिरहेका छौं। विकसित देशका, सभ्य मानिएका मुलुकका मानिसहरुले सोच्लान् गरिब मुलुकका मानिसले वनजंगल मासेर प्रकृतिमाथि हमला गरिरहेका छन्। हो, नेपालको पश्चिम तराईमा जहाँ थारुहरु बसेका छन्, त्यहाँ वनबिनाशको ठूलो समस्या छ। तर, त्यो वनजंगल मास्ने स्थानीय मानिस होइनन्। ती त बाहिरबाट आएर ढाली भारत वा अन्यत्र लैजाने काठका व्यापारी हुन्।

 

हामी अन्धो भएर नसोचौं। हो, बितेका केही वर्षदेखि जनसंख्याको चाप परेको छ। तर, स्थानीय मानिसहरुले भविष्य सोचेर प्रयोग गर्छन्। आफ्नो पर्यावरण बिगार्दैनन्। डोल्पोमा सौर्य शक्ति प्यानल बिजुली, तताउने साधन, खाना पकाउनका लागि स्टोभहरु प्रयोग गरिएको छ। हुन त डोल्पोको कुरा अलि दुःखलाग्दो छ। त्यहाँ त्यो सबै नेपाल सरकारको तर्फबाट नभएर चीनियाँतर्फबाट उपलब्ध गराइएको छ। त्यस्तो राम्रो काम त नेपाल सरकारबाट पो गरिनुपर्थ्यो!

 

राजा वीरेन्द्रसँग पनि थुप्रैपटक भेट भयो मेरो। उनको घरमै हुन्थ्यो उनैले बोलाएर। एकपटकचाहिँ पेरिस आउँदा भेट भयो। राजासँग धेरै लामा कुरा भएका छन् मेरो। उनी कुल्फी तानेर बसेका थिए। त्यो बेला काराभानका उत्पादक र नेपालका लागि फ्रान्सेली राजदूत थिए सँगै। मैले हरेकपटकको भेटमा झैं पुस्तक उपहार दिएँ। उनले नेपाललाई प्रचारप्रसार गर्न सहयोग गरेको, साह्रै असल काम गरेको भनेर मेरो प्रशंसा गरे। एकदम खुलेर कुराकानी भइरहेको थियो। त्यो मलाई उनले गोरखा दक्षिणबाहु दिनुभन्दा त्यस्तै ६ महिनाजति अगाडिको कुरा हो। उनले खुलेर कुरा गरेपछि मलाई पनि आफूलाई लागेको भन्न सजिलो भयो। उनले मेरो कामको प्रशंसा गरेपछि मैले राजालाई भनेंतपाईंलाई थाहा छ सरकार! यदि मैले नेपालका सबै कानून मानेको भए कहिल्यै पनि यी किताब लेख्न सक्थिन। डोल्पोको बारेमा यी किताब निकाल्न म डोल्पो सुटुक्क लुकेर जानुपरेको थियो। किनकि डोल्पोका निम्ति प्रवेशाज्ञा नै पाउन सकेको थिइनँ मैले तपार्ईंको सरकारबाट।त्यसपछि वीरेन्द्र हाँसे, केही भनेनन्। त्यसैको ६ महिनाजति पछि होला, मलाई उनले गोरखा दक्षिणबाहु दिएको। 

 

मलाई के लाग्छ भने नेपाल र फ्रान्सको बीचमा राजनीतिक सम्बन्ध त्यति छैन। व्यापारिक पनि खासै छैन। नेपालको राजनीतिक गाँठो चीन, भारत, बेलायत र अमेरिकासँग छ। बरु फ्रान्सेलीहरु नेपालबाट धेरै आकर्षित छन्। नहोउन् पनि किन? कुनै पनि मानिसलाई हुरुक्क बनाउने सबै चिज नेपालसँग छ। फ्रान्ससँग व्यापारिक सम्बन्ध नभए पनि भारतसँगै राम्ररी व्यापार बढाउन सके पनि पुग्छ नेपाललाई। नेपालको पानीलाई सदुपयोग गर्नसक्ने हो भने नेपालले अहिले भोगिरहेको आर्थिक संकट सजिलै हल गर्नसक्छ। भारत नेपालको एउटा राम्रो ग्राहक हुनसक्छ।  राजधानी र शहरमा बस्नेले पैसा कमाउने, सुविधा भोग्ने तर गाउँका मानिस भोकै पर्ने अवस्थाको अन्त्य हुनुपर्छ। अहिले पनि नेपालको सुदूरपश्चिममा भोकमरी छ। नेपालमा राम्रो दृष्टिकोण र दूरदृष्टि भएका नेता राष्ट्रियस्तरमा हुने हो भने धेरै संभाव्यता छन्। मेरो देखाइमा नेपालका लागि दुईवटा उपाय छन्। पर्यटन र जलशक्ति। त्यसलाई सदुपयोग गरेर देश विकास गर्न लगनशील र इमान्दार दृष्टिकोण भएको नेता चाहिन्छ। त्यस्तो नेताले नेपाललाई विश्वकै अचम्मलाग्दो गरी सम्पन्न मुलुक बनाउन सक्छ।   तर, उपायहरु देशभित्रैबाट खोजिनुपर्छ। जब बाहिरी ठाउँबाट परिवर्तन खोजिन्छ, तब त्यो दीर्घकालीन हुँदैन। आफ्नो हितअनुकूल पनि हुँदैन। डोल्पोमा परिवर्तन गर्ने हो भने त्यहींका जनताले चाहनुपर्छ। उनीहरु आफैं संलग्न हुनुपर्छ। बाहिरियाले सडक बनाउने भनेपछि त्यहाँ भ्रष्टाचार हुन्छ। भनेको समयमा कहिल्यै तयार हुन्न। कमजोर पाराले बनाइन्छ। नेपालमा भएका धेरै परिवर्तन बाहिरबाट धकेलेर भएका छन्। नेपालले भन्न सक्नुपर्छहामीले चोहको यो हो। हामी यो गर्छौं भनेर।बिदेशी सहयोग धेरै लिनुहुँदैन कि आफैं आत्मनिर्भर बन्नुपर्छ। जोगीले जस्तो माग्ने काम छोड्नुपर्छ। यसरी मागेको माग्यै गर्दा आफ्नो आत्मसम्मान र गौरव बाँकी रहँदैन। 

 

नेपालमा धेरै स्रोत छ। आफ्नो संस्कृति र कलाकौशल छ। प्राकृतिक सुन्दरता छ, पर्यटन विकासको ठूलो संभावना बोकेको। विद्युत् उत्पादनका लागि विशाल जलस्रोत छ। तपाईंहरुलाई ल, हामी यो गर्छांै आफ्नो देशका लागि भनेर देश हाँक्ने नेताको खाँचो छ। हामी सबै नेपाली हौैं, सँगै जाऊँ, सँगै काम गरौं, आफ्नो देशका लागि केही गरेर छाडौं भनेर स्पष्ट दृष्टिकोणसहित काम गर्ने नेताको खाँचो छ। तर, समस्या के भने म कोही पनि त्यस्तो नेता देख्दिन। बरु म त के देख्छु भने त्यस्तो संभावना बोकेको, त्यति इमान्दार मानिस भएको सुन्दर देश डुब्दै पो छ त! यो एकदम दुःखको कुरा हो। यो अमेरिकाको दोष, यो फलानोले गर्दा भनेर दोष लगाउन सजिलो छ। तर, म के भन्छु भने आफ्नो देश कस्तो बनाउने तपाईं नेपालीहरुको जिम्मेवारी हो। 

 

 

त्यस्तो ठूलो इतिहास बोकेको देश हो नेपाल। हरेक उपनिवेशवादी लखेटेको देश। अहिले फेरि त्यस्तै ठूलो नेताको खाँचो छ, त्यत्ति हो। तर, समस्या के भने जो पनि सत्तामा जान्छ। सकेजति भ्रष्टाचार गर्छ। भ्रष्टाचारीको आरोप लागेर पदबाट नहटाएसम्म पदमा टाँसिइरहन्छ। यो गर्छु, त्यो भनेर झूठो आश्वासन बाँड्छ तर केही गर्दैन। हेर्नुस् त, स्वीट्जरल्याण्डलाई! सय वर्षअगाडि स्वीट्जरल्याण्ड त्यस्तै लथालिङ्ग थियो। अहिले उनीहरुले यूरोपकै एक प्रमुख धनी देश बनाए। नेपाल पनि त्यस्तै बन्न सक्छ। त्यो पनि त भूपरिबेष्ठित मुलुक हो नि! समुद्र नभएर विकास रोकिन्छ र !  (एरिक भ्यालीसँग पेरिसस्थित उनकै निवासमा पत्रकार ददिराम सापकोटासँग भएको कुराकानीका आधारमा)

जनआस्था साप्ताहिक, ०२ साउन २०६४/ जुलाई १८ २००७)

  • Manoj Rai/ Doha, Qatar/ Sagarmatha, khotang, Dorpa-7

    aaba ta naya netaharu sattama jane dherai sambhawana cha ra tyo sambhawanasangai mathiko article ma lekheeyako nayan nepalko chitra bastawik ma utrela vanne thulo thulo (sagarmatha jastai thulo) aasa cha ra tyo vanda pani thulo aasa aba gaun ma gayara gaunko bikas gardai ramaundai basna sakiyala vanne aasa cha. pardes ma bitayako 8 barsa ko dherai maya lagcha, tara apsoch “past is past”

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • pradeep pavel

    Earic vallyko lekh bastabik naya Nepal ko khaka banainu parchha. Nepalma bikas ka samvawana thuprai chhan bhanne kura, yahaka netaharulai thaha nabhaya ko chahi pakkai hoina hola. bhayana bideshka mitraharule sikauda pani bhujh pachauchha bhane tyo bhanda durgati aru k huna sakchha, sayad birendra sarkarle tyo kura ko bellai ma sunuwai garikam gareko bhaya kin yo halata hune thiyo hola . asha 6 tyo aba ko Naya Napal ko naya netaharu le bujhi kam ko thalani garda ramro hunechha. yastai kahale lekha rachana haru paskeko ma jana aasthalai dhannebad nadirahan sakinna.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rabindra lal shrestha

    asf57ue65d huo90; m=

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree